Tag: सुदूरपश्चिम

  • सुदूरपश्चिम सत्तामा भाग खोज्दै कांग्रेस, नत्र चुनावमा गठवन्धन नगर्ने !

    सुदूरपश्चिम सत्तामा भाग खोज्दै कांग्रेस, नत्र चुनावमा गठवन्धन नगर्ने !

    कैलाली । असोज २३ गते प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, प्रमुख सचेतक गोविन्द बोहरा र कांग्रेस सांसद भरत खड्का बालुवाटार पुगे । करिब ३० मिनेटसम्म तीन जनाले प्रदेशमा गठवन्धनको आभास नभएको भन्दै प्रधानमन्त्रीलाई मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरे ।

    तीनैजनाको गुनासो सुनेपछि प्रधानमन्त्री देउवाले गठवन्धनको वैठक राखेर आवश्यक निर्णय लिने बताएका थिए । ‘यो सबैको साझा कुरा हो । यसमा सबै मिलेर अघि बढ्नु पर्छ,’ प्रधानमन्त्रीले भनेका थिए, ‘सम्बन्धित पार्टीका नेताहरूले पनि बुझ्नु पर्छ । म प्रस्ताव राख्छु ।’

    प्रधानमन्त्री तथा पार्टी सभापतिलाई लविङ गरेको करिव ६ महिनासम्म पनि सुदूरपश्चिममा सरकार परिवर्तन हुन सकेको छैन । मुख्यमन्त्री दावी गरेको प्रदेशमा कांग्रेसले मन्त्रीसम्म पाएको छैन । सुदूरपश्चिममा सबैभन्दा ठुलो दल नेकपा एकीकृत समाजवादी रहेको छ । तत्काल सरकार परिवर्तनको अवस्था नभएको सो पार्टीका नेताहरू बताउँछन् ।

    ‘अहिले सरकार फेरिने वा मन्त्रीपरिषद् हेरफेरको कुरा आएको छैन’ नेकपा एसका नेतृ तथा प्रदेश सरकारका प्रवक्ता पूर्णा जोशीले भनिन्, ‘यस विषयमा कुनै पनि छलफल भएको छैन ।’

    अहिले माओवादी नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागी नगराउने रणनीति एकीकृत समाजवादीले लिएको छ । फागुन २५ गते केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा नेताहरूले आफ्नो पार्टीलाई स्थापित गर्न सुदूरपश्चिम सरकारमा कांग्रेसलाई समेट्न नहुने सुझाव दिएका थिए ।

    ‘सुदूरपश्चिम सरकारमा कांग्रेसलाई पनि सहभागी गराउने हो कि भन्ने कुरा उठेको छ,’ सुदूरपश्चिम प्रदेश समूहका सुझाव बैठकमा पेस गर्दै नेता शेरबहादुर कुँवरले भनेका थिए, ‘त्यहाँ माओवादी र हाम्रो पूर्ण बहुमत छ । काँग्रेसलाई बलियो बनाउने कि हामी आफैंलाई स्थापित गर्ने ? उसलाई अहिले पनि उच्च स्थान दिएका छौँ । कांग्रेसले अहिले पनि प्रदेश सरकारलाई ‘रेस्पोन्स’ गरिरहेको छैन । त्यस कारण काँग्रेसलाई बलियो बनाउने भन्दा पनि हाम्रो पार्टीलाई बलियो बनाउन् ध्यान जानु¥यो ।’

    माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा एस र माओवादी मात्रै सरकारमा छन् । केन्द्रमा कांग्रेस र राजपासहितको गठवन्धन हुँदा प्रदेशमा ती दुवै दललाई वेवास्ता गरिएको नेपाली कांग्रेसको गुनासो छ ।

    यसरी पेलियो कांग्रेस

    जेठ २५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै थिए । एमाले विभाजन हुनुभन्दा अघि नै तत्कालीन माधव नेपाल पक्षले संसदीय दलको बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको थियो ।

    एमाले केन्द्रीय नेतृत्वले भने विपक्षमा मतदान गर्ने ह्विप जारी गर्यो । जसपाले पनि निर्णय नै गरेर विपक्षमा मतदान गर्‍यो । तर, नेपाली कांग्रेस भने अलमलमा थियो । उ सरकार जोगाउन चाहन्थ्यो, तर आफूले विश्वासको मत दिन चाहन्थेन ।

    विश्वास प्रस्तावको मतदानमा सरकारको पक्षमा ३० र विपक्षमा ९ भोट मात्रै पर्‍यो । एमालेको ओली पक्षका ७ जना र तत्कालीन जनता समाजवादी पार्टीका दुई जनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले अन्तमा मतदानमै भाग लिएन ।

    ‘विश्वासको मत नपुगे हामी दिन्छौँ, नत्र हामी पक्ष र विपक्ष दुवैमा मत दिँदैनौँ,’ कांग्रेस नेताहरूले त्यो बेला भनेका थिए ।

    मुख्यमन्त्रीको पक्ष र विपक्ष दुवैमा मत नदिएको कांग्रेस त्यसपछिको १० महिनामा सुदूरपश्चिममा निकै कमजोर अवस्थामा पुगेको छ । अहिले न केन्द्रीय गठबन्धन अनुसार कांग्रेस सरकारमा छ, न त बलियो प्रतिपक्षको भूमिकामा ।

    कांग्रेस अहिलेसम्म सुदूरपश्चिमको तेस्रो ठूलो दल र प्रमुख प्रतिपक्ष हो । तर, त्यो अनुसारको भूमिका पार्टीले निर्वाह गर्न नसकेको स्वयं कांग्र्रेसकै सांसदहरू बताउँछन् । पहिलो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीका १४ सांसद छन् ।

    यस्तै, दोस्रोमा माओवादी केन्द्रका १३ सांसद र कांग्रेसका १२ सांसद छन् । सरकार सञ्चालन गर्न माओवादी र नेकपा एसकै सांसद पर्याप्त भएपछि अहिले कांग्रेसले खासै भाउ पाएको छैन । त्यसैले कांग्रेसभित्रै विरोध सुरु हुन थालेको छ ।

    देउवाको प्राथमिकतामा पनि सुदूरपश्चिमभन्दा पहिले कर्णाली परेपछि यहाँ कांग्रेस थप कमजोर भएको बताइन्छ । विगतमा सरकारका काम कारबाहीको खरो विरोध गर्ने कांग्रेस अहिले मौन रहँदा पनि उनीहरूको भूमिकामाथि प्रश्न उठेको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारले २०७६/०७७ का लागि ल्याएको बजेट अपारदर्शी र भ्रष्टाचार बढाउने भएको भन्दै प्रदेशसभा भवनको गेटमा कांग्रेसले रातो किताब जलाएको थियो । कांग्रेसले पत्रकार सम्मेलन नै गरेर बजेट उपलब्ध गराउनुपर्ने प्रदेशस्थित गौरवका आयोजनाहरू सार्वजनिकसमेत गरेको थियो । त्यो बेलासम्म कांग्रेस प्रदेशमा दह्रो प्रतिपक्षको रूपमा स्थापित भएको थियो । विगतमा बजेटकै विषयमा विरोध गर्दै झण्डै एक महिना संसद् सुचारु हुन नदिएको कांग्रेस यस वर्ष भने बजेट पारित गर्दा मौन बस्यो ।

    केन्द्रीय नेतृत्व र गठवन्धनकै कारण सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस कमजोर भएको संसदीय दलका नेता डा. रणबहादुर रावल बताउँछन् । उनले अहिले सरकारबाट कांग्रेस पेलिएको भन्दै यहाँ गठबन्धन नरहेको समेत उल्लेख गरे । सरकारले गरेको कामबाट जनता उत्साहित हुन नसकेको समेत उनको गुनासो छ ।

    ‘सुदूरपश्चिममा गठबन्धन नै छैन । यहाँ दुई दलको मात्रै सरकारको हो,’ उनले भने, ‘जनता खुसी छैनन्, यस्तो सरकारमा सामेल भएर हामी पनि यसको भागिदारी बन्न चाहन्नौँ ।’

    सरकारको नेतृत्व पाए मात्रै गठवन्धमा सहभागी हुने रणनीति रहेको उनले बताए ।

    कांग्रेस आउने प्रचण्डको विश्वास

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

    सोमबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भाग मागेपछि कांग्रेसलाई पनि सरकारमा सहभागी गराउन लागिएको बताएका थिए । कांग्रेसलाई सरकारमा सहभागी गराउने कुरा टुंगिसकेको र कसलाई कति मन्त्री दिने भन्ने टुंगिन बाँकी रहेको उनको दावी थियो ।

    प्रचण्डले भनेका थिए, ‘सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । नेपाली कांग्रेसले निर्वाचन नजिक आउँदै गर्दा सुदूरपश्चिममा आफ्नो प्रतिनिधित्व नरहेको भनेर कुरा उठाइरहेको थियो ।’

    मन्त्रीको संख्या बढाउने ठाउँ नभएकाले नेकपा एसका अध्यक्ष माधव नेपाललाई त्याग गर्न आग्रह गरेको उनले बताए ।

    प्रचण्डले भने, ‘अस्ति प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बिचको भएको छलफलमा नेपाली कांग्रेसलाई सहभागी गराउने कुरा उठ्यो । कांग्रेस सरकारमा सहभागी हुन्छु भनेको कुरालाई हामीले राम्रै मान्छौँ । तर त्यसो गर्नका लागि हामीले यहाँ संख्या बढाउने ठाउँ नै छैन । भएकै संख्यामा कसै न कसैले त्याग गर्नुपर्ने हुन्छ । अहिले समाजवादीको मन्त्रीहरू धेरै हुनुहुन्छ । माधव नेपालजीले नै पार्टीभित्र छलफल गरेर कति सकिन्छ, अलिकति त्याग गर्ने पालो तपाईँको आयो भन्ने कुरा पनि चर्चा भयो ।’

    यता नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा गठबन्धनबाट कांग्रेसमाथि छलछाम भएको आरोप लगाए । आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग चुनावी गठबन्धन नहुने उनले बताएएका छन् ।

    डोटीको जोरायलमा सोमवार आयोजित ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको सुरुआत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवानिकट प्रभावशाली नेता बलायरले सुदूरपश्चिममा अहिले पनि प्रचण्ड–माधव समूहसँग गठबन्धन नभएकाले चुनावमा पनि नहुने बताए ।

  • सुदूरपश्चिममा कांग्रेस एक्लै बलियो, यस्तो छ दलगत मतभार (मतदाताको नामावलीसहित)

    सुदूरपश्चिममा कांग्रेस एक्लै बलियो, यस्तो छ दलगत मतभार (मतदाताको नामावलीसहित)

    कैलाली । आज सातै प्रदेशमा राष्ट्रियसभाको रिक्त सदस्यका लागि उम्मेदवारी दर्ता हुँदैछ । यसबीच सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि एमाले एक्लै निर्वाचनमा होमिएको छ भने अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् ।

    यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् ।

    प्रदेशसभामा ५२ जनामध्ये एकीकृत समाजवादी पार्टीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी (राजपा)का एक र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को एकजना प्रदेशसभा सदस्य छन् ।

    मतभारअनुसार प्रदेशसभामा एकीकृत समाजवादी सबैभन्दा बलियो छ । यहाँ एकीकृत समाजवादीको मतभार ६७२ छ । त्यस्तै माओवादी केन्द्रको ६२४, नेपाली कांग्रेसको ५७६ र एमालेको ५२८ मतभार छ । राजपा र लोसपाको ४८–४८ मतभार छ ।

    प्रदेशसभा सदस्यमा तेस्रो स्थानमा रहेको कांग्रेस स्थानीय तहमा भने पहिलो स्थानमा छ । १७५ मतदातामध्ये सुदूरपश्चिममा कांग्रेसका ७४ मतदाता रहेका छन् भने एमालेका ७१ जना छन् । त्यस्तै माओवादीका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता रहेका छन् ।

    स्थानीय तहको कांग्रेसको सबैभन्दा धेरै मतभार छ । कांग्रेसको मतभार १ हजार ३ सय ३२ छ भने एमालेको १ हजार २ सय ७८ छ । माओवादीको ३ सय ६ रहेको छ भने एकीकृत समाजवादीको मतभार २ सय ३४ छ ।

    स्थानीय तह र प्रदेशसभाको मतभार हेर्दा कांग्रेस सबैभन्दा बलियो छ । कांग्रेसमा प्रदेशसभा र स्थानीय तहको मतभार जोड्दा १ हजार ९ सय ८ हुन आउँछ । त्यस्तै एमालेको १ हजार ८ सय ४ छ भने माओवादीको ९ सय २७ र एकीकृत समाजवादीको ९ सय ६ कुल मतभार छ ।

    हेर्नुहोस् मतदाताको दलगत विवरण

    प्रदेशसभातर्फ

    नेकपा एकीकृत समाजवादी

    अमरबहादुर साउद
    कुलवीर चौधरी
    चुनकुमारी चौधरी
    तारालामा तामाङ
    दीर्घबहादुर सोडारी
    पूर्णा जोशी
    प्रकाश रावल
    दुर्गा विक
    बलबहादुर सोडारी
    मनाकुमारी साउद
    मानबहादुर सुनार
    माया तामाङ बोहरा
    माया भट्ट
    सुशीला बुढाथोकी

    माओवादी केन्द्र

    त्रिलोचन भट्ट
    निर्मला बडाल जोशी
    अक्कल बहादुर रावल
    कुन्ती जोशी
    महेश दत्त जोशी
    देवकी मल्ल थापा
    नन्द बहादुर साउद
    प्रेम प्रकाश भट्ट
    मानबहादुर धामी
    बिरमान चौधरी
    विनीता चौधरी
    शान्ति नेपाली

    नेपाली कांग्रेस

    अम्बी कुमारी थापा
    उमा कुमारी बादी
    कर्ण बहादुर मल्ल
    कुमारी नन्दा बम
    टेक बहादुर रैका
    डिल्ली राज पन्त
    भरत बहादुर खड्का
    रण बहादुर रावल
    लाल बहादुर खड्का
    श्यामलाल राना थारु
    दिव्यश्वरी शाह
    देवराज पाठक

    नेकपा एमाले

    अर्जुन बहादुर थापा
    अर्चना गहतराज
    कृष्णराज सुबेदी
    गेल्बुसिंह बोहरा
    नेपालु चौधरी
    पठानसिंह बोहरा
    प्रकाश बहादुर शाह
    बलदेव रेग्मी
    रतन थापा
    लिलाधर भट्ट
    हर्क बहादुर कुँवर

    राष्ट्रिय जनता पार्टी (राजपा)

