Tag: सेयर बजार

  • नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, करिब १८ अर्ब कारोबार

    नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, करिब १८ अर्ब कारोबार

    काठमाडौं । नेप्से परिसूचक आज ५१.८६ अंकले बढ्दै ३,१६१.४४ विन्दुमा पुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

    यसअघिको उच्च विन्दु गत बुधबार (साउन २५) गते ३,१२३.१५ रहेको थियो । आज ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर किनबेचमा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २९७ रूपैयाँ कारोबार भएको छ । यो रकम गत जेठ ३१ गतेपछिको सबैभन्दा बढी हो ।

    आज विकास बैंक र फाइनान्स कम्पनीमा उछाल आउँदा नेप्से उच्च अंकले बढ्न सफल भएको हो । विकास बैंकको सेयर मूल्य ८.०७ र फाइनान्स समूहको सेयर मूल्य ६.७८ प्रतिशतले बढेको छ । आज एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    आज अपर तामाकोशीको ७० करोड कारोबार हुँदा ज्योति विकास बैंकको ३५ करोड बराबरको सेयर कारोबार भएको छ । आज जोशी हाइड्रोपावर कम्पनीको सेयर ४.१० प्रतिशतले घटेको छ ।

  • नेप्से दोहोरो अंकले घट्यो, कारोबार उत्साहजनक

    नेप्से दोहोरो अंकले घट्यो, कारोबार उत्साहजनक

    काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक १६ अंकले घट्दै ३,१०७.४५ विन्दुमा रोकिएको छ । दोहोरो अंकले नेप्से घटेपनि कारोबार रकम भने उत्साहजनक छ ।

    आज २ करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर किनबेचमा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रूपैयाँ कारोबार भएको छ । ‘क’ वर्गको सेन्सेटिभ मापन गर्ने परिसूचक भने सकारात्मक छ । सेन्सेटिभ मापक भने आज ०.६४ अंकले बढ्न पुगेको छ ।

    आज सबैभन्दा बढी अपर तामाकोशीको ६४ करोडको सेयर कारोबार भयो । अपी हाइड्रोपावर कम्पनीको ५३ करोडबराबरको कारोबार भएको छ । आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    बैंकिङ समूहको सेयर मूल्य केही मात्रामा बढेको छ भने विकास बैंकको सेयर मूल्य २.२१ प्रतिशतले बढ्न पुगेको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीका सेयरधनीले गुमाउन पुगेका छन् ।

  • नेप्सेमा दैनिक नयाँ रेकर्ड, साढे १५ अर्ब कारोबार

    नेप्सेमा दैनिक नयाँ रेकर्ड, साढे १५ अर्ब कारोबार

    काठमाडौं । नेप्से परिसूचक आज १२.०५ अंकले बढ्दै ३,१२३.१५ विन्दुमा रोकिएको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

    आज २ करोड ८८ लाख १३ हजार ८३१ कित्ता सेयर किनबेचमा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २७१ रूपैयाँ कारोबार भयो । सबैभन्दा धेरै अपि हाइड्रोको ७९ करोड कारोबार भयो ।

    आज एक दर्जन कम्पनीको सेयर मूल्य उच्च अंकले बढ्न पुगेको छ । ६ वटा जलविद्युत कम्पनीमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।

    हाइड्रो समूहको परिसूचक ५.८१ प्रतिशतले बढ्न पुगेको छ । आज लघुवित्त कम्पनीका सेयरधनीले सबैभन्दा धेरै २.११ प्रतिशत गुमाउन पुगेका छन् ।

  • अहिलेसम्मकै उच्च विन्दुमा नेप्से, कारोबार रकम साढे ११ अर्ब

    अहिलेसम्मकै उच्च विन्दुमा नेप्से, कारोबार रकम साढे ११ अर्ब

    काठमाडौं । नेप्से परिसूचक आज २६.०२ अंकले बढ्दै ३,१११.०९ विन्दुमा पुगेको छ । यो विन्दु आजसम्मकै उच्च हो । यसअघि नेप्से ३,०९४ रहेको थियो ।

    आज २ करोड ११ लाख २९ हजार ०८८ कित्ता सेयर किनबेचमा ११ अर्ब ५२ करोड ९२ लाख १७ हजार ७७४ रूपैयाँ कारोबार भयो । आज २२३ कम्पनीको सेयर कारोबार भएकोमा अपि हाइड्रोपावरको ४६ करोडको कारोबार भयो । पाँचथर पावर कम्पनी लिमिटेड र रु रु जलविद्युत कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

    आज १३१ कम्पनीको शेयरमा हरियाली छाएको छ भने ४७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

  • झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

    झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा सुधार

    काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक १.२५ अंकले बढ्दै ३,०८१.६ विन्दुमा रोकिएको छ ।

    कारोबार रकममा पनि आज केही सुधार देखिएको छ । ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता सेयर किनबेचमा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६२ रूपैयाँ कारोबार भएको छ । गत बिहीबार करिब ११ अर्ब कारोबार भएको थियो ।

    आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीका सेयरधनीले कमाएका छन् भने गुमाउनेमा होटल तथा टुरिजमका लगानीकर्ता रहेका छन् । आज सबैभन्दा बढी नेश्नल हाइड्रोपावर कम्पनीको ३६ करोडको कारोबार भयो । ६ वटा कम्पनीको सेयरमा आज सकारात्मक सर्किट लागेको छ ।

