Tag: लीलबहादुर थापा

  • माओवादी त्यागेका एमाले गण्डकी सह-इन्चार्ज भन्छन् : प्रचण्ड कता गए खोज्नुपर्ने भो !

    माओवादी त्यागेका एमाले गण्डकी सह-इन्चार्ज भन्छन् : प्रचण्ड कता गए खोज्नुपर्ने भो !

    पोखरा । संसद विघटनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेर प्रधानमन्त्रीको साथमा लागेका बागलुङका लीलबहादुर थापाले गण्डकी प्रदेशको सह–इन्चार्ज जिम्मेवारी पाएका छन् । सर्वोच्च अदालतले एकीकृत पार्टी ब्युँताइदिएपछि पनि उनी नेकपा एमालेमा लागेका थिए ।

    एमाले अध्यक्ष ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशन अनुसार नेताहरुको जिम्मेवारी हेरफेर भएको थियो । सोही निर्देशनअनुसार किरण गुरुङ र पद्मा अर्यालसहित उनले पनि सह-इन्चार्जको जिम्मेवारी पाएका हुन् । उनी तत्कालीन नेकपाको केन्द्रीय समितिसमेत थिए ।

    राष्ट्रिय जनमोर्चाबाट राजनीतिक जीवन सुरु गरेका थापाले ०५४ देखि ५९ सालसम्म जिल्ला विकास समिति बागलुङको सभापति पद सम्हालेका थिए । पछि ०६३ मा नेकपा माओवादीमा प्रवेश गरेका थिए ।

    हालका ऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग निकट मानिने थापा रायमाझी स्थानीय विकासमन्त्री हुँदा राजनीतिक सल्लाहकारसमेत थिए । अदालतले पुरानै पार्टी ब्युँताइदिएपछि केही समय अघिमात्रै उनी पूर्व माओवादी लडाकुसहित नेकपा एमालेमा प्रवेश गरेका थिए ।

    गण्डकी प्रदेशको इन्चार्जमा भने पृथ्वीसुब्बा गुरुङ नै छनु् । उनी यसअघि ‘नेकपा’ हुँदासमेत प्रदेश इन्जार्ज नै थिए । नेकपा एमालले गण्डकी प्रदेशको पार्टी अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपालीलाई नियुक्त गरेको छ ।

    फागुन २८ गते बसेको पार्टीको केन्द्रीय बैठकले पूर्व खेलकुदमन्त्रीसमेत रहेका विश्वकर्मालाई अध्यक्ष चुनेको थियो । सचिव नेपाली हाल मुख्यमन्त्री गुरुङका राजनीतिक सल्लाहकार छन् ।

    थापा भन्छन् : प्रचण्ड कता गए खोज्नुपर्ने बेला भो !

    नवनियुक्त प्रदेश सह–इन्चार्ज थापाले आफूले पार्टी नछोडेको बरु साथी (प्रचण्ड)हरुले छाडेको आरोप लगाएका छन् । उनले आफू पार्टीमै रहेको र बरु प्रचण्डहरु कता गए गए भनेर खोज्नुपर्ने बेला भएको बताए ।

    ‘मैले पार्टी छोडेको होइन । बरु साथीहरुले छोडेको हो । हिजो एकता गर्दा हाम्रो प्रथम अध्यक्ष नै केपी ओली भनिएको हो । अहिले हामी पहिलेकै अध्यक्षको साथमा छौं,’ सहइन्चार्ज थापाले भने, ‘बरु प्रचण्ड कता गए खोज्नुपर्नेबेला भयो ?’

    थापाले पार्टी ब्युँतिएपछि आफू नेकपा एमालेमातिर लाग्दा ‘कता गएको’ भनेर सोधेको तर, आफू कतै नगएको बताए । प्रचण्ड–माधव पक्षले फुटको स्थिति ल्याएको भन्दै आफूले उनीहरुको साथमात्रै छोडेको जिकिर गरे ।

    ‘अहिले मलाई कता गए भन्छन् ? म होइन । पार्टीमा माधव–प्रचण्ड निषेधको प्रवृत्तिमा लगे । त्यो निकै अप्रिय ढंग थियो । पार्र्टी फुट माधव, प्रचण्डको दोष हो,’ थापाले भने, ‘उनीहरुको (माधव–प्रचण्ड)को ध्याउन्न सधैं पदमा मात्रै रह्यो । पद कसरी सुरक्षित गर्ने भन्नेमात्रै रह्यो । संसदीय दल नै कब्जा गर्न लागेका थिए ।’

    नवनियुक्त प्रदेश सहइन्चार्ज थापाले अब पार्टीमा व्यक्तिको नभई पार्टी विशेष योजनामा सरिक हुने बताए । उनले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउँदै पार्टीलाई अझै सुदृद्धिकरण लैजाने सुनाए ।

    ‘जिम्मेवारीमा आइसकेपछि एउटा व्यक्ति विशेष योजना हुँदैन । हाम्रो गर्ने अभियान समाजका लागि हुन्छ । पार्टीलाई शुद्धीकरण गर्ने । देश र जनतालाई समृद्धि बनाउने हो,’ उनले भने, ‘योजना नीतिगत र व्यवहारिक हुन्छ । अबको हाम्रो अभियान भनेको राष्ट्रिय अभियानलाई कसरी अघि बढाउने, एउटा विधि र प्रक्रिया अनुसार कसरी अघि बढ्ने भन्ने नै हो । शोषित वर्गको पक्षमा उभिने नै हो ।’

    थापाले आफू अब वैधानिक जिम्मेवारीमा आइसकेकाले पूर्व माओवादी लडाकुको सुरक्षाबारे पनि योजना बनाउने बताए ।

  • प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्य थापा ओलीतिर

    प्रचण्ड-माधव पक्षका केन्द्रीय सदस्य थापा ओलीतिर

    काठमाडौं । पार्टी विभाजनसँगै प्रचण्ड–माधव पक्षमा लागेका नेकपा केन्द्रीय सदस्य लिलवहादुर थापा शनिवार पूर्व लडाकुहरुको टिम सहित ओली पक्षमा लागेका छन् ।

    पार्टी विभाजनपछि प्रचण्ड पक्षको बैठकमा भाग लिएर केही कार्यक्रममा समेत भाषण गरेका थापा प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली पक्षमा खुलेका हुन् ।

    देशको अतिक्रमित भूमिको नक्सांकन र फिर्ता ल्याउने प्रक्रिया थालेको तथा विगतमा पनि राष्ट्रियताको पक्षमा ओलीले अडान लिएकोले आफूले प्रचण्डको साथ छाडेर ओलीलाई साथ दिएको थापाले बताए ।

    उनले राष्ट्रवादको अडान लिएकोमा बालुवाटारमा पूर्व लडाकुहरुले ओलीलाई सलामी दिएको बताए । बागलुङ जिल्ला विकास समितिका पूर्व सभापति समेत रहेका थापा नेकपा मसाल छाडेर तत्कालिन माओवादीमा प्रवेश गरेका थिए ।