Tag: सचिव बढुवा

  • एक सचिव बढुवाका लागि तीन सहसचिवकाे नाम सिफारिस

    एक सचिव बढुवाका लागि तीन सहसचिवकाे नाम सिफारिस

    काठमाडौं । सरकारले केहि दिन अघि मात्रै बसेको मन्त्रिपरिषद् बैठकले थपेको एक सचिवको दरबन्दीमा बढुवा गर्नका लागि तीन सहसचिवको नाम सिफारिस गरेको छ ।

    लोक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बसेको बढुवा समितिको बैठकले बरिष्ठताका आधारमा तीन सहसचिवको नाम सिफारिस गरेको बढुवा सिफारिस समितिले जनाएको छ ।

    एक सचिवमा बढुवाका लागि बढुवा समितिले पहिलो नम्बरमा सहसचिव रामेश्वर दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको हो । सहसचिव दंगाल अर्थ मन्त्रालयमा, निरौला गृह मन्त्रालयमा र खरेल लोक सेवा आयोगमा कार्यरत छन् ।

    सहसचिव दंगालको नाम यसअघि दुईपटक र निरौलाको नाम एकपटक सचिव बढुवाका लागि बढुवा सिफारिस समितिले मन्त्रिपरिषद्मा सिफारिस गरिसकेको छ । तर, खरेलको नाम भने पहिलो पटक सचिव बढुवाका लागि सिफारिस भएको हो ।

    अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । यदि मन्त्रिपरिषद् बैठकले बरिष्ठताका आधारमा सचिव बढुवा गर्ने हो भने दंगालको बढुवा हुनेछ । बढुवा भएका सचिवको पदस्थापन रिक्त रहेको बागमती प्रदेश वा सुदूरपश्चिम प्रदेशमा हुनेछ ।

    तर खरेललाई नै सचिव बनाउनकै लागि प्रशासन सेवातर्फको पद सिर्जना गरिएकाले यस पटक तेस्रो नम्बरमा बढुवाका लागि सिफारिस भएका खरेलको बढुवा हुने सम्भावना बलियो छ । सहसचिव खरेलले माघ ४ गते निजामती सेवाबाट अवकाश पाउँदैछन् । २०४४ साल साउन एक गते निजामती सेवा प्रवेश गरेका उनी ५८ वर्षे उमेरहदका कारण निवृत्त अनिवार्य अवकाश पाउदैँछन् ।

    खरेल २०६९ फागुन २६ गते उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए । खरेललाई केही दिनकै लागि भए पनि सचिव बनाउन प्रधानमन्त्री कार्यालयमा प्रशासन सेवातर्फ सचिवको दरबन्दी सिर्जना गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यदि खरेल अहिले सचिव बढुवा नभएको अवस्थामा भने सहसचिवबाटै उमेर हदका कारण अनिवार्य अवकाश पाउनेछन् ।

  • प्राविधिकतर्फ रिक्त एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

    प्राविधिकतर्फ रिक्त एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

    काठमाडौं । प्राविधिक सेवातर्फ रिक्त रहेको सचिव पदमा बढुवाका लागि दुई सहसचिव सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त प्राविधिक एक सचिवमा बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको हो ।

    समितिले पहिलो नम्बरमा कृषि तर्फका सहसचिव निरु दाहाल, दोस्रो नम्बरमा बन तर्फका दिपक खराल र तेस्रो नम्बरमा कृषि तर्फका रेवतीरमण पौडेलको नाम सिफारिस गरेको जनाएको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेको तीन सहसचिवमध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । कार्यसम्पादन तथा मुल्यांकनका आधारमा एक नम्बरमा सिफारिस भएकी दाहालको बढुवा हुनसक्ने अनुमान गरिएको छ ।

    कृषि तथा पशुपन्छी मन्त्रालयको कृषितर्फ निमित्त सचिवको जिम्मेवारीमा रहेकी दाहाल मन्त्रालयमा कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने पौडेल मन्त्रालयमा खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । खराल भने बन तथा वातावरण मन्त्रालय अन्तरगतको रेड कार्यान्वयन केन्द्रको प्रमुख छन् ।

    कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यले अनिवार्य अवकाश पाएपछि प्राविधिकतर्फको एक सचिव पद रिक्त भएको थियो ।

  • सचिव बढुवाका लागि सहसचिव पन्थको नाम सिफारिस

    सचिव बढुवाका लागि सहसचिव पन्थको नाम सिफारिस

    काठमाडौं । एक रिक्त रहेको सचिवमा बढुवाका लागि सहसचिव रविलाल पन्थको नाम सिफारिस भएको छ । सोमबार साँझ सिंहदरबारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले जेष्ठताको आधारमा रबिलाल पन्थको नाम सिफारिस गरेको हो ।

    पन्थको नाम यस अघि २ पटक बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस भइसकेको छ । कार्यसम्पादन तथा मुल्यांकनका आधारमा तीन सहसचिवको नाम बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस हुने गरेको भए पनि जेष्ठताको आधारमा भने पन्थको नाम मात्र सिफारिस भएको हो ।

    निजामती सेवा ऐन अनुसार कार्यसम्पादन मूल्याङ्कन ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन जना सहसचिव र पाँचौँ पटक ज्येष्ठता २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गर्नेछ ।

    पन्थ अहिले लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवका जिम्मेवारीमा छन् । बढुवा भएपछि सम्भवत उनलाई कुनै पनि प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी दिइने छ ।

  • प्राविधिकतर्फ सचिव बढुवाका लागि सहसचिव सिग्देलको नाम सिफारिस

    प्राविधिकतर्फ सचिव बढुवाका लागि सहसचिव सिग्देलको नाम सिफारिस

    काठमाडौं । प्राविधिकतर्फ रिक्त रहेको एक सचिव बढुवाका लागि सहसचिव गोपाल सिग्देलको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिले सिग्देलको नाम बढुवाका लागि सिफारिस गरेको हो ।

    कार्यसम्पादन र मुल्यांकनका अधारमा एक सचिव बढुवाका लागि ३ जना सहसचिवको नाम बढुवा सिफारिस समितिले सिफारिस गर्ने भएपछि यस पटक भने जेष्ठताका आधारमा सिग्देलको नाम मात्रै सिफारिस भएको बढुवा समितिले जनाएको छ । बिहिबार दिउसो नै मन्त्रिपरिषद् बैठक बोलाइएकाले उक्त बैठकले सिग्देललाई सचिवमा बढुवा गर्नेछ । सिग्देल कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव हुन् ।

    सिग्देलको यस अघि ३ पटक सचिव बढुवाका लागि सचिव बढुवा सिफारिस समितिले नाम सिफारिस गरिसकेको छ । सहसचिवबाट सचिवमा बढुवा गर्दा तेस्रो पटकमा सचिवमा बढुवा हुने गरेको भए पनि २ महिना अघिको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले दोस्रो नम्बरमा सिफारिस भएका राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गरेको थियो ।

    खनाललाई त्यतिबेला सचिवमा बढुवा नगर्दा उनी सहसचिवबाटै अनविार्य अवकाशमा जाने भएकाले उनलाई मानवियताका दृष्टिकोणले दोस्रो नम्बरमा सिफारिस भएका खनाललाई सचिवमा बढुवा भएको थियो ।

    खनाल सचिव बढुवा भएको २ महिनापछि गत शुक्रबार अनिवार्य अवकाशमा गइसकेका छन् । बढुवापछि खनाल पदस्थापन भएको नेपाल ट्रष्टको कार्यालय करिव १ सातादेखि कार्यकारी सचिव विहिन भएको छ । सम्भव बिहिबार मन्त्रिपरिषद् बैठकबाट सचिवमा बढुवा हुने सिग्देलको नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन हुने अनुमान गरिएको छ ।

    सचिव न्यौपाने अनिवार्य अवकाशमा, युवा मन्त्रालय पनि सचिव विहिन
    युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले पनि मंगलबारदेखि अनिवार्य अवकाश पाएका छन् । न्यौपानेले अनिवार्य अवकाश पाएसँग युवा तथा खेलकुद मन्त्रालय पनि सचिव विहिन भएको छ । मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव कमलप्रसाद पोख्रेलले नै निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।

