Tag: सुनिलबहादुर थापा

  • कालो कोठामा काम नगर्न सुझाव दिँदै सुनिल थापाले बताए विकासका ४ मन्त्र

    कालो कोठामा काम नगर्न सुझाव दिँदै सुनिल थापाले बताए विकासका ४ मन्त्र

    काठमाडाैं । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले नवनिर्वाचित पदाधिकारीहरुलाई जनताको काम गर्दा कालो कोठामा बसेर नगर्न सुझाएका छन् ।

    पाख्रिवास नगरपालिका वडा नं. ८ का नव निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिने क्रममा थापाले दिगो विकासको लागि चार कुरामा ध्यान दिन सुझाए ।

    थापाले भने, ‘पहिलो- दिगो विकारको लागि पूर्वाधारमा ध्यान दिऔँ, दोस्रो- महिलाको हक अधिकार र सिप तालिमलाई के-के गर्नुपर्छ हाँहरुलाई नै सहभागी गराएर काम गरौँ, तेस्रो- विकासको काममा युवाहरूलाई सहभागी गराऔँ र चौथो- अल्पसंख्यक र दलित दाजुभाई दिदीबहिनीको समस्यालाई मनन गरेर अगाडि बढ्नुभयो भने तपाईंहरू सफल बन्नुहुनेछ ।’

    चुनावी अभियानमा गाउँ गएको स्मरण गर्दै थापाले घामेका जनताको माग सडकमा केन्द्रित भएकाले त्यसकालागि १० लाख बजेट प्रदेश सरकाबाट छुट्टाइएको बताए ।

    थापाले भने, ‘त्यो कार्यपत्र आइसकेको छ । काम गर्ने अधिकार तपाईंहरूले पाइसक्नुभएको छ । मेयर साप, वडा अध्यक्ष ज्यू यहीँ हुनुहुन्छ । घामेका जनतासँग छलफल गरी सडक चाँडै बनाउनुस् ।’

    थापाले कर्मले पदाधिकारी र धर्मले सेवक भएका कारण जुन सुकै पार्टी भए पनि कांग्रसको उदारवाद नीतिलाई नबिर्सिन र कसैलाई काखा, कसैलाई पाखा नगरि काम गर्न मेयर र वडा अध्यक्षलाई अनुरोध गरे ।

    धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली कांग्रेसका ज्ञानबहादुर गुरुङले ५ हजार ४ सय ९८ मत ल्याइ मेयरमा विजयी भएका थिए । यस्तै उनका प्रतिद्वन्द्वी एमालेका भीमबहादुर राईले ५ हजार ५३ मत पाएका थिए ।

  • पूर्वसहमहामन्त्री थापाको गृहनगरमा कांग्रेसको जित

    पूर्वसहमहामन्त्री थापाको गृहनगरमा कांग्रेसको जित

    धनकुटा । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवं केन्द्रीय सदस्य सुनिलबहादुर थापाको गृहनगरमा कांग्रेसले जितेको छ ।

    धनकुटाको पाख्रिवास नगरपालिकाको मेयरमा कांग्रेसका ज्ञानबहादुर गुरुङ विजयी भएका हुन् । उनले ५ हजार ४ सय ९८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भीम राईले ५ हजार ५३ मत ल्याए ।

    यस्तै धनकुटाकै महालक्ष्मी नगरपालिकाको मेयरमा पनि कांग्रेसका ध्रुवराज रायले एमालेका दिपक वुढाथोकिलाइ हराउँदै प्रमुखमा विजयी भएका छन् ।

    धनकुटा नगरपालिकाको मेयरमा पनि कांग्रेसका दिनेश राईले एमालेका चिन्तन तामाङ्गलाई पछि पार्दै उनि अघि बढिरहेका छन् ।

  • धनकुटालाई फुसको छानोमुक्त गर्न पहल, सुनिल थापासहितको प्रतिनिधिमण्डलले मन्त्रीलाई बुझायो ज्ञापनपत्र (भिडिओ)

    धनकुटालाई फुसको छानोमुक्त गर्न पहल, सुनिल थापासहितको प्रतिनिधिमण्डलले मन्त्रीलाई बुझायो ज्ञापनपत्र (भिडिओ)

    काठमाडौं । धनकुटाका सबै घरमा फुसको छानो हटाउन पूर्वमन्त्री तथा सांसदहरूले अभियान थालेका छन् ।

    पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री तथा कांग्रेस नेता सुनिलबहादुर थापाको नेतृत्वमा एक प्रतिनिधिमण्डलले विहीबार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई भेटेर धनकुटामा सुरक्षित नागरिक आवासको कार्य अघि बढाइदिन आग्रह गरेका छन् ।

    सरकारमा रहेका पाँच दलीय गठबन्धनका तर्फबाट धनकुटाका नेताहरू पूर्वमन्त्री रकम चेम्जोङ, संविधानसभा सदस्य मनोहर नारायण श्रेष्ठ, सांसद कुसुम श्रेष्ठ, मदन घिमिरे, ऐन कुँवरलगायतले मन्त्री झाँक्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

    मन्त्री झाँक्रीले अभियानमा सक्दो सहयोग गर्ने बताइन् । उनले भनिन्, ‘अलिकति प्रयास गर्‍यो भने यो अभियान सफल हुन्छ । कम्तीमा फुसको छाना विस्थापित मन्त्रालयको लक्ष्य धनकुटामा होस् भन्नेमा म पनि छु । कति सकिन्छ म यो अभियानमा सहयोग गर्ने छु ।’

    मन्त्री झाँक्रीले धनकुटाका पूर्वमन्त्री, सांसद र नेताहरूको प्रतिनिधिमण्डललाई धन्यवाद दिँदै अभियान सफलताको कामना गरिन् ।

    धनकुटाका सातवटै पालिकामा फुसको छानो हटाउने अभियानमा आफूहरू लागेको पूर्वमन्त्री थापाले नेपाल प्रेसलाई बताए । उनले भने, ‘विपन्न, दलित र पिछडिएकाहरूको घर फुसको र त्यो पनि अति असुरक्षित छ । सबै पालिकामा ६३ सय घर परिवारलाई लाभान्वित हुने गरी जस्तापाता व्यवस्था गरिदिन मन्त्री ज्यू सँग हामीले आग्रह गरेका छौं ।’

    फुसको छाना हटाइ जस्तापाताको व्यवस्था भए नागरिकको ज्यानको सुरक्षा मात्र नभइ जीवनस्तरमा सहज हुने थापाले बताए ।

    तस्बिर/भिडियो: उमेश कार्की

  • कांग्रेसले तोक्यो सबै नेताको वरीयता, शेखर सुनिल थापाभन्दा पछाडि (सूचीसहित)

    कांग्रेसले तोक्यो सबै नेताको वरीयता, शेखर सुनिल थापाभन्दा पछाडि (सूचीसहित)

    काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको वरीयतासहितको सूची सार्वजनिक गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहेका छन् ।

    महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा क्रमशः चौथो र पाँचौ वरीयतामा छन् । उनीहरूपछिको वरीयतामा सहमहामन्त्रीहरू छन् । सहमहामन्त्रीमध्ये फरमुल्लाह मंसुर अघिल्लो वरीयतामा छन् । केन्द्रीय सदस्यहरूमध्ये पूर्वउपसभापति गोपालमान श्रेष्ठले शीर्ष वरीयता पाएका छन् । उनी १४औं वरीयतामा रहँदा निवर्तमान महामन्त्री डा.शशांक कोइराला १५ औं वरीयतामा रहेका छन् ।

    सभापतिका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला २०औं वरियतामा रहेका छन् । उनीभन्दा अगाडि सभापति, पदाधिकारी र पूर्वपदाधिकारी रहेका छन् । निवर्तमान सहमहामन्त्री सुनिलबहादुर थापापछि कोइरालाको वरीयता रहेको छ । केन्द्रीय समितिमा थारु महिलातर्फबाट निर्वाचित जीवन राना १ सय ३५ औं वरीयतामा रहेकी छिन् ।

    हेर्नुस् कांग्रेस केन्द्रीय समितिको वरीयतासहितको सूची:

  • महाधिवेशनबाट फर्केर निर्वाचनको तयारीमा लाग्न सुनिल थापाको आग्रह

    महाधिवेशनबाट फर्केर निर्वाचनको तयारीमा लाग्न सुनिल थापाको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले तीनवटै तहको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउने गरी तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन् ।

