Tag: मृत्यु

  • मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

    मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

    हेटौंडा । मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

    सोमबार साँझ ६ बजे परेको चट्याङ लागेर जिल्लाको मनहरी गाउँपालिका– ६ हिलादमारकी स्थानीय ३७ वर्षीया जमुनामाया मुक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

    घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर मुक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • राँगोले हानेर एकको मृत्यु, एकजना घाइते

    राँगोले हानेर एकको मृत्यु, एकजना घाइते

    लमजुङ । लमजुङमा आफैंले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । सुन्दरबजार नगरपालिका– ४ का ४४ वर्षीय खुमबहादुर नेपालीको राँगाले हानेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गोठमा राँगो बाँध्न गएका खुमबहादुरलाई राँगोले हानेपछि गम्भीर घाइते भएका थिए । घाइते नेपालीलाई उपचारका लागि बेसीसहरस्थित जिल्ला अस्पताल ल्याइएको थियो ।

    बेसीसहरमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज रिफर गरिएकोमा बाटोमै गम्भीर अवस्था भएपछि फर्काएर सुन्दरबजार ९, सिउाडीबारको भोटेओडार अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सो रागोले शनिबार साँझ खुमबहादुरकी छोरी २० वर्षीया रविनालाई हानेर घाइते भएकी थिइन् । उनको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । तीन वर्षको सो रागोलाई प्रहरीले गोली हानेर मारेको छ । उक्त राँगोलाई दिमागी असन्तुलन भएको हुनसक्ने बताएको छ ।

  • भोट माग्न हिँडेका जसपा कार्यकर्ताको मृत्यु

    भोट माग्न हिँडेका जसपा कार्यकर्ताको मृत्यु

    सिरहा । स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन भएको छ ।

    सिरहाको नवराजपुर गाउँपालिका(१ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो ।

    चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि निधन भएको प्रहरीले जनाएको छ ।

    मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

  • पाटेबाघको आक्रमणबाट महिलाको मृत्यु

    पाटेबाघको आक्रमणबाट महिलाको मृत्यु

    रूपन्देही । बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– ४ सैनवार गाउँकी ४१ वर्षीया लिलि थारुको पाटेबाघको आक्रमणबाट मंगलबार बेलुका ज्यान गएको मध्यवर्ती क्षेत्रअन्तर्गत बबई उपभोक्ता समितिका अध्यक्ष चक्रप्रसाद खनालले जानकारी दिएका छन् ।

    निकुञ्जसँग सीमा जोडिएको आफ्नो घरनजिक बंगुरलाई चारो दिन लाग्दा बाघले आक्रमण गरेको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

    बाघले आक्रमण गरेलगत्तै महिला चिच्याएपछि स्थानीयले होहल्ला गर्दा बाघले छाडेर गएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतकको आधा खुट्टा, हात खाएको अवस्थामा भेटिएको थियो । सो क्षेत्रमा स्थानीय त्रसित बनेका छन् ।

  • वनमा दाउरा लिन गएका चलाउनेको बाघको आक्रमणबाट मृत्यु

    वनमा दाउरा लिन गएका चलाउनेको बाघको आक्रमणबाट मृत्यु

    रुपन्देही । सामुदायिक बनमा घाँसदाउरा लिन गएका बाँकेको राप्ती सोनार ६ निवासी करिब ६० वर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

    चलाउनेलाई शनिबार बाघले आक्रमण गरेको हो । केही ससयअघि अघि सोही ठाउँका २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी–४ पर्सोना निवासी ५३ वर्षीया लिला बिष्टको बाघको आक्रमणमा मृत्यु भएको थियो ।

    स्थानीयका अनुसार शनिबार फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तरगत पर्ने सिक्टा सिचाइँ आयोजनाको पूर्वी नहरको छेउमा चलाउनेलाई आक्रमण गरेर करिब ५ सय मिटर जंगल भित्र लगेको थियो ।

    गाउँबाट ठूलो संख्यामा गाउँलेहरु पुगेपछि बाघले शवलाई छाडेर भागेको थियो । सामुदायिक वन समूहले उपभोक्ताका लागि शनिबार दाउरा, घाँस खोलेको थियो । दाउरा, घाँस काट्नका लागि सामुदायिक वन क्षेत्रमा करिव २५–३० जनाको संख्यामा शनिबार बिहान जंगलमा गएका थिए ।

    बाघलाई देखेपछि केहीले रुखमा चढेर ज्यान जोगाउन सफल भएका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेले फत्तेपुरमा बाघले मान्छे मारेको पुष्टि गरेको छ ।