    मालामती कुमारी राना थारु

    लोकतान्त्रिक समाजवादी पार्टी लोसपा

    कृष्ण बहादुर चौधरी

    स्थानीय तहतर्फ

    नेपाली कांग्रेस

    उमा महतो, उपाध्यक्ष जानकी गाउँपालिका कैलाली
    केशरी कुमारी रावल, उपप्रमुख टीकापुर नगरपालिका कैलाली
    गीता कठरिया, उपाध्यक्ष जोशीपुर गाउँपालिका कैलाली
    नृप बहादुर वड, प्रमुख धनगढी उपमहानगरपालिका कैलाली
    रामकृष्ण चौधरी, अध्यक्ष जोशीपुर गाउँपालिका कैलाली
    प्रदीप कुमार चौधरी, अध्यक्ष जानकी गाउँपालिका कैलाली
    सुशीला मिश्र(भट्ट), उपप्रमुख धनगढी उपमहानगरपालिका कैलाली
    बलिराम डंगौरा थारु, अध्यक्ष बर्दगोरीया गाउँपालिका कैलाली
    सङ्गीता कुमारी बोहरा, (पुजारा) उपाध्यक्ष सुर्मा गाउँपालिका बझाङ
    कल्पना देवी बोहरा, उपाध्यक्ष काँडा गाउँपालिका बझाङ
    धनबहादुर बिष्ट, प्रमुख बुंगल नगरपालिका बझाङ
    मिना देवी बोहरा(जगरी), उपप्रमुख बुंगल नगरपालिका बझाङ
    हर्क बहादुर रोकाया, अध्यक्ष खप्तडछान्ना गाउँपालिका बझाङ
    राजेन्द्र बहादुर धामी, अध्यक्ष काँडा गाउँपालिका बझाङ
    नर बहादुर बोहरा, अध्यक्ष सुर्मा गाउँपालिका बझाङ
    अमृतादेवी बुढा, उपाध्यक्ष तुर्माखाँद गाउँपालिका अछाम
    अम्बिका कुमारी चलाउने, उपप्रमुख पञ्चदेवल विनायक नगरपालिका अछाम
    लक्ष्मी साउँद, उपाध्यक्ष ढकारी गाउँपालिका अछाम
    भूमि शरण ढकाल (बजगाईँ), उपप्रमुख कमलबजार नगरपालिका अछाम
    धनबहादुर बुढा, अध्यक्ष ढकारी गाउँपालिका अछाम
    पुष्प राज शर्मा, अध्यक्ष तुर्माखाँद गाउँपालिका अछाम
    राजेन्द्र बहादुर खड्का, अध्यक्ष बान्नीगढी जयगढ गाउँपालिका अछाम
    माया बहिक, उपाध्यक्ष चौरपाटी गाउँपालिका अछाम
    धनबहादुर शाही, उपाध्यक्ष मेल्लेख गाउँपालिका अछाम
    ओम प्रकाश बिष्ट, प्रमुख कमलबजार नगरपालिका अछाम
    देवराज देवकोटा, प्रमुख पञ्चदेवल विनायक नगरपालिका अछाम
    वीर बहादुर सुनार, प्रमुख महाकाली नगरपालिका कञ्चनपुर
    दिल बहादुर ऐर, प्रमुख शुक्लाफाँटा नगरपालिका कञ्चनपुर
    सुशीला चन्द, उपप्रमुख भीमदत्त नगरपालिका कञ्चनपुर
    धैलीदेबी रावल, उपाध्यक्ष शिखर नगरपालिका डोटी
    कृष्णबहादुर चन्दm अध्यक्ष बडीकेदार गाउँपालिका डोटी
    इन्द्रा कुमारी बोहरा, उपाध्यक्ष बडिकेदार गाउँपालिका डोटी
    सिताराम जोशी, प्रमुख शिखर नगरपालिका डोटी
    लोकेन्द्र बहादुर शाही, अध्यक्ष के.आई.सिं. गाउँपालिका डोटी
    मिना देवी बिष्ट, उपाध्यक्ष के.आई.सिं गाउँपालिका डोटी
    कमला देवी ठगुन्ना, उपाध्यक्ष गन्यापधुरा गाउँपालिका डडेल्धुरा
    कलापति देवी बोहरा, उपप्रमुख परशुराम नगरपालिका डडेल्धुरा
    कौशीला कुमारी भट्ट, अध्यक्ष भागेश्वर गाउँपालिका डडेल्धुरा
    जला कुमारी बिष्ट (वोगटी), उपाध्यक्ष आलिताल गाउँपालिका डडेल्धुरा
    डम्मरी देवी ओली, उपाध्यक्ष नवदुर्गा गाउँपालिका डडेल्धुरा
    पद्म बहादुर बोहरा, उपाध्यक्ष भागेश्वर गाउँपालिका डडेल्धुरा
    बल बहादुर गुरुङ, अध्यक्ष आलिताल गाउँपालिका डडेल्धुरा
    भीम बहादुर साउद, प्रमुख परशुराम नगरपालिका डडेल्धुरा
    नबल बहादुर मल्ल, अध्यक्ष गन्यापधुरा गाउँपालिका डडेल्धुरा
    कुमारी राधा ओझा, उपप्रमुख मेलौली नगरपालिका बैतडी
    द्रोपती चन्द, उपाध्यक्ष सिगास गाउँपालिका बैतडी
    वीर बहादुर बिष्ट, अध्यक्ष सुर्नया गाउँपालिका बैतडी
    मिना चन्द, उपप्रमुख दशरथचन्द नगरपालिका बैतडी
    नरेन्द्र सिंह थापा, प्रमुख दशरथचन्द नगरपालिका बैतडी
    कृष्णसिंह नायेक, प्रमुख मेलौली नगरपालिका बैतडी
    कर्ण सिंह साउद, अध्यक्ष शिवनाथ गाउँपालिका बैतडी
    सरस्वती कोली, उपप्रमुख पाटन नगरपालिका बैतडी
    केशव बहादुर चन्द, प्रमुख पाटन नगरपालिका बैतडी
    हरिसिंह धामी, अध्यक्ष सिगास गाउँपालिका बैतडी
    कुन्ती देवी बुढा, उपाध्यक्ष छेडेदह गाउँपालिका बाजुरा
    तारादेवी खाती, उपप्रमुख बुढीगंगा नगरपालिका बाजुरा
    नरबहादुर रावल, अध्यक्ष छेडेदह गाउँपालिका बाजुरा
    पदम बडूवाल, प्रमुख बडीमालिका नगरपालिका बाजुरा
    चन्द्रा देवी बुढा, उपाध्यक्ष हिमाली गाउँपालिका बाजुरा
    राधिका देवी सुनार, उपप्रमुख त्रिवेणी नगरपालिका बाजुरा
    रामसिंह रावल, प्रमुख त्रिवेणी नगरपालिका बाजुरा
    पदम बहादुर गिरी, प्रमुख बुढिनन्दा गाउँपालिका बाजुरा
    कविता कुमारी बुढा बिष्ट, उपप्रमुख बडीमालिका नगरपालिका बाजुरा
    गोविन्द बहादुर मल्ल, अध्यक्ष हिमाली गाउँपालिका बाजुरा
    दीपक विक्रम शाह, प्रमुख बुढीगंगा नगरपालिका बाजुरा
    अमरसिंह धामी, प्रमुख शैल्यशिखर नगरपालिका दार्चुला
    नरेन्द्रसिंह धामी, अध्यक्ष मालिकार्जुन गाउँपालिका दार्चुला
    सुना बोहरा, उपप्रमुख महाकाली नगरपालिका दार्चुला
    पुलेन्द्र बहादुर कार्की, अध्यक्ष दुहुँ गाउँपालिका दार्चुला
    कुमारी राजमती बम, उपप्रमुख शैल्यशिखर नगरपालिका दार्चुला
    हंसराज भट्ट, प्रमुख महाकाली नगरपालिका दार्चुला
    हेमा जोशी, उपाध्यक्ष व्यास गाउँपालिका दार्चुला
    दिलिपसिंह बुढाथोकी, अध्यक्ष व्यास गाउँपालिका दार्चुला
    इश्वरी जोशी, उपाध्यक्ष दुहुँ गाउँपालिका दार्चुला

    नेकपा एमाले

    अंचला चौधरी, उपप्रमुख गौरीगङ्गा नगरपालिका कैलाली
    टिका थापा, उपप्रमुख लम्की चुहा नगरपालिका कैलाली
    दीपा देवी साउद, उपाध्यक्ष चुरे गाउँपालिका कैलाली
    महादेव बजगाईँ, प्रमुख लम्की चुहा नगरपालिका कैलाली
    छाया देवी देवकोटा, उपप्रमुख भजनी नगरपालिका कैलाली
    तपेन्द्र बहादुर रावल, प्रमुख टीकापुर नगरपालिका कैलाली
    धनबहादुर रोकामगर, अध्यक्ष चुरे गाउँपालिका कैलाली
    भीम बहादुर देउवा, प्रमुख गौरीगङ्गा नगरपालिका कैलाली
    ममता प्रसाद चौधरी, प्रमुख घोडाघोडी नगरपालिका कैलाली
    हरिसिंह साउद, प्रमुख गोदावरी नगरपालिका कैलाली
    अक्कल बहादुर धामी, अध्यक्ष, छविसपाथिभेरा गाउँपालिका बझाङ
    जानकी बोहरा, उपाध्यक्ष बित्थडचिर गाउँपालिका बझाङ
    राधिका कुमारी रताला (रेग्मी), उपाध्यक्ष छबिसपाथिभेरा गाउँपालिका बझाङ
    जला कुमारी जाग्री, उपप्रमुख जयपृथ्वी नगरपालिका बझाङ
    धनलक्ष्मी खत्री, उपाध्यक्ष तलकोट नगरपालिका बझाङ
    पावर्ती देवी जप्रेल, उपाध्यक्ष दुर्गाथली गाउँपालिका बझाङ
    प्रयागराज जोशी, अध्यक्ष दुर्गाथली गाउँपालिका बझाङ
    प्रेम बहादुर वोहरा, अध्यक्ष बित्थडचिर गाउँपालिका बझाङ
    भगवती कुमारी बोहरा, उपाध्यक्ष मस्टा गाउँपालिका बझाङ
    गंगु देवी कडायत, उपाध्यक्ष थलरा गाउँपालिका बझाङ
    कर्ण बहादुर कठायत, अध्यक्ष मस्टा गाउँपालिका बझाङ
    भुवनेश्वर उपाध्याय, अध्यक्ष थलरा गाउँपालिका बझाङ
    बिरेन्द्र बहादुर खड्का, प्रमुख जयपृथ्वी नगरपालिका बझाङ
    लाल बहादुर बिष्ट, अध्यक्ष तलकोट नगरपालिका बझाङ एमाले
    पावसरा देवी थापा, उपाध्यक्ष खप्तडछान्ना गाउँपालिका बझाङ
    पदम बहादुर बोहरा, प्रमुख मङ्गलसेन नगरपालिका अछाम
    सरिता उपाध्याय, उपप्रमुख मङ्गलसेन नगरपालिका अछाम
    अशोक कुमार चन्द, प्रमुख बेदकोट नगरपालिका कञ्चनपुर
    कर्ण हमाल, प्रमुख कृष्णपुर नगरपालिका कञ्चनपुर
    चित्रा कुमारी चौधरी, उपप्रमुख बेलौरी नगरपालिका कञ्चनपुर
    चीनी ओझा(गिरी), उपप्रमुख महाकाली नगरपालिका कञ्चनपुर
    शारदा शर्मा (बिष्ट), उपप्रमुख पुनर्वास नगरपालिका कञ्चनपुर
    धनबहादुर थापा क्षेत्री, अध्यक्ष बेलडाडी गाउँपालिका कञ्चनपुर
    कमला देवी कार्की, उपाध्यक्ष बेलडाडी गाउँपालिका कञ्चनपुर
    रमिता कुमारी राना, कृष्णपुर नगरपालिका कञ्चनपुर
    सुशीला सिंह, उपप्रमुख वेदकोट नगरपालिका कञ्चनपुर
    तुलसी देवी हमाल, उपप्रमुख शुक्लाफाँटा नगरपालिका कञ्चनपुर
    सुरेन्द्र बहादुर बिष्ट, प्रमुख भीमदत्त नगरपालिका कञ्चनपुर
    कमला देवी ओझा, उपाध्यक्ष आदर्श गाउँपालिका डोटी
    तेज बहादुर डुम्रेल, अध्यक्ष सायल गाउँपालिका डोटी
    दुर्गादत्त ओझा, अध्यक्ष जोरायल गाउँपालिका डोटी
    निर्मला देवी साउद, उपाध्यक्ष पूर्वी चौकी गाउँपालिका डोटी
    मञ्जु मलासी, प्रमुख दिपायल सिलगढी नगरपालिका डोटी
    भगवती देवी बम, उपाध्यक्ष वोगटान गाउँपालिका डोटी
    जमुना कुमारी बोहरा (रोकाया), उपाध्यक्ष जोरायल गाउँपालिका डोटी
    टेक बहादुर रोकाया, अध्यक्ष आदर्श गाउँपालिका डोटी
    बिस्ना देवी सिंह, उपाध्यक्ष सायल गाउँपालिका डोटी
    विशेश्वर प्रसाद ओझा, प्रमुख अमरगढी नगरपालिका डडेल्धुरा
    सङ्गीता कुमारी भण्डारी, उपप्रमुख अमरगढी नगरपालिका डडेल्धुरा
    कवीन्द्र बहादुर बिष्ट, अध्यक्ष नवदुर्गा गाउँपालिका डडेल्धुरा
    ऐना गिरी उपाध्यक्ष, पाण्डवगुफा गाउँपालिका बाजुरा
    सिता रोकाया (थापा), उपाध्यक्ष गौमुल गाउँपालिका बाजुरा
    काली बहादुर शाही, अध्यक्ष पाण्डवगुफा गाउँपालिका बाजुरा
    हरि बहादुर रोकाया, अध्यक्ष गौमुल गाउँपालिका बाजुरा
    सृष्टि रेग्मी उपप्रमुख, बुढीनन्दा नगरपालिका बाजुरा
    गोरख बहादुर चन्द, अध्यक्ष पञ्चेश्वर गाउँपालिका बैतडी
    चक्र बहादुर कार्की, अध्यक्ष दोगडाकेदार गाउँपालिका बैतडी
    पावर्ती कुमारी भण्डारी, उपाध्यक्ष डीलासैनी गाउँपालिका बैतडी
    लीला कुमारी बिष्ट, उपाध्यक्ष सुर्नया गाउँपालिका बैतडी
    विना भट्ट उपाध्यक्ष, पञ्चेश्वर गाउँपालिका बैतडी
    पावर्ती कार्की, उपाध्यक्ष दोगडाकेदार गाउँपालिका बैतडी
    कुस्मा चन्द, उपाध्यक्ष शिवनाथ गाउँपालिका बैतडी
    उकेन्द्र बहादुर बोहरा, अध्यक्ष डीलासैनी गाउँपालिका बैतडी
    जानकी बम (ऐर), उपप्रमुख पुर्चाैडी नगरपालिका बैतडी
    उर्मिला बोहरा, उपाध्यक्ष अपि हिमाल गाउँपालिका दार्चुला
    पुष्पा अवस्थी, उपाध्यक्ष मालिकार्जुन गाउँपालिका दार्चुला
    गौरी देवी ठगुन्ना, उपाध्यक्ष नौगाड गाउँपालिका दार्चुला
    प्रेम सिंह धामी, नौगाड गाउँपालिका दार्चुला
    धर्मानन्द सिंह मन्याल, अध्यक्ष अपीहिमाल गाउँपालिका दार्चुला
    परमानन्द जोशी, अध्यक्ष लेकम गाउँपालिका दार्चुला
    माधवी जोशी, उपाध्यक्ष लेकम गाउँपालिका दार्चुला

    माओवादी केन्द्र

    भागवती देवी डगौरा थारु, उपाध्यक्ष बर्दगोरीया गाउँपालिका कैलाली
    लक्ष्मी सत्गौवा थारु, उपाध्यक्ष कैलारी गाउँपालिका कैलाली
    लाजुराम चौधरी, अध्यक्ष कैलारी गाउँपालिका कैलाली
    शेरबहादुर चौधरी, प्रमुख भजनी नगरपालिका कैलाली
    लोक बहादुर साउद, उपाध्यक्ष बान्नीगढी जयगढ गाउँपालिका अछाम
    सरस्वती रावल, उपाध्यक्ष रामारोशन गाउँपालिका अछाम
    लोक बहादुर बोहरा, अध्यक्ष मेल्लेख गाउँपालिका अछाम
    झंकर बहादुर साउँद, अध्यक्ष रामारोशन गाउँपालिका अछाम
    पोतीलाल चौधरी, प्रमुख बेलौरी नगरपालिका कञ्चनपुर
    मदन सेन बडायक, अध्यक्ष लालझाँडी गाउँपालिका कञ्चानपुर
    सत्य देवी महरा, लालझाँडी गाउँपालिका कञ्चनपुर
    कमल बहादुर, गडसिला अध्यक्ष बोगटान गाउँपालिका डोटी
    उमेश प्रसाद भट्ट, अध्यक्ष अजयमेरु गाउँपालिका डडेल्धुरा
    कलावती भाड, उपाध्यक्ष अजयमेरु गाउँपालिका डडेल्धुरा
    रणबहादुर कुँवर, प्रमुख पुर्चाैडी नगरपालिका बैतडी
    बाग्मती ठगुन्ना, उपाध्यक्ष मार्मा गाउँपालिका दार्चुला
    जमन सिंह धामी, अध्यक्ष मार्मा गाउँपालिका दार्चुला

    नेकपा एकीकृत समाजवादी

    रत्ना कडायत, उपप्रमुख गोदावरी नगरपालिका कैलाली
    पूजा देवी बुढामगर, उपाध्यक्ष मोहन्याल गाउँपालिका कैलाली
    प्रेम कुमारी थापा, उपप्रमुख घोडाघोडी नगरपालिका कैलाली
    इन्द्र बहादुर भण्डारी, अध्यक्ष केदारस्युँ गाउँपालिका बझाङ
    निशा धामी, उपाध्यक्ष केरास्युँ गाउँपालिका बझाङ
    कुल बहादुर कुँवर, प्रमुख साँफेबगर नगरपालिका अछाम
    निर्मला देवी बुडथापा, उपप्रमुख साँफेबगर नगरपालिका अछाम
    हर्क बहादुर साउद, चौरपाटी गाउँपालिका अछाम
    जीवन राज थापा, प्रमुख पुनर्वास नगरपालिका कन्चनपुर
    शिवराज खड्का, उपप्रमुख दिपायल सिलगढी नगरपालिका डोटी
    दिर्घराज बोगटी, अध्यक्ष पूर्वी चौकी गाउँपालिका डोटी
    चिरञ्जीवी शाही, अध्यक्ष स्वामिकार्तिक गाउँपालिका बाजुरा
    मिना बुढा, उपाध्यक्ष स्वामिकार्तिक गाउँपालिका बाजुरा

