Tag: सुनुवाइ

  • एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

    एमालेले निष्कासन गरेका १४ सांसदको मुद्दामा आज सुनुवाइ हुँदै

    काठमाडौं । नेकपा एमालेले साधारण सदस्य र सांसद सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानूनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

    पटकपटक पेसी चढेर हेर्न नभ्याइनेमा परेको सो मुद्दा सुनुवाइका लागि रिटको पेसी न्यायाधीशहरू अनिलकुमार सिन्हा र तिलकुमार श्रेष्ठको संयुक्त इजलासमा तोकिएको छ ।

    एमालेका वरिष्ठ नेताको हैसियतबाट ९ वैशाख २०७७ मा उनले सांसद पद थमौतीको माग गर्दै रिट दायर गरेका हुन् । रिट निवेदकहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल पनि हुन् । हाल नेपालबाहेक सबै एमालेमै छन् ।

    रिटमा नेपालसहितका चार नेताले सर्वोच्च अदालतको २३ फागुनको फैसलाविपरीत पार्टीलाई एकलौटी चलाएर राजनीतिक जीवन नै समाप्त गर्ने दूराशयपूर्ण मनोभावना राखी सांसद पदबाट हटाउन खोजेको रिटमा उल्लेख गरेका छन् ।

    रिटमा उनीहरूले २८ फागुन २०७७ तथा ७ चैत २०७७ सँगै ६ वैशाख २०७८ मा एमालेले गरेको निर्णय र सोही निर्णयलाई आधार मानेर ओलीले कारबाही गर्न लागेको पनि उल्लेख छ ।

    नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन रिटमार्फत उनीहरूले परमादेश पनि माग गरेका थिए ।

    १३ वैशाख २०७८ मा न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछि रिटको पेसी १० चैत २०७८ मा तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’ भनियो ।

     

  • आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै

    आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै

    काठमाडौं । नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको गत आइतबारको निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वोच्चले सुनुवाइका लागि आज ताेकेकाे पेसी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ ।

    वरिष्ठता मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेको दाबीसहित पोखरेल गत सोमबार सर्वोच्च पुगेका हुन् । सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा भएका थिए । मन्त्रिपरिषद्को आइतबारको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो ।

  • माधव नेपाल र बाबुरामसहित निसु र हेर्दाहेर्दैमा रहेका सबै मुद्दाको फेरि सुनुवाइ हुने

    माधव नेपाल र बाबुरामसहित निसु र हेर्दाहेर्दैमा रहेका सबै मुद्दाको फेरि सुनुवाइ हुने

    काठमाडौं । सर्वोच्च अदालतमा सुनुवाइका क्रममा हेर्दाहेर्दै र निसुमा रहेका सबै मुद्दाको फेरि सुनुवाइ हुने भएको छ ।

    गोलाप्रथाबाट पेसी तोक्ने प्रकृयाका लागि गत मंसिर ९ गते बसेको सर्वोच्च अदालतका पूर्णबैठकले हेर्दाहेर्दै र निसुमा रहेका मुद्दाको समेत फेरि सुनुवाइ गर्ने निर्णय गरेको थियो । सामान्यतया मुद्दाको सुनुवाइ सुरू भएपछि एकैदिनमा नटुंगिए अर्को दिन निरन्तर सुनुवाइ हुने प्रकृतिको सुनुवाइलाई हेर्दाहेर्दैको सुनुवाइ भनिन्छ ।

    यस्तै सुनुवाइ सकिएपछि न्यायाधीशहरूबीच छलफल नसकिए फैसला सुनाउनका लागि तोकिएको दिनलाई निर्णय सुनाउने अर्थात नि सु भनिन्छ । उदाहरणका लागि बालुवाटार जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाइ सकिएर निसुको मिति कात्तिक १५ मा तोकिएको थियो । तर, त्यसबेला न्यायाधीश नहकुल सुवेदी देशबाहिर रहेकाले फैसला भएको थिएन । अब यो मुद्दाको पनि फेरि सुनुवाइ हुने छ ।

    प्राय रिट, निवेदनहरू, धेरै प्रतिवादी भएका मुद्दाहरू र ठूला बिगो भएका मुद्दा हेर्दाहेर्दैमा राखिने गरिन्छ ।

