Tag: लोसपा

  • लोसपा कार्यकारिणी बैठक : चुनावी गठबन्धनलगायतका एजेण्डा (तस्बिरहरू)

    लोसपा कार्यकारिणी बैठक : चुनावी गठबन्धनलगायतका एजेण्डा (तस्बिरहरू)

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणीको बैठक बसिरहेको छ ।

    बबरमहलस्थित पार्टी कार्यालयमा जारी बैठकमा स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायत मुख्य एजेण्डा छन् ।

    साथै सरकारमा सहभागी हुने नहुने विषयमा पनि जारी बैठकमा छलफल हुन सक्ने नेताहरूले जानकारी दिएका छन् ।

    उपेन्द्र यादव समूहसँग अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

    सदस्य केशव झाका अनुसार देशैभरको परिस्थिति बुझेर आएका २८ जना नेताले बैठकमा आफनो धारणा राख्नेछन् ।

    उपेन्द्र यादवसँग अलग हुँदा ३१ जना कार्यकारिणी सदस्य भए पनि लोसपासँग अहिले २८ जना मात्रै बाँकी छन् । बृषेशचन्द्र लालले तराई-मधेस लोकतान्त्रिक पार्टी ब्यूँताएर अलग्गै राजनीति गरिरहेका छन् भने राजकुमार लेखी एमाले प्रवेश गरिसकेका छन् ।

    जेलमा रहेका रेशमलाल चौधरी बैठकमा आउने अवस्था नभएकाले भोलि सुरू हुने बैठकमा २८ जना मात्रै सहभागी हुनेछन् । चौधरीको निर्देशनमा उनकी श्रीमती रन्जिता श्रेष्ठले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता गराइसकेकी छन् ।

    तस्बिरहरू : गौरव पौडेल । 

  • लोसपा महोत्तरीका ८ स्थानीय तहमा अध्यक्ष मनोनित

    लोसपा महोत्तरीका ८ स्थानीय तहमा अध्यक्ष मनोनित

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) महोत्तरीले ८ स्थानीय तहमा नेतृत्व चयन गरेको छ ।

    पार्टीका जिल्ला अध्यक्ष रामबाबु साहले ८ पालिकाको अध्यक्ष मनोनित गरेका हुन् । पार्टी केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ मा जिल्ला अध्यक्षहरु मनोनित गरेपछि विवाद भइरहेका बेला महोत्तरी अध्यक्ष साहले पालिका अध्यक्षहरु मनोनित गरेका हुन् ।

    अध्यक्ष ठाकुरले जिल्ला अध्यक्षहरु मनोनितमा एकलौटी गरेको आरोप वरिष्ठ नेता राजेन्द्र महतो पक्षको छ । ठाकुरले मनोनित गरेको प्रदेश अध्यक्ष जीतेन्द्र सोनल र जिल्ला अध्यक्षहरुलाई हटाएर सहमतिका आधारमा पुनः चयन गर्नुपर्ने महतो पक्षको माग छ ।

    यता, महोत्तरी अध्यक्ष साहले नेपालको अन्तरिम विधान २०७८ बमोजिम जिल्ला कमिटीको पुस ३० को निर्णय अनुसार ८ पालिकाको अध्यक्ष मनोनयन गरेको बताएका छन् ।

    हेर्नुस् कुन पालिकाको अध्यक्षमा को ?

