Tag: शव फेला

  • बूढानीलकण्ठ नगरपालिकाकाे वडा कार्यालयको शौचालयमा शव भेटियाे

    बूढानीलकण्ठ नगरपालिकाकाे वडा कार्यालयको शौचालयमा शव भेटियाे

    काठमाडौं । बूढानीलकण्ठ नगरपालिका– ८स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए ।

    उनका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् ।

    प्रहरीले घटनास्थलमा आएर शव जाँच गरिरहको छ ।शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताए ।

  • बाढीमा बेपता दुई बालिकाको शव फेला

    बाढीमा बेपता दुई बालिकाको शव फेला

    रूपन्देही । पाँच दिनअघि प्युठानको माडी नदीमा बगेर बेपत्ता भएका दुई बालिकाको शव फेला परेको छ ।

    माडी नदीले बगाएको ठाउँबाट करिब ४० किलोमिटर तल सरूमारानी गाउँपालिका १ मा ७ बर्षिया सर्मिला थापाको शव फेलापरेको थियो भने अर्की ८ बर्षिया बिपना थापाको शव बगाएको ठाउँदेखि ७५ किलोमिटर तल दाङको गढहवा गाउँपालिकाको क्षेत्रमा स्थानीयले फेला पारेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

    बाख्रा हेर्न गएका ती बालिका बगाएको पाँच दिनपछि दुई बालिकाको शव भेटिएको हो । शवलाई फेला पारी आफन्तको जिम्मा लगाइएको प्युठानका प्रहरी प्रवक्ता देवीप्रसाद गैरेले जानकारी दिए ।

    नदीको किनारमा बाख्रा चराईरहेका बेला माडी नदीको छेउँमा पौडी खेल्न झरेका प्युठानको सरुमारानी ४ निवासी बोमबहादुर थापाको ८ बर्षीय छोरी विपना थापा र सोही वडाको मान्द्रे निवासी नुमबहादुर थापाको ७ बर्षीय छोरी सर्मिला थापा माडी नदीमा बगेर वेपत्ता भएको पाँच दिनपछि फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी सुनिल मल्लले जानकारी दिएका छन् ।

  • तिनाउ खोलामा पुरुषको शव फेला

    तिनाउ खोलामा पुरुषको शव फेला

    रुपन्देही । पाल्पाको तिनाउ गाउँपालिका–२, दोभान पावरहाउस नजिकै तिनाउ खोलामा शुक्रबार एक पुरुषको शव फेला परेको छ ।

    नाम, ठेगाना नखुलेको अन्दाजी ३० वर्षको जस्तो देखिने शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

    खोलाले बगाएर ल्याएको हुनसक्ने प्रहरीले जनाएको छ । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा घटनाको थप अनुसन्धानका लागि घटनास्थल गइसकेको छ ।

  • खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

    खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए।

    शवको पहिचान भएको छैन । शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुनसक्ने स्थानीयवासीको अनुमान रहेको छ ।

  • कञ्चनपुरमा एकै दिन २ जनाको शव फेला

    कैलाली । कञ्चनपुरमा एकै दिन २ जनाको शव फेला परेको छ ।

    कञ्चनपुरको वेदकोट नगरपालिका–१ चम्फापुरस्थित राधा नदी नजिकै अन्दाजी २९ वर्षीय नरेश सार्की र कृष्णपुर नगरपालिका -९ मा स्थानीय ७२ वर्षीय केशर रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

    महाकाली अस्पतालमा कार्यालय सहयोगीका रूपमा कार्यरत सार्कीको मङ्गलवार बिहान नदी नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

    रानाको शव पनि घर नजिकै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

    घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

  • कैलालीमा एक व्यक्तिको शव फेला, हत्या गरिएको आशंका

    कैलालीमा एक व्यक्तिको शव फेला, हत्या गरिएको आशंका

    कैलाली । कैलालीको गोदावरी नगरपालिका-५ गेटामा एक व्यक्तिको शव फेला परेको छ । गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका ३५ वर्षीय शिव चरण राना मृत फेला परेका हुन् ।

    शनिबार बिहानै उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिएका छन् । ‘शनिबार बिहान नै हामीले शव फेला पारेका हौं,’ उनले भने, ‘शंकास्पद देखिएकाले घटनाबारे अनुसन्धान भइरहेको छ ।’

    मृतक रानाको टाउकोमा चोट देखिएको छ भने स्थानीयले उनको हत्या भएको दाबी गरेका छन् । गोदावरी नगरपालिका-५ का अध्यक्ष कर्ण सिंह बोहराले उनको खुकुरी प्रहार पछि हत्या गरिएको हुनसक्ने बताए ।

    टाउकोमा देखिएको चोट खुकुरी प्रहार गरी हत्या गरेको जस्तो भएकाले सहजै अनुमान गर्न सकिने वडाध्यक्ष बोहराले बताए ।