Tag: वर्षा

  • काठमाडौंमा बिहानैदेखि वर्षा, दिउँसो यी चार प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौंमा बिहानैदेखि वर्षा, दिउँसो यी चार प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौं । काठमाडौंसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

    काठमाडौंको आकाश तुवाँलोले ढाक्दा बिहान र साँझ घाम लाग्न छाडेका बेला बुधबार बिहान क्षणिक वर्षा भएको हो ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ ।

    दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    बिहीबार प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ । ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ ।

  • हिउँदे झरी र हिमपातले कृषक हर्षित

    हिउँदे झरी र हिमपातले कृषक हर्षित

    सुर्खेत । गए रातीदेखि परेको हिउँदे झरी तथा उच्चपहाडी हिमाली क्षेत्रमा व्यपक हिमपातले जनजीवन कष्टक। बनाए पनि कृषकहरु खुसी बनेका छन् ।
    न्यूनचापीय वायुको प्रभावका कारण अहिले देशैभर वर्षा भइरहेको छ । सामान्यतः पुस महिनामा वर्षा हुँदैन । तर यसवर्ष मध्य हिउँदमा वर्षा भएपछि पहाडी क्षेत्रका किसानले रोपेका गहुँ लगायतका बालीलाई फाइदा पुग्नेछ ।

    दैलेख, जाजरकोट सुर्खेत कालिकोट, डोल्पा, मुगुलगायतका पश्चिम पहाडी जिल्लामा कृषकहरु खुसी भएका छन् ।

    ‘अन्न बाली यसपाली राम्रो होला कि भन्ने आशा बढेको छ,’ दैलेख आठबीसका कृषक कमल थापा भन्छन, ‘यो वर्ष ठीक समयमा पानी पर्‍यो ।’

    कर्णालीका उच्च हिमाली जिल्लाहरुमा ब्यापक हिउँ परेको छ । हुम्ला, मुगु र डोल्पा जिल्लाका अधिकांश क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातले नागरिक घरबाहिर निस्कन सकेका छैनन् ।

  • वर्षाबाट पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिन नेकपा एसको माग

    वर्षाबाट पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिन नेकपा एसको माग

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वर्षाबाट बालीमा पुगकेो क्षतिको मूल्यांकन गरी पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिन सरकारसमक्ष माग गरेको छ ।

    पछिल्लो समय डुबान, सडक दुर्घटना, वर्षाका कारण भएको विपद्प्रति दु:ख व्यक्त गर्दै सो पार्टीले प्राकृतिक विपद्को व्यवस्थापन तथा न्युनीकरणका लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाइ कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिएको छ ।

    नेकपा एसका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एक विज्ञप्ति जारी गर्दै विपद्‍मा परी समस्यामा परेका नागरिकको उपचार, राहत र उद्धारका निम्ति देशभरका पार्टी कमिटी एवं जनसंगठनलाई सम्पूर्णरूपमा परिचालित हुन अध्यक्ष माधवकुमार नेपालले निर्देशन दिइसकेको उल्लेख गरेका छन् ।

    ‘वर्षाकै कारण नेपाली कृषक जनताको प्रमुख खाद्यान्न बाली धान भित्र्याउने कार्य प्रभावित भएको छ । काट्न ठिक्क पारिएको र काटेर थन्क्याउने अवस्थाका धान क्षति हुँदा नेपाली कृषक समुदाय पीडामा छन्’, विज्ञप्तिमा भनिएको छ’, कृषक जनताको यो पीडामा नेकपा (एकीकृत समाजवादी) साथमा रहेको पनि हामी स्पष्ट पार्दछौँ ।

  • कालिकोटमा निरन्तरकाे वर्षाले घर भत्कियो, एकको मृत्यु

    कालिकोटमा निरन्तरकाे वर्षाले घर भत्कियो, एकको मृत्यु

    सुर्खेत । कालिकोटमा निरन्तर वर्षाले घर भत्कँदा एक जनाको ज्यान गएको छ । महावै गाउँपालिका- ७ मा घर भँत्किदा स्मृति अधिकारीको मृत्यु भएको हो ।

