Tag: सरुवा

  • दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चार उपसचिवको सरुवा

    दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चार उपसचिवको सरुवा

    काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चार जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

    मन्त्रालय स्रोतका अनुसार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीलाई धनुषा जिल्ला प्रशासनमा कार्यालयमा सरुवा गरेर सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा अनिल खनाललाई पठाइएको छ भने ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेललाई पठाइएको छ ।

    यस्तै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको इलाका प्रशासन दमक झापामा सरुवा भएको छ ।

  • ५७ उपसचिवको एकैपटक सरुवा (सूचीसहित)

    ५७ उपसचिवको एकैपटक सरुवा (सूचीसहित)

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५७ जना उपसचिवको एकैपटक सरुवा गरेको छ । सचिवस्तरीय निर्णयबाट मन्त्रालयले उनीहरूको आइतबार सरुवा गरेको हो ।

    मन्त्रालय मातहतका निकाय, प्रदेश सरकारको विभिन्न मन्त्रालय तथा त्यस मातहतका निकायदेखि स्थानीय तहसम्ममा उपसचिवहरू सरुवा सूचीमा परेका छन् । कतिपय बढुवापछि पदस्थापन भएका पनि छन् ।

  • पदीय जिम्मेवारी पूरा गर्न नसकेपछि धनुषा र सर्लाहीका एसपीको सरुवा

    पदीय जिम्मेवारी पूरा गर्न नसकेपछि धनुषा र सर्लाहीका एसपीको सरुवा

    जनकपुरधाम । प्रदेश २ का दुई जिल्लाका प्रहरी प्रमुखको काज सरुवा गरिएको गरिएको छ । धनुषाका एसपी प्रकाश रानाभाट र सर्लाहीका एसपी सन्तोषसिंह राठौर सरुवा भएका छन् ।

    प्रदेश २ प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले प्रहरी प्रधान कार्यालयले एसपीद्वय रानाभाट र राठोरको काज सरुवा गरिएको जानकारी दिए । काज सरुवा किन गरिएको विषयमा उनले केहि बोलेका छैन् ।

    एसपी कृष्ण प्रसाईलाई सर्लाही र एसपी बसन्त रजौरेलाई जिप्रका धनुषाको प्रमुख बनाएर पठाइएको छ । प्रसाई यसअघि २ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।

    जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले अर्धनग्न बनाएर बजार घुमाए पनि प्रहरी केहि गर्न नसकेकोले धनुषाका एसपी रानाभाटको काज सरुवा गरिएको स्रोतले जनायो ।

    यस्तै सर्लाहीमा गैरकानूनी काम बढेको र नियन्त्रण गर्न नसकेको आरोप एसपी राठोरमाथि छ । उनले तास खेलेको भिडियो पनि सार्वजनिक भएकाले सरुवामा परेका हुन् ।

  • महालेखाद्वारा ७३ लेखा अधिकृत र ३३ सह लेखापालको सरुवा (सूचीसहित)

    महालेखाद्वारा ७३ लेखा अधिकृत र ३३ सह लेखापालको सरुवा (सूचीसहित)

    काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले ७३ जना लेखा अधिकृत र ३३ सह लेखापालको सरुवा गरेको छ ।

    कार्यालयले हिजो सह लेखापाल र कात्तिक १ गते लेखा अधिकृतको सरुवाको निर्णय गरेको हो ।

    सरुवाप्रति केहीले भने असन्तुष्टि जनाएका छन् । पावरका आधारमा सरुवा गरिएको भन्दै सरुवामा विधि पद्दती मिचिएको उनीहरूको गुनासो छ ।

  • केही सचिव र सहसचिवको सरुवा हुँदै, काठमाडौंको सिडिओका लागि सिंह र रिजालको दौड

    केही सचिव र सहसचिवको सरुवा हुँदै, काठमाडौंको सिडिओका लागि सिंह र रिजालको दौड

    काठमाडौं । सरकारले केही सचिव र करिब दुई दर्जन सहसचिवको सरुवा गर्ने तयारी गरेको छ । प्रदेशमा एक वर्ष अवधि पुगेका सहसचिवलाई संघमा ल्याइने र संघका सहसचिवलाई प्रदेशमा पठाउने तयारी भइरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको हो ।