  • दुई वर्षमा सात गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्षको मृत्यु

    दुई वर्षमा सात गाउँपालिका अध्यक्ष र दुई उपाध्यक्षको मृत्यु

    काठमाडौं । स्थानीय तहको उपनिर्वाचनपछि नौ जना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मृत्यु भएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तथ्यांकअनुसार २०७६ साल मंसिर १४ गते भएको उपनिर्वाचनपछि अहिलेसम्म सातजना अध्यक्ष र दुईजना उपाध्यक्षको मृत्यु भएको हो ।

    मृत्यु हुने गाउँपालिका अध्यक्षमा नवलपरासी सुस्ता पूर्वको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्मा, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पा, पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष नथुनीकुमार चौरासीया, सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्मा रहेका छन् ।

    यस्तै गुल्मीको गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा, बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव र कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावल रहेका छन् ।

    मुत्यु हुने गाउँपालिका उपाध्यक्षमा भोजपुरको हतुवागढी गाउँपालिकाका उपाध्यक्ष चन्द्रमा राई, सिन्धुपाल्चोकको उन्द्रावती गाउँपालिकाका मिरा अधिकारी रहेका छन् ।

  • माछा मार्दा करेन्ट लागेर दाजु-भाइकै मृत्यु

    रूपन्देही । माछा मार्ने क्रममा करेन्ट लागेर पाल्पामा एकैघरका दाजुभाइको मृत्यु भएको छ ।

    जिल्लाको तिनाउ गाउँपालिका–२ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    प्रहरीका अनुसार बिहीबार बेलुका तिनाउ गाउँपालिका–१, बेलदमारका पदमबहादुर चिदीको घरबाट बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

  • सर्लाहीमा जलेर एक वृद्धाको मृत्यु

    सर्लाहीमा जलेर एक वृद्धाको मृत्यु

    सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा आगोबाट जलेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–११ की ७५ वर्षीय देवकली साहदेवी रहेको छ ।

    अत्यधिक जाडोका कारण गएराति आफ्नै घरमा घुर बालेर ताप्ने क्रममा उनले लगाएको कपडामा आगो सल्किन गई जलेर गम्भीर घाइते भएकी देवकलीको जिल्ला अस्पताल मलङ्गवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

    जाडोबाट बच्न असावधानीकपूर्वक बाल्ने आगोका कारण सर्लाहीमा केही दिनयता आगलागीका घटनामा वृद्धी भएको छ । यसअघि यसैवर्ष आगलागीबाट जलेर तीन जनाको मृत्यु भएको थियो ।

  • सुर्खेतमा कोइला तापेर सुतेका तीन बालकसहित आमाको मृत्यु

    सुर्खेत । वीरेन्द्रनगर–१० बुदबुदीमा राति कोइला बालेर सुतेका चारजना मृत फेला परेका छन् । शुक्रबार राति साढे नौ बजेतिर कोइला बालेर कोठामा सुतिरहेका आमासहित तीन बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले बताएका छन् ।

    घटनाबारे आफूहरुलाई शनिबार राति साढे सात बजेमात्रै थाहा भएको उनले बताए ।

    उनका अनुसार ३५ वर्षीया कल्पा बुढा (बिसी), ९ वर्षीय छोरा निरज बुढा, आठ वर्षीय छोरा चिरञ्जीवी बुढा र पाँच वर्षीय सोमराज बुढाको मृत्यु भएको हो।

    कल्पाका श्रीमान कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा कार्यरत छन् । मृतक सोमराज कृष्णका दाइका छोरा हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • डोटीमा घर भत्किँदा दुईको मृत्यु

    डोटीमा घर भत्किँदा दुईको मृत्यु

    डोटी । डोटीमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ ।

    डोटीको सायल गाउँपालिकामा घर भत्किदा दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयकाका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले जानकारी दिए ।

    प्रहरी घटन स्थलमा पुगिसकेको उनले बताए । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जानकारी दिए ।

    यस अघि आजै पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु भइसकेको छ ।

  • ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु, छोरालाई कलेज बस चढाउन निस्केकी थिइन् आमा

    ट्रकको ठक्करबाट आमा–छोराको मृत्यु, छोरालाई कलेज बस चढाउन निस्केकी थिइन् आमा

    रूपन्देही । छोरालाई कलेजको गाडी चढाउन सडकमा निस्केकी आमा र छोरालाई ट्रकले ठक्कर दिँदा दुवैजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैना नगरपालिकामा ट्रकको ठक्करबाट आमाछोराको मृत्यु भएको हो ।