    सचिव बढुवाका लागि प्रशासनतर्फ तीनजना वरिष्ठ सहसचिव प्रतिस्पर्धामा छन् । जसमा एक नम्बरमा रविलाल पन्थ, दुई नम्बरमा रामेश्वर दंगाल र तीन नम्बरमा मुकुन्दप्रसाद निरौला रहेका छन् । तर, यसपटक प्राविधिक जस्तै जेष्ठताका आधारमा पन्थको नाम सिफारिस हुने संभावना पनि धेरै छ ।

    पन्थ लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव, दंगाल अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख र निरौला वातावरण विभागको महानिर्देशको जिम्मेवारीमा छन् ।

  • एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

    एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

    काठमाडौं । नेपाल सरकारको विशिष्ट श्रेणीअन्तरगत एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको समितिले जनाएको छ ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले एक नम्बरमा डा. रामप्रसाद घिमिरे, दुई नम्बरमा हरीप्रसाद मैनाली र तीन नम्बरमा डिल्लीराम शर्माको नाम सिफारिस गरेको हो । घिमिरे अहिले अर्थ मन्त्रालयमा आर्थिक नीति विश्ल़ेषण महाशाखा प्रमुखको जिम्मेवारीमा छन् भने मैनाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रोजगार समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । यस्तै शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार महाशाखाको जिम्मेवारीमा छन् ।

    घिमिरे यसअघि एकपटक बढुवाका लागि सिफारिस भइसकेका छन् भने र मैनाली र शर्मा पहिलो पटक बढुवाका लागि सिफारिस भएका हुन् । घिमिरे यस अघि एकपटक बढुवाका लागि सिफारिस भइसकेकाले उनको सम्भावना बलियो छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले तीन जनामध्ये एक जना सहसचिवलाई सचिवमा बढुवा गर्नेछ ।

    लोक सेवा आयोग रिक्त रहेका कारण केहि महिना सचिव बढुवा प्रक्रिया रोकिएपछि पछिल्लो समय दैनीक रुपमा सचिव बढुवाका लागि सिफारिस भइरहेको थियो । तर अब भने रिक्त रहेका सबै सचिव पदमा पदपूर्ति भइसकेकाले केहि समय सचिव पदमा बढुवा रोकिने छ ।

  • सचिव बढुवाका लागि सहसचिव किरणराज शर्माको नाम सिफारिस

    सचिव बढुवाका लागि सहसचिव किरणराज शर्माको नाम सिफारिस

    काठमाडौँ । नेपाल सरकारको बिशिष्ठ श्रेणी अर्थात सचिव बढुवाका लागि सहसचिव किरणराज शर्माको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा बढुवाका लागि शर्माका नाम सिफारिस गरेको हो ।

    शर्माको यस अघि २ पटक बढुवाका लागि बढुवा सिफारिस समितिले सिफारिस गरिसकेको छ । एक सचिव बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस हुने गरेको भए पनि निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन सहसचिव र पाँचौँ पटक ज्येष्ठताबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव शर्माको नाम मात्रै सिफारिस भएको बढुवा समितिले जनाएको हो ।

    अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस शर्मालाई सचिवमा बढुवा गर्ने छ । शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालको प्रवक्ताको जिम्मेवारीमा समेत छन् ।

  • नेपाल र खनाललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

    नेपाल र खनाललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

    काठमाडौं । सरकारको बिशिष्ट श्रेणी अर्थात सचिवमा दुई जना सहसचिव बढुवा गरेको छ । सोमबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले प्रशासन तर्फ एक जना र प्राविधिक तर्फ एक जना गरेर दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

