Tag: श्रीलंका

  • श्रीलंकामा हिंसात्मक झडप, राजापाक्षे परिवारको घरमा आगजनी

    श्रीलंकामा हिंसात्मक झडप, राजापाक्षे परिवारको घरमा आगजनी

    काठमाडौं । राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् ।

    प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए । तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउँसो पदबाट राजीनामा दिएका थिए ।

    प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् । झडपमा सत्तारुढ दलका सांसदको मृत्यु भएको छ । झडपमा सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको हो ।

  • श्रीलंकामा मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा गोली चल्यो: एकजनाको मृत्यु, २४ घाइते

    श्रीलंकामा मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा गोली चल्यो: एकजनाको मृत्यु, २४ घाइते

    काठमाडौं । श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको छ र अन्य २४ जना घाइते भएका छन् ।

    इन्धनको मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो ।

    मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका थिए । यसैबीच, श्रीलंका प्रहरीले अर्को सूचना नभएसम्मका लागि रामबुकाना प्रहरी डिभिजन वरपर कर्फ्यू लगाएको छ ।

  • आर्थिक संकट चुलिएपछि श्रीलंकाका २६ मन्त्रीले दिए सामूहिक राजीनामा

    आर्थिक संकट चुलिएपछि श्रीलंकाका २६ मन्त्रीले दिए सामूहिक राजीनामा

    काठमाडौं । संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन् । चरम आर्थिक संकटप्रति असन्तुष्ट सर्वसाधारणहरूले प्रदर्शन गरिरहेका बेला २६ जना मन्त्रीहरुको सामूहिक राजीनामा आएको हो ।

    तर, प्रधानमन्त्री महिन्द राजापाक्षेले भने राजीनामा दिएका छैनन् । सरकारले लगाएको कर्फ्यूको उल्लंघन गर्दै सर्वसाधारणले सडकमा प्रदर्शन गरेका थिए । श्रीलंकाले सन् १९४८ स्वतन्त्र भएपछिकै सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको छ ।

    यहाँ खाद्यन्न औषधि जस्ता अत्यावश्यक वस्तुको अभाव छ । पेपरको अभावमा सरकारले परीक्षासमेत स्थगित गरेको छ । दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ हुने गरेको छ ।

  • आर्थिक संकट भयावह भएपछि श्रीलंकामा देशव्यापी कर्फ्यू

    आर्थिक संकट भयावह भएपछि श्रीलंकामा देशव्यापी कर्फ्यू

    काठमाडौं । श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का लागि देशव्यापी कर्फ्यू लगाइएको सरकारको सूचना विभागले एक विज्ञप्तिमा भनेको छ ।

    श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनु पर्ने बताउँदै आएका छन् । सरकारले शुक्रबारदेखि नै आपतकाल घोषणा गरिसकेको छ ।

    विगतमा, आपतकालीन आदेशले सेनालाई संदिग्धहरूलाई पक्राउ पूर्जी बिना पक्राउ गर्न र हिरासतमा राख्न अनुमति दिएको थियो । तर, प्रतिबन्धहरू प्रस्ट नभएको बताइन्छ । राष्ट्रपतिको आपतकालीन शक्तिहरू परिभाषित गर्ने नियमहरू जारी हुन बाँकी रहेको बताइएको छ ।

    शुक्रबार दिउँसो पसलहरु खुलेका र यातायात सामान्य रहेको थियो भने केही पेट्रोल पम्पमा प्रहरी तैनाथ थिए । सार्वजनिक व्यवस्थाको रक्षा गर्न र अत्यावश्यक आपूर्ति र सेवाहरू कायम राख्न आपतकालीन अवस्था आवश्यक रहेको राजापाक्षेले बताएका छन् ।

  • श्रीलंकामा आपतकाल घोषणा, सुरक्षा फौजलाई असीमित अधिकार

    श्रीलंकामा आपतकाल घोषणा, सुरक्षा फौजलाई असीमित अधिकार

    काठमाडौं । श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ ।

    राष्ट्रपति गोटाबाया राजापाक्षेले संदिग्धहरूलाई बिनाकुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन् ।

    ‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपतकाल घोषणा गरिएको’ उनले एक घोषणामा भनेका छन् ।
    सरकारले राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राती कफ्र्यू लगाएको थियो ।

    २ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ । मूल्य बृद्धि आकाशिएको छ भने दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षाहरु नै स्थगित गरिएका छन् ।

