Tag: मोबाइल चोरी

  • प्रहरीबाटै मोबाइल चोरी, हिरातसतमा राखेर छानबिन शुरु

    प्रहरीबाटै मोबाइल चोरी, हिरातसतमा राखेर छानबिन शुरु

    कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरीले मोबाइल चोरेको घटना बाहिरिएको छ । धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा मोबाइल चोरी गरेका दुई जना प्रहरीमाथि छानबिन थालिएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवान भरतबहादुर बुढालाई हिरातसतमा राखेर छानबिन थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले दुबै जनालाई हिरातसमा राखिएको बताए ।

    लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा प्रहरी खटिएको थियो। सोही क्रममा ग्यालरीमा चोरी गरेको भिडियो सार्वजनिक भएको हो । उक्त भिडियो सार्वजनिक भएपछि उनीहरुलाई हिरातसमा राखिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

    हिजो मात्रै लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो।