Tag: राप्रपा

  • राप्रपाद्वारा कञ्चन बिच्छाको सांसद पद खारेज गर्न प्रदेश सभामा पत्राचार

    राप्रपाद्वारा कञ्चन बिच्छाको सांसद पद खारेज गर्न प्रदेश सभामा पत्राचार

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीको निर्देशन विपरीत मधेश प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी कञ्चन बिच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउन मधेश प्रदेश सभामा पत्राचार गरेको छ ।

    राप्रपाबाट एक मात्र प्रदेशसभा सदस्य रहेकी समानुपातिक सांसद बिच्छा कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । उनलाई मंसिर ८ गते मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए ।

    राप्रपाले बिच्छालाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । नबाहिरिएपछि स्पष्टिकरण समेत सोधिएको थियो । पार्टीको नीति नियम अटेर गरेपछि प्रक्रिया पु¥याए राप्रपाले उनलाई प्रदेश सभा सदस्य पदबाटै हटाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेश सभामा पत्र पठाएको हो ।

    राप्रपाका मुख्य सचिव केदारबहादुर अधिकारीको हस्ताक्षरसहित प्रदेश सभालाई पत्र पठाइएको छ । पत्र आइतबार नै प्रदेश सभा सचिवालयमा प्राप्त भएपछि उपसभामुख बबिता राउत ईशरलाई बुझाइएको सचिव बासुप्रसाद कोइरालाले जानकारी दिए । उपसभामुख ईशरले पत्र प्राप्त भएको र कर्मचारीसहित कानून विज्ञसँग छलफल गरेर सूचना प्रकाशन गरिने बताइन् ।

  • राप्रपाको कार्यसम्पादन समिति बैठक–निर्वाचन केन्द्रित छलफल, मधेशकी मन्त्री कञ्चन बिच्छा पदमुक्त हुने

    राप्रपाको कार्यसम्पादन समिति बैठक–निर्वाचन केन्द्रित छलफल, मधेशकी मन्त्री कञ्चन बिच्छा पदमुक्त हुने

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउॅसो १ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा समसामयिक परिस्थितिको विश्लेषण, पार्टीको रणनीति निर्माण, आसन्न केन्द्रीय समिति बैठकका एजेण्डा तय, पार्टीभित्र आन्तरिक एकता कायम गर्दै सबै तहको अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल हुने बताइएको छ । निर्वाचन भए पार्टीको भूमिका र सहभागिताबारे पनि छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

    कञ्चन बिच्छा पदमुक्त हुँदै
    आजको बैठकले मधेश प्रदेश सरकारमा मन्त्री बनेकी कञ्चन बिच्छाबारे पनि निर्णय हुने बताइएको छ । ‘अनुशासन समितिले सिफारिस गरिसकेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘केन्द्रीय कार्यसमिति या कार्यसम्पादन समितिले कारबाही गर्ने हो, सिफारिस भएकाले आजको बैठकबाट कारबाही हुन्छ ।’

    कात्तिक २३ गते पार्टीको निर्णयविना नै महोत्तरीको एउटा होटलमा एमालेका मुख्यमन्त्री सरोजकुमार यादवसँगै विनाविभागीय मन्त्रीमा शपथ खाएकी बिच्छालाई त्यही दिन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले फिर्ता हुन निर्देश गरेका थिए । तर उनी फिर्ता भइनन् । उनलाई अनुशासन समितिले स्पष्टिकरण सोधेको थियो । अनुशासन समितिले कारबाही गर्न सिफारिस गरेको छ ।

    मुख्यमन्त्री सरोज यादवद्वारा मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिँदा मंसिर ८ गतेदेखि बिच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन् । मंसिर २२ गतेभित्र सरकारले विश्वासको मत लिनु पर्ने छ ।

  • देशैभर आज एमालेको जनसभा, कहाँ कुन नेता खटिए ?

    देशैभर आज एमालेको जनसभा, कहाँ कुन नेता खटिए ?

    काठमाडौँ । नेकपा एमालेले आज देशैभर जनसभा गर्दैछ । ‘प्रतिगामी षडयन्त्र’विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत अधिकांस जिल्लाका सदरमुकाम वा ठूला शहरमा जनसभा गर्न लागेको हो ।

    एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जलाई जिम्मेवारी क्षेत्रमा खटाएको छ । ‘आजको सभाबाट हामी एमाले देशैभर अहिले पनि लोकप्रिय शक्ति हो भनेर स्थापित गराउछौँ,’ गौतमले भने ।

    एमालेले जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन गरिरहेको छ । पहिलो चरणमा कात्तिक २२ गते देशैभर वडा भेला भएका छन् । कात्तिक २५ गते अधिकांश पालिकामा जनप्रदर्शन तथा र्याली गरिएको छ । तेस्रो चरणको कार्यक्रम अन्तर्गत आज सबै जिल्लामा जनसभा हुँदैछ । मंसिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।

    आजको जनसभामा महासचिव शंकर पोखरेलले नेपालगञ्जमा सम्बोधन गर्नेछन् । यस्तै, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी,अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्ने तालिका छ ।

    यसैगरी रुपन्देहीमा हुने कार्यक्रममा सचिव छबिलाल विश्वकर्मा, अर्का सचिव पद्ध्मा अर्यालले झापाको विर्तामोडमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने तालिका छ । कोशीका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य हिक्मत कार्कीले धनकुटामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने भएका छन् ।

  • राप्रपाको महिला संगठन अध्यक्षमा रावल

    राप्रपाको महिला संगठन अध्यक्षमा रावल

    काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष पदमा अञ्जना शाह रावललाई मनोनयन गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रावललाई अध्यक्ष पदमा मनोनयन गरिएको पत्र बिहीबार हस्तान्तरण गरेका छन् । लामो समय पत्रकारिता गरेकी रावलले पछिल्लो एक दशकदेखि राप्रपामा आबद्ध रहि विभिन्न जिम्मेवारी सम्हालेकी थिइन् ।

    रावललाई तीन महिनाभित्र संगठनको महाधिवेशन गर्ने समयसिमा दिइएको छ । यसअघि अध्यक्ष रहेकी कुन्ती शाही पार्टीको महामन्त्रीमा निर्वाचित भएपछि संगठनमा अध्यक्ष पदबाट राजिनामा गरेकी थिइन् । संगठनमा आबद्ध महिलाहरुको पटकपटक भएको भेलाबाट नेतृत्वमा सहमति नभएपछि अध्यक्ष टुंगो लगाइदिन पार्टीलाई अनुरोधसमेत गरेका थिए ।

    पार्टीको भातृ संगठन हेर्ने संयोजित संगठन विभागका प्रमुख राजेन्द्र गुरुङको सिफारिसमा पार्टीको विधान बमोजिम अध्यक्ष लिङ्देनले रावललाई संगठनको अध्यक्ष पदमा मनोनयन गरेका हुन् । तत्कालिन राप्रपा नेपालमा कमल थापासँग असमति जनाउदैँ अञ्जना केहि समय पार्टी जिम्मेवारीबाट अलग भएकी थिईन ।

  • राप्रपाको वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग

    राप्रपाको वडा कार्यालय आगजनी गर्नेलाई कारबाही गर्न माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुरका वडाध्यक्षको उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषीलाई कारबाहीको माग गरेको छ ।

    राप्रपाका कावासोती नगरपालिका वडा नं १६ का वडा अध्यक्षका उम्मेदवार सुमन भट्टको घर तथा राप्रपाको वडा कार्यालयमा आगजनी गर्ने दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेको हो ।

    शनिबार एक विज्ञप्ती जारी गर्दै तत्काल सत्य तथ्य छानविन गरि दोषी पत्ता लगाउन, दोषीलाई कारबाही गर्न साथै भयरहित वातावरणमा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ ।

  • चितवनमा शक्ति प्रदर्शन गर्दै राप्रपा, पारस बसपार्कमा ५० हजार बढी मान्छे उतार्ने दाबी

    चितवनमा शक्ति प्रदर्शन गर्दै राप्रपा, पारस बसपार्कमा ५० हजार बढी मान्छे उतार्ने दाबी

    भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार चितवनको भरतपुरमा आमसभा गर्दैछ । केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) मा हुने आमसभामा ५० हजार बढी सर्वसाधारण सहभागी हुने राप्रपा चितवनले दाबी गरेको छ ।

    आमसभास्थलमा चितवन र छिमेकी जिल्लाबाट नेता, कार्यकर्ता तथा सर्वसाधारण आउने क्रम सुरु भएको छ ।

    आमसभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे बिहीबार नै चितवन आइसकेका छन् । केन्द्रीय अध्यक्ष लिङदेन, उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा, ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा बिहान ११ बजे चितवन आइपुग्ने कार्यक्रम छ ।

    आमसभाको औपचारिक कार्यक्रम दिउँसो साढे १२ बजे सुरु हुने राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिए । आमसभास्थल बसपार्कको खुला चौरलाई ५ दिन लगाएर सफा गर्ने, सम्याउने काम भएको थियो । आमसभा हुने भएपछि राप्रपाले चोक तथा बसपार्क आसपास क्षेत्रमा राप्रपाका झण्डाहरु राखेर सजाइएको छ ।

    आमसभामा आदिवासी, जनजातिहरुको मौलिक नृत्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत हुने जनाइएको छ । स्थानीय पञ्चेबाजा, झाँकी, र्‍यालीसहित स्वःस्फुर्त सहभागी हुँदैछन् ।

  • पार्टीको नाममै अल्झियो राप्रपा-साझा एकता प्रयास, संवैधानिक राजतन्त्र मान्न मिश्र ‘सकारात्मक’

    पार्टीको नाममै अल्झियो राप्रपा-साझा एकता प्रयास, संवैधानिक राजतन्त्र मान्न मिश्र ‘सकारात्मक’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकताका लागि भइरहेको गृहकार्य पार्टीको नाम र चुनाव चिह्नमै अल्झिएको छ । विवेकशील-साझा संवैधानिक राजतन्त्र मानेर जाने विषयमा सकारात्मक देखिए पनि ‘राप्रपा’ नाममा एकता गर्न भने तयार छैन ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित भएलगत्तै राजेन्द्र लिङ्देनले विवेकशील साझासँग एकताको प्रयास अघि बढाएका थिए । पार्टीका महामन्त्री डा. धवलशम्शेर राणालाई लिएर विवेकशील अध्यक्ष मिश्रको निवासमै पुगी उनले एकता प्रस्ताव राखेका थिए । मिश्र पनि समान विचार भएकाहरु ध्रुवीकृत भएर बलियो शक्ति निर्माण गर्नुपर्नेमा सकारात्मक देखिए । यद्यपि, सिद्धान्तभन्दा संगठनात्मक तथा प्राविधिक विषयहरुले एकतामा अड्चन पैदा गरेको छ ।

    स्रोतका अनुसार एकताका विषयमा शीर्षतहमा केही चरण छलफल भएका छन् । एकतापछि पार्टीको नयाँ नाम राखेर जानुपर्ने मिश्रले प्रस्ताव गरेका छन् । लिङ्देनले चाहिँ राप्रपा नाममै सहमति गर्न जोड दिएका छन् ।

    ‘राप्रपा पुरानो र स्थापित नाम हो, त्यसैले हामीलाई नाम फेरेर जान अफ्ठेरो छ,’ लिङ्देनको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

    वार्ताका क्रममा मिश्रले चाहिँ नयाँ नाम नराख्दा एकताभन्दा समायाेजित भएको सन्देश जाने भएकाले राप्रपा स्वीकार्न नसक्ने बताएका छन् ।

    ‘हामी एउटा पार्टी अर्कोमा समायाेजन हुने नभइ आपसमा मिलेर नयाँ शक्ति निर्माण गर्ने हो । त्यसैले नाम र चुनाव चिन्हबारे सहमति नभइकन अरु कुरा अगाडि बढ्न सक्दैन,’ मिश्रलाई उदृत गर्दै स्रोतले भन्यो ।

    त्यसो त राप्रपा र विवेकशीलबीच सिद्धान्तमा पनि केही अन्तराल छ । राप्रपा संवैधानिक राजतन्त्रको हिमायती पार्टी हो । विवेकशील चाहिँ गणतन्त्रलाई नै सुधारेर लैजानुपर्ने पक्षमा छ । विवकेशीलले संसदबाट निर्वाचित गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने वकालत गरेको छ । यद्यपि, यसलाई छलफलको विषय बनाउन भने विवेकशील तयार छ ।

    ‘राजतन्त्रको विषयमा छलफल नै हुन सक्दैन भन्नेमा हामी छैनौं,’ विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले भने, ‘तर अहिले हाम्रो एजेन्डा राजतन्त्र होइन ।’

    अध्यक्ष मिश्रको चर्चित दस्तावेज ‘विचारभन्दा माथि देश’ मा राजतन्त्रप्रति सहानुभूति दर्शाइए पनि राजा फर्काउनुपर्ने कुरा गरिएको छैन । जबकि राप्रपाको मुख्य एजेन्डा भनेको नै राजतन्त्रको पुन:स्थापना हो । राप्रपाले चुनावमा यसैलाई मुख्य एजेन्डा बनाइरहेको छ । केही दिनअघि बसेको राप्रपा वैठकले राजतन्त्र पुनस्र्थापनाका लागि आन्दोलन गर्ने निर्णयसमेत लिएको थियो ।

    स्रोतका अनुसार साझा विवेकशीलका अध्यक्ष मिश्र संवैधानिक राजतन्त्र मानेर जान सकिनेमा सकारात्मक छन् । तर, पार्टीभित्र यस विषयमा उनले औपचारिक छलफल गराएका छैनन् । त्यसो त राप्रपासँग एकता गर्ने विषयलाई नै उनले आन्तरिक वैठकमा प्रवेश गराउन बाँकी छ । अहिलेसम्म मिश्रले नै राप्रपाका लिङदेन र डा. राणासँग कुरा गरिरहेका छन् ।

    प्रवक्ता पाठक भन्छन्, ‘यदि एकता प्रयास अघि बढ्न सक्ने आधारहरु देखिए भने बल्ल पार्टीमा छलफल हुने हो । त्यसपछि वार्ता टोली गठन हुन सक्छ । अहिलेसम्म त्यो बिन्दुमा पुगिसकेको अवस्था छैन ।’

    राप्रपा र विवेकशीलका अरु एजेन्डाहरु भने मिल्छ । संघीयता खारेज गर्नुपर्नेमा दुवै दल सहमत छन् । हिन्दू राष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने विवेकशीलको एजेन्डा छ भने राप्रपाले सिधै हिन्दू राष्ट्र पुनस्र्थापनको माग गरेको छ । यसमा पनि मिलनबिन्दु भेट्न कठिन छैन । यस्तै, दुवै दलले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गरेका छन् ।

    चुनाव अगाडि नै एकता गर्न सकिए राजनीतिक तरंग उत्पन्न हुने र चुनावमा पार्टीको पक्षमा ह्वीम आउन सक्ने दुवै पक्षका नेताहरुको विश्वास छ । तर, जटिलताहरु धेरै छन् । एकीकृत पार्टीको नेतृत्व पनि अर्को मुख्य विषय हो । लिङ्देनले पार्टीको नेतृत्व गर्ने र सेकेन्ड म्यानका रुपमा मिश्र रहने राप्रपाको प्रस्ताव छ ।

  • अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीलाई मतदान अधिकार चाहिन्छः राप्रपा प्रवक्ता

    अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीलाई मतदान अधिकार चाहिन्छः राप्रपा प्रवक्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता सगुनसुन्दर लावतीले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

    उनले विदेशमा श्रम, सीप र ज्ञानको उपयोगमार्फत आर्जन गरी पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको र योगदानकर्ता उनीहरूको मताधिकार सुनिश्चित गर्नुपर्ने बताएका हुन्  ।

    लावतीले अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीहरूको भूमिका देशको शासन व्यवस्थामा मताधिकारबाट हुनुपर्ने बताएका छन् । ‘विदेशमै रहेर पनि मतदान गर्ने अधिकार उन्नत प्रजातान्त्रिक मुलुकहरूमा छ, देशको शासन व्यवस्था सञ्चालनमा भूमिका छ र नेपालमा पनि हुनुपर्छ’, लावतीले भने ।

    वर्तमान निर्वाचन प्रणालीअनुसार विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार छैन ।

  • राप्रपामा १५ जना केन्द्रीय सदस्य मनोनित, रेखा थापा पनि परिन्

    राप्रपामा १५ जना केन्द्रीय सदस्य मनोनित, रेखा थापा पनि परिन्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरेका छन् । महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेर पराजित भएकी रेखा थापा पनि केन्द्रीय सदस्य बनेकी छिन् ।

    राप्रपामा १९९ जनाको केन्द्रीय कार्यसमिति रहने प्रावधान छ । महाधिवेशनबाट ९ पदाधिकारी र १४१ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । ५० जना अध्यक्षले मनोनित गर्न पाउँछन् । त्यसअनुसार यसअघि अध्यक्ष राजेन्द्र लिङ्देनले ३२ जना यसअघि मनोनित गरिसकेका छन् भने आज थप १४ जना मनोनित गरेका हुन् ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार मनोनित केन्द्रीय सदस्यहरुमा लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौं, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौं रहेका छन् ।

  • राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि, अध्यक्ष लिङ्देनले तीन प्रतिवेदन पेस गर्ने

    राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि, अध्यक्ष लिङ्देनले तीन प्रतिवेदन पेस गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । बैठक दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा तय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावि कार्ययोजना र विविध विषयमा छलफल हुनेछ ।

    आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयको प्रतिवेदन, महामन्त्री तथा स्थानीय तहको निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।

    आजको बैठकमा प्रतिवेदन माथि छलफल सुरु हुनेछ । बैठक बिहीबारसम्म चल्नेछ ।

  • स्थानीय चुनावको तयारीमा जुट्यो राप्रपा, केन्द्रीय पदाधिकारी बैठक बस्दै

    स्थानीय चुनावको तयारीमा जुट्यो राप्रपा, केन्द्रीय पदाधिकारी बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ । बैठक साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको राप्रपाले जनाएको छ ।

    बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।

    कमल थापाले मंगलबार पार्टी परित्याग घोषणा गरेपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो।

  • यसरी बनाउँदैछन् कमल थापाले नयाँ दल, ‘राष्ट्रिय एकता पार्टी’ नाम रहन सक्ने

    यसरी बनाउँदैछन् कमल थापाले नयाँ दल, ‘राष्ट्रिय एकता पार्टी’ नाम रहन सक्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेसँगै कमल थापाले नयाँ पार्टी निर्माणको गृहकार्यलाई तिव्रता दिएका छन् । सबै तयारी पूरा गरेर यसै साता दल दर्ता गर्ने उनको योजना छ ।

    स्रोतका अनुसार थापाले पार्टीको नामलगायतका विषयमा आज आफू निकटस्थहरुसँग छलफल गर्दैछन् । अहिलेसम्म प्रस्तावित विभिन्न नाममध्ये ‘राष्ट्रिय एकता पार्टी’ रोज्न सक्ने प्रवल सम्भावना रहेको स्रोतले बतायो ।

    ‘उहाँले पार्टी विभाजन गरेको सन्देश नजाओस् भनेर ‘राप्रपा’ भन्दा पृथक नयाँ नाम राख्न चाहनुभएको छ,’ निकट स्रोतले भन्यो, ‘सम्भवतः राष्ट्रिय एकता पार्टी नाम रहन सक्छ ।’

    थापा पक्षधर नेता राजाराम श्रेष्ठले भने पार्टीको नामबारे भर्खर छलफल सुरू भएको बताए ।

    ‘उहाँले नामबारे सुझाव दिन सबैलाई भन्नुभएको छ, यो विषयमा आज विस्तृत छलफल हुन्छ,’ उनले भने ।

    थापाले गठन गर्ने पार्टीको मुल नीति संवर्द्धनवाद तथा मुख्य कार्यनीति ‘हिन्दू राष्ट्रको पुन:स्थापना’ हुनेछ । सैद्धान्तिकरूपमा आफूलाई राजसंस्था पक्षधर नै बताए पनि राजतन्त्रको पुन:स्थापनाको एजेन्डालाई उनको पार्टीले बोक्ने छैन ।

    नयाँ पार्टीको नेतृत्व आफैं गर्ने वा अरु कसैलाई अघि सार्ने भन्नेमा पनि थापा अहिलेसम्म द्विविधामा छन् ।

    ‘विगतमा गीता छोएर पार्टी विभाजन नगर्ने कसम खाएको हुँदा उहाँ सकभर अरु कसैलाई नेतृत्वमा अघि सार्ने पक्षमा हुनुहुन्छ,’ स्रोतले भन्यो ।

    थापा राप्रपाका केही पुराना नेताहरूसँग सम्वादमा छन् । जसमध्ये पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले आफूलाई साथ दिने झिनो आशा उनको छ । नयाँ पार्टीको अध्यक्ष राणालाई नै बनाउन पनि उनी तत्पर रहेको स्रोतले बतायो ।

    नेता बर्तौलाले नेतृत्व कसले गर्ने भन्ने विषयमा विकल्प खुल्ला राखिएको भए पनि थापा आफैं अध्यक्ष बन्ने सम्भावना बढी रहेको बताए ।

    थापाको पार्टीमा राप्रपाको नेतृत्वमा रहेकाहरू न्यून संख्यामा आउने देखिएको छ । महाधिवेशनबाट थापा पक्षधर नेताहरू उल्लेख्य संख्यामा केन्द्रीय सदस्य र पदाधिकारीमा निर्वाचित भएका थिए । तर, नयाँ पार्टी गठनमा उनीहरुको साथ मिल्ने आशा थापा स्वयंले राखेका छैनन् । अहिलेसम्म पदाधिकारी कोही पनि थापाको पक्षमा खुलेका छैनन् भने केन्द्रीय सदस्य पनि थोरै संख्यामा उनीतिर छन् ।

    अस्ति थापाले बोलाएको भेलामा चार पदाधिकारीसहित केन्द्रीय समितिका ६० जना उपस्थित भएको बताइएको थियो । तर, उनीहरूमध्ये अधिकांश राप्रपा छोडेर थापाको नयाँ पार्टीमा जाने सम्भावना न्यून छ । थापा स्वयम्ले भेलामा कसैलाई करकाप नगर्ने बताएका थिए ।

