Tag: भलिबल

  • एसियन सेन्ट्रल जोन खेल्ने नेपाली महिला टोलीको घोषणा

    एसियन सेन्ट्रल जोन खेल्ने नेपाली महिला टोलीको घोषणा

    काठमाडौ । बंगलादेशको ढाकामा हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि बन्द प्रशिक्षणमा भएका ६ खेलाडीलाई बाहिर राख्दै मुख्य प्रशिक्षक जगदिश भट्टले १५ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

    यसअघिय बन्द प्रशिक्षणमा रहेका २० खेलाडी बाट १५ सदस्यीय राष्ट्रिय महिला टोलीमा लक्ष्मी चन्दले पहिलोपटक स्थान बनाएकी छन् । यस्तै, शान्ती थारु, कविता भट्ट, कृपा अधिकारी, कामना विस्ट, सरस्वती जैसी र मनिषा चौधरीले टोलीमा पुनरागमन गरेका हुन् ।

    लामो समयदेखि निरन्तर टोलीमा रहेकी रेश्मा भन्डारी टोलीबाट बाहिरिएकी छन् ।

    बंगलादेशमा डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुने प्रतियोगिताको लागि नेपाली महिला तथा पुरुष दुवै टोलीले प्रशिक्षण गरिरहेका छन् ।

    छनोट भएका खेलाडीहरू: प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, सुनिता खड्का, उषा भन्डारी, निरुता थगुन्ना, सफिया पुन, कबिता भट्ट, मनिसा चौधरी, अरुना शाही, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द, सलिना श्रेष्ठ, सरस्वती जैसी

  • महिला तथा पुरुष भलिबल टोलीले एभीसी सेन्ट्रल जोन खेल्ने

    महिला तथा पुरुष भलिबल टोलीले एभीसी सेन्ट्रल जोन खेल्ने

    काठमाडौं । नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीले ‘एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल’ प्रतियोगितामा खेल्ने भएको छ । नेपाल भलिबल संघ (एनभीए) का अनुसार प्रतियोगिता यसै वर्ष पुष ६ गतेदेखि १४ सम्म बंगलादेशमामा हुनेछ ।

    यसै वर्ष नेपालले फिलिपिन्समा हुने भनिएको महिला एसियन भलिबल च्याम्पियनसिपको लागि तयारी थालेको थियो । तर, अन्तिम समयमा एभीसीले कोरोनाको कारण देखाउँदै नेपाललाई सहभागिता जनाउन नदिने भनेपछि नेपालको तयारी रोकिएको थियो । पछि कोभिडकै कारण प्रतियोगिता रद्द भएको थियो ।

    संघले आयोजकलाई धन्यवाद दिँदै अब नेपालले चाडै प्रतियोगिताको तयारी थाल्ने पनि बताएको छ । गत महिना मात्रै संघले महिला तथा पुरुष एनभिए च्याम्पियनसिप आयोजना गरेको थियो ।

    नेपालले सन् २०१९ मा बंगलादेशमै भएको महिला सेन्ट्रल जोनको उपाधि जितेको थियो । पुरुषतर्फ भने सन् २०१८ मा नेपाल घरेलु कोर्ट (आर्मी कोट, लगनखेल) मा समूह चरणबाट बाहिरिएको थियो ।

  • एनभीए च्याम्पियनसिपको महिला फाइनलमा एपीएफ र न्यू डायमन्ड भिड्ने

    एनभीए च्याम्पियनसिपको महिला फाइनलमा एपीएफ र न्यू डायमन्ड भिड्ने

    काठमाडौं । छैठौं एनभीए महिला तथा पुरुष च्याम्पियनसिपको फाइनलमा नेपाल एपीएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स् क्लब भिड्ने भएका छन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो ।

    पहिलो सेटमा २७-२५ को जित निकालेको एपिएफले दोस्रो र तेस्रो सेट २१-२५ र २५-२७ ले हारेको थियो । चौथो सेट पुनः एपिएफले २६-२४ को जित निकाले पछि खेल पाँचौ सेटमा पुगेको थियो । पाँचौ सेटमा आर्मि विरुद्ध १५-१३ को नाटकीए जित निकाल्दै एपिएफले फाइनल यात्रा तय गरेको हो ।