    सर्वोच्च अदालतमा अहिले २ दर्जनबढी मुद्दा हेर्दाहेर्दैमा छन । यस्तै निसुका लागि तोकिएको १ दर्जन बढी मुद्दा फैसला हुन बाँकी छ । अब यी मुद्दाको सुनुवाइ गोलाप्रथाबाट पेसी तोकी फेरि सुनुवाइ गर्नुपर्नेछ ।

    सर्वोच्च अदालतले प्रधानन्यायाधीशले पेसी तोक्ने तजबिजी अधिकारलाई कटौती गरी भोलिबाट गोलाप्रथा प्रणाली लागू गर्दैछ ।

  • सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

    सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्चमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ हुने भएको हो ।

    गत जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको धारा १६८ को उपधारा ९ विपरीत प्रदेश सरकार पुनर्गठन गरेको भन्दै रिट निवेदन दिएका थिए ।

    १४ जेठमा मुख्यमन्त्री भट्टले ७ सदस्यमा केहीको निरन्तरता र केही थप्दै ११ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए । ५३ जना सदस्य रहेको प्रदेशसभामा हाल ५२ जना सांसद छन् ।

    नेकपा माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरा कारबाहीमा परेपछि सांसद पदमुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम कुल सदस्यको २० प्रतिशत मान्दा १०.४ हुन्छ । ५३ सांसद सङ्ख्या गणना गर्दा १०.६ जना हुन्छ ।

    संविधानको धारा १६८ को उपधारा (९) मा कुल सदस्य संख्या २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश सरकार गठन गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर, प्रदेश सरकार विस्तार गर्दा उक्त प्रावधान मिचिएको भन्दै रिट निवेदन गर्दा गरिएको थियो ।

    सर्वोच्च अदालतले जेठ ३० गते निवेदकको मागबमोजिमको आदेश किन जारी नगर्नु पर्ने हो ? आदेश जारी हुनु नपर्ने भए आधार र कारणसहित १५ दिनभित्र सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालयबाट लिखित जवाफ पेस गर्न भनिएको थियो।

  • एमालेले निष्कासन गरेका १६ सांसदमाथिको मुद्दामा आज पनि सुनुवाइ हुँदै

    एमालेले निष्कासन गरेका १६ सांसदमाथिको मुद्दामा आज पनि सुनुवाइ हुँदै

    काठमाडौं । नेकपा एमालेले कारवाही गरेका लुम्बिनीका २ प्रदेशसभासहितका १६ जना सांसद पदमुक्त गर्नुपर्ने सम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।

    न्यायाधीश दिपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा हेर्दा हेर्दैमा रहेको सो मुद्दामाथि आज अन्तरिम आदेश आउने सम्भवना छ । सो मुद्दा सुनुवाइको पहिलो नम्बरमै रहेकाले आज बहस सकिएमा आदेश आउनेछ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कानूनबमोजिम प्रक्रिया पुर्याएर निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको र उनीहरुकै हस्ताक्षर सनाखत गरेर नयाँ दल दर्ता भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

    त्यस्तै लुम्बिनीका दुई सांसदको हकमा पनि पार्टीले गरेको निष्कासनलाई सभामुखले कार्यन्वयन नगरेपछि एमाले अदालत गएको हो ।

  • भूमि आयोग विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, लुम्बिनीका तीन सांसदको पनि पेसी

    भूमि आयोग विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदै, लुम्बिनीका तीन सांसदको पनि पेसी

    काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीविरुद्ध विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

    न्यायाधीश ईश्वर खतिवडाको इजलासमा पेसी तोकिएको सो मुद्दामा ज्ञवालीसहित अधिवक्ता प्रवेश केसीलगायतको रिट पनि एकै ठाउँमा राखेर सुनुवाइ हुँदैछ ।

    आयोग विघटन गैरकानूनी र संविधानविपरीत रहेको दावी गर्दै उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । ज्ञवालीले आइतबार रिट दर्ता गराएका थिए भने केसीले सोही विषयमा शुक्रवार नै दर्ता गराएका थिए ।

    यसैबीच खतिवडाकै इजलासमा लुम्बिनीका जसपाले पदमुक्त गराएका तीन प्रदेशसभा सदस्यहरुको रिटमाथि पनि आजै सुनुवाइ हुने भएको छ ।

