Tag: युएस ओपन

  • १८ वर्षे इम्माले तोडिन बेलायतको ४४ वर्ष लामो प्रतीक्षा

    १८ वर्षे इम्माले तोडिन बेलायतको ४४ वर्ष लामो प्रतीक्षा

    एजेन्सी । बेलायतको ४४ वर्ष लामो प्रतीक्षा तोड्दै किशोरी खेलाडी इम्मा राडुकानुले वर्षको चौथो ग्राण्डस्लाम टेनिस युएस ओपनको उपाधि जितेकी छन् । गएराति सम्पन्न फाइनलमा उनले क्यानडाकी लेलाह फर्नान्डेजलाई २-० को सहज सेटमा पराजित गरिन् ।

    न्युयोर्कमा भएको २४ हजार दर्शकमाझ ब्रिटिस नम्बर एक इमाले फर्नान्डेजलाई छ चार र छ तीनको सोझो सेटमा हराइन । मानसिक र शारिरिक रुपमा पनि फर्नान्डेज भन्दा बलियो देखिएकी इमाले पहिलो सेट छ चारले जितिन भने दोस्रो सेटमा छ तीनले आफ्नो पक्षमा पारिन ।

    इमाले बेलायतका लागि ४४ वर्षपछि यूएस ओपनको उपाधि जितेकी हुन । यसअघि सन् १९७७ मा भर्जिनिया वाडेले यूएस ओपनको उपाधि जितेकी थिइन् । इम्माले छनोट चरण पार गरेर प्रतियोगिता खेलेकी थिइन् । छनोटबाट आएकै वर्ष प्रतियागिता जित्ने उनी पहिलो खेलाडी बनिन् । त्यतिमात्र होइन, छनोटदेखि फाइनल प्रतियोगितासम्म एउटा सेट पनि नहार्ने कीर्तिमानसमेत उनले बनाइन् ।

    यस संस्करणको युएस ओपन फाइनलमा दुवै वरीयताविहीन खेलाडी फाइनलमा पुगेका थिए । सेरेना विलियम्स र मार्टिना हिंगिजपछि किशोरी खेलाडीले उपाधि जितेको यो पहिलोपल्ट हो ।

    इम्मा पनि क्यानडाको टोरन्टोमा जन्मिएकी हुन् । रोमानियाली बुबा र चिनियाँ आमाबाट जन्मिएकी उनी २ वर्षको हुँदा परिवारसहित बेलायत सरेका थिए । ५ वर्षको उमेरदेखि उनले टेनिस खेल्न सुरु गरेकी हुन् ।

  • युएस ओपनको फाइनलमा इमा राडुकानु र लेला फर्नान्डेज भिड्ने

    युएस ओपनको फाइनलमा इमा राडुकानु र लेला फर्नान्डेज भिड्ने

    काठमाडौं । बेलायतकी इमा राडुकानु वर्षको अन्तिम ग्रान्डस्लाम– युएस ओपनको फाइनलमा पुगेकी छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा राडुकानुले १७औं बरियताकी मारिया साक्कारीलाई ६–१, ६–४ को सेजमा पराजित गर्दै पहिलो पटक ग्रान्डस्लामको फाइनल यात्रा तय गरिन् । बेलायती १८ वर्षीया राडुकान ग्रान्डस्लामको इतिहासमै पहिलो पटक छनोट चरण खेलेर फाइनलसम्म पुग्ने खेलाडी बनेकी छन् ।

    उपाधिका लागि शनिबार बिहान राडुकानुले क्यानडाकी १९ वर्षीया लेला फर्नान्डेजसँग प्रतिस्पर्धा गर्ने छिन् । फर्नान्डेज पनि पहिलो पटक फाइनल पुगेकी हुन् । उनले सेमिफाइनलमा विश्व बरियताको दोस्रो स्थानकी आर्यना साबालेन्कालाई ७–६ (७–३), ४–६, ६–४ को सेटामा पराजित गर्दै मेडन फाइनल यात्रा तय गरिन् ।

    युवा खेलाडी राडुकानु ४४ वर्षपछि बेलायतबाट ग्रान्डस्लामको महिला एकलतर्फ फाइनल पुग्ने पहिलो खेलाडी बनेकी छन् । भर्जिनिया वेड सन् १९७७ को विम्बलडन फाइनलमा पुगेकी थिइन् ।

    उनी ६२ वर्षपछि कम उमेरमा ग्रान्डस्लामको फाइनल पुग्ने पहिलो बेलायती खेलाडीसमेत बनिन् । सन् १९५९ मा क्रिस्टाइन ट्रुमा १८ वर्षको उमेरमा फ्रेन्च ओपनको फाइनल पुगेकी थिइन् ।

