Tag: राष्ट्रिय सभा सदस्य उपनिर्वाचन

  • राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी

    राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार संहिता जारी

    काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते बागमती प्रदेशमा हुन लागेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि आचार सहिता जारी गरेको छ । आयोगले बिहिबार एक विज्ञप्ती जारी गर्दै आचार संहिता जारी गरिएको जनाएको हो ।

    उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शि तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि वागमती प्रदेशभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई बैशाख २९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचारसंहिता, २०७२ लागू गरिएको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    उनका अनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरेर आचार संहिता जारी गरिएको हो । आचार संहिताको पूर्ण रुपमा पालना गरी स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्न पनि आयोगले अनुरोध पनि गरेको छ ।

  • राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि दुई मतदान केन्द्र

    राष्ट्रियसभा सदस्य उपनिर्वाचनको लागि दुई मतदान केन्द्र

    काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ स्थित भुटनदेवी मावि केन्द्र तोकिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

    विद्यालयमा ‘क’ केन्द्रको मतदान स्थलमा प्रदेशसभा सदस्य जम्मा एक सय १० जनाले मतदान गर्ने छन् भने ‘ख’ केन्द्रमा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी जम्मा २ सय ३८ जनाले मतदान गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    प्रवक्ता श्रेष्ठका अनुसार आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम मतदान स्थल र केन्द्र तोकेको हो ।

    यसैविच आजै आयोगले निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रियसभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरेको छ ।

  • राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको निर्वाचन अधिकृतमा जिल्ला न्यायधिश श्रेष्ठ नियुक्त

    राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको निर्वाचन अधिकृतमा जिल्ला न्यायधिश श्रेष्ठ नियुक्त

    काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृतमा जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश लिल्लीरत्न श्रेष्ठ नियुक्त भएका छन् । निर्वाचन आयोगको आज बसेको बैठकले २०७८ जेठ ६ गते बिहिबारका दिन हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

    निर्वाचन ऐन, २०७५ को दवफा ७ बोमिजम न्याय परिषद्को परामर्शमा प्राप्प्त नामावलीका आधारमा उनलाई बैशाख १६ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको आयोगको प्रवक्ता समेत रहेका सहसचिव राज कुमार श्रेष्ठले जानकारी दिए । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य पदबाट रामबहादुर थापालाई कारवाही गरेपछि रिक्त रहेको एक सिटमा उपनिर्वाचन हुन लागेको हो ।