    एमाले नेतृत्वको सरकारमा सहभागी भएका विजय यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई जसपाले कारवाही गरी पदमुक्त गराएको छ ।

    उनीहरू आफूहरूमाथिको कारवाही गैरकानूनी भएको भन्दै अन्तरिम आदेश माग्दै अदालत गएका थिए । यसअघि दुईपटक स्थगित भएको मुद्दामा आज सुनुवाइ तोकिएको छ ।

  • पूर्वमाओवादी नेताहरूको रिटमा आज पनि सुनुवाइ भएन

    पूर्वमाओवादी नेताहरूको रिटमा आज पनि सुनुवाइ भएन

    काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीका आधारमा पदमुक्त भएका ४ जना संघीय सांसदले पुनर्वहालीको माग गर्दै दायर गरेको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ ।

    न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दाको पेसी राखिएको भए पनि आज पनि सुनुवाइ स्थगित भएको हो ।

    हिजो न्यायाधीश दीपक कार्कीको इजलासमा पेसी तोकिएको सो मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । सर्वोच्च अदालत स्रोतका अनुसार रिट निवेदक पक्षका कानून व्यवसयीकै आग्रहमा सुनुवाइ स्थगित गरिएको हो ।

    प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधवार रिट दायर गरेका थिए ।

  • माओवादीले पदमुक्त गराएका चार नेताको रिटमाथि कार्कीको इजलासमा सुनुवाइ हुँदै

    माओवादीले पदमुक्त गराएका चार नेताको रिटमाथि कार्कीको इजलासमा सुनुवाइ हुँदै

    काठमाडौं । नेकपा माओवादी केन्द्रले कारवाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिटमाथि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको इजलासमा सुनुवाइ हुने भएको छ ।

    टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार दर्ता गरेको रिटमाथिको सुनुवाइका लागि कार्कीको इजलासमा पेसी तोकिएको छ ।

    चारैजनाले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन् ।

  • दाहाललाई प्रधानन्यायाधीशको प्रश्न- एमालेको विकल्पमा सरकार बन्ने देखिन्न,अब के हुन्छ ?

    दाहाललाई प्रधानन्यायाधीशको प्रश्न- एमालेको विकल्पमा सरकार बन्ने देखिन्न,अब के हुन्छ ?

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पहिले वैकल्पिक सरकार बन्ने सम्भावना देखिएकाले आफूहरूले संसद पुन:स्थापना गरेको र अहिले त्यस्तो अवस्था नभएको भन्दै यस्तो अवस्थामा के हुन्छ ? भनेर रिट निवेदक पक्षका कानून व्यवसायीलाई प्रश्न गरेका छन् ।

    संसद विघटन सम्बन्धी सर्वोच्च अदालतमा जारी सुनुवाइका क्रममा सोमबार राणाले वरिष्ठ अधिवक्ता हरिहर दाहालसमक्ष यस्तो प्रश्न तेर्स्याएका हुन् । ‘मैले हिजो पनि सोधेको थिए जवाफ आएन,’ राणाको प्रश्न छ, ‘हिजो ११ फागुनमा फैसला गर्दा एमालेको विकल्पमा सरकार बन्ने देखेर अदालतले संसद् पुनःस्थापना गर्‍यो । अहिले तपाईंकै निवेदनमा देख्दा त यस्तो विकल्प देखिन्न देखिन्न त्यसले अब के हुन्छ ?’

    राणाको प्रश्नको जवाफ दिँदै दाहालले वैकल्पिक सरकार बन्ने अवस्था रहेसम्म संसद विघटन गर्न नपाइने जिकिर गरे । ‘सार्थकता दिन्छ भनेरै आएका हौं, वैकल्पिक सरकार बन्ने अवस्था रहेसम्म विघटन गर्न पाइँदैन,’ दाहालको तर्क छ ।

    राणाले संविधानको धारा ७५ (५) प्रधानमन्त्री बनाउन हो कि संसदको स्थायित्वका लागि हो ? भन्ने प्रश्न पनि गरे । ‘उपधारा ५ को व्यवस्था स्थायित्वका लागि हो कि प्रधानमन्त्री बनाउन मात्र हो ?,’ उनको प्रश्न छ, ‘संसद् आफ्नो आयु ५ वर्षसम्म चलोस् भनेर हो कि प्रधानमन्त्री बनाउन मात्र हो ? तपाईंको रिट निवेदनको बुँदा हेर्दा त फेरि पनि संसद् आफनो पूरा आयुसम्म जीवित रहन्छ भन्ने कुरा । माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा यो कुराले सार्थकता दिन्छ जस्तो लाग्छ ?’

    उपधारा ५ दलको नभएको तर्क गर्दै दाहालले अहिले संविधान रक्षाको प्रश्न आएको र अदालतले पनि संविधान रक्षालाई प्रथामिकता राख्नुपर्ने बताए। उनले भने, ‘यहाँ अब दलको कुरा रहेन श्रीमान् । यहाँ त सांसदले हस्ताक्षर गरेका हुन् । एमाले वा अरूका मान्छे हेर्ने होइन् । आहिले अदालतले सोच्ने भनेको संविधान रक्षा हो ।’

  • संवैधानिक इजलासमा देउवामाथि चोरीको आरोप

    संवैधानिक इजलासमा देउवामाथि चोरीको आरोप

    काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाउपर संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आज सरकारी पक्षका कानून व्यवसायीको बहस सकिँदैछ ।

    बहसमा उत्रिएका अधिवक्ता भोजराज आचार्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेको चुनाव चिन्ह सूर्यलाई अपहरण गरेको आरोप लगाएका छन् ।

    प्रधानमन्त्री बन्नका लागि देउवाले बुझाएको सूचीमा एमाले सांसदहरूको नाम पनि समावेश भएको र त्यसो गरिनु बौद्धिक चोरी भएको आचार्यको दावी छ । ‘सूर्य चिन्ह एमालेको ब्राण्ड हो । एमालेको ट्रेड मार्क हो । देउवाले एमाले सांसदको हस्ताक्षर र एमालेको ब्राण्ड दुरुपयोग गर्नुभएको छ । यो बौद्धिक चोरी हो । अपहरण हो श्रीमान्’, आचार्यले भने ।

    उनले  भने,’देउवाले सांसदको हस्ताक्षर र एमालेको ब्राण्ड ट्रेड मार्क सूर्य चिन्हको बौद्धिक चोरी गरियो । अपहरण गरियो ।’

  • संवैधानिक इजलासमा सुनुवाइ जारी

    संवैधानिक इजलासमा सुनुवाइ जारी

    काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरू भएको छ । विषयमा परेका ३० वटा रिटमाथि संवैधानिक इजलासमा आजदेखि सुनुवाइ हुँदैछ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख निवेदक भएको र विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यहरुले दायर गरेको रिटमा निरन्तर सुनुवाइ हुन लागेको हो ।

    निवेदकका तर्फबाट बहस शुरू भएको हो । बहस शुरू गर्दै खम्बबहादुर खातीले मुद्दासँग सम्बन्धित तथ्यबारे इजलासलाई जानकारी गराएका छन् । उनले राष्ट्रपति ‘सेरेमोनियल किङ’ जस्तै भएकोले देउवाले बहुमत लगेपछि सपथ गराउनुपर्थ्यो भनी तर्क पेस गरेका छन् ।

    ‘७६(५) ले अपवादको रुपमा प्रतिनिधिसभा सदस्यको विशेष अधिकार प्रबन्ध गरेको छ । राजनीतिक दलले संघीय कानून अनुसार एमाले र जसपाका सासंदहरूले दलत्याग गरेको प्रमाणित नगरेको अवस्थामा सांसदहरूले ७६(५) अनुसार देउवालाई दिएको समर्थन मान्य हुन्छ’, खातीले भने ।

    वैकल्पिक सरकार बन्ने निश्चित भएपछि दुराशयपूर्ण ढंगले संसद समेत विघटन गरिनु गलत भएको उनको जिकिर थियो ।

  • सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटउपर आज सुनुवाइ

    सुदूरपश्चिम सरकार पुनर्गठनविरुद्धको रिटउपर आज सुनुवाइ

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामाथि आजबाट सुनुवाइ हुँदैछ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा रिटको पेसी तोकिएको छ ।

    संवैधानिक प्रावधानविपरीत सरकार पुनर्गठन गरिएको भन्दै प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै बिहीबार अदालतमा रिट दर्ता गरिएको थियो । कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले दर्ता गराएको रिटमाथि आइतबार अधिवक्ता दलबहादुर धामी , रामबहादुर शाह , अपेक्षा निरौलाले बहस गर्ने निवेदक रानाले जानकारी दिए ।