    १. बर्दिबास नगरपालिका– चेतकुमार थापा
    २. भंगहा नगरपालिका– संजिवकुमार साह
    ३. बलवा नगरपालिका– राम विजय महतो
    ४. लोहारपटी नगरपालिका– राम सोहाग यादव
    ५. गौशाला नगरपालिका– समर लामा
    ६. एकडारा गाउँपालिका– राम छविला साह
    ७. सोनमा गाउँपालिका– विशेश्वर यादव
    ८. समसी गाउँपालिका– शेख अनवारुल हक

  • आफूखुसी पदाधिकारी मनोनीत गरेको भन्दै लोसपा कार्यालयमा आज पनि धर्ना (भिडिओ)

    आफूखुसी पदाधिकारी मनोनीत गरेको भन्दै लोसपा कार्यालयमा आज पनि धर्ना (भिडिओ)

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषाका नेता तथा कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन् ।

    अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरूमा पदाधिकारी चयन गरेको भन्दै आइतबारदेखि जारी धर्नालाई आज पनि निरन्तरता दिइएको हो । लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्न नसकिने भन्दै सच्याउन माग गरे । ‘एक व्यक्ति एक पद’ को कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने आफूहरूको जोड रहेको उनको भनाइ छ ।

    ठाकुरले भने, ‘हाम्रो अध्यक्षज्यूबाट जुन खालका निर्णय भयो । जस्तै प्रदेश अध्यक्षमा र जिल्ला अध्यक्ष । प्रदेश सचिव, जिल्लाको पर्यवेक्षक तथा अन्य मनोनीत पदमा हाम्रै साथीहरूलाई नियुक्ति गर्नुभएको छ । धेरै साथीहरू उहाँको निर्णयबाट असन्तुष्ट हुनुहुन्छ । निर्णयलाई सच्याउनुस् । वान म्यान वान पोष्टको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउने खालका निर्णय गर्नुस् । पार्टीमा मनोमानी किसिमले मनोनीत गर्न मिल्दैन ।’

  • प्रदेश २ को नाम र राजधानीको सहमतिका लागि लोसपाले बनायो वार्ता टोली

    प्रदेश २ को नाम र राजधानीको सहमतिका लागि लोसपाले बनायो वार्ता टोली

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलले प्रदेशको नामाकरण र राजधानीमा लागि सहमति जुटाउन अन्य राजनीतिक दलहरूसँग वार्ता गर्ने भएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राख्न लोसपाको प्रस्ताव छ ।

    लोसपाको वार्ता टोली संयोजकमा सांसद रानी शर्मा छिन् । ७ सदस्यीय टोलीमा सांसदहरू परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रल्हाद गिरी सदस्य छन् ।

    पार्टीको निर्णय बमोजिम प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि प्रदेशसभाभित्र रहेका दलसँग छलफल र सहमतीका लागि वार्ता टोली गठन गरेको लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले बताए ।

    अगामी पुस ८ मा बस्न लागेको प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेस गर्ने तयारी छ । राजधानी जनकपुरधाम तोक्न सबै दल सहमत छन् । तर, प्रदेशको नामाकरण विषयमा विवाद देखिएको छ ।

    सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेश प्रदेश राख्ने प्रस्ताव गरिसकेका छन् । नेकपा एसले समेत मधेस प्रदेशमा सहमत हुने सम्भावना रहेको प्रमुख सत्तारुढ दल जसपाका नेताहरूको दाबी छ ।

    कांग्रेस र नेकपा एमाले भने मधेश प्रदेश नामको विपक्षमा छन् ।

  • एमसीसीको पक्षमा उभिने लोसपाको निर्णय

    एमसीसीको पक्षमा उभिने लोसपाको निर्णय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ ।

    एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको संसदीय दलको बैठकले संसदमा त्यसको पक्षमा उभिने निर्णय गरको हो ।

    लोसपा सांसद लक्षमणलाल कर्णले आफूहरु एमसीसीको विपक्षमा नभएको बताए । ‘लोसपा एमसिसीको विपक्षमा छैन, संसद बैठकमा पेस भए पक्षमा मतदान गर्ने निर्णय भएको छ´ कर्णले भने ।

    यो निर्णयसँगै एमसिसीको पक्षमा उभिने लोसपा दोस्रो दल बनेको छ ।

    यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी सत्ता गठबन्धनसहितका अधिकांश दलले एमसीसी पास गर्न नहुने बताएका थिए ।