  • एलेक्जेन्डर जेरेभ युएस ओपनको प्रि- क्‍वार्टरफाइनलमा

    एलेक्जेन्डर जेरेभ युएस ओपनको प्रि- क्‍वार्टरफाइनलमा

    काठमाडौं । एलेक्जेन्डर जेरेभ वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको अन्तिम १६ मा पुगेका छन् ।

    शनिबार राति भएको तेस्रो चरणको खेलमा १८४औं बरियताका ज्याक शक चौथो सेट चलिरहँदा फोस्र्ड रिटायर्ड भएपछि खेल पूरा नहुँदै नतिजा जेरेभको पक्षमा प¥यो । जेरेभले ३–६, ६–२, ६–३ , २–१ को सेटको नतिजामा अग्रता बनाइरहेका थिए । विश्व बरियताको चोथो स्थानका जरेभले लगातार तेस्रो पटक अन्तिम १६मा स्थान बनाएका हुन् ।

    गत सिजनका उपविजेता जेरेभले क्वार्टरफाइनल प्रवेशका लागि इटालियन खेलाडी यानिक सिनरको सामना गर्नेछन् ।

    विश्व बरियताको १६औं स्थानका सिनरले तेस्रो चरणमा २०औं बरियताका फ्रेन्च खेलाडी गेल मोन्फिसलाई ६–१ (१–७), २–६, ६–४, ६–४, ४–६ को नतिजामा पराजित गर्दै अन्तिम १६ सम्मको यात्रा तय गरेका हुन् । तेस्रो पटक युएस ओपन खेलिरहेका सिनरले पहिलो पटक पहिलो चरण पार गरेका हुन् ।

  • साविक विजेता ओसाकालाई हराउँदै १८ वर्षीया फर्नान्डेज युएस ओपनको अन्तिम १६ मा

    साविक विजेता ओसाकालाई हराउँदै १८ वर्षीया फर्नान्डेज युएस ओपनको अन्तिम १६ मा

    काठमाडौं । साविक विजेता नाओमी ओसाकालाई ५–७, ७–६ (७–२), ७–४ को नतिजामा पराजित गर्दै वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपनको अन्तिम १६ मा पुगेकी छन् ।

    शनिबार बिहान न्यूयोर्कमा भएको तेस्रो चरणको खेलेका पहिलो सेट गुमाएकी फर्नान्डेजले त्यसपछिका लगातार दुई सेटमा रोमाञ्चक जित निकाल्दै पि–क्वार्टरफाइनल यात्रा तय गरिन् ।

    क्यानडियन १८ वर्षीया किशोरी फर्नान्डेजले दोस्रो सेट टाई ब्रेकरमा जितेकी थिइन् । तेस्रो तथा निर्णायक सेटको सुरुआतदेखि नै खेलमा पकड बनाएकी फनान्डेजले करियरको सबैभन्दा ठूलो नतिजा निकालिन् ।

    ‘खेलको सुरुआतदेखि नै म जित्नका लागि काबिल छु भन्ने लागेको थियो,’ फनान्डेजले खेलपछि भनिन् ।

    फर्नान्डेज विश्व नम्बर तीनलाई हराएर अगाडि बढ्ने जारी युएस ओपनमा दोस्रो खेलाडी हुन् । शनिबार बिहान नै भएको पुरुष सिङ्गलतर्फ पनि स्पेनिस किशोर हार्लोल अल्कारजले तेस्रो बरियताका स्टेफानो सित्सिपसलाई पराजित गर्दै प्रि-क्वार्टरफाइनल यात्रा तय गरेका थिए ।

    सन् २०२० को अस्ट्रेलियन ओपनबाट ग्रान्डस्लाममा डेब्यू गरेकी फर्नान्डेज पहिलो पटक चौथो चरणमा पुगेकी हुन् ।

    उनले क्वार्टरफाइनल प्रवेशका लागि २०१६ की युएस ओपन च्याम्पियन एन्जेलिक्व कर्बरसँग प्रतिस्पर्धा गर्नेछिन् । पछिल्लो तीन वर्षमा दुई पटक युए ओपन च्याम्पियन बनेकी ओसाकाले हार्ड कोर्टमै यो वर्षको पहिलो ग्रान्डस्लाम- अस्ट्रेलियन ओपन जितेकी थिइन् ।