    सैनामैना नगरपालिका वडा नं ५ बुद्धनगरकी ४२ वर्षीया राधा भट्टराई र उनका छोरा २१ वर्षीय महेश भट्टराईको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलल‍े जानकारी दिएको छ ।

    पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४ ११ नम्बरको ट्रकले बस पर्खेर बसिरहेका आमाछोरालाई ठक्कर दिएको थियो। स्थानीयका अनुसार छोरालाई कलेज पठाउनका लागि छोरालाई गाडीसम्म छोड्न आमा आएकी थिइन् ।

    ठक्करबाट घाइते भएका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    ठक्कर दिने ट्रक र त्यसका चालक राप्ती नगरपालिका चितवनका धनराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

  • बन्दै गरेको घरबाट खसेर एक कामदारको मृत्यु

    रूपन्देही । निर्माणाधीन घरबाट खस्दा बुटवलमा एक मिस्त्रीको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

    प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा दाङको लमही नगरपालिका–९ वनभुटानी स्थायी घर भएका ३० वर्षीय किसन चौधरी रहेका छन् ।

    बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देवबहादुर खत्रीको निर्माणाधीन घरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा आइतबार बाँस भाँचिएर लड्दा गम्भीर चौधरी गम्भीर घाइते बताएका थिए ।

    चौधरीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने गर्दा बाटोमा नै मृत्यु भएको हो । साथै सोही निर्माणाधीन खसेर बाँकेको कोहलपुर नगरपालिका–२ बर्दहवाका २५ वर्षीय गोबिन्द प्रसाद थारु घाइते भएका छन् । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैइरहेको छ ।

  • विश्वकर्मा मेलामा दुई समूहबीच झडप हुँदा एकको मृत्यु

    विश्वकर्मा मेलामा दुई समूहबीच झडप हुँदा एकको मृत्यु

    जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरमा पूजाको विषयलाई लिएर आज दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोनमा गाउँपालिका–२ तरहारी गाउँका ५० वर्षीय रामप्रसाद यादव रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए ।

    सुन्दरपुरका ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा तथा तरहारीका ५० वर्षीय रामप्रसाद यादवबीच सुन्दरपुरको मैनटोलमा विश्वकर्मा मेलामा पूजाको विषयलाई लिएर विवाद भएको थियो ।

    विवादले उग्ररुप लिएपछि दुबै पक्षबीच भएको कुटाकुटमा रामप्रसाद यादव बेहोस भएर बाटोमै ढलेका थिए । त्यसको केही बेरमै उनको मृत्यु भएको स्थानीयवासीले जानकारी दिए ।

    घटनामा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस

  • बिहीबार २ हजार संंक्रमित थपिए, १६ जनाको मृत्यु

    बिहीबार २ हजार संंक्रमित थपिए, १६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ०४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ६५० वटा नमूना (पीसीआर १०,६५८ र एन्टीजेन ३,९९२) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ जनाको मृत्यु भएको छ भने १८ सय ४६ जना संक्रमणमुक्त भएका छन् ।

    गत २४ घण्टामा ११ हजार ७०० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

    हालसम्म मुलुकमा ३३ हजार ९४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ७८६ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ५४४ जना, भेन्टिलेटरमा १६६ जना, होम आइसोलेशनमा ३१,६१९ जना, संस्थागत आइसोलेशनमा २,३२७ र क्वारेन्टाइनमा ३०२ जना रहेको तथ्यांकमा उल्लेख छ ।

  • टेबल पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

    रुपन्देही । कपिलवस्तुमा टेबल पंखा जोड्ने क्रममा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।

    कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको गएराति करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पङ्खा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा मृत्यु भएको हो ।

    घटनाका बिषयमा थप अनुसन्धान भैरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

  • मलेसियामा एक नेपाली युवकको मृत्यु, शव परीक्षणको लागि अस्पतालमा

    काठमाडौं । मलेसियामा गत बुधबार एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् ।

    सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला मृत्यु भएको त्यहाँबाट दिनेश खड्काले जानकारी दिए। कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीमा कार्यरत रहेका विष्ट केलाङ लामा रोडमा ड्युटीमा खटिएका थिए । बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासि ढलेका र ढलेको एकछिनमै उनको मृत्यु भएको खड्काको भनाइ छ ।

    विष्टको के कारण मृत्यु भयो भन्ने खुल्न सकेको छैन । उनको शव परीक्षणका लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । विष्टको कोरोना परीक्षणपश्चात शव परीक्षण गरिने जनाइएको छ । रोजगारीका लागि उनी तीन वर्ष अगाडि प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया गएका थिए ।

  • स्याललाई ताकेर बाबुले गोली हान्दा छोराको मृत्यु !