    प्रधानमन्त्री देउवाले एमसीसी संसदमा पेस गर्ने तयारी गरेको जानकारी गराएपछि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, राजपा लगायतका दलले चर्को विरोध गरेको थियो ।

    त्यस्तै एमसिसीबारे साझा धारणा बनाउन भन्दै सत्ता गणबन्धनले झलनाथ खनालको नेतृत्वमा अध्ययन समिति गठन गरेको छ ।

  • लोसपा प्रदेश २ को प्रमुख सचेतकमा परमेश्वर साह

    लोसपा प्रदेश २ को प्रमुख सचेतकमा परमेश्वर साह

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका प्रमुख सचेतकमा परमेश्वर साह चयन भएका छन् ।

    संसदीय दलको बैठकले साहलाई प्रमुख सचेतकमा सर्वसम्मत चयन गरेको हो । धनुषा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद साह तत्कालीन राजपामा पनि प्रमुख सचेतक थिए ।

    जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर महन्थ ठाकुर नेतृत्वमा लोसपा गठन भएको हो । प्रदेश २ सभामा लोसपाका १६ सांसद छन् ।

    केहिदिन अगाडि मात्र लोसपा संसदीय दलका नेतामा चुनावी प्रक्रियाबाट जीतेन्द्र सोनल चयन भएका थिए ।

  • विश्वासको मत नलिँदै मुख्यमन्त्री राउतलाई राजीनामाको दबाब

    विश्वासको मत नलिँदै मुख्यमन्त्री राउतलाई राजीनामाको दबाब

    जनकपुरधाम । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने भएको छ ।

    प्रदेश सरकारले असोज २० गते प्रदेशसभा बैठक डाकिएको छ । मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि झण्डै २ महिनापछि प्रदेशसभा बैठक डाकिएको हो । तर उक्त बैठक लोसपाले मुख्यमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्ने बनाएको छ ।

    प्रदेशसभा बैठक अवरुद्ध गर्ने र मुख्यमन्त्री राउतको राजीनामा माग्ने विषयमा छलफल गर्न लोसपा संसदीय दलको बैठक बसेको सांसद प्रमेश्वर साहले जानकारी दिए । भ्रष्टाचारको आरोप लागेपछि मुख्यमन्त्री राउतले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

    प्रदेशसभामा लोसपाको १६ सांसद छन् । केही दिन अगाडि मात्र लोसपा प्रदेश संसदीय दलको बैठकबाट जितेन्द्र सोनल दलका नेतामा निर्वाचित भएका हुन् । दलको नेता बनेलगत्तै उनले प्रदेश सरकारले कमजोरी सुधार नगरे आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

    ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तरगत खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ ।

    अख्तियारले छापा मारेको विरोधमा प्रमुख सत्तारुढ दल जसपा पनि आन्दोलित छ । अख्तियार प्रमुख प्रेम कुमार रायको राजीनामा माग्दै जसपाले प्रदेश २ को आठै जिल्लामा शनिबार साँझ मसाल जुलुस र आइतबार मोटरसाइकल जुलुस गरेको थियो ।

  • प्रदेश २ मा संसदीय दलको नेता छान्न लोसपाले बोलायो बैठक

    प्रदेश २ मा संसदीय दलको नेता छान्न लोसपाले बोलायो बैठक

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) बाट विभाजित भएर नयाँ दर्ता गरिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको बैठक बोलाइएको छ ।

    आइतबार दिउँसो २ बजे बोलाइएको बैठकमा अध्यक्ष महन्थ ठाकुर पनि सहभागी हुने सांसद प्रमेश्वर साहले जानकारी दिए । बैठकले दलका नेता चयन गर्नेछ । त्यस्तै समसामयिक राजनीतिक परिस्थितिबारेको छलफल मुख्य एजेण्डा छ ।