    पार्टीको १४ औं महाधिवेशनको उद्घाटनसत्रमा सम्बोधन गर्दै थापाले संवैधानिक र संसदीय मूल्य मान्यतालाइ स्थापित गराउन कांग्रेसको नेतृत्व आवश्यक रहेकाले बहुमतको आवश्यकता रहेको उनले बताए ।

    उनले भने — यो महाधिवेशनपछि हामी लगत्तै तीनै तहको निर्वाचनमा जाँदै छौ । अबका तीनै तहका निर्वाचनहरुमा नेपाली कांग्रेसलाई सुविधाजनक बहुमतमा स्थापित गराउनु हामी सबैको मुख्य अभिभारा हो । संवैधानिक र संसदीय मूल्य र मान्यतालाई स्थापित गराउदै देशको विकास र समृद्धिका लागि नेपाली कांग्रेसको नेतृत्व मुलुकलाई अती आवश्यक छ । त्यसैले काठमाडौंबाट फर्के लगत्तै आफ्नो वडा, गाउँ, क्षेत्र र जिल्लामा हामी अत्यन्तै सक्रिय रुपमा निर्वाचनको तयारीमा लाग्नु पर्ने देखिन्छ ।

    उनले देशमा दिगो शान्ति र समृद्धि कांग्रेसले मात्रै गर्न सक्ने भएकाले आफूहरु पनि पार्टी प्रवेश गरेको बताए ।

    तत्कालिन समयमा शेरबहादुर देउवा र स्व. शुशील कोइराला नेतृत्वको सरकार हुँदा आफूले पाएको जिम्मेवारी आफूले सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उनले कांग्रेसका अग्रजहरुबाट नै प्रजातान्त्रिक बाटोमा लाग्न थप प्रेरणा मिलेको बताए ।

  • धनकुटा पुगेर सूर्यबहादुर पुत्रले भने- हाम्रो प्रतिद्वन्द्वी एमाले हो, अधिवेशनमा एक-अर्कामा नलडौं

    धनकुटा पुगेर सूर्यबहादुर पुत्रले भने- हाम्रो प्रतिद्वन्द्वी एमाले हो, अधिवेशनमा एक-अर्कामा नलडौं

    काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले अबको चुनावमा आफ्नो प्रतिद्वन्द्वी एमाले भएको दावी गरेका छन् ।

    धनकुटाको पाख्रिवास नगरपालिका-८ मुगाको वडा अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले कांग्रेस अधिवेशनलाई सहमति, सहकार्य र एकताको अधिवेशन भएको बताए । उनले भने, ‘आज तपाईंहरू एक-अर्कामा लडेर केही फाइदा छैन । के म तपाईंहरूको प्रतिद्वन्द्वी हो र ? यहाँ रामको प्रतिद्वन्द्वी श्याम हो र ? अबको चुनावमा हाम्रो प्रतिद्वन्द्वी भनेको त एमाले हो । एमालेसँग लड्नुपर्छ । तपाईं-हामी लडेर केही फाइदा छैन ।’

    थापाले अधिवेशनलाई तहसनहस र असफल बनाउन तँ पनि-उठ तँ पनि उठ भनेर कहिँ कतै उचाल्ने गरेको पाइएपनि धनकुटामा त्यस्तो नहुने बताए ।

    ‘एक-अर्कामा झगडा नगर्नुस् । एक व्यक्ति एक पदमा जानुस् । तपाईंहरू आँफै निर्णय गर्नुस् । वडामा बस्ने साथी वडा, गाउँमै बस्नुस् । जिल्ला/नगरमा जाने साथीहरू त्यसैअनुसार तयार रहनुस्’, थापाले भने, ‘म यहाँ आएर यसलाई बना त्यासलाई बना भनेर भन्दिन । तपाईंहरू सबै मेरो लागि प्रिय मित्र हुनुहुन्छ ।’

    आज बनेको समितिले आउने निर्वाचनमा जाने बाटो तयार गर्ने र यसले एमालेसँग चुनावमा लड्न बल पुग्ने थापाको जिकिर थियो ।

    थापाले भने, ‘हामीले स्थानिय निकायमा हार्दा के दशा देखियो । आज एकापरिवारका एमाले पनि १० फिटको दूरिमा फाटेर हिँडेका छन् । तर, हामी सत्तामा आउँदा एमाले, कांग्रेस वा माओवादी भन्दैनौं । समान दृष्टिकोणले सबैको विचार हेर्न चाहन्छौं । यही हो प्रजातन्त्र भनेको ।’