  • श्रीलंकामा इन्धन भर्न लाइनमा बसेका २ जनाको मृत्यु

    श्रीलंकामा इन्धन भर्न लाइनमा बसेका २ जनाको मृत्यु

    काठमाण्डाैं । श्रीलंकामा इन्धन भर्न लाइनमा पालो कुरिरहेका बेला दुई जनाको मृत्यु भएको छ । चरम अभाव र आकासिँदो मूल्य बृद्धिले देशभर कठिनाइ निम्तिएका बेला पछिल्लो घटना सार्वजनिक भएको हो ।

    अन्दाजी ७० वर्षका उनीहरु देशका छुट्टाछुट्टै ठाउँमा पेट्रोल र मट्टितेल भर्ने लाइनमा पालो कुर्दाकुर्दै ढलेको प्रहरी प्रवक्ता नलिन थलदुवाले बताएका छन् । केही सातादेखि श्रीलंकामा तेल भर्न घन्टौँ सम्म मानिसहरु पेट्रोल पम्पमा पालो कुरेर बसेका देखिन्छन् ।

    देशले स्वतन्त्र राष्ट्रको रूपमा इतिहासको सबैभन्दा खराब आर्थिक संकटसँग जुधिरहेको छ । देशमा अत्यावश्यक वस्तुको आपूर्ति घटिरहेको छ । रकम अभावसँगै अत्यावश्यक वस्तुको आयात घटेको  छ ।

    यसअघि छाप्ने कागजको अभावमा सरकारले विद्यालयको परीक्षा अनिश्चतकालका लागि रद्द गरेको थियो । परीक्षा रद्द हुँदा लाखौँ मानिस प्रभावित भएका थिए ।

     

  • श्रीलंका समूह बिजेता बन्दै सुपर १२ मा

    श्रीलंका समूह बिजेता बन्दै सुपर १२ मा

    काठमाडौं । नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै सुपर १२ मा पुगेको छ ।

    जितका लागि ४५ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले ७ ओभर १ बलमा २ विकेटको क्षतिमा पूरा गरेको हो । श्रीलंका कुशल परेरा ३३ रनमा अविजित रहे ।

    त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स १० ओभरमा ४४ रनमा अल आउट भएको थियो ।

    नेदरल्यान्ड्सका कोलिन एक्रमनले सर्वाधिक ११ रन बनाए । श्रीलंका स्पिनर वानिन्दु हसरंगा र लाहिरू कुमाराले समान ३ विकेट लिए ।

    समूह ‘ए’ बाट श्रीलंका ३ खेलमा ३ मानै जित सहित ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । नामिबिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ सुपर १२ मा स्थान पक्का गरेको हो ।

    आयरल्यान्ड ३ खेलमा २ मा हार र १ मा जित सहित तेस्रो र नेदरल्यान्ड्स ३ खेलमा ३ मानै हारका साथ अंक बिहिन हुँदै बाहिरिए । सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह बी को उपविजेता बंगलादेश र समूह ए को विजेता श्रीलंका छन् ।

    सुपर १२ को समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, पहिलो चरणको समूह बी को विजेता स्कटल्यान्ड र समूह ए को उपविजेता नामिबिया छन् ।

    सुपर १२ बाट दुवै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । शनिबार सुपर १२ समूह ए का खेल हुनेछन् । शनिबार पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा इंग्ल्यान्ड र वेस्टइन्डिज खेल्नेछन् ।

    आइतबार सुपर १२ को समूह बीका खेलहरू हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश तथा दोस्रो खेलमा पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

  • साफ च्याम्पियन: नेपालले श्रीलंकालाई ३-२ गोलको नतिजामा हरायो

    साफ च्याम्पियन: नेपालले श्रीलंकालाई ३-२ गोलको नतिजामा हरायो

    काठमाडौं । साफ च्याम्पियनसिपमा आफ्नो दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकालाई ३-२ गोलको नतिजामा पराजित गरेको छ । माल्दिभ्सको मालेमा भएका भएको खेलको सुरुआतमा श्रीलंकाले दबाब बनाए पनि ३३औं मिनेटमा सुमन लामाले गोल गरेसँगै नेपालले खेलमा पकड बनाएको थियो ।

    पहिलो हाफमा १-० को अग्रता बनाएको नेपालले ५१औं मिनेटमा अग्रता दोब्बर पारेको थियो । नेपालका लागि आयुष घलानको पासमा अञ्जन विष्टले ट्याप इनमार्फत् दोस्रो गोल गरेका थिए ।