    प्रदेश २ का जसपाका ५५ सांसदमध्ये १६ सांसदले लोसपा रोजेका छन् । संसदीय दलको नेतृत्वको लागि जीतेन्द्र सोनल, सरिता साह र उपेन्द्र महतो दौडधुपमा छन् ।

    सोनल तत्कालीन जसपा संसदीय दलका नेता थिए । महन्थ ठाकुर पक्षमा रहेको भन्दै उनलाई प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रीबाट वर्खास्त गरेको थियो । उनको सम्भावना बलियो छ ।

    लोसपा गठन भएपछि संसदीय दलका नेताको आकांक्षी बढेको र उनीहरू लोकतान्त्रिक प्रक्रियाबाट दलका नेता चयन गर्नुपर्ने आवाज उठाएपछि विधान बनाइएको छ । सहमति नजुटे विधानअनुसार चुनावबाटै दलका नेता चयन गरिने नेताहरूले बताएका छन् ।

  • प्रदेश २ः लोसपामा दलको नेता बन्न सांसदहरुको दौडधुप, सहजीकरणका लागि विधान बनाइयो

    प्रदेश २ः लोसपामा दलको नेता बन्न सांसदहरुको दौडधुप, सहजीकरणका लागि विधान बनाइयो

    जनकपुरधाम । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ ले संसदीय दलको विधान तयार पारेको छ ।
    सांसदहरुबाट लोकतान्त्रिक विधिबाट दलका नेता चयन गर्नुपर्ने आवाज उठेपछि विधान तयार पारिएको हो । सांसद प्रमेश्वर साहले संसदीय दलको विधान तयार भइसकेको बताए । उनका अनुसार विधानको अनुमोदन असोज ४ गतेपछि मात्र हुनेछ ।

    तत्कालीन राजपाले संसदीय दलको विधान बनाएको थिएन । त्यतिबेला नेताको आदेशमा सांसद जितेन्द्र सोनललाई दलका नेता चयन गरिएको थियो । अहिले दलका नेताको आकांक्षी बढेपछि विधान बनाउनु परेको एक सांसदले सुनाए ।

    संसदीय दलका नेता बन्नका लागि सांसदहरु जीतेन्द्र सोनल, उपेन्द्र महतो र बाबुलाल साहले दौडधुप बढाएका छन् ।

    उपेन्द्र महतो लोसपाका वरिष्ट नेता राजेन्द्र महतोका भतिज हुन् । सोनल र बाबुलाल महन्थ पक्षका छन् । बाबुलाल दलका नेता बन्नकै लागि लबिङ गर्न काठमाडौं पुगेको स्रोतले जनायो ।

    प्रदेश २ मा लोसपा १६ सांसद रोजेका छन् । सभामुख सरोजकुमार यादवले आन्तरिक रुपमा लोसपा रोजेपनि सनाखत गरेनन् । उनी तत्कालीन राजपाबाट निर्वाचित सांसद हुन् ।

  • लोसपाका नेतृत्वसँग एमसीसी उपाध्यक्षको भेटवार्ता

    लोसपाका नेतृत्वसँग एमसीसी उपाध्यक्षको भेटवार्ता

    काठमाडौं । नेपाल भ्रमणमा रहेको एमसीसी टोलीले आज लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी छन् ।

    एसीसीकी उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग नक्सालस्थित होटल मेरियटमा भेटवार्ता गरेकी हुन् ।

    चार दिनअघि नेपाल आएका एमसीसी टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईसहितका नेताहरूसँग भेट गरिसकेकी छन् ।

  • प्रदेश २ मा थप एक सांसदको सनाखत, लोसपाका सांसद संख्या १६ पुग्यो

    प्रदेश २ मा थप एक सांसदको सनाखत, लोसपाका सांसद संख्या १६ पुग्यो

    जनकपुरधाम । प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनलले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

    तत्कालीन राजपाबाट निर्वाचित सांसद सोनल जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् । महन्थ ठाकुर पक्षको रहेको भन्दै मुख्यमन्त्री लालबाबु राउतले सोनललाई भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त गरेका थिए ।