    संविधानको धारा १६८ को उपधारा (९) मा कुल सदस्य संख्या २० प्रतिशतभन्दा बढी नहुने गरी प्रदेश सरकार गठन गर्नुपर्ने संवैधानिक प्रावधान छ । तर, प्रदेश सरकार विस्तार गर्दा उक्त प्रावधान मिचिएको भन्दै रिट निवेदन गर्दा गरिएको उनले बताए ।

    हाल सुदूरपश्चिम प्रदेशमा ६ वटा मन्त्रालय कायम रहेको र ११ मन्त्री बनाएकाले यो कार्य अन्तरिम आदेशबाट बदर हुनुपर्ने रिटमा जिकिर गरिएको छ।

    १४ जेठमा सरकारले ३ मन्त्री र ४ राज्यमन्त्री थपेर ११ जनाको मन्त्रिमण्डल विस्तार गरेको थियो । हाल प्रदेशमा १ मुख्यमन्त्री, ६ मन्त्री र ४ जना छन् । संवैधानिकरूपमा १० जनासम्म मात्रै मन्त्री हुन पाउने व्यवस्था हुँदा हुँदै ११ जना मन्त्री बनाएपछि सर्वोच्च अदालतका मुद्दा परेको थियो ।

  • सरकार पक्षको बहस- न्यायाधीश कार्की र भट्टराई संवैधानिक इजलासमा बस्न मिल्दैन

    सरकार पक्षको बहस- न्यायाधीश कार्की र भट्टराई संवैधानिक इजलासमा बस्न मिल्दैन

    काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलास पटक पटक विवादमा पर्न थालेको छ ।

    यसअघि रिट निवेदक पक्षका वकिलहरुले इजलासमा परेका न्यायाधीशमाथि प्रश्न उठाएर पुनर्गगठन हुने गरेकोमा यसपटक सरकार पक्षका वकिलले सोही प्रश्न उठाएका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा यसपटक गठित संवैधानिक इजलासमा परेका दुई न्यायाधीश तेजवहादुर केसी र बमकुमार श्रेष्ठमाथि विपक्षी गठबन्धनका वकिलले प्रश्न उठाएपछि वहस इजालस गठनमै रोकिएको थियो ।
    विवाद बढ्दै गएपछि वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले दुई न्यायाधीश रहने हो भने आफूहरू इजलासमा नबस्ने बताए । ९ जना वरिष्ठ न्यायाधीशहरूको बैठक नै बसेर पत्रकार सम्मेलन गर्ने अवस्था समेत आएको थियो ।

    बमकुमार नेकपा एकता बदर सम्बन्धी फैसलामा संलग्न र तेजबहादुर पनुरावलोकन नदिने फैसलामा संलग्न रहेको भन्दै शम्भु थापा, रमण श्रेष्ठ, टीकाराम भट्टराईलगायतका विपक्षी गठबन्धनका वकिलले यो मुद्दा हेर्न नमिल्ने जिकिर गरेका थिए ।

    त्यसमै सहमति जनाउँदै कार्की र भट्टराईले लिखित आदेशमार्फत संवैधानिक इजलास छाडेका थिए । केसी र श्रेष्ठले भने नेकपा विवाद सम्बन्धी मुद्दा र प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा अलग रहेको भन्दै आफूहरू इजलासबाट बाहिरिनु नपर्ने आदेश जारी गरेका थिए ।

    आइतबार पुनर्गठित इजलासमा कार्की र भट्टराई परे तर केसी र श्रेष्ठ परेनन् । इजलासमा यसअघि विपक्षी वकिलहरुले गरेजस्तै यसपटक सरकार पक्षका वकिलले पनि दुई न्यायाधीश कार्की र भट्टराई बस्न नमिल्ने जिकिर गरेका छन् ।

    महान्यायाधिवक्ता रमेश बडाल,बरिष्ठ अधिवक्ता सुशील पन्त,अग्नि खरेल लगायतले कार्की र भट्टराई संवैधानिक इजलासबाट बाहिरिन सुझाव दिएपछि मुद्दा सुनुवाइको प्रक्रिया अवरुद्ध भएको छ ।