  • आफ्नै गढमा कमजोर देखिए भीम रावल, यस्तो छ सुदूरपश्चिमको हिसाव-किताब

    आफ्नै गढमा कमजोर देखिए भीम रावल, यस्तो छ सुदूरपश्चिमको हिसाव-किताब

    कैलाली । धनगढी । चितवनमा हुने एमालेको दशौं महाधिवेशनका लागि आइतबार उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे । रिपोर्टस क्लबमा उम्मेदवारी घोषणा गर्दै उनले अध्यक्ष ओलीलाई आफूलाई विश्वास गर्न र पार्टी सञ्चालनको जिम्मा दिन आग्रह गरेका थिए ।

    नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा रावलले सबैभन्दा बढी मत ल्याएका थिए । राजधानीको भृकुटीमण्डपमा ०७१ असार १९–२५ मा एमाले नवौं महाधिवेशन चलेको थियो । उपाध्यक्ष पदमा पाँच पदका लागि १० जनाको उम्मेदवारी परेको थियो ।

    ०७१ साउन १ गते घोषणा भएको मत परिणाम अनुसार रावलले २ हजार १५२ मत मध्ये ११४३ मत ल्याएका थिए । उनले आफ्नो शक्तिको आधार अहिले पनि त्यही लोकप्रियतालाई देखाउने गरेका छन् । तर अहिले रावलको धरातल भने फेरिएको छ ।

    नवौं महाधिवेशनमा सबैभन्दा लोकप्रिय मत ल्याएका रावललाई दशौं महाधिवेशनमा त्यो साख बचाउन चुनौती छ । अहिले आफ्नै क्षेत्रमा कमजोर देखिएपछि अध्यक्षमा अपेक्षित मत ल्याउन निकै सकस हुने आँकलन गरिएको हो ।

    सुदूरपश्चिम प्रदेशमा बलियो मानिएका रावल अहिले भने कमजोर छन् । कुनै बेला रावलको अगाडि ठाडो शीरले उभिन नसक्नेहरु अहिले सुदूरपश्चिममा एमालेको प्रभावी नेता बनेका छन् । एमालेले वडादेखि महाधिवेशन प्रतिनिधि समेत अधिकांश स्थानमा सर्वसम्मत ढंगले चयन गरेको छ ।

    नौ जिल्ला रहेको यस प्रदेशबाट पार्टीभित्र चयन भएका अधिकांश नेतृत्वमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीको वर्चस्व रहेको छ । प्रदेशमा ओलीको लिगेसी प्रदेश अध्यक्ष कर्ण थापा, प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज नारदमूनि राना लगायतले लिएका छन् ।

    प्रदेशबाट अहिले एक सय ७१ जना महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् । महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट १२, बझाङबाट १६, बैतडीबाट १४, डडेल्धुराबाट ११ जना छनोट भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

    त्यस्तै बाजुरा २१, कञ्चनपुर १६, डोटी १६, कैलाली ४४ र अछामबाट १४ जना छनोट भएको उनले बताए ।

    १६४ जना निर्वाचन क्षेत्र र मजदुर संगठनबाट छनोट भएका छन् भने पाँचजना प्रदेश कमिटीले मनोनित गरेको छ ।

    एक सय ७१ जना मध्ये रावल पक्षका प्रतिनिधि दुई दर्जन पनि पुग्न समस्या हुने एमाले स्रोतको दाबी छ । किनभने हिजो जसको बलमा रावलले सुदूरपश्चिममा राज गरेका थिए उनीहरु अहिले एमालेमा छैनन् ।

    ‘उहाँले प्रदेशबाट २ प्रतिशत मत ल्याउन सक्नुहुन्छ,’ एमाले स्रोत भन्छ ‘अहिले एमालेमा फेरि ओलीलाई नै अध्यक्ष बनाउने कुरामा सबै एक मत भएको हुँदा उहाँको मत निकै कम हुन्छ ।’

    अब ५ प्रतिशत केन्द्रले प्रतिनिधि मनोनित गर्नेछ । सुदूरपश्चिम प्रदेशबाट १५ जनाको नाम सिफारिस गरिएको छ । करिब ७ जना मनोनित हुने भनिएको छ । उनीहरू पनि रावल इतर हुने दाबी गरिएको छ ।

    रावलको गृहजिल्ला अछामबाट भने उनी पक्षका प्रतिनिधि छनोट भएका छन् । कञ्चनपुरबाट पनि केही प्रतिनिधि छनोट भएको बताइएको छ ।

    महाधिवेशन प्रतिनिधि एकलौटी ढंबाट छनोट गरिएको भन्दै कैलालीको निर्वाचन क्षेत्र नम्बर–२ मा विवाद नै भएको थियो । विगतमा ओली पक्षमा रहेका कैलाली अध्यक्ष रतनबहादुर थापाले सो निर्वाचन क्षेत्रबाट धनगढीमा महाधिवेशन प्रतिनिधि छनोट गरेका थिए ।

    रावल समूहमा रहेको भनिएका जिल्ला समन्वय समिति सभापति सूर्यबहादुर थापा, लम्की चुहाका नगर प्रमुख महादेव बजगाईँ लगायतले एक हजार दुई सय व्यक्तिको भेला गराई महाधिवेशन प्रतिनिधि छनोट गरेका थिए ।

    भीम रावलनिकट रहेका झपट रावलले ओली पक्षले एकलौटी प्रतिनिधि छनोट गरेको भन्दै थप ९ जनाको नाम पठाएका थए । तर उनीहरू अवैध रहेको यसअघि प्रदेश अध्यक्ष कर्ण थापाले बताइसकेका छन् ।

    ‘महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भइसकेका छन्,’ प्रदेशको महाधिवेशन प्रतिनिधि छनोटपश्चात् धनगढीमा आयोजित पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले भनेका थिए, ‘कैलाली क्षेत्र नम्बर दुईमा पार्टीले छनोट गरेका प्रतिनिधि वैध हुन् ।’

    कैलाली क्षेत्र नम्बर २ का समानान्तर प्रतिनिधीहरुले मान्यता नपाउने अवस्थामा रावल थप कमजोर हुने अवस्थामा देखिएका हुन् । यस अघि रावलको साथमा रहेकाहरू पनि अहिले उनीसँग छैनन् ।

    सुदूरपश्चिमबाट २५ जना केन्द्रीय सदस्यमध्ये अहिले रावलसहित कैलालीका झपट रावल र बाजुराका प्रकाश शाह मात्रै उनीसँग छन् । प्रतिनिधिसभा सदस्यमध्ये कैलालीका रावल र कञ्चनपुरका दीपक प्रकाश भट्ट मात्रै रावलसँग छन् । उनी इतर ठूलो समूह अहिले प्रदेशमा बलियो अवस्थामा रहेको छ ।

    ‘यस अघि उहाँ धेरै बलियो हुनुहुन्थ्यो तर, अहिले धेरै कमजोर हुनुभएको छ’ एमालेका एक नेताले भने, ‘यस्तै अवस्था उहाँ अध्यक्षमा लड्नु भयो भने अपेक्षित मत पनि पाउन नसक्ने अवस्था छ ।’

    महाधिवेशनमा छनोट भएका प्रतिनिधिहरुमा ओली पक्षको वर्चस्व रहेको हुँदा रावललाई समस्या हुने बताइन्छ ।

    एमाले विभाजन हुनु भन्दा अघि सम्म रावल प्रदेशमा बलियो अवस्थामा थिए । तर, उनी निकट रहेका अधिकांश नेताहरूले उनको साथ छोडेपछि रावल आफ्नै भूगोलमा कमजोर भएका हुन् । रावल निकट रहेका १४ जना प्रदेश सभा सदस्यहरूले नेकपा एस रोजेका थिए ।

    रावल सर्वसम्मत अध्यक्ष बन्नुहुन्छ– झपट

    निकट रहेका केन्द्रीय सदस्य झपट रावलले भीम रावल सर्वसम्मत पार्टी अध्यक्ष बन्ने सक्ने दाबी गरेका छन् । यसअघि पार्टी अध्यक्ष केपी ओली एउटै कक्षामा दोहोरिन्न भन्ने सन्दर्भलाई जोड्दै उनले भने, ‘अहिलेसम्म अध्यक्षमा भीम रावलले मात्रै उम्मेदवारी दिनुभएको छ । अध्यक्ष कमरेड एउटै कक्षामा दोहोरिन्न भनिसक्नु भएको छ । अबको सर्वसम्मत अध्यक्ष भीम रावल हुन सक्नुहुन्छ ।’

    उनले भीम रावल कमजोर नभई थप बलियो भएको दाबी गरे । ‘उहाँको अडान र राष्ट्रियताको विषयले गर्दा अझै बलियो हुनुभएको छ,’ उनले भने, ‘अबको अध्यक्ष उहाँ नै हो ।’

    सुदूरपश्चिममा त उहाँ (भीम रावल) कमजोर हुनुभएको होइन र ? भन्ने प्रश्नमा झपट भन्छन्, ‘‘उहाँ सुदूरपश्चिमको मात्रै नेता होइन देशभरिको नेता हो । उहाँ देशभरिमा बलियो हुनुभएको छ ।’

    सुदूरपश्चिम प्रदेशका नियोजित रूपमा प्रतिनिधि छनोट गरिएको भन्दै उनले विरोध गरे । ‘कैलाली क्षेत्र नम्बर २ मै हेर्नुहोस् न,’ उनले प्रतिप्रश्न गरे, ‘कार्यकर्ताको बीचमा नगई धनगढीमा बसेर प्रतिनिधि छनोट गर्न मिल्छ ?’

    रावलले आफूले पनि सचिव पदमा उम्मेदवारी दिन सक्ने बताए । घनश्याम भुसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने विषयमा छलफल भइरहेको उनको भनाइ थियो । भीम रावललाई सर्वसम्मत अध्यक्ष बनाउँदा पार्टी अझै मजबुत हुने उनको दाबी छ ।

  • एमाले महाधिवेशन : सुदूरपश्चिमबाट १६४ प्रतिनिधि छनोट

    एमाले महाधिवेशन : सुदूरपश्चिमबाट १६४ प्रतिनिधि छनोट

    कैलाली । यही मंसिर १० देखि चितवनमा हुन गइरहेको नेकपा एमालेको १० औं महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशबाट १६४ जना प्रतिनिधि छनोट गरिएको छ ।

    प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रदेश अध्यक्ष कर्ण थापाले १६४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको बताए ।

    १६ वटा संघीय निर्वाचन क्षेत्रलाई आधार मानेर नौ वटै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो । उनले भने, ‘२ क्षेत्रमा मात्रै निर्वाचन भयो बाँकीमा सहमतिको आधारमा प्रतिनिधि छ्नोट गरिएको हो ।’

    कैलालीको चार र कंचनपुरको १ मा निर्वाचनमार्फत प्रतिनिधि छनोट गरिएको उनले बताए ।

    राष्ट्रिय महाधिवेशनका लागि कैलालीका पाँचवटै निर्वाचन क्षेत्रबाट ४४ जना प्रतिनिधि छनोट गरिएको छ । यस्तै क्रमशः दार्चुलामा १२ बझाङ १६, बैतडीमा १४, डडेल्धुरामा ११, बाजुरामा २१, कञ्चनपुरमा १६, डोटीमा १६ र अछामबाट १४ जना प्रतिनिधि छनोट गरिएको छ ।

  • सूदूरपश्चिम कांग्रेसको सकसः न सत्तामा अवसर, न प्रतिपक्षमा मजा

    सूदूरपश्चिम कांग्रेसको सकसः न सत्तामा अवसर, न प्रतिपक्षमा मजा

    कैलाली । जेठ २५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै थिए । एमाले विभाजन हुनुभन्दा अघि नै तत्कालीन माधव नेपाल पक्षले संसदीय दलको बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको थियो ।

    एमाले केन्द्रीय नेतृत्वले भने विपक्षमा मतदान गर्ने ह्वीप जारी गरेको थियो । जसपाले पनि निर्णय नै गरेर विपक्षमा मतदान गर्‍यो । तर, नेपाली कांग्रेस भने अनौठो मनोदशामा थियो । उ सरकार जोगाउन चाहन्थ्यो, तर आफूले विश्वासको मत दिन चाहन्थेन ।

    विश्वास प्रस्तावको मतदानमा सरकारको पक्षमा ३० मत र विपक्षमा ९ भोट मात्रै पर्‍यो । एमालेको ओली पक्षका ७ जना र जनता समाजवादी पार्टीका दुई जनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले अन्तमा मतदानमै भाग लिएन ।

    ‘विश्वासको मत नपुगे हामी दिन्छौँ, नत्र हामी पक्ष र विपक्ष दुवैमा मत दिँदैनौँ,’ काँग्रेस नेताहरूले त्यो बेला भनेका थिए । केन्द्रमा भएको गठबन्धनले कांग्रेसको रणनीति प्रभावित बनेको थियो ।

    मुख्यमन्त्रीको पक्ष र विपक्ष दुवैमा मत नदिएको कांग्रेस त्यसपछिको पाँच महिनामा सुदूरपश्चिममा निकै कमजोर अवस्थामा पुगेको छ । अहिले न केन्द्रीय गठबन्धन अनुसार कांग्रेस सरकारमा छ, न त बलियो प्रतिपक्षको भूमिकामा ।

    ‘आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक’ पारित गर्न सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेस र जसपा तटस्थ बसेका थिए । यसले पनि प्रदेशका कांग्रेसको भूमिका कमजोर रहेको आरोप लाग्ने गरेको छ ।

    कांग्रेस अहिलेसम्म सुदूरपश्चिमको प्रमुख प्रतिपक्ष हो । तर, त्यो अनुसारको भूमिका पार्टीले निर्वाह गर्न नसकेको स्वयं कांग्रेसकै सांसदहरू बताउँछन् ।

    ‘म आफ्नो दलको क्रियाकलापबाट सन्तुष्ट छैन । अझै प्रभावकारी बनाउन सकिन्थ्यो,’ कांग्रेस सांसद भरतबहादुर खड्काले नेपाल प्रेससँग भने, ‘यसले जनताका मुद्दाहरु, प्रदेशका आर्थिक समस्याका कुरा, विकासका गतिविधि, प्रशासनिक कुराहरूमा जसरी प्रस्तुत हुनुपर्ने हो त्यो हुन सकेको छैन । त्यसमा हाम्रो संसदीय दल पछाडि छ ।’

    उनले संसदीय दलको भूमिका कमजोर बन्दै गइरहेको विषयमा सबै गम्भीर बन्न आवश्यक रहेको समेत बताए ।

    ‘मैलेमात्रै होइन । हाम्रा साथभाइहरुले पनि स्वीकार गर्नुपर्छ । हाम्रो नेतृत्वले पनि स्विकार गर्नु पर्छ’ उनी भन्छन्, ‘संस्थागतरूपमा प्रष्ट दृष्टिकोण आउनु पर्छ । त्यो अहिलेसम्म आउन सकेको छैन । जति हाम्रो भूमिका प्रभावकारी हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।’

    केन्द्रीय गठबन्धनका कारण नै प्रदेशमा कांग्रेस कमजोर भन्दै गइरहेको सांसद खड्काको ठहर छ । उनले मुख्यमन्त्रीलाई साथ दिनुमा पनि गठबन्धन नै बाध्यता रहेको सुनाए ।

    ‘हामीले सरकार बचाइदिन्छौ भनेर बचन दिएकै हो,’ उनले भने, ‘तर अहिले हामी कमजोर भएका छौँ । सत्तारुढ गठबन्धनमा भएको अनुभूति पनि भएको छैन । हाम्रै साथीहरूको योजना काट्ने र करोडौँको योजनामा लाखमात्र दिने काम भएको छ ।’

    सुदूरपश्चिममा अहिले कांग्रेस तेस्रो ठूलो दल हो । पहिलो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीका १४ सांसद छन् । यस्तै, दोस्रोमा माओवादी केन्द्रका १३ सांसद र कांग्रेसका १२ सांसद छन् । सरकार सञ्चालन गर्न माओवादी र नेकपा एसकै सांसद पर्याप्त भएपछि अहिले कांग्रेसले खासै भाउ पाएको छैन । त्यसैले कांग्रेसभित्रै विरोध सुरु हुन थालेको छ ।

    असोज २३ गते कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलको नेतृत्वमा खड्का र प्रमुख सचेतक गोविन्द बोहरा देउवालाई भेट्न काठमाडौँ पुगेका थिए । उनीहरूले त्यहाँ सुदूरपश्चिम प्रदेशमा आफूहरूले सरकारलाई सहयोग गरेको तर, सरकारले सहयोग नगरेको भन्दै मुख्यमन्त्री फेर्नुपर्ने माग गरेका थिए ।

    तीनैजनाको गुनासो सुनेपछि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धनको बैठक राखेर आवश्यक निर्णय लिने बताएका थिए ।

    ‘यो सबैको साझा कुरा हो । यसमा सबै मिलेर अघि बढ्नु पर्छ,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘सम्बन्धित पार्टीका नेताहरूले पनि बुझ्नु पर्छ ।’