  • नेप्से १५.११ अंकले घट्यो, कारोबार पनि कम

    नेप्से १५.११ अंकले घट्यो, कारोबार पनि कम

    काठमाडौं । नेप्से परिसूचक आज १५.११ अंकले घट्दै ३,०७९.८३ विन्दुमा रोकिएको छ ।

    आज कारोबार रकममा पनि गिरावट आयो । २ करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेचमा १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रूपैयाँ कारोबार भयो । आज होटल तथा टुरिजम र विकास बैंक समूहबाहेकका समूहको उपसूचकमा रातो लाग्यो ।

    सबैभन्दा बढी गुड्विल फाइनान्स कम्पनीको सेयर १४ करोड कारोबार भयो । सबैभन्दा बढी गुमाउने कम्पनीमा पनि गुड्विल फाइनान्स नै रहेको छ । गुड्विलका लगानीकर्ताले आज ६.९७ अंक गुमाएका छन् ।

  • अहिलेसम्मकै उच्च विन्दुमा नेप्से, १५ अर्बमाथि कारोबार

    अहिलेसम्मकै उच्च विन्दुमा नेप्से, १५ अर्बमाथि कारोबार

    काठमाडौं । नेप्से परिसूचक आज २९.२४ प्रतिशतले बढ्दै अहिलेसम्मकै उच्च ३०७९.६७ विन्दुमा पुगेको छ । यो भन्दा अघि गत आइतबार नेप्से परिसूचकको उच्च विन्दु ३०५८.६४ रहेको थियो । आज कारोबार रकम पनि बढेको छ ।

    ३ करोड २३ लाख ५५ हजार २६० कित्ता सेयर किनबेचमा १५ अर्ब १७ करोड ६५ लाख १ हजार ६४३ रूपैयाँ कारोबार भयो । यो असार १ पछिको धेरै कारोबार हो । आज बैंकिङ, व्यापार, होटल एण्ड टुरिजम तथा माइक्रोफाइनान्स घटे पनि अन्य समूहका उपसूचकमा हरियाली छाएको छ । हाइड्रोपावरका सेयरधनीले धेरै कमाएका छन् ।

    आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको ४९ करोडको कारोबार भयो । आज घाम्देली हाइड्रोपावर लिमिटेडलगायत ७ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

  • नेप्से परिसूचक ८ अंकले घट्यो, कारोबार १४ अर्बमाथि

    नेप्से परिसूचक ८ अंकले घट्यो, कारोबार १४ अर्बमाथि

    काठमाडौं । नेप्से परिसूचक ८.२४ अंकले घट्दै ३,०३०.४३ विन्दुमा रोकिएको छ ।

    आज ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर किनबेचमा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रूपैयाँ कारोबार भयो । यो रकम हिजोभन्दा १७ करोडले कमी हो ।

    बजार खुल्नेवित्तिकै १७ अंकले बढेको नेप्सेले अहिलेसम्मकै उच्च अंक ३ हजार ७५ विन्दु पार गरेको थियो । आज बैंकिङ समूहका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् भने कमाउनेमा हाइड्रोपावर कम्पनीका सेयरधनी छन् ।

    आज नाग्दी ग्रुप पावर लिमिटेडको सबैभन्दा धेरै ३९ करोडको कारोबार भएको थियो । आज ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडलगायत ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

  • सेयर बजारमा बैंकिङ समूह हावी, नेप्से ५४ अंकले बढ्यो

    सेयर बजारमा बैंकिङ समूह हावी, नेप्से ५४ अंकले बढ्यो

    काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ५४.३१ अंकले बढ्दै ३०५८.६४ विन्दुमा पुगेको छ । यो परिसूचक अहिलेसम्मकै उच्च अंक हो । आज धेरै दिनपछि कारोबार रकम बढ्दै १४ अर्बमाथि पुगेको छ ।

    यसअघि गत असार १ गते १६ अर्ब ५२ करोड कारोबार भएको थियो । आज ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर किनबेचमा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १४८ रूपैयाँ कारोबार भयो । आजको बजारमा बैंकिङ समूह हावी भएको छ । यो समूह ३.४३ प्रतिशतले वृद्ध भएको हो ।

    यसैगरी, हाइड्रोपावर कम्पनी पनि २.३९ प्रतिशतले बढेको छ । आज होटल एण्ड टुरिजम् र म्यूचल फण्डबाहेक सबै समूहका उपसूचकहरूमा हरियाली छयो ।

    आज नेपाल बैंक, ग्लोवल आईएमई, एनसीसी, एनआईसी एसियालगायत बैंकको सेयर कारोबार बढी भयो । आज नेपाल बैंकको ४९ करोड सेयर कारोबार भयो । ९ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

  • नेप्से १८ अंकले बढ्दा कारोबार रकम ११ अर्ब

    नेप्से १८ अंकले बढ्दा कारोबार रकम ११ अर्ब

    काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १८.७५ अंकले बढ्दै ३००४.३२ विन्दुमा रोकिएको छ ।

    आज ५ करोड ५९ लाख ६४ करोड ६२ कित्ता सेयर किनबेचमा ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ रूपैयाँको कारोबार भयो । बैंकिङ, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, तथा म्यूचल फण्ड समूहका उपसूचकहरूमा हरियाली छाएको छ भने अन्य समूहका सबै उपसूचक रातो भएका छन् । आज सबैभन्दा धेरै फाइनान्स समूहका लगानीकर्ताले कमाएका छन् ।

    लक्ष्मी उन्नती कोषलगायत अन्य तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्न पुगेको छ । आज कृषि विकास बैंकको ४६ करोड, एनआईसी एसिया बैंकको ३६ करोड, नेपाल बैंक लिमिटेडको ३६ करोड कारोबार भएको छ ।