    त्यस्तै दोस्रो सेमिफाइनलमा साविक विजेता न्यू डायमन्डलाई नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा हराउँदै फाइनल पुगेको हो ।

    पहिलो सेट १८-२५ ले हारेको न्यू डायमन्डले दोस्रो सेटमा २५-१७ को जित निकालेको थियो । तेस्रो सेटमा २१-२५ले पराजित हुँदै चौथो र पाँचौ सेटमा पुलिसलाई २५-१७, १५-१० ले पछि पार्दै फाइनल प्रवेश गरेको हो ।
    एपिएफ र न्यू डायमन्ड बिचको फाइनल खेल शनिबार हुनेछ ।

    आगामी चैतमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् ।

    च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले २ लाख र तेश्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

    च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।

  • समूह विजेता बन्दै पुलिस अन्तिम आठमा

    समूह विजेता बन्दै पुलिस अन्तिम आठमा

    काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८को अन्तिम १६ मा प्रवेश गरेको छ ।

    बुधबार गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै समूह बीबाट अन्तिम आठमा पुगेको हो । पुलिसले समूह चरणमा तीन खेल जित्दै ९ अंक जोडेको छ । गण्डकीलाई पहिलो सेटमा २५-१४ ले हराएको पुलिसले दोस्रो र तेस्रो सेटमा २५-१४, २५-१८ को सहज जित निकालेको थियो । पुलिससँग पराजित भएको गण्डकीले पनि समूह उपविजेताको रूपमा अन्तिम आठमा स्थान बनाएको छ ।

    यस्तै सोही समूहको अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले दावाँली मिलन क्लबलाई ३-१ को सान्त्वना जित निकाल्यो । मणिमुकुन्दले दावाँलीलाई २५-१६, २१-२५, २५-१५ र २५-२३ ले पराजित गरेको हो ।

    दशरथ रंगशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा भारतीय खेलाडी सम्मिलित टिपटप हेल्प नेपालले गलकोट स्पोर्टस् क्लबमाथि ३-१ को जित निकाल्यो । हेल्प नेपालले गलकोटलाई २५-१८, २२-२५, २५-२२ र २५-१९ ले पराजित गर्दै समूह ए को बिजेताको रूपमा क्वाटरफाईनल प्रवेश गरेको छ । यस समूहबाट गलकोट स्पोर्टस् क्लब उपविजेता भयो ।

    चैत्र महिनमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् ।

    च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रोले २ लाख र तेस्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

    च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तर्गत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।

  • भलिबलमा एपीएफ र न्यू डायमन्डको विजयी सुरूआत

    भलिबलमा एपीएफ र न्यू डायमन्डको विजयी सुरूआत

    काठमाडौं । एपीएफ क्लब र न्यू डायमन्ड स्पोर्टस क्लबले छैटौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुआत गरेका छन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि सुरू महिला तर्फको पहिलो खेलमा एपीएफले ढोरपाटन स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा हराएको हो । पहिलो सेटमा २५-११ ले अग्रता लिएको एपीएफले ढोरपाटनविरूद्ध दोस्रो र तेस्रो सेटमा २५-७, २५-६ को सहज जित निकाल्यो ।

    खोस्रो खेलमा न्यू डायमन्डले एभरेष्ट भलिबल ट्रेनिङ क्लबलाई ३-० को सोझो सेटले पराजित गरेको छ । प्रतिस्पर्धामा २५-६, २५-५, २५-१३ को नतिजा आएको थियो ।

  • दुई जित निकाल्दै पुलिस र गलकोट अग्रस्थानमा

    दुई जित निकाल्दै पुलिस र गलकोट अग्रस्थानमा

    काठमाडौं । नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस क्लब छैटौं एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा छन् ।

    पुलिसले दोस्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३-० सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो । पुलिसले मणिमुकुन्दलाई २१-१४, २१-१५ र २१-१७ ले पराजित गरेको हो ।

    प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दवाली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह बी मा ६ अंकका साथ पहिलो स्थानमा रहेको हो ।