    तर, देउवाको प्राथमिकता पनि सुदूरपश्चिमभन्दा पहिले कर्णाली परेपछि यहाँ कांग्रेस थप कमजोर भएको बताइन्छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसले सरकारको दावी गरिरहेका बेला कर्णाली प्रदेशमा कांग्रेस नेतृत्वको सरकार निर्माण भयो । केन्द्रको गठबन्धनका कारण सरकारको खुलेर विरोध गर्न नसक्ने र सरकारमा सहभागीसमेत नगराइएपछि कांग्रेस ‘कुहिरोमा हराएको काग’ जस्तो भएको छ । विगतमा सरकारका काम कारवाहीको खरो विरोध गर्ने कांग्रेस अहिले मौन रहँदा पनि उनीहरुको भूमिकामाथि प्रश्न उठेको छ ।

    सुदूरपश्चिम प्रदेश सरकारले २०७६/०७७ का लागि ल्याएको बजेट अपारदर्शी र भ्रष्टाचार बढाउने भएको भन्दै प्रदेशसभा भवनको गेटमा कांग्रेसले रातो किताब जलाएको थियो । कांग्रेसले पत्रकार सम्मेलन नै गरेर बजेट उपलब्ध गराउनुपर्ने प्रदेशस्थित गौरवका आयोजनाहरू सार्वजनिक समेत गरेको थियो । त्यो बेलासम्म कांग्रेस प्रदेशमा दह्रो प्रतिपक्षको रूपमा स्थापित भएको थियो । विगतमा बजेटकै विषयमा विरोध गर्दै झन्डै एक महिना संसद सुचारु हुन नदिएको कांग्रेस यस वर्ष भने बजेट पारित गर्दा मौन बस्यो ।

    असार १ गते तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले प्रस्तुत गरेको ३० अर्ब ३३ करोडको बजेट असार १४ गते सर्वसम्मत पारित भएको थियो ।

    ‘आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने बनेको विधेयक’ पारित गर्न सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेस र जसपा तटस्थ बसेका थिए । यसले पनि प्रदेशका कांग्रेसको भूमिका कमजोर रहेको आरोप लाग्ने गरेको छ ।

    केन्द्रीय नेतृत्व र गठबन्धनकै कारण सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस कमजोर भएको संसदीय दलका नेता डा. रणबहादुर रावल बताउँछन् ।

    उनले पटक-पटक केन्द्रमा समेत यस विषयमा जानकारी गराएको बताए । वर्तमान सरकार असफल भएको भन्दै उनले कांग्रेसको नेतृत्वमा सरकार गठन भएपछि मात्रै जनतालाई न्याय हुने धारणा राखे ।

    ‘कांग्रेसको नेतृत्वमा सरकार आए केही काम होला, नत्र अहिले सरकार पूर्णरूपमा असफल भइसकेको छ,’ उनी भन्छन्, ‘जुनरूपले काम भइरहेको छ त्यसले प्रदेश सरकारको औचित्य नरहेको समेत संकेत गरेको छ । यसमा गठबन्धनकै नेतृत्वले सोच्न आवश्यक छ ।’

  • सुदूरपश्चिममा १२ र १५ गते एमालेको वडा तथा नगर अधिवेशन, बाढीका कारण तालिका प्रभावित

    सुदूरपश्चिममा १२ र १५ गते एमालेको वडा तथा नगर अधिवेशन, बाढीका कारण तालिका प्रभावित

    कैलाली । देशका अधिकांश स्थानमा एमालेको नगर र वडा अधिवेशन भइसके पनि सुदूरपश्चिम प्रदेशमा भने कात्तिक १२ र १५ गते मात्रै वडा तथा नगरको अधिवेशन हुने भएको छ ।

    सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरोबाट ठूलो क्षति पुगेपछि अधिवेशनहरू सारिएको थियो । तर, तयारी पूरा भएका केही जिल्लाका केही वडामा भने अधिवेशन सम्पन्न भएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले बताए ।

    बाढी पहिरोबाट हजारौँ स्थानीय गन्तव्यसम्म पुग्न सकेका थिएनन् । यस्तो अवस्थामा अधिवेशनमा सबै सहभागी हुने सम्भावना कम भएको र तत्काल राहत तथा उद्धारको लागि खटिन आवश्यक देखिएको हुँदा प्रदेशमा १२ गते वडा र १५ गते नगर अधिवेशन गर्ने निर्णय गरिएको थियो ।

    बाढी तथा पहिरोबाट कम क्षति भएका तथा तयारी पूरा भएका केही क्षेत्रमा भने अधिवेशन सकिए हो। अहिलेसम्म डडेल्धुराको एउटा वडा, अछाम, बाजुरा र दार्चुलाका केही वडामा अधिवेशन सम्पन्न भएको छ । ती क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको सचिव रावलले बताए ।

    बाँकी रहेका क्षेत्रमा १२ र १५ गते अधिवेशन गर्ने तयारी भइरहेको छ ।

    बुधबार एक विज्ञप्ति जारी गर्दै १२ र १५ गते हुने अधिवेशन सम्पन्न गर्न जिल्लाका अध्यक्ष तथा प्रदेशका सदस्यहरूलाई सहजीकरण गर्न समेत आग्रह गरिएको छ ।

  • सुदूरपश्चिम पुगेर देउवाले भने- एमसीसीमा संशोधन गर्नुपर्ने केही छैन

    सुदूरपश्चिम पुगेर देउवाले भने- एमसीसीमा संशोधन गर्नुपर्ने केही छैन

    कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुनुपर्ने अडान दोहोर्‍याएका छन् । बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसीसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताए ।

    ‘एमसीसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानून लागू हुने बताएका छन् ।’

    अनुदानको कार्यक्रममा धेरै होहल्ला गरेकोमा देउवाको असन्तुष्टि थियो ।

    ‘नेपालमा एउटा यस्तो तत्व छ जसले सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छ यार,’ देउवाले भने ।

    प्रधानमन्त्रीले पछिल्लो वर्षापछिको बाढी र पहिरोले पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पुर्‍याएकोमा अल्पकालीन र दीर्घकालीन रहत र पुनर्निर्माणको योजनाहरु ल्याउने आश्वासन दिएका छन् । ‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ । पूर्वाधारहरु क्षतविक्षत छन् । बाटो छैन, विजुली छैन । किसानको धानबालीमा ठूलो क्षति भएको छ,’ पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले थपे, ‘पूर्वमा पनि यस्तै क्षति भएको छ । म त्यहाँ पनि जाँदैछु । अहिले उद्धार र राहतको काम भइरहेको छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’

    नेपाली कांग्रेसको आसन्न महाधिवेशन निर्धारित समयमै हुन्छ त ? भन्ने प्रश्नमा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेबारी दिइएको भन्दै पन्छिए ।

    ‘निर्वाचन आयोग भनेजस्तै हाम्रो पार्टीभित्र पनि निर्वाचन समिति छ । त्यो स्वायत्त समिति हो । उहाँहरुको निर्णय सबैले मान्ने हो । उहाँहरुले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ । सार्ने निर्णय गर्नुभयो भने सर्छ,’ उनले भने ।

    साथै अर्ली इलेक्सन को सम्भावनाबारे सोधिएको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धनको सरकार छ, मैले एक्लैले भनेर हुँदैन, गठबन्धनले जे भन्छ, त्यही हुन्छ ।’

    बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री विहीबार सुदूरपश्चिम पुगेका हुन् ।

  • सुदूरपश्चिमका सबै जिल्लालाई २५/२५ लाख दिने प्रदेश सरकारको निर्णय

    सुदूरपश्चिमका सबै जिल्लालाई २५/२५ लाख दिने प्रदेश सरकारको निर्णय

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले तत्कालको लागि बाढी प्रभावित सुदूरपश्चिमका सबै जिल्लाहरूमा २५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

    आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बसेको आकस्मिक बैठकले विपद् व्यवस्थापन राहत र उद्धारको लागि जिल्ला विपद् व्यवस्थापन कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

    ‘त्यो रकम अहिलेको तत्कालको लागि हो । क्षतिको यकिन विवरण आए हामी थप राहत उपलब्ध गराउँदै’ मन्त्री जोशीले भनिन्, ‘अहिले प्रदेशमा सङ्कट आएको छ त्यसको व्यवस्थापन हाम्रो मुख्य योजना हो । ’

    प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको छ । प्रदेशको सबै जनशक्ति विपद् व्यवस्थापन, उद्धार र राहतमा लाग्न समेत सर्कुलर गरिने उनले बताइन् ।

  • सुदूरपश्चिममा नेकपा एस संसदीय दलको बैठक बस्दै, दलको नेतामा तामाङ र सोडारीको चर्चा

    सुदूरपश्चिममा नेकपा एस संसदीय दलको बैठक बस्दै, दलको नेतामा तामाङ र सोडारीको चर्चा

    कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एसको संसदीय दलको बैठक बस्दैछ । सोमबार दिउँसो १ बजे दलको बैठक आह्वान गरिएको नेकपा एसकी केन्द्रीय सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

    ‘बैठक बस्ने समय तय भएको छ तर, एजेन्डा तय भएका छैनन्’ उनले भनिन्, ‘दलले मान्यता पाएपछि पहिलोपटक हामी बस्दै छौँ, केही बिषयमा छलफल होला । ’

    सभामुखसहित २५ जना प्रदेशसभा सदस्य रहेको एमाले विभाजन भन्दा पहिले प्रदेशको सबै भन्दा ठूलो दल थियो । अहिले एमाले सभामुखसहित ११ सदस्यमा सीमित भएर चौथो दल भएको छ भने १४ सांसदसहित नेकपा एस सबै भन्दा ठूलो दल भएको छ ।

    सबैभन्दा ठूलो दल रहेको नेकपा एसले आजको बैठकबाट दलको नेता छनोट गर्ने–नगर्ने भन्ने टुंगिएको छैन । आज सामान्य छलफल मात्रै भएको हुँदा सोमबार दलको नेता चयन नहुने सांसद तारालामा तामाङले बताए ।

    ‘हामीले छलफल गर्न बस्ने भनेका छौँ तर, आजै दलको नेता छनोट गर्ने बिषयमा छलफल भएको छैन ’ उनले भने ‘दलको नेता छनोटको बिषयमा फेरि छलफल होला । ’

    जेठ २ मा तामाङ एमाले कञ्चनपुरको अध्यक्ष थिए। अहिले नेकपा एसको दलको नेताका आकांक्षी हुन् ।

    त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी पनि दलको नेताका आकांक्षी हुन् । उनीहरु दुई मध्ये एक जना दलको नेता बन्न सक्ने बताइएको छ ।

    त्यसका अलवा प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी र पूर्व उद्योग, वन तथा वातावरणमन्त्री माया भट्ट पनि दलको नेताको आकांक्षी रहेको बताइएको छ ।

    उनीहरु दुबै जना नेकपा एसका केन्द्रीय सदस्य हुन् ।

    ‘अहिलेसम्म दलको नेतामा चारजनाको नाम चर्चामा छ ’ नेकपा एसका एक सांसदले भने ‘प्रदेश सांसदमा सोडारी पक्षका धेरै छन् । केन्द्रमा सन्तुलन मिलाउन तामाङलाई बताउने सम्भावना छ । तामाङ र सोडारीमध्ये एकजना दलको नेता चुनिने सम्भावना छ ।’

  • नेकपा एसतिर नलाग्ने भन्दै सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिँदै

    नेकपा एसतिर नलाग्ने भन्दै सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिँदै

    कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने भएका छन् ।

    नेकपा एमाले सांसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले एमाले विभाजनपछि एमालेमै रहने भन्दै राजिनामा दिन लागेका हुन् । राज्यमन्त्री गहतराजले पनि एमालेमा रहेने भन्दै मुख्यमन्त्रीलाई राजीनामा दिन लागेकी बताइएको छ ।

    ‘राजीनामाको अन्तिम तयारी भइरहेको छ’, अर्थ मन्त्रीनिकट स्रोतले भन्यो, ‘साँझ ५ बजे सम्म राजीनामा दिनुहुन्छ ।’

    विगतमा शाह र गहतराज दुवै माधव नेपालको समूहमा थिए । तर दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन्।

    एमाले केन्द्रीय कमिटीले यसअघि नै सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको थियो ।

    २५ प्रदेशसभा सदस्य रहेको एमालेबाट समाजवादीमा १४ जना प्रदेशसभा सदस्यले सनाखत गरेका छन् । अहिले नेकपा समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । एमाले इतरका दलहरूले सरकार संचालन गर्ने तयारी गरेपछि शाह र गहतराजले राजीनामा दिन लागेका हुन् ।

  • सुदूरपश्चिमका आठमध्ये सात समानुपातिक सांसद एकीकृत समाजवादीमा

    सुदूरपश्चिमका आठमध्ये सात समानुपातिक सांसद एकीकृत समाजवादीमा

    कैलाली । सुदूरपश्चिम प्रदेशमा एमालेबाट निर्वाचित सात समानुपातिक सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । सुदूरपश्चिम प्रदेशमा सभामुखसहित एमालेका २५ सांसद थिए । तीमध्ये ८ जना समानुपातिक सांसद हुन् ।

    पहिलो चरणमा मंगलबार १० जना सांसदले नेकपा एसको पक्षमा सनाखत गरेका थिए । तीमध्ये आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मना साउद, प्रमुख सचेतक दुर्गा विक, सांसद सुशीला बुढाथोकीले सनाखत गरेका थिए ।

    सोमबार थप एक समानुपातिक सांसद माया तामाङ बोहराले पनि नेकपा एसको पक्षमा सनाखत गरेकी हुन् । मंगलबार सनाखत गरेका ६ जना यसअघि पनि माधव नेपाल पक्षमै थिए । तर, सोमबार सनाखत गरेकी तामाङ भने यसअघि ओली पक्षमा थिइन् ।

    उनले मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा पनि विपक्षमा मतदान गरेकी थिइन् । अहिलेसम्म एमालेबाट निर्वाचित समानुपातिक सांसद अर्चना गहतराज मात्रै एमालेमा छिन् । उनी आर्थिक मामिला तथा योजना राज्य मन्त्री हुन् । उनले यसअघि नै एमाले छोड्न नसक्ने बताएकी छन् ।

    एमालेमा १७ जना प्रत्यक्ष निर्वाचित सांसद हुन् । तीमध्ये भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व उद्योग वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावल, पूर्वप्रमुख सचेतक तारा लामा तामाङ, सांसद कुलवीर चौधरी, अमर साउद र बलबहादुर सोडारीले नेकपा एसमा सनाखत गरिसकेका छन् ।

    सोमबारसम्म नेकपा एसमा समानुपातिक ७ सहित १४ सांसदले सनाखत गरेका छन् । १४ सांसदले सनाखत गरेसँगै नेकपा एस प्रदेशको सबै भन्दा ठूलो दल बनेको छ । यहाँ माओवादीका १३, कांग्रेसका १२, एमालेका ११ र जनता समाजवादी पार्टीमा २ सांसद छन् ।

  • सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा नेकपा एस ठूलो दल, थप तीन सांसदको सनाखत

    सुदूरपश्चिम प्रदेशसभामा एमालेभन्दा नेकपा एस ठूलो दल, थप तीन सांसदको सनाखत

    कैलाली । सुदूरपश्चिममा एकीकृत समाजवादी एमालेभन्दा ठूलो दल बनेको छ । सुदूरपश्चिम प्रदेशका थप तीन सांसदले एकीकृत समाजवादी रोजेपछि एमाले सानो दल भएको हो ।

    सांसदहरु तारालामा तामाङ, दीर्घ सोडारी र प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गराएका हुन् ।

    अब सुदूरपश्चिम प्रदेशसभामा एमालेका सभामुखसहित १२ र एकीकृत समाजवादीका १३ सांसद भएका छन् ।

     

  • सुदूरपश्चिमका १० सांसद एकीकृत समाजवादीमा, केही सांसदको सनाखत बाँकी

    सुदूरपश्चिमका १० सांसद एकीकृत समाजवादीमा, केही सांसदको सनाखत बाँकी

    कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर १० सांसद नेकपा एकीकृत समाजवादीमा लागेका छन् । आज उनीहरुले निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

    आज एकीकृत समाजवादीमा पूर्णा जोशी, कुलवीर चौधरी, सुशील बुढाथोकी, लाल बहादुर खड्का, माया भट्ट, चुन कुमारी चौधरी, अमर साउद, मना साउद, दुर्गा विक र बलबहादुर सोडारीको सनाखत भएको हो ।

    बाँकी केही सांसदको कागजात नपुगेर सनाखत हुन नसकेको एकीकृत समाजवादीले जनाएको छ । एकीकृत समाजवादीले आफ्नो पक्षमा १४ सांसद रहेको दावी गरेको छ ।

    निर्वाचन आयोगले २२ गतेसम्म पार्टी रोज्न पाउने व्यवस्था गरेपछि सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले आज सनाखत गरेका हुन् ।

    सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद थिए । यहाँ माओवादी केन्द्रको १२, कांग्रेसका १२ र जसपाका २ सांसद छन् ।