    रूपन्देही । स्याललाई हानेको गोली आफ्नै छोरालाई लाग्दा पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा एक जनाको मृत्यु भएको छ । बाबुले चलाएको गोली लागेर रिब्दीकोटको तल्लोताल गाउँका धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

    स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको टाउकोमा गोली लागेको थियो । छोरा लम्तरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नयाव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिएका छन् ।

    प्रहरीका अनुसार कर्णबहादुरले आफ्नै घरदेखि सय मिटर नजिकै मकैबारीमा आएको स्याललाई हानेको गोली छोरा धनबहादुरलाई लागेको प्रहरी समक्ष बयान दिएका हुन् । घटनास्थलबाट एक नाले भरुवा बन्दुक बरामद गरेको र कर्णबहादुरलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

  • एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

    एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

    काठमाडौं । रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ । स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए ।

    माडी गाउँपालिकाका-२ मा आज बिहान ३:५० बजेतिर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए । भैरहवाबाट कोर्चाबाङ शव पुर्‍याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी-२ खोलबाङमा दुर्घटना भएको हो ।

    दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७०० मिटर तल खसेको थियो ।

    रासस

  • पहिरोमा पुरिएर एक जनाको मृत्यु

    पहिरोमा पुरिएर एक जनाको मृत्यु

    रूपन्देही । पहिराेमा पुरिएर अर्घाखाँचीको पाणिनि गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

    पाणिनि गाउँपालिका-५ मैदानमा खसेको पहिरोमा परि धातिवाङ्ग घर भएका ४५ वर्षका मानबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

    स्थानीय मेघराज घिमिरेको घरमा प्लास्टर गर्ने क्रममा शुक्रबार बेलुका घरमाथिबाट आएको पहिरोमा उनी पुरिएका थिए ।

  • अमेरिकामा नेपाली युवकको मृत्यु

    अमेरिकामा नेपाली युवकको मृत्यु

    काठमाडौं । रोजगारीका लागि अमेरिका पुगेका यहाँका एक युवाको मृत्यु भएको छ । फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपीन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।

    विगत पाँच वर्षअघि मात्र अमेरिका पुगेका लम्साल न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्गलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिए ।

    उनका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ । हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङछिरिङ शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दीपेन्द्रले शव नेपाल ल्याउनका लागि प्रक्रिया पूरा भइसकेको बताए ।

  • ट्याङकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार १ युवतीको मृत्यु

    ट्याङकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार १ युवतीको मृत्यु

    चितवन । तेलको ट्याङकरले ठक्कर दिँदा पूर्वी चितवनमा एक युवतीको ज्यान गएको छ । खैरहनी १० कि २३ वर्षीया सृजना चौधरीको उपचारका क्रममा ज्यान गएको हो ।

    पूर्वपश्चिम राजमार्गको खैरहनी-८ पर्सा चोकमा साँझ ५:५५ बजे ट्याङकरले मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । ना ८ ख ३०२४ को तेल ट्याङ्करले ना ४४ प ५१२२ को मोटरसाइकलाई ठक्कर दिएको थियो ।

    मोटरसाइकलको पछाडी सवार सृजना गम्भीर घाइते बनेकी थिइन् । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ६ः४५ बजे उनको ज्यान गएको हो । मोटरसाइल चालक रत्ननगर-३ का सुवास चौधरी सामान्य घाईते छन् । सवारी साधन र चालक नियन्त्रणमा रहेको चितवन प्रहरीले जनाएको छ।

  • जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

    जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

    रुपन्देही । गुल्मीमा जिपको ठक्करबाट तानसेन नगरपालिका-१४ अर्गलीका ३० वर्षीय सुदन पाण्डेको मृत्यु भएको छ । जिल्लाको धुर्कोटबाट तम्घास आउँदै गरेको भे १ च १९४३ नम्बरको जिपले रेसुङ्गा नगरपालिका-४ अर्खलेमा लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार पाण्डेको मृत्यु भएको हो ।

    उनी मोटरसाइकल चालक हुन् । मृतक पाण्डे तम्घासमा व्यापार व्यवसाय गर्दै आएका थिए । जिपको ठक्करबाट घाइते भएका उनको उपचारका लागि गुल्मी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

