Tag: लुटपाट

  • विमानस्थल आसपास लुटपाटकाे विगविगी, २ जना पक्राउ

    विमानस्थल आसपास लुटपाटकाे विगविगी, २ जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारबाट फर्कनेहरुलाई लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । गत ११ गते कतारबाट आएका  युवक ट्याक्सी चढेर दाईको कोठामा जाने क्रममा सिनामंगल कार्गो गोदाम अगाडी  लुटिए ।

    युवक चढेकाे  ट्याक्सीलाई दुई वटा मोटरसाइकलले ट्याक्सीको बाटो छेकेर २ थान मोवाइल, ६०० कतार रियाल र २५ ग्रामको सुनको औठी थान १ लुटी फरारकाहरु मध्ये २ जना लुटेरालाई पक्राउ गरेको हो ।

    उनीहरुलाई १५ गते लुटेको मोवाइल थान १ र मोटरसाइकलसहित महानगरीय परिसर काठमाडौ वृत्त गौशालाको विशेष टोलीले नियन्त्रणमा लिई वृत्त गौशालामा बुझाएको छ ।

    वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ । पछिल्लो समय कतार, दुवई, मलेशिया लयायतका देशहरुमा वैदेशिक रोजगारको लागि गएकाहरु फर्कने क्रममा लुटेको गुनासो आइरहेकोले महानगरीय परिसर काठमाडौ वृत्त गौशालाको विशेष टोलि परिचालन गरी लुटेराहरुको खोज तलास गर्न थालेको छ ।

  • सिटिजन बैंकबाट नगद लुटपाटमा संलग्न थप १ जना पक्राउ

    सिटिजन बैंकबाट नगद लुटपाटमा संलग्न थप १ जना पक्राउ

    मोरङ । मोरङको धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट गत असोज २५ गते नगद लुटपाटमा संलग्न रहेको अभियोगमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भारत फारवेसगञ्ज-१० बस्ने २० वर्षीय रोशन यादव रहेका छन् । साथै उक्त घटनामा संलग्न अन्य ३ जनालाई सोही दिन साँझ प्रहरीले पक्राउ गरेको थियो ।

    उक्त बैंकबाट नगद लुटपाट गरेको घटनामा संलग्न रही फरार रहेका राशनलाई सुनवर्षी नगरपालिका(८ सिक्टी नेपाल चोक नजिकबाट प्रहरीले सोमबार पक्राउ गरेको हो ।

    साथै सोही घटनामा संलग्न रही गत असोज २५ गते पक्राउ परेकामध्ये श्याम मुखियाको कोठाबाट १ थान पेस्तोल, १ थान म्याग्जिन र ५ सय ग्राम अवैध लागूऔषध गाँजा समेत प्रहरीले बरामद गरेको छ ।

    साथै बिराटनगर महानगरपालिका-७ स्थित सेन्ट्रल मल अगाडि रहेको कोटेक्स ट्रेडिङ सप्लायर्सका संचालकलाई हातहतियार देखाई नगद १२ हजार रुपैयाँ लुटपाट गरेको घटनामा समेत सोही समूहका सदस्यहरुको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

  • दिउँसै खुकुरी प्रहार गरी लुटिए सहकारीका कर्मचारी

    दिउँसै खुकुरी प्रहार गरी लुटिए सहकारीका कर्मचारी

    काठमाडौं । बुधबार त्यस्तै ३ बजेतिर काठमाडौंको मैतिदेवी स्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङ म्यानेजर २५ वर्षीय प्रेम गजमेर मार्केकबाट अफिस जाँदै थिए । उनीसँग साथमा मार्केटबाट कलेक्शन गरेको एक लाख ६६ हजार ९१५ रुपैया र सहकारीको अन्य कागजातहरु झोलामा बोकेर हिडेका थिए ।

    चाबहिलको ए वान क्याफे नजिकै पुगेपछि उनलाई अपचिरित समुहले खुकुरी प्रहार गरेर घाइते बनाएर डर धम्की देखाएर उनीसगँ भएको सबै सामान लुटेर फरार भए ।
    उनले लगतै महानगरी अपराध महाशाखामा खबर गरे । प्रहरीले सूचना पाउने वितिकै लुटपाट गरेर फरार भएका ५ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका २७ कमलाक्षी असनका .२९ वर्षीय रोहन नेपाली शाही, थानकोटका २२ वर्षीय अभय तुलाधर, चक्रपथका २७ वर्षीय अमित तुलाधर, १८ वर्षीय किशोर र बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन् ।

    महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई लुटपाट गरी लगेको मध्ये नगद २६ हजार ३ सय २५ रुपैयाँ, विभिन्न कम्पनीका मोबाईलहरू, बैकका चेकहरु तथा सहकारीका कागजपत्र, २ थान चक्कु, चोरी गरेका ४ थान स्कुटर र १ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।

    प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरी सो चोरी गरेको मोटरसाइकल तथा स्कुटरको प्रयोग गरी चलिरहेको गाडीबाट बिभिन्न सरसामानहरु पटक पटक चोरी गरेको भन्ने बुझिन आएको छ ।
    आवश्यक कारवाहीका लागि उनीहरू मध्ये ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं र २ जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाईएको उक्त महाशाखाले जनाएको छ ।