  • भीम रावलबाट जोगाउन सुदूरपश्चिममा नेकपा एसका सांसदको आजै सनाखत गराइँदै

    भीम रावलबाट जोगाउन सुदूरपश्चिममा नेकपा एसका सांसदको आजै सनाखत गराइँदै

    कैलाली । सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर नेकपा एकीकृत समाजवादी भएका सांसदको आज सनाखत गर्ने तयारी छ । निर्वाचन आयोगले २२ गतेसम्म पार्टी रोज्न पाउने व्यवस्था गरेपछि सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूको आजै सनाखत हुन लागेको प्रदेशसभा सदस्य पूर्णा जोशीले जानकारी दिइन् ।

    आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका हुन् । एमालेमा १० बुँदे सहमतिको कार्यान्वयन र पार्टी संरचना जेठ २ मा ब्युँतिएसँगै भीम रावलले सुदूरपश्चिम इन्चार्जको भूमिका पाइसकेका छन् । आज त्यहाँ जान लागेका रावलले व्यक्ति-व्यक्तिगसँग डिल गरिरहेकाले प्रदेश सदस्यहरुको मन भाँडिदिने डरले एकीकृत समाजवादीले आजै सबैको सनाखत गर्न लागेको हो ।

    सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद छन् । नेकपा एकीकृत समाजवादीले आफूसँग १४ सांसद हुने दावी गरेको छ।

    ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ५२ सांसद छन् । अहिले सभामुखसहित एमालेका २५, माओवादी केन्द्रको १२ कांग्रेसका १२ र जसपाका २ सांसद छन् ।

    प्रदेश निर्वाचन अधिकारी प्रेम भट्टले आजै सनाखत गर्न आउने जानकारी गराइएको बताए ।

  • सुदूरपश्चिमबाट एमालेका पाँच केन्द्रीय सदस्य र छ सांसद एकीकृत समाजवादीमा

    सुदूरपश्चिमबाट एमालेका पाँच केन्द्रीय सदस्य र छ सांसद एकीकृत समाजवादीमा

    कैलाली । नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीमा सुदूरपश्चिम प्रदेशबाट एमालेका पाँच केन्द्रीय सदस्य र छ सांसद लागेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा एमालेका २३ केन्द्रीय सदस्य छन् । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि पेश भएको नामावलीको सनाखतमा चारजना परेका हुन् ।

    कैलालीकी मदनकुमारी शाह ‘गरिमा’, कञ्चनपुरका रामकुमार ज्ञवाली, डडेल्धुराकी निरादेवी जैरु,विक्रम शाही, र डोटीका प्रेमबहादुर आलेले सनाखतमा गरेका हुन् ।

    यसअघि माधव पक्षमै रहेका केन्द्रीय सदस्य भीम रावल, झपट रावल, र प्रकाश शाहले माधव नेपालको साथ छाडेका छन् ।

    चारजना बाहेक लेखराज भट्ट, कर्ण थापा, महेश्वर पाठक, राजेन्द्र रावल, दीपक देवकोटा, नारदमुनि राना, लालबहादुर विक, लीला भण्डारी, गौरी ओली, पुरनसिंह दयाल, गणेशसिंह ठगुन्ना, लालबहादुर थापा, निरु पाल र भैरव सिंह एमालेमै रहेका छन् ।

    यद्यपी भानुभक्त जोशी,लिला भण्डारी,लेखराज भट्ट,दिपक देवकोटा,गौरी ओली,लालवहादुर विक,राजेन्द्रसिंह रावललगायत केही सदस्य २०३ सदस्यीय केन्द्रीय कमिटीका सदस्य होइनन् । उनीहरु नेकपाकालको निरन्तरता हुन् ।

    रावल तारा लामा तामाङसँग जिल्ला अध्यक्षमा पराजित भएका हुन् । महाधिवेशन प्रतिनिधि हारेका रावललाइ एमाले माओवादी एकीकरणका बेला केन्द्रीय सदस्य नियुक्त गरिएको थियो ।

    २० मध्ये छ सांसद एकीकृत समाजवादीमा

    सुदूरपश्चिम प्रदेशका एमालेका ११ प्रत्यक्ष र समानुपातिकका ५ सांसद छन् भने राष्ट्रियसभामा चारजना सहभागी छन् ।

    कुल २० सांसदमध्ये एकीकृत समाजवादीमा ६ जना सांसद लागेका छन् । तीमध्ये ५ जनाले मात्रै सनाखत गरेका छन् ।

    निरा देवी जैरु, प्रेम बहादुर आले, लक्ष्मी चौधरी, विना बुढाथोकी र शेरबहादुर कुँवरले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । नेकपा एकीकृत समाजवादीमा रहेर पनि पहिलोपटक दल दर्ताको बेला हस्ताक्षर नभएकाले शारदा भट्टको सनाखत हुन सकेन ।

    राष्ट्रियसभामा चारमध्ये भट्ट र कुँवर नेकपा एकीकृत समाजवादीतर्फ लागे पनि कञ्चनपुरका इन्दु कडरिया विष्ट, डडेल्धुराका चक्र स्नेही एमालेमै रहेका छन् ।

    प्रत्यक्ष निर्वाचित ११ जनामध्ये आले एक्लैले नेपाललाई साथ दिएका छन् । त्यसबाहेक कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरवसिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी एमालेमै छन् ।

    यसअघि नेपाल पक्षमा रहेका अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपकप्रकाश भट्ट एकीकृत समाजवादीमा गएनन् ।

    समानुपातिकमा प्रदेशका ५ जनामध्ये कैलालीकी लक्ष्मी चौधरी, डडेल्धुराकी निरादेवी जैरु र कञ्चनपुरकी विना बुढाथोकी नयाँ पार्टीमा गए ।

    कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक एमालेका छन् ।

  • सुदूरपश्चिमका दुई जसपा सांसदले छाडे महन्थको साथ

    सुदूरपश्चिमका दुई जसपा सांसदले छाडे महन्थको साथ

    कैलाली । जनता समाजवादी पार्टी (जसपा) का दुईजना प्रदेशसभा सदस्यहरूले महन्थ ठाकुरको साथ छोडेका छन् ।

    विगतमा महन्थ-राजेन्द्र पक्षमा रहेका प्रदेशसभा सदस्य कृष्ण चौधरी र मालामती कुमारी चौधरीले उनीहरूको साथ छाडेका हुन् । उनीहरू दुवै तत्कालीन राष्ट्रिय जनता पार्टीका हुन् ।

    समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकतापछि जसपा बनेको थियो । उनीहरू दुवैजनाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने समयमा एमालेको ओली समूहसँगै विश्वासको मतको विपक्षमा मतदान गरेका थिए । उपेन्द्र यादवले पार्टी आधिकारिकता पाएसँगै उनीहरूले ठाकुरको साथ छाडेका हुन् ।

    प्रदेशसभा सदस्य राना हिजोदेखि काठमाडौंमा शुरू केन्द्रीय कार्य समितिको प्रथम बैठकमा सहभागी भएकी छन् । अर्का सांसद चौधरीले स्वास्थ्य समस्या भएका कारण बैठकमा जान नसकेको बताए ।

    ‘हामीले कसैको साथ छोडेको भन्ने होइन । हामी आधिकारिक लाइनमा उभिएका हौँ’ सांसद रानाले भनिन्, ‘हाम्रो लागि व्यक्तिभन्दा पार्टी ठूलो कुरा हो । ’

    उनले अन्तिम समयसम्म पनि पार्टी एकताबद्ध रहनु पर्छ भन्दै आइरहेको दावी गर्दै भनिन्, ‘हामीले एकताको लागि दबाब दिइरहेका थियौँ तर भएन । हामी पार्टीमै छौँ ।’ संविधानसभा सदस्यसमेत रहेकी उनी प्रदेशसभामा समानुपातिक सांसद हुन् ।

    केन्द्रीय कार्य समितिको प्रथम बैठकमा नगए पनि आफू आधिकारिक पक्षमा रहेको सांसद चौधरीले बताए । उनले अझैसम्म पार्टी विधिवत रूपमा नफुटेको भन्दै आफू जसपामै रहेको दावी गरे ।

    उनी कैलालीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

  • …त्यसपछि रावललाई भेट्न पुगेका थिए माधव नेपाल

    …त्यसपछि रावललाई भेट्न पुगेका थिए माधव नेपाल

    कैलाली । आइतबार भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएपछि पहिलो पटक बुधवार एमालेका नेता माधव नेपाल र रावलबीच भेटवार्ता भएको छ ।

    पार्टी एकताको लागि नेपाल पक्षबाट रावलको नेतृत्वका कार्यदल तयार गरिएको थियो । तर, कार्यदलले तयार गरेको सहमतिमा माधव नेपालले असन्तुष्टि व्यक्त गरेपछि रावल र नेपालबीच दूरी बढेको थियो ।

    सहमति कार्यान्वयन नभएको र विश्वासको मत दिने दिन छलफल नभएको भन्दै आइतबार राजीनामा दिएका रावललाई मनाउन सुदूरपश्चिम प्रदेशका मन्त्रीसहित १२ सांसद रावल निवास टोखा पुगेका थिए ।

    नेपाल पक्षका सांसद मात्रै टोखा पुगेका हुन् । २५ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख बाहेकका २४ जना सदस्य मध्ये ओली पक्षमा ७ जना र नेपाल पक्षमा १७ जना रहेका छन् । १७ जना नै रावलले राजीनामा फिर्ता लिनु पर्ने पक्षमा रहेको उनीहरु बताउँछन् ।

    प्रदेशसभा सदस्यहरूले रावललाई भेटेपछि १० बजे एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगे । १२ सांसद सहित केही नेताहरू पनि उक्त छलफलमा थिए । कोटेश्वरमा करिब ३० मिनेट सम्म चलेको छलफल पछि बुधबारनै साँझ रावल भेट्न नेता नेपाल टोखा पुगेका हुन् ।

    नेपाललाई सुदूरपश्चिम प्रदेशबाट गएको टोलीले जुनसुकै अवस्थामा पनि भीम रावलको राजीनामा फिर्ता गराउनुपर्ने बताएका थिए । प्रदेशको टोलीबाट एमाले प्रदेश संसदीय दलका नेता प्रकाश शाहले रावलको राजीनामाले नेपाल समूहभित्रै अविश्वास सृजना हुने र देशभर यसको गलत सन्देश जाने बताएका थिए ।

    ‘दलको नेताले नेपाललाई सुरुमा राजीनामा फिर्ता लिन लगाउनु प¥यो भन्नुभयो । अनि पार्टी एकताको लागि सशक्त रूपमा उभिनुपर्छ भन्नुभयो,’ छलफलमा सहभागी एक सांसदले भने, ‘एउटै टिमभित्र अविश्वास गर्नु राम्रो भएन । यसले देशभरका कार्यकर्ताहरूमा असर पर्छ भन्ने सुझाव नेपाललाई दिनुभयो’

    जवाफमा माधव नेपालले आफूले राजीनामा फिर्ता लिन पहल गर्ने बताएका थिए ।

    ‘म पहल गर्छु । अहिलेसम्म सबैलाई समेटेर लगेको छु । मलाई पनि नेता बनाउनु भएको छ,’ नेपालले भनेका थिए । करिब ३० मिनेटको छलफलमा पार्टीको आगामी रणनीतिको विषयमा त्यति धरै कुराकानी भएन । तर, नेपालले विश्वासको वातावरण अझै नबनाएको हुँदा पार्टी एकतामा समस्या भइरहेको सुनाएका थिए ।

    ‘विश्वासको वातावरण अध्यक्षले सृजना गर्नुपर्ने हो । सुरुदेखि अहिलेसम्म विश्वास गर्न लायक काम भएको छैन’ नेपालले भनेका थिए, ‘सबै ठाउँमा जालझेल भयो । विश्वास गर्ने भरपर्दो आधार भएपछि मात्रै एकताका लागि सहमत हुन्छौं ।’

    छलफल फेरि राजीनामा फिर्ता गराउनेतर्फ केन्द्रित भयो । प्रदेशसभा सदस्यहरूले भीम रावलले राजीनामा फिर्ता नलिए आफूहरूले पनि सामूहिक राजीनामा दिने चेतावनी दिएका थिए । त्यसपछि नेपाल थप गम्भीर बनेका हुन् ।

    नेता नेपालले रावलको निर्णयबाट आफू पनि आश्चर्यचकित बनेको भन्दै फिर्ता लिन पहल गर्ने आश्वासन प्रदेश सदस्यहरुलाई दिएका थिए । छलफलमा सहभागी १२ सांसदसहित अन्य नेताहरूलाई भने रावलले राजीनामा दिनुको कारण बारे बिहानै प्रस्ट पारेका थिए ।

    कार्यदलको संयोजक भएर १० बुँदे सहमति भएपछि विश्वासको मत लिने बेला छलफल नै भएन । त्यसपछि उनलाई नैतिक संकट पैदा भयो । रावल निवास टोखामा भएको छलफलमा सहभागी एक सांसदले भने, ‘विश्वासको मत दिँदा आफैं कार्यदलको संयोजक भएकाले पार्टी एकतामा बाधा पुग्ने, मत नदिँदा केपी ओलीलाई समर्थन गरेको देखिने । त्यही भएर उहाँले राजीनामाको बाटो रोज्नु भएको हो ।’

  • बादी महिलाको बेदनाः भगवानले पनि दुखीलाई नै दुःख थप्दा रहेछन्

    बादी महिलाको बेदनाः भगवानले पनि दुखीलाई नै दुःख थप्दा रहेछन्

    कैलाली । चार वर्षको छोरा काखी च्यापेर सिमसिम पानीमा रुझ्दै एकोहोरो टोल्हाइरहेकी थिइन्, सरिताकुमारी बादी । छोरा केही खानका लागि रोइरहेको थियो, तर खानका लागि दिने केही नभएपछि सरिताको गह भरियो ।

    चार वर्षअघि मुटुको अपरेशन गरेकी सरिताको जीवनमा कहिल्यै सुख आएन । रोगले थलिएकै बेला श्रीमानले साथ छाडे । त्यसपछि १० वर्षकी छोरीको सहारामा बाँचिन् ।

    योबीचमा उनी रोजगारीका लागि भारत, दुवई र अरब गइन् । जहाँ उनले पैसा होइन, पीडा मात्रै पाइन् ।

    अहिले उनका तीन छोरी र एक छोरा छन् । अहिलेसम्म उनीहरु कसैको नागरिकता बनेको छैन ।

    १९ वर्षकी जेठी छोरी र १६ वर्षकी माइली छोरीलाई अरुले नै पढाइरहेका छन् । १४ वर्षकी अर्की छोरीले अहिलेसम्म विद्यालय देखेकी छैनन् । सरिता अहिले काखे छोरा बोकेर बाँच्न र छोराछोरी बँचाउनकै लागि संघर्ष गरिरहेकी छिन् ।

    ‘म बिरामी छु कति बेला के हुन्छ थाहा छैन’ वेदना पोख्दै उनले भनिन्,‘ हामी दुखिलाई त भगवानले पनि दुख मात्रै दिने रहेछ ।’

    केही वर्ष पहिले श्रीमानले साथ छोडेपछि उनको परिवारमा थप आर्थिक संकट आएको छ । बिहान बेलुकी छाक टर्न पनि सकस हुन थालेपछि उनी माइतीमै बसिन् र पालिइन् ।

    सरिताका श्रीमानको बुवाआमाको पनि अत्तोपत्तो छैन । उनले आमाको नामबाट नागरिकता बनाइन् ।

    ‘छोरा ठूलो हुँदै गयो । कसरी पाल्ने भन्ने चिन्ता छ । हामीलाई त सरकार भएको जस्तो पनि छैन’ उनले भनिन्, ‘एउटा सामान्य रोजगारी दिए हुन्थ्यो । गाँस, बास र कपासको व्यवस्था भए हुन्थ्यो ।’

    डोटीकी सरिता बादीको जस्तै पीडा र समस्या दार्चुलाकी धना बादीको पनि छ । आफ्नो घर जग्गा नहुँदा उनको परिवार सडकमै बसिरहेका छन् ।

    ‘हामीलाई धेरै समस्या छ । दुई छाक पनि कसरी खाने भन्ने चिन्ता हुन्छ’ उनले भनिन् , ‘बस्ने ठाउँ पनि छैन । गर्ने काम पनि छैन । यसरी त भोकै मरिन्छ होला ।’

    धनाका पनि ५ सन्तान छन् । उनीहरुले पनि अहिलेसम्म नागरिकता पाएका छैनन् । जेठी छोरीको उमेर २१ वर्ष भयो । उनको विवाह भइसकेको छ । तर, पनि नागरिकता नपाएको धनाले बताइन् ।

    उनको साथमा अहिले १९ वर्षकी छोरी, १२ वर्षका छोरा र ८ वर्षकी छोरी छन् । उनीहरूलाई जेनतेन पालिरहेको उनी बताउँछिन् ।