  • स्वार्ट्जम्यान युएस ओपनको अन्तिम १६ मा

    स्वार्ट्जम्यान युएस ओपनको अन्तिम १६ मा

    काठमाडौं । अर्जेन्टिनी खेलाडी डिएगो स्वार्ट्जम्यान वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपन टेनिसको अन्तिम १६ मा पुगेका छन् ।

    शुक्रबार राति भएको तेस्रो चरणको खेलमा स्लोभाकियाका एलेक्स मोल्कनलाई ६-४, ६-३, ६-३ को सोझो सेटमा पराजित गर्दै स्वार्ट्जम्यान २०१९ पछि पहिलो पटक अन्तिम १६ मा पुगेका हुन् ।

    यद्यपि, सन् २०१७ पछि भने स्वार्ट्जम्यान चौथो पटक चौथो चरणमा पुगेका हुन् । विश्व बरियताको ११औं स्थानका स्वार्ट्जम्यान २०१७ मा क्वार्टरफाइनलसम्म पुगेका थिए ।

    सन् २०२० फ्रेन्च ओपनको सेमिफाइनलसम्मको यात्रा ग्रान्डस्लाममा उनको करियरकै उत्कृष्ट नतिजा हो । स्वार्ट्जम्यानले क्वार्टरफाइनल प्रवेशका लागि बोटिक भान डी जान्डस्क्लुपको सामना गर्नेछन् ।

    जान्डस्क्लुप अर्जेन्टिनाकै फाकुन्डो बाग्निसलाई ३-६, ६-०, ६-२, ६-२ को नतिजामा पराजित गर्दै अन्तिम १६ मा आइपुगेका हुन् ।

  • विश्व नम्बर तीन सित्सिपस युए ओपनबाट बाहिरिए, १८ वर्षीय अल्कारजसँग पराजित

    विश्व नम्बर तीन सित्सिपस युए ओपनबाट बाहिरिए, १८ वर्षीय अल्कारजसँग पराजित

    काठमाडौं । स्पेनिस युवा खेलाडी कार्लोस अल्कारजसँग ४ घण्टा लामो ब्याटलमा पराजित हुँदै उरुग्वेयन खेलाडी स्टेफानो सित्सिपस युएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएका छन् ।

    शनिबार बिहान न्युयोर्कमा भएको खेलमा विश्व बरियताको शीर्ष ३०० भन्दा बाहिर रहेका अल्कारजले सित्सिपसलाई ६-३, ४-६, ७-६, ०-६, ७-५ सेटको नतिजामा पराजित गरे ।

    ‘दर्शक बिना मैले यो खेल जित्न सम्भव थिएन,’ अल्कारजले भने, ‘यो मेरा लागि अविश्वसनीय अनुभव हो ।’

    विश्व नम्बर तीनलाई पराजित गर्दै अन्तिम-१६ मा पुगेका अल्कारज सन् १९८९ मा माइकल चाङ र पेटे साम्परसपछि युएस ओपनको प्रि-क्वार्टरफाइनलमा पुग्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका छन् ।

    अल्कारजले क्वार्टरफाइनल प्रवेशका लागि जर्मनीका पिटर गोजोज्याकसँग खेल्ने छन् । गोजोज्याक स्वीस खेलाडी हेनरी लाकसोनेनलाई ६-१, ३-६, १-६, ४-६ को नतिजामा पराजित गर्दै प्रि-क्वार्टरफाइनलमा पुगेका हुन् ।

  • युएस ओपनको पहिलो चरणबाटै बाहिरिए एण्डी मुर्रे

    युएस ओपनको पहिलो चरणबाटै बाहिरिए एण्डी मुर्रे

    एजेन्सी । बेलायती खेलाडी एण्डी मुर्रे युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । वर्षको चौथो ग्राण्डस्लामको पहिलो खेलमै मुर्रेले ग्रिसका स्टेफानोस सितसिपाससँग ३-२ को सेटमा पराजय ब्यहोरेका हुन् ।

    आज विहान भएको खेलमा पहिलो सेट ६-२ ले जितेर अग्रता बनाए पनि मुर्रेले त्यसलाई निरन्तरता दिन सकेनन् । दोस्रो सेट टाइब्रेकरमा सितसिपासले ६-७ (७-९)ले जिते । तेस्रो सेट मुर्रेले ६-३ ले आफ्नो पक्षमा पारे ।

    ४ घण्टा ४८ मिनेटसम्म चलेको खेलमा त्यसपछिका दुई सेट मुर्रे उनी कमजोर देखिए । पहिलो ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेका सितसिपासले ३-६ र ४-६ ले सेट जितेर खेल आफ्नो पक्षमा पारे ।