    त्यसको ६ मिनेट नबित्दै श्रीलंकाका मार्भिन हामिल्टनले उत्कृष्ट गोल गरेका थिए । निर्धारित समयको खेल सकिन चार मिनेट बाँकी रहँदा आयुषले गोल गर्दै नेपालको अग्रता पुन: ३-१ मा लम्ब्याएका थिए ।

    तर, इन्जुरी समयमा गौतम श्रेष्ठले पेनाल्टी एरियामा बल ह्यान्ड गरेको भन्दै रेफ्रीले पेनाल्टी दिएपछि श्रीलंकाले दोस्रो गोल फर्काउने मौका पाएको थियो । सोही पेनाल्टीमा श्रीलंकाका डिलियोन डी सिल्भाले गोल गरेका थिए ।

    जितसँगै नेपालको ऐतिहासिक फाइनल प्रवेश नजिक पुगेको छ । बाँकी दुई खेलबाट एक बराबरी वा जित निकाले नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेल्ने छ । प्रतियोगितामा दुई खेलमा ६ अंक जोड्ने नेपाल पहिलो टोली हो ।

    नेपालले आगामी आइतबार भारतसँग खेल्ने छ ।

    खेलपछि नेपालका कप्तान किरण चेम्जोङले भारतविरुद्ध ९० मिनेटसम्म फिल्डमा प्रतिस्पर्धा गर्ने प्रतिक्रिया दिए ।

    ‘हामीले आज अर्को एउटा स्टेप पार गर्‍यौं,’ किरणले भने, ‘हामी भारतसँग ५ दिनपछि खेल्दै छौं, त्यसको तयारीका लागि हामीसँग ५ दिन छ । हामी भारतसँग ९० मिनेटसम्म फाइट गर्नेछौं ।’

    शुक्रबार भएको पहिलो खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोलको नतिजामा पराजित गरेको थियो । नेपालले साफ च्याम्पियनसिपमा पहिलो पटक माल्दिभ्सलाई पराजित गर्न सफल भएको हो ।

    श्रीलंका पनि सोही दिन- शुक्रबार भएको उद्‍घाटन खेलमा बंगलादेशसँग पराजित भएको थियो । सोमबार भएको पहिलो खेलमा भारत र बंगलादेशले १-१ गोलको बराबरी खेलेका थिए । १-० गोलको नतिाजमा पछाडि परेको बंगलादेशले ५४औं मिनेटमा एक खेलाडीलाई रातो कार्डको कारण गुमाएको थियो ।

    यद्यपि, ७४‍औं मिनेटमा बराबरी गर्दै खेलमा बराबरी गर्न सफल रह्यो । नेपालले २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थान कब्जा गरेको छ भने समान खेलमा ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । एक खेलमा १ अंक जोडेको भारत तेस्रो र १ खेलमा अंकविहीन माल्दिभ्स चौथो स्थानमा छ । दुई खेलमा अंकविहीन श्रीलंका अन्तिम (पाचौं) स्थानमा छ ।

  • श्रीलंकाली अलराउन्डर फर्नान्डेजले ललितपुरबाट ईपीएल खेल्ने

    श्रीलंकाली अलराउन्डर फर्नान्डेजले ललितपुरबाट ईपीएल खेल्ने

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को साविक विजेता ललितपुर प्याट्रिओट्सले श्रीलंकाली अलराउन्डर ओशाडा फर्नान्डेजलाई आगामी संस्करणका लागि अनुबन्ध गरेको छ ।

    दश दिनपछि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करणका लागि ललितपुरले २९ वर्षीया फर्नान्डेजलाई अनुबन्ध गरेको जानकारी दिएको छ ।

    टी–२०, ओडीआई र टेस्ट गरी तीन वटै फम्र्याटका लागि श्रीलंकाको राष्ट्रिय टोलीमा रहेका फर्नान्डो विस्फोटक ब्याटिङ र सटिक लेग ब्रेकका लागि जानिने गरेका छन् । ललितपुरले यसअघि नै भुटानका युवा ब्याट्सम्यान मिक्यो दोर्जी र अफगानिस्तानका अज्मातुल्लाह ओमारजाईलाई क्लबमा भित्र्याइसकेको छ ।

    प्रतियोगिताको नियमअनुसार सबै फ्रेन्चाइज टोलीमा कम्तिमा तीन जना विदेशी खेलाडी हुनै पर्नेछ ।