    ‘मजदुरी गर्न पाएको दिन एक किलो चामल किनेर खुवाउँछु । काम नपाएको दिन भोकै हुन्छौँ’ उनले भनिन् ‘हामी भोकै मर्ने अवस्था आउँदा पनि कसैलाई कुनै चासो छैन ।’

    स्थायी बसोबास नहुँदा कहिले सडकमा, कहिले ओडारमा त कहिले अर्काको गोठमा बस्ने गरेको उनले पीडा पोखिन् ।

    ‘हामी रोडमा बस्ने गरेका थियौं । अहिले त्यहाँ पनि आरा मिल राखेका छन्’ पीडा पोख्दै उनले भनिन्, ‘गोठ खोज्छौँ, सफा गछौँ र त्यहीं बस्छौँ ।’

    विगतदेखिनै निकै सास्ती बेहोर्दै आएका बादी समुदायमा कोरोना महामारीले थप सास्ती दिएको बादी अधिकार संघर्ष समितिकी अध्यक्ष मिठु बादीले बताइन् ।

    ‘कोही भारत गएका थिए, कोही विदेश थिए । उनीहरु नेपाल फर्किएका छन् । त्यसैले धेरै समस्या छ’ उनले भनिन्, ‘अहिले कोही ओडारमा छन् । कोही गोठमा बसेका छन् । उनीहरूलाई खान पनि समस्या छ ।’

    ‘बच्चाहरूलाई रोजगारी र दिदीबैनीलाई व्यवसाय दिनु पर्छ’ उनले भनिन्, ‘हामीलाई आफ्नो जमिन चाहियो । बस्ने ठाउँ भए पो हामी रोजगारी गरौँला ।’

    २०६५ पुस २३ गते बादी समुदायका महिलालाई बाध्यात्मक यौन पेसाबाट छुटाएर पुनःस्थापना गर्ने निर्णय भएको थियो । तर, सरकारले पुनः स्थापनामा ध्यान नदिँदा अझै पनि उनीहरु यौन पेसा अंगाल्न उनीहरु बाध्य छन् ।

    सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लामा बादी समुदायको बसोबास छ । करिब १० हजार बढी बादी समुदायका नागरिक यहाँ रहेको बताइएको छ ।

    कैलालीको टिकापुर, लम्कि चुहाको बलचौर र बर्दगोरीयाको मुढामा उनीहरु बसिरहेका छन् ।

    यहाँ केही परिवार अहिले पनि नागरिकताबिना बसिरहेका छन् । बुवाको पहिचान नहुँदा सन्तानहरू आमाले पालिरहेका छन् ।

    केही समयअघि मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउन आएका बादी समुदायका महिलाहरूले देहव्यापारको लागि लाइसेन्ससमेत मागेका थिए ।

    बाध्यताले महिलाहरू लाइसेन्स माग्नसम्म पुगेको बादी समुदायकी अगुवा तथा प्रदेशसभा सदस्य उमा बादीले बताइन् ।

    ‘यौन शोषण गराउने सरकारको चाहाना हो भने लाइसेन्स देओस् भनेका हुन्,’ उनले भनिन्, ‘बादी समुदायका नागरिकको यो बाध्यता हो ।’

    उनले भनिन्, ‘अहिले पनि यौन शोषण छ । यता कोरोनाको कहर छ अर्कोतिर पेटको आगो छ । बालबच्चा छन् । परिवार चलाउन पनि यौन पेसा अपनाउनुपर्ने बाध्यता अझै छ ।’

    यही नियतिबाट कयौँ बादी महिला एचआईभी संक्रमित भए । कयौँ पाका उमेरका महिला पनि यौन शोषणमा परे । बाबुको पहिचान नभएका कयौँ बालबालिका अहिले पनि बाबु कुरिरहेका छन् ।

  • सुदूरपश्चिमबाट माधव पक्षमा दुई सांसद थपिए, रावल ‘मध्यमार्गी’

    सुदूरपश्चिमबाट माधव पक्षमा दुई सांसद थपिए, रावल ‘मध्यमार्गी’

    कैलाली । प्रतिनिधिसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमाले सांसदहरुमध्येको संस्थापन पक्षका धेरै छन् । प्रत्यक्षतर्फ १६ निर्वाचन क्षेत्रमा एमालेका ११ सांसद थिए तर, आइतबारबाट सुदूरपश्चिम प्रदेशका एक सांसदले ओलीको साथ छोडेका छन् ।

    ओली पक्षमा ९ जना जना सांसद रहेकोमा अहिले त्यो संख्या घटेर ८ पुगेको छ । नेपाल पक्षमा ३ जना मात्रै थिए । त्यो संख्या एकले बढेको छ। भीम रावलले राजीनामा दिएपछि उनको सांसद पद रहेन ।

    समानुपातिकसमेत जोड्दा ओली पक्षमा १२ र नेपाल पक्षमा ५ जना हुन्छन् । कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरवसिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा छन् ।

    डोटीका प्रेम आले पनि केहि समय अघि सम्म ओली पक्षमा थिए । आइतबार उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर नेपाल पक्ष रोजेका छन् ।

    नेपाल पक्षमा आलेसँगै अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपक प्रकाश भट्ट छन् । भट्ट नेपाल पक्ष भित्र पनि घनश्याम भुसाल निकट हुन् ।

    आइतबार झपट रावल र दीपक प्रकाश भट्टले एमाले जगाउने भन्दै सांसदबाट बाहिरिएका थिए ।

    नेपालका सबैभन्दा विश्वासपात्र मानिएका अछामका भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएर उनी मध्यमार्गी बन्न खोजेका छन् ।

    प्रतिनिधिसभामा एमालेको तर्फबाट समानुपातिकमा प्रदेशका ५ जना थिए ।

    विगतमा नेपाल पक्षमा कैलालीकी लक्ष्मी चौधरी र डडेल्धुराकी निरादेवी जैरु मात्रै थिए । आइतबार कञ्चनपुरकी विना बुढाथोकीले पनि देउवालाई विश्वासको मत दिएर नेपाल पक्ष रोजेकी छन् ।

    अहिले कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक मात्रै ओली पक्षमा देखिएका छन् ।

  • सीमाको व्यथा, सिंहदरबारलाई के थाहा !

    सीमाको व्यथा, सिंहदरबारलाई के थाहा !

    कैलाली । गएकाे आइतबार मध्यान्न १२ बजे । धनगढीकाे उखरमाउलाे गर्मी । गौरिफन्टा नाकामा असिन पसिन हुँदै ३ सय भन्दा बढी लाइनमा छन् ।

    लाइनको बीचमा छिन् बझाङ कि हिरा बोहरा । ९ महिनाको शिशु पिठ्युँमा झुन्डिएको छ । २ वर्षकी छोरीको हात समातेर डोहोर्‍याइरहेकी छन् ।

    हतार हतारमा सीमा काट्दै गर्दा नेपाल प्रहरीका एक अधिकारीले सोध्छन्, ‘तपाईं कहाँ सम्मको हो ?

    ‘बेङ्लोर ।’

    ‘साथमा को को हुनुहुन्छ ?’

    ‘सबै ।’

    पिठ्युँमा बाँधिएको शिशुको आवाज सुनिन्छ, ‘च्यायाँ, च्याया…।’

    त्यसपछिको सवाल जवाफ उनीसँगै रहेका जयराम बोहरासँग हुन्छ ।

    ‘हाम्रो सबै परिवारका सदस्य उतै हुनहुन्छ’ उनले प्रहरीलाई भन्दै थिए ‘अहिले भाउजू, दिदी बाबुहरू र फुपू जान लागेका हौँ ।’
    परिवारका केही सदस्य र आफन्तसहित उनीहरूको साथमा ६ जना थिए ।

    भारतमा काम गर्ने ठाउँबारे सामान्य जानकारी लिएर उनीहरूलाई प्रहरीले पठाउँछ । त्यसबेलासम्म पिठ्युँमा बाँधिएको शिशु रुन बन्द बन्द हुन्छ ।

    ‘दुई तीन दिन लाग्छ त्यहाँ पुग्न । २ बच्चालाई लिएर कसरी जाने होला,’ हिरा भन्दै थिइन् ‘हामीले त दुख पाएकै थियौँ । यी नाबालकहरूले पनि दुःख पाउने भए ।’

    ‘कसरी पुर्‍याउनुहुन्छ नानीहरूलाई यति टाढा ?’ हामीले सोध्यौं ।

    उनी मलिन भइन् । बोलिनन् ।

    ‘श्रीमान् आउनु भएन ?’प्रश्न थपियो ।

    ‘उहाँ अस्ति नै गइसक्नु भयो’ उनले भनिन् ।

    साहुले ताकेता गरेपछि श्रीमान् केही दिनअघि नै भारत गएका रहेछन् । ‘तिमीहरू आउँदै गर्नु हौ’ भन्दै काखे बालक छोडेर काममा हिँडेका श्रीमान्सँगै काम गर्न हिरा अन्य आफन्तसँग फेरि त्यहि बाटो पच्छाउँदै गैरिफन्टा पुगिन् ।

    ‘काम नगरे चुलो बल्दैन । चुलो नबले भोकै परिन्छ । त्यसैले त पूरै परिवार भारत जानुपर्छ,’ उनले निदाएको शिशुको मुहार हेर्दै भनिन्, ‘हामीले जुनी भारतमै कटायौँ । यिनीहरूको पनि यस्तै हुन्छ कि भन्ने ठूलो पीर छ ।’

    उनी फेरि गम्भीर भइन् ।

    हिराको जस्तै समस्या बझाङबाटै भारतमा काम गर्न जाँदै गरेकी मनिषा बोहराको पनि छ । उनको काखमा पनि सन्तान निदाएको छ । मनिषाले २० वर्ष भारतमै कटाइन् । अझै कति वर्ष उतै कट्ने हो त्यो भने उनलाई थाहा छैन ।

    ‘घरमा समस्या छ । भारतमा काम नगरे चुलो बल्दैन’ उनले भनिन्, ‘श्रीमान्‌सँगै बस्ने र त्यहीँ काम गर्ने भनेर हिँडेका हौं ।’ उनका श्रीमान् पनि साहुले ताकेता गरेपछि केही समयअघि नै भारत पुगिसकेका रहेछन् ।

    विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित हाल भारतमा छन् । प्रत्येक दिन दैनिक करिब १ हजार जनाले ज्यान गुमाइरहेका छन् । हालसम्म भारतमा २ करोड ९५ लाख ५ हजार ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो विषयमा भारतमा मजदुरी गर्न जाने नेपालीलाई जानकारी नभएको भने होइन । तर, नेपालमै रोजगारीको व्यवस्था नहुँदा उनीहरू सस्तोमा श्रम बेच्न भारत जान बाध्य छन् ।

    बझाङका जयराम बोहरा पनि नेपालमा उचित व्यवस्थापन नहुँदा बाध्यताले भारत जानु परेको बताउँछन् । उनी गत महिना मात्रै घर फर्किएका थिए । आइतबार उनी पनि भारत जानेहरूको भीडमा भेटिए । भारतमा संक्रमितहरूको अवस्थाबारे थाहा पाउँदा पाउँदै पनि जानुपरेको उनले बाध्यता सुनाए ।

    ‘अहिले भारत भन्दा नेपाल धेरै सुरक्षित छ । एक महिनाअघि पनि हामी बाँचिन्छ कि भनेर फर्किएका हौँ,’ उनले भने, ‘अब यहाँ बसेर के गर्नु भन्ने हुन थाल्यो । भएको पैसा सकियो अनि भारत जान थालेका हौँ ।’

    उनी ७ वर्षदेखि भारतमा मजदुरी गरिरहेका छन् ।

    भारतमा कोरोना संक्रमणको भयावह अवस्था आँखैअगाडि देखेर सागर नेपाली २ महिना पहिले नेपाल फर्किएका थिए । त्यो बेला उनी अब कहिल्यै भारत नजाने यतै इलम गर्न भन्दै फर्किएका हुन् ।

    तर, आफूसँग भएको रकम सकिएपछि उनी पनि जानै पर्ने भयो ।

    ‘नेपालमै बस्न हामीलाई रहन नभएको होइन । तर, यहाँ बेरोजगार भएर बस्नु भन्दा उतै जानु उपयुक्त लाग्यो,’ उनले भने, ‘कहिल्यै जान्न भनेर फर्किएको हुँ । दुई महिनामै जान बाध्य भएँ ।’

    अहिले उनीहरू जस्ता हजारौं नेपाल भारत गइरहेका छन् । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्ती कञ्चनपुरका अनुसार आइतबार मात्रै ७ सय १३ जना नेपाल भारत गएका छन् ।

    त्रिनगर नाका हुँदै पछिल्लो २ महिनामा १६ हजार २ सय ८१ नेपाली भारत गएका छन् । बैशाख महिनामा ४ हजार २ सय ९३ र जेठ महिनामा १२ हजार ४२ जना भारत प्रबेश गरेको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।

    ‘अहिले प्रत्येक दिन ५ सय भन्दा बढी नेपाली भारत गइरहेका छन् । कहिले त ८ सय सम्म पुग्छन्’ इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश बिष्टले भने, ‘भारत जानेहरुको संख्या बढ्दो क्रममा छ ।’

  • सुदूरपश्चिम मुख्यमन्त्रीले मागे विश्वासको मत, मतदान प्रक्रिया सुरू

    सुदूरपश्चिम मुख्यमन्त्रीले मागे विश्वासको मत, मतदान प्रक्रिया सुरू

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन सांसदसँग आह्वान गरेका छन् । यससँगै अहिले मतदानको तयारी भइरहेको छ ।

    बैठकमा बोल्दै मुख्यमन्त्री भट्टले सबैसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए ।

    ‘सुदूरपश्चिममा ठूला-ठूला काम गर्नुपर्ने छ, यसका लागि संघीय सरकारसँग साझा संकल्पसहित सदनलाई एकतावद्ध गरेर अघि लिएर जान प्रतिवद्ध छु’ उनले भने ।

    आफूले कुनै दल विशेषलाई नभएर सबैसँग मत मागेको उनको भनाइ छ ।

    ‘म सभामुखमार्फत आग्रह गर्छु, सबैले मलाई विश्वासको मत दिनुस्,’ उनले भने, ‘म सबै माननीयहरूको सुझावका आधारमा साझा एजेन्डा बनाएर काम गर्नेछु ।’

    मुख्यमन्त्रीको सम्बोधनपछि मतदान प्रक्रिया सुरू भएको छ । एमाले संसदीय दलले सरकारलाई विश्वासको मत दिने निर्णय लिइसकेकाले सरकार ढल्ने सम्भावना छैन ।

  • सुदूरपश्चिममा प्रि- बजेटकाे छलफल शुरु

    सुदूरपश्चिममा प्रि- बजेटकाे छलफल शुरु

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट ल्याउने तयारी गरिरहेको छ । प्रदेश सरकारले प्रदेश सभामा बजेट सम्बन्धी छलफल शुरु गरेको छ ।

    आइतबार बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकतासहित पूर्व बजेट छलफलका लागि तयार गरिएको दस्ताबेज पेश गर्ने जनाइएको छ ।

    आठौँ अधिवेशने तेस्रो बैठकमा दस्तावेज पेश गर्ने र अर्को बैठकबाट छलफल शुरु गर्ने सरकारको तयारी छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालू वर्षभन्दा घटाएर ल्याउने बताएको छ ।

    प्रदेश सरकारले आगामी आर्थिक वर्षमा २३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको हो । संघीय सरकारको बजेटसमेत गरी २८ अर्ब सम्म पुग्ने आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

  • सुदूरपश्चिममा शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदै

    सुदूरपश्चिममा शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदै

    कैलाली । सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशन शुक्रबारबाट सुरु हुने भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन जेठ २१ गते दिउँसो ३ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    त्यस्तै जिउँदै आगो लगाइएकी डोटीको आदर्श गाउँपालिका – ४ कि लक्ष्मी भाट र उनकी छोरी अन्जुको उपचारका लागि प्रदेश सरकारले २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

    कञ्चनपुरको महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

  • कारवाही सिफारिस षड्यन्त्रपूर्ण र अनुचित भएको सुदूरपश्चिमका एमाले मन्त्रीहरूको दावी

    कारवाही सिफारिस षड्यन्त्रपूर्ण र अनुचित भएको सुदूरपश्चिमका एमाले मन्त्रीहरूको दावी

    कैलाली । सुदूरपश्चिम सरकारमा सहभागी एमालेका ६ मन्त्रीसहित ७ जनाले आफूहरूमाथि थालिएको कारवाही प्रक्रिया षड्यन्त्रपूर्ण र अनुचित भएको बताएका छन् ।

    तीन मन्त्री, तीन राज्यमन्त्री र एक सचेतकले संयुक्त विज्ञप्तिमार्फत आफूहरूमाथि लगाइएको आरोप निराधार र गलत रहेको जिकिर गर्दै कारवाही सिफारिसको विरोध गरेका छन् ।