  • ९ अंकले घट्यो नेप्से

    ९ अंकले घट्यो नेप्से

    काठमाडौं । नेप्से परिसूचक ९.०१ अंकले घट्दै २९८५.५७ विन्दुमा रोकिएको छ ।

    आज ३ करोड १६ लाख ८ हजार १९३ कित्ताको किनबेचमा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ कारोबार भएको छ । आज व्यापार, होटल एण्ड टुरिजम, हाइड्रोपावर, उत्पादन तथा म्यूचअल फण्ड समूहको सेयर मूल्य बढेको छ भने अन्य सबै समूहको सेयर मूल्य घट्न पुगेको छ ।

    लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्विटी फण्ड १० प्रतिशतले बढेको छ । अरुण कावेलीको ३८ करोड बराबरको कारोबार हुँदा एचपीसीको २६ करोड कारोबार भयो ।

  • दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्बभन्दा बढी कारोबार

    दोहोरो अंकले बढ्यो नेप्से, ११ अर्बभन्दा बढी कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक १३.९७ अंकले बढ्दै २९९४.५८ विन्दुमा रोकिएको छ ।

    बजार खुलेको ६ मिनेटमा नै ४७ अंकले बढ्दै नेप्सेले तीन हजार ३१ विन्दु पार गरेको थियो । आज ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता सेयर किनबेचमा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ रूपैयाँ कारोबार भयो ।

    आज सबैभन्दा धेरै एनआईसी एसियाको ३५ करोडको सेयर कारोबार भयो । यसैगरी, नविल बैंकको ३३ करोड कारोबार भयो । सिनर्जी पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, विशाल बजारको सेयर ९ प्रतिशतले बढ्न पुगेको छ ।

    आज नेप्सेको उप-समूहमा बैंकिङ, व्यापार, निर्जीवन बीमा, उत्पादन, अन्य, म्यूचल फण्ड, लगानी तथा जीवन बीमा समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी व्यापार समूहका लगानीकर्ताले कमाएका छन् ।

  • नेप्से परिसूचक ३ हजारनजिक, ९७ अंकले बजार बढ्दा ११ अर्बभन्दा बढीको कारोबार

    नेप्से परिसूचक ३ हजारनजिक, ९७ अंकले बजार बढ्दा ११ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक आज करिब ३ हजार विन्दुको नजिक पुगेको छ । ९७.२१ अंकले बढ्दै नेप्से २९८०.६१ विन्दुमा पुगेको हो । कारोबार रकममा पनि एक महिनापछि १० अर्ब नाघेको छ ।

    आज २ करोड ८८ लाख ६३ हजार ९३ कित्ताको सेयर किनबेचमा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रूपैयाँ कारोबार भयो ।

    असार मसान्तसम्म बैंकको ब्याज तिर्नुपर्ने कारण र धितोपत्र बोर्डले गत असार १ गते ५१ वटा कम्पनीलाई जोखिम भन्दै कम्पनीको नामसहित सूची प्रकाशित गरेपछि ३ हजार नाघेको नेप्से पुनः ओरालो लागेको थियो । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारलाई नीतिगत नियममा नबाँध्ने बताएका थिए ।

    आज हिमालय पावर पार्टनर लिमिटेड, सिंगटी हाइड्रो लिमिटेड, सिन्धु विकास बैंक, नाग्दी ग्रुप पावर र समृद्धि फाइनान्स कम्पनीको सकारात्मक सर्किट लागेको छ । यसैगरी, मञ्जुश्री फाइनान्स कम्पनीको ४० करोड, नबिल बैंकको ३८ करोड बराबरको कारोबार भयो । आज उपसूचक समूहका सबै सूचकमा हरियाली छाएको छ ।

    सबैभन्दा धेरै आज विकास बैंकको उपसूचक ५.०५ प्रतिशतले बढ्यो । त्यसैगरी, बैंकिङ समूहको पनि ४.७१ प्रतिशतले सेयर बढ्न पुगेको छ ।

  • नेप्से : दोहोरो अंकले वृद्धि, कारोबार साढे ५ अर्बमा सीमित

    नेप्से : दोहोरो अंकले वृद्धि, कारोबार साढे ५ अर्बमा सीमित

    काठमाडौं । आज नेप्से परिसूचक १६.३४ अंकले बढ्दै २८७१.०४ विन्दुमा रोकिएको छ ।

    आज १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता सेयर किनबेचमा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    आज कारोबार रकम हिजोको भन्दा करिब साढे चार अर्बले घट्न पुगेको छ । हिजो करिब १० अर्बको कारोबार भएको थियो । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका सेयरधनीले आज सबैभन्दा धेरै कमाएका छन् ।

    सबैभन्दा धेरै नेपाल बैंकको ४५ करोड कारोबार भयो । त्यस्तै जीवन बीमा समूहबाहेक अन्य सबै समूहका परिसूचकमा हरियाली छाएको छ ।

  • नेप्से : ४५ अंकले घटेको बजारमा १० अर्बको कारोबार

    नेप्से : ४५ अंकले घटेको बजारमा १० अर्बको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ४५.०६ अंकले घट्दै २८५४.७७ विन्दुमा रोकिएको छ ।

    आज २ करोड ६० लाख २१ हजार १०४ कित्ता सेयर किनबेचमा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रूपैयाँ कारोबार भएको छ । सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तको सेयर कारोबार ४७ करोड रूपैयाँ बराबरको भएको छ ।

