Tag: हत्या

  • जाँतोमा पछारेर तीन महिने छोराको हत्या

    जाँतोमा पछारेर तीन महिने छोराको हत्या

    कैलाली । बैतडीमा तीन महिने छोरालाई जाँतोमा पछारेर आफ्नै बाबुले हत्या गरेका छन् ।

    पञ्चेश्वर गाउँपालिका–७ खनाडीमा ३ महिने लक्ष्मण चन्दलाई उनकै ४४ वर्षीय बुवा राजबहादुर चन्दले हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिए ।

    मंगलवार दिउँसो घरमा सुतिरहेको शिशुलाई एक्कासि जाँतोमा पछारेर उनले हत्या गरेका हुन् । शिशुको घटना स्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

    शिशु माथि आक्रमण गर्दा बचाउन गएका आफ्नै बाबु र दाजुलाई पनि राजबहादुरले आक्रमण गरेका थिए । ७० वर्षीय मन्धिर चन्द र ४० वर्षीय भाइ गोरख चन्दलाई पनि उनले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    मन्धिर चन्दलाई उनले चिर्पटले हिर्काएका थिए भने गोरखलाई मुड्किले हिर्काएका थिए । मन्धिरको टाउकोमा चोट लागेको र जिल्ला अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीले आफ्नै छोराको हत्या गर्ने र बुवा तथा भाइ माथि आक्रमण गर्ने राजबहादुरलाई पक्राउ गरेको जनाएको छ । उनले किन हत्या गरे भन्ने बारे छानबिन भइरहेको डीएसपी अधिकारीले बताए ।

  • शिवचरण हत्यामा संलग्न अझै पक्राउ परेनन्, आफन्तद्वारा शव बुझ्न अस्वीकार

    शिवचरण हत्यामा संलग्न अझै पक्राउ परेनन्, आफन्तद्वारा शव बुझ्न अस्वीकार

    कैलाली । कैलालीको गोदावरी नगरपालिका-५ का शिवचरण रानाको हत्या भएको ३ दिन सम्म पनि प्रहरीले घटनामा संलग्नहरू पक्राउ गर्न सकेको छैन ।

    शनिवार बिहान गेटा मेडिकल नजिकै उनको शव फेला परेको थियो । प्रहरीले धारिलो हतियारको आक्रमणबाट उनको हत्या भएको बताए पनि घटनामा संलग्नहरू भने अझै पक्राउ पर्न सकेका छैनन् ।

    प्रहरीले घटनामा संलग्नहरूको खोजी कार्य भइरहेको बताएको छ । ‘हामी अनुसन्धानमै छौं,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक विष्टले भने, ‘थुप्रै व्यक्ति माथि सोधपुछ गरिरहेका छौँ ।’

    घटना भएकै दिन प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरी अनुसन्धान सुरु गरेको थियो । आफन्तले दोषी पक्राउ नपरेको भन्दै शव बुझ्न मानेका छैनन् । हत्यामा संलग्नहरूको पहिचान गरेर कारबाहीको दायरामा नल्याउँदा सम्म शव नबुझ्ने आफन्तको अडान छ ।

    ‘उहाँहरूले शव उठाउन पनि मान्नु भएको छैन । आन्दोलन गर्ने भन्नुहुन्छ । हामीले प्रहरीलाई अनुसन्धान गर्न दिनु पर्छ भनेका छौँ’ गोदावरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष कर्ण सिंह बोहराले भने ।

    वडाध्यक्ष बोहराले पनि कसैसँग रिसिइवी नरहेका रानाको हत्या हुनुले अचम्मित भएको बताए । ‘उहाँ सरल व्यक्ति हुनुहुन्थ्यो कसैसँग झगडा थिएन,’ वडाध्यक्ष बोहराले भने, ‘यसरी सामान्य व्यक्तिको हत्या भएपछि शान्ति सुरक्षामा पनि चुनौती थपिएको छ । ’

    राना गेटामा व्यापार गर्दै आइरहेका थिए । घर भन्दा केही पर पसलमै सुत्ने उनी शनिवार पनि पसलबाट घर आइरहेको बेला हत्या गरिएको आशंका गरिएको छ ।

  • नालामा युवकको शव भेटियो, हत्याको शंका

    नालामा युवकको शव भेटियो, हत्याको शंका

    जनकपुरधाम । जनकपुरधाम–ढल्केबर सडकखण्डअन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ स्थित नालामा एक युवकको शव फेला परेको छ ।

