Tag: शीतल निवास

  • राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो

    राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण, सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेकी छन् ।

    संघीय संसदको दुवै सदनको बैठकबाट पारित भइ पेस हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

    सभामुख अग्नि सापकोटाको भूमिकाप्रति असन्तुष्टी जनाउँदै प्रमुख प्रतिपक्ष एमाले सांसदहरूको निरन्तरको नारावाजी र अवरोधका बीच सरकारले विनियोजन विधेयक पारित गरेको थियो । प्रमाणीकरणसँगै राजपत्रमा सूचना प्रकाशित भएपछि सरकारलाई बजेट खर्चको बाटो खुल्नेछ ।

    शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन विधेयक ल्याएको थियो ।

    प्रतिपक्षको अवरोधका कारण बजेट समयमा पारित नहुँदा सरकारले केही दिन ‘बजेट होलिडे’ को समेत सामना गर्नुपरेको थियो ।

  • खड्काले लिए परराष्ट्रमन्त्रीको सपथ

    खड्काले लिए परराष्ट्रमन्त्रीको सपथ

    काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले सपथ लिएका छन् ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

    नवनियुक्त मन्त्री खड्काले केहीबेरमा सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगी पदभार ग्रहण गर्नेछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का आजै न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

  • राष्ट्रपति भेटेर फर्किए देउवा

    राष्ट्रपति भेटेर फर्किए देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवासबाट बालुवाटार फर्किएका छन् ।

    राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय लगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेका थिए ।

    भेटमा देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्दा संसद र सरकारले व्यहोर्नुपरेको असहजताबारे जानकारी गराएको बताइएको छ ।

  • मन्त्रिपरिषद्लगत्तै प्रधानमन्त्री देउवा शीतल निवासमा

    मन्त्रिपरिषद्लगत्तै प्रधानमन्त्री देउवा शीतल निवासमा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय पुगेका छन् ।

    मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । बालुवाटारनिकट स्रोतका अनुसार अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास गएका हुन् ।

    मन्त्रिपरिषद् बैठकले राजनीतिक दल समबन्धी ऐन संशोधन अध्यादेश जारी गरेको थियो ।

  • राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

    राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

    मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    संवैधानिक परिषद् अध्यादेश दुई पटक जारी भएको थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिरमा त्यस सम्बन्धी अध्यादेश ल्याएर विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेपछि विवाद बढेको थियो । पुनःस्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठकमा उक्त अध्यादेश पेस गर्न खोज्दा नेपाली कांग्रेस, नेकपाको प्रचण्ड-माधव पक्षले त्यसको विरोध गर्दै सदन अवरुद्ध र बहिष्कार गरेको थियो ।

    अध्यादेशविरुद्ध सभामुख अग्निप्रसाद सापकोटा आफै उपस्थित भएर अदालतमा रिट दायर गरेका थिए । तर, अध्यादेश र त्यसपछि विभिन्न संवैधानिक निकायमा गरेका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ ।

  • देउवाको नियुक्ति संविधानको कुन धाराअन्तर्गत ? बोलेन शीतल निवास

    देउवाको नियुक्ति संविधानको कुन धाराअन्तर्गत ? बोलेन शीतल निवास

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएका हुन् ? राष्ट्रपति कार्यालय यसबारेमा मौन बसेको छ ।

    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिबाट देउवालाई संविधानको कुन धारा अन्तर्गत नियुक्त गरियो भन्ने उल्लेख छैन ।

    राष्ट्रपतिले संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८ असार २८ गतेको फैसला बमोजिम नियुक्त गरिएको उल्लेख छ ।

    अदालतले देउवालाई संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । राष्ट्रपतिले सो धारा बमोजिम दावी गरेका देउवा र केपी शर्मा ओली दुवैको दावी नपुगेको भन्दै जेठ ७ गते प्रधानमन्त्रीमा दुवैलाई नियुक्त नगरेपछि प्रतिनिधिसभा विघटन भएको थियो ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार अदालतको परमादेश पालना गरिएको हो । संविधानको धारा ७६ (५) मा प्रधानमन्त्री नियुक्त गर्ने अधिकार राष्ट्रपतिलाई दिएकोमा सर्वोच्चले परमादेश दिएपछि देउवाको नियुक्ति अदालतको आदेशका कारण भएको हो ।