  • सुनिल थापाको आरोप : स्वास्थ्य सामग्री वितरण गर्न राजेन्द्र राइले अवरोध गरे

    सुनिल थापाको आरोप : स्वास्थ्य सामग्री वितरण गर्न राजेन्द्र राइले अवरोध गरे

    काठमाडौं । नेपाली कांग्रेसका सह-महामन्त्री सुनिलबहादुर थापाले धनकुटामा आफूले स्वास्थ्य सामग्री वितरण गर्ने क्रममा सांसद राजेन्द्र राईसहितको टोलीले अवरोध गरेको आरोप लगाएका छन् ।

    आफ्नो व्यक्तिगत खर्चमा लगेका ती सामग्रीहरु राईको टोलीले कब्जा गर्न खोजेको उनको भनाइ छ ।

    थापाले कोभिड-१९ सँग सम्वन्धित स्वास्थ्य सामग्री सुर्यबहादुर थापा प्रतिष्ठानमार्फत वितरण गर्न धनकुटा पुर्याएका थिए । तर, ती स्वास्थ्य सामाग्री सरकारबाट ल्याएर सुर्यबहादुर थापा प्रतिष्ठानका नाममा वितरण गर्न खोजिएको भन्दै धनकुटाकै सांसद राईले अवरोध गरेको उनले नेपाल प्रेसलाई बताए ।

    धनकुटाको प्यासिफिक होटलमा राखिएका स्वास्थ्य सामग्री वितरण गर्ने तयारी हुँदै गर्दा राई लगायतका कार्यकर्ता त्यहाँ गुगेका थिए । उनीहरुले स्वास्थ्य सामग्री कब्जा गर्न खोजेको थापाले बताए ।

    उनले भने- ‘यो नितान्त मेरो ब्यक्तिगत खर्चमा लगेको हुँ । मन्त्रालयसँग मैले छलफल गरेको छु । सरकारले दिने स्वास्थ्य सामग्री केही दिनपछि धनकुटा जान्छ ।’

  • राप्रपा छाडेका सुनिल थापा समूहका ५५ जना भए कांग्रेस महासमिति सदस्य (सूचीसहित)

    राप्रपा छाडेका सुनिल थापा समूहका ५५ जना भए कांग्रेस महासमिति सदस्य (सूचीसहित)

    काठमाडौं । राप्रपा महामन्त्री छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका पूर्वमन्त्री सुनिलबहादुर थापाको समूहले कांग्रेसको १४ औं महाधिवेशनका लागि ५५ जना महासमिति सदस्य पाएको छ ।

    कांग्रेस केन्द्रीय कार्यालयले सहमहामन्त्री सुनिलबहादुर थापासहित राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका केन्द्र र जिल्ला तहका नेताहरुलाई महासमिति सदस्यमा समायोजना गरेको हो ।

    महासमिति सदस्यमा समायोजना हुनेमा रामकृष्ण भट्टराई,विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, किरण गिरीसहितका विभिन्न तहका नेता छन् । अधिकांश मोरङका छन् भने अन्यमा धनकुटा, सिन्धुपाल्चोक, भोजपुर, बारा, काठमाडौं, ललितपुर, झापा, कपिलवस्तु, रामेछापलगायतका जिल्लाका नेता छन् ।

  • पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाइको निधन

    पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाइको निधन

    काठमाडौं । नेपाली सेनाका पूर्वमेजर हरेन्द्रबहादुर थापाको ८८ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ । थापा पूर्व भुतपूर्व सैनिक संघका उपाध्यक्ष समेत थिए ।

    उनी स्वार्गिय पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भाई हुन् ।

    पूर्व लप्टन टेकबहादुर थापा तथा आमा मनकुमारी थापाका छोरा हरेन्द्रबहादुर धनकुटाको मुघामा जन्मिएका थिए ।

    स्वर्गीय मेजर थापाको काठमाडौंको मालिगाउँमा निधन भएको हो । उनका तीन छोरा र एक छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा अन्यष्टि गरिएको छ ।

    अन्त्येष्टिमा नेपाली कांग्रेसका सह-महामन्त्री तथा पूर्वमन्त्री सुनिलबहादुर थापा लगायत आफन्तजन र जिल्लावासिहरु उपस्थित थिए ।