    प्रहरीका अनुसार आज बिहान स्थानीय ४० वर्षीय ललन महराको शव फेला परेको हो । घटनास्थलको प्रकृति हेर्दा उनलाई कसैले मारेर नालामा फालेको हुनसक्ने स्थानीयको भनाइ छ । उनको मुखबाट रगत बगेको थियो ।

    प्रहरीले नालाबाट उनको शव निकालेर पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशक अस्पताल ल्याएको छ ।

    घटना शंकास्पद रहेको भन्दै अनुसन्धान शुरु गरिसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

  • विवाह भोजमा गएका युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ

    विवाह भोजमा गएका युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ

    दाङ । दाङको घोराही उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
    प्रहरीले सोही उपमहानगरपालिका-१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरी समेत ६ जनालाई शनिबार राति पक्राउ गरेको हो ।

    जलौरा नजिक विवाहको भोजमा गएको अवस्थामा राजनलाई उमेश समेत ६ जनाले कुटपिट गरी घाइते बनाएको थिए । प्रहरीले कुटपटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

    कुटपिटबाट गम्भीर घाइते भएका राजनको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै चौराह हस्पिटल मेडिकल कलेज बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • कैलालीमा एक व्यक्तिको शव फेला, हत्या गरिएको आशंका

    कैलालीमा एक व्यक्तिको शव फेला, हत्या गरिएको आशंका

    कैलाली । कैलालीको गोदावरी नगरपालिका-५ गेटामा एक व्यक्तिको शव फेला परेको छ । गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका ३५ वर्षीय शिव चरण राना मृत फेला परेका हुन् ।

    शनिबार बिहानै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् । ‘शनिबार बिहान नै हामीले शव फेला पारेका हौं,’ उनले भने, ‘शंकास्पद देखिएकाले घटनाबारे अनुसन्धान भइरहेको छ ।’

    मृतक रानाको टाउकोमा चोट देखिएको छ भने स्थानीयले उनको हत्या भएको दाबी गरेका छन् । गोदावरी नगरपालिका-५ का अध्यक्ष कर्ण सिंह बोहराले उनको खुकुरी प्रहार पछि हत्या गरिएको हुनसक्ने बताए ।

    टाउकोमा देखिएको चोट खुकुरी प्रहार गरी हत्या गरेको जस्तो भएकाले सहजै अनुमान गर्न सकिने वडाध्यक्ष बोहराले बताए ।

  • साथीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ

    साथीको हत्या गरी फरार अभियुक्त ६ वर्षपछि पक्राउ

    काठमाडौं । साथीको हत्या गरी फरार अभियुक्त ललितपुर कुमारीपाटी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा गाउँपालिका-४ काफ्लेटोल घर भएका ५४ वर्षीय भिमे सार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका -१० धोबी खोलास्थित सिम्रिक पुल मुनी २०७१ चैत ९ गते सोही महानगरपालिका -१० थापागाउँ बस्ने दाङ तुल्सीपुर नगरपालिका-१० घर भएका द्रोण बहादुर सेन इँटाले टाउकोमा प्रहार गरी हत्या गरेको अवस्थामा मृत फेला परेका थिए ।

    घटनाको अनुसन्धानको क्रममा सेनको हत्यामा भिमे सार्की संलग्न रहेको र घटना पश्चात् फरार भई भारतको राजस्थानमा लुकिछिपी बस्दै आएकोमा पछिल्लो समय काठमाडौं आई लुकिछिपी बसेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

     

  • बैतडीमा गोली हानेर बाबुले गरे छोरीको हत्या

    बैतडीमा गोली हानेर बाबुले गरे छोरीको हत्या

    बैतडी। बैतडीमा बाबुले गोली हानेर छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षका धनबहादुर महराले २० वर्षका छोरी बेलमती महराको गोली हानी हत्या गरेका हुन् ।

    शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारीसमेत रहेकाे प्रहरी निरीक्षक जनक धामीले नेपाल प्रेसलाई जानकारी दिए ।

    छोरीको हत्या गर्ने बुवा फरार रहेका जनाइएको छ । घटना भएको जानकारी पाएपछि प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको उनले बताए ।

    घटनापछि फरार महराको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विवाहित छोरी एक महिनादेखि माइतमा रहेकी थिएन। बाबुले नै छोरीको हत्या किन गरेको भन्ने कारण खुलि नसकेको जनाइएको छ ।