    उनको सनाखतसँगै लोसपाको पक्षका प्रदेशसभा सांसद संख्या १६ पुगेको छ । अब जसपामा २८ सांसद बांकी छन् ।

  • हंसपुरका मेयर र उपमेयर पनि लोसपामा, तीनमध्ये दुई वडाध्यक्षले छाडे जसपा

    हंसपुरका मेयर र उपमेयर पनि लोसपामा, तीनमध्ये दुई वडाध्यक्षले छाडे जसपा

    जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झाले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

    जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर मेयर मण्डल र उपमेयर झाले लोसपाको पक्षमा सनाखत गरेका हुन् । उनी दुवै जना तत्कालीन राजपाबाट निर्वाचित भएका थिए ।

    तत्कालीन राजपाबाट हंसपुरमा निर्वाचित तीन वडाध्यक्षमध्ये नरेश मण्डल र उदय कुमार साहले पनि लोसपा रोजेका छन् । यस्तै एक दर्जन वडा सदस्यले पनि लोसपा रोजेको मेयर मण्डलले जानकारी दिए ।

    हंसपुरमा तत्कालीन राजपाबाट निर्वाचित अधिकांश जनप्रतिनिधिले लोसपा रोजेको र बांकी जनप्रतिनिधि पनि लोसपा नै रोज्ने उनको दावी छ ।

  • प्रदेश २ मा थप तीन सांसदले गरे लोसपाको पक्षमा सनाखत, जसपा छाड्ने सांसद १५ पुगे

    प्रदेश २ मा थप तीन सांसदले गरे लोसपाको पक्षमा सनाखत, जसपा छाड्ने सांसद १५ पुगे

    जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)का थप तीन सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । सांसदहरु रानी शर्मा तिवारी, अभिराम शर्मा र उपेन्द्र महतोले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर लोसपा पक्षमा सनाखत गरेका हुन् ।

    उनीहरुलाई सनाखत गराउन प्रदेशका पूर्वमंत्री एवं सांसद जितेन्द्र सोनल निर्वाचन कार्यालय पुगेका थिए । तर उनले अझै सनाखत गराएका छैनन् ।

    तत्कालीन राजपाकी सांसद शर्मा उपेन्द्र यादव समूहमा गएकी थिइन् । लोसपा अध्यक्ष महन्थ ठाकुर उनलाई आफ्नो पार्टीमा सनाखत गराउन सफल भएका छन् ।

    यसअघि जसपाका १२ सांसदले लोसपा पक्षमा सनाखत गरिसकेका छन् । अब लोसपामा १५ सांसद पुगेका छन् ।

    पूर्वमन्त्रीसमेत रहेका सांसद सोनलले पनि लोसपाकै पक्षमा सनाखत गर्नेछन् ।

  • आफ्ना सांसद जोगाउन जसपा अध्यक्ष यादव जनकपुरमा, थप तीन सांसद लोसपामा लाग्दै

    आफ्ना सांसद जोगाउन जसपा अध्यक्ष यादव जनकपुरमा, थप तीन सांसद लोसपामा लाग्दै

    जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा जानबाट आफ्ना सांसद रोक्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव जनकपुर आएका छन् ।

    जसपाका सांसद लोसपामा लाग्ने संभावना बढेसँगै यादव जनकपुर आएका हुन् । तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद प्रल्हाद गिरी गोस्वामीले आजै लोसपाको पक्षमा सनाखत गरेका छन् ।

    स्रोतका अनुसार यादवनिकट भनेर चिनिएका जसपाका तीन सांसद पनि लोसपामा खुल्दैछन् । अहिलेसम्म जसपाका १२ सांसदले लोसपा पक्षमा सनाखत गरेका छन् ।