    ‘हामीमाथि आवश्यक कारवाहीको लागि सिफारिस भन्नु षड्यन्त्रपूर्ण र अनुचित छ’ विज्ञप्तिमा भनिएको छ, ‘हामीविरुद्ध कारवाहीको लागि माग गरिएको आधारको रूपमा उल्लेख गरिएका पार्टी एकतालाई विखण्डन गर्ने पार्टी फुटाउने भन्ने लगायतका आरोपहरू निराधार र गलत छन् ।’

    भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला तथा योजना राज्यमन्त्री अर्चना गहतराज र सचेतक दुर्गाकुमारी कामीले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।

    मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारमाथिको समर्थन फिर्ता गर्न पार्टी सातैजनालाई पार्टी निर्णयविरुद्ध सरकारमा सहभागी भएको भन्दै एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले निर्धारित समयमा स्पष्टीकरणको जवाफ नदिएपछि सोमबार कारवाहीको सिफारिस गरिएको छ ।

  • माओवादी सरकारमा सामेल ६ मन्त्रीसहित ७ जनालाई एमालेको कारवाही सिफारिस

    माओवादी सरकारमा सामेल ६ मन्त्रीसहित ७ जनालाई एमालेको कारवाही सिफारिस

    कैलाली । माओवादीको सरकारमा सहभागी भएको भन्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव पक्षका ६ मन्त्रीसहित ७ जनालाई कारवाहीको लागि सिफारिस गरेको छ ।

    गत सोमबार स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन लिएको थियो । उक्त निर्णयविपरीत सरकारमा सहभागी भएका तीन मन्त्री, तीन राज्यमन्त्री र एक सचेतकलाई कारवाहीको लागि सिफारिस गरिएको प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए ।

    रावलका अनुसार २४ घण्टे स्पष्टीकरणको जवाफ नआएकाले उनीहरूलाई कारवाहीको सिफारिस गरिएको हो ।

    भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद र आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरिएको छ । त्यस्तै सचेतक दुर्गा विकलाई पनि कारवाहीको सिफारिस गरिएको रावलले बताए ।

    प्रदेश सरकारमा एमालेले समर्थन फिर्ता लिइसकेपछि एमालेको तर्फबाट ६ मन्त्री नियुक्त भएका थिए ।

  • सुदूरपश्चिममा कोरोना- एक अंकमा झर्‍यो मृत्युदर, निको हुनेहरू बढे

    सुदूरपश्चिममा कोरोना- एक अंकमा झर्‍यो मृत्युदर, निको हुनेहरू बढे

    कैलाली । पछिल्लो कहि दिन यता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर घट्दो अवस्था देखिएको छ । सुदूरपश्चिम प्रदेशमा एकै दिन ३१ जना सम्म संक्रमितले ज्यान गुमाएका थिए ।

    सबैभन्दा धेरै वैशाख २८ गते ३१ जना र वैशाख ३१ गते प्रदेशमा ३० जना संक्रमितले ज्यान गुमाएका थिए । दुई अंकमा रहेको कोरोना संक्रमितको मृत्युदर पछिल्लो ६ दिन यता एक अंकमा झरेको छ । शुक्रबार प्रदेशमा ३ जनाले मात्रै ज्यान गुमाए । दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि यो सबै भन्दा कम हो ।

    गत मंगलबार ९ जना, बुधबार ५ जना, बिहीबार ९ जना, शनिबार ७ जना र आइतबार ८ जना संक्रमितको मृत्यु भएको छ । अहिले सम्म प्रदेशमा ४९५ जनाको मृत्यु भएको छ भने, पछिल्लो ६ दिनमा ४१ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    यो अवधिमा मृत्युदर मात्रै होइन संक्रमितहरुको संख्या पनि केहि कम भएको निर्देशनालय तथ्यांकमा उल्लेख छ । मंगलबार प्रदेशमा ५३४ संक्रमित फेला परेका थिए । बुधबार ३१६, बिहीबार ३३२, शुक्रबार ३२४ शनिबार ३४० र आइतबार ३१२ जनामा संक्रमण पुष्टि भयो ।
    निको हुनेहरू बढे

    सुदूरपश्चिम प्रदेशमा विगतमा भन्दा अहिले कोरोना संक्रमितहरु निको भइरहेका छन् । ६ दिनमा २ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ हजार ७ सय ३० निको भएका छन् । शनिबार सबै भन्दा धेरै १ हजार ४५ जना निको भए । शुक्रबार ८९३, बिहीबार ५६९, बुधबार ३६२ मंगलबार ६९७ र सोमबार ७० जना निको भए । हाल सम्म प्रदेशमा २३ हजार ७ सय ८१ जना संक्रमण मुक्त भएका छन् ।

    अस्पतालमा चाप घट्यो

    कैलालीको सेती अस्पताल, टीकापुर अस्पताल, कञ्चनपुरको महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा संक्रमितहरुको उपचार भइरहेका थियो । दुई साता अघि सम्म ती अस्पतालहरूमा बिरामीलाई शय्याको चरम अभाव देखिएको थियो । तर पछिल्लो एक साता यता ती अस्पतालहरूमा पनि नयाँ संक्रमितहरु भर्ना हुने क्रम कम भएको छ ।

    सेती अस्पतालका १२२ जना सम्म भर्ना भएका थिए । अहिले ४७ जनाको मात्रै उपचार भइरहेको छ । ‘अहिले धेरै चाप कम भएको छ,’ सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले भने ।

     

  • सुदूरपश्चिमका तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्कासित

    सुदूरपश्चिमका तीन मन्त्री एमालेको साधारण सदस्यबाटै निष्कासित

    धनगढी । नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

    स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिई माओवादी सरकारमा सामेल भएकाले निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले बताए ।

    निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन् । यसैबीच माधव नेपाल पक्षमै विवादपछि कृष्ण सुवेदी र माया भट्ट आज विस्तारित मन्त्रिपरिषदमा छुटेका छन् ।

  • सुदूरपश्चिमको बजेटमा वन मन्त्रालयको मनलाग्दीः कतै कार्यकर्ता पोस्न खर्चियो, कतै खर्चै भएन

    सुदूरपश्चिमको बजेटमा वन मन्त्रालयको मनलाग्दीः कतै कार्यकर्ता पोस्न खर्चियो, कतै खर्चै भएन

    कैलाली । दार्चुलाको महाकाली नगरपालिका– ४ स्थित कैलाशपति निम्न माध्यमिक विद्यालयका लागि सुदूरपश्चिम प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालयले १० लाख रुपैयाँ दियो । सामाजिक विकास मन्त्रालयअन्तर्गत पर्ने विद्यालयलाई दिएको रकम खर्च गर्ने अख्तियारी वन मन्त्रालयले भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुरालाई दियो । उक्त कार्यालयले मन्त्रालयबाट प्राप्त रकम विद्यालयको विकासका लागि भन्दा आसेपासे र कार्यकर्ता पोस्न खर्च गरेको भन्दै आलोचना भएको छ ।

    यस वर्ष मात्रै होइन, वर्सेनि जस्तै भू तथा जलाधार व्यवस्थापन कार्यालयले यसैगरी मनलाग्दी कार्यक्रमका नाममा आसेपासेलाई रकम बाँड्ने गरेको योजनाका जानकारहरु बताउँछन् ।

    दार्चुलामा भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुरा अन्तर्गतका ३७ योजना छन् ।

    यस वर्षको लागि नीति तथा कार्यक्रममा समेटिएर रातो किताबमै उल्लेख भएको रकम काटेर प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालयले कार्यकर्ता पोस्ने गरी टुक्रे योजना ल्याएको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।

    कतै खर्च गर्नै नसकेर समस्या

    उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय धनगढीले खर्च गर्ने अख्तियारी पाएको प्रत्येक स्थानीय तहमा लघु वा घरेलु उद्योग स्थापना गर्ने ८ करोड ८२ लाख ५८ हजार रुपैयाँमध्ये मन्त्रालयले ३ करोड ५० लाख रुपैयाँ भने खर्च गर्न सकेको छैन ।

    उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले अख्तियारी पाएको पर्यटन गुरुयोजनाले सुझाएका योजनाकार्यान्वयन गर्न २ करोड रुपैयाँमध्ये १ रुपैयाँ पनि खर्च गर्न सकेको छैन ।

    प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीले पाएको संस्कृति तथा पर्यटन मेला महोत्सवमा सहकार्य (अन्य) मा रहेको १५ लाख रुपैयाँमध्ये एक रुपैयाँ प खर्च हुन सकेको छैन ।

    यस्तै विभिन्न शीर्षकमा बाँकी रहेको रकमलाई उद्योग वन तथा वातावरण मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई महाकाली नदी पर्यटन कोरिडोर र दार्चुला जिल्ला अन्तर्गतका भूसंरक्षण सम्बन्धी क्रियाकलापमा रकमान्तर गर्न दबाब दिएको थियो ।

    यसमध्ये दार्चुलामा मात्रै भूसंरक्षण सम्बन्धी क्रियाकलाप गर्न ३ करोड र दार्चुलासहित बैतडी, डडेल्धुरा र कञ्चनपुरमा नदी पर्यटन कोरिडोरका लागि ४ करोड ४० लाख रकमान्तर गरिएको हो ।

    दार्चुलामा ३ करोडमध्ये कार्यकर्ता पोस्ने गरी टुक्रे योजनामा कमिसनका आधारमा बजेट उपलब्ध गराइएको योजनासँग जानकारहरू बताउँछन् ।

    ‘५ लाखको योजनामा २ लाख खर्च गरेको र १० लाखको योजनामा ३ लाख खर्च भन्दै हिँडिरहेका छन्’, योजना नियमनकारी निकायका एक व्यक्तिले भने, ‘आवश्यक ठाउँमा भन्दा बढी अनावश्यक ठाउँमा योजना छ ।’

    गत वर्ष सांसदहरूले माग गरेको योजनामा अहिले कमिसनको आधारमा योजना थप गरिएको आरोप छ । उनी भन्छन्, ‘असारमा बजेट विनियोजन भएका योजना त अहिलेसम्म सम्झौता नै भएका छैनन्, जेठमा आएको अख्तियारी त बजेट सक्ने मेलो मात्रै हो ।’

    भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराले दार्चुला, बैतडी कञ्चनपुर र डडेल्धुरका योजना हेर्नुपर्ने हुन्छ । १० जना कर्मचारी रहेको उक्त कार्यालयले महाकाली कोरिडोर अन्तर्गतका डडेल्धुराका योजना पनि हेर्ने अख्तियारी पाएको छ । कामको चापले पछिल्लो पटक रकमान्तर भएको दार्चुलाको योजना झारा टारेरै सम्पन्न हुने कतिपयको शंका छ ।

    दार्चुलामा केही स्थानीय तहमा पुग्न नै ३ देखि ५ दिन लाग्छ । ती क्षेत्रमा ५ लाखदेखि १० लाखसम्मका योजना छन् । सानो रकमको लागि कार्यालयका कर्मचारीहरू सम्बन्धित क्षेत्रमा नपुगेको आरोप छ ।

    डडेल्धुराबाट दार्चुला पुग्न ८ घण्टा लाग्छ । त्यहाँबाट व्यासको लागि ५ दिन पैदल हिँड्नुपर्ने हुन्छ । व्यासमा २५ लाखका ३ योजना छन् ।
    तल्लो चिति खोला पहिरो नियन्त्रण मा १० लाख, चन्द्रकोट कोठे पहिरो नियन्त्रणमा १० लाख र चन्द्रकोट हरिताप सिँचाइ कुलोमा ५ लाख रकमान्तर गरिएको छ ।

    दार्चुलाबाट अपि गाउँपालिका पुग्न पैदल ३ दिन लाग्छ । अपिका गोलागाड तटबन्ध ग्वानीमा १० लाख, देउरुख भूक्षय नियन्त्रणमा १० लाख, खोला बस्ती संरक्षणमा १० लाखर थुम्ती सिँचाइ पोखरी निर्माणमा ५ लाख रकमान्तर गरिएको छ ।

    तत्काल लेकम र शैल्यशिखरमा पनि डडेल्धुरा कार्यालयबाट कर्मचारी पुगेर सम्झौता गर्न सम्भव नभएको उनीहरु बताउँछन् ।

    लेकममा तटयाडि खोला पहिरो नियन्त्रणमा १० लाख, गोगना चुनार पानी मुहान संरक्षण ५ लाख र कौनोडा सच्चोरी सिचाइ पोखरी निर्माणमा ५ लाख छ ।

    ‘योजना कहाँबाट आयो कसरी आयो हामीलाई थाहा हुँदैन । मन्त्रालयबाट अख्तियारी आएपछि हामीले जानकारी पाउँछौँ’ भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुराका एक कर्मचारीले भने, ‘यो अन्तिम बेलामा कसरी सम्झौता गर्न भन्ने समस्या छ । हामी कर्मचारी पनि कम छौँ ।’

    उनले अहिलेसम्म ३७ वटा योजना मध्ये ५ वटा योजनाको मात्रै सम्झौता भएको बताए ।

    उद्योग वन तथा वातावरण मन्त्रालयलेका प्रवक्ता भरत प्रसाद श्रेष्ठ यस बिषयमा आफूलाई धेरै जानकारी नहुने बताउँछन् । ‘सम्बन्धित कार्यालयमै अख्तियारी गएको छ । त्यहाँ के भइरहेको छ हामीलाई भन्दा बढी उतै थाहा हुन्छ’ उनले भने ‘यहाँ त धेरै पछि बल्ल कागजपत्र पुग्छ ।’

  • एमाले सुदूरपश्चिम अध्यक्षले भने – पार्टीविरुद्ध अपराध भयो, तीन मन्त्रीलाई कारवाही हुन्छ

    एमाले सुदूरपश्चिम अध्यक्षले भने – पार्टीविरुद्ध अपराध भयो, तीन मन्त्रीलाई कारवाही हुन्छ

    कैलाली । एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्ने पार्टीका नेताहरूमाथि कारवाही गरिने बताएका छन् । थापाले यसलाई पार्टीविरुद्धको दुश्मनीपूर्ण अपराध भएको बताएका छन् ।

    थापाले आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्री माया भट्टलाई छानविन गरेर कारवाही हुने बताए ।

    ‘पार्टी अनुशासनको उल्लंघनमात्रै होइन’ उनले नेपाल प्रेससँग भने `यो पार्टीविरुद्ध दुश्मनीपूर्ण अपराधिक कार्य हो । पहिलो चरणमा उहाँहरूसँग स्पष्टीकरण सोधिन्छ त्यसपछि विधान अनुसार कारवाही हुन्छ´ थापाले भने ।

    एमाले स्थायी कमिटीको सोमबारको बैठकले माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता हुन आफ्ना मन्त्रीलाई निर्देशन दिएको थियो । तर, आज संसदीय दलको बैठकले केन्द्रको निर्देशन नमान्ने अडान राखेको छ ।

  • केन्द्रको निर्देशन नमान्ने एमाले सुदूरपश्चिम संसदीय दलको अडान, सरकारबाट फिर्ता नहुने

    केन्द्रको निर्देशन नमान्ने एमाले सुदूरपश्चिम संसदीय दलको अडान, सरकारबाट फिर्ता नहुने

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एमालेले माओवादीलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

    सोमबार एमाले स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

    केही बेरअघि सकिएको प्रदेश संसदीय दलको बैठकले त्यसको विपक्षमा निर्णय गरेको हो । अहिलेको अवस्थामा सरकारलाई दिएको समर्थन यथावत् राख्ने निर्णय भएको सांसद अमर साउदले जानकारी दिए ।

  • कैलालीका १२ सहित सुदूरपश्चिममा थप ३० कोरोना संक्रमितको मृत्यु

    कैलालीका १२ सहित सुदूरपश्चिममा थप ३० कोरोना संक्रमितको मृत्यु

    कैलाली । सुदूरपश्चिममा बुधबार ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    कैलालीमा सबै भन्दा धेरै १२ जनाको मृत्यु भएको छ । कंचनपुरमा ८ जना, डडेल्धुरामा ३ जना, दार्चुला र अछामका २/२ जना, डोटि र बझाङका १/१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।

    उपचारका क्रममा बाकेका १ जनाको पनि सुदूर पश्चिममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

    यो संगै प्रदेशमा ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा ८७५ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार २१३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

  • कन्ट्याक्ट ट्रेसिङ फितलो : सङ्क्रमण दर बढ्यो

    कन्ट्याक्ट ट्रेसिङ फितलो : सङ्क्रमण दर बढ्यो

    कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको फितलो भइरहेको छ । भारतीय सीमानाका हुँदै फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन नसक्दा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्यकर्मीको अनुभव छ ।