    सहकर्मी न्यायाधीशमाथि आक्षेप लगाएर बाहिरिएका न्यायाधीशले इजलासमा बस्न नमिल्ने जिकिर उनीहरूको छ । नेकपा सम्बन्धी मुद्दा र यो मुद्दाको कुनै सम्बन्ध नरहेको र सम्बन्ध हो भने इजलासले भन्नुपर्ने जिकिर पन्तको छ ।

    न्यायाधीश इश्वर खतिवडाले वरिष्ठताका आधारमा इजलास गठन भएको भन्दै शंका नगर्न आग्रह गरे पनि सरकार पक्षका वकिलले दुई न्यायाधीश हट्नुपर्ने माग गरेका छन् ।

    यसैबीच प्रधान न्यायाधीश राणाले कुनै पनि न्यायाधीशले मुद्दा हेर्न मिल्दैन भनेर दावी गर्नु कसुर हो भन्दै निवेदन दिनेहरुलाई सम्झाउने आफ्नो कर्तव्य रहेको बताए । अब यो विषय चिया ब्रेकपछि निरन्तर अघि बढ्ने भएको छ ।

  • नागरिकता अध्यादेशविरुद्ध मुद्दाको सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    नागरिकता अध्यादेशविरुद्ध मुद्दाको सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    काठमाडौं । सरकारले ल्याएको नागरिकता अध्यादेशविरुद्धको रिटको सुनुवाइको लागि सर्वोच्चमा संवैधानिक इजलास गठन गरिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् । जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । आज पूर्ण  इजलासमा सुनुवाइको लागि पेसी तोकिएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ मा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।

    सो अध्यादेशविरुद्ध अदालतमा ६ वटा रिट दर्ता भएको छ ।

  • प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ बिहीबारदेखि

    प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ बिहीबारदेखि

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाइ बिहीबादेखि शुरू हुने भएको छ। विघटनविरुद्ध सर्वोच्च अदालतमा ३० रिट दायर भएका छन्।

    सर्वोच्च अदालत स्रोतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ बिहीबार र संवैधानिक वेञ्चमा सुनुवाइको माग गरिएका ११ रिटको सुनुवाइ शुक्रबार लागि तोकिएको छ।

    सर्वोच्चमा संसद पुन:स्थापना भए केपी ओलीलाई नै प्रधानमन्त्री बनाउनुपर्ने माग गरिएका ४ वटा पनि सर्वोच्चमा दायर छन् ।

  • पदमुक्त भएका जसपाका चार सांसदको रिटउपर सुनुवाइ जारी

    पदमुक्त भएका जसपाका चार सांसदको रिटउपर सुनुवाइ जारी

    काठमाडौं । जसपाको उपेन्द्र यादव पक्षको कारवाहीको आधारमा प्रदेशसभा सदस्यबाट पदमुक्त भएका लुम्बिनी प्रदेशका चार मन्त्रीको रिटउपर सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।

    आफूहरूलाई पदमुक्त गर्ने निर्णय बदरको माग गर्दै दायर रिट उपर न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाइ भइरहेको हो ।

    अविश्वास प्रस्तावमाथिको हस्ताक्षर फिर्ता लिई मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यदव, सुमन शर्मा र कल्पना पाण्डेलाई यादव पक्षको कारवाहीलाई आधार मानेर प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले वैशाख १६ मा पदमुक्त गरेका थिए ।

    पदमुक्त गर्नुअघि जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रदेशसभामा पत्र पठाई जसपाले उनीहरूमाथि कारवाही नगरेको र प्रदेश समिति नै नबनेकाले प्रदेशको काम प्रदेशसभा संसदीय दलले नै गर्ने जानकारी दिएका थिए ।

  • प्रतिनिधिसभा विघटनको मुद्दामा निरन्तर सुनुवाइ, पुनः मतगणनाको माग हेर्न नभ्याइने

    प्रतिनिधिसभा विघटनको मुद्दामा निरन्तर सुनुवाइ, पुनः मतगणनाको माग हेर्न नभ्याइने

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ डेढ महिनादेखि जारी छ । राष्ट्रिय राजनीतिमा गम्भीर अर्थ राखेको यस मुद्दालाई छिटो किनारा लगाउन हप्तामा दुई दिनमात्रै बस्दै आएको संवैधानिक इजलास अहिले दिनहुँ बसिरहेको छ ।