    आज म्युचल फण्डबाहेक सबै उप-समूहको परिसूचक राताम्मे भएको छ ।

  • ७३ अंकले बढ्यो नेप्से, कारोबार रकम दोब्बर वृद्धि

    ७३ अंकले बढ्यो नेप्से, कारोबार रकम दोब्बर वृद्धि

    काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक ७३.३३ अंकले बढ्दै २८९८.४३ विन्दुमा रोकिएको छ । आज ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १३.५१ अंकले बढेको छ ।

    कारोबार संख्या र रकममा उल्लेखनीय वृद्धि भएको आज ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर किनबेचमा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रूपैयाँ कारोबार भएको छ । यो गत विहीबारभन्दा ४ अर्बले बढी हो । आज सबै समूहको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स र विकास बैंकका समूहका लगानीकर्ताले कमाएका छन् ।

    आज एनआईसी एसिया बैंकको सबैभन्दा धेरै ३९ करोडको कारोबार भयो । यस्तै नविल बैंकको २५ करोड बराबरको कारोबार भएको छ । आज तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य २२ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा पुगेका छन् ।

  • करिब २४ अंकले बढ्यो नेप्से

    करिब २४ अंकले बढ्यो नेप्से

    काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसूचक २३.९७ अंकले बढ्दै २८२५.१० विन्दुमा पुगेको छ ।

    आज २२३ कम्पनीको ५१ हजार पटकको कारोबारमा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँ बराबरको कारोबार भयो । आज व्यापार तथा अन्य समूहबाहेक सबै समूहको सूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स कम्पनीका सेयरधनीले कमाएका छन् ।

    आज सबैभन्दा बढी नेपाल बैंकको २१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

  • नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम साढे ४ अर्ब

    नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम साढे ४ अर्ब

    काठमाडौं । नेप्से परिसूचक आज १६.९७ अंकले घट्दै २८०१.१३ विन्दुमा पुगेको छ । केही दिनदेखि बजार ओरालो लागेको छ ।

    आज १ करोड १६ लाख ६४ हजार कित्ता सेयर किनबेचमा ४ अर्ब ५८ करोड कारोबार भयो । आज छिमेकी लघुवित्तको ४३ करोडको सेयर कारोबार भयो भने अपर तामाकोशी २६ करोड बराबरको किनबेच भयो ।

    आज विकास बैंक तथा माइक्रोफाइनान्सबाहेक अन्य सबै समूहको परिसूचकमा रातो लागेको छ ।

  • नेप्से ५.२४ अंकले घट्यो

    नेप्से ५.२४ अंकले घट्यो

    काठमाडौं । नेप्से परिसूचक आज ५.२४ अंकले घटेर २८१८.११ विन्दुमा रोकिएको छ ।

    १ करोड १३ लाख ५ हजार २०९ कित्ताको सेयर किनबेचमा आज ४ अर्ब २२ करोड ४० लाख १८ हजार २५५ रूपैयाँ कारोबार भएको छ ।

    आज बैंकिङ, निर्जीवन बीमा, उत्पादन, लघुवित्त तथा जीवनबीमा कम्पनीका सेयरधनी लाभान्वित भएका छन् । अन्य समूहका परिसूचक भने रातो भएको छ । आज हिमालय डिष्टिलरीको सेयर कारोबार ३५ करोड बराबरको भयो ।

  • ८ अंकले घटेको बजारमा कारोबार साढे पाँच अर्बमा सीमित

    ८ अंकले घटेको बजारमा कारोबार साढे पाँच अर्बमा सीमित

    काठमाडौं । नेप्से परिसूचक आज ८.४८ अंकले घट्दै २८३४.५२ विन्दुमा पुगेर रोकिएको छ ।

    आज कारोबार रकम र कारोबार संख्यामा समेत गिरावट आएको छ । आइतबार १ करोड ८४ लाख २ हजार २२१ कित्ता सेयर किनबेचमा  ५ अर्ब ५३ करोड ५३ लाख ८ हजार २५७ रूपैयाँ कारोबार भएको छ । गत बिहीबार ३ करोड २८ लाख कित्ताको सेयर किनबेचमा ६ अर्ब ७० करोड कारोबार भएको थियो ।

    आज होटल तथा टुरिजम, अन्य र म्यूचल फन्ड बाहेक अन्य सबै समूहको सेयर रातो भएको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै २१ करोड कारोबार भयो । यसैगरी, नेपाल टेलिकमको १९ करोड बराबरको करोबार भएको छ । आज गुडविल फाइनान्स डिवेन्चरको मूल्य १० प्रतिशतले बढेको छ ।

  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

    दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

    काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आज १९.१२ अंकले बढ्दै २८४३ विन्दुमा बन्द भएको छ ।

    आज ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ताको सेयर किनबेचमा ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रूपैयाँ कारोबार भएको छ । आज सेयर किनबेच र कारोबार रकममा सुधार आएको हो । हिजो ४.१३ अंकले घटेको बजारमा साढे पाँच अर्बको करोबार भएको थियो ।

    आज निको इन्स्योरेन्सको ३० करोडको कारोबार भयो । ज्योति विकास बैंकको १८ करोडको कारोबार भयो । आज ओरेन्टियल होटललगायत तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । निर्जीवन बीमा कम्पनी समूहबाहेक अन्य सबै समूह हरियो भएका छन् । आज सबैभन्दा धेरै होटल तथा टुरिजम समूहका लगानीकर्ताले कमाएका छन् ।

    होटल तथा टुरिजम समूहको ३.९४ प्रतिशतले बढेको छ । यसैगरी, विकास बैंक समूह पनि ३.६३ प्रतिशतले बढेको छ ।

  • नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम खुम्चियो

    नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम खुम्चियो

    काठमाडौं । नेप्से परिसूचक आज ४.१३ अंकले घट्दै २८२३.८७ विन्दुमा रोकिएको छ । कारोबार रकममा पनि गिरावट आएको छ । आज १ करोड ६२ करोड ४८ लाख १ सय कित्ता सेयर किनबेचमा ५ अर्ब ८३ करोड ८५ लाख रूपैयाँ कारोबार भएको छ ।

    आज विकास बैंक, हाइड्रोपावर, फाइनान्स, ननलाइफ इन्स्योरेन्स, उत्पादन तथा अन्य समूह बाहेक सबै समूह रातो भए ।

    आजको बजारमा सर्वाधिक कारोबार हिस्सा ओगटेको नेपाल इन्स्योरेन्सको ३० करोड ४२ लाख ५८ हजार बराबरको सेयर कारोबार भएको छ ।

  • ४७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि ओरालो

    ४७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि ओरालो

    काठमाडौं । नेप्से परिसूचक आज ४७.४९ अंकले घट्दै २८२८.०१ विन्दुमा रोकिएको छ ।

    १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर किनबेचमा आज ६ अर्ब ७२ करोड करोबार भएको छ ।

    आज सबैभन्दा धेरै ४९ करोड रुपैयाँ बराबरको राधी हाइड्रोपावरको कारोबार भएको छ । आज माइक्रोफाइनान्स कम्पनी समूहबाहेक अन्य सबै समूह रातो भएका छन् ।

  • झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम करिब ८ अर्ब

    झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम करिब ८ अर्ब

    काठमाडौं । नेप्से परिसूचक आज ५.११ अंकले बढ्दै २८७५.५० विन्दुमा बन्द भएको छ ।

    १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ताको सेयर किनबेचमा आज ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रूपैयाँ कारोबार भएको छ । आज बैंकिङ होटल एण्ड टुरिजम, माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स, म्यूचल फण्ड तथा उत्पादन समूहबाहेकका समूह रातो भएका छन् ।

    माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै २.१९ प्रतिशतले बढेको छ । यस्तै, अपर तामाकोशीको कारोबार ६६ करोड बराबरको भयो । यसैगरी आज सबैको लघुवित्त संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढ्न पुगेको छ ।

  • नेप्से परिसूचक २७ अंकले बढ्यो

    नेप्से परिसूचक २७ अंकले बढ्यो

    काठमाडौं । कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक २७.३८ अंकले बढेको छ । आज ०.९६ प्रतिशतको वृद्धि हुँदै २८७०.३८ विन्दुमा पुगेर बन्द भएको छ ।

    आज २ करोड ९७ लाख ४३ हजार ७७ कित्ताको सेयर किनबेचमा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रूपैयाँ कारोबार भएको छ । सबैभन्दा धेरै एनएचपीसीको ४० करोड बराबरको भयो । सेन्चुरी कमर्सियल बैंक र माथिल्लो तामाकोशीको स्यर करिब १० प्रतिशतले बढेको छ ।

    आज बैंकिङ, व्यापार, हाइड्रोपावर, उत्पादन, अन्य, माइक्रोफाइनान्स, म्युचल फण्ड र लगानी समूहको सेयर मूल्य बढेको छ ।

  • ‘प्रिओपनिङ’ सत्रमा कारोबार र मूल्यको सीमा निर्धारण

    ‘प्रिओपनिङ’ सत्रमा कारोबार र मूल्यको सीमा निर्धारण

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सत्र ‘प्रिओपनिङ’ मा सेयर बजारमा अस्वाभाविक उतारचढाव देखिएको भन्दै कारोबारको सीमा घटाएको छ ।

    सेयर कारोबार हुनुभन्दा अघि प्रारम्भिक सत्रका लागि (१०.३० देखी १०.४५ ) सम्मका लागि १५ मिनेटको समय तोकिएको हुन्छ । बोर्डले प्रारम्भिक सत्रको मूल्य सीमा र धितोपत्रको कारोबारको न्युनतम मूल्य घटाएको हो ।

    धितोपत्र कारोबार सञ्चालन नियमावली २०७८ को दोस्रो संशोधन गर्दै मूल्य परिवर्तनको सीमा ५ प्रतिशतबाट घटाएर २ प्रतिशत कामय गरिएको बोर्डले जनाएको छ ।

    त्यस्तै, न्यूनतम मूल्य परिवर्तन सीमा १ रूपैयाँ रहेकोमा त्यसलाई १० पैसा झार्ने निर्णय गरेको छ । यसअघि १ रुपैयाँ बाबर १ अंक मानिने भएपनि अव प्रिओपनिङ सत्रमा १० पैसा बराबर १ अंक मानिनेछ ।

    धितोपत्र बोर्डले यस व्यवस्था कार्यान्वयन गर्नका लागि फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्चेन्जलाई निर्देशन दिइएको छ । प्रारम्भिक सत्र ‘प्रिओपनिङ’ सत्र थप व्यवस्थित र प्रतिस्पर्धी मूल्य कायम नियमावलीले सहयोग पुग्ने बोर्डको दावी छ ।

  • ५१ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब ३६ करोडमा सीमित

    ५१ अंकले घट्यो नेप्से, कारोबार ८ अर्ब ३६ करोडमा सीमित

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से ५१.६५ अंकले घटदै २८६२.१८ अंकको विन्दुमा कारोबार बन्द भएको छ । आज २१८ कम्पनीको १ करोड ९४ लाख १७ हजार ५३२ कित्ता सेयर खरिदबिक्रीबाट ८ अर्ब ३६ करोडको कारोबार भएको छ ।