    तेस्रो वरियताका २३ वर्षीय सितसिपासले अहिलेसम्म ग्राण्डस्लाम जित्न सकेका छैनन् । यही वर्ष उनी अष्ट्रेलियन ओपनको सेमिफाइनल र फ्रेन्च ओपनको फाइनलसम्म पुगेका थिए । उनी अघिल्लो वर्ष युएस ओपनको तेस्रो चरणमा पराजित भएका थिए ।

  • चोटका कारण नाडालले युएस ओपन गुमाउने

    चोटका कारण नाडालले युएस ओपन गुमाउने

    काठमाडौं । राफेल नाडालले खुट्टामा लागेको चोटका कारण आफ्नो सिजन समाप्त भएको घोषणा गरेका छन् । उनको यो घोषणासँगै वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपनमा पनि उनी अनुपस्थित हुने निश्चित भएको छ ।

    २० पटकका ग्रान्डस्लाम च्याम्पियन नाडालले चोटकै कारण गत साता सिनिसनाटी मास्टर्स र क्यानडियन ओपन गुमाएका थिए ।

    युएस ओपनमा साविक विजेता डोमिनिक थिम र पाँच पटकका च्याम्पियन रोजर फेडेरर पनि यो वर्ष अनुपस्थित हुने निश्चित भइसकेको छ ।

    चार पटकका च्याम्पियनसमेत रहेका ३५ वर्षीय नाडालले इन्स्टाग्राममा लेखेका छन्- ‘साँच्चै, म खुट्टामा लागेको चोटका कारण खराब अवस्थाबाट गुज्रिरहेको छ । त्यसैले मैले ठीक हुनका लागि समय दिनुपर्छ । मैले परिवार र टिमसँग छलफल गरेर निर्णय लिएको हुँ ।’

    नाडालले फ्रेन्च ओपन यता विम्बल्डन र ओलम्पिक पनि चोटका कारण गुमाएका थिए । जुनमा भएको फ्रेन्च ओपनको सेमिफाइनलमा नोभाक जोकोभिचसँग पराजित भएसँगै नाडाल २०१६ पछि पहिलो पटक उपाधि रक्षा गर्न असफल रहेका थिए ।

    वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपन अगस्ट ३० बाट सुरु हुनेछ ।

  • साविक विजेता डोमिनिक थिमले युएस ओपन गुमाउने

    साविक विजेता डोमिनिक थिमले युएस ओपन गुमाउने

    काठमाडौं । वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपनका साविक विजेता डोमिनिक थिमले चोटका कारण प्रतियोगिताको आगामी संस्करण र पूरा सिजन गुमाउने भएका छन् ।

    गत जुनमा मायोर्का ओपनमा घाइते भएका २७ वर्षीय अस्ट्रियन टेनिस स्टार थिमले विम्बल्डनबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

    उनले आफ्ना लागि ‘कठिन निर्णय’ भएको र न्यू योर्कमा यो सिजन आफ्नो उपाधि बचाउन असमर्थ हुनु ‘निराशाजनक’ भएको बताएका छन् । युएस ओपन ३० अगस्ट सोमबारदेखि सुरु हुँदैछ ।

    विश्व बरियताको छैठौं स्थानका थिमले ट्वीटमार्फत भनेका छन्- ‘म निरन्तर रूपमा मेडिकल एड्भाइज लिइरहेको थिएँ । राम्रो सुधार भइरहेको थियो । तर, गत साता मैले बल प्रहार गर्दा फेरि उस्तै पीडा महसुस भयो ।’

    ‘केही परीक्षणहरूपछि उनीहरू (चिकित्सक)ले मेरो नाडी पूर्ण रूपमा ठीक हुन समय लाग्ने बताए,’ थिमले भने, ‘र, हामीले त्यसका लागि समय दिने निर्णय गर्‍यौं ।’

    सन् २०२० को युएस ओपनको उपाधि थिमको पहिलो ग्रान्डस्लाम सफलता हो । फाइनलमा उनले दुई सेट पछाडिबाट पुनरागमन गर्दै अलेक्सान्डर जेभ्रेवलाई पराजित गरेका थिए । उनी सोही वर्ष अस्ट्रेलियन ओपनको पनि फाइनलमा पुगेका थिए । तर, विश्व नम्बर एक नोभाक जोकोभिचसँग पराजित भएका थिए ।

    रोजर फेडेररले पनि यो वर्षको अन्तिम ग्रान्डस्लाम- युएस ओपन चोटका कारण गुमाउने छन् ।