    मोटरसाइकललाई ठक्कर दिएपछि जिप पल्टिएको थियो । दुर्घटनामा परी जिपमा सवार चारजना घाइते भएका छन् । घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

  • वडाध्यक्ष सुनारीको मृत्यु

    वडाध्यक्ष सुनारीको मृत्यु

    रुपन्देही । पाल्पाको निस्दी गाउँपालिका-४ का वडाध्यक्ष न्योबहादुर सुनारीको सोमबार राति मृत्यु भएको छ ।

    नेकपा एमाले गाउँपालिका संयोजक हेमबादुर खाम्चाले ५२ वर्षीय सुनारीको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा राति १२ मृत्यु भएको जानकारी दिएका छन् ।

    कलेजोमा समस्या आएपछि सुनारीले केही महिनादेखि औषधि सेवन गर्दै आएका थिए ।

    उनी नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । सुनारीका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

  • कोरोना अस्पतालमा आगलागी हुँदा इराकमा ५० जनाको मृत्यु

    कोरोना अस्पतालमा आगलागी हुँदा इराकमा ५० जनाको मृत्यु

    बगदाद । इराकको एक कोभिड-१९ अस्पतालमा आगलागी हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । दक्षिण इराकको नसिरियास्थित अल हुसेन अस्पतालमा भएको आगलागीलाई अहिले भने नियन्त्रणमा लिइएको छ ।

    आगलागीको कारण स्पष्ट नभए पनि अक्सिजन ट्याङ्की पड्किएर भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। इराकी प्रधानमन्त्री मुसतफा अल खादेमिले अस्पतालको प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन्।

    मृतक बिरामीका आफन्तले लापर्वाहीले घटना भएको बताउँदै अस्पताल भवन बाहिर प्रदर्शन गरेका थिए । प्रहरीसँग झडप भएको र दुई वटा प्रहरीको सवारीमा आगो लगाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।

    आगलागी भएको उक्त अस्पताल पछि निर्माण भएको थियो । अस्पतालको नयाँ वार्डमा ७० शय्या भएको र त्यो तीन महिनाअघि मात्रै निर्माण गरिएको त्यहाँका चिकित्साहरूले जनाएका छन् । आगलागी हुँदा अस्पताल भवनभित्र कम्तीमा ६३ मानिसहरू थिए।

    ‘कोरोनाभाइरस वार्डभित्र निकै ठूलो विस्फोटको आवाज सुनेँ र त्यसलगतै आगलागी भयो’ अस्पतालको एक सुरक्षा गार्डले जानकारी दिए । अस्पतालमा खोजीकार्य जारी रहेको बताइएको छ।

  • सेल्फी खिच्दा चट्याङ लागेर भारतमा ११ जनाको मृत्यु

    सेल्फी खिच्दा चट्याङ लागेर भारतमा ११ जनाको मृत्यु

    दिल्ली । भारतको जयपुर सहरमा आइतबार चट्याङले लागेर ११ जनाको मृत्यु भएको छ । पर्यटकीय स्थल आमेर किल्लामा सेल्फि खिचिरहेको बेला उक्त घटना भएको बीबीसीले जनाएको छ । आसपासका स्थानमा २७ जना रहेको र बाँकी भुइँमा हाम फलेको जनाएको छ । भारतमा सन् २००४ यता चट्याङले गर्दा २००० भन्दा बढीको मृत्यु भइसकेको छ ।

    साथै राजस्थानका विभिन्न स्थानमा चट्याङले लागेर ९ जनाको मृत्यु भएको स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन् । राजस्थानको मुख्यमन्त्री अशोक गहलौतले मृत्यु हुनेको परिवारलाई ५ लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

    भारतको उत्तर प्रदेश राज्यमा पनि चट्याङ लागेर २८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। तीमध्ये १३ जनाको मृत्यु प्रयागराज भनिने स्थानमा भएको बताइएको छ।

    भारतको मौसमविदका अनुसार सन् १९६० यता चट्याङले मृत्यु हुनेको संख्या दोब्बर रहेको जनाइएको छ । भारतमा मनसुन सामान्यतया जून महिनादेखि कायम नै रहेको छ । घटनाहरु रुखहरु कम भएको क्षेत्रमा रहेको अधिकारीहरुले जनाएका छन् ।

  • सर्पको टोकाइबाट बालिकाको मृत्यु

    सर्पको टोकाइबाट बालिकाको मृत्यु

    नवलपरासी । गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो ।

    राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको ज्यान गएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

    परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पुर्‍याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताए ।

    भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए । रासस

  • लेनदेनको झगडामा घाइते पुरुषको उपचारका क्रममा मृत्यु

    लेनदेनको झगडामा घाइते पुरुषको उपचारका क्रममा मृत्यु

    रूपन्देही । लेनदेनका विषयमा भएको झगडामा घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । प्युठानको नौवहिनी गाउँपालिका वडा नं १ स्याउलीवाङ्ग स्थायी घर भई हाल प्युठान नगरपालिका वडा नं ७ कुरुवा बस्ने ४६ वर्षीय बागविर बुढामगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    बिहीबार साँझ नौवहिनी गाउँपालिका वडा नं १ स्याउलीवाङ्ग स्थायी घई भई हाल प्युठान नगरपालिका वडा नं ७ कुरुवा बस्ने ३२ वर्षीय शरद थापा र बागविरबीच पैसाको लेनदेनको विषयलाई लिएर विवाद भएको थियो ।

    विवादका क्रममा सरदले कुटपिट गरी बागविरलाई घाइते बनाएका थिए । घाइते बागविरलाई शुक्रबार राति उपचारका लागि प्युठान अस्पताल विजुवारमा ल्याइएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल मल्लले नेपाल प्रेसलाई जानकारी दिए ।

    प्रहरी प्रमुख मल्लले बागविरको मृत्युपश्चात कुटपिट गर्ने शरदलाई तत्कालै पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको बताएका छन् ।

  • छोराले विदेशमा राम्रो काम नपाएको भन्दै एजेन्टमाथि आक्रमण, एजेन्टका हजुरबाको मृत्यु

    छोराले विदेशमा राम्रो काम नपाएको भन्दै एजेन्टमाथि आक्रमण, एजेन्टका हजुरबाको मृत्यु

    जनकपुरधाम । विदेश गएका छोराले राम्रो काम नपाएको भन्दै घर घेर्न गएका परिवार र विदेश पठाउने एजेन्टका परिवारबीच झडप भएको छ । सप्तरीको खडक नगरपालिका– ९ मा भएकाे झडपमा एजेन्ट मो. सनाउलका मावलीपट्टिका हजुरबा मो. दाउन मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतक दाउन खडक नगरपालिकाकै हुन् । एजेन्ट मामाघर गएका बेला विदेश गएका छोराका बुवा मो. इजरायल घर घेर्न गएका थिए ।

    इजरायलले विदेशमा छोराले राम्रो काम नपाएको भन्दै आक्रोश पाखेपछि झडप भएको थियो । झडपका क्रममा घाइते भएका दाउनको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।

    यता, रौतहटको चन्द्रपुर नगरपालिका ८ बस्तीपुरमा पनि बिहीबार राति भएको झडपमा १० जना बढी घाइते भएका छन् भने सात वटा मोटरसाइकलमा आगजनी भएको छ । झडपका क्रममा दुईवटा घरमा तोडफोड भएको छ ।

    बस्तीपुरका श्रीराम चौधरीको घरमा बाहिरबाट आएका मानिसहरुले मदिरा खाएर होहल्ला गरेपछि स्थानीय प्रतिकारका उत्रिएका थिए । प्रतिकारपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • खोलामा डुबेर माडीमा एक युवाको मृत्यु

    खोलामा डुबेर माडीमा एक युवाको मृत्यु

    चितवन । चितवनको माडीमा खोलामा डुबेर १ युवाको मृत्यु भएको छ । हुम्ला खार्पुनाथका २१ वर्षीय हिक्मत शाहीको मृत्य भएको हो ।

    माडी-६ रिउ खोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा मृत्यु भएको हो । दिवाकर प्राविधिक शिक्षालयमा अध्ययनरत उनी पाँचजना साथीसँग पौडी खेल्न दिउँसो साढे १२ बजे गएका थिए ।

    डुबेर बेपत्ता भएका उनी माडी-३ रिउ खोलामा दिउँसो १ बजे मृत भेटिएका हुन् ।

  • मृत फेला परिन् हराएकी सुजिता भण्डारी

    मृत फेला परिन् हराएकी सुजिता भण्डारी

    चितवन। अपहरणमा परेकाे भनिएकी चितवन, राप्ती-३ की २२ वर्षीया सुजिता भण्डारी मृत भेटिएकी छन् । घरबाट करिब ४ किमी पर ब्रम्हस्थानी सामुदायिक वनमा उनको शव भेटिएको हो ।

