Tag: सहायता

  • दक्षिण कोरियाले नेपाललाई महामारीविरुद्ध दुई लाख डलर सहायता प्रदान गर्ने

    दक्षिण कोरियाले नेपाललाई महामारीविरुद्ध दुई लाख डलर सहायता प्रदान गर्ने

    सउल । कोरोना महामारी नियन्त्रणका लागि दक्षिण कोरियाले नेपाललाई तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ ।

    गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी दिएको हो ।

    एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद एवं नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख एवं सांसद खो यङ् यिनलाई भेट गरी नेपालमा देखिएको कोरोना भाइरसको दोस्रो चरणको महामारीका विषयमा जानकारी गराउनुका साथै नियन्त्रणका लागि दक्षिण कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध गरेका थिए ।

    अनुरोधलाई स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका रूपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो । निर्णयपश्चात कोरियाका सांसद खो यङ् यिनले फोन सम्पर्कमार्फत गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियालाई जानकारी गराएका थिए ।

    उक्त सहयोग समाग्री नेपाली राजदूतावास सउलसँगको समन्वयमा तत्काल नेपाल पठाइने भएको छ । त्यस्तै अन्य ठूला र दीर्घकालीन सहयोगको मात्रा र विकल्पमा नेपालमा रहेको कोरियाली राजदुतवासले नेपाल सरकारसँग थप समन्वय गरिरहेको पनि सांसद खो यङ् यिनले जानकारी दिएका थिए ।

    गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाले सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिँदै सहयोग प्राप्त हुने उक्त स्वास्थ्य साम्रगीले नेपालको कोरोना महामारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको बताएको छ ।

  • नेपालस्थित राष्ट्रसंघ र विदेशी नियोगद्वारा मानवीय सहायता जुटाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

    नेपालस्थित राष्ट्रसंघ र विदेशी नियोगद्वारा मानवीय सहायता जुटाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

    नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूद्वारा आपत्कालीन कोभिड-१९ योजना जारी गर्दै नेपालका सबैभन्दा सङ्कटासन्न व्यक्ति तथा समुदायका लागि जीवनरक्षक सहायता जुटाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि आह्वान गरिएको छ ।

    कोभिड-१९ महामारीका बीच नेपाल ज्यादै जटिल अवस्थामा पुगेको परिप्रेक्षमा संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरुले आज नेपाल कोभिड-१९ प्रतिकार्य योजना जारी गर्दै महामारीबाट प्रभावित सबैभन्दा सङ्कटासन्न सात लाख ५० हजार जनालाई आगामी तीन महिनासम्म सहयोग गर्न एउटा आपत्कालीन प्रतिकार्य योजना परिचालनका निम्ति आठ करोड ३७ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि आह्वान गरिएको हो ।

    नेपाल सरकारको प्रतिकार्य प्रयासहरुलाई बल पु¥याउन आवश्यक सहयोगका महत्वपूर्ण क्षेत्रहरु समावेश गरिएको उक्त योजनालाई ‘नेपाल ह्यूमानिटेरियन कन्ट्रीटीम’ र नेपाल सरकारको कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रबाट अनुमोदित भइसकेको नेपालस्थित राष्ट्रसङ्घीय आवासीय संयोजकको कार्यालयले जनाएको छ ।

    नेपालस्थित राष्ट्रसङ्घीय आवासीय संयोजक सारा बेयसोलो न्यान्तीले आज एक वक्तव्य जारी गर्दै ‘अहिलेको प्रकोपले स्वास्थ्य क्षेत्रमा मात्र नभई सबै क्षेत्रमाथि विनाशकारी प्रभाव पारिरहेको छ र त्यसबाट नेपाली समाजका सबैभन्दा गरिब तथा सीमान्तकृत व्यक्तिहरु बढी प्रभावित हुन पुगेका छन् । आज हामीले जारी गरेको कोभिड-१९ प्रतिकार्य योजनाले आज, भोलि र आउँदा केही कठिन हप्तामा जीवन बचाउन र अनावश्यक पीडा निवारण गर्न अति आवश्यक तत्काल चालिनुपर्ने कदम र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आह्वान गर्दछ । हामीले समय खेर फाल्नसक्दैनौँ’ भनेका छन् ।

  • बेलायतले नेपाललाई खोप र स्वास्थ्य सामाग्री सहायता दिने

    बेलायतले नेपाललाई खोप र स्वास्थ्य सामाग्री सहायता दिने

    काठमाडौं । बेलायतले कोरोनाभाइरसविरुद्ध नेपाललाई स्वास्थ्य तथा आर्थिक सहायता गर्ने प्रतिबद्धता जनाएको छ ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भर्चुअल संवादका क्रममा बेलायतका कमनवेल्थ तथा दक्षिण एसिया मामिला मन्त्री लर्ड अहमदले उक्त प्रतिबद्धता जनाएका हुन् ।

    बेलायती दूतावासका अनुसार खोपको आपूर्ति, आर्थिक सहायता र अत्यावश्यक उपकरणको उपलब्धताबारे संवाद केन्द्रित थियो । साथै बेलायतले थप सहायता पनि नेपाललाई उपलब्ध गराउने मन्त्री अहमदले व्यक्त गरेका थिए ।

    दूतावासका अनुसार बेलायतले पोखरा र भक्तपुरस्थित कोरोना उपचार केन्द्रमा आवश्यक अक्सिजन प्लान्ट उपलब्ध गराउने समेत घोषणा गरेको छ । यो क्षमताको अक्सिजन प्लान्टले दैनिक डेढसय जनाको उपचार हुने जनाइएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार भर्चुअल छलफलमा नेपालमा बढ्दो भाइरस संक्रमणलाई रोकथाम गर्नेबारे चर्चा भएको थियो । द्धिपक्षीय सहायताबारे पनि कुरा भएको जनाइएको छ ।