    ‘तपाईंहरू आफ्नो अन्तरआत्मालाई सुनेर आफैं निर्णय लिन सक्नुहुन्छ, म कसैलाई करकाप गर्दिन,’ थापाले भनेका थिए ।

    राप्रपा महाधिवेशनमा पराजयपछि असन्तुष्ट बनेका थापाले निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको आरोप लगाउँदै आएका छन् । यस विषयमा छानबिन गर्न उनले पार्टीको नेतृत्वलाई दबाब दिएका थिए । तर, थापा पक्षकै नेताहरूले पनि उनको मागमा त्यति चासो दिएका थिएनन् ।

    थापाले बहिर्गमनको तयारी गरेपछि हिजो राप्रपाले पदाधिकारीको वैठक बसेर उनको मागलाई कुनै तरिकाले सम्बोधन गर्ने तयारी गरेको थियो । तर, पार्टीको निर्णय नपर्खी थापाले विज्ञप्ति जारी गरे । स्रोतका अनुसार उनी राप्रपा छोड्नेमा पहिल्यै प्रतिबद्ध थिए ।

    ‘राजतन्त्रको एजेन्डा बोकेर राजनीति नगर्ने निष्कर्षमा पुग्नुभएकाले राप्रपा छोड्नुभएको हो,’ स्रोतले भन्यो, ‘महाधिवेशनमा पराजयपछि नै उहाँले नयाँ पार्टी बनाएर अगाडि बढ्ने निधो गरिसक्नुभएको थियो ।’

  • राप्रपा र विवेकशील साझाबीच एकताको पहल सुरु, तर पार लाग्न कठिन

    राप्रपा र विवेकशील साझाबीच एकताको पहल सुरु, तर पार लाग्न कठिन

    काठमाडौं । राजसंस्थाको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी र राजतन्त्रका विषयमा नरम दृष्टिकोण राख्ने विवेकशील साझा पार्टीबीच सम्भावित एकताको पहल सुरू गरिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच आज भएको भेटवार्तामा एकताका विषयमा छलफल भएको थियो ।

    लिङदेन नेतृत्वमा आएपछि राप्रपाले विचार मिल्नेहरूसँग सहकार्य र एकता गर्ने नीति लिएको छ । यसका लागि पार्टीको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री डा. धवलशम्शेर राणाको नेतृत्वमा वार्ता समिति समेत बनाएको थियो । यही सिलसिलामा लिङदेन र राणा आज मिश्रलाई भेट्न उनको निवासमै पुगेका थिए ।

    भेटघाटपछि नेपाल प्रेसलाई प्रतिक्रिया दिँदै मिश्रले दुई पार्टीबीच सम्भावित एकताको विषयमा अनौपचारिक कुराकानी भएको बताए । यद्यपि, यो सहज विषय नभएको उनको प्रतिक्रिया छ ।

    ‘राप्रपा विवेकशील साझामा आएर मिल्न सक्दैन, विवेकशील राप्रपामा मिल्न सक्दैन,’ मिश्रले भने, ‘तर, दुवै मिलेर नयाँ विकल्प सिर्जना गर्ने सम्भावनाको बारेमा हामी खुला छौं ।’

    राप्रपा महामन्त्री डा. राणाले एकताको लागि पहल सुरू भएको बताए ।

    उनले भने, ‘सामान विचार भएकाहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो धारणा हो । विवेकशील-साझासँग यस विषयमा छलफलको सुरूआत भएको छ । तर, एकतासम्म पुग्न धेरै कुराहरू मिलाउनुपर्ने हुन्छ । हेर्दै जाउँ ।’

    डा. राणाले एकताका विषयमा आफ्नो पार्टीभित्र छलफल हुने बताए । मिश्रले पनि ठोस प्रस्ताव आएको खण्डमा पार्टीमा छलफल हुनसक्ने उल्लेख गरे ।

    विवेकशील साझाका अध्यक्ष मिश्रले केही समयअघि ‘विचारभन्दा माथि देश’ भन्दै नयाँ दस्तावेज सार्वजनिक गरेका थिए । उक्त दस्तावेजमा संघीयता उल्टाउनुपर्ने र धर्मनिरपेक्षतामाथि जनमतसंग्रह गर्नुपर्ने मिश्रले बताएका छन् । राजसंस्थाको विषयमा पनि सहानुभूति दर्शाइएको यो दस्तावेजलाई विवेकशील साझाको केन्द्रीय समितिले पारित गरिसकेको छ । यससँगै राप्रपा र विवेकशील साझा विचारधारात्मकरूपमा नजिकिएका हुन् ।

    संघीयता उल्टाउनुपर्नेमा राप्रपा र विवेकशीलको मत मिलेको छ । यस्तै, धर्मनिरपेक्षताका विषयमा पनि उनीहरू नजिक भएका छन् । राप्रपा धर्मनिरपेक्षता पनि उल्टाएर हिन्दू राज्यमा फर्किनुपर्ने पक्षमा छ भने विवेकशील साझाले सोझै त्यसो नभने पनि यसको निर्णय जनतालाई गर्न दिनुपर्ने भनेको छ ।

    राजसंस्थाको विषयमा भने दुई पार्टीमा अझै अन्तराल देखिन्छ । विवेकशील साझाले खुलेर राजसंस्थाको पक्षपोषण गरेको छैन । मिश्रको दस्तावेजमा नेपालमा गणतन्त्र आउनुमा विदेशीको हात रहेको औंल्याइए पनि गणतन्त्रलाई नै सुधारेर लैजानुपर्ने उल्लेख छ ।

    राप्रपा र विवेकशीलको एकतामा धेरै जटिलता छन् । राप्रपा पुरातनपन्थी र पूर्वपञ्चहरूको पार्टीका रूपमा परिचित छ । याे घाेषितरूपमा राजावादी पार्टी हाे  । विवेकशील साझामा भने शिक्षत र शहरीया युवापुस्ताको बढी झुकाव देखिन्छ । सानो आकारका बाबजुद सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस पार्टीले निकै स्पेस पाउने गरेको छ ।

    संगठनको हिसाबले राप्रपा देशव्यापी सञ्जाल रहेको पुरानो पार्टी हो । यसको नेतृत्वमा पनि हस्ति नेताहरु भरिभराउ छन् । विवेकशील तुलनात्मकरुपमा नयाँ भएकाले यसको सांगठनिक संरचना निर्माणाधीन छ । पार्टीमा राष्ट्रिय छवि बनाएका नेता मिश्र मात्रै हुन् । पार्टीमा उत्पन्न पछिल्लो विवादले एउटा समूह अलग्गिने क्रममा पनि छ ।

    गएको चुनावमा राप्रपाले भन्दा विवेकशीलले बढी मत ल्याएको थियो । संघीयता र धर्मनिरपेक्षताको विपक्षमा उभिएपछि पार्टीको जनमत ह्वात्तै बढेको र आगामी चुनावमा सुखद नतिजा आउने विश्वास विवेकशील साझाका नेताहरूले लिएका छन् । यद्यपि, एक्लैले ठूलो धक्का दिन सम्भव नभएकाले समान विचार भएकाहरू ध्रुवीकृत हुँदै जानुपर्ने पक्षमा मिश्र छन् ।

    यता राप्रपाले पनि लिङदेनको रूपमा युवा नेतृत्व पाएको छ । कमल थापालाई हराएर लिङदेन निर्वाचित हुँदा पार्टीबाहिर पनि सकारात्मक तरंग देखिएको थियो । यसले पार्टीपंतिमा उत्साह बढाएको छ । यद्यपि, महाधिवेशनपछि असन्तुष्ट बनेका कमल थापाले पार्टी फुटाउन सक्ने चर्चा पनि सुरू भएको छ ।

    वैचारिकरूपमा केही समानता भए पनि दुवै पार्टीकाे  आ–आफ्नै लिगेसी, अलग–अलग राजनीतिक धरातल तथा पुस्तान्तारणका कारण पनि याे एकता प्रयासले सार्थकता पाउन कठीन नै देखिन्छ । खासगरि राप्रपासँग एकताकाे विषय विवेकशीलकाे पार्टीपंतीलाइ रूचीकर नलाग्छ सक्छ ।

    राप्रपाले रवीन्द्र मिश्रको दस्तावेज पारित गरेपछि आलोचकहरुले उनलाई ‘बरू राप्रपासँग एकीकरण गर्न’ सुझाव दिएका थिए । व्यंग्यात्मकरुपमा यस्तो सुझाव दिइएको भए पनि राप्रपा र विवेकशील साझा साँच्चै एकताका लागि प्रयास हुनु नेपाली राजनीतिको रोचक प्रसंग हो ।

     

  • पराजय हाँसीहाँसी स्वीकार्छौं, निर्मल निवासको हस्तक्षेप स्वीकार्दैनौं

    पराजय हाँसीहाँसी स्वीकार्छौं, निर्मल निवासको हस्तक्षेप स्वीकार्दैनौं

    राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन हालै सम्पन्न भएको छ । यस महाधिवेशनअन्तर्गत अध्यक्षको निर्वाचनका क्रममा बाह्य हस्तक्षेपका दृष्यहरू सतहमा देखा परे, जसले गर्दा प्रतिस्पर्धा स्वस्थ हुन सकेन । र, यस विषयमा हाम्रो पक्षबाट व्यक्त भएको असहमतिलाई लिएर विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् ।

    कमल थापा र उनका समर्थकहरूलाई पराजय स्वीकार्न गाह्रो भएको हो कि भन्ने संशय धेरै मानिसहरूमा देखिएको छ, जुन विलकुल असत्य हो । महाधिवेशनको निर्णयलाई आत्मसात गर्न हामीलाई केही समस्या र आपत्ति छैन । अझ, कमल थापाजस्तो ‘स्पोर्टसम्यान स्प्रीट’ भएको नेतालाई त झन् यसमा समस्या हुने कुरै भएन ।

    भृकुटीमण्डपमा महाधिवेशनको क्रममा भएका प्रतिस्पर्धालगायत सबै विषयवस्तु हामी भृकुटीमण्डपमा नै छोड्न तयार छौं । बिर्सन तयार छौं । तर, जुन ढंगबाट राप्रपाको महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको छ, त्यो स्वीकार्य हुन सक्दैन । राप्रपाले बोकेको, आत्मसात गरेको सिद्धान्त र आदर्शमाथि प्रश्नचिन्ह उठ्नेगरी यो हस्तक्षेप भएको छ । यसले पार्टीले आजका दिनसम्म अंगिकार गर्दै आएको मूल्य-मान्यतामाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ ।

    पछिल्लो अभिव्यक्ति र क्रियाकलाप हेर्दा राप्रपाको नयाँ नेतृत्वले पार्टी एकता र वृहत्तर हितभन्दा भजनमण्डलीको मार्गतर्फ अघि बढेको छनक पाइन्छ । एउटा पार्टीप्रति प्रतिबद्ध कार्यकर्ताको तहबाट भन्न चाहन्छु, दुर्घटनाको बाटो नेतृत्वले रोज्नु हुँदैन । हामी अझै आशावादी छौं, नेतृत्व अवश्य गम्भीर बन्नेछ ।