    जनकपुर विमानस्थलमा अध्यक्ष यादवलाई स्वागत गर्न नेता कार्यकर्ताबीच प्रतिस्पर्धा चलेको थियो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु र नेता कार्यकर्ता स्वागतका लागि विमानस्थल पुगेका थिए ।

    जसपा अध्यक्ष यादवको स्वागतमा हजारौं सवारीसाधनको लाइन लागेपछि जनकपुरधाममा सर्वसधारणले सास्ती पाएका छन् ।

    बुधवार लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी जनकपुर आएका थिए ।

  • प्रदेश २ मा लोसपा रोज्ने सांसद १२ पुगे, थप दुईको सनाखत

    प्रदेश २ मा लोसपा रोज्ने सांसद १२ पुगे, थप दुईको सनाखत

    जनकपुरधाम । जसपाका साँसदद्वय डिम्पल झा र प्रल्हाद गिरी ‘गोस्वामी’ ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

    महन्थ ठाकुरनिकट सांसद जितेन्द्र सोनलले दुवै सांसदलाई जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय लगेर सनाखत गराएका हुन् । गिरी तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित सांसद हुन् भने झा तत्कालीन राजपाको समानुपातिकतर्फका सांसद हुन् ।

    साँसद झा लोसपा नेता अनिल झाका श्रीमती हुन् । महन्थ ठाकुर पक्षमा रहेको भन्दै मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट उनलाई बर्खास्त गरेको थियो ।

    उपेन्द्र यादवको तत्कालीन संघीय समाजवादी फोरमबाट यस प्रदेशमा २९ जना निर्वाचित भएका थिए । राजपाका २५ सांसद थिए ।

    यसअघि हिजो जसपाका १० सांसदले लोसपाको पक्षमा सनाखत गराएका थिए । आज झा र गिरीको सनाखतपछि लोसपामा १२ सांसद पुगेका छन् । सोनल, उपेन्द्र महतो, अभिराम शर्मालगायतले सनाखत गर्न बाँकी छ ।

  • जसपाका १४ सांसद लोसपामा खुले, ११ जनाको आजै सनाखत (सूचीसहित)

    जसपाका १४ सांसद लोसपामा खुले, ११ जनाको आजै सनाखत (सूचीसहित)

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का ११ सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

    सांसदहरुलाई लोसपाको पक्षमा सनाखत गराउन प्रदेश २ का पूर्वमन्त्री एवं सांसद जितेन्द्र सोनल जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका छन् । तर उनको भने आज सनाखत नहुने बताइएको छ ।

    सनाखत गराउने समय भदौ २२ गतेसम्म भएपछि केही सांसदको पछि सनाखत हुने सोनलले बताए ।

    अहिलेसम्म लोसपा  रोज्ने सांसदहरु

    १. प्रमेश्वर साह
    २. सरिता साह
    ३. बबिता हुमारी
    ४. निलमदेवी भूमिहारिन
    ५. अल्का झा
    ६. गौरी नारायण साह
    ७. जानकी शरण साह
    ८. जैलुन राइन
    ९. रमेश प्रसाद कुर्मी
    १०. बाबुलाल साह
    ११. उपेन्द्र महतो

    १२. जितेन्द्र सोनल
    १३. अभिराम शर्मा
    १४. डिम्पल झा

    तीन सांसदको भोलि सनाखत हुने सांसद सोनलले बताए ।

    तत्कालीन राजपाबाट २५ र समाजवादी पार्टीबाट २९ सांसदले जितेका थिए । जसमध्ये जसपाका १४ सांसद लोसपाको पक्षमा खुलेका छन् ।

     

  • लोसपा अध्यक्ष ठाकुरसहितका नेता जनकपुरमा, जसपा सांसदलाई प्रभावित पार्ने रणनीति

    लोसपा अध्यक्ष ठाकुरसहितका नेता जनकपुरमा, जसपा सांसदलाई प्रभावित पार्ने रणनीति

    जनकपुरधाम । जसपा विभाजन भएर गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका पार्टीका शीर्षस्थ नेता जनकपुर आएका छन् । ठाकुरसँगै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी आज जनकपुर आएका हुन् ।