  • अदालतको परमादेश बमोजिम देउवा प्रधानमन्त्री नियुक्त, सपथको लागि साइत जुराउँदै

    अदालतको परमादेश बमोजिम देउवा प्रधानमन्त्री नियुक्त, सपथको लागि साइत जुराउँदै

    काठमाडौं । सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

    संविधानको धारा ७६ (५) बमोजिम देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । देउवा प्रधानमन्त्री नियुक्त भए पनि सपथग्रहणका लागि समन्वय भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले बताए ।

    देउवा अहिले गठबन्धनसँग छलफलमा छन् । सपथका लागि साइत समेत जुराउनुपर्ने भएकाले साँझ अबेरसम्म शीतल निवासमा नयाँ प्रधानमन्त्रीको सपथग्रहण हुने बताइएको छ ।

  • नयाँ ८ मन्त्रीले लिए सपथ (तस्बिरहरू)

    नयाँ ८ मन्त्रीले लिए सपथ (तस्बिरहरू)

    काठमाडौं । नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

    नयाँ सात मन्त्रीलाई राष्ट्रपति तथा एक राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराएका हुन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए ।

    आज थप भएका वन तथा वातावरणमन्त्रीमा नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा मोहन वानियाँ, गृहमन्त्रीमा खगराज अधिकारी, संचारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वनराज्यमन्त्रीमा आशा विक छन् ।

  • नयाँ मन्त्रीहरूको सपथ आजै ८ बजे

    नयाँ मन्त्रीहरूको सपथ आजै ८ बजे

    काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आजै सपथ ग्रहण गर्ने भएका छन् ।

    राष्ट्रपति कार्यालयका अनुसार बेलुकी ८ बजे शीतलनिवासमा नवनियुक्त मन्त्री एवं राज्यमन्त्रीहरूको सपथ ग्रहण समारोह राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जसपाका ८ मन्त्री र २ राज्यमन्त्रीलाई सरकारमा सहभागी गराउँदैछन् ।

    त्यस्तै एमालेबाट वर्तमान अर्थमन्त्री विष्णु पौडेलले उपप्रधानमन्त्री, शेरबहादुर तामाङले स्वास्थ्यमन्त्री र रघुवीर महासेठले परराष्ट्रमन्त्रीका रूपमा सपथ लिनेछन् ।

  • बहुमत सांसदको हस्ताक्षर बुझाएर शीतल निवासबाट बाहिरिँदै विपक्षी

    बहुमत सांसदको हस्ताक्षर बुझाएर शीतल निवासबाट बाहिरिँदै विपक्षी

    काठमाडौं । प्रधानमन्त्रीका लागि बहुमत सांसदको दावी राष्ट्रपतिलाई बुझाएर शीतल निवासबाट बाहिरिरहेका छन्।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेको छ ।

    एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ।

    राष्ट्रपतिले दिएको समयभित्र दावी पेश गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास पुगेका थिए।

  • शीतल निवासमा दुई टीमः ओली भित्र, विपक्षी बाहिर

    शीतल निवासमा दुई टीमः ओली भित्र, विपक्षी बाहिर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रधानमन्त्रीको दावीसहित राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । ओली विपक्षी दलहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दावीसहित शीतलनिवास पुग्नुअघि नै पुगेका थिए ।

    स्रोतका अनुसार ओलीले पनि प्रधानमन्त्रीमा दावी गरेका छन् । उनी एमालेका १२१ र जसपाका १७ सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका हुन्। यसअघि बालुवाटारमा सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले आफूले पनि सरकारका लागि दावी पेस गर्ने बताएका थिए।

    ‘म दावी गर्ने पक्षमा छु,’ उनले भनेका थिए, ‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले दावी गर्न सक्छु । म सँग १२१ मत छ । १२१ मसँग भएको हुनाले अलिक सजिलो होलाकी भनेर म कोसि गरिरहेको छु । त्यसमा राष्ट्रपतिलाई भरपर्दो आधार लागेर नियुक्त गर्नुभयो भने सरकार चलाउँछु । अनि एक महिनाभित्र विश्वासको मत लिन्छु ।’

  • सपथग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख उपस्थित, पूर्वप्रधानमन्त्रीहरू गएनन्

    सपथग्रहण समारोहमा उपराष्ट्रपति र सभामुख उपस्थित, पूर्वप्रधानमन्त्रीहरू गएनन्

    काठमाडौं । केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा ओलीसँगै उनी नेतृत्वको नवगठित मन्त्रिमण्डलका सदस्यले सपथ लिए ।

    सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा पनि सहभागी भए । यसअघि केही मन्त्री र संवैधानिक निकाय पदाधिकारीले सपथ लिने कार्यक्रममा उनीहरू अनुपस्थित भएका थिए ।

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर नियुक्ति गरेको भन्दै उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति जनाउँदै सपथग्रहण समारोहमा अनुपस्थित हुने गरेका थिए।

    सपथ ग्रहण समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीमात्रै सहभागी भए । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द देखिएनन् ।

    दलका दर्फबाट जनता समाजावदी पार्टीका अध्यक्ष महन्थ ठाकुर उपस्थित भए । एमालेकै नेपाल पक्ष पनि सपथ ग्रहण समारोहमा उपस्थित भएनन् ।

  • ओलीले लिए प्रधानमन्त्रीको सपथ

    ओलीले लिए प्रधानमन्त्रीको सपथ

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएका छन् ।

    शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

    सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति छ ।

    तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रूपमा सपथ लिएका हुन् । सँगै कम्युनिष्टबाट धेरैपटक प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति हुन् ।

    गठबन्धन सरकारका लागि दिएको समयसीमा घर्किएपछि हिजो राति अबेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

  • शीतल निवासमा सपथको तयारी, साविककै मन्त्रीहरूलाई बोलाइयो

    शीतल निवासमा सपथको तयारी, साविककै मन्त्रीहरूलाई बोलाइयो

    काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम शुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिमण्डलका सदस्यहरुले साढे दुई बजे सपथ लिने कार्यक्रम छ।

    प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने भएका छन् । त्यसै अनुसार अहिले कै मन्त्रीहरुलाई सपथ ग्रहणको निमन्त्रणा भए अनुसार उनीहरू शीतल निवास छिर्न थालेका छन् ।

  • शीतल निवास पुगेर ठाकुर र महतोको आग्रह- ​उपेन्द्र आए वैधता नदिनू

    शीतल निवास पुगेर ठाकुर र महतोको आग्रह- ​उपेन्द्र आए वैधता नदिनू

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो शीतल निवास पुगेका फर्किएका छन्।

    राष्ट्रपतिले दुई वा दुई भन्दा बढी दलको सर्मथनमा ससरकार गठन गर्न दिएको समय घर्किन लागेका बेला उनीहरूले शीतल निवास गएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका हुन् ।

    स्रोतका अनुसार उनीहरूले जसपाको प्रथम अध्यक्ष ठाकुर भएको र निर्वाचन आयोगमा पनि प्रथम अध्यक्षकै हस्ताक्षर चल्ने भन्दै अरु कोही आए वैधता नदिन राष्ट्रपति समक्ष आग्रह गरेका थिए ।

    जसपाको उपेन्द्र यादव-बाबुराम पक्ष विपक्षी गठबन्धलाई सहयोग गर्नुपर्ने अडानमा छ । ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदा तटस्थ बसेको थियो भने अर्को पक्षले विपक्षमा मतदान गरेको थियो ।

    राष्ट्रपति भण्डारीले तीन दिनको समय दिएर संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेकी छिन् । उक्त समय भोलि अबेर ९ बजे सकिँदै छ ।

    शीतल निवास जानुअघि ठाकुर र महतोले बालुवाटारमा गएर प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका थिए । छलफलमा विपक्षी गठबन्धनलाई बहुमत पुग्न नदिने रणनीतिबारे छलफल भएको थियो ।