    असोज ९ गतेदेखि २३ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका कुल ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । भैरहवा ग्लाडिएर्ट, पोखरा राइनोज, काठमाडौं किङ्ग्स–११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र विराटनगर वारियर्सले आसन्न ईपीएलमा प्रतिस्पर्धा गर्नेछन् ।

  • श्रीलंकाविरुद्धको एकदिवशीय शृंखला भारतले जित्यो

    श्रीलंकाविरुद्धको एकदिवशीय शृंखला भारतले जित्यो

    एजेन्सी । दोस्रो खेलमा ३ विकेटको रोमान्चक विजयसँगै श्रीलंकाविरुद्धको तीन एकदिवशीय शृंखला भारतले जितेको छ । कोलम्बोमा गएराति सम्पन्न दोस्रो एकदिवशीयमा दीपक चहरले आठौं नम्बरमा ब्याटिङ गरी ६९ रनको अर्धशतकीय योगदान गरेपछि भारतले जित हासिल गरेको हो ।

    २ सय ७६ रनको लक्ष्य पछ्याएको भारत १८ ओभरमा ११६-५ को नाजुक स्थितिमा थियो । उसका शीर्ष क्रमका ब्याट्सम्यानहरुले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । अर्धशतक बनाएर खेलिरहेका सूर्यकुमार यादव पनि आउट हुँदा भारत २७ ओभरमा १६०-६ को स्थितिमा पुग्यो । क्रुनाल पण्ड्याले पनि ३५ रनमात्र बनाउन सके ।

    तर आठौं विकेटका लागि दीपक चहर र तीब्र बलर भुवनेश्वर कुमारबीच ८२ रनको अविजित साझेदारी भयो र इनिङको ५ बल छँदै भारले खेल जित्यो र शृंखला जित निश्चित ग¥यो । चहरले ८२ बलमा ७ चौका र १ छक्कासहित ६९ रनको अविजित संयमित पारी खेले । कुमारले उनलाई १९ रन बनाएर साथ दिए । श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए पनि अन्तिम ओभरतिर घरेलु बलर निप्रभावी देखिएका थिए ।

    यसअघि टसजितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ९ विकेटको क्षतिमा मध्यम योगफल बनाएको हो । उसका ओपनर आभिस्का फर्नाण्डोले ५० तथा मध्यक्रमका चरिथ असलंकाले ६५ रनको अर्धशतकीय योगदान गरेका थिए । चामिका करुणारत्नेले पनि ४४ रन बनाए ।

    बलिङमा भारतका भुवनेश्वर र युजवेन्द्र चहलले ३-३ विकेट लिए । चहरले बलिङबाट पनि २ विकेट लिएका थिए । उनी खेलकाे म्यान अफ द म्याचसमेत चुनिए ।

    शृंखलाको पहिलो खेलमा भारत आइतबार ७ विकेटले विजयी भएको थियो । एक खेल अगावै एकदिवशीय शृंखला जितेको भारतले त्यसपछि तीन खेलको ट्वान्टी-२० शृंखला पनि खेल्नेछ ।

  • शिखर धवनको कप्तानी इनिङ्समा श्रीलंकामाथि भारतको ७ विकेटको जित

    शिखर धवनको कप्तानी इनिङ्समा श्रीलंकामाथि भारतको ७ विकेटको जित

    एजेन्सी । पहिलो खेलमा ७ विकेटको आरामदायी जितसहित श्रीलंकाविरुद्धको एकदिवशीय शृंखलामा भारतले १-० को अग्रता लिएको छ ।

    कोलम्बोको प्रेमदाशा रंगशालामा घरेलु टोली श्रीलंकाले दिएको २ सय ६३ रनको लक्ष्य ३ विकेटको क्षतिमा पूरा गर्दा शिखर धवनले ८६ रनको कप्तानी पारी खेले ।

    शिखरले ९५ बलमा ६ चौका र १ छक्कासहित अवजित प्रदर्शन गर्दा अर्का ओपनर पृथ्वी शले २४ बलमा ४३ रन बनाए । धवनले दोस्रो विकेटका लागि इशान किसानसँग मिलेर ८५ रन तथा तेस्रो विकेटका लागि मनिस पाण्डेसँग ७२ रनको ठोष साझेदारी गर्दै टिमलाई जित दिलाएका हुन् ।

    इशानले ४२ बलमा ५९ रनको अर्धशतकीय पारी खेले । मनिसले २६ रन जोडे । सूर्यकुमार यादव ३१ रनमा अविजित रहे ।