    यसै गरी गलकोट स्पोर्टस् क्लबले पनि आफ्नो खातामा ६ अंक जोडेको छ । समूह ए मा रहेको गलकोटले प्रतियोगिताको पहिलो दिन बागमती प्रदेश माथि जित निकाल्दै ३ अंक जोडेको थियो । यस्तै दोस्रो दिन पनि गलकोटले प्रदेश २ माथि जित निकाल्दै थप तीन अंक जोडेको हो । गलकोटले वागमती प्रदेशलाई २५-२३, २५-२१ र २५-१८ ले पराजित गरेको हो ।

    सोमबार दशरथ रंगशालाको कभर्डहलमा भएको खेलमा अघिल्लो संस्करणको विजेता टिपटप हेल्प नेपालले विजयी सुरुआत गर्दै बागमती प्रदेश माथि २५-१६, २५-१३ र २५-१२ को जित निकाल्दै ३ अंक जोडेको छ । समूह ए मा रहेको हेल्प नेपालले अघिल्लो संस्करण जस्तै यस संस्करणमा पनि भारतीय खेलाडीहरुलाई प्राथमिकतामा राखेको छ ।

    यस्तै जित निकाल्ने क्रममा भारतीय खेलाडीहरु सम्मिलित गण्डकी प्रदेशले दावाँली मिलन क्लबमाथि ३-१ को जित निकाल्यो । दावाँली क्लबले प्रस्तुत गरेको निकैनै प्रतिस्पर्धात्मक तथा मनोरञ्जनात्मक खेलमा गण्डकीले २५-१२, २५-२२, २०-२५ र २७-२५ को जित निकालेको हो ।

  • छैठौं राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि

    छैठौं राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि

    काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा ‘छैठौं राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिप’ असोज १० देखि १६ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

    एनभीएले बुधबार एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज १० देखि १६ गते सम्म हुने र यसपाली पुरस्कार राशी पनि वृद्धि भएको जानकारी दिएको छ ।

    आसन्न प्रतियोगिताको विजेताले ४ लाख, उपविजेतालाई २ लाख र तेस्रो हुनेले १ लाख रूपैयाँ प्राप्त गर्ने एनभीएले बताएको हो । प्रतियोगिताको आगामी संस्करणमा पुरुषतर्फ १२ र महिलातर्फ ७ टिमको सहभागिता रहने आयोजकले बताएको छ ।

    तीन विभागीय टोलीहरू- नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र एपीएफसँगै टिपटप हेल्प नेपाल, नेपाल स्पोर्ट्स क्लब, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब, मणिमुकुन्द भलिबल क्लब, बागमती प्रदेश, दावाली मिलन क्लब, नयाँ बजार सामाजिक क्लब र कर्णाली प्रदेशले पुरुषतर्फ प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।

    यस्तै, महिलातर्फ पनि तीन विभागीय- आर्मी, पुलिस र एपीएफसँगै होङगान्जी न्यू डाइमन्ड क्लब, ढोरपाटन स्पोर्ट्स क्लब, प्रदेश २ र एभरेस्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

    यो प्रतियोगिताको शीर्ष पुरुष ७ र महिला ५ टोली चैतमा हुने छैठौं राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल लिगका लागि छनोट हुनेसमेत आयोजकले बताएको छ ।

    च्याम्पियनसिपको सर्वोत्कृष्ट हुने महिला-पुरुष दुवैतर्फका खेलाडीले २५/२५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । साथै विधागत उत्कृष्ट सर्भर, लिब्रो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले जनही १०/१० हजार प्राप्त गर्ने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।

  • भलिबलको पहिलो फ्रेन्चाइज लिग नोभेम्बरमा गर्ने तयारी

    भलिबलको पहिलो फ्रेन्चाइज लिग नोभेम्बरमा गर्ने तयारी

    काठमाडौं । नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबलको महिला तथा पुरुष फ्रेन्चाइज लिग नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले गर्ने भएको छ । नेपाल भलिबल संघ (एनभीए)को प्राविधिक कार्य गर्नेछ भने सम्पूर्ण खर्च एनएसईएमले बेहोर्ने मंगलबार सम्झौता भएको छ ।