    निरन्तर सुनुवाइ राखेर संसद विघटनबारे संवैधानिक इजलासले ‘छिटो काम गरेको’ देखाउन खोजेपनि संवैधानिक इजलासको ‘रेकर्ड’ भने सुस्त छ । विगतमा संवैधानिक इजलासमा पुगेका मुद्दाहरू किनारा लाग्न वर्षौं समय लागेको पर्याप्त उदाहरण भेटिन्छन् ।

    कतिपय मुद्दा त किनारा नलाग्दै औचित्यहीन बनिसकेका हुन्छन् । उदाहरणका लागि २०७४ को प्रतिनिधिसभा निर्वाचन विशेष गरी मतगणनामा धाँधली भएको दावीसहित परेका मुद्दाहरूलाई नै लिन सकिन्छ ।

    निर्वाचनमा धाँधली भएको भनिएका मुद्दा निर्वाचनबाट गठित प्रतिनिधिसभाले ३ वर्ष काम गरेर भङ्ग भइसक्दा पनि किनारा लाग्न सकेनन् । कतिपय प्रदेशसभाको आधाभन्दा बढी कार्यकाल सकिइसकेको छ तर प्रदेश सभा निर्वाचन बारेका मुद्दा संवैधानिक इजलासमै अड्किएका छन् ।

    २०७४ साल मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरी ३ बाट नेपाली कांग्रेसका उम्मेदवार बिजयकुमार गच्छदार निर्वाचित भए । उनले वाम गठबन्धनकी उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतले पराजित गरे । गच्छदारले ३८ हजार ९ सय ७२ मत पाउँदा चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।

    निर्वाचनको बेला मतगणनामा धाँधली भएको भन्दै परेका मुद्दाहरूको छिनोफानो ढिलो भएको यो पहिलो प्रकरण भने होइन । संवैधानिक इजलासको व्यवस्था नहुँदा पनि सर्वोच्च अदालतमा यस्ता धेरै मुद्दाहरूको चाङ थियो ।

    मतगणनाका क्रममा आफ्ना प्रतिनिधिलाई बाहिर निकालेर राज्य संयन्त्रको दुरुपयोग गरी गच्छदारलाई बिजयी घोषणा गरिएको दावी चौधरीले गरिन् । सोही आरोपसहित उनले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरिन् ।

    उनको मुद्दा संवैधानिक इजलासमा पुग्यो तर आजसम्म किनारा लाग्न सकेन । २३ पटक पेशी तोकिएको सो मुद्दा संवैधानिक इजलासमा १० पटक हेर्न नभ्याइनेमा पर्‍यो । प्रकारान्तरले प्रतिनिधिसभा मात्रै विघटन भएन, न्याय पाउने भगवती आशापनि ‘विघटन’भयो ।

    ‘सर्वोच्च अदालतको ढोकामा जाने भनेको त न्याय पाउनका लागि हो नि । यत्रो वर्ष बित्यो तर कुनै फैसलै दिएन । यसले अदालतप्रतिको सम्मान गिराएको छ ।’, चौधरीले नेपाल प्रेससँग भनिन् ।

    न्यायालयले गम्भीर मुद्दाहरूको छिनोफानो तत्काल लगाउँन नसक्दा कानूनी रूपमा मात्रै नभई हरेक हिसाबले अन्याय हुने चौधरीको अनुभव छ ।

    ‘मेरो धेरै भन्नु छैन । अदालत आफैंले यस्तो कुरा बुझ्नुपर्छ । अदातलको मान नगिरोस्, मेरो त आपत्ति छ’, उनले भनिन् ।

    ‘ढिलो न्याय दिनु भनेकै अन्याय हो’ भन्ने उक्ति न्याय क्षेत्रमा चर्चित छ । यस्तो अन्यायको महसुस गर्ने भगवती एक्ली होइनन् । प्रतिनिधिसभाकै निर्वाचनमा संखुवासभाबाट पराजित नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काले मतगणनामा धाँधली भएको भन्दै निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रीट दायर गरे ।