    इसअघि टस जितेर पहिलो व्यटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रनको मध्यम योगफल खडा गरेको थियो । श्रीलंकाका लागि पुछारक्रममा व्यटिङमा आएका चामिण्डा करुणरत्नेले अविजित ४३ रन बनाए । अन्यले अपेक्षाकृत रन बनाउन सकेनन् ।

    नियमित कप्तान विराट कोहली, उपकप्तान रोहित शर्मा, मुख्य बलर जरप्रित बुमराह लगायतलाई आराम दिँदै दोस्रो रोजाईको टिम पठाएर हेपेको आरोप लागिरहेका बेला श्रीलंकाली टोलीका लागि त्यहि टोली नै पर्याप्त बन्यो । ३ एकदिवशीय र ३ ट्वान्टी-२० खेलको शृंखलाका लागि भारतीय टोली कोलम्बो पुगेको हो ।

  • २६ नेपाली महिला श्रीलंकाली जेलमा, छुट्ने सम्भावना न्यून

    २६ नेपाली महिला श्रीलंकाली जेलमा, छुट्ने सम्भावना न्यून

    कोलम्बो । १० महिनादेखि २६ नेपाली महिला श्रीलंकाली जेलमा रहेको खुलासा भएको छ ।

    बीबीसीका अनुसार विभिन्न मुलुकमा जाने क्रममा ट्रान्जिटका रुपमा श्रीलंकाको बाटो प्रयोग गरेका ती महिलालाई श्रीलंका प्रहरीले पक्राउ गरेको थियो ।

    श्रीलंकास्थित नेपाली दुतावासका अनुसार जेलमा रहेका महिलाहरु तत्काल छुट्ने सम्भावना छैन ।

    विभिन्न खाडी मुलुक लैजानको लागि एजेन्टका रुपमा काम गर्ने श्रीलंकाली नागरिकलाई त्यहाँको प्रहरीले मुद्दा दायर गरेपछि प्रमाणका लागि नेपाली महिलालाई त्यहाँ राखिएको जनाइएको छ ।

    नेपाली दुतावासका अनुसार अदालतको आदेश नआएसम्म पक्राउ परेका नेपाली महिला छुट्ने सम्भावना कम छ ।

    चालु आर्थिक वर्षमा भारत र श्रीलंकाबाट उद्दार गरेर नेपाल ल्याइएका महिलाको संख्या ५२ रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ।

  • मानव बेचबिखनको नयाँ ‘ट्रान्जिट’ बन्दै श्रीलंका

    मानव बेचबिखनको नयाँ ‘ट्रान्जिट’ बन्दै श्रीलंका

    काठमाडौं । मानव बेचबिखन कार्यमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौं चक्रपथ डेरा गरी बस्ने मोरङ कटहरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय राम कुमार चौधरी रहेका छन् ।

    महिलालाई फकाई प्रलोभनमा पारी श्रीलंका पुर्‍याउने कार्यमा संलग्न रहेका चौधरीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चाबहिल स्तुपा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

    आफ्नै छिमेकी चन्द्र प्रकाश राईले विदेशमा मानिस पठाउने र आकर्षक तलव हुने भन्दै चौधरीलाई फोन सम्पर्क गराइ १२ जना महिलाहरु दुवई जान तयार भएपछि उनीहरूले पीडितहरुलाई धुलाबारीबाट भारतको सिलगुढीस्थित सबिन शाहको कोठामा पुर्‍याई १७ दिन राखेर श्रीलंका पुर्‍याएका थिए ।

    श्रीलंकामा उनीहरुलाई अलिआक्स भन्ने मानिसलाई भेट गराई उनको अपार्टमेन्टमा लगेको र २ महिना बन्धक बनाएपछि पीडितहरुले आफूलाई नेपाल फर्काउ अन्यथा प्रहरीलाई खवर गर्छौ भनेपछी श्रीलंकामा रहेका अलिआक्सले राहदानी दिएका थिए ।

    पीडितहरु नेपाल आई २०७३ साउन २३ गते जाहेरी दिएकोमा संलग्नमध्ये चन्द्र प्रकाश राई र सबिन शाह पहिला नै पक्राउ परिसकेको र सबिन शाह हाल पुर्पक्षको लागि थुनामा रहेका छन् ।

    चौधरी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको उक्त ब्यूरोले जनाएको छ ।

    पछिल्लो समय मानव बेचविखनको ट्रान्जिट श्रीलंका बन्दै गएको छ ।