Tag: बुटवल

  • बुटवलमा कांग्रेसका पाण्डेय करिब तीन हजार मतले अगाडि

    बुटवलमा कांग्रेसका पाण्डेय करिब तीन हजार मतले अगाडि

    रुपन्देही । बुटवल उपमहानगरपालिकाको नगरप्रमुखमा कांग्रेस उम्मेदवार खेलराज पाण्डेयले झन्डै तीन हजार मतको अग्रता लिएका छन्।

    अहिलेसम्म प्राप्त मत परिणाममा पाण्डेयले ८९२६ मत पाएका छन् भने एमालेका बाबुराम भट्टराईले ५९८० मत पाएका छन्।

    उपनगरप्रमुखमा भने सत्तागठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका चिनबहादुर गुरूङपछि परेका छन्।

    एमाले उम्मेदवार सावित्रादेवी अर्यालले ६६२८ मत ल्याउँदा गुरूङले ५०४८ मत पाएका छन्।

  • बुटवलमा गठबन्धनको अग्रता झन् फराकिलो

    बुटवलमा गठबन्धनको अग्रता झन् फराकिलो

    रुपन्देही । बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेको छ।

    बुटवलमा अहिलेसम्म ४८ सय मतगणना भएको छ ।

    मेयरमा उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २२१४ मत पाएका छन्। नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएर पछ्याउँदैछन्।

    उपमेयरतर्फ नेकपा एमाले सावित्रादेवी अर्यालले १४८२ मत ल्याएकी छन्। यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन्।

  • बुटवलमा एमालेकाे गढ भत्काउने पाँचदलीय गठबन्धनको मुख्य संकल्प, अरु के-के छन् ?

    बुटवलमा एमालेकाे गढ भत्काउने पाँचदलीय गठबन्धनको मुख्य संकल्प, अरु के-के छन् ?

    रुपन्देही । नेकपा एमालेले आफ्नो गढ मानिरहेको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा पाँचदलीय गठबन्धनले सामूहिक संकल्पपत्र सार्वजनिक गरेका छन् ।
    गठबन्धनले बुधबार सामुहिक प्रतिवद्धतापत्र सार्वजनिक गर्दै एकजुट रहेको सन्देश दिएका छन् । बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ, पाँच दलका नेताहरु जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य कमल खनाल, एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरु डा. बालकृष्ण चापागाइँ र राजु गुरुङ, माओवादी केन्द्रका नेता महेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका पदम श्रेष्ठलगायतले संकल्पपत्र सार्वजनिक गरेका थिए ।

    संकल्प पत्र सार्वजनिक गर्दै उनीहरुले बुटवललाई समृद्ध बनाउनका लागि पाँच दल एकैठाउँमा रहेको प्रतिबद्धता जनाएका थिए ।

    उनीहरुले बुटवलमा विकासका ठूला ठूला चर्चा गरिएपनि बुटवलबासीले विकासको अनुभूति गर्न नपाएकाले पाँच दल एकै ठाउँमा उभिएर नगरलाई साझा नगरका रुपमा विकास गर्ने बताएका थिए ।

    साझा संकल्प पत्रमा निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारी साधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रुपमा जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिहरुको एक महिनाको तलब नगरबासीहरुको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने प्रतिबद्धता जनाइएको छ ।

    संकल्पपत्रमा भनिएको छ, ‘बुटवल उपमहानगरपालिका कार्यालयलाई आम नगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउदै साझा चौतारीका रुपमा विकास गरिनेछ । मेयर युथ एडभाइजरी बोर्ड गठन गरिनेछ ।’

    पाँच दलले देशविदेशमा रहेका बुटवलका बुद्धिजीवि र व्यवसायिक व्यक्तिहरुलाई बुटवलमै फर्केर आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नसक्ने बनाउनका लागि अनुसन्धानविद्हरु समेटेर बुटवलका लागि प्रबुद्ध परिषद् गठन गर्ने योजना अघि सारेका छन् ।

    घटौं लाइन लागेर सार्वजनिक सेवा लिनुपर्ने बाध्यतालाई हटाउन कागजविहिन, व्यक्ति स्वयम् उपस्थित हुन नपर्ने र लाईन लाग्न नपर्ने गरी सेवा दिने प्रतिबद्धता संकल्प पत्रमा जनाइएको छ ।

    यस्तै विशिष्ट सार्वजनिक सेवा दु्रत रुपमा घरघरै पुर्याइने, सार्वजनिक प्रशासनलाई भ्रष्ट्राचार र अनियमितता मुक्त बनाउन सेवा प्रवाहका आधुनिक र सफल अन्तर्राष्ट्रिय अभ्यासहरुको अध्ययन गरी अवलम्बन गर्ने र सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजत जस्ता सेवाहरुलाई डिजिटाइज र झन्झटमुक्त बनाउने योजना यी दलले अघि सारेका छन् ।

    हाल गुनासो लिएर जाने जनतालाई जनप्रतिनिधिले हप्काएर पठाउने गरेको अवस्थालाई चिर्दै गुनासो सुन्नका लागि हेलो मेयर डेक्स स्थापना गर्ने योजना छ ।