    २९ पटक पेशी चढेको सो मुद्दा संवैधानिक इजलासमा पुगेपछि १२ पटक हेर्न नभ्याइनेमा पर्‍यो । सो मुद्दामा मतगणना गर्दाको सक्कल मुचुल्का उपलब्ध गराउन आदेश भएपनि त्यसउप्रान्त सुनुवाइ हुन सकेन ।

    प्रदेशसभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ ख का कांग्रेस उम्मेदवार प्रदीप पौडेल वाम गठबन्धनकी आशा कोइरालासँग ५ मतले पराजित भए । धाँधली भएको भन्दै उनले दिएको मुद्दा उपर संवैधानिक इजलासले आजसम्म कुनै निर्णय दिएको छैन । जबकी गण्डकी प्रदेशसभाको कार्यकाल अब पुगनपुग २ वर्षमात्रै बाँकी छ ।

    यी त प्रतिनिधि उदाहरण मात्रै हुन् । संवैधानिक इजलासमा अड्किएका मुद्दाहरूको खात छ । संसद विघटनविरुद्ध दिनहुँ निरन्तर सुनुवाइ जारी रहँदा न्यायको आशमा रहेका धेरैले आफ्नो मुद्दा स्मरण गरिरहेका छन् । संवैधानिक इजलासमा संसद विघटनको मुद्दामाथिको बहस ‘माघ मसान्तभित्र सकौं’ भन्ने आग्रह प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबारको इजलासबाट गरेका छन् । यस मुद्दाको छिनोफानो लगत्तै यस्तै दू्रतगतिमा अरु पनि मुद्दा सुनुवाइ होस् भन्ने अधिकांशको चाहना छ ।

    निर्वाचनको बेला मतगणनामा धाँधली भएको भन्दै परेका मुद्दाहरूको छिनोफानो ढिलो भएको यो पहिलो प्रकरण भने होइन । संवैधानिक इजलासको व्यवस्था नहुँदा पनि सर्वोच्च अदालतमा यस्ता धेरै मुद्दाहरूको चाङ थियो ।

    नेपालको इतिहासमा सर्वोच्च अदालतले पुनः मतगणना गरेर परिणाम नै उलटफेर भएको भनेको २०५६ सालको निर्वाचनको थियो । नुवाकोट जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित तत्कालीन नेकपा एमालेका सांसद राजेन्द्र प्रकाश लोहनीविरुद्ध राप्रपाका प्रकाशचन्द्र लोहनी पुनरावेदन अदालतमा गएका थिए ।

    पुनरावेदन अदालतले पुनः मतगणना गर्दा ११ मतले जितेका राजेन्द्रप्रकाश लोहनीलाई पराजित गरेर प्रकाशचन्द्रले जितेको घोषणा फैसला दियो । त्यसकाविरुद्ध राजेन्द्र प्रकाश लोहनी सर्वोच्च अदालतमा गए ।

    सर्वोच्च अदालतले पुनः मतगणना गर्दा राजेन्द्र प्रकाश लोहनीले नै जितेको फैसला दिएको थियो । त्यसबीचमा सपथग्रहण गरेर केही दिन संसद बैठकमा समेत भाग लिएका प्रकाशचन्द्र लोहनीले त्यसयता कुनै पनि निर्वाचन जितेका छैनन् ।

  • अदालतको अवहेलनासम्बन्धी सबै मुद्दामा सुनुवाइ हुँदै

    अदालतको अवहेलनासम्बन्धी सबै मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौं । अदालतको अवहेलनासम्बन्धी सबै रिटहरूमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेका बेला बाहिर दिइएका अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री र पूर्व प्रधानन्यायाधीशहरूविरुद्ध अवहेलना मुद्दा चलाउन माग गर्दै पेश भएका निवेदनमाथि न्यायाधीश मनोज शर्माको इजलासमा सुनुवाइ हुनेछ ।

    प्रधानमन्त्रीले बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा व्यक्त गरेका धारणाले अदालतको अवहेलना भएको भन्दै कन्चनकृष्ण न्यौपानेले निवेदन पेश गरेका थिए ।

    यस्तै प्रकृतिका चारवटा निवेदन पेश भएकामा चार पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्धका पनि छन् । सर्वोच्च अदालतका चार पूर्वन्यायाधीश मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले केही दिनअघि विज्ञप्ति जारी गरेर प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका थिए ।

    त्यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाले पनि विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा चलाउन माग गरिएको छ ।