    नेपाल फुटबलको पहिलो फ्रेन्चाइज लिग- नेपाल सुपर लिगसमेत गत वैशाखमा आयोजना गरेको एनएसईएमले नेपालको खेलकुदलाई थप व्यावसायिक बनाउन विकासका लागि भलिबलको पनि व्यावसायिक लिग गर्न लागेको बताएको छ ।

    एनएसईएमले हरेक वर्ष एनभीएलाई फ्रेन्चाइज लिगबाट आएको नाफाको ३० प्रतिशत सहयोग गर्नेछ । र, पहिलो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म आयोजना गर्ने लक्ष्य लिएको एनएसईएमले बताउको छ । दोस्रो संस्करणबाट प्रतियोगिता होम् एन्ड अवेका आधारमा उपत्याकाबाहिर पनि गर्ने आयोजकको तयारी छ ।

  • गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि

    गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि

    काठमाडौं । भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि सुरु हुने भएको छ ।

    चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको आयोजनामा हुने प्रतियोगिताका सबै खेल ‘बेस्ट अफ फाइभ’मा हुने आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

    यो प्रतियोगितामा नेपाली महिला भलिबलका प्रतिष्ठित क्लबहरू न्यू डायमन्ड, ढोरपाटन र तीन विभागीय टोलीसहित सिन्धुपाल्चोक भलिबल संघको टीम सहभागी रहने आयोजकले बताएको थियो ।

    भोटेकोशी गाउँपालिकाको दुई नम्बर वडास्थित आधारभूत विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले तीन लाख रूपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । त्यस्तै, दोस्रोले दुई लाख, तेस्रो हुनेले १ लाख र चौथोले ५० हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रूपैयाँ नगद तथा उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र उत्कृष्ट प्रशिक्षकले ७ हजार रूपैयाँ र प्रत्येक खेलको प्लेयर अफ दी म्याचले दुई हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

  • आरबीबी-एनभीए भलिबल लिग फाइनलमा पुलिस र न्यू डायमन्ड भिड्दै

    आरबीबी-एनभीए भलिबल लिग फाइनलमा पुलिस र न्यू डायमन्ड भिड्दै

    काठमाडौं । जारी आरबीबी-एनभीए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिगमा महिला तर्फ नेपाल पुलिस क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लबले फाइनल खेल्ने भएका छन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले बिभागिय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हराउदै फाइनलमा स्थान बनाएको हो ।

    पहिलो सेट २६-२४ ले जितेको पुलिसले दोस्रो सेटमा २५-१७ को नातिजा निकाल्यो । आर्मीमाथी दाबाब काएम राख्दै पुलिसले तेस्रो सेट २६-२४ ले आफ्नो पोल्टोमा पर्दै फाइनलमा प्रवेश गर्‍यो भने दोस्रो खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल एपीएफ क्लबलाई ३-१ सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

    पहिलो र दोस्रो सेट लागातार २५-२१, २६-२५ ले जित्दै एपीएफ माथी हाबी भएको न्यू डायमन्डले तेस्रो सेट १४-२५ ले एपीएफलाई सुम्पेको थियो । रोमान्चक खेल्को चौथो सेट न्यू डायमन्डले पुनः २५-२१ ले जितेर लिगको शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ ।

    पुलिसको ५ खेल बाट ११ अंकसहित लिग तालिका को दोस्रो स्थानमा छ। भने समान खेलबाट १३ अंक सहित न्यू डायमन्ड लिग तालिकाको शीर्ष स्थानमा रहदै फाइनलमा पुलिस विरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ। एपीएफको १० र आर्मीको ८ अंक छ ।

    भरतपुर महानगरपालिका खेल्कुद परिषदको ३ र ढोरपाटन ० अंक छ । फाइनलमा भोलि बिहिवार पुलिस र न्यू डायमन्ड आमने सामने हुनेछन् ।

    प्रतियोगितमा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार र चौथोले ३७ हजार ५ सय प्राप्त गर्ने छन् । यसका साथै खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार र विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन् ।