    बैठकले प्रशासनतर्फ बढुवा सिफारिस समितिले एक नम्बरमा बढुवाका लागि सिफारिस गरेका खगेन्द्र प्रसाद नेपाल र प्राविधिकतर्फ दुई नम्बरमा सिफारिस गरेका राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । प्राविधिकतर्फ सिग्देलको अझै समयावधि बाँकी रहेको तर खनाल केही महिनामा अवकाशमा जान लागेकोले खनाललाई सचिव बनाएको ती मन्त्रीले बताए ।

    लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार साँझ सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ सचिव बढुवाका लागि एक नम्बरमा नेपाल, दुइ नम्बरमा किरण राज शर्मा र तीन नम्बरमा रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको थियो ।

    यस्तै आइतबार साँझ नै बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिकतर्फ एक नम्बरमा गोपालप्रसाद सिग्देल, दुइ नम्बरमा खनाल र तीन नम्बरमा सरजु कुमार वैद्यको नाम सिफारिस गरेको थियो । यस अघि निरन्तर एक नम्बरमा सिफारिस भएका सहसचिवलाई सचिवमा बढुवा गर्ने गरेको भए पनि यस पटक भने दोस्रो नम्बरका खनाललाई बढुवा गरेको छ ।

  • दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस

    दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस

    काठमाडौं । नेपाल सरकारको रिक्त बिशिष्ट श्रेणी अर्थात दुई सचिव पदमा बढुवाका लागि ६ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ ३ जना र प्राविधिकतर्फ ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो ।

    प्रशासनतर्फ सहसचिव खगेन्द्रप्रसाद नेपाल, किरणराज शर्मा र डा. रामप्रसाद घिमिरेको सिफारिस भएको बढुवा समितिले जनाएको छ । यस्तै प्राविधिकतर्फ बढुवाका लागि सिफारिस हुनेमा गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनाल र सरजु कुमार बैद्य रहेका छन् ।

    प्रशासनतर्फ सिफारिस भएका नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् भने शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको जिम्मेवारीमा छन् । यस्तै घिमिरे अर्थ मन्त्रालयमा आर्थिक नीति विश्ल़ेषण महाशाखाका प्रमुखको जिम्मेवारीमाा छन् ।

    प्राविधिकतर्फ सिफारिस भएका सिग्देल कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव छन् भने खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षाका लागी खाद्य परियोजनाको निर्देशकको जिम्मेवारीमा रहेका छन् । यस्तै बैद्य जल तथा मौसम विज्ञान विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ।

    सोमबार बस्ने नियमित मन्त्रिपरिषद् वैठकले प्रशासनतर्फ ३ जनामध्ये १ जनालाई र प्राविधिकतर्फ पनि ३ जनामध्ये १ जनालाई सचिवमा बढुवा गर्नेछ । प्रशासनतर्फ नेपालको नाम २ पटक र शर्माको नाम यसअघि कृष्णहरी पुष्कर सचिवमा बढुवा हुँदा सिफारिस भएको थियो । नेपालको नाम यसअघि दुई नम्बरमा र अहिले एक नम्बरमा गएकाले उनको दावेदारी बलियो मानिएको छ । घिमिरेको नाम भने पहिलोपटक सचिव बढुवाका लागि सिफारिस भएको हो ।

    यस्तै प्राविधिकतर्फ पनि सिग्देलको नाम यसअघि २ पटक र खनालको नाम एक पटक सिफारिस भएको थियो । सिग्देल यसअघि २ नम्बरमा र यसपटक पहिलो नम्बरमा सिफारिस भएकाले उनको सम्भावना बढी छ । बैद्यको नाम भने पहिलो पटक सिफारिस भएको हो । अब सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठकले दुई सचिवको बढुवा गर्ने छ ।

  • एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

    एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

    काठमाडौं । नेपाल सरकारको विशिष्ट श्रेणीअन्तरगत एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । बिहिबार बसेको बढुवा सिफारिस समितिको बैठकले तीन नाम सिफारिस गरेको समितिले जनाएको छ ।

    लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले एक नम्बरमा कृष्णहरी पुष्कर, दुई नम्बरमा खगेन्द्रप्रसाद नेपाल र तीन नम्बरमा किरणराज शर्माको नाम सिफारिस गरेको हो । पुष्कर हाल कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रवक्ताको जिम्मेवारीमा छन् भने नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् । यस्तै शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको जिम्मेवारीमा छन् ।

