Tag: सीडीएससी

  • सीडीएससीको प्रणालीमा सुधार, आईपीओको नजिता तुरुन्तै हेर्न मिल्ने

    सीडीएससीको प्रणालीमा सुधार, आईपीओको नजिता तुरुन्तै हेर्न मिल्ने

    काठमाडौं । केन्द्रीय निक्षेप प्रणाली ‘सीडीएससी’ले आफ्नो सिस्टम अपग्रेड गरेको छ । प्रणालीमा गरिएको सुधारसँगै आईपीओको नतिजा हेर्न घण्टौं कुर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
    अब घोषणा भएको ३० मिनेटभित्रै आइपिओको नतिजा हेर्ने सकिने सीडीएससीले जनाएको छ । मध्यभोटेकोशीको सेयर बाँडफाँटबाटै अपग्रेडेड भर्जनको परीक्षण गरिएको सीडीएससीले बताएको छ ।
    मध्यभोटेकोशीको सेयर बाँडाफाँटमा यस प्रणालीको परीक्षण सफल भएकाले आईपिओ निष्कासनमा निरन्तरता दिइने बताइएको छ ।
  • सीडीएससीले ल्यायो नयाँ नियम अब आईपीओको नतिजा यी तीन ठाउँबाट मात्र हेर्न पाइने

    सीडीएससीले ल्यायो नयाँ नियम अब आईपीओको नतिजा यी तीन ठाउँबाट मात्र हेर्न पाइने

    काठमाडौं । कम्पनीहरुले निष्कासन गर्ने आईपीओको नतिजा अब तीन ठाउँबाट मात्र हेर्न सकिने भएको छ । यो भन्दा अघि आईपीओ बाँडफाँट भएको नतिजा विभिन्न सञ्चार माध्यमबाट हेर्न सकिन्थ्यो ।

    सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा अबदेखि सञ्चार माध्यमबाट नभइ सम्बन्धित कम्पनीको वेवसाइट, बिक्री प्रबन्धक र मेरो शेयरको वेवसाइटबाट मात्र हेर्न पाइने बनाएको हो ।

    सीडीएससी एण्ड क्लियरिङ लिमिटेडमा आईपीओ नतिजा विभिन्न सञ्चार माध्यममा प्रकाशित हुँदा लगानीकर्ताले गुनासो गरेका थिए ।

    यो निणर्य भएसँगै शुक्रबार बाँडफाँट हुने भनिएको महिला लघुवित्तको आइपीओको नतिजा अब यी तीन ठाउँबाट मात्र हेर्न सकिने भएको छ ।