    त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.३७ अंकले घटदै ५२८.९७ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

    समूहगत परिसूचकतर्फ १३ वटै समूहगत सुचाङ्क घटेका छन् । जीवन बीमा समूहको सूचाङ्क सबैभन्दा धेरै ३८७.४२ अंकले घटेको छ भने दोस्रो स्थानमा नीर्जीवन बीमा समूहको सव इन्डेक्स २८०.१२ अंकले बढेको छ ।

    यसैगरी बैंकिङ समूह २८.५४ अंक, व्यापार समूह ५५.५६ , होटल तथा पर्यटन समूहको ६९.७७ अंक, विकास बैंक समूहको १६०.६६ अंक, उत्पादनमुलुक समूहको १२१.१३ अंक, लघुवित्त समूहको १००.३२ अंक ,वित्त समूहको ६७.४४ अंक र जलविद्युत समूहको ७१.४९ अंकले बढेको छ ।

    राधी जलविद्युत कम्पनीका लगानीकर्ता समूहको सबैभन्दा धेरै ९.७१ प्रतिशतले कमाएका छन् भने कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ५.६ अंकले गुमाएका छन् । नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै ५४ करोड ३० लाख कारोबार गरेको छ ।

  • नेप्से परिसूचक ७९.४४ अंकले वृद्धि, अधिकांश जलविद्युत कम्पनीमा सकारात्मक सर्किट

    नेप्से परिसूचक ७९.४४ अंकले वृद्धि, अधिकांश जलविद्युत कम्पनीमा सकारात्मक सर्किट

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से ७९.४४ अंकले बढ्दै २९१३.८४ अंकको विन्दुमा कारोबार बन्द भएको छ । २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर खरिदबिक्रीबाट १० अर्ब २८ करोड रूपैयाँको कारोबार भएको छ ।

    त्यस्तै ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १६.१९ अंकले बढ्दै ५३६.३४ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

    समूहगत परिसूचकतर्फ १३ वटै कम्पनीको सुचाङ्कमा बढेका छन् । जीवन बीमासमूहको सूचाङ्क सबैभन्दा धेरै ३८७.८५ अंकले बढेको छ भने दोस्रो स्थानमा नीर्जीवन बीमा समूहको सव इन्डेक्स ३७५.२३ अंकले बढेको छ ।

    यसैगरी बैंकिङ समूह ४४.३१ अंक, व्यापार समूह २१.५४, होटल तथा पर्यटन समूहको १०९.९५ अंक, बिकास बैंक समूहको २५१.३३ अंक, उत्पादनमुलुक समूहको २५१.३३ अंक, लघुवित्त समूहको ६४.९ अंक, वित्त समूहको १२७.६ अंक र जलविद्युत समूहको १५०.१० अंकले बढेको छ ।

    मंगलबार अपी पावर कम्पनी, न्याग्दी ग्रुप कम्पनी, पञ्चकन्या माइ हाइड्रोपावर कम्पनी, बरुण जलविद्युत कम्पनी , एचआईडीसीएल , जेविल फाइनान्स कम्पनीको सेयर कारोबारमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।

    त्यस्तै राधी, जोशी, कालिका पावर कम्पनी, युनियन हाइड्रोपावर कम्पनी, खानीखोला, लिवर्टी, हजुरा लगायतका कम्पनीको सेयर कारोबार सकारात्मक सर्किटब्रेक नजिक रहेका छन् ।

  • धितोपत्र बोर्डका अध्यक्षलाई भेटेर अर्थमन्त्रीले भने- बजारमा नकारात्मक हस्तक्षेप नहोस्

    धितोपत्र बोर्डका अध्यक्षलाई भेटेर अर्थमन्त्रीले भने- बजारमा नकारात्मक हस्तक्षेप नहोस्

    काठमाडौं । हालै धितोपत्र बोर्डले बजारमा चलखेर गरेको भन्दै ५१ वटा कम्पनीको सूची प्रकाशित गरेको विषयमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चासो राखेका छन् । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई भेटेर उनले बजारमा सकारात्मक हस्तक्षेप गर्न निर्देशन दिए ।

    अर्थमन्त्रीले लगानीकर्तालाई सचेत गर्दै बजारलाई ‘पेनिक’ हुनबाट बचाउन निर्देशन दिएको स्रोतले जानकारी दियो । सेयर बजारमा लगानीकर्ताहरु छिटो आत्तिने भएकाले त्यसमा ध्यान दिन उनले बोर्डका अध्यक्षलाई आग्रह गरेका थिए ।

    धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले ५१ कम्पनीको सूची प्रकाशन गर्नुपर्ने कारणबारे अर्थमन्त्री पौडेललाई ब्रिफ गरेका थिए । उनले दोस्रो बजारमा कारोबार भइरहेका सम्पूर्ण कम्पनीको सुचकसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न तयारी गरिरहेको समेत जानकारी गराए ।

    अध्यक्ष ढुंगानाले आफुले लगानीकर्ताको हितका लागि ५१ कम्पनीको सूची प्रकाशन गरेको भन्दै आफूलाई बदमान गर्ने गरी वदनियत ढङ्गले प्रचार प्रसार गरिएको अर्थमन्त्री समक्ष गुनासो गरेका थिए ।

    ढुंगानाले नेपाल प्रेससँग कुराकानी गर्दै ५१ कम्पनीको सूची प्रकाशन गर्नुको कारणबारे अर्थमन्त्रीलाई ब्रिफ गरेको बताएका छन् ।

