Tag: महिला पक्राउ

  • तीन केजी अफिमसहित महिला पक्राउ

    तीन केजी अफिमसहित महिला पक्राउ

    वीरगञ्ज । प्रतिबन्धित लागू औषध अफिमसहित सशस्त्र प्रहरीले आज  एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ की ४० वर्षीया रीनादेवी राम (दलित) रहेको सशस्त्र प्रहरी बल १३ नं गणले जनाएको छ ।

    वीरगञ्ज महानगरपालिका–५ भेडियाहीबाट अवैध रुपमा लुकीछिपी भारततर्फ लैजाँदै गरेको अवस्थामा ती महिलालाई तीन किलोग्राम अफिमसहित पक्राउ गरिएको गणका गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।

    पक्राउ परेकी महिलालाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको उनको भनाइ छ ।

  • साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ 

    साढे दुई करोड ठगी गरेको आरोपमा एक महिला पक्राउ 

    काठमाण्डौं । ठगी तथा आपराधिक बिश्वासघात गरेको आरोपमा प्रहरीले काठमाण्डाैंबबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौं महानगरपालिका–१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठ रहेकी छन् ।

    महानगरीय प्रहरी परिसर काठमाण्डौंबाट खटिएको प्रहरीले काठमाण्डौं महानगरपालिका–१६ बालाजुबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएकाे छ।

    पीडितको नवलपरासी जिल्लास्थित जग्गा/जमिन खण्डीकरण र बिक्री गरी सो बापत दिनु पर्ने २ करोड ५६ लाख रुपैयाँ नदिई उनी फरार रहेकी प्रहरीले जनाएकाे छ ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।

  • ब्राउन सुगरसहित २ महिला पक्राउ

    ब्राउन सुगरसहित २ महिला पक्राउ

    झापा । झापाको गौरिगंज गाउँपालिका- ४ स्थित कदमगाछीबाट लागूऔषध ब्राउन सुगरसहित २ जना महिला पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दमक नगरपालिका- १ की ३४ वर्षीया मञ्‍जु धिमाल र २५ वर्षीया बिमला धिमाल रहेका छन् ।

    शनिबार ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो ।

    उनीहरु माथि ईलाका प्रहरी कार्यालय गौरीगंजमा थप अनुसन्धान भईरहेको छ ।