    असार ११ गते बिहान तरकारी किन्न निस्किएकी उनले दिउँसो सवा १२ बजे दिदी कवितालाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताउँदै आएको थियो । परिवारले अपहरण भएको भन्दै केहिदिन पहिले प्रहरीमा उजुरी पनि गरेका थिए । ३ जनाले अपहरण गरेको आशंका परिवारले गरेको थियो ।

    आइतबार दिउँसो भेटिए पनि परिवारले साँझमात्रै शव सुजाताकै भएको भनेर सनाखत गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले सोमबार बिहानमात्रै शव उठाइने बताए ।

    फरेन्सिक चिकित्सकसहितको विज्ञ टोलीबाट थप अनुसन्धान गरेर मात्रै शव उठाइने छ । शव भेटिएको स्थल शील गरेर राखिएको छ । उनको खोजविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको थियो । सोही टोलीले घटनाको अनुसन्धान गर्नेछ । घटनाबारे प्रहरीले अन्य कुनै सुराकी फेला पारेको सार्वजनिक गरेको छैन । ।

  • पहिरोले घर पुरिँदा एकै परिवारका दुईको मृत्यु

    पहिरोले घर पुरिँदा एकै परिवारका दुईको मृत्यु

    गोरखा । पहिरोले घर पुरिँदा गोरखामा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका-७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले ८० वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उनकी श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पहिराले पाण्डेको भूकम्पपछि पुनर्निर्माण गरिएको टिनले छाएको एकतले कच्ची घर पूर्णरुपमा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

    घटनालगत्तै स्थानीयवासीले उद्धारको प्रयास गरेको भए पनि करीब ४ घण्टापछि दुवैको शव पहिराबाट निकालिएको उनले बताए । इलाका प्रहरी कार्यालय जौबारीबाट गएको प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा शव निकालेको हो । सो घरमा पाण्डे दम्पती मात्रै बस्दै आएका थिए ।

    युवकको उद्धार

    उत्तरी गोरखाको आरुघाट गाउँपालिका-३, सोतीस्थित फुङगी खोलाले बगाएका एक पुरुषको आज उद्धार गरिएको छ । खोलाले बगाएका आरुघाट गाउँपालिका-१ श्यामचेतका २६ वर्षीय किरण लामालाई स्थानीयवासीले उद्धार गरेको प्रहरीले जनाएको छ ।

    बिहान करीब ९ः३० बजे खोला तर्ने क्रममा एक्कासि खुट्टा चिप्लिएपछि खोलाले बगाएका लामालाई २० मिटरसम्म बगाएर बगरमा पुर्‍याएको थियो । घटनालगत्तै स्थानीयवासीले देखेपछि लामाको उद्धार गरिएको उनको भनाइ छ ।

    अचेत अवस्थामा उद्धार गरिएका लामाको अहिले आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र आरुघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रनाउ दाहालले जानकारी दिए ।

  • छोराले खुकुरी प्रहार गर्दा बुबाको मृत्यु

    खोटाङ । धारिलो हतियार (खुकुरी) प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । छोरा ३७ वर्षीय सुवर्णले आज ७५ वर्षीय बुबा चन्द्रबहादुर राईको गर्धन लगायत शरीरका विभिन्न ठाउँमा खुकुरी प्रहार गर्दा चन्द्रबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

    आफूले प्रहार गरेको खुकुरीले बुबाको मृत्यु भएपछि फरार बनेका सुवर्णलाई सोल्माकै अल्छेढुङ्गाबाट नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले जानकारी दिए । घटनाको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    डाँका र हातहरियार मुद्दामा कैद सजाय भुक्तान गरेर घरैमा बसेका सुवर्णले दुई वर्षपछि बुबामाथि धारिलो हतियार खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । विसं २०७१ असार १७ गते राति आँखामा टर्चको प्रकाशले हानेर अलमल्याउँदै साकेला गाउँपालिका-२ रतन्छा पिनालाखाका हरिजङ राईको सुन र नगद लुटपाटमा सुवर्णसहित चार जना संलग्न रहेको पुष्टिपछि उनी पक्राउ परेका थिए ।

    मृतक चन्द्रबहादुर पनि स्थानीय बमबहादुर राईको हत्या गरेर कैद भुक्तानपछि घरैमा बस्दै आएका थिए । विसं २०४५ भदौमा लाग्ने हरेलो मेलामा चन्द्रबहादुरसहित सात जनाले बमबहादुरको हत्या गरेको ठहरसहित अदालतको आदेशमा चन्द्रबहादुरसहित सात जनाले २० वर्ष कैद सजाय भुक्तान गरेका थिए ।

