Tag: भारतीय

  • हतकडीसहित भागेका भारतीय ७ महिनापछि पक्राउ

    हतकडीसहित भागेका भारतीय ७ महिनापछि पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट सात महिनाअघि हतकडीसहित फरार रहेका एक भारतीय पुन: पक्राउ परेका छन ।

    भारत बिहार समस्तीपुर पटौरी थाना घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले कालिमाटी परोपकारबाट पक्राउ गरेको हो । २०७७ असोज २ गते अनुसन्धानको सिलसिलामा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट भागेका थिए ।

    काठमाडौं कालीमाटी सुकुम्बासी टोल बस्ने युवकलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको विशेष टोलीले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

  • नेपाल हुँदै तेस्रो मुलुक जाने भारतीयलाई एनओसी नचाहिने

    नेपाल हुँदै तेस्रो मुलुक जाने भारतीयलाई एनओसी नचाहिने

    काठमाडौं । भारतीय राहदानीमा नेपालमार्फत तेस्रो मुलुक जान चाहने भारतीय नागरिकलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) आवश्यक नपर्ने भएको छ ।

    भारतीय दूतावासले बुधबार विज्ञप्ती जारी गर्दै अप्रिल २२ देखि जुन १९ तारिखसम्म एनओसी आवश्यक नपर्ने जानकारी गराएको हो ।

    तर, राहदानीबाहेकका अन्य परिचयपत्रको आधारमा हवाइ तथा स्थल मार्गबाट नेपाल आइपुग्ने यात्रुको हकमा एनओसी आवश्यक पर्ने दूतावासले जनाएको छ ।

    यसबारे त्रिभुवन विमानस्थललाई जानकारी गराइएको र यस प्रक्रियामा विमानस्थलले सघाउने जानकारी समेत दूतावासले दिएको छ । यसअघि नेपालबाट तेस्रो मुलुक जानको लागि भारतीय नागरिकलाई एनओसी अनिवार्य गरिएको थियो ।