Tag: मृत फेला

  • गाँजा तस्कर पक्राउका प्रत्यक्षदर्शी यादव मृत फेला

    गाँजा तस्कर पक्राउका प्रत्यक्षदर्शी यादव मृत फेला

    जनकपुरधाम । महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित इँटा भट्टानजिकै एक पुरूषको शव फेला परेको छ ।

    मंगलबार जलेश्वर नगरपालिका– ७ का अन्दाजी ४२ वर्षीय रामसृष्ठ यादवको शव फेला परेको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार यादवको मृत्युको कारण खुलेको छैन ।

    मृतक यादव शुक्रबारदेखि बेपत्ता थिए । जलेश्वर नगरपालिका– ७ का वडाध्यक्ष रामछविला यादवका अनुसार सशस्त्र प्रहरीले १०१ किलो गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको घटनाको प्रत्यक्षदर्शी थिए मृतक यादव ।

    घटना भएकै बेलादेखि बेपत्ता यादवको शव फेला परेपछि आफूहरु सशंकित भएको वडाध्यक्ष यादवले बताए । उनले यादवको मृत्युबारे सुक्ष्म छानबिन हुनुपर्ने माग समेत गरेका छन् ।

    प्रहरीले शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाएको छ ।

  • इजलासमा मृत भेटिएकी कर्मचारीको हत्यामा संलग्न अदालतका सुरक्षा गार्ड पक्राउ

    इजलासमा मृत भेटिएकी कर्मचारीको हत्यामा संलग्न अदालतका सुरक्षा गार्ड पक्राउ

    ईलाम । उच्च अदालत बिराटनगर, ईलाम ईजलासको परिसरभित्र मृत फेला परेकी महिलाको हत्या भएको पुष्टी भएको छ । सोलुखुम्बुको सल्यान गाउँपालिका घर भई ईलाम नगरपालिका–७ मा बसोबास गरी सोही कार्यालयमा कार्यरत ४८ वर्षका बिमलादेवी निरौला पराजुली सोमवार बिहान ७ बजेको समयमा कार्यालय परिसरमा मृत फेला परेकी थिईन् ।

    एक जना महिला मृत अवस्थामा रहेको भन्ने सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठसहितको प्रहरी टोलीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको थियो । थप अनुसन्धानका लागी संघीय प्रहरी ईकाई धरानबाट तालिम प्राप्त कुकुरसहितको बिशेषज्ञ टोलीले अनुसन्धान गर्ने क्रममा ३५ वर्षका कार्यालयमा कार्यरत सुरक्षा गार्ड युवराज बानियाको संग्लग्नता रहेको देखिएसंगै बानियालाई पक्राउ गरीएको हो ।

    पक्राउ परेका बानियाले उक्त घटनामा आफ्नो संग्लग्नता रहेको स्विकार गरेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

  • गुल्मी कारागारका कर्मचारी कार्यकक्षमा मृत फेला

    गुल्मी कारागारका कर्मचारी कार्यकक्षमा मृत फेला

    गुल्मी । कारागार कार्यालय गुल्मीका एक कर्मचारी कार्यालयभित्र मृत भेटिएका छन् ।

    कारागारका कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे बिहान मंगलबार घाँटीमा डोरी बाँधेर झुण्डिएको अवस्थामा भेटिएका हुन् । जिल्लाको रेसुङगा नगरपालिका-१० सिमीचौरका घर भएका पाण्डेको मृत्युको कारण खुल्न नसकेकाे प्रहरीले जनाएको छ ।

    पाण्डेको मृत्यु के कसरी भएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

  • ललितपुरमा श्रीमान्-श्रीमति मृत भेटिए

    ललितपुर । ललितपुरकाे महालक्ष्मी नगरपालिका -७ चागाथली डेरा गरी बस्ने श्रीमान्- श्रीमति मृत फेला परेका छन् ।

    सप्तरी राजविराज घरभएका ३२ वर्षीय सागर पोख्रेल र उनकै श्रीमति २२ वर्षीया निर्मला पोख्रेल आफ्नै कोठामा
    सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

    प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।