    हामी राप्रपालाई आम नेपाली जनताको पार्टी बनाउन चाहन्छौं । प्रजातन्त्रिक विधि र पद्धति अनुसार चल्ने पार्टी बनाउन चाहन्छौं । महाधिवेशनमा को जित्यो, को हार्‍यो त्यो प्रधान विषय होइन र बन्नु हुँदैन । हामीले बोकेको आदर्श संस्थाको भूमिकामाथि प्रश्न उठेकोले मात्र यो विषय जटिल बनेको हो । हामी कांग्रेस, एमाले, माओवादी, मधेशवादी सबैलाई स्विकार्य हुने साझा संस्थाको परिकल्पना गरेका हौं । तर, त्यो संस्थाले चाहिँ सबैको अभिभावक नभएर राप्रपा पार्टीभित्र पनि एउटा गुट, समूह वा व्यक्तिको पछि लाग्ने साँघुरो बाटो हिँड्न रहर गरेकोले प्रश्न उठाउन वाध्य भयौं ।

    राप्रपालाई अघि बढाउनको निमित्त, सशक्त बनाउनको निमित्त, जनताको माझमा लैजानको निमित्त हामी मन, वचन र कर्मले प्रतिबद्ध छौं । नयाँ नेतृत्वलाई सहयोग गर्न हामी कुनै कसर बाँकी राख्दैनौ । हामी काँधमा काँध मिलाएर काम गर्न तयार छौ । हाम्रो निमित्त व्यक्ति प्रधान विषय होइन । पार्टी, संगठन महत्वपूर्ण विषय हो । तर पार्टीभित्र कुनै इस्यू उठेपछि त्यसको निराकरण हुनुपर्छ भन्नेमा हामी दृढ छौं । हामी कसैलाई आग्रह-पूर्वाग्रहको नजरले हेर्दैनौं । कोहीमाथि पनि त्यो व्यवहार हुनु हुँदैन भन्ने मान्यतामा हामी विश्वास गर्छौं । पार्टीलाई व्यवस्थित र प्रजातान्त्रिक ढंगबाट संचालन गर्नको निमित्त हामी सहयोगी बन्न चाहन्छौं । राप्रपाले विधिमा विश्वास गरोस्, प्रक्रियामा विश्वास गरोस्, हामी यो चाहन्छौं ।

    केन्द्रीय कार्यसमितिमा उठेका विषय, निवर्तमान केन्द्रीय अध्यक्षले उठाएका विषयलाई नजरअन्दाज गरेर अघि बढ्ने भुल नहोस् भन्ने हाम्रो चाहना हो । महाधिवेशनको क्रममा निर्मल निवासको भूमिकाको विषयलाई निप्टारा लगाउँदा नेतृत्वको नै उचाई बढ्छ र निर्मल निवासमा बस्ने मान्छेलाई पनि फाइदा हुन्छ । पार्टी एकता पनि अक्षुण्ण रहन्छ । निर्मल निवासको विषयलाई हामीले क्लियर गर्दा घाटा कसैलाई छैन, सबैको हित हुन्छ ।

    मीठो कुरा गर्ने, तर व्यवहारमा निषेध गर्ने प्रवृत्ति पार्टी निर्माणको निमित्त घातक हुन सक्छ । पार्टीमा यो-यो विषय उठाउन वर्जित छ भन्ने छैन । सबै विषय खुल्ला छ । म फराकिलो छु, दूरदर्शी छु, सबैलाई समेट्छु, सबैको कुरा सुन्छु भन्ने, तर यो विषयमा छलफल हुन सक्दैन भन्ने कुरो आफैंमा विरोधाभाषपूर्ण छ । नेतृत्वले उठेका विषषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ ।

    कमल थापा र उनका समर्थकहरूलाई पराजय स्वीकार्न गाह्रो भएको हो कि भन्ने संशय धेरै मानिसहरूमा देखिएको छ, जुन विलकुल असत्य हो । महाधिवेशनको निर्णयलाई आत्मसात गर्न हामीलाई केही समस्या र आपत्ति छैन । अझ, कमल थापाजस्तो ‘स्पोर्टसम्यान स्प्रीट’ भएको नेतालाई त झन् यसमा समस्या हुने कुरै भएन ।

    हामी सक्रिय राजसंस्थाको पक्षमा छैनौं, पार्टी त्यो पक्षमा छैन । सबैलाई मान्य हुने अभिभावकको रूपमा रहने राजसंस्था नेपालको निम्ति आवश्यक हो, नकि कुन पार्टीको अध्यक्ष को हुने भन्ने चासो राख्ने । राप्रपाको नयाँ नेतृत्व पार्टीको आधिकारिक निकाय केन्द्रीय समितिमा उठेको प्रश्नमाथि गम्भीर हुनुपर्छ । निवर्तमान अध्यक्षले प्रेषित गरेको पत्रमाथि गम्भीर हुनुपर्छ । उहाँ पार्टी हितको निमित्त, एकताको निमित्त प्रतिबद्ध भएर भूमिका निर्वाह गर्न तयार हुनुहुन्छ कि पार्टीलाई कसैको भजनमन्डलीको रूपमा अगाडि लैजाने मार्गमा आफूलाई उभ्याउनु हुन्छ, त्यो उहाँको आगामी कदमले प्रष्ट पार्ने छ ।

    पछिल्लो अभिव्यक्ति र क्रियाकलाप हेर्दा राप्रपाको नयाँ नेतृत्वले पार्टी एकता र वृहत्तर हितभन्दा भजनमण्डलीको मार्गतर्फ अघि बढेको छनक पाइन्छ । एउटा पार्टीप्रति प्रतिबद्ध कार्यकर्ताको तहबाट भन्न चाहन्छु, दुर्घटनाको बाटो नेतृत्वले रोज्नु हुँदैन । हामी अझै आशावादी छौं, नेतृत्व अवश्य गम्भीर बन्नेछ ।

    (राप्रपा केन्द्रीय सदस्य बर्तौलासँग गरिएको कुराकानीमा आधारित)

  • भारतका ६ बुँदे शर्त मानेको भए राजा वीरेन्द्र सायद मारिनुपर्ने थिएनः राजेन्द्र लिङदेन (भिडिओ)

    भारतका ६ बुँदे शर्त मानेको भए राजा वीरेन्द्र सायद मारिनुपर्ने थिएनः राजेन्द्र लिङदेन (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरवार हत्याकाण्डमा भारतको हात हुन सक्ने परोक्ष टिप्पणी गरेका छन् । भारतले तेर्स्याएका शर्तहरू राजा वीरेन्द्रले पूरा गरेको भए राजा वीरेन्द्रले मारिनुनपर्ने उनको अभिव्यक्ति छ ।

    राजा वीरेन्द्रको जन्मजयन्तीको अवसरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा लिङदेनले सिक्किममा राजसंस्था अन्त्यपछि देशै भारतमा विलय भएको स्मरण गरे ।

    उनले भने, ‘त्यसबेला म सानै थिएँ । राजसंस्था नरहेपछि जनप्रतिनिधि भनिनेहरुले देशै भारतमा बिलय गराए । आज नेपालमा पनि त्यही खतरा मडराइरहेको छ ।’

    आफूले राजा वीरेन्द्रसँग नजिक हुने कहिल्यै अवसर नपाए पनि उनका शासनकालका धेरै प्रसंग आफ्ना लागि प्रेरणादायी रहेको लिङदेनले बताए । उनले २०४५/४६ सालको नाकाबन्दीकाल सम्झिए ।

    लिङदेनले भने, ‘राजा वीरेन्द्रको कुरा गर्दा २०४५/४६ सालताकाको नाकाबन्दी सम्झिन्छु । म त्यसबेला विद्यार्थी राजनीतमा थिएँ । तत्कालीन भारतको संस्थापनले राजा वीरेन्द्रसामु ६ बुँदे शर्तहरू अघि सारेको मैले बताइराख्नु पर्दैन । त्यसबेला राजाले ती शर्तहरू मानेको भए राजसंस्था पनि रहिराख्थ्यो होला । यद्यपि, नाममात्रैको हुन्थ्यो होला । र, वीरेन्द्र मारिनुपर्ने परिस्थिति पनि आउँदैनथ्यो होला ।’

    राजा वीरेन्द्रले विदेशीसँग सम्झौता गर्नुभन्दा आफ्नै देशका जनता र राजनीतिक पार्टीसँग सम्झौता गर्ने अडान लिएको लिङदेनले बताए ।

    उनले भने, ‘त्यसबेलादेखि मलाई कस्तो लाग्यो भने, हामी कोहीभन्दा, कुनै राजनीतिक दलको नेताभन्दा, कुनै नागरिकभन्दा राजा देशभक्त हुन्छन् ।’

  • राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक आजदेखि

    राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक आजदेखि

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेशस्तरीय विस्तारित बैठक आजदेखि सुरू हुँदैछ ।

    पार्टीको महाधिवेशनले तय गरेको राजनीतिक कार्यदिशाबारे अगुवा कार्यकर्तालाई जानकारी गराउने, संगठन विस्तारलाई प्राथमिकता दिने र आगामी स्थानीय तहको निर्वाचनको तयारीको लागि प्रदेश तहमा विस्तारित बैठक गर्न लागिएको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

    राप्रपाको प्रदेशस्तरीय विस्तारित बैठक विहीबार लुम्बिनी प्रदेशअन्तर्गतको दाङमा हुने भएको छ । गण्डकी प्रदेश अन्तर्गतको विस्तारित बैठक नवलपुरमा पुस १२ मा हुने भएको छ ।

    अन्य प्रदेशको छिट्टै मिति घोषणा हुने र पुस महिनामा विस्तारित बैठक गरिसक्ने पार्टीको योजना रहेको नेता श्रेष्ठले बताएका छन् ।

    विहीबार दाङमा हुने लुम्बिनी प्रदेशको विस्तारित बैठक र आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुवबहादुर प्रधान, महामन्त्रीद्वय डा. धवल शमशेर राणा, भुवन पाठकलगायतका नेताहरू सहभागी हुँदै छन् ।

  • राप्रपा विवादः कमल थापाको माग सुनवाइ नहुने

    राप्रपा विवादः कमल थापाको माग सुनवाइ नहुने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले राजसंस्थामाथि छानविन गर्नका लागि पार्टीमा राखेको माग सुनवाइ नहुने भएको छ । राप्रपा स्रोतका अनुसार अध्यक्ष राजेन्द्र लिङदेन राजसंस्थालाई विवादमा पार्ने गरी कुनै पनि कदम चाल्ने पक्षमा छैनन् ।

    पूर्वअध्यक्ष थापाले दुई दिनअघि अध्यक्ष लिङदेनलाई तीनपाने पत्र लेख्दै पार्टीको महाधिवेशनमा राजसंस्थाले हस्तक्षेप गरेकाले यसबारे एउटा समिति नै बनाएर छानविन गर्नुपर्ने माग राखेका थिए । उनले यो विषयको निरुपण नभएसम्म पार्टीले गति लिन नसक्ने थापाको भनाइ छ । साथै, उनले राजालाई बोकेर हिँड्ने राप्रपाको नैतिक धरातल समाप्त भएको समेत बताएका छन् ।

    थापाको पत्रमा लिङदेनले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । पार्टीको चुनावपछि थापा र लिङदेनबीच पूर्णरुपमा संवादहिनताको अवस्था छ । नयाँ नेतृत्वको सपथग्रहण समारोह थापाले बहिष्कार गरेका थिए । लिङदेनले बोलाएको केन्द्रीय समिति बैठकमा पनि उपस्थित भएनन् ।

