Tag: सीईओ

  • जोनसोन एन्ड जोनसोनका सीईओ गोर्स्की एप्पल कम्पनीमा जाने

    जोनसोन एन्ड जोनसोनका सीईओ गोर्स्की एप्पल कम्पनीमा जाने

    काठमाडौं । प्रसिद्ध अमेरिकी टेक्नोलोजी कम्पनी एप्पपले जोनसोन एन्ड जोनसोनका वर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलेक्स गोर्स्कीलाई कम्पनीको निर्देशक बोर्डमा नियुक्त गर्ने घोषणा गरेको छ । गोर्स्कीको एप्पल सरुवा हुने घोषणा कम्पनीले स्वास्थ्यमा विशेष ध्यान दिँदै प्रयोगकर्ता र डाक्टरबीच कसरी डेटामा पहुँच सहज बनाउने भन्ने समयमा भएको छ ।

    गोर्स्कीको भूमिकाबारे एप्पलका सीईओ टिम कुकले उनलाई स्वास्थ्यको क्षेत्रमा दूरदर्शी र टेक्नोलोजीप्रति एकदमै प्यासोनेट व्यक्तिको रूपमा प्रशंसा गरेका छन् । एप्पलले स्वास्थ्य क्षेत्रमा राखेका महत्वकांक्षा गोप्य छैनन् । एप्पल वाच त्यसको एक पाटो हो, जहाबाट प्रयोगकर्ताले कम्पनीलाई डेटा उपलब्ध गराउन सक्छन् ।

    पछिल्लो आईओएस र वाचओएसमा आएको अपडेटमा थप स्वास्थ्य सम्बन्धी फिचर थपिएका छन् । जसको माध्यमबाट डाक्टर वा परिवारका सदस्यसँग आफ्नो फिजिकल फिटनेस तथा स्वास्थ्य सम्बन्धी डेटा सेयर गर्न सकिन्छ ।

    गोर्स्कीलाई निर्देशक बोर्डमा ल्याउने निर्णय गरेसँगै एप्पलले अझै केही नयाँ स्वास्थ्य सम्बन्धी फिचर ल्याउनेमा विश्वस्त हुन सकिन्छ ।

  • सीईओसहित रावा बैंकका ५२ कर्मचारीलाई कोरोना, बैंक ५ दिनसम्म बन्द हुने

    सीईओसहित रावा बैंकका ५२ कर्मचारीलाई कोरोना, बैंक ५ दिनसम्म बन्द हुने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठसहित सो बैंकका केन्द्र र शाखा कार्यालयका ५२ कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

    कर्मचारीमा कोरोना देखिएका बैंकहरू स्थानीय तहको निर्णय अनुसार ३ देखि ५ दिनसम्म बन्द हुने बताइएको छ ।

    ‘केन्द्रीय कार्यलयमा कोरोना संक्रमण देखिएको ठाउँलाई आइसोलेसन बनाएर काम सञ्चालन हुने छ । म ७ दिनदेखि नै आइसोलेसनमा छु र स्वास्थ्य अवस्था सामान्य छ ’,श्रेष्ठले नेपाल प्रेससँग भने ।

    बैंक पनि अतिआवश्यक सेवा भएकोले सरकारले निश्चित कर्मचारी उपस्थित भएर सञ्चालनको अनुमति दिएको छ ।