Tag: शुद्धोधन गाउँपालिका

  • रुपन्देही शुद्धोधनको अध्यक्षमा कांग्रेसका बस्याल निर्वाचित

    रुपन्देही शुद्धोधनको अध्यक्षमा कांग्रेसका बस्याल निर्वाचित

    रूपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेका किशुनचन्द्र चौधरीलाई हराउँदै कांग्रेसका विष्णुप्रसाद बस्यालले अध्यक्ष जितेका हुन् ।

    विजयी बस्यालले ७ हजार २ सय ४७ मत पाए । पराजित चौधरीले ५ हजार ६ सय ३५ मत पाए ।

    उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी भइन् । उनले ६ हजार २८ मत पाइन् । माओवादी केन्द्रकी सारदा भुसालले ३ हजार १ सय १ मत पाइन् ।

  • जसपाले रुपन्देहीमा खाता खोल्यो, एक मतले जित्यो शुद्धोधनमा वडाध्यक्ष

    जसपाले रुपन्देहीमा खाता खोल्यो, एक मतले जित्यो शुद्धोधनमा वडाध्यक्ष

    रुपन्देही । रूपन्देहीको शुद्धोधन गाउँपालिका– १ को वडाअध्यक्षमा जसपा, नेपालका तर्फबाट उदयराज गडेरिया (बाबुराम पाल) विजयी भएका छन् ।

    उनले ९९२ मत ल्याएका छन् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदारले ९९१ मत ल्याए । त्यसैगरी सो वडामा नेकपा एमालेले २१२ मत मात्र ल्याएको छ । जसपा नेता मनिकर कार्कीले जिल्लामा पहिलो खाता जसपाले खोलेका बताए ।