    लिङदेन थापासँग सहकार्य गरेरै पार्टी चलाउन पक्षमा भए पनि राजसंस्थाप्रति छानविन गर्न भने तयार नभएको स्रोत बताउँछ ।
    राप्रपा स्रोतले भन्यो, ‘अध्यक्ष लिङदेन थापालाई उचित सम्मान दिएर पार्टी हाँक्ने पक्षमा हुनुहुन्छ । तर, अनुचित माग पूरा गर्न तयार हुनुहुन्न ।’

    अघिल्लो साता राप्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो । उक्त बैठकमा समेत लिङदेनले यो विषयमा छलफल हुन नसक्ने स्पष्ट पारेका थिए । थापानिकट केन्द्रीय सदस्य राजाराम श्रेष्ठले फेसबुकमा राजसंस्थामाथि छानविन गर्नुपर्ने भन्दै स्टाटस लेखेपछि केन्द्रीय समितिमा लिङदेनले सो जवाफ दिएका हुन् ।

    अध्यक्षमा हारे पनि राप्रपा नेतृत्वमा अहिले कमल थापा पक्षको वर्चश्व छ । तर, राजसंस्थामाथि छानविन गर्नुपर्ने थापाको मागमा उनकै पक्षका धेरै नेता सहमत नरहेको बुझिएको छ ।

    राप्रपा केन्द्रीय समितिको बैठकले अघिल्लो साता विभिन्न निर्णय लिएको थियो । पार्टीको अर्को बैठक डाकिएको छैन ।

  • लिङदेनलाई मिश्रको बधाई, ‘विकृत वामवाद’ को चाल चिर्न भूमिका खेल्ने अपेक्षा

    लिङदेनलाई मिश्रको बधाई, ‘विकृत वामवाद’ को चाल चिर्न भूमिका खेल्ने अपेक्षा

    काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई दिएका छन् । मिश्रको बधाई सन्देशमा लिङदेनको विजयले विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको छ ।

    लिङदेन विजयी भएको तेस्रो दिन मिश्रले सामाजिक सञ्जालमार्फत सैद्धान्तिक लेपनसहितको बधाई सन्देश दिएका हुन् । सन्देशमा उनले अर्थराजनीतिकरूपमा नेपाललाई ‘कल्याणकारी’ नरम वामपन्थी एजेण्डा चाहिएको बताएका छन् ।

    ‘तर, राजनीतिक-सामाजिकरूपमा नेपाल मूलतः नरम परम्परावादी समाज हो । त्यसलाई अस्वीकार गरेर समाज रुपान्तरण गर्न सकिँदैन,’ सन्देशमा भनिएको छ ।

    मिश्र लेख्छन्, ‘विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईंको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ।’

  • लिङदेनको तर्क- राजसंस्था सबैको साझा हो, कुनै दल विशेषलाई बोकेर हिँड्दैन

    लिङदेनको तर्क- राजसंस्था सबैको साझा हो, कुनै दल विशेषलाई बोकेर हिँड्दैन

    राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा पुस्तान्तरण भएको छ । लामो समयदेखि पार्टी सत्तामा रहेका कमल थापालाई विस्थापित गर्दै राजेन्द्र लिङ्देनले राप्रपाको कमाण्ड सम्हाल्ने अवसर पाएका छन् ।

    लिङ्देनको विजयले पार्टीभित्र मात्र नभएर बाहिर पनि निकै चर्चा पायो । सामाजिक सञ्जालमा उनीप्रति धेरै सहानुभूति र समर्थन देखिएको थियो । यद्यपि, एजेन्डाका हिसाबले राप्रपाले फरक बाटो लिने सम्भावना छैन । लिङदेन स्वयम् राजतन्त्रक कट्टर हिमायती हुन् ।

    राप्रपाको एकल नेतृत्वको पाएका लिङ्देनसामु अब पार्टी एकतालाई जोगाउने प्रमुख चुनौती छ । अध्यक्षमा उनी निर्वाचित भए पनि पदाधिकारीमा कमल थापा पक्षका धेरै आएका छन् । त्यसैमाथि पहिलो दिनबाटै थापाले निर्मल निवासको नांगो हस्तक्षेप भन्दै कडा टिप्पणी गरेर लिङदेनलाई सहज नेतृत्वको वातावरण नदिने संकत गरिसकेका छन् ।

    थापाको अभिव्यक्तिलाई लिङदेनले कसरी लिएका छन् ? राजसंस्था र हिन्दूराष्ट्रका विषयमा उनको व्यक्तिगत धारण के हो ? यीनै विषयमा केन्द्रित रहेर नवनिर्वाचित अध्यक्षसँग गरिएको कुराकानी नेपाल टकमाः

    तपाईंको विजयले आम राजनीतिक वृत्तमा पुस्तान्तरणको बहस सुरू भएको छ । यसलाई कसरी लिनुभएको छ ?

    हाम्रो पार्टी जीवनकै कमजोर अवस्थामा छ । पार्टीभित्रको आन्तरिक समस्या समाधानको सिलसिला कहाँबाट सुरू गर्ने भन्दा सबैभन्दा पहिला नेतृत्व परिवर्तन नै हुनुपर्छ भनेर हामी निष्कर्षमा पुग्यौं र हामी त्यो कुरामा सफल पनि भएका छौं । राप्रपामा नेतृत्व परिवर्तन भइसकेपछि अब रूपान्तरणको प्रक्रिया सुरू भएको छ ।

    उम्मेदवार हुने कुरामा हामीले पदाधिकारीहरूको पनि निर्वाचन गर्‍यौं । यसमा कोही पक्ष विपक्ष भन्ने कुरै छैन । यो स्थायी गुट होइन । अब राष्ट्रिय प्रजातन्त्र पार्टीमा यो महाधिवेशन पनि स्थायी गुटको सदाको लागि अन्त्य भएको छ । निर्वाचनमा विभिन्न प्यानलमा रहेर उम्मेदवार भए पनि अहिले हामी सबै एक छौं ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीमा भएको नेतृत्व परिवर्तन केवल राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि मात्रै होइन । अन्य अन्य राजनैतिक पार्टी तथा देशको समग्र राजनीतिमा पनि यसको महत्वपूर्ण प्रभाव राख्छ भन्ने हामीलाई पूर्णविश्वास छ । पुस्तान्तरण र नेतृत्व परिवर्तनको सिलसिला अब बढ्दै जान्छ । यसको नेतृत्व राप्रपाले गर्न पाएको छ भन्ने मलाई लाग्छ ।

    तपाईं अध्यक्षमा निर्वाचित भए पनि केन्द्रीय कमिटीमा अल्पमतमा हुनुहुन्छ । काम गर्न समस्या हुँदैन ?

    यो अल्पमत र बहुमतको कुरा होइन । उम्मेदवार हुने कुरामा हामीले पदाधिकारीहरूको पनि निर्वाचन गर्‍यौं । यसमा कोही पक्ष विपक्ष भन्ने कुरै छैन । यो स्थायी गुट होइन । अब राष्ट्रिय प्रजातन्त्र पार्टीमा यो महाधिवेशन पनि स्थायी गुटको सदाको लागि अन्त्य भएको छ । निर्वाचनमा विभिन्न प्यानलमा रहेर उम्मेदवार भए पनि अहिले हामी सबै एक छौं ।

    – तपाईंले एक छौं भने पनि सपथ ग्रहण समारोहमा कमल थापा आउनु भएन । तपाईंहरू बीचको तिक्तता त्यहीँबाट पुष्टि हुँदैन र ?

    निर्वाचनमा कहिले काहीँ पराजयलाई कसरी स्वीकार गर्ने भन्ने हुन्छ । फराकिलो सोच राखेर तत्काल आफ्नो हारलाई स्वीकार गर्ने र विजयीलाई स्वागत गर्ने प्रचलन छ भने कतिपयले दुई चार दिन त्यो तिक्तता पोख्ने वा सजिलै स्वीकार नगर्ने चलन हुन्छ । यसलाई मैले सहजरूपमा लिएको छु ।

    उहाँ आउन अफ्ठेरो मान्नुभयो । फेरि हामीले सम्पर्क गर्दा अस्वस्थ छु, थाकेको छु, पछि आउँला भन्नुभयो । यसलाई मैले अन्यथा लिएको छैन । यसले पछि समस्या ल्याउँछ भन्ने पनि लाग्दैन ।

    – तपाईंले त निर्मल निवासको साथ पाएपछि मात्रै जित्नुभएको भन्ने पनि छ नि ? कमल थापाले त हारेपछि सार्वजनिकरूपमै बोलिदिनुभयो

    यो एकदमै गलत कुरा हो । हामीले केही महिना अघिमात्रै राप्रपामा अब नेतृत्व परिवर्तन अपरिहार्य र अनिवार्य रहेको ठहर गरेका थियौं ।

    यसलाई बाध्यकारी कदमको रूपमा लिनुपर्छ र सकेसम्म हाम्रा नेताहरूलाई सम्झाउने, उहाँहरूले मान्नुभयो भने सर्वसम्मत रूपले अगाडि जाने नभए प्रतिस्पर्धा गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर सल्लाह गरी अगाडि बढेका हौं ।

    यस्तो विषयमा निर्मल निवासलाई विवादमा तान्नु अत्यन्तै दु:खद कुरा हो । यसले राजसंस्थाको मात्रै अपमान हुँदैन कि देशभरिबाट आएका हजारौं महाधिवेशन प्रतिनिधिसमेत निराश हुन्छन् ।

    – अरुले भनेको भए आंकलन गरिएको भन्न सकिन्थ्यो । तर, अध्यक्षका पराजित उम्मेदवारले नै निर्मल निवासको नांगो हस्तक्षेप भनिसकेपछि केही न केही गडबढी छ भनेर बुझ्न पाइँदैन र ?

    मलाई त्यस्तो लाग्दैन । उहाँले अब किन त्यसरी भन्नुभयो, किन लेख्नुभयो ? हाम्रो श्रद्देय नेता हुनुहुन्छ कमल थापा, उहाँका केही व्यक्तिगत कमजोरीहरू छन् । ती कमजोरीमध्ये छिटो प्रतिक्रिया व्यक्त गर्ने र पछि पछुताउने छ । त्यो मध्येको एउटा घटनाको रूपमा उहाँको ट्वीटलाई लिन्छु ।

    – केन्द्रीय सदस्य राजाराम बर्तौलाले पनि त निर्मल निवासको हस्तक्षेपको छानबिन समिति बनाउन माग गर्नु भएको छ । कहिले बन्छ त समिति ?

    (हाँस्दै) कसले छानबिन गर्ने ? के-को लागि गर्ने ? कहाँ मुद्दा हाल्ने ? यस्ता कुराको के अर्थ छ र ? कार्यकर्ताको अपमान गर्ने, महाधिवेशन प्रतिनिधिहरूको अपमान गर्ने बाहेक यसले केही फरक पार्दैन । यसले उहाँहरूलाई नै घाटा हुन्छ जस्तो लाग्छ । यस्तो कुरा नगरेको भए पनि हुन्थ्यो । तर, यी सबै कुरा समयक्रममा मत्थर भएर जान्छ ।

    – तपाईंको विजयसँगै पूर्वराजाको पनि सक्रियता बढ्ने आकलन गरिएको छ । राप्रपाभित्र पनि अब पूर्वराजालाई कुनै भूमिका दिन लागिएको हो ?