    बुटवलमा हाल मनपरी कर तिर्नुपर्ने अवस्था रहेकोमा गठबन्धनले व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाइने भनेको छ ।

    यस्तै सबै वडाको दीगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ ।

    बुटवल उपमहानगरको आफ्नै अस्पताल नरहेको अवस्थामा गठबन्धनले बुटवलमा दुई वटा नगर अस्पताल निर्माण गर्ने योजना ल्याएको छ ।

    यस्तै संकल्पपत्रमा भनिएको छ, ‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्यसेवा केन्द्र स्थापना गरिनेछ । वडा स्वास्थ्य केन्द्रमार्फत् महिलाहरुका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइने छ । स्वास्थ्य बिमामार्फत् उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधी उपलब्ध गराइने छ । बुटवल उपमहानगर क्षेत्रमा दुईवटा नगर अस्पतालको निर्माण गरिने छ । नगरभित्र निःशुल्क एम्बुलेस सेवा उपलब्ध गराइने छ ।’

    त्यस्तै आयुर्वेद तथा प्राकृतिक चिकित्सालयको स्थापना तथा विकास गर्ने र लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पताललाई स्तरोन्नति गर्ने भनिएको छ ।

    यस्तै नगरबासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरुलाई आवश्यकता अनुसार विकास, विस्तार र सहयोग उपलब्ध गराउने योजना अघि सारेको गठबन्धनले झुम्साखोला खानेपानी परियोजना यथाशिघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

    ‘बुटवलको फोहोर व्यवस्थापनमा ५आर प्रणाली अवलम्बन गर्दै अन्य पालिकाहरु समेतको समन्वयमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना गरिने छ । फोहोरको प्रकृति अनुसार घरेलु फोहोर संकलन कार्यलाई सहज बनाउन टोल विकास समितिहरुसंगको सहकार्यमा टोलस्तरमा रंगीन डस्टविनहरु राखिने छ । घरेलु फोहोर संकलन वापत लिइदै आएको दस्तुर घटाइने छ’, गठबन्धनले संकल्प पत्रमा भनेको छ, ‘बुटवलका प्रमुख बजार एवम् केन्द्रहरुमा स्तरीय, सुविधाजनक र अपांगतामैत्री सार्वजनिक शौचालय निर्माण गरिने छ । शौचालयको सरसफाइ र सञ्चालनका लागि आवश्यक स्रोतको व्यवस्था गर्न कोष खडा गरिने छ ।’

    यस्तै संकल्पपत्रमा आवश्यक रंगरोगन, ट्राफिक चिन्ह, जेब्रा क्रसिङ, सेन्सरयुक्त ट्राफिक बत्ती आदिको व्यवस्था गर्दै सडक पूर्वाधारलाई यात्रुमैत्री बनाउने योजना अघि सारिएको छ ।

     

  • बुटवलको विकासका लागि एमालेका सात संकल्प, आर्थिक केन्द्र बनाउने मुख्य एजेण्डा

    बुटवलको विकासका लागि एमालेका सात संकल्प, आर्थिक केन्द्र बनाउने मुख्य एजेण्डा

    रुपन्देही । बुटवल उपमहानगरपालिकाको विकासका लागि सात संकल्पसहित एमालेका उम्मेदवारहरु चुनावी मैदानमा होमिएका छन् ।

    आर्थिक केन्द्र, ऐतिहासिक र पुरातात्विक सहर, बसाइसराई व्यवस्थापनका लागि आधुनिक बस्ती, अव्यवस्थित बसोबास व्यवस्थापन, पर्यटकीय चहलपहल निर्माण लगायतका योजनालाई एमालेले चुनावी एजेण्डा बनाएको छ ।

    वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अहिलेको नेतृत्वले सुरु गरेका महत्वपूर्ण आयोजनालाई निरन्तरता दिँदै मुख्यतः सात योजनालाई अघि सारेको हो ।

    ‘हामीले धेरै कुरा भनेर होइन, धेरै काम गरेर जनतालाई विकासको अनुभूति गराउनु छ, एमालेका बुटवल मेयर उम्मेदवार बाबुराम भट्टराईले भने’, पाँच वर्षमा मुख्य सात एजेण्डालाई लिएर बुटवलको आधुनिक विकास गरेर देखाउनेछौं ।’

    एमालेले बुटवललाई आर्थिक केन्द्रका रुपमा विकास गर्ने पहिलो एजेण्डा बनाएको छ । आर्थिक राजधानी निर्माणका लागि प्रदेश सरकारले समेत संकल्प गरेको थियो । उपमहानगरले त्यसलाई आत्मसाथ गर्दै यो एजेण्डालाई अगाडि बढाएको हो ।

    आर्थिक राजधानी निर्माणका लागि उद्योग, ब्यापारलाई अनुकुल वातावरण बनाउने, शिक्षा, स्वास्थ्य र पर्यटनका अपार सम्भावनालाई उजागर गर्ने, त्यस अनुरुपका पूर्वाधार वनाउने योजना एमालेका छन् । मोतिपुर औद्योगिक करिडोरलाई प्रभावित नागरिकको हक सