Tag: शम्भु थापा

  • शम्भु थापाको टिप्पणी- राष्ट्रपतिले सांसदको हक अपहरण गर्नुभयो

    काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले नयाँ बन्ने सरकारले भविष्यमा समेत विश्वासको मत पाउँदैन भनेर राष्ट्रपतिले सांसदको हकसमेत अपहरण गरेको आरोप लगाएका छन् ।

    संसद विघटनसम्बन्धी मुद्दामाथि सोमबार जवाफी बहसको क्रममा थापाले संविधानले त्यस्तो अधिकार दिएको छ भन्दै प्रश्न समेत गरे । ‘राष्ट्रपति स्वयंले नै विश्वासको मत पाउँछ पाउँदैन भनेर निर्णय गर्ने अधिकार संविधानले दिएको छ र ?,’ उनको प्रश्न छ, ‘राष्ट्रपतिले आफ्नो लिखित जवाफमा भविष्यमा विश्वासको मत पाउँछ कि पाउँदैन भनेर हेरेँ भन्नु भएको छ। त्यो हेर्न मिल्छ र ?’

    राष्ट्रपतिलाई मुद्दा लाग्दैन भनिए पनि सांसद र जनताको हक अपहरण गरेको अभियोगमा मुद्दा लाग्ने तर्क थापाको छ। ‘राष्ट्रपतिले १४६ जना सांसदको हक अपहरण गर्नुभएको छ,’ उनको भनाइ छ, ‘वी द पिपुल’को हक अपहरण भएको छ। राष्ट्रपतिलार्इ मुद्दा लाग्दैन भन्ने व्यवस्था छ तर त्यहाँ कसैको हक अपहरण भएमा मुद्दा लाग्ने भनेको छ।’

    संसद विघटनसम्बन्धी मुद्दामा रिट निवदेक पक्षका कानून व्यवसायीको जवाफी बहस सकिएपछि अहिले एमिकस क्यूरीका तर्फबाट धारणा राख्ने क्रम शुरू भएको छ ।

  • राजीनामा रोक्न कानून व्यवसायी पनि सक्रिय, तीन वकिल पुगे माधव नेपाल निवासमा

    राजीनामा रोक्न कानून व्यवसायी पनि सक्रिय, तीन वकिल पुगे माधव नेपाल निवासमा

    काठमाडौं । नेकपा एमालेका माधव पक्षीय सांसदको राजीनामा रोक्न नेपाल निकट वकिलहरु समेत सक्रिय भएका छन् ।

    कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले आश्वासन दिइसकेको भन्दै नेपालले राजीनामाबाट पछि हट्न आनाकानी गरेपछि वरिष्ठ अधिवक्ता शम्भु थापासहित तीन जना संविधानविद् सक्रिय भएका हुन् ।

    नेपाललाई अर्थमन्त्री विष्णु पौडेलले भेटेर फर्किएलगत्तै वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दी नेपाल निवास कोटेश्वर पुगेका छन् ।

    नेपाललाई राजीनामा भन्दा मध्यमार्गी बाटोबाट एमालेभित्रै समाधान खोज्न उनीहरूले सुझाव दिएको स्रोतले जनाएको छ ।

    कानुन व्यवसायीसँग माधव नेपालले आफ्नो समूहका सांसदहरुले राजीनामा दिएपछि हुने सरकार गठनका प्रक्रियाको बारेमा समेत परामर्श गरेका छन् ।

     

  • शम्भु थापाको जिकिर – प्रधानमन्त्रीले संविधानबाहिरको अधिकार प्रयोग गर्नुभयो

    शम्भु थापाको जिकिर – प्रधानमन्त्रीले संविधानबाहिरको अधिकार प्रयोग गर्नुभयो

    काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसदले प्रधानमन्त्री दिन नसकेको अवस्थाबाहेक प्रतिनिधिसभा विघटनको व्यवस्था नभएको बताएका छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा चलिरहेको सुनुवाइमा बहस गर्दै थापाले भने, ‘उहाँलाई अविश्वासको प्रस्ताव नै छैन । धारा ९३ मा अधिवेशनको आह्वान र अन्त्य मात्रै छ । पहिले यही धारामा आह्वान, अन्त्य र विघटन हुने व्यवस्था थियो ।

    ‘प्रधानमन्त्रीले प्रतिनिधिसभामाथि रिभेन्ज लिनुभयो । प्रधानमन्त्रीले संविधानभन्दा बाहिरको अधिकार प्रयोग गर्नुभयो । कहाँको अधिकार हो त्यो देखाइदिनुपर्‍यो । ‘

    थापाको बहस हिजोदेखि जारी छ ।

  • इजलासमा शम्भु थापाको बहस फाइल हराएपछि…

    इजलासमा शम्भु थापाको बहस फाइल हराएपछि…

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइको क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाको फाइल हराएको छ ।

    रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दागर्दै बहसको फाइल हराएपछि केहीबेर समय लिएका छन् । इजलासमा ब्रेक भएको छ।

    ‘कति समय लिनु हुन्छ ?’ भनी न्यायाधीशले सोध्दा थापाले ‘अहिलेलाई २० मिनेट । त्यसपछि आवश्यक पर्‍यो भन्ने थप्छु । मलाई धेरै भन्नु छैन नयाँ कुरा केही गर्नु छैन । संविधानको व्याख्या थुप्रै अधिवक्ताहरुले गर्नुभएको छ । मैले पनि त्यही कुरा भन्ने हो, प्रधानमन्त्रीजस्तो मेरो लागि नयाँ संविधान छैन ।’ भनि बताएका थिए । बहस किताब मिसप्लेस भएको र भेटिसकेको बताइएको छ । बहस केही बेरपछि शुरू हुनेछ ।