Tag: बैठक स्थगित

  • गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित

    गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित

    पोखरा । गण्डकी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

    मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मत लिने प्रस्तावमाथि दलीय आधारमा छलफल सकिएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक स्थगित गरेका हुन् ।

    अब बैठक शुरू भएपछि मुख्यमन्त्री पोखरेलले सांसदहरूले उठाएका सवालबारे जवाफ दिने र विश्वासको मतसम्बन्धी प्रस्तावउपर मतविभाजन गरिनेछ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपालगायत ३१ सांसदको समर्थनमा जेठ २९ गते पोखरेल मुख्यमन्त्री नियुक्त भएका हुन् ।

  • पुर्नबहाली भएका चारजनाको सीट मिलाउन बैठक स्थगित

    पुर्नबहाली भएका चारजनाको सीट मिलाउन बैठक स्थगित

    सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक पन्ध्र मिनेटका लागि स्थगित भएको छ । सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि प्रदेश सभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रमबारे सांसदहरुको धारणा राख्ने काम सकिएपछि मतदान पूर्व आजै पुर्नबहाली भएका चार जना एमाले सांसदहरुकालागि सीट व्यवस्थापन गर्न वैठक स्थगित भएको सभामुख राजबहादुर शाहीले बताए ।

    ‘‘उहाँहरुका लागि सिटको व्यवस्थापन गर्नुपर्ने भएका कारण बैठक स्थगित भएको हो ।’ सभामुख शाहीले भने, ‘त्यसपछिनीति तथाकार्यक्रमलाई ध्वनी मतका आधारमा निर्णयार्थ पेश हुने कार्यसुची रहेको छ ।’

    प्रदेश सभामा आज पुर्नबहाली हुने सांसदहरुमा प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाही रहेका छन् । ती मध्ये प्रकाश ज्वाला बाहेक अन्य तीनै जना माओवादी नेतृत्वको सरकारमा सहभागि छन् ।

  • भोलिको कांग्रेस बैठक स्थगित, सबै नेताले कोरोना परीक्षण गरेपछि बस्ने

    भोलिको कांग्रेस बैठक स्थगित, सबै नेताले कोरोना परीक्षण गरेपछि बस्ने

    काठमाडौं । नेपाली कांग्रेसको सोमबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

    आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले सबै सदस्यहरूले कोरोना परीक्षण गरेपछि वैशाख १५ मा केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय गरेको हो ।

    बैठकमा पार्टीको महाधिवेशनसँग केन्द्रित आन्तरिक विषय तथा सदस्यहरूको सन्दर्भमा छलफल भएको नेता अर्जुन नरसिंह केसीले बताए । सरकार गठन र अविश्वास प्रस्तावका सन्दर्भमा यसअघिकै निर्णय निरन्तर रहेको र विकल्प खोज्ने प्रयास जारी रहेको केसीले बताए ।

  • तयारी नपुगेको भन्दै कांग्रेस बैठक स्थगित

    तयारी नपुगेको भन्दै कांग्रेस बैठक स्थगित

    काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक सोमबारका लागि सारिएको एक नेताले जानकारी दिए।

    महाधिवेशन तयारीका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो । तर, शीर्ष नेताहरू भने छलफलमै छन् ।

    पटक-पटक म्याद थप गर्दा समेत सबै जिल्लाले क्रियाशील सदस्यता इन्ट्री गर्न सकेका छैनन् । क्रियाशील सदस्यता इन्ट्री गर्ने अन्तिम म्याद चैत मसान्तलाई तोकिएको थियो । तर, तोकिएको समयसीमामा केही जिल्लाले इन्ट्री थालेका छैनन् । क्रियाशील सदस्यता तोकिएको समयमा इन्ट्री शुरू नहुँदा महाधिवेशनको कार्यतालिका नै परिवर्तन गर्नुपर्ने स्थिति छ ।

    कार्यतालिका हेरफेरको विषयमा शीर्ष नेताहरूबीचमा मतभेद देखिएपछि बैठक स्थगित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    यस्तै चैत २० गते प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेस कसरी अघि बढ्नेमा अन्योलमा देखिन्छ । सत्ता समीकरणका विषयमा समेत कसरी अघि बढ्ने भन्ने विषयमा शीर्ष नेताहरू एकमत छैनन् ।