    सरकार परिवर्तनसँगै ठूलो संख्यामा कर्मचारीको सरुवा हुने गरेको छ ।

    काठमाडौंको प्रमुख जिल्ला अधिकारीका लागि २ सहसचिव कसरतमा लागेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख विनोद प्रकाश सिंह र गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका गोविन्द प्रसाद रिजाल काठमडौंको प्रमुख जिल्ला अधिकारीका लागि कसरतमा लागेका हुन् ।

    प्रधानमन्त्री देउवाले जोडबल गरेमा सिंहले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउने छन् । गृहमन्त्री बालकृष्ण खाँणको बल पुगेमा काठमाडौंको प्रशासन रिजालको नेतृत्वमा पुग्नेछ ।

    सिंह एक वर्षदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन् । यसअघि उनले ११ महिना वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए ।

    त्यसअघि उनले एक वर्ष उद्योग विभागको महानिर्देशक र ६ महिना उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा काम गरिसकेका छन् ।

    रिजाल ४ महिनादेखि गृह मन्त्रालयमा कार्यरत छन् । उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म मकवानपुरको प्रमुख जिल्ला अधिकारी थिए । त्यसअघि उनले करिब २ वर्ष दाङको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् ।

  • न्याय सेवाका २ सचिव, २ सहसचिवसहित ८६ जना कर्मचारीको सरुवा (सूचीसहित)

    न्याय सेवाका २ सचिव, २ सहसचिवसहित ८६ जना कर्मचारीको सरुवा (सूचीसहित)

    काठमाडौं । न्याय सेवा आयोगले न्याय सेवाका २ सचिव, २ सहसचिवसहित ८६ जना न्याय सेवाका कर्मचारीको सरुवा गरेको छ । न्याय सेवा आयोगका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको अध्यक्षतामा बसेको आयोगको बैठकले उनीहरुको सरुवा गरेको हो ।

    आयोगले महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता (सचिवसरह) का श्याम भट्टराईलाई वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा सरुवा गरेको छ भने आयोगमा कार्यरत सचिव कृष्णजीवि घिमिरेलाई महान्यायाधिवक्ताको कार्यालय सरुवा गरेको छ । यस्तै उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा गरिएको छ भने त्यहाँ कार्यरत ठगिन्द्र कट्टेलको पाटनमा सरुवा गरिएको छ ।

    अन्य न्याय सेवाकै राजपत्रांकित द्धितिय श्रेणीका १४ जना कर्मचारी र राजपत्रांकित तृतिय श्रेणीका ६८ जनाको मातहतका विभिन्न निकायमा आयोगले सरुवा गरेको हो ।

  • १२ सचिवको सरुवा, गृहमा टेकनारायण पाण्डे

    १२ सचिवको सरुवा, गृहमा टेकनारायण पाण्डे

    काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालय, प्रदेश र निकायको प्रशासनिक बागडोर सम्हालेका १२ सचिवको सरुवा गरेको छ । सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरको हो ।

    मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव टेकनारायण पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

    यस्तै प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्रराज शर्माको रक्षा मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालका सचिव डा. वैकुण्ठ अर्यालको सूचना तथा सञ्चार मन्त्रालयमा सरुवा भएको छ ।

    उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका (सिचाई) सचिव मणिराम गेलालाको जल तथा उर्जा आयोगमा र आयोगका सचिव सागरकुमार राईको मन्त्रालयमा सरुवा भएको छ ।

