Tag: मतदाता नामावली

  • मतदाता नामावलीमा दाबी–विरोध आजदेखि

    मतदाता नामावलीमा दाबी–विरोध आजदेखि

    काठमाडौं । निर्वाचन आयोग आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा होमिएको छ । जसअन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी–विरोध सुरु भएको छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार २६ फागुनसम्म मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिन पाइनेछ ।

    यो अवधिमा मृत्यु भएका वा नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिइने उनले जनाए ।

    ७७ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दाबी–विरोधका लागि निवेदन दिन सकिने र सोही आधारमा आयोगले छानबिन गरेर मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

  • कांग्रेसले मनलाग्दी मतदाता नामावली भराएपछि रुपन्देहीमा तनाव, एमाले कार्यकर्ताले लगाए कार्यालयमा ताला

    कांग्रेसले मनलाग्दी मतदाता नामावली भराएपछि रुपन्देहीमा तनाव, एमाले कार्यकर्ताले लगाए कार्यालयमा ताला

    रूपन्देही । रुपन्देहीको बुटवलमा मध्यरातसम्म मतदाता नामावली संकलन गर्न प्रयोग भएका कागजात तथा ल्यापटप लगायतका सामग्री आइतबार सर्वपक्षीय सहमतिमा खोल्नेगरी कोठामा बन्द गरिएको छ । शुक्रबार राति साढे १० बजे नामावली संकलन गर्ने काम भइरहेको थाहा पाएपछि ११ बजे नेकपा एमालेका नेता कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका थिए ।

    गृह प्रशासनको आडमा मधयरातसम्म कार्यालय खोलेर काँग्रेस निकटका नेताहरुले आफ्ना कार्यकताहरुलाई मतदाता नामावली भराउने काम गरेको एमालेको आरोप छ । अन्य समय बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने मतदाता संकलन केन्द्र शुक्रबार भने रहस्यमय ढङ्गले सुरक्षा घेराकै बीच रातिसम्म खुलेको थियो ।

    प्रहरी प्रशासनको निगरानीमा नियमविपरीत मध्यरातमा काम गराउनु निन्दनीय र सत्ताको चरम दुरुपयोग भएको एमाले युवा नेता यम पाण्डेले बताए । तालाबन्दीसँगै मतदाता नामावली भर्नका आएका १५० बढी सर्वसधारणलाई घर फर्काइएको थियो ।

    एमाले नेता कार्यकर्ताले सत्यतथ्य छानबिनको माग गर्दै कार्यालय घेराउ गरेका थिए । घटनालगत्तै सहभागी भएका एमाले कार्यकर्ता र सुरक्षाकर्मीबीच केही समय भनाभन चलेको थियो । नियन्त्रणमा लिइएको कागजातलगायतका सामग्री कार्यलयमा कार्यरत कर्मचारी विपना अर्याल र सुरक्षाकर्मीहरुको रोहबरमा आइतबार आवश्यक छलफलपछि मात्रै खोल्नेगरी एक कोठामा बन्द गरिएको छ ।

  • स्थानीय तहबाटै मतदाता नामावली संकलन हुने, जुनसुकै स्थानबाट फोटो खिचेर नाम समावेश गर्न सकिने

    स्थानीय तहबाटै मतदाता नामावली संकलन हुने, जुनसुकै स्थानबाट फोटो खिचेर नाम समावेश गर्न सकिने

    काठमाडौ । अब देशभरका सबै स्थानीय तहका केन्द्रबाटै मतदाता मतदाता नामावली संकलन हुने भएको छ । जुनसुकै स्थानमा बसेकाले पनि नामावलीमा आफ्नो नाम समावेश गर्न सक्ने भएका छन् ।

    यसअघि आयोगले ७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली संकलन गर्दै आएको थियो ।

    निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गरेर मंसिर १५ देखि सबै सबै स्थानीय तहका केन्द्रबाट मतदाता नामावली संकलनसम्बन्धी विशेष कार्यक्रम अभियानको रूपमा सुरू गर्ने बताएको छ ।

    अब आफ्नो स्थायी जिल्लाबाहिर रहेकाले पनि आफू रहेकै स्थानबाट नाम दर्ता गर्न पाउने भएका छन्। ‘विभिन्न रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्ला बाहिर रहेका नागरिकहरूलाई समेत सहज रूपमा मतदाता दर्ता प्रकृयामा सहभागी गराउन मिति २०७८/८/१७ गतेदेखि निरन्तर रूपमा सबै निर्वाचन कार्यालयबाट अन्य जिल्लामा स्थायी ठेगाना रहेका नागरिकहरूको समेत मतदाता नामावली संकलन कार्य शुरू हुने’ आयोगले बताएको छ।

    हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा नामावली संकलन १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेश तथा काठमाण्डौ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।

    मतदाता नामावली संकलनका लागि देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुने पनि आयोगले बताएको छ। । यो कार्यक्रमबाट देशभर करिव १० लाख मतदाता थप हुने अनुमान अयोगको छ ।

  • मतदाता नामावली संकलनको समन्वयका लागि प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकिए

    मतदाता नामावली संकलनको समन्वयका लागि प्रदेश र स्थानीय तहमा सम्पर्क व्यक्ति तोकिए

    काठमाडौं । निर्वाचन आयोगले आयोगबाट तोकिएका काममा आवश्यक सहयोग र समन्वय गर्नका लागि सबै प्रदेश र स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोकेको छ ।

    आयोगले स्थानीय स्तरमा मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने, निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने र निर्वाचनसँग सम्बन्धित विभिन्न सूचना तथा सन्देशको सम्प्रेषण गर्ने लगायतका कार्य सञ्चालन गर्न सात वटै प्रदेश र सात सय ५३ वटै स्थानीय तहमा सम्पर्क व्यक्ति तोकिएको आयोगले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो ।

    सबै प्रदेशमा निर्वाचन सम्बन्धी बिषयमा आवश्यक समन्व्य गर्न सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सह–सचिव वा सो सरहका एक जना कर्मचारीलाई निर्वाचन सम्पर्क व्यक्ति तोकेर आयोगमा जानकारी गराउनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आग्रह गरेको आयोगका प्रवक्ता समेत रहेको सह–सचिव राजकुमार श्रेष्ठले विज्ञप्तीमार्फत जानकारी गराएका हुन् ।

    आयोगका अनुसार स्थानीय तहमा शिक्षा वा सामाजिक बिषयसँग सम्बन्धित शाखाको प्रमुखलाई निर्वाचन सम्पर्क व्यक्ति तोकेर आयोगमा जानकारी गराउनका लागि संघीय मामिला तथा सामान्य प्रशासनज मन्त्रालयलाई आग्रह गरेको छ । आयोगले प्रदेश र स्थानीय तहमा रहने सम्पर्क व्यक्तिको कार्यविवरण समेत स्विकृत गरेको प्रवक्ता श्रेष्ठले बताए ।

  • कांग्रेसलाइ चुनाव लाग्यो, मतदाता नामावली अद्यावधिक गराउन परिपत्र

    काठमाडौं । पार्टीभित्र निर्वाचनको तयारी गर्ने वा आन्दोलनलाई निरन्तरता दिने भन्नेमा साझा धारणा नबन्दै नेपाली कांग्रेसले निर्वाचनको तयारी सुरु गरेको छ ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले निर्वाचन तयारी स्वरुप मतदाता नामावली अध्यावधिक गर्न जिल्ला कार्यसमितिहरुलाई परिपत्र गरेको छ ।

    कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले माघ ५ गते जिल्ला कार्यसमितिहरुलाई परिपत्र पठाउँदै निर्वाचन आयोगले तोकेबमोजिम मतदाता नामावली अध्यावधिक कार्यक्रममा सक्रियताका साथ भाग लिन निर्देश गरेका हुन् ।

    ‘मतदाता नामावली अध्यावधिक कार्यक्रमका सम्बन्धमा आम नागरिकहरुलाई सुसूचित गर्नका लागि जिल्ला कार्यसमिति मातहतका पार्टीका सबै निकायहरुलाई यथाशक्य छिटो सूचना प्रवाह गर्नु गराउनु हुन निर्देशानुसार जानकारी गराइन्छ’ कांग्रेसको परिपत्रमा उल्लेख छ ।

    निर्वाचन आयोगले यही माघ १५ गतेदेखि माघ २१ गतेसम्म देशभरका स्थानीय तहका ७ सय ५३ वटै केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट संसद विघटन सदर भए निर्वाचनमा होमिने बताइसकेका छन् । निर्वाचन हुने अवस्था बनेमा पार्टीका कार्यकर्ता एवं शुभचिन्तकहरु मतदाता नामावलीमा समेटिन नछुटुन् भन्ने उद्देश्यले परिपत्र गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।