    उनकी बहिनी इनिशा अधिकारी घाइते भएको मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका पुर्ब प्रमुख स्वकीय सचिब खेम सिंहले नेपाल प्रेसलाई बताए ।

    महावै गाउँपालिका -७ राम्नीमा रहेका १५ घर उच्च जोखिममा रहेको र उनीहरुलाई स्थानीय राम माध्यमिक विद्यालयमा सारिएको उनको भनाइ छ ।

    तस्वीर:  सामाजिक संजाल

  • अझै तीन दिन वर्षाको सम्भावना

    अझै तीन दिन वर्षाको सम्भावना

    काठमाडौं । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली र वर्षा गराएको छ ।

    उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म बदली र वर्षा हुनका साथै केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    काठमाडौं उपत्यकासहित देशभर सामान्य बदली रहेको छ भने गएराति काठमाडौंसहित देशका पूर्वी भेगमा हल्कादेखि मध्यम वर्षा भएको छ । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ । महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा सामान्य बदली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा हाल प्रदेश नं १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    रातिका समयमा पनि देशभर सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा प्रदेश १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ ।

    भोलि सोमबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ ।

    देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै रुथानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश को एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कात्तिक २ गते मङ्गलबार देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै प्रदेश १ र वाग्मती प्रदेशका केही स्थान तथा प्रदेश नं २ का थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशको थोरै स्थान तथा प्रदेश नं १, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

    दसैँका समयमा काठमाडौँ उपत्यकासहित देशैभर मौसम सफा रही चर्को घाम लागे पनि दसैँको टीकाको दोस्रो दिन शनिबारदेखि काठमाडौँलगायत देशभर बदली र हल्का वर्षा भएको छ । काठमाडौँमा गएराति हल्का वर्षा भएको छ । महाशाखाको विवरणमा काठमाडौँमा ८ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी ओखल ढुङ्गामा ५५ र ताप्लेजुङमा २३ मिलिमिटर वर्षा भएको छ ।

  • आज यी क्षेत्रमा वर्षाको सम्भावना

    आज यी क्षेत्रमा वर्षाको सम्भावना

    काठमाडौं । देशका केही भू-भागमा आज वर्षा हुने मौसम जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

    महाशाखाका अनुसार भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालका केही स्थानमा वर्षाको सम्भावना बढेको हो ।

    प्रदेश १, २ र वागमतीका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

    अहिले लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

  • अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । देशभर आज सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    नेपालमा भारतको पूर्वी राजस्थान आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

    ‘अब मनसुनको समय सकिन केही समय मात्र बाँकी रहेकाले मनसुन विस्तारै कमजोर हुदै जाने क्रममा रहेको छ’, मौसमविद् अर्यालले भने ।

    हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका भूभागमा आंशिक बदलीका साथै गण्डकी, कर्णाली र सुदूरपीश्चम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

    दिउँसो देशभर सामान्य बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । राति देशभर सामान्य बदली भई केही स्थानमा मेघ गर्जनका साथै हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री र अधिकतम तापक्रम ३० दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

    त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव आठ डिग्री र सबैभन्दा धेरै सिमराको अधिकतम तापक्रम ३६ दशमलव शुन्य डिग्री सेल्सियस छ ।

  • मंगलबारसम्म देशभर अधिकांश स्थानमा वर्षा हुने

    मंगलबारसम्म देशभर अधिकांश स्थानमा वर्षा हुने

    काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार मंगलबार साँझसम्म पानी पर्ने सम्भावना छ ।

    पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए । ‘उक्त प्रणालीको प्रभाव मङ्गलबार बेलुकासम्म कायम रहने र बुधबारदेखि मौसममा सुधार हुनेछ’, उनले भने, ‘स्थानीय वायुको प्रभावले राति र बिहानपख बढी वर्षा हुने गरेको छ ।’

    हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा प्रदेश १, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    गएरातिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । काठमाडौँ उपत्यकामा १२१ दशमलव ५ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