    ‘लगानीकर्ताको हितका लागि कम्पनीहरुको सूची प्रकाशन गरेको भएपनि त्यसलाई नकारात्मक ढङ्गबाट प्रचारप्रसार गर्न खोजिएको भन्ने कुरा अर्थमन्त्रीसमक्ष राखेको हो,’ उनले भने ।

    अर्थमन्त्री पौडेल सेयर बजारमा हस्तक्षेप गर्न नहुने पक्षमा छन् । लगानीकर्ता अर्थमन्त्री पौडेलप्रति सकारात्मक रहेकाले उनीहरुलाई असर गर्ने खालका कुनै पनि गतिविधिहरू गर्ने पक्षमा छैनन् ।

  • नेप्से ७१ अंकको गिरावट, कारोबार रकम ११ अर्ब ६१ करोड

    नेप्से ७१ अंकको गिरावट, कारोबार रकम ११ अर्ब ६१ करोड

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से ७१.०६ अंकले घटेर २८३४.४० अंकको विन्दुमा पुगेको छ ।

    २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार ४९१ कित्ता सेयर किनबेच भएको नेप्सेमा आज ११ अर्ब ६१ करोड कारोबार भयो ।

    ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ८.३७ अंकले घट्दै ५२०.१८ अंकको विन्दुमा कारोबार बन्द भएको छ । समूहगत परिसूचकतर्फ पनि १३ वटै सूचांक घटेका छन् ।

    सबैभन्दा धेरै जीवन बीमा समूहको सूचांक ४५१.११ अंकले घटेको छ । त्यस्तै, नीर्जीवन बीमा समूहको कारोबार ४२९.६३, लघुवित्त समूहको १०५, विकास बैंक समूहको २१०.२१, जलविद्युत समूह १५०.२४ र उत्पादनमूलक समूह १७१.१९ अंकले घटेको छ । यसैगरी वित्त कम्पनीको सूचांक १२२.२० व्यापार समूहको २९.६३ र बैंकिङ समूहको ३४.२२ अंकले घटेको छ ।

    नारायणी विकास बैंकका लगानीकर्ताले आज सबैभन्दा धेरै ९.९७ प्रतिशतले कमाएका छन् भने पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ९.२६ प्रतिशतले गुमाएका छन् । १ अर्ब ३० करोड रूपैयाँ बराबरको सेयर कारोबार गरेको नेपाल पुनर्बीमा कम्पनी कारोबार रकमका आधारमा अग्रस्थानमा छ ।

  • धितोपत्र बोर्डको विज्ञप्तिपछि बजारमा कस्तो पर्‍यो प्रभाव ?

    धितोपत्र बोर्डको विज्ञप्तिपछि बजारमा कस्तो पर्‍यो प्रभाव ?

    काठमाडौं । कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.२९ अंकले घट्यो । चलखेल गरेर अस्वाभाविक मूल्य बढाएको भनी धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमको सूचीमा राखेपछि लगानीकर्ता त्रसित बनेका थिए ।

    यसैले साना लगानीकर्तालाई सेयरसम्बन्धी जानकारी दिने सोसल ग्रुपहरूमा ‘पेनिक सेल’ (आत्तिएर गर्ने बिक्री) नगर्न धेरै नै सुझाएका पनि थिए । तर, पनि बुधबारको बजारमा ५२ अंकको गिरावट आयो । र, फाइनान्स र हाइड्रोपावर कम्पनीका अधिकांश कम्पनीमा नकारात्मक सर्किट नै लाग्यो । धेरै लगानीकर्ताको अनुमान थियो कि बिहीबार पनि बजारमा ठूलो अंकको गिरावट आउने छ । तर, धितोपत्र बोर्डले विशेषगरी हाइड्रोपावर, फाइनान्स र बीमा कम्पनीका सेयर किन्न लगाएको लगामलाई लगानीकर्ताको उच्च मनोबलका कारण धेरैको अपेक्षाविपरीत बिहीबार सेयर बजार सम्हाल्यिो ।

    बोर्डले जोखिम भनेकमध्ये धेरै कम्पनीको सेयरमा उत्साहजनक नै बढ्न पुग्यो । बोर्डले हाइड्रोपावरका २१ बीमाका १० र फाइनान्सलगायतका कम्पनीलाई सूचीमा राखेको छ । तर, बिहीबारको बजारमा खानीखोला, रसुवागढी, नेपाल फाइनान्स, सोल्टी होटल, आईएमई जनरल इन्स्योरेन्स, बरुण हाइड्रोपावर, एचपीसी, नागरिक लगानी कोष, हुर्जा हाइड्रोपावर, लिबर्टी इनर्जी, राधी हाइड्रोपावर, रिलाइन्स लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको सेयर मूल्य दुईदेखि करिब ७ प्रतिशतसम्म बढेका छन् ।

    नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल धितोपत्रको विज्ञप्तिका बाबजुद पनि सेयर बढ्नुमा लगानीकर्ताको उच्च मनोबल नै भएको बताउँछिन् । ‘धितोपत्र बोर्डले त नियमन गर्नुपर्छ तर यसरी बजार बढेर ३ हजार पुगेपछि गर्ने होइन । यदि कम्पनी जोखिममा छ भने त एक वर्षअघि नै सचेत गराउनुपर्थ्यो । अहिले निकालेर हुन्छ,’उनको प्रश्न छ ।

    बिहीबार बजार सामान्य हुनुले लगानीकर्ताहरू सुझबुझपूर्ण निर्णय लिन सक्षम छन् भन्नेसमेत देखाएको छ । लगानीकर्ता आफू सचेत हुन आवश्यक छ तर, आत्तिनु पर्ने अवस्था अहिले नभएको पोखरेलले नेपाल प्रेससँग बताइन् ।