    अध्यक्ष ठाकुर र वरिष्ठ नेताद्वयलाई जनकपुर एयरपोर्टमा नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । उनीहरुको स्वागतमा लोसपाका युवा कार्यकर्ताले जनकपुरधाममा मोटरसाइकल जुलुस समेत गरेका छन् ।

    जसपाबाट अलग भएर लोसपा गठन भएपछि निर्वाचन आयोग जनप्रतिनिधिहरुलाई सनाखत गर्न भदौ २२ गतेसम्मको समय तोकेको छ । सोही कारण बढीभन्दा बढी सांसद तान्न लोसपा अध्यक्ष ठाकुर र नेताहरु जनकपुरधाम आइपुगेको बताइएको छ ।

    तत्कालीन राजपाबाट २५ सांसद निर्वाचित भएका थिए । जसमध्ये ९ सांसद जसपामै रहने र लोसपामा १४ सांसदले सनाखत गर्ने बताइएको छ ।

  • महोत्तरीको जलेश्वर र भंगहाका मेयरले रोजे लोसपा

    महोत्तरीको जलेश्वर र भंगहाका मेयरले रोजे लोसपा

    जनकपुरधाम । महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्र र भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

    जिल्ला निर्वाचन आयोगको कार्यालय जलेश्वर पुगेर मेयरद्वय मिश्र र साहले लोसपाको पक्षमा सनाखत गरेका हुन् । मेयर मिश्र र साह तत्कालीन राजपाबाट निर्वाचित भएका थिए ।

    राजपा र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो । तर पछिल्लो समय जसपा विभाजित भएपछि लोसपा निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टी फुटेका कारण आयोगले भदौ २२ गतेभित्र जनप्रतिनिधिलाई सनाखत गर्न भनेको छ ।

    लोसपाको पक्षमा महोत्तरीका अन्य जनप्रतिनिधिहरु समेत सनाखत गराइरहेका छन् ।

  • संसदमा थपिए दुई नयाँ दल : एकीकृत समाजवादी चौथो, लोसपा छैटौं

    संसदमा थपिए दुई नयाँ दल : एकीकृत समाजवादी चौथो, लोसपा छैटौं

    काठमाडौं । संसदमा दुई नयाँ दल थपिएका छन् । राजनीतिक दलसम्बन्धी सरकारले ल्याएको नयाँ अध्यादेशसँगै भदौ ९ मा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएका थिए ।

    आयोगले उक्त जानकारी आज संघीय संसद सचिवालयलाई गराएसँगै अब नयाँ दलको अस्तित्व संसदमा पनि देखिने भएको हो ।

    अब एकीकृत समाजवादी र लोसपा संसदको चौथो र छैटौं ठूलो दल हुनेछन् । एकीकृत समाजवादीलाई ३० संघीय सांसदको साथ छ भने लोसपालाई १४ सांसद । संसदमा पहिलो दल एमाले हो भने दोस्रो नेपाली कांग्रेस र तेस्रो माओवादी केन्द्र हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पाँचौ हो।

    राष्ट्रिय जनमोर्चा, राप्रपालागयतको संसदमा उपस्थिति भए पनि ‘थेस्र होल्ड’ पार गर्न नसकेका कारण उनीहरूले राष्ट्रिय दलको मान्यता पाएका छैनन् ।

  • लोसपा पहिलो बैठक : जनप्रतिनिधिलाई आफूतिर लाग्न आग्रह

    लोसपा पहिलो बैठक : जनप्रतिनिधिलाई आफूतिर लाग्न आग्रह

    काठमाडौं । निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कार्यकारिणी समितिको पहिलो बैठक बसेको छ ।