  • भारी वर्षाका कारण नवलपुर आसपासमा शतर्कता अपनाउन आग्रह

    भारी वर्षाका कारण नवलपुर आसपासमा शतर्कता अपनाउन आग्रह

    काठमाडौं । लगातार भारी वर्षाका कारण नवलपुरको दुमकौली, ढेडगाँउ र आसपासका क्षेत्रमा शर्तकता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

    पछिल्लो ६ घण्टा लगातार भारी वर्षा भइरहेकाले ती स्थानमा बाढीको जोखिम बढेको विभागले बताएको छ ।

    ‘उक्त क्षेत्र भइ बग्ने साना नदीहरूमा बाढी आउन सक्ने भएकाले तटीय स्थान डुबानमा परिरहने भएकाले सर्तकता अपनाउन आग्रह’ गरेको हो ।

    मनसुन सक्रिय हुँदा एक सातादेखि देशका अधिकांश स्थानमा भारी वर्षा भइरहेको छ ।

  • शुक्रबारसम्म भारी वर्षाको सम्भावना

    शुक्रबारसम्म भारी वर्षाको सम्भावना

    काठमाडौं । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको छ ।

    बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए । शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ ।

    हाल देभभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव छ डिग्री र अधिकतम तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।

  • तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने

    तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने

    काठमाडौं । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

    उनका अनुसार सो प्रणालीका कारण आज सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मङ्गलबार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ ।

    बुधबार देशैभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भई केही स्थानमा भारी /धेरै भारी वर्षाको सम्भावना रहेकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानका हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र सबै भन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

  • मंगलबारदेखि मनसुन पुनः सक्रिय हुने, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    मंगलबारदेखि मनसुन पुनः सक्रिय हुने, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    काठमाडौं । मनसुनी वायुको प्रभावले अहिले देशभर बदली र केहि स्थानमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकालगायत वागमती प्रदेशका केहि ठाउँमा वर्षा भइरहेको मौषम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    आज सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केहि स्थानहरुमा वर्षा हुने मौषमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

    उनका अनुसार हिजो र आजको तुलनामा मंगलबार (भोलि)देखि मौसम सक्रिय रहनेछ । देशभरि नै पानी पर्ने सम्भावना रहेको र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना रहेको नगरकोटीले जानकारी दिइन् ।

    आज प्रदेश–१ र सुदूरपश्चिममा वर्षा भारी वर्षा हुनसक्ने भएकाले पहिरोको जोखिम तथा तटीय क्षेत्रका बासिन्दालाई सजग रहन महाशाखाले आग्रह गरेको छ ।

  • मनसुनी वायुको प्रभाव : अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

    मनसुनी वायुको प्रभाव : अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

    काठमाडौं । मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाकोसमेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।

    हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना औँल्याएको छ । त्यसैले मौसम पूर्वानुमान महाशाखाले यी क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    आगामी बुधबार देशभर सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ । नेपालमा मनसुन सुरु हुने औसत मिति जुन १३ मानिएपनि यस वर्ष त्यसभन्दा तीन दिनअघि नै सुरु भएको थियो ।

  • काठमाडौंमा भारी वर्षा, हेर्नूस अनामनगरको डुबान (तस्वीरहरू)

    काठमाडौंमा भारी वर्षा, हेर्नूस अनामनगरको डुबान (तस्वीरहरू)

    काठमाडौंमा आज दिउँसोदेखि मुसलधारे वर्षा भइरहेको छ । विभिन्न स्थानका सडकहरु डुबानमा परेका छन् ।

    काठमाडौंको अनामनगरमा पुग्दा त्यहाँका सडकमा गाडीहरु आधाउधि डुब्ने पानी भरिएको थियो । पानीले यातायात आवागमन प्रभावित बनेको छ ।

    हेर्नुस अनामनगरका केही तस्वीर:

          
    
  • चार प्रदेशमा भारी वर्षाको सम्भावना: पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम

    चार प्रदेशमा भारी वर्षाको सम्भावना: पहाडी क्षेत्रमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम

    काठमाडौं । शनिबार देशका विभिन्न स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर सामान्य देखि पूर्ण बदली छ ।

    प्रदेश १, बागमती प्रदेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको र भारी वर्षा हुन सक्ने विभागले बताएको छ ।

    ‘देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ,’ विभाज्ञले बुलेटिन जारी गर्दै भनेको छ, ‘त्यसैले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक शतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

  • भोलिदेखि मनसुन पुनः सक्रिय हुने, देशभर वर्षाको सम्भावना

    भोलिदेखि मनसुन पुनः सक्रिय हुने, देशभर वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा अहिले मनसुनको प्रभाव रहेको छ । दुई दिनदेखि कमजोर बनेको मनसुन बुधबारदेखि पुनः सक्रिय रहने र त्यसले देशभर मध्यमदेखि भारी वर्षा गराउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    महाशाखाकी मौसमविद् मन्जु वासीका अनुसार भोलिदेखि वर्षा गराउने न्यूनचापीय रेखा नेपाल प्रवेश गर्दैछ र यसले पूर्वदेखि पश्चिमसम्म वर्षा गराउन सक्नेछ ।

    ‘आज काठमाडौं उपत्यकामा घाम लागेको छ । बाँकी प्रदेशमा आंशिकदेखि पूर्णए बदली छ,’ वासीले नेपाल प्रेससँग भनिन्, ‘भोलिदेखि मनसुन पुनः सक्रिय रहनेछ । प्रदेश नम्बर १, २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा वर्षा हुनेछ । केहि स्थानमा भारी र एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।’

    न्यूनचापीय रेखा पूर्वबाट पश्चिमतर्फ सर्दै जाने भएकाले विहीबारदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि वर्षाको सम्भावना रहेको उनले बताइन् ।

    गत विहीबारदेखि आइतरबारसम्मको निरन्तर वर्षाले देशको मध्य तथा पश्चिम क्षेत्रमा बाढी, पहिलो र भूक्षयले ठूलो क्षति गरेको थियो । राजमार्गहरु अबरुद्ध भएका थिए ।

  • मध्य तराईमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पानी पर्न कम हुने

    मध्य तराईमा भारी वर्षाको सम्भावना, काठमाडौंमा पानी पर्न कम हुने

    काठमाडौं । मनसुनी वायुको प्रभावका कारण अहिले देशभरको मौसम प्रतिकुल बनेको छ । खासगरी मध्य र पूर्वी क्षेत्रमा चार दिनदेखि वर्षा भइरहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार देशको मध्य क्षेत्रहरु गण्डकी र बागमती प्रदेशमा आज पनि वर्षा निरन्तर रहनेछ ।

    मानसुनी न्यूनचापीय रेखा तराई क्षेत्रको नजिकै रहेको र मध्य तराईको छेउछाउ रहेकाले प्रदेश १, २, बागमती र गण्डकी प्रदेश पूर्ण वदली रही केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

    मौसमविद् पोखरेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भने अहिले वर्षा भइरहेको छैन । त्यहाँको तापक्रम बढिरहेको देखिएको छ ।

    महाशाखाले जारी गरेको मौसम बुलेटिनमा प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना औल्याइएको छ । आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आंशिक बदली रहनेछ । मंगलबार गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको बुलेटिनमा उल्लेख छ ।

  • नेपालका विभिन्न स्थानमा आइतबार पनि भारी वर्षा हुनसक्ने

    नेपालका विभिन्न स्थानमा आइतबार पनि भारी वर्षा हुनसक्ने

    काठमाडौं‍ । नेपालका विभिन्न स्थानहरूमा आज पनि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश-१, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    राति पनि सामान्यदेखि पूर्ण बदली रहिरहने हुँदा भारी वर्षा हुनसक्ने अनुमान छ ।

     

  • पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा

    पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा

    काठमाडौं । मनसुनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ । मुख्यगरी प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँ-ठाउँमा पानी परिरहेको र थोरै ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसपालि खुल्दै, पुनः पानी पर्दै तर देशैभरि ढाक्ने गरी वर्षा भने नहुने मौसमविद् प्रतिभा मानन्धरले बताए । ‘ती प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले दुई दिन सावधानी अपनाउनु पर्ने र त्यसपछि कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सक्रिय हुने देखिन्छ’, उनले बताए ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण जमीन गलिसकेको र विगतमा बाढी पहिरो गएको तथा भूकम्पले क्षति पुर्‍याएको क्षेत्रमा सानो पानीले पनि असर गर्न सक्ने हुँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

    पानी रोकिँदै र पर्दै गर्ने भएकाले ठूलो समस्या ननिम्तिए पनि केही ठाउँमा पर्ने भारी वर्षाले असर गर्न सक्ने हुँदा सावधानी अपनाउनु पर्नेछ । अहिलेको समयमा असारे काम गर्न भने निकै सहयोग पुग्ने जनाइएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको जनाइएको छ ।
    रासस

  • शुक्रबार देशभर चट्याङसहित भारी वर्षाको सम्भावना

    शुक्रबार देशभर चट्याङसहित भारी वर्षाको सम्भावना

    काठमाडौं । शुक्रबार प्रदेश-१ र बागमती प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने मध्यम वर्षाको सम्भावना रहेको छ ।

    राको समय पनि देशभर देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।

    राति प्रदेश- १, प्रदेश-२, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

     

  • देशका विभिन्न ठाउँमा आज पनि भारी वर्षाको सम्भावना

    देशका विभिन्न ठाउँमा आज पनि भारी वर्षाको सम्भावना

    काठमाडौं । शनिबार पनि देशका विभिन्न भागमा चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

    प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    यसबाहेक केही स्थानमा भने मध्यम वर्षासमेत हुनेछ ।

  • कन्काई, राप्ती र बबई नदीमा बाढीबाट सतर्क हुन आग्रह

    कन्काई, राप्ती र बबई नदीमा बाढीबाट सतर्क हुन आग्रह

    काठमाडौं । लगातार भारी वर्षाका कारण विभिन्न नदीमा बाढीपहिरोको जोखिम बढ्दै गएकाले सर्तकता अपनाउन सरकारले आग्रह गरेको छ ।

    मौसम विभागका अनुसार शुक्रबार देशका विभिन्न भूभागमा भारी वर्षा भई कन्काई, राप्ती, बबइ नदीमा पानीको बहाव बढ्न सक्ने अनुमान गरिएको छ ।

    विभागका अनुसार शुक्रबार बिहान ७ बजेदेखि प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, भोजपुर, ताप्लेजुङ, संखुवासभामा भारी वर्षा हुने अनुमान छ ।

    त्यस्तै वाग्मती प्रदेशको दोलखा, रामेछाप, रसुवा, सिन्धुपाल्चोक गण्डकी प्रदेशको गोरखा, मनाङ, लमजुङ, कास्की, पर्वत, बागलुङ, तनहुँ, स्याङ्जा लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम कर्णली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट सुदूरपश्चिम प्रदेशको डडेलधुरा, डोटी, अछाम, बाजुरा, बजाङ, दार्चुला भूभागमा बर्षा हुनुका साथै नदीहरुमा पानीको बहाव बढ्न सक्ने महाशाखाको पुर्वानुमान छ ।

  • अझै तीन दिन भारी वर्षा हुने

    अझै तीन दिन भारी वर्षा हुने

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने प्रक्षेपण गरेको छ । धेरै वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावना देखिएको छ ।

    ‘मनसुनी वायुको प्रभावले अहिले देशका अधिकांश भागमा अहिले वर्षा भइरहेको छ’, बासीले भनीन्, ’यो वायुको प्रभावले आगामी शनिबारसम्मै देशका अधिकांश भेगमा भारी वर्षा हुने योग छ । त्यसपछि भने यो क्रममा ब्रेक लाग्नेछ ।’

