Tag: भन्सार विभाग

  • दुई महिनामा वैदेशिक व्यापार करिब ८० प्रतिशतले वृद्धि, व्यापार घाटा २ खर्ब ७० अर्बमाथि

    दुई महिनामा वैदेशिक व्यापार करिब ८० प्रतिशतले वृद्धि, व्यापार घाटा २ खर्ब ७० अर्बमाथि

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा गत आर्थिक वर्षको तुलनामा ७५.८६ प्रतिशतले बढेर ३ खर्ब १४ अर्ब रूपैयाँको वस्तु आयात भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ७८ अर्बको वस्तु आयात भएको थियो ।

    गत वर्षको तुलनामा निर्यात ११५.४३ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दुई महिनामा करिब ४४ अर्बको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्ष यो रकम २० अर्ब ४४ करोडमात्रै थियो ।

    आर्थिक वर्ष २०७८/७९ मा व्यापार घाटा ७०.७५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष करिब १ खर्ब ५८ अर्ब व्यापारघाटा रहेको चालु आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।

    यसैगरी कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा करिब ७९.९२ प्रतिशतले बढेको छ । गत वर्ष १ खर्ब ९९ अर्बको वैदेशिक व्यापार भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ५८ अर्ब पुगेको भन्सार विभागले जनाएको छ ।

  • प्रमुख भन्सार विन्दुहरूमा यथाशीघ्र भेइकल स्क्यानर राख्न अर्थमन्त्रीको निर्देशन

    प्रमुख भन्सार विन्दुहरूमा यथाशीघ्र भेइकल स्क्यानर राख्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

    भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । उनले मालसामानको वर्गीकरण र मूल्यांकनमा इमान्दारिता कायम गरी राजश्व संकलन वृद्धि गर्न जोड दिए ।

    कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले सुधार, सहजीकरण र सुशासन गरी तीन ‘स’ को अवधारणामालाई आत्मसात गर्न आग्रह गरे । सरुवाको लागि कुनै पनि दल, नेता वा संगठनको फोन नगराउन उनको भनाइ थियो ।

    सरुवाको लागि फोन गराएर दबाब सिर्जना गर्ने कर्मचारीहरूको माग सुनुवाइ नहुने स्पष्ट पार्दै उनले भने ‘त्यसरी फोन सोर्सफोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाइज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन् त्यो आफैं बुझ्नुहुन्छ ।’

    राजश्वसचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीका गुनासाहरूलाई तत्काल सम्बोधन गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।

    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरूको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकोमा सरकारलाई धन्यवाद दिए । उनले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुसी जनाए ।

    स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा उनको जोड छ ।

    भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्ष्यअनुसारको राजश्व संकलन गरिने प्रतिबद्धता जनाए ।