    बिहीबार पार्टी कार्यालय बबरमहलमा बैठकले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्व:घोषणा गराउने विषयमा छलफल भएको छ । लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले बदलिँदो परिस्थितिसँगै जनतामा कसरी जाने भन्ने विषयमा पनि छलफल भएको बताए ।

    उनले भने, ‘दल दर्तापछि पहिलोपटक बसेको बैठकमा ३३ जना सदस्य नै उपस्थित हुनुभएको थियो, बैठकमा दल दर्ता हुने बित्तिकै २१ दिनभित्रमा प्रदेश र स्थानीय तहको जनप्रतिनिधिहरूलाई निर्वाचन कार्यालयमा स्व:घोषणा गराउनुपर्छ, स्थानीय तहको लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यहरूको लागि प्रादेशिक निर्वाचन कार्यालयमा एउटा अनुसूची अनुसार बनाउनुपर्ने हुन्छ, त्यो काम शुरू भइसक्यो, दल गठन भएको २ गते आज लगभग १० दिन त बितिसक्यो, त्यसैले २३ गतेसम्ममा स्व:घोषणा गर्ने काम छ त्यसको बारेमा छलफल भयो, सदस्यता, विधान घोषणा नियमावलीदेखि लिएर जनतामा जाने भन्ने कुराहरूमा छलफल भएको छ, सांगठनिक संरचना कसरी कसरी र कुन मोडालिटीमा बनाउने त्यो विषयमा पनि छलफल भइरहेको छ ।’

    सरकारमा जाने/नजानेबारे आज छलफल भए पनि कुनै निर्णय नभएको झाले जानकारी दिए । उनका अनुसार यसबारे पछि निर्णय लिइनेछ ।

  • महन्थ ठाकुरमा मान्छे थपिए, लोसपा सनाखतमा १७ कार्यकारिणी सदस्य र १४ सांसद

    महन्थ ठाकुरमा मान्छे थपिए, लोसपा सनाखतमा १७ कार्यकारिणी सदस्य र १४ सांसद

    काठमाडौं । जसपाबाट विभाजित भएको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा १४ जना संघीय सांसदले साथ दिएका छन् । प्रतिनिधिसभाका १३ जना र राष्ट्रियसभाका एक जनाले महन्थ ठाकुरलाई साथ दिएका हुन् ।

    त्यस्तै जसपाका १७ जना कार्यकारिणी समिति सदस्यले निर्वाचन आयोगमा पुगेर सनाखत गरेको वरिष्ठ नेता शरदसिंह भण्डारीले दावी गरे । जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये यसअघि निर्वाचन आयोगमा सनाखत हुँदा १६ जना ठाकुर पक्षमा थिए ।

    जसपा विभाजनका लागि ठाकुर पक्षले केन्द्रीय समिति र संसदीय दल दुवैतिर २० प्रतिशत पुर्याएको छ ।

    तस्बिर: सराेज बैँजु

  • महन्थको पार्टीको नाम लोसपा, वरिष्ठ नेता थपिए

    महन्थको पार्टीको नाम लोसपा, वरिष्ठ नेता थपिए

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम नपाउने भएपछि महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिने भएको छ । पार्टीको छोटकरी नाम लोसपा हुनेछ ।

    प्रस्तावित लोसपाका एक नेताका अनुसार अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहने गरी नयाँ कागजात निर्वाचन आयोगमा बुझाइँदैछ । यसअघि महतोमात्रै वरिष्ष्ठ नेता थिए ।

    ‘यसअघि महतोजीमात्रै वरिष्ठ नेता हुनुहुन्थ्यो अब शरतजी पनि वरिष्ठ नेता हुनुभएको छ’, ती नेताले जानकारी दिए । महतोलाई वरिष्ठ नेता बनाइएको विषयमा ठाकुर पक्षमै विवाद बढेको थियो । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको चुनाव चिन्हमा भने साइकल नै प्रस्ताव गरिएको छ ।