    ठाकुर पक्ष आधिकारिकताको विषय उठाएर विपक्षीलाई बहुमत पुग्न नदिने रणनीतिमा छ । यसको निरुपण निर्वाचन आयोगबाट टुंग्याउँदा सरकार बनाउने समय घर्किइ सक्ने र प्रधानमन्त्री ओली पुनः नियुक्त हुने वातावरण बन्ने अवस्था सिर्जना हुन्छ ।

    कसको हस्ताक्षर आधिकारिक हो भन्ने विषय निर्वाचन आयोगमा पुगे यो विषय तत्कालीन नेकपामा जस्तै लम्बिने छ । त्यतिबेलासम्म सरकार गठनको कोर्ष अर्कै विन्दुमा पुग्नेछ ।

  • माधव पक्षका तीन नेता बालुवाटारमा, महासचिव पोखरेल राष्ट्रपति भेट्न शीतल निवासतर्फ

    माधव पक्षका तीन नेता बालुवाटारमा, महासचिव पोखरेल राष्ट्रपति भेट्न शीतल निवासतर्फ

    काठमाडौं । नेकपा एमालेको एकता जोगाउने अन्तिम प्रयासस्वरूप प्रधानमन्त्री निवास बालुवाटारमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै दुवै पक्षका नेताहरुबीच सहमतिको लागि बुँदागत छलफल भइरहेको स्रोतले जनाएको छ ।

    छलफलका लागि माधव नेपाल पक्षका नेताहरू घनश्याम भुसाल,गोकर्ण विष्ट र योगेश भट्टराई दिउँसैदेखि बालुवाटारमा छन् । अध्यक्ष ओलीको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु छलफलमा छन् ।

    स्थायी कमिटी सदस्य तथा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाललगायतका नेता पनि एमाले एकता कायम गर्ने छलफलहरूमा सामेल छन् । माधव पक्षका यी चार नेतासँग केही दिनयता अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेलले निरन्तर छलफल गरिरहेका छन् ।

    पार्टीलाई कुनै न कुनै रुपमा जेठ २, २०७५ को अवस्थामा फर्काएर त्यसपछि नयाँ ढंगले अघि बढाउन माधव पक्ष नेताहरुले जोड दिएका छन् । एकता प्रयास जारी रहे पनि बुँदागत रुपमा टुंगो लागिनसकेको वार्तामा सहभागी एक नेताले बालुवाटारबाट बताए ।

    यसैबीच नेताहरुबीच एकताको प्रयास भइरहेका बेला उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् । पार्टी एकता कायम गर्न राष्ट्रपतिले एमालेका शीर्ष नेताहरुसँग छलफल जारी राखेका बेला पोखरल शीतल निवास गएका हुन् ।

  • एमाले विवाद मिलाउन शीतल निवासमा मध्यरातसम्म वार्ता

    एमाले विवाद मिलाउन शीतल निवासमा मध्यरातसम्म वार्ता

    काठमाडौं । नेकपा एमालेको विभाजन रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालसँग विहीवार  छलफल गरेकी छन् ।

    निर्णायक भनिएको छलफल राति १२ बजेसम्म चलेको थियो । शेरवहादुर देउवालाई भेटेर शीतल निवास पुगेका माधव नेपालसँग राष्ट्रपतिले एमाले विवादमै केन्द्रित भएर छलफल गरेको स्रोतले जनाएको छ ।

    नेपालले ओलीबाट कारवाही नहुने ग्यारेन्टी राष्ट्रपतिको उपस्थितिमै चाहेको र सोही अनुसार सहमतिको दिशामा अघि बढेको स्रोतले जनाएको छ । राष्ट्रपतिले ओली र नेपालसँग विहीवार अलग अलग छलफल समेत गरेकी थिइन् ।

    एमालेका एक नेताले भने, ‘मध्यरातिसम्म शीतल निवासमा भएको छलफलले नयाँ घटनाक्रमतर्फ अघि बढाएको छ । अहिले प्रधानमन्त्री आन्तरिक छलफलमा हुनुहुन्छ, सम्भवतः केही नयाँ सन्देश आउनेछ ।’

    यसैबीच माधव नेपाल निकट स्रोतले शीतल निवासमा राष्ट्रपतिसँगमात्रै छलफल भएको भन्दै प्रधानमन्त्री ओलीसँग संयुक्त वार्ता नभएको दावी गरेको छ ।