  • जघन्य अपराधमा युवाको संलग्‍नता बढ्दो

    जघन्य अपराधमा युवाको संलग्‍नता बढ्दो

    विराटनगर । विराटनगर महानगरपालिका-१४ झडियारीमा बस्दै आएका ६९ वर्षीय सत्यराम भनिने सीताराम चौहानको उनकै दुई छोराहरूले हत्या गरे । पैसा मागेको भन्दै मदिराको सुरमा फरुवाले हानेर हत्यापछि बाबुको शव आफ्‍नै घरभित्रै खाल्डो खनेर पुरेका थिए ।

    सुनसरीको इटहरी उपमहानगरपालिका स्थायी घर भई विराटनगर महानगर मधुमारामा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको आफ्नै पत्नी मीना श्रेष्ठले ४ जेठ २०७७ राति योजना बनाएर घरभित्रै हत्या गराइन् ।

    पाथीभरा फार्मेसीका सञ्चालक पति देवीप्रसाद सिरहाको लहान घर भई विराटनगर बस्दै आएका २१ वर्षीय ब्रह्मदेव साह र सुनसरी इटहरीका २० वर्षीय सोनु साहले ओछ्यानमै हत्या गरेका थिए ।

    सोलुखुम्बु महाकुलुङ गाँउपालिका-४ का १९ वर्षीय कुवेर राईलाई आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले ३० जेठमा पक्राउ गरेको छ । २९ जेठ बिहीबार बेलुका साढे ८ बजे घरायसी विषयमा भएको विवादलाई लिएर छोरा कुवेरले बाबु ५७ वर्षीय सन्तकुमार राईलाई आगो फुक्ने ढुंग्रोले घाँटी र टाउकोमा हानेर हत्या गरेका थिए । छोराको प्रहारबाट बाबु सन्तकुमारको घटनास्थलमानै मृत्यु भएको थियो ।

    तेह्रथुममा एक दम्पतीले छोराबाट ज्यान गुमाएका छन् । घरायसी विवादका कारण तेह्रथुमको फेदाप गाउँपालिका-ईसिबु बस्ने २० वर्षीय कञ्चन लिम्बूले ४२ वर्षीय बाबु रुपहादुर लिम्बू र ३५ वर्षीया आमा रुपेनी लिम्बूलाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।
    बुबा खेतमा काम गर्न गएको बेला घरभित्र रहेकी आमालाई छोरा कञ्चनले बञ्चरोले टाउकोमा हानेर हत्या गरेका थिए । आमाको हत्या गरी घरबाट बाहिर निस्कँदा आगाडि बुबालाई देखेपछि उनले फेरि त्यहीँ बञ्चरोले बुबाको पनि हत्या गरी फरार भएका थिए । फरार रहेका उनलाई केही समयभित्रै प्रहरीले पक्राउ गर्‍यो ।

    यी घटनाहरूमा अभियुक्त देखिएकाहरू सबै युवा छन् । उनीहरूको उमेर २८ वर्षभन्दा कम छ। गएको साउनयता प्रदेश १ मा भएका यी घटना प्रतिनिधि प्रतिनिधि मात्र हुन् । तीमध्ये केहीले प्रेम, केहीले तत्कालीन आवेग थेग्न नसक्दा त केहीले आर्थिक लेनदेनका कारण जघन्य अपराधको बाटो रोजेको प्रहरीले बताएको छ ।

    १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरको तथ्याङ्कमा पछिल्ला वर्ष अपराधमा युवाहरूको संलग्नता डरलाग्दो देखिन्छ । आर्थिक वर्ष २०७६/७७मा जघन्य प्रवृत्तिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ । प्रहरीको अभिलेखअनुसार ८ हजार ३ सय १६ आपराधिक घटना प्रदेशभरि घटेका थिए । जसमा १ हजार ६ सय २३ जघन्य अपराधका घटना भएका छन् । ती घटनामा संलग्न १ हजार ४ सय ११ जना १६ देखी २५ वर्ष उमेर समूहका छन् ।

    त्यसैगरी २०७५/७६ को अभिलेखअनुसार जघन्य प्रवृत्तिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ। गत आर्थिक वर्षमा १ नम्बर प्रदेशका १४ जिल्लामा ७ हजार ६ सय ९१ वटा आपराधिक घटना घटेका थिए, जसमध्ये जघन्य अपराधका घटना ९ सय ९८ वटा छन् ।

    प्रहरीले जघन्य अपराधमा संलग्न १ हजार २४ जना पुरुष तथा ५७ जना महिलासमेत गरी १ हजार ८१ जनालाई पक्राउ गरेको थियो ।