    दुई प्रदेश प्रमुख सचिव तानिए

    आठ महिनाअघि सचिवमा बढुवा भएपछि प्रदेश २ को प्रमुख सचिवमा पदस्थापन भएका प्रदेश २ का प्रमुख सचिव गोकर्णमणी दुवाडीको प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ । यस्तै ६ महिनाअघि सचिवमा बढुवा भएर प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन भएका सचिव सुमनराज अर्यालको महालेखा नियन्त्रणको कार्यालयमा सरुवा भएको छ ।

    सहसचिवबाट सचिवमा बढुवा भएपछि अधिकांशको प्रदेश प्रमुख सचिवमा पदस्थापन भए पनि भर्खरै सचिवमा बढुवा भएका एक सचिवको भने संघीय निकायमा पदस्थापन भएको छ । भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएका सचिव खगेन्द्रप्रसाद नेपालको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन भएको हो ।

    तर भर्खरै सहसचिवबाट बढुवा भएका सचिव किरणराज शर्माको बागमती प्रदेश प्रमुख सचिवमा, सहसचिवबाटै बढुवा भएका सचिव डा. रामप्रसाद घिमिरेको प्रदेश एकको प्रमुख सचिवमा र अर्का सहसचिवबाट बढुवा भएका सचिव हरिप्रसाद मैनालीको प्रदेश दुइको प्रमुख सचिवमा पदस्थापन भएको छ ।

    तर घिमिरे र मैनाली भन्दा पनि अघि सहसचिवबाट सचिवमा बढुवा भएका सचिव कृष्णहरी पुस्करको भने यस पटकको मन्त्रिपरिषद् बैठकले पनि पदस्थापन गरेन । उनी अहिले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्तमा हाजिर भइरहेका छन् । आफु भन्दा पछि बढुवा भएका व्यक्तिको पदस्थापन हुनु तर आफ्नो पदस्थापन नहुनुले पुष्करले असहज महशुस गरिरहेका छन् ।

  • ऊर्जामा व्यापक सरुवा : विद्युत विकास विभागमा सन्दीप देव, मधुकर मन्त्रालयमा

    ऊर्जामा व्यापक सरुवा : विद्युत विकास विभागमा सन्दीप देव, मधुकर मन्त्रालयमा

    काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूको सरुवाबाट आफ्नो काम अघि बढाएकी छन् । भुसालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भने राजीनामा मागेकी छन् ।

    भुसाल मन्त्री भएलगत्तै ऊर्जा मन्त्रालयअन्तर्गतको महत्वपूर्ण मानिने विद्युत विकास विभागको महानिर्देशकमा सहसचिव सन्दीपकुमार देवलाई पठाइएको छ । यसअघिका महानिर्देशक नविनकुमार सिंहको  त्यहाँबाट सरुवा गरिएको मन्त्रीनिकट स्रोतले जनाएको छ ।

    सिंह दुई पटक विद्युत विकास विभागको महानिर्देशक भएका व्यक्ति हुन् । उनलाई बुधबारदेखि नै लागु हुनेगरी जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । सन्दीपकुमार देव यसअघि विद्युत विकास विभागको उपमहानिर्देशक थिए ।

    वर्षमान पुन ऊर्जामन्त्री भएका बेला मन्त्रालयमा सरुवा भएका देव ९ महिनापछि सोही विभागका प्रमुख भएर फर्केका छन् । देवले बुधबारदेखि नै विभागमा कार्यभार सम्हालेका छन् ।

    त्यस्तै ऊर्जामन्त्री भुसासलले सुनकोशी मरिण डाइभर्जन आयोजना प्रमुख सुशील आचार्यलाई जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा सरुवा गरिएको छ । विभागका यसअघिका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी मन्त्रालयमा सरुवा भएका छन् ।

  • कोरोनाकाे महामारीकै विचमा ८८ उपसचिव र ३४ शाखा अधिकृतको एकै पटक सरुवा (सूचीसहित)

    कोरोनाकाे महामारीकै विचमा ८८ उपसचिव र ३४ शाखा अधिकृतको एकै पटक सरुवा (सूचीसहित)