    लगानीकर्ताको स्वतन्त्रतालाई लगाम लाउन खोजिएको भन्दै धितोपत्र बोर्डको विज्ञप्तिमा स्वतन्त्र ऊर्जा उत्पादक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ तथा लगानीकर्ता संगठनलगायतले विरोध जनाएका छन् ।

  • झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा उच्च गिरावट

    झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा उच्च गिरावट

    काठमाडौं । नेप्से परिसूचक आज १.२९ अंकले घट्दै २९६८.४३ विन्दुमा रोकिएको छ ।

    आज २ करोड ३ लाख ६५ हजार ६९९ कित्ताको सेयर किनबेचमा १० अर्ब ९० करोड ४९ लाख ५८ हजार ९३५ रूपैयाँ कारोबार भयो । पछिल्ला केही हप्ताको कारोबार रकमको तुलनामा यो कारोबार ५/६ अर्बले कम हो । हिजो साढे १५ अर्ब बराबरको कारोबार भएको थियो ।

    जोखिममा रहेको भनी धितोपत्र बोर्डले सार्वजनिक गरेको ५१ कम्पनीमध्ये केहीको सेयर भने उच्च अंकले बढेको छ । खानीखोला हाइड्रोपावर, नेपाल फाइनान्सलगायत केही कम्पनीको सेयर मूल्य ६ प्रतिशतसम्म वृद्धि भएको हो । आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतले बढ्यो । सीईडीबी कम्पनीको सेयर करिब ७ प्रतिशतले घटेको छ ।

    आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ७६ करोडको कारोबार भयो । विकास बैंक समूहको सेयर मूल्य २.४ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स कम्पनीको सेयर १.१९ प्रतिशतले घटेको छ ।

  • ५२.४१ अंकले घट्यो नेप्से, अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनीमा नकारात्मक सर्किट

    ५२.४१ अंकले घट्यो नेप्से, अधिकांश फाइनान्स र हाइड्रोपावर कम्पनीमा नकारात्मक सर्किट

    काठमाडौं । नेप्से परिसूचक आज ५२.४१ अंकले घटेका छ । ५१ कम्पनी जोखिमस्तरमा रहेको आशयसहितको हिजोको धितोपत्र बोर्डको विज्ञप्तिको असर आजको सेयर बजारमा परेको छ ।

    आज ७६ अंकसम्मको गिरावट आएर अन्त्यमा २९६९.७० विन्दुमा कारोबार बन्द भयो । आजको बजारमा हाइड्रोपावर तथा फाइनान्स कम्पनीको सेयर मूल्यमा बढी प्रभाव परेको छ । चलखेल गरेर अस्वाभाविक मूल्य बढाएको भन्दै बोर्डले सूचीकृत गरेका कम्पनीमध्ये अधिकांश फाइनान्स र हाइड्रोपावर नै छन् ।

    गुराँस फाइनान्स लिमिटेड, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स लिमिटेड, नेश्नल हाइड्रोपावर कम्पनीलगायत १३ अन्य कम्पनीमा नकारात्मक सर्किट लाग्यो । फाइनान्स समूहका लगानीकर्ताले ६.८ प्रतिशतले गुमाएका छन् ।

    आज सीइडीबी हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्यो । सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ६० करोड बराबरको कारोबार भयो । माइक्रोफाइनान्सबाहेकका उपसूचक सबै रातो भएका छन् ।

    आज २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर किनबेचमा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ रूपैयाँ कारोबार भयो ।

  • झिनो अंकले घट्यो नेप्से, कारोबार रकम उत्साहजनक

    झिनो अंकले घट्यो नेप्से, कारोबार रकम उत्साहजनक

    काठमाडौं । आज नेप्से परिसूचक ३.७२ अंकले घट्दै ३०२२.११ विन्दुमा कारोबार रोकिएको छ । आज छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले घटेको छ ।

    सीइडीबी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी ९.८८ प्रतिशतले बढ्यो । नेपाल पुनर्बीमा कम्पनीको सेयर ७६ करोड बराबरको कारोबार भयो भने हाइड्रोइलेक्ट्रिक डेभलपमेन्ट कम्पनीको कारोबार ५२ करोड बराबरको भएको छ ।

    आज ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ताको सेयर किनबेचमा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार ७३९ रुपैयाँको कारोबार भयो । आज होटल तथा टुरिजम, उत्पादन, अन्य, म्यूचलफण्ड र लगानी समूहबाहेक समूहको उपसूचक रातो भएका छन् ।

  • नेप्से परिसूचक ३ हजारमाथि, झण्डै १९ अर्ब कारोबार

    नेप्से परिसूचक ३ हजारमाथि, झण्डै १९ अर्ब कारोबार

    काठमाडौं । नेप्से परिसूचकले आज तीन हजार विन्दु पार गरेको छ । आज १८ अर्ब ८८ करोड ४० लाख रूपैयाँको कारोबार भयो । आज नेप्से परिसूचक ४२.७२ अंकले बढ्दै ३,०२५.८३ विन्दुमा कारोबार बन्द भएको छ ।

    खानीखोला हाइड्रोपावर, नेपाल इन्स्योरेन्स कम्पनी, घालेम्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अरुणभ्याली हाइड्रोको सेयर ६२ करोड बराबरको कारोबार भयो । त्यस्तै अपी हाइड्रोपावरको ५४ करोडको कारोबार भएको छ ।