Tag: मोहन्याल गाउँपालिकाका

  • मोहन्याल गाउँपालिका अध्यक्षको मृत्यु

    मोहन्याल गाउँपालिका अध्यक्षको मृत्यु

    कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ । उनको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

    आइतबार बिहान घरमै कुर्सीमा बसेका बेला एकाएक बेहोस भई ढलेका रावललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो ।
    उनलाई सोमबार थप उपचारको लागि काठमाडौं लगिएको थियो ।

    उपचारको क्रममा उनको मङ्गलवार बिहान मृत्यु भएको एमाले कैलालीमा अध्यक्ष रतन थापाले जानकारी दिए । रावल उच्च रक्तचापबाट पीडित रहेको उनले बताए ।

    रावल नेकपा एमालेबाट निर्वाचित भएका थिए ।