  • एपीएफ, हेल्प नेपाल र बुलबुलेको जित

    एपीएफ, हेल्प नेपाल र बुलबुलेको जित

    काठमाडौं । जारी आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लब, एपीएफ क्लब र बुलबुले रारा क्लबले जित निकालेका छन।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको पहिलो खेलमा एपीएफले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

    दोस्रो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले मनिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको हो। तेस्रो खेलमा बुलबुले रारा क्लबले नेपाल पुलिस क्लबलाई ३-० को सेटमा जित्यो ।

    एपीएफले नयाँ बजार विरुद्ध २५–१२,२५–१६,१५–१६को नातिजा निकाल्यो। हेल्प नेपालले मनिमुकुन्दलाई २५–१५,२५–१६,२९–२७ ले हरायो । पाकिस्तानी खेलाडीसहित उत्रिएको बुलबुले पुलिसमाथि २५–२२, २५–१९ र २६–२४ ले बिजयी भयो।

    हेल्प नेपालले अर्को खेल आइतबार बुलबुलेसँग खेल्नेछ। बुलबुलेले हेल्प नेपालसँग प्रतिस्पर्धा गर्ने छ। पुलिसले मनिमुकुन्दको सामना गर्नेछ । एपीएफले सोमबार त्रिभुवन आर्मी क्लबसँग भिडने छ।

  • आरबीबी-एनभीए भलिबल लिगमा एपिएफ र नेपाल पुलिस क्लबको विजयी सुरुआत

    आरबीबी-एनभीए भलिबल लिगमा एपिएफ र नेपाल पुलिस क्लबको विजयी सुरुआत

    काठमाडौं । जारी आरबीबी-एनभीए पुरुष तथा महिला राष्ट्रिय भलिबल लिगमा महिला तर्फ एपिएफ क्लब र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेका छन् ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको प्रहिलो खेलमा एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

    दोस्रो खेलमा नेपाल पुलिस क्लबले भरतपुर मेट्रो खेलकुदलाइ ३-० को सोझै सेटमा हराएको हो ।

    पहिलो सेट २५-३ ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेटमा २५-९ को शानदार नतिजा निकाल्यो । एपीएफ विरुद्ध निरिह बनेको ढोरपाटनले तेस्रो सेट २५-५ ले सुम्पिदै लागातार दोस्रो बेहोरेको हो।

    त्येस्तौ पुलिसले भरतपुर मेट्रो खेलकुद विरुद्ध २५-४, २५-८, २५-१२ को नतिजा निकालेको हो ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको अर्को खेलमा भोलि एपीएफ र नेपाल पुलिस क्लब खेल्ने छन् ।

    आर्मीले न्यू डायमन्डलाई हरायो

    विभागीय टोली त्रिभुवन आर्मी क्लबले आरबीबी-एनभीए राष्ट्रिय लिगमा विजयी सुरुआत गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको महिला तर्फको अन्तिम खेलमा आर्मीले न्यू डायमन्ड भलिबल क्लबलाई ३-२ को सेटमा पराजित गर्‍यो ।

    पहिलो सेटमा २५-१७ को नतिजामा न्यू डायमन्डलाई पराजित गरेको आर्मी दोस्रो सेटमा २०-२५ पराजित भयो । प्रतिस्पर्धात्मक खेल्को तेस्रो सेटमा आर्मीले पूर्ण: २५-२३ को जित हासिल गर्‍यो । पराजय भोगेको न्यू डायमन्डले चौथो सेटमा १५-२५ को नतिजा निकाल्दै खेलमा पुनआगमन गरेको थियो । रोमान्चक खेलको पाँचौ सेटमा १५-१२ ले न्यू डायमन्डलाई हाराउदै आर्मीले खेल आफ्नो पोल्टोमा पारेको थियो ।

    आर्मीले अर्को खेलमा भोलि ढोरपाटन स्पोट्स क्लबसंग खेल्ने छ भने पराजित न्यू डायमन्डले भरतपुर मेट्रो खेल्कुद परिषद् को सामना गर्नेछ ।