    पुष्कर यसअघि दुईपटक र नेपाल एकपटक बढुवाका लागि सिफारिस भइसकेका छन् भने शर्मा पहिलोपटक सिफारिस भएका हुन् । तेस्रोपटक बढुवाका लागि सिफारिस भएकाले पुष्करको सम्भावना बलियो छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले एकलाई सचिवमा बढुवा गर्नेछ ।

  • दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम मन्त्रिपरिषद्मा सिफारिस

    दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम मन्त्रिपरिषद्मा सिफारिस

    काठमाडौं । नेपाल सरकारको रिक्त दुई सचिव पदमा ६ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको प्रशासनतर्फ ३ जना र प्राविधिकतर्फ ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो ।

    प्रशासनतर्फ सहसचिव मधुसुदन बुर्लाकोटी, कृष्णहरी पुष्कर र खगेन्द्रप्रसाद नेपालको सिफारिस भएको बढुवा समितिले जनाएको छ । यस्तै प्राविधिकतर्फ बढुवाका लागि सिफारिस हुनेमा सुशील चन्द तिवारी, गोपालप्रसाद सिग्देल र राजेन्द्रप्रसाद खनाल रहेका छन् ।

    प्रशासनतर्फ सिफारिस भएका बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालमा प्रवक्ताको जिम्मेवारीमा छन् भने पुष्कर कोभिड–संकट व्यवस्थापन केन्द्रको बोर्ड सदस्य एवम् प्रवक्ता छन् । यस्तै नेपाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् ।

    प्राविधिकतर्फ सिफारिस भएका तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सचिव छन् । सिग्देल कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव छन् । यस्तै खनाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको परमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

    अब बस्ने मन्त्रिपरिषद् वैठकले प्रशासनतर्फ ३ जनामध्ये १ जनालाई र प्राविधिकतर्फ पनि ३ जनामध्ये १ जनालाई सचिवमा बढुवा गर्नेछ । प्रशासनतर्फ बुर्लाकोटी र पुष्करको नाम यसअघि डा. गणेशप्रसाद पाण्डे सचिवमा बढुवा हुँदा पनि सिफारिस भएको थियो । बुर्लाकोटीको नाम यसअघि दुई नम्बरमा र अहिले एक नम्बरमा गएकाले उनको दावेदारी बलियो । नेपालको नाम भने पहिलोपटक सचिव बढुवाका लागि सिफारिस भएको हो ।

    यस्तै प्राविधिकतर्फ पनि तिवारीको र सिग्देलको नाम यसअघि पनि सिफारिस भएको थियो । तिवारी यसअघि २ नम्बरमा र यसपटक पहिलो नम्बरमा सिफारिस भएकाले उनको सम्भावना बढी छ । खनालको नाम भने पहिलो पटक सिफारिस भएको हो । अब सोमबार बस्ने नियमित मन्त्रिपरिषद् बैठकले दुई सचिवको बढुवा गर्ने छ ।

  • एक सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

    एक सचिव बढुवाका लागि ३ सहसचिवको नाम सिफारिस

    काठमाडौं । नेपाल सरकारको बिशिष्ट श्रेणी अर्थात सचिवकाे एक रिक्त पदमा बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले बरिष्ठता तथा कार्यसम्पादन मुल्यांकनका आधारमा ३ जनाको नाम सिफारिस गरेको हो ।

    सचिव बढुवाका लागि सिफारिस हुनेमा सहसचिव गणेशप्रसाद पाण्डे, मधुसुदन बुर्लाकोटी र कृष्णहरी पुष्कर रहेकाे बढुवा समितिले जनाएकाे छ । पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बहुपक्षीय व्यापार तथा व्यापार सहायता महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । यस्तै बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालमा प्रवक्ताको जिम्मेवारीमा छन् भने पुष्कर कोभिड-संकट व्यवस्थापन केन्द्रको बोर्ड सदस्य एवम् प्रवक्ताको जिम्मेवारीमा छन् ।

