Tag: हिम पहिरो

  • मुस्ताङमा हिमपहिरो, भागदाैड मचिँदा ९ विद्यार्थी घाइते (भिडिओ)

    मुस्ताङमा हिमपहिरो, भागदाैड मचिँदा ९ विद्यार्थी घाइते (भिडिओ)

    काठमाडाैं । मुस्ताङको कोबाङ क्षेत्रमा हिमपहिरो खसेको छ । आइतबार बिहान मानापाथी हिमालबाट खसेकाे पहिराेले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिमपहिरोका कारण स्थानीय त्रसित बनेका छन् ।

    धौलागिरी रेन्जबाट माटोसहित खसेको हिमपहिरो बोक्सी खोलामा आएर खसेको  मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले  नेपालप्रेसलाई बताए । हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उनले बताए।

    उनले भने,‘हिम पहिरो खसेको ठाउँमा मानव बस्ती नभएपनि त्यस आसपासमा भएको मानवबस्तीलाई समेत गराएका छौं । पहिरो खस्दै गरेको जनआदर्श अमरसिंह माविका विद्यार्थीहरुले देखेको रहेछन् ।उनीहरु डरले भागदाैड गर्दा ९ जना सामान्य घाइते भएका छन् । ’ उनका अनुसार घाइतेहरुलाई जोमसोम ल्याउने तयारी भइरहेको छ ।

    ‘मानवीय क्षतिको विवरण आएको छैन । घरपालुवा जनावरहरू परे कि भन्ने छ । प्रहरी खटाएका छौं,’ मुस्ताङका सीडीओ  शर्माले भने, ‘पहिरो थप खस्नसक्ने भएकाले सचेत रहन भनेका छौं ।’

    यसअघि यति ठूलो पहिरो खसेको अनुभव नभएको गाउँलेले बताए ।

    तस्बिर साैजन्य : ईश्वर  शर्मा