    राजसंस्था अभिभावकीयरूपमा रहनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यो केवल राप्रपाको मात्र नभइ सबै जनताको साझा संस्थाको रूपमा रहनु पर्छ भनेर हामीले सैद्धान्तिक रूपमै यो विषय अगाडि सारेका छौं ।

    समान विचार राख्ने सबै व्यक्ति, समूह, संस्था तथा पार्टीहरूलाई समेत जोड्ने अभियानको सुरूआत गर्दैछौं । एउटा एकीकृत शक्ति निर्माण गरिसकेपछि राजसंस्था हिन्दूराष्ट्र पुन:स्थापनाको कुरा मात्र होइन अरू जनजीविकाका विषयमा पनि हामी वकालत गर्छौं ।

    तर, अब राजा सक्रिय हुने अथवा कुनै दल विशेषलाई बोकेर हिँड्ने भन्ने कुरामा हाम्रो विश्वास छैन । र, राजसंस्था त्यसरी अगाडि आउँदैन पनि । राजा सक्रिय भएर आउने भन्दा पनि नेपाली जनताको चाहना र भावना अनुसार आउने हो । राजसंस्था कुनै व्यक्ति कुनै पार्टीको आवश्यकताभन्दा पनि नेपालको स्थायित्वको आधार भएको हुँदा हामीले नेपालको स्थायित्वको लागि राजसंस्था आवश्यक छ भनेका हौं । राजा सक्रिय भएर आउनु पर्छ भन्ने मलाई लाग्दैन ।

    – राजसंस्था पुन:स्थापनाका लागि तपाईंहरूको भूमिका र पहल कस्तो रहन्छ ?

    पहिलो कुरा समान विचार राख्ने सबै व्यक्ति, समूह, संस्था तथा पार्टीहरूलाई समेत जोड्ने अभियानको सुरूआत गर्दैछौं । एउटा एकीकृत शक्ति निर्माण गरिसकेपछि राजसंस्था हिन्दूराष्ट्र पुन:स्थापनाको कुरा मात्र होइन अरू जनजीविकाका विषयमा पनि हामी वकालत गर्छौं ।

    अहिलेको राजनीतिक प्रणालीले आमूल परिवर्तनका लागि हामीले सडक र निर्वाचन दुवैलाई प्रयोग गर्छौं । जताबाट छिटो हुन्छ त्यतैबाट हामीले आफ्नो मान्यताहरू स्थापित गर्न अग्रसर हुन्छौं ।

    – अहिले तपाईंहरूसँग ३ प्रतिशत पनि मत छैन । राष्ट्रिय पार्टी भन्ने हैसियत पनि छैन । निर्वाचनको तयारी कस्तो हुन्छ ?

    अब राप्रपालाई ३ प्रतिशतमा मात्रै सीमित राख्ने पार्टीको रूपमा राख्दैनौं । देशको अग्रणी शक्तिको रूपमा स्थापित गर्ने सिलसिलामा हामी अगाडि बढेका छौं ।

    हामीले कुनै दल विशेषलाई छान्ने भन्दा पनि तत्कालीन परिस्थितिमा भर पर्ने हुनाले अहिले एकपक्षीय रूपमा हामी फलानो दलसँग गठबन्धन गर्छौं र त्यसलाई महत्व दिन्छौं भन्ने कुरा अन्यथा हुन्छ ।

    आउँदो निर्वाचनमा राप्रपा राष्ट्रिय शक्ति बन्ने, नेपालको राजनीतिको मूल प्रवाहमा अघि बढ्छ ।

    – चुनावमा तपाईंलाई त्यो बेला एमालेले सहयोग गरेको थियो । अब त तपाईं नै नेतृत्वमा हुनुहुन्छ । एमालेसँग कार्यगत एकता हुन्छ ?

    हुन सक्छ । पहिलो हाम्रो प्राथमिकता भनेको आफ्नै वलमा निर्वाचन जित्ने हो । १६५ निर्वाचनमा हामी आफ्नो उम्मेदवार उठाउने र राप्रपा एक्लै चुनाव लडेर जानुपर्छ भन्ने हाम्रो मान्यता हो ।

    तर, समय परिस्थिति अनुसार सबै राजनीतिक दलहरूको गठबन्धन बन्दै आएपछि र त्यो आवश्यकता परेपछि वा अन्य दलसँग कुरा मिलेपछि एमाले अथवा अरू कुनै पनि दलहरूसँग हामी मिलेर गठबन्धन गरेर चुनावमा जान सक्छौं ।

    – तपाईंहरूको प्राथमिकतामा कुन कुन दल छन् त ?

    त्यो दुईपक्षीय आवश्यकता भर पर्ने कुरा हो । हामीले कुनै दल विशेषलाई छान्ने भन्दा पनि तत्कालीन परिस्थितिमा भर पर्ने हुनाले अहिले एकपक्षीय रूपमा हामी फलानो दलसँग गठबन्धन गर्छौं र त्यसलाई महत्व दिन्छौं भन्ने कुरा अन्यथा हुन्छ ।

  • राप्रपाको केन्द्रीय समिति बैठक बोलाइयो

    राप्रपाको केन्द्रीय समिति बैठक बोलाइयो

    काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् ।

    सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए ।

    लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै बिसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘राप्रपालाई ठूलो बनाउने मात्र होइन, देश र जनताको पक्षमा काम गरेर देखाउने छौँ । हामीले थुप्रै चुनौती सामना गरेर अघि बढ्नुपर्नेछ,’ उनले भने ।

  • पूर्वअध्यक्षहरूको कार्यकक्ष यथावत रहन्छः लिङदेन

    पूर्वअध्यक्षहरूको कार्यकक्ष यथावत रहन्छः लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको पदभारग्रहण अघि कार्यकक्षको विषयमा केहीबेर विवाद भयो । यसअघि प्रमुख अध्यक्षका रूपमा कमल थापाले प्रयोग गरेको कार्यकक्ष नदिइएकोमा लिङदेन समर्थक असन्तुष्ट बनेका थिए ।

    तर, अध्यक्ष लिङदेनले भने आफ्नै इच्छामा नयाँ कार्यकक्ष बनाएको बताएका छन् । पूर्वअध्यक्षहरूको सम्मानका लागि उनीहरूको कार्यकक्ष यथावत राखिने उनको भनाइ छ ।

    यो पनि पढ्नुहोस् : कमल थापाको कार्यकक्ष यथावत राखेर लिङदेनलाई अस्थायी प्रबन्ध (तस्बिरहरू)

    ‘उहाँहरूलाई आउँदा-जाँदा बस्न र भेटघाट गर्न सहज होस् भनेर पूर्वअध्यक्षहरूको कार्यकक्ष यथावत राख्न भनेको छु,’ उनले भने, ‘अभिभावकका रूपमा उहाँहरूको मार्गदर्शन हामीलाई चाहिन्छ ।’

    राप्रपामा यसअघि तीन अध्यक्ष थिए, जसमध्ये कमल थापाले चुनाव हारे भने पशुपतिसम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी चुनावमा भाग लिएनन् । पार्टीको कार्यकारी पदमा अब नरहे पनि कार्यालयमा उनीहरूको कार्यकक्ष यथावत रहने लिङदेनले प्रत्याभूत गरेका हुन् ।

  • लिङदेनले भने- राप्रपाको निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण (भिडिओ)

    लिङदेनले भने- राप्रपाको निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण (भिडिओ)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप गलत रहेको बताएका छन् । राप्रपाको आन्तरिक निर्वाचनमा पूर्वराजालाई जोड्नु दुर्भाग्यपूर्ण कुरा भएको उनले टिप्पणी गरे ।

    अध्यक्ष निर्वाचित भएपछि आज पदभार ग्रहण गर्ने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै लिङदेनले यस्तो बताएका हुन् । अध्यक्षमा पराजित उम्मेदवार कमल थापाले राप्रपाको प्रतिस्पर्धामा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

     लिङदेनले पत्रकारहरुसँग भने, ‘यो एकदमै दुर्भाग्यपूर्ण कुरा हो । यसले महाधिवेशन प्रतिनिधिहरूप्रति अविश्वास भएको छ । उहाँहरूले गरेको निर्णयको अपमान भएको छ ।’ यस विषयमा आफूले धेरै टिकाटिप्पणी गर्न नचाहेको पनि उनले बताए ।

    लिङदेनले व्यस्तताका कारण आफूले सामाजिक सञ्जाल भने हेर्न नपाएको बताए । चुनावी परिणामपछि विभिन्न खाले प्रतिक्रिया आउनुलाई भने आफूले सामान्यरुपमा लिने उनको भनाइ छ ।

    उनले अबका दिनमा पार्टीलाई मिलाएर लैजाने बताए । को कुन प्यानलबाट जितेका हुन् भन्ने स्मरणमा नराखिकन पार्टीलाई एकजुट तुल्याइने उनको दाबी छ ।

     

  • कमल थापाको कार्यकक्ष यथावत राखेर लिङदेनलाई अस्थायी प्रबन्ध (तस्बिरहरू)

    कमल थापाको कार्यकक्ष यथावत राखेर लिङदेनलाई अस्थायी प्रबन्ध (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनियुक्त अध्यक्ष राजेन्द्र लिङदेनले आज पदभार ग्रहण गर्दैछन् । धुम्बाराहीस्थित राप्रपाको कार्यालयमा उनलाई नयाँ कार्यकक्ष तयार गरिएको छ ।

    यसअघि मुख्य अध्यक्षका रूपमा कमल थापाले प्रयोग गरिएको कार्यकक्ष लिङदेनले पाउने अपेक्षा गरिएको थियो । तर, पार्टीको सचिवालयले भने थापाको कार्यकक्ष यथावत राखेर लिङदेनका लागि कामचलाउ कार्यकक्ष बनाएको छ ।

    पदभार ग्रहण कार्यक्रमअघि कार्यकक्षको विषयमा असन्तुष्टि जनाएर लिङदेन पक्षधरले केहीबेर विवाद गरेका थिए । लिङदेनले भने पछि आफैं व्यवस्थापन गर्ने भन्दै अहिले विवाद नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

    राप्रपामा यसअघि तीन अध्यक्ष थिए । तर, अब लिङदेन मात्रै अध्यक्ष छन् । अघिल्ला अध्यक्षहरूमा थापाले चुनाव हारे भने पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले चुनाव लडेनन् ।

  • २३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य, जितपछि यसो भन्छिन्

    २३ वर्षीया सुष्मा बनिन् राप्रपा केन्द्रीय सदस्य, जितपछि यसो भन्छिन्

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई धेरैले पुरातन सोचका पाका व्यक्तिहरुको पार्टी ठान्छन् । तर, राजतन्त्रको एजेन्डा बोकेको यस पार्टीमा युवा–युवतीको पुरै खडेरी भने छैन । आज निर्वाचित भएको नयाँ नेतृत्वमा पनि थुप्रै युवा अनुहारहरु देख्न सकिन्छ ।

    बारा जिल्लाकी २३ वर्षकी सुष्मा मिश्र राप्रपाको केन्द्रीय समितिमा निर्वाचित भएकी छन् । उनी राप्रपाकी कान्छी केन्द्रीय सदस्य बनेकी छन् । कमल थापाको प्यानलबाट उम्मेदवार भएकी सुष्माले १२८७ भोट ल्याउँदै केन्द्रीय सदस्य चुनिएकी हुन् ।