    काठमाडौं । कोरोना कहर चलिरहेको र मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको बेला सरकारले ८८ जना उपसचिव र ३४ जना शाखा अधिकृतको एकै पटक सरुवा गरेको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्रांकित द्वितीय श्रेणी सरहका ८८ जना उपसचिव र नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहकै राजपत्रांकित तृतीय श्रेणी सरहका ३४ जना शाखा अधिकृतको एकै पटक सरुवा गरेको हो ।

    मन्त्रालयले उनिहरुमध्ये कसैलाई सरुवा, कसैलाई काज र कसैलाई कामकाजमा खटाइएको जनाएको छ ।

    सरुवा भएका उपसचिवको नामावली

    सरुवा भएका शाखा अधिकृतको नामावली

  • ३ सय ६६ प्रहरी निरीक्षकको एकैपटक सरुवा (सूचीसहित)

    ३ सय ६६ प्रहरी निरीक्षकको एकैपटक सरुवा (सूचीसहित)

    काठमाडों । नेपाल प्रहरीका ३ सय ६६ प्रहरी निरीक्षक (इन्सपेक्टर) को एकै पटक सरुवा भएको छ । शुक्रबार प्रहरी महानिरीक्षक स्तरीय निर्णयबाट बैशाखदेखिको तलव, भत्ता समेत अहिले सरवा भएको दरबन्दीबाट खान पाउने गरी उनिहरुको सरुवा भएको हो ।

    सरुवा भएका व्यक्तिलाई सरुवा भएको ठाउँमा कामकाजमा खटाउन प्रहरी प्रधान कायाृलयले परिपत्र गरिसकेको प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले एक विज्ञप्तीमार्फत जानकारी गराएका हुन् ।

    सरुवा हुनेको सूची यस्तो छ :

  • गृह मन्त्रालयका २६ उच्च अधिकारीको सरुवा, कुन जिल्लाको सिडिओ को भए ? (सूचीसहित)

    गृह मन्त्रालयका २६ उच्च अधिकारीको सरुवा, कुन जिल्लाको सिडिओ को भए ? (सूचीसहित)

    काठमाडौं । गृह मन्त्रालयले बिहीबार एकैपटक २६ जना सहसचिव र उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ । सरुवा हुनेमा अधिकांश प्रमुख जिल्ला अधिकारीहरू छन् ।

    सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकमा सरुवा गरिएको छ भने गृहका शिवराम गेलाललाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

    त्यस्तै धमेन्द्र मिश्रलाई पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ भने होमप्रसाद लुइँटेल लम्जुङको प्रजिअ भएका छन् ।

     

     

  • नेपाल प्रहरीका ६ डिएसपीको सरुवा (सूचिसहित)

    नेपाल प्रहरीका ६ डिएसपीको सरुवा (सूचिसहित)

    काठमाडौं । नेपाल प्रहरीका ६ प्रहरी नायव उपरिक्षक (डिएसपी) को सरुवा भएको छ । ६ स्थानमा कार्यरत डिएसपीको प्रहरी उपरिक्षक (एसपी) मा बढुवा भएर खालि भएपछि उनिहरुको ति निकायमा सरुवा भएको हो ।

    मंंगलबारको प्रहरी महानिरीक्षकस्तरीय बैठकले प्रचलित नियमानुसार तलव, भत्ता समेत अहिले सरुवा भएको दरबन्दीवाट खान पाउने गरी उनिहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग अन्तरगतको कर्मचारी प्रशासन शाखाले एव विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

    रिक्त रहको जिल्ला प्रहरी कार्यालय अछामको प्रमुखमा महानगरीय प्रहरी पहरा गण मुख्यालय सामाखुशी, काठमाडौंमा कार्यरत तुल्सीराम अर्यालको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रमुखमा प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्ष नक्साल, काठमाडौंमा कार्यरत बालनरसिंह राणाको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रमुखमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा कार्यरत मनोहर भट्टको सरुवा भएको विज्ञप्तीमा उल्लेख छ ।