    प्रदेश प्रहरीको अभिलेखअनुसार जघन्य अपराधमा १ हजार ८१ जना पक्राउ परेकामध्ये ३ सय २६ जना १६ देखी २५ वर्ष उमेर समूहका छन् । त्यस्तै २६ देखि ३५ वर्षसम्मका ४ सय ८७ जना, ३६ देखि ४५ वर्ष उमेरका १ सय ९० जना छन् । ४६ देखि ६० वर्षका ७४ जना, ६० वर्षमाथिका १ जना र १६ वर्षमुनिका ३ जना रहेको देखिन्छ ।

    यस प्रदेशमा कर्तव्य ज्यान, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना तथा लागू औषधमा संलग्नहरूमध्ये १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संख्या बढी छ ।

    आर्थिक वर्ष २०७५/७६ मा प्रदेशमा कर्तव्य ज्यानका १ सय ३८ मुद्दामध्ये १ सय ४ जना १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संलग्नता पाइएको थियो । जबर्जस्ती करणीमा पनि चालू आर्थिक वर्षमा १ सय ६० वटा मुद्दामध्ये ९२ वटा मुद्दामा युवाहरू संलग्न छन् ।

    यसैगरी ज्यान मार्ने उद्योगका ८४ वटा घटनामा ५५ जना युवा संलग्न पाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर प्रवक्ता डिएसपी विपिन रेग्मीले जानकारी दिए । हातहतियार खरखजना र लागुऔषध ओसारपसारमा पनि १६ देखि २५ वर्ष उमेर समूहका युवाहरूको संलग्नता बढी छ ।

    महेन्द्र मोरङ क्याम्पस समाज शास्त्रका उपप्राध्यापक चन्द्र उपाध्याय सामाजिक विचलनका कारण युवापुस्तामा आपराधिक मनोवृत्ति बढ्दै गएको बताउँछन् । ‘किशोरहरू अचानक स्वभाव परिवर्तन भै रिसाउने, झोक्किने, इन्टरनेटमा बढी झुम्मिने र अश्लील चलचित्र हेर्ने बानीले गलत बाटो अबलम्वन गरिरहेका छन्’, उनले भने ।

    कोशी अस्पतालका मानसिक रोग विषेशज्ञ डा. नितेशराज भण्डारीका अनुसार युवा अवस्थामा एक्लै बस्न रुचाउँछन् वा ढोका थुनेर बस्ने बानीप्रति अभिभावन सचेत हुन जरुरी रहेको बताउँछन् ।

    प्रहरीले खुन डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, लागुऔषध, अपहरण, हातहतियार तथा खरखजना, मानव बेचबिखन तथा ओसारपसार, जबरजस्तीकरणी र विष्फोटक पदार्थजस्ता ११ अपराधलाई जघन्य अपराधको सूचीमा राखेको छ । छन् । डाँकाचोरीबाहेक सबै किसिमका अपराध बढेको तथ्यांकले देखाउँछ ।

    ६ महिनामा जघन्य अपराधका ४ सय ५५ घटना

    चालु आर्थिक बर्षको ६ महिनामा प्रदेशभरिका १४ जिल्लामा ३ हजार ३ सय १४ अपराध भएका छन् । त्यसमध्ये जघन्य अपराधमा ४ सय ५५ घटना छन् । जघन्य अपराधका घटनामा प्रहरीले ४ सय ८० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा १६ देखी २५ वर्ष उमेर समूहका ३ सय ७ जना छन् ।

    परिवारका सदस्यबाट हत्या बढ्दो

    अधिकांश हत्यामा परिवारका सदस्यनै संलग्‍न रहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । प्रदेश प्रहरीको अभिलेख अनुसार गएको ६ महिनामा कर्तव्य ज्यानका घटनामा अधिकांश घरभित्रकै सदस्यबाट भएको उल्लेख छ ।

    साउनयता पुससम्म भएको जघन्य अपराध कुल ४ सय ५५ मध्ये १ सय २३ घटना घरभित्रकै परिवारबाट भएको छ ।

  • ७२ वर्षीया आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

    ७२ वर्षीया आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

    तनहुँ । तनहुँमा ७२ वर्षीया आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् ।

    ब्यास नगरपालिका -११ दरैपधेरो बस्ने ३३ वर्षीय प्रेम दरैले आमा लक्ष्मी दरैको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

    मादक पदार्थ सेवन गरेका प्रेमले काठको दाउराले प्रहार गर्दा आमा लक्ष्मीको घटनास्थलमै मृत्यु भएको थियो ।

    उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

  • धारिलो हतियार प्रहार गरी महिलाको हत्या

    रुपन्देही । रुपन्देहीको मायादेबी गाउँपालिका वडा नं. ७ स्थित दानवखोला नजिकै एक युवकलाई जलाएर मारेको घटना सेलाउन नपाउदै गैडहवा गाउँपालिका वडा नं. १ ननउली निवासी ५० वर्षीया कलावती धोबीलाई धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार ननउली गाउँ उत्तर एक किलोमिटर सिमानामा अयोध्या कहाँरको तोरी बारीमा घोप्टो परेको अवस्थामा निज महिलाको टाउको पछाडि करीब चार इन्च घाउ तथा भूईमा रगताम्य घटनास्थलको प्रकृतिले धारिलो हतियार प्रहारबाट हत्या भएको हो ।

    मृतक धोबीको शव भीम अस्पताल भैरहवा पोष्टमार्टम गराई प्रहरीद्रारा आवश्यक अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी दिए ।

    चार सन्तानकी आमासमेत रहेकी मृतक धोबी घरबाट बुधवार साढे पाँच बजे घरबाट निस्के पछि राति अबेरसम्म नफर्किदा गाउँलेहरु तथा परिवारद्रारा खोजतलासको क्रममा उनको शव देखेर प्रहरीलाई खबर गरिएको एसपी पोखरेलले भनाइ छ ।

  • श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ 

    श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ 

    मकवानपुर । श्रीमति ४६ वर्षीया श्रीमायाँ गोलेको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । प्रहरीले मकवानपुर गढी
    गाउँपालिका(२ भालङटार बस्ने ४६ वर्षीय देवराज गोलेलाई सोमबार बिहान पक्राउ गरेको हो ।

    श्रीमायाँ सोमबार बिहान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको थिइन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान गर्ने क्रममा देवराजको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।

    थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

     

  • आफ्नै भाईकाे लाठी प्रहार गरी हत्या गरे ईसाईलले

    आफ्नै भाईकाे लाठी प्रहार गरी हत्या गरे ईसाईलले

    बाँके । आफ्नै सहोदर भाईको लाठी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    १७ वर्षीय रहिस खाँको टाउकोमा लाठी प्रहार गरी हत्या गरेको आरोपमा नरैनापुर गाउँपालिका(४ नरैनापुर बस्ने ३० वर्षीय ईसाईल खाँलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

    रहिम वारीसी बाबा सामुदायिक वनमा गएको बेला ईसाईलले लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

    ईलाका प्रहरी कार्यालय नैनापुर र ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले ईसाईललाई नियन्त्रणमा लिएको छ ।

    प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • आफूले खोजेको केटासँग विवाह नगरेको भन्दै दाजुले गरे बहिनीको हत्या

    खोटाङ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो ।

    करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजुु सञ्जीवले बहिनी सकुुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर हत्या गरेको खुल्न आएको हो ।

    हत्या हुुनुुभन्दा अघिल्लो राति दाजुु सञ्जीवको फोनबाट पटकपटक धम्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुुन्तलालाई लगेर हत्या गरेको उनका श्रीमान् दिनेशले बताए ।

    “हाम्रो घरायसी व्यवहार छ भन्दै दाजुु सञ्जीवले सकुुन्तलालाई साथैमा लगेर जानुुभयो”, उनले भने, “घरबाट हिँडेको केही समयपछि नै सकुुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा हत्या भएको अवस्थामा फेला पर्यो ।”

    भिनाजुुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको हत्या भएको हुनसक्ने सकुुन्तलाका भाइ समीर राईले बताए । “दाजुु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कुुट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्”, उनले भने, “आफूूले रोजेको केटासँग विवाह नगरी अर्कै केटासँग विवाह गरेको झोँकमा हत्या गरिएको छ । हत्यामा संलग्न दाजुु सञ्जीवलाई कडाभन्दा कडा कारवाही गरियोस् ।”

    विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए । भाइ समीरका अनुुसार सकुुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सिलाइ÷कटाइ पेशा गर्दै आएकी थिइन् ।

    केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुुन्तलाले आफूूसँग पनि दाजुु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै दबाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए । सकन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको हत्यामा संलग्नलाई कडा कारवाही गर्न माग गरेका छन् ।

    घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । “घटनाका बारेमा अनुसन्धान भइरहेको छ”, उनले भने “हत्यारा नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ ।”

    दाजुुको कुटाइबाट ज्यान गुमाएकी सकुन्तलाको शरीरको विभिन्न भागमा चोट तथा नीलडाम देखिएको आफन्तले बताएका छन् । उत्तिसको लौरोले हानेर हत्या गरिएकी सकुन्तलाको शव मङ्गलबार जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि माइतीपक्षले जिम्मा लिएर दाहसंस्कार गरेको छ ।