    सुष्मा हाल राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष छिन् । उनी राप्रपाको बारा क्षेत्र नम्बर ३ कि क्षेत्रीय उपाध्यक्षसमेत हुन् । आगमी दिनमा पार्टी राजनीति र विद्यार्थी राजनीतिलाई एकसाथ बढाउने उनको योजना छ ।

    जितपछि प्रतिक्रिया दिँदै सुश्माले आफ्नो व्यक्तिगत राजनीतिमा यसले ठूलो अर्थ राखने बताइन् ।

    उनले भनिन्, ‘जित्छु भन्ने आशा थियो । तर, हारका लागि पनि तयार थिएँ । चुनावी प्रक्रियामा हार-जितलाई सामान्यरुपमा लिनुपर्छ ।’

    राप्रपाले बोकेको राजसंस्था र हिन्दू राज्यको ऐजेन्डा मन गरेर राजनीति गर्न यो पार्टी रोजेको सुश्माले बताइन् । उनले कक्षा १० पढ्दै गर्दा राजनीति सुरु गरेकी थिइन् । हाल बीएएलएलबी चौथो वर्षमा अध्ययरत उनी पढाइ र राजनीतिलाई सँगसँगै अगाडि बढाइरहेकी छन् ।

    महाधिवेशनमा सुष्माले अध्यक्ष पदमा कमल थापालाई समर्थन गरेकी थिइन् । थापा पराजित भए पनि आफूलाई पार्टी नेतृत्वमा प्रतिकुलता नहुने उनले विश्वास लिएकी छन् ।

    ‘हाम्रो प्यानलका धेरैजना विजयी हुनुभएको छ, त्यसैले म आत्तिएकी छैन,’ उनले भनिन् ।

  • कमल थापाकी छोरी केन्द्रीय सदस्य निर्वाचित, गणेश थापाका छोराले पनि जिते

    कमल थापाकी छोरी केन्द्रीय सदस्य निर्वाचित, गणेश थापाका छोराले पनि जिते

    काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित भएका कमल थापाकी छोरी प्रतिष्ठा थापा केन्द्रीय सदस्यमा विजयी भएकी छन् । महिला खुल्लातर्फ उम्मेदवारी दिएकी उनले २३ औं स्थानमा रहँदै जित हासिल गरेकी हुन् ।

    आज सार्वजनिक गरिएको मत परिणाम अनुसार प्रतिष्ठाले १५३० भोट ल्याएकी छन् । महिला खुल्लातर्फ सर्वाधिक भोट भने कुन्तीदेवी पोखरेललाई प्राप्त भएको छ ।

    यसअघि पार्टीको कुनै कमिटीमा नरहेकी प्रतिष्ठा एकैपटक केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् । उनी कमल थापाकी कान्छी छोरी हुन् । थापाका दुई सन्तानमध्ये जेठी छोरी प्रलिता पनि राजनीतिमा सक्रिय थिइन् । यद्यपि, यो महाधिवेशनमा उनले उम्मेदवारी दिइनन् । उनी मतदाता मात्र थिइन् ।

    गणेश थापाका छोरा निर्वाचित

    कमल थापाका भाइ तथा नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाका गणेश थापाका कान्छा छोरा अभिषेक थापा पनि केन्द्रीय सदस्य विजयी भएका छन् ।अभिषेकले १३२७ भोट ल्याएका छन् ।

    (यसअघि प्रकाशित समाचारमा तथ्यगत त्रुटी देखिएकाले सच्याइएको)

  • राप्रपा पदाधिकारीमा थापा समूहको बर्चश्व, विक्रम पाण्डेले ल्याए सर्वाधिक भोट (सूचीसहित)

    राप्रपा पदाधिकारीमा थापा समूहको बर्चश्व, विक्रम पाण्डेले ल्याए सर्वाधिक भोट (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको पदाधिकारीमा अध्यक्ष पदमा पराजित कमल थापापक्षको बर्चश्व देखिएको छ । भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरु विजयी भएका छन् ।

    पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । दुवै प्यानलमा समेटिएका उनले २५२१ भोट ल्याए ।

    यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १९४४ भोट ल्याएर विजयी भएका छन् भन् सोही प्यानलमा ध्रुवबहादुर प्रधान १८१४ भोट ल्याएर विजयी भएका छन् ।

    महिला उपाध्यक्षमा रोशन कार्की १६८९ भोट ल्याएर विजयी भएकी छन् । उनी पनि कमल थापा पक्षकी हुन् ।

    महामन्त्रीको प्रतिस्पर्धामा लिङदेन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २२२१ भोट ल्याएर विजयी भएका छन् । यसैगरि थापा पक्षकै भुवन पाठकले १८०५ भोट ल्याएर जित हासिल गरे ।

    महिला महामन्त्रीतर्फ थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले २००८ मत ल्याएकी छन् । महिला महामन्त्रीमा रेखा थापा पराजित भएकी छन् । उनल १६४० भोट ल्याइन् ।

    टिम राप्रपा

    अध्यक्ष
    राजेन्द्र लिङ्देन
    उपाध्यक्ष खुल्ला
    विक्रम पाण्डे
    बुद्धिमान तामाङ
    ध्रुवबहादुर प्रधान
    उपाध्यक्ष (महिला)
    रोशन कार्की
    महामन्त्री (खुल्ला)
    डा. धवलशमशेर राणा
    भुवन पाठक
    महामन्त्री (महिला)
    कुन्ती शाही
  • राप्रपा अध्यक्षमा लिङदेन विजयी

    राप्रपा अध्यक्षमा लिङदेन विजयी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । सावित अध्यक्ष कमल थापासँगको कडा प्रतिस्पर्धामा लिङदेनले जित हासिल गरेका हुन् ।

    पार्टीको चार दिनदेखि जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो । उक्त चुनावका भर्खरै प्राप्त नतिजा अनुसान लिङदेनले थापालाई हराउँदै पार्टीको कमाण्ड प्राप्त गरेका हुन् ।

    अन्तिम मतपरिणामअनुसार लिङदेनले थापालाई २२७ मतान्तरले पराजित गरे । राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७३ मत खसेकाेमा लिङदेनकाे पक्षमा १८४४ र थापाकाे पक्षमा १६१७ मत आएकाे थियाे । ४३१ मत बदर भएकाे छ ।

    यसअघि तीन अध्यक्ष रहेको राप्रपालाई अब एकल अध्यक्षका रुपमा लिङदेनले हाँक्नेछन् ।

  • अझै सुरु भएन राप्रपाको चुनाव, बिहानैदेखि लाइन बसेका प्रतिनिधि आक्रोशित

    अझै सुरु भएन राप्रपाको चुनाव, बिहानैदेखि लाइन बसेका प्रतिनिधि आक्रोशित

    काठमाडौं । बिहान ८ बजेदेखि हुने भनिएको राप्रपाको चुनाव अझैसम्म सुरु हुन सकेको छैन । निर्धारित समयमा मतदान सुरु नभएको भन्दै बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिले आक्रोश व्यक्त गर्न थालेका छन् । यद्यपि, अबको केही समयपछि मतदान सुरु हुने बताइएको छ ।

    (राप्रपा)को एकता महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि चुनाव हुन लागेको हो । चुनावका लागि अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्दनको उम्मेदवारी परेको छ । एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित सदस्यका लागि उम्मेदवारी परेको छ ।

    मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको राप्रपाले जनाएको छ ।

    अध्यक्षका लागि थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । थापालाई नेता पशुपतिशमशेर राणा र लिङ्देनलाई नेता प्रकाशचन्द्र लोहनीको साथ छ । उपाध्यक्षमा विक्रम पाण्डे दुवै समूहमा परेका छन् ।

    महामन्त्रीमा थापा प्यानलबाट कुन्ती शाही र लिङ्देन प्यानलमा परेकी नायिका रेखा थापाको प्रतिस्पर्धा चासोको विषय बनेको छ ।

    महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।

  • राप्रपाको चुनाव आज, कसले मार्ला बाजी ?

    राप्रपाको चुनाव आज, कसले मार्ला बाजी ?

    काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन अन्तरगत आज नेतृत्व चयनका लागि चुनाव हुँदैछ । चुनावी तालिकाअनुसार हिजो उम्मेदवारी दर्ता सकिएको छ । आज हुने निर्वाचनमा अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्दनको उम्मेदवारी परेको छ । एक अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित सदस्यका लागि उम्मेदवारी परेको छ ।

    निर्वाचन ८ बजेदेखि सुरु हुनेछ । साँझ ५ बजेसम्म मतदान हुने मतदानमा अध्यक्ष पदका लागि मतपत्र र पदाधिकारी एवं सदस्यका लागि विद्युतीय मेसिनबाट मतदान गर्ने व्यवस्था मिलाइएको राप्रपाले जनाएको छ ।

    अध्यक्षका लागि थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ । थापालाई नेता पशुपतिशमशेर राणा र लिङ्देनलाई नेता प्रकाशचन्द्र लोहनीको साथ छ । उपाध्यक्षमा विक्रम पाण्डे दुवै समूहमा परेका छन् ।

    महामन्त्रीमा थापा प्यानलबाट कुन्ती शाही र लिङ्देन प्यानलमा परेकी नायिका रेखा थापाको प्रतिस्पर्धा चासोको विषय बनेको छ ।

    महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।

  • महामन्त्रीमा कुन्तीविरुद्ध रेखाको दाबेदारी कति बलियो ?

    महामन्त्रीमा कुन्तीविरुद्ध रेखाको दाबेदारी कति बलियो ?

    काठमाडौं । कुनै समय चलचित्र क्षेत्रकी नम्बर एक नायिका रेखा थापा यतिबेला राजनीतिको रंगमा राम्रैसित रग्मगिएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एक महामन्त्रीकी बलियो प्रत्यासी हुन् उनी ।

    तीन दिनदेखि जारी राप्रपामा महाधिवेशनमा अध्यक्षका दुई आकांक्षी कमल थापा र राजेन्द्र लिङदेनपछि मिडियामा रेखाकै चर्चा छ । चर्चाको कारण उनको सेलिब्रिटी पृष्ठभूमि नै हो भन्नेमा दुई मत छैन । तर, पार्टी राजनीतिमा सेलिब्रिटी पृष्ठभूमिभन्दा पनि राजनीतिक योगदान महत्वपूर्ण हुने भएकाले रेखालाई महामन्त्रीको दौडमा सोचेजति सहज छैन ।

    कमल थापाको हातबाट टीका लगाएर राप्रपा प्रदेश गर्दा रेखाले आफ्नो अन्तिम पार्टी नै यही हुने भन्दै नेपालको झण्डा र राप्रपाको झण्डा ओढेर मर्ने चाहनासमेत व्यक्त गरेकी थिइन् । यद्यपि, राप्रपामा उनको यात्रा कति टिकाउ हुन्छ भन्न सकिने अवस्था छैन । निकटस्थका अनुसार पछिल्लो समय नेत्रविक्रम चन्द विप्लवको माओवादीसँग पनि उनको हिमचिम बढिरहेको छ ।