    महाशाखाका अनुसार गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिनभर र राति कर्णाली, वाग्मती प्रदेशमा भारी र लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ । त्यसैले महाशाखाले यी क्षेत्रमा बाढी पहिराको खतरा औँल्याएको छ ।

    ‘कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको केही भू-भागमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको हुनाले उक्त प्रदेशका पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, महाशाखाको बुलेटिनमा उल्लेख छ । महाशाखाको नियमित बुलेटिनअनुसार, वर्षाको यो क्रमले बिहीबार र शुक्रबार पनि देशभरि निरन्तरता पाउनेछ ।

    पछिल्लो २४ घण्टामा धेरै पानी पर्ने स्थानको पहिलो नम्बरमा पोखरा दरिएको छ । महाशाखाका अनुसार, यहाँ ११०.५ मिलिलिटर पानी परेको छ । पोखरापछि भैरहवामा सबैभन्दा धेरै ८२.२ मिलिलिटर पानी पर्‍यो । महाशाखाका अनुसार काठमाडौँमा पछिल्लो २४ घण्टामा १२.४ मिलिलिटर मात्र पानी परेको छ ।

  • नेपालको पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

    नेपालको पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

    काठमाडौं । नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँ-ठाउँमा भारी बर्षासमेत हुने जानकारी दिए ।

    ‘हामी अहिले मनसुनको निगरानी गरिरहेका छौँ, एक/दुई दिनभित्रैमा मनसुन भित्रिएको घोषणा हुनेछ”, पौडेलले भने, ‘वर्षा विस्तारै बढ्न थालेको छ, आगामी हप्ता ठाउँ-ठाउँँमा भारी वर्षा भएर बाढी पहिरोसमेत आउनसक्छ, सचेत हुन अनुरोध गर्दछु ।’ उनका अनुसार पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन राम्ररी फैलिसकेको छैन ।

    मौसमविद् गङ्गा नगरकोटी हाल देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव कायम रहेको छ । त्यसले वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश नं १ का केही भेगमा वर्षा जारी छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पनि वर्षा भएको छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको हुनेछ ।

    सामान्यरूपमा विगत १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ अर्थात् आगामी आइतबार हो । अक्टोबर २ मा बाहिरिने छ । सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिने भए पनि कहिलेकार्हीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने हुनसक्छ ।

    प्राप्त विवरणअनुसार आज २१४ वटा वर्षा मापन केन्द्र (मानव सञ्चालित ८५ र स्वचालित १२९) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरणअनुसार १०८ केन्द्रमा वर्षा भएको छ । उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा डडेलधुरा केन्द्रमा ११२ मिलीमिटर भएको छ ।

  • शनिबार पनि देशभर वर्षाको सम्भावना

    शनिबार पनि देशभर वर्षाको सम्भावना

    काठमाडौं । शनिबार पनि देशका विभिन्न भागमा चट्याङसहितका वर्षा हुने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

    निरन्तरको वर्षाबाट बाढी, पहिरो  लगायतका समस्या देखिने भएकाले सचेतना अपनाउन समेत आग्रह गरिएको छ ।

    हाल देशमा चक्रवात  यास् पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्र को प्रभाव रहेको महाशाखाले जनाएको छ ।

     

  • यास चक्रपातको असर अझै केहि दिन, शनिबारदेखि क्रमिक सुधार हुने

    यास चक्रपातको असर अझै केहि दिन, शनिबारदेखि क्रमिक सुधार हुने

    काठमाडौं । बंगालको खाडीबाट विकसित भएको यास चक्रपातका कारण नेपालमा तीन दिनदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार यास चक्रपात पश्चिमउत्तरबाट पश्चिमतर्फ सर्ने क्रममा रहेकाले मौसम कमजोर भइ वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशभर वर्षा हुनेछ । शुक्रबार भारी बर्षाको सम्भावना छ भने शनिबारदेखि मौसममा क्रमिक सुधार हुनेछ । यद्यपि शनिबार र आइतबार पनि देशका केहि स्थानमा भारी वर्षाको सम्भावना छ ।