    आफ्नै छोराको खुकुरी प्रहारबाट ज्यान गुमाएका मृतक चन्द्रबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको प्रहरीले जनाएको छ । बुबाको हत्या गर्ने सुवर्ण चन्द्रबहादुरका एक्ला छोरा भएको स्थानीय बासिन्दाले बताएका छन् ।

    रासस

  • सिरहामा १२ दिनमै ४ बालबालिकाको मृत्यु, कोरोनाको तेस्रो भेरियन्टको आशंका

    सिरहामा १२ दिनमै ४ बालबालिकाको मृत्यु, कोरोनाको तेस्रो भेरियन्टको आशंका

    जनकपुरधाम । सिरहामा भटाभट बालबालिकाको मृत्यु हुन थालेपछि कोरोनाको तेस्रो भेरियन्ट आइसकेको आशंका गरिएको छ ।

    १२ दिनमै सिरहामा १६ वर्ष मुनिका चार बच्चाको मृत्यु भएको सिरहा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. नागेन्द्र यादवले जानकारी दिए । उनका अनुसार स्वास्थ्य जटिल बनेपछि अस्पताल ल्याउने क्रममै चारै बच्चाको मृत्यु भयो । उनीहरूमा रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो ।

    ती बच्चाहरूको मृत्यु के कारणले भयो भन्ने पुष्टि हुन सकेका छैन । उनी भन्छन्, ‘कोरोनाको तेस्रो भेरियन्टकै कारण उनीहरूको मृत्यु भएको आशंका छ । मृतक बच्चाको पीसीआर परीक्षण गराउँदा कारण खुल्न सक्थ्यो । तर अभिभावकले आग्रह मानेनन् ।’

    मृतक बालबालिकाहरू कुन ठाउँका थिए भन्ने रेकर्ड अस्पतालसँग छैन । ‘अस्पताल ल्याउने क्रममै ती बालबालिकाको बाटोमै मृत्यु भयो । भर्ना हुनै पाएनन् । त्यसैले हामीसँग रेकर्ड छैन’, डा. यादवले भने ।

    तर मृत्युको कारण पत्ता लगाउन कसैले चासो देखाएका छैन । बच्चाहरूको मृत्युको कारण पत्ता लगाउने दायित्व कसको भन्ने जिज्ञासामा डा. यादवले भने, ‘स्थानीय तहका स्वास्थ्य शाखाको काम हो । आफ्नो गाउँ/नगरमा के समस्या छ भन्ने कुराको रिपोर्टिङ गर्नुपर्ने हुन्छ । तर त्यो भइरहेको छैन ।’

    बिरामी परेलगत्तै नजिकको अस्पताल पुग्न, चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन नगर्न उनको सुझाव छ ।

    धनुषामा भने बालबालिकाको मृत्यु भएको कुरा बाहिर आएको छैन । प्रादेशिक अस्पताल जनकपुरधामका मेसु डा. प्रमोद यादवले पछिल्लो समय कोरोनाको लक्षण देखिएका कुनै बालबालिकाको मृत्यु नभएको बताए ।

    कोरोनाको तेस्रो भेयिरन्ट आउन एक/डेढ महिना समय लाग्ने उनको भनाइ छ ।

  • पहिरोले रोल्पामा एकै परिवारका तीनजनाको मृत्यु

    पहिरोले रोल्पामा एकै परिवारका तीनजनाको मृत्यु

    रूपन्देही । पहिरोले घर पुरिँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

    मंगलबार राति आएको पहिरोमा परेर रोल्पा नगरपालिका-९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला र १५ वर्षीया छोरी श्यामकलाको मृत्यु भएको हो ।

    घरमा सुतिरहेका टिकासिङसहित अन्य ३ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । बिहानैदेखि टेलिफोन नेटवर्कको समस्याले सञ्चार सम्पर्क हुन नसक्दा थप विवरण आउन बाँकी छ । प्रहरी नायब उपरीक्षक नरेश सुवेदी नेतृत्वको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।

  • बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

    बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

    काठमाडौँ । बालाजुमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१६ स्थित बालाजु सडकमा ना ४ ख ४२२९ नम्बरको बस र बा ७८ प ८३८४ नम्बरको मोटरसाइकल सोमबार राति ठोकिँदा मोटरसाइकलमा सवार गोरखा भीमसेन गाउँपालिका-७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने २४ वर्षीय लक्ष्मी परियारको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते परियारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३४ वर्षीय सिताराम परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    -रासस