    राजेन्द्र लिङदेनले रेखाको सेलिब्रिटी छविका कारण आफ्नो प्यानलबाट महामन्त्री प्रस्ताव गरेका हुन् । यद्यपि, रेखासँग पार्टीको उच्च जिम्मेवारी सम्हाल्नेगरी राजनीतिक अनुभव र क्षमता नरहेको बुझाइ राप्रपा कार्यकर्तामा बलियो छ । उनलाई एकैपटक महामन्त्रीमा उठाउन लिङ्देन कसरी तयार भए भन्ने पनि कौतुहल धेरैलाई छ । तर, बुझिएअनुसार लिङदेनसँग अर्को विकल्प थिएन ।

    राप्रपामा तीन महामन्त्रीमध्ये एकजना अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ । तर, लिङदेनको पक्षमा महिला नेतृहरूको खडेरी रह्यो । थापा पक्षबाट कुन्ती शाही महिला महामन्त्रीको बलियो दाबेदार थिइन् । उनलाई टक्कर दिन लिङदेनसँग अरु महिला नेतृ नभएपछि ‘सेलिब्रिटी फिगर’ का रूपमा रेखालाई उभ्याइएको हो ।

    २०७३ सालमा भएको राप्रपा महाधिवेशनमा रेखाले पपुलर भोट ल्याएर केन्द्रीय सदस्य जितेकी थिइन् । उक्त नतिजालाई सम्झेर लिङदेनपक्ष रेखाप्रति आशावादी बनेको छ ।

    छोटो यात्राका उतारचढाव

    रेखा थापाको राजनीतिक यात्रा न लामो छ न स्थिर । आफ्नो ८ वर्षको राजनीतिक जीवनमा उनले दुईवटा विपरित ध्रुवका पार्टीहरूमा आपूmलाई विलय गराइन् । माओवादी छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा हाम्फाल्नु उनको सिद्धान्तविहीनताको नमूना हो ।

    सिनेमा क्षेत्रमा आफ्नो खराब दिन सुरु भएसँगै रेखा ८ वर्षअघि राजनीतिमा छिरेकी थिइन् । माओवादीले काठमाडौंमा गरेको आन्दोलनका क्रममा प्रचण्डलाई आफूसँग नचाएर चर्चामा आएकी रेखाले राजनीतिका लागि सुरुमा माओवादी नै रोजिन् । प्रचण्डले टीका लगाएर पार्टी प्रवेश गराउँदा उनले ‘आफू पनि क्रान्तिकारी सोचको व्यक्ति भएकाले माओवादी रोजेको’ बताएकी थिइन् ।

    महिला महामन्त्रीको काटोमा रेखाको भिडन्त कुन्ती शाहीसँग हुने निश्चित भइसकेको छ । कमल थापा निकट कुन्ती राप्रपाभित्रकी चिरपरिचित ‘फिगर’ हुन् । राप्रपाका अब्बल महिला नेतृहरूमा उनको नाम अगाडि आउँछ । शाहीसँग विगतमा राज्यमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेको अनुभव छ ।

    दोस्रो संविधानसभा चुनावमा माओवादीबाट चुनाव लड्ने तयारी समेत गरेकी थिइन् रेखाले । पर्सा-१ बाट चुनाव लड्ने तय भएर भोट पनि माग्न थालिसकेको अवस्थामा रेखाको मतदाता नामावलीमै नाम नभएको पाइएपछि उनको सभासद बन्ने धोको हास्यास्पदरूपमा विसर्जन भएको थियो । पछि उनले आफ्नो हुस्सुपनाप्रति माफी मागिन् ।

    माओवादीमा सोचेजस्तो नभएपछि रेखा विस्तारै असन्तुष्ट बन्न थालिन् । त्यही बेला चर्चित लोक गायिका कोमल ओली राप्रपामार्फत राजनीति सुरू गर्ने तरखरमा थिइन् । उनले रेखालाई पनि राप्रपामा आउन कन्भिन्स्ड गरिन् । गणतन्त्रवादी पार्टी छोडेर राजावादी पार्टीमा जानका निम्ति सहजै तयार भइन् रेखा । उनलाई कमल थापाले टिका लगाएर पार्टीमा भित्र्याए । माओवादी छोडेर राप्रपामा प्रवेश गर्न पाउँदा आफू निकै ‘एक्साइटेड’ भएको उनले बताएकी थिइन् ।

    राप्रपामा विभाजन आएपछि कमल थापाको साथ छोडेर रेखा पशुपति शम्शेर राणातिर लागिन् । राणाको राप्रपा प्रजातान्त्रिकले उनलाई पार्टीको सहमहामन्त्री नै बनायो । २०७६ साल फागुनमा राप्रपा फेरि एकीकरण भएपछि रेखाको सो पद गुम्यो र उनी केन्द्रीय सदस्यमा सीमित हुन पुगिन् । र, यस महाधिवेशनबाट उनी पार्टीको पदाधिकारीको आकांक्षी बनेकी छन् ।

    कमल थापाको हातबाट टीका लगाएर राप्रपा प्रदेश गर्दा रेखाले आफ्नो अन्तिम पार्टी नै यही हुने भन्दै नेपालको झण्डा र राप्रपाको झण्डा ओढेर मर्ने चाहनासमेत व्यक्त गरेकी थिइन् । यद्यपि, राप्रपामा उनको यात्रा कति टिकाउ हुन्छ भन्न सकिने अवस्था छैन । निकटस्थका अनुसार पछिल्लो समय नेत्रविक्रम चन्द विप्लवको माओवादीसँग पनि उनको हिमचिम बढिरहेको छ ।

    विप्लवले सरकारसँग सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा आएलगत्तै रेखासँग भेटघाट समेत गरेका थिए । विप्लवको सिद्धान्त आफूलाई मन पर्ने रेखाले बताउने गरेकी छन् । यदि राप्रपामा महामन्त्रीको चुनाव हारेको खण्डमा भविष्यमा रेखाले विप्लवको पार्टी रोज्न सक्ने सम्भावनालाई नकार्न नसकिने उनी निकटस्थहरूको भनाइ छ ।

    रेखाकी प्रतिस्पर्धी कुन्ती को हुन् ?

    महिला महामन्त्रीको काटोमा रेखाको भिडन्त कुन्ती शाहीसँग हुने निश्चित भइसकेको छ । कमल थापा निकट कुन्ती राप्रपाभित्रकी चिरपरिचित ‘फिगर’ हुन् । राप्रपाका अब्बल महिला नेतृहरूमा उनको नाम अगाडि आउँछ । शाहीसँग विगतमा राज्यमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेको अनुभव छ ।

    दैलेख घर भएकी उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी हुन् । उनले लामो सय राप्रपाको महिला संगठनलाई नेतृत्व गरेकी थिइन् भने संसदमा पार्टी सचेतकको भूमिकासमेत निभाएकी थिइन् ।

    रेखाको सेलिब्रिटी छविको प्रभाव महाधिवेशनमा कति देखिन्छ, यसै भन्न सकिने अवस्था छैन । अन्यथा कुन्तीलाई हराएर महामन्त्री बन्नु उनका निम्ति फलामको च्यूरा हुन सक्छ । कदाचित् सफल भइन् भने त्यो उनको राजनीतिक जीवनको ठूलो छलाङ मानिने छ ।

  • आ-आफ्नो प्यानलसहित राप्रपा अध्यक्षमा थापा र लिङ्देनले गरे उम्मेदवारी दर्ता

    आ-आफ्नो प्यानलसहित राप्रपा अध्यक्षमा थापा र लिङ्देनले गरे उम्मेदवारी दर्ता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । दुवैजनाले आ-आफ्नो प्यानलसहित केही बेरअघि मनोनयन दर्ता गराएका हुन् । उपाध्यक्षमा विक्रम पाण्डे भने दुवै प्यानलका साझा उम्मेदवार छन् ।

    थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही चुनाव लड्दैछन् ।

    लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार छन् ।

    हिजो नै चुनावी प्रक्रिया सुरू हुने भनिएकोमा मतदाता नामावलीको विषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया आजमात्र सुरू भएको हो । उम्मेदवारको नामावली २ बजे सार्वजनिक गर्ने कार्यतालिका छ ।

    राप्रपा महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् ।

    अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।

  • राप्रपा प्रतिनिधिलाई विद्युतीय मतदाता शिक्षा (तस्बिरहरू)

    राप्रपा प्रतिनिधिलाई विद्युतीय मतदाता शिक्षा (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । भोलि हुने मतदानका लागि बिहान साढे ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए ।

    राप्रपाले मतदानको लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । राम-लक्ष्मणले निर्माण गरेको मेसिनमार्फत मतदान गरिने भएको हो । मतदान, मतगणना गर्न सहज र छिटो हुने भएकोले प्रविधिको प्रयोग गर्न लागिएको राप्रपाले जनाएको छ ।

    राप्रपा महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् । मनोनयनलगायतका चुनावी प्रक्रिया जारी रहँदा विद्युतीय भोटिङबारे प्रतिनिधिलाई मतदाता शिक्षा दिइएको छ ।

    अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मेसिनमा उम्मेवारको नाम सेटिङ गर्न कम्तीमा २० घण्टा समय लाग्ने प्राविधिकले बताएका छन् ।

    केही दिनअघि चितवनमा सम्पन्न नेकपा एमालेको महाधिवेशनमा पनि मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिएको थियो ।

    राप्रपाको आगामी कार्यकालका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् ।

  • राप्रपाका मनोनीत प्रतिनिधि- ९६ वर्षीय विश्वबन्धुदेखि नवराज सुवेदीसम्म (सूचीसहित)

    राप्रपाका मनोनीत प्रतिनिधि- ९६ वर्षीय विश्वबन्धुदेखि नवराज सुवेदीसम्म (सूचीसहित)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्ष पशुपति शमसेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले प्रदेश अध्यक्ष र प्रवास प्रतिनिधिसहित २३५ जना महाधिवेशन प्रतिनिधि मनोनित गरेका छन् ।

    नयाँ नेतृत्वको लागि निर्वाचन हुन लागेका बेला अध्यक्षहरुले महाधिवेशन प्रतिनिधि मनोनित गरेका हुन् ।

    मनोनित हुनेमा वरिष्ठ राजनीतिज्ञहरु ९६ वर्षीय विश्वबन्धु थापा समेत छन् । मनोनित सूचीमा राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी, पूर्वमन्त्रीहरु हरिवहादुर बस्नेत, तोरणवहादुर गुरुङ, बालाराम घर्तीमगर लगायत छन् ।

    यस्तो छ राप्रपाका मनोनित महाधिवेशन प्रतिनिधिहरुको सूची

  • राप्रपामा मनोनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी प्रचारमा

    राप्रपामा मनोनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी प्रचारमा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । मतदाताको विवाद टुंग्याएको राप्रपाले आज मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ ।

    निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार बिहान साढे ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समयसीमा तोकिएको छ। मनोनयनको नाममाथि दावी विरोध, अन्तिम नामावली प्रकाशन पनि शुक्रबार नै हुने र शनिबार मतदान हुने उनले बताए ।

    महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् ।

    आगामी कार्यकालका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् । उपाध्यक्षका उम्मेदवार विक्रम पाण्डेको नाम दुबै प्यानलमा छ ।

    थापाको प्यानलबाट उपाध्यक्षमा वुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार छन् । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाही चुनाव लडदैछन् ।

    लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बन्नेछन् ।

    अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मेसिनमा उम्मेवारको नाम सेटिङ गर्न कम्तीमा २० घण्टा समय लाग्ने प्राविधिकले बताएका छन् ।