    आज सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका अन्य सबै क्षेत्रमा वर्षा, उच्च बेगको हावाहुरी, पहाजी जिल्लामा मध्यम हिमपात र हिमालमा भारी हिमपातको सम्भावना छ ।

    शनिबारदेखि मौसममा क्रमिक सुधार हुनेछ । शनिबार देशभरको मौसम बदली रहने र हावाहुरीसहित वर्षा हुनसक्ने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षा हुनेछ ।

    आइतबार बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना छ । चट्याङ र मेघगर्जनसहितको वर्षा हुनेछ ।

  • काठमाडौंसहित देशका पहाडी क्षेत्रमा वर्षा, भोलिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने

    काठमाडौंसहित देशका पहाडी क्षेत्रमा वर्षा, भोलिदेखि मात्रै मौसममा पूर्ण सुधार आउने

    काठमाडाैं । आज विहानैदेखि देशका पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा तथा पश्चिम तराईमा वर्षा भइरहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायूले प्रभावका कारण रातीबाट ठूलो प्रणाली विकास भएको र त्यसले विहानैदेखि वर्षा गराएको हो । त्यसाे त काठमाडाैं उपत्यकामा हिजाे विहानैदेखि बदली थियाे भने केहि स्थानमा छिटफूट वर्षासमेत भएकाे थियाे ।

    ‘स्थानीय वायुसहित अरेवियन सागरबाट आएको वाष्पसहितको वायूले यो क्षेत्रमा वर्षा गराएको हो,’ मौसमविद् बरुण पौडेलले भने, ‘विहानदेखि अहिलेसम्म पानी पर्ने क्रम धेरै कम भइसकेको छ । दिउँसो पानी पर्दैन तर धुम्म बादल भने देशभरि नै रहनेछ ।’

    आज राती भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्चपहाडी क्षेत्रमा पुनः वर्षा हुनसक्ने अनुमान पौडेलले गरेका छन् । अन्य स्थानमा मौसममा सुधार हुँदै जानेछ ।

    भोलिसम्ममा मौसममा पूर्ण सुधार भइसक्ने र घाम लाग्ने उनले बताएका छन् ।

  • देशका केही स्थानमा पानी पर्ने

    देशका केही स्थानमा पानी पर्ने

    काठमाडौं । नेपालमा स्थानीय र पश्चिमी बायुको आंशिक प्रभाव रहेकाले शनिबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य भदली रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

    महाशाखाका अनुसार प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    शनिबार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

  • केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं- शनिबार प्रदेश–१ र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भू-भागमा मौसम सामान्य रहने छ ।

    राति भन केही पहाडी क्षेत्रहरूमा आंशिक बदलीबाहेक अन्य स्थानमा मौसम सफा रहने विभागले जनाएको छ ।

  • आज चट्याङसहित वर्षाको सम्भावना

    आज चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं- आज पहाडी भू-भागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले अन्य स्थानमा भने मौसम सफा सफा रहने जनाएको छ ।

    साँझ पनि प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ ।

  • देशका केही स्थानमा चट्याङसहित वर्षा हुने

    देशका केही स्थानमा चट्याङसहित वर्षा हुने

    शुक्रबार देशको केही भू-भागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

    प्रदेश-१ का पहाडी भू-भागमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अन्य स्थानमा सामान्य आंशिक बदली र बाँकी भू-भागमा भने मौसम सफा रहनेछ ।

  • देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    देशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । शनिबार देशका केही स्थानहरूमा चट्याङसहित वर्षा हुने सम्भावना छ ।

    मौसन पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहनेछ ।

    राति भने प्रदेश नं १ को पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीबाहेक अन्य स्थानमा मौसम सफा देखिने मशाहाखाले जनाएको छ ।

  • पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावः वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

    ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मङ्गलबारदेखि मौसम सुधार हुने मौसमविद् शान्ति कँडेलले बताइन्।

    उनका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

    देशका पहाडी भूभागमा राति सामान्य बदली भई गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानका साथै वाग्मती र प्रदेश नं १ का एक वा दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने बताइएको छ ।