    ‘प्रधानमन्त्रीसहित वार्ता भएको होइन,राष्ट्रपतिसँग अलग अलग भेट भएको हो’ माधव नेपालको निकट स्रोतले भन्यो ।

  • एमाले स्थायी कमीटी बैठक सकियो, राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

    एमाले स्थायी कमीटी बैठक सकियो, राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतल निवासमा

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठक सकिनासाथ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास गएका छन् ।

    एमालेले बालुवाटारमा स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको थियो । बैठकमा भएको छलफल तथा निर्णय बाहिर आइसकेको छैन ।

    बैठक सकिएलगत्तै प्रधानमन्त्री शीतल निवास पुगेको स्रोतले बताएको छ ।

  • शीतल निवासको सर्वदलीय बैठकमा को-को गए ? (सूचीसहित)

    शीतल निवासको सर्वदलीय बैठकमा को-को गए ? (सूचीसहित)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा जारी छ। समयसामयिक विषयमा छलफलका लागि राष्ट्रपतिले सर्वदलीय बैठक आव्हान गरेकी हुन् ।

    पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल भने बैठकमा उपस्थित भएका छैनन् ।

    पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराई स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी हुन नसकेका जसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए । त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि बैठकमा उपस्थित भएनन्।

    बैठकमा उपस्थित भएका नेताहरू हेर्नुस्

    नेकपा एमाले

    केपी शर्मा ओली
    ईश्वर पोखरेल
    सुवास नेम्वाङ

    विष्णु पौडेल
    रामबहादुर थापा

    नेपाली कांग्रेस

    शेरबहादुर देउवा
    रामचन्द्र पौडेल
    विमलेन्द्र निधी
    शशांक कोइाराला

    नेकपा माओवादी केन्द्र

    पुष्पकम दाहाल ‘प्रचण्ड’
    नारायणकाजी श्रेष्ठ
    देव गुरुङ

    जसपा
    महन्थ ठाकुर
    उपेन्द्र यादव
    राजेन्द्र महतो

    राष्ट्रिय जनमोर्चा

    चित्रबहादुर केसी

    राप्रपा
    प्रकाशचन्द्र लोहनी

    नेमकिपा
    प्रेम सुवाल

    मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी

  • शीतल निवासमा सर्वदलीय बैठक शुरू, झलनाथ र माधव गएनन्

    शीतल निवासमा सर्वदलीय बैठक शुरू, झलनाथ र माधव गएनन्

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा शुरू भएको छ । समयसामयिक विषयमा छलफलका लागि राष्ट्रपतिले सर्वदलीय बैठक आव्हान गरेकी हुन् ।

    पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताालाई बोलाइएको बैठकमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल भने बैठकमा उपस्थित भएका छैनन् । पूर्वप्रधानमन्त्री एवं जसपाका नेता बाबुराम भट्टराई स्वास्थ्य अवस्थाका कारण बैठकमा सहभागी हुन नसकेका जसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए ।

    बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत गएका छन्।

  • दुई अध्यक्षबीच सहमति भए पनि भीम रावल र पम्फा भुसाल शीतल निवासमै

    दुई अध्यक्षबीच सहमति भए पनि भीम रावल र पम्फा भुसाल शीतल निवासमै

    काठमाडौं । दुई अध्यक्षबीच अध्यादेश र संसदको विशेष अधिवेशनको निवेदन सहितको हस्ताक्षर फिर्ता लिने सहमति भए पनि नेकपाका केही नेता भने राष्ट्रपति भवन शीतल निवासमै छन् ।

    संसदको विशेष अधिवेशन माग गर्दै ८३ जना सांसदको हस्ताक्षर लिएर भीम रावल र पम्फा भुसाल लगायतका नेता अपराह्न शीतलनिवास पुगेका थिए । तर राष्ट्रपति कार्यालयका सचिव विदामा रहेकाले निवेदन दर्ता भएको थिएन ।

    दुई अध्यक्ष सहमत भएर स्थायी कमिटी बैठक अघि बढेपनि रावल र भुसाल भने निवेदन लिएर शीतल निवासमै बसेका छन् ।