    कैलालीको गौरीफन्टा सीमा नाकाको हेल्थ डेस्कमा खटिनुभएका स्वास्थ्यकर्मी गणेश साउदले सीमानाकाबाट भित्रिने नागरिकको कन्ट्याक्ट ट्रेसिङ फितलो हुँदा सङ्क्रमण दर बढेकोे बताए । भारतबाट निर्वाधरुपमा नेपाली र भारतीय नागरिक सीमानाका हुँदै नेपाल प्रवेश गरिरहेका छन् । पछिल्लो हप्तामा प्रदेशमा नयाँ सङ्क्रमित ३६८ जना पुगेका छन् । अघिल्लो हप्तामा १२३ सङ्क्रमित फेला परेका थिए । शुक्रबार एकै दिनमा ९४ जना सङ्क्रमित थपिएका थिए । सङ्क्रमणको दर बढ्दै जाँदा प्रदेशमा जटिल अवस्थाका बिरामी पनि बढ्दै गएका छन् ।

    स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार सक्रिय सङ्क्रमित बिरामी ५०९ पुगेका छन् । यीमध्ये ७७ अस्पतालका आइसोलेशनमा र बाँकी स्थानीय तहका तथा होम आइसोलेशनमा रहेका छन् । सघन उपचार कक्षमा १४ र भेन्टिलेरमा तीन उपचाररत रहेका छन् ।

    जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धाँमी भने सङ्क्रमितको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको जानकारी दिए । ‘सीमानाकाबाट भित्रिनेको नाम ठेगानालगायत विवरण सङ्कलन गरेर राख्ने गरेका छौँ’, उनले भने, ‘यसै आधारमा सम्बन्धित पालिकालाई भित्रिएकाको निरन्तर निगरानी गर्न भनिरहेका छौँ ।’ गौरीफन्टा सीमानाका हुँदै दैनिक कम्तीमा पनि ५०० व्यक्ति स्वदेश फर्किने गरेका छन् ।

    भित्रिने सबैको एन्टिजेन परीक्षणः शुरुका केही हप्तामा सीमानाका हुँदै भित्रिनेमा ज्वरो भए नभएको जाँच गरी शङ्कास्पद देखिने व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएकामा पछिल्ला दिनमा सबै व्यक्तिको एन्टिजेन परीक्षण गर्ने गरिएको छ ।

    यस्तो परीक्षणबाट नतिजा ‘पोजेटिभ’ देखिनेलाई धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा स्थापना गरिएको आइसोलेशनमा राख्ने गरिएको छ । होम आइसोलेशनमा बस्नुपर्ने अवस्थाको सङ्क्रमितलाई भने स्वास्थ्य सतर्कतासम्बन्धी परामर्श दिइ होम आइसोलेशनमा पठाउने गरिएको छ ।

    जोखिम भत्ताविना जोखिमको काम गर्दै स्वास्थ्यकर्मी

    गौरीफन्टा सीमानाकामा सञ्चालनमा रहेको ‘हेल्थ डेस्क’का कर्मचारी जोखिम भत्ताविना नै काम गरिरहेका छन् । ‘आफूहरु जोखिम भत्ताविना नै जोखिमको काममा खटिनुपर्ने अवस्था छ’, हेल्थ डेस्कका स्वास्थ्यकर्मी गणेश साउदले भने, ‘काम गर्दा गर्दै सङ्क्रमित भएका एक जना स्वास्थ्यकर्मी केही दिनको आइसोलेशनको बसाइँपछि नतिजा नेगेटिभ आउँदा पुनःकाममा फर्किएका छन् ।’

    यहाँ खटिएका १७ जना स्वास्थ्यकर्मीमध्ये धनगढी उपमहानगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाए पनि जिल्ला स्वास्थ्य कार्यालय कैलाली र कञ्चनपुरको पुनर्वास नगरपालिकाबाट खटिने स्वास्थ्यकर्मी भने गत वर्षदेखि नै जोखिम भत्ता नपाएको बताइएको छ ।

    हेल्थ डेस्कमा खानेपानी, खाजा नास्ताको व्यवस्थापनमा समेत समस्या भइरहेको कर्मचारीको गुनासो छ । भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा पनि कारोनाको सङ्क्रमण दर पछिल्ला दिनमा उकालो लागेको छ । भारतबाट फर्किनेबाट नै समुदायमा सङ्क्रमण बढी देखिएको जनाइएको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लालाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ ।

  • सुदूरपश्चिममा ‘युके भेरियन्ट’ कोरोनाः जटिल संक्रमित बढ्दै, आइसियु अभाव

    सुदूरपश्चिममा ‘युके भेरियन्ट’ कोरोनाः जटिल संक्रमित बढ्दै, आइसियु अभाव

    कैलाली । सुदूरपश्चिम प्रदेशमा ‘युके भेरियन्ट’को कोरोना भित्रिएको पुष्टि भएको छ । भाइरसको प्रकार पत्ता लगाउन विभिन्न जिल्लाका २० जनाको नमुना चैत १५ गते काठमाडौँ पठाइएको थियो । तीमध्ये ३ जनामा भेरियन्ट पुष्टि भएको हो ।

    हङकङमा परीक्षण गर्दा ‘युके भेरियन्ट’ पुष्टि भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

    ‘हङकङ पठाइएकाहरूको नमूनामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो’ उनले भने ‘अहिले ती सबै निको भइसकेका छन् ।’

    डोटीको जोरायल गाउँपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका र डडेलधुराको परशुराम नगरपालिकाका एक एक जनामा युके भेरियन्ट रहेको पुष्टि भएको हो । उनीहरूमध्ये १ जना कञ्चनपुरको गड्डाचौकी र २ जना गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए ।

    नेपालमा दोस्रो लहरको कोरोना सुरु हुँदा सुदूरपश्चिम प्रदेशमा युके भेरियन्टको कोरोना प्रवेश गरेपछि थप जोखिम बढेको छ ।

    सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले दोस्रोपटक पनि स्वाव परीक्षणको लागि पठाइएको जानकारी दिए ।

    जटिल संक्रमित थपिँदै

    अहिले प्रदेशमा जटिल प्रकारका कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै अहिले ३८ संक्रमितको उपचार भइरहेको छ ।

    तीमध्ये ३ जना भेन्टिलेटरमा छन् । १० जना आइसियुमा र अन्य १५ जना पनि गम्भीर छन् । उनीहरूलाई बेला बेला अक्सिजन आवश्यक पर्छ ।

    पहिलो चरणमा भन्दा दोस्रो चरणमा जटिल प्रकारका कोरोना सक्रमितहरुको सङ्ख्या बढिरहेको अस्पतालमा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

    ‘गत वर्ष यस्तो अवस्था थिएन’ उनले भने ‘अहिले दैनिक रूपमा जटिल संक्रमितको सङ्ख्या बढिरहेको छ । ’

    नेपालमा दोस्रो लहरको कोरोना सुरु भइसकेपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

    चैत्र ३० गते कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुष र वैशाख ४ गते कञ्चनपुरको वेदकोट नगरपालिका– १० का ८१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    भेन्टिलेटर र आइसियुको अभाव

    सेती प्रादेशिक अस्पतालमा १० वटा भेन्टिलेटर छन् । तर, तीव्र गतिमा कोरोना संक्रमित भेटिएसँगै भेन्टिलेटर अभाव हुने देखिएको छ । १५ आइसियु पनि कम हुने अस्पतालमा सूचना अधिकारी श्रेष्ठले बताए ।

    उनी भन्छन् ‘अहिले नै ३ भेन्टिलेटर र १० आइसियु भरिएका छन् । थप जटिल सङ्क्रमित बढिरहेका छन् । अझै थपिए कहाँ राख्ने भन्ने चिन्ता छ ।’

    कोरोना संक्रमितको सङ्ख्या बढ्न सक्नै भन्दै बुधवार मात्रै अस्पतालले ५ शय्या आइसियु थप गरेको जनाएको छ । तर, त्यो पनि पर्याप्त नहुने श्रेष्ठ बताउँछन् ।

    लक्षण नभएका सङ्क्रमितहरूलाई कैलालीको धनगढी १५ कनरिमा तयार गरिएको आइसोलेसनमा राखिने गरिएको छ । ११० जनासम्म राख्न सकिने गरी तयार पारिएको आइसलेसनमा बिहीबार बिहानसम्म ५४ जना पुगी समेका छन् ।

    २१ जना सङ्क्रमित बिहीबार बिहान मात्रै थपिएका हुन् । लक्षण नभएका सङ्क्रमितहरूलाई आइसोलेसनमा राखिने गरिएको छ । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले भने, ‘लक्षण देखिएको अवस्थामा हामी अस्पताल पठाउँछौँ ।’

    ९ जिल्लामध्ये अहिले कैलाली कञ्चनपुर र डोटीमा मात्रै भेन्टिलेटर जडान गरिएको छ । जसले गर्दा जटिल प्रकारका सङ्क्रमितहरूले उपचार नपाउने समस्या आउन सक्ने अनुमान समेत गरिएको छ ।

    कैलालीको सेती अस्पतालमा १०, महाकाली अस्पतालमा ५, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा २÷२ भेन्टिलेटर छन् ।

    भेन्टिलेटर छ, प्रयोग छैन

    सुदूरपश्चिममा १९ भेन्टिलेटर मात्रै प्रयोगमा छन् । कैलालीको टीकापुर अस्पतालमा ४ वटा भेन्टिलेटर छन् । तर, ती प्रयोगविहीन छन् ।

    जनशक्ति अभावमा भेन्टिलेटर प्रयोग हुन नसकोको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए ।

    ‘टीकापुरमा भएको ४ वटा भेन्टिलेटर प्रयोग छैन । थप ५ वटा किन्नको लागि बजेट गएको छ’ उनले भने, ‘उपकरणको अभाव होइन जनशक्तिको अभाव छ । ’

    उनले पहाडी जिल्लाहरूमा पनि भेन्टिलेटर र आइसियु भए पनि जनशक्ति नहुँदा प्रयोग नभएको बताए ।

    बैतडीमा २ वटा भेन्टिलेट ६ महिनादेखि प्रयोगविहीन अवस्थामा रहेको अस्पतालमा प्रमुख डा. वसन्त जोशीले जानकारी दिए ।

    जिल्ला अस्पताल अछाममा रहेको २ वटा भेन्टिलेटर पनि अहिले प्रयोगमा आउन सकेको छैन । कोरोनाका जटिल बिरामी भर्ना हुन आए रिफर गर्नुको विकल्प नरहेको जिल्ला अस्पताल अछामका प्रमुख डा. अतुल भारद्धाजले जानकारी दिए ।

    ‘अक्सिजन प्लान्ट र दक्ष जनशक्ति नहुँदा भएको भेन्टिलेटर पनि प्रयोग भएको छैन’ उनले भने ‘अहिले जटिल प्रकारका सङ्क्रमितहरूलाई अन्यत्रै रिफर गर्नेपर्ने बाध्यता छ ।’

     

  • पत्रकार महासंघ सुदूरपश्चिमका ५ जिल्लाको नतिजाः युनियन ३ र चौतारी २ जिल्लामा विजयी

    पत्रकार महासंघ सुदूरपश्चिमका ५ जिल्लाको नतिजाः युनियन ३ र चौतारी २ जिल्लामा विजयी

    कैलाली । सुदूरपश्चिम प्रदेशका ९ जिल्ला मध्ये ५ जिल्लामा मत गणना सकिएको छ । गणना सकिएकमध्ये नेपाली कांग्रेस निकट प्रेस युनियनले ३ र एमाले निकट प्रेस चौतारीले २ जिल्लामा जित निकालेको छ ।

    कैलाली र कञ्चनपुरको अहिले बिहान ८ बजे देखि मतगणना गर्ने तयारी भइरहेको छ ।

    यस्तो छ सुदूरपश्चिम प्रदेशको ५ जिल्लाको अवस्था

    दार्चुला

    नेपाल पत्रकार महासंघ दार्चुलाको अध्यक्षमा निर्मला शर्मा नेतृत्वको प्रेस चौतारी समूह सबै पदमा विजयी भएको छ ।

    अध्यक्षमा कृष्ण सिंह धामी, उपाध्यक्षमा सन्तोष सिंह कोट्टारी, महिला उपाध्यक्षमा, विमला भुजेल सचिवमा गगन सिंह विष्ट, सह सचिवमा लोकेन्द्र प्रसाद जोशी, समावेशी सह सचिवमा ईश्वरी बुढाथोकी, कोषाध्यक्ष राम सिंह धामी विजयी भएका छन् ।

    खुला सदस्यहरूमा क्रमशः मान सिंह कुवर ,जनक राज भट्ट, श्याम सिंह सामन्त,उद्धव सिंह धामी ,रमेश सिंह खत्री,नीरज सिंह धामी विजयी भएका हुन् ।

    अछाम

    पत्रकार महासंघ अछामको अध्यक्षमा खम्मसिंह खत्री विजयी भएका छन् । दुई सदस्यबाहेक विपुल पोखरेल नेतृत्वको प्यानललै विजयी भएको हो । उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी भएका छन् ।

    यस्तै सहसचिवमा भवराज भण्डारी, सहसचिव समावेशीमा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन् ।

    सदस्यमा पवित्रा खड्का, सुशील बटाल, राकेश ताम्राकार, दिनेश केसी, सुवास अधिकारी, सागर देवकोटा र तारामान खड्का विजयी भएका छन् ।

    डँडेल्धुरा

    महासंघ डडेल्धुराका अध्यक्षमा हिक्मत सिंह विजयी भएका छन् । युनियनका बरुण पनेरुलाई हराउँदै सिंह बिजयी भएका हुन् । उपाध्यक्षमा गणेश रोका र निर्मला भट्ट सचिवमा पुष्कर भण्डारी , कोषाध्यक्षमा ललित बोहरा , सह सचिवमा भूपेन्द्र बिष्ट र प्रकाश पार्की निर्वाचित भएका हुन् ।

    सदस्यहरूमा क्रमशः टिकाराम साउद, हर्ष चन्द, आशिष मल्ल, भीम खत्री दीपक राज भट्ट, ममता भट्ट भक्त गाहामगर, विमल जैरु र भावना पौडेल विजयी भए ।

    डोटी

    डोटी जिल्ला शाखा अध्यक्षमा मोहन शाही निर्वाचित भएका छन् । उनी युनियनका हुन् । उपाध्यक्षमा अरुण बम र सुनिता रावल, सचिवमा पवन महारा, कोषाध्यक्षमा चक्र कुवर, सह सचिवमा चक्र मल्ल सरिता कठायत विजयी भएका छन् ।

    एकेन्द्र चन्द, टेक चन्द, नारायण दत्त पनेरु, लोकराज पाठक,विक्रम खड्का विजयी भएका छन् ।

    बझाङ

    बझाङको अध्यक्षमा शैलेन्द्र रोकाया विजयी भएका छन् । उनी पनि युनियनका हुन् । उपाध्यक्षमा सम्राट सिंह र बिना रोकाया, सचिवमा ललित सिंह, सुभाष कठायत सह–सचिव जोरेन्द्र खड्का, करुणा जोशी विजयी भएका छन् ।

    सदस्यहरूमा अशोक खड्का, विष्णु खड्का, उत्तम थापा, दीर्घ बोहरा, तीर्थ बोहरा, झलक सिंह बिजयी भए ।

  • सुदूरपश्चिमका पूर्व अर्थमन्त्री बोहरालाई माओवादीको २४ घण्टे स्पष्टीकरण

    सुदूरपश्चिमका पूर्व अर्थमन्त्री बोहरालाई माओवादीको २४ घण्टे स्पष्टीकरण

    कैलाली । नेकपा माओवादी केन्द्रले एमालेमा गएका आफ्ना नेता झपटबहादुर बोहरालाई स्पष्टीकरण सोधेको छ ।

    अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित बोहरालाई बुधवार २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।

    बोहरालाई माओवादी केन्द्र परित्याग गरेको हो भने पार्टीबाट किन निष्कासन नगर्ने भन्दै स्पष्टीकरण पेस गर्न भनिएको छ।

    ‘नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी पूर्ववत् अवस्थामै रहने भएपछि पनि तपाईंको राजनीतिक क्रियाकलाप नेकपा एमाले पार्टीमा देखिएको र नेकपा एमालेको केन्द्रीय समिति सदस्यसमेत नियुक्ति भएको देखिन आएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा (१), (२) बमोजिम कार्य गर्नु भएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्य समेत गरेको बुझिन आएकोले तपाईंले पार्टी परित्याग गर्नु भएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्कासन नगर्ने ?,’ माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव नेपबहादुर चौधरीद्वारा सोधिएको स्पष्टीकरण पत्रमा उल्लेख छ ।

    बोहरा माओवादीमा रहँदा केन्द्रीय सल्लाहकार समिति सदस्य थिए। उनी नेकपामा विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा खुलेका थिए । उनले २२ पुसमा आर्थिक मामिला तथा योजना मन्त्रीबाट राजीनामा दिएका थिए ।

    पछिल्लो पटक २८ फागुनमा बोहरालाई एमालेले केन्द्रीय सदस्यमा मनोतित गरेको थियो ।