    अब बस्ने मन्त्रिपरिषद् वैठकले ३ जनामध्ये १ जनालाई सचिवमा बढुवा  गर्नेछ । पाण्डेको नाम यसअघि डा. मुकुन्दप्रसाद पौडेल सचिवमा बढुवा हुँदा पनि सिफारिस भएको थियो । त्यसैले उनकाे दावेदारी बलियाे छ ।  बुर्लाकोटी र पुष्करको नाम भने पहिलोपटक सचिव बढुवाका लागि सिफारिस भएको हो ।

    यसअघि दुईपटक बसेकाे बढुवा समितिको बैठकले प्रशासनतर्फ एकजना सचिवका लागि डा. दामोदर रेग्मीको मात्रै र प्राविधिकतर्फ दुईजनाको बढुवाका लागि ६ जनाको नाम सिफारिस गरिसकेको छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले ३ सचिवको नाम एकैपटक पारित गर्नेछ ।

    रक्षासचिव पाण्डे  बुधबारदेखि अनिवार्य अवकाशमा

    यसैविच बुधबार नै रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले निजामती सेवाबाट अनिवार्य अवकाश पाएका छन् । नेपाल सरकारका विभिन्न निकायमा ३९ वर्ष सेवा गरेका सचिव पाण्डेलाई बुधवार रक्षा मन्त्रालयबाट बिदाई गरिएको छ। उनले अवकाश पाएसँगै रक्षा मन्त्रालय सचिवविहिन भएको छ ।

  • रिक्त ३ सचिवमा बढुवाका लागि ७ सहसचिवको नाम मन्त्रिपरिषद्मा सिफारिस, प्रशासनतर्फ डा. रेग्मी निश्चित

    रिक्त ३ सचिवमा बढुवाका लागि ७ सहसचिवको नाम मन्त्रिपरिषद्मा सिफारिस, प्रशासनतर्फ डा. रेग्मी निश्चित

    काठमाडौं । नेपाल सरकारका विभिन्न निकायमा रिक्त ४ सचिवकाे पदपुर्तिका लागि ७ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिकाे दुई दिन बसेको बैठकले सहसचिवको नाम सिफारिस गरेको हो ।

    प्रशासनतर्फ १ जना सचिव बढुवाका लागि जेष्ठताका आधारमा एक जनाको नाम मात्र सिफारिस भएकाे छ।  बनसेवातर्फ एकजना सचिव बढुवाका लागि ३ जना सहसचिव र इञ्जिनियरिङ सेवातर्फ १ जना सचिव बढुवाका लागि ३ जना सिफारिस भएका छन् ।

    आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सोमवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बरिष्ठताका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.दामोदर रेग्मीको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो ।

    एक जना सचिव पदमा बढुवा गर्दा ३ जना सहसचिवको नाम सिफारिस हुने भए पनि जेष्ठताका आधारमा रेग्मीको नाम मात्र सिफारिस गरिएको बढुवा समितिले जनाएको छ । कार्यसम्पादनका आधारमा बढुवा गर्दा एक सचिवका लागि ३ जना सहसचिवको नाम सिफारिस हुने गरेको छ ।

    निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत) का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि ३ वरिष्ठ सहसचिव र पाँचौपटक  एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार डा. रेग्मीको नाम मात्रै सिफारिस भएको स्रोतले बतायो ।

    वन र इन्जिनियरिङमा दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको सिफारिस
    आयोगका अध्यक्ष रेग्मीको अध्यक्षतामा मंगलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा वन सेवातर्फ सहसचिव डा. कृष्णप्रसाद आचार्य, निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको हो । आचार्य र पाण्डे यसअघिको सचिव बढुवामा पनि सिफारिस भएका थिए । बरिष्ठताका आधारमा आचार्य र पाण्डेमध्ये एक जना सचिवमा बढुवा हुनेछन् ।

    कृषि सेवातर्फ एक सचिव पदमा तीन जनाकाे नाम
    इन्जिनियरिङ सेवातर्फ सहसचिव प्रमिला बज्राचार्य, सुशिलचन्द तिवारी र गोविन्द सिग्देलको नाम सिफारिस भएको छ । उनिहरुमध्ये वरिष्ठताका आधारमा बज्राचार्य बढुवा हुने सम्भावना धेरै छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ डा.रेग्मीलाई सचिवमा बढुवा गर्नेछ भने प्राविधिकतर्फ ६ जनामध्येबाट वरिष्ठता तथा कार्यसम्पादनका आधारमा २ जना सचिवमा सिफारिस हुनेछन् ।

    लामो समयदेखि रोकिएको सचिव बढुवा सिफारिस लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति भएसँगै अघि बढेको हो । हाल प्रशासन सेवाका ५, इन्जिनियरिङ सेवाका २ र वन तथा कृषि सेवाका १ गरी आठ सचिव पद रिक्त छन् । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालयमा सचिव पद रिक्त छ भने गण्डकी र कर्णाली प्रदेशमा प्रमुख सचिव पद रिक्त छन् ।

    बिहीबारदेखि रक्षा सचिव अनिवार्य अवकाशमा

    बिहिबार मात्रै रक्षा सचिव रेश्मीराज पाण्डेले पनि अनिवार्य अवकाश पाउँदैछन् । पाण्डे चालू आर्थिक वर्ष २०७७-०७८ को अन्तिममा अनिवार्य अवकाश पाउने सचिव हुन् । उनको अवकाससँगै प्रशासनतर्फ थप एक जना सचिवको पद रिक्त हुनेछ । बुधबार बस्ने बढुवा समितिको बैठकले प्रशासन सेवातर्फ एक सचिव बढुवाका लागि सिफारिस गर्ने जनाइएको छ ।

  • सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पौड्यालको सम्भावना बढी

    सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, पौड्यालको सम्भावना बढी

    काठमाडौं । एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको नेतृत्वमा रहेको बढुवा समितिले एक जना सचिव बढुवाका लागि सहसचिव डा. मुकुन्द प्रसाद पौड्याल, दामोदर रेग्मी र गणेश प्रसाद पाण्डेको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

    बढुवाका लागि सिफरिस भएका सहसचिवमध्ये पौड्याल राष्ट्रिय सूचना आयोगमा, रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा र पाण्डे उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयमामा कार्यरत छन् । तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ। यसपटक पौड्याल सिफारिस हुने अनुमान गरिएको छ ।

    पौड्याल यसअघि दुइ पटक बढुवाका लागि सिफारिस भइसकेका छन् । यस अघि बढुवा भएर प्रदेश १ को प्रमुख सचिवको जिम्मेवारीमा रहेका सुमन अर्याल र लुम्बिनी प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका भरतमणी सुवेदीको बढुवा सिफारिस हुदाँ पौड्याल सिफारिस भएका थिए । चैत दुइ गते गण्डकी प्रदेश प्रमुख सचिवबाट बिष्णु प्रसाद नेपालले अवकाश पाएपछि एक सचिवको पद रिक्त छ ।

  • सचिव बढुवाका लागि ३ सह-सचिव सिफारिस

    सचिव बढुवाका लागि ३ सह-सचिव सिफारिस

    काठमाडौं । एक सचिव बढुवाका लागि ३ सह-सचिवको नाम सिफारिस भएको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको नेतृत्वमा रहेको सचिव बढुवा समितिले एक जना सचिव बढुवाका लागि सह–सचिव सुमन अर्याल, भरतमणि सुवेदी र मुकुन्द पौड्याको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

    बढुवाका लागि सिफरिस गरेका सह-सचिवमध्ये अर्याल तथ्यांक विभागमा, सुवेदी ५ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयमा र पौड्याल राष्ट्रिय सूचना आयोगमा कार्यरत छन् ।

    ३ जनामध्ये १ जनालाई मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्नेछ। पुष २१ गते लोक सेवा आयोगबाट सचिव आनन्दराज ढकालले अवकाश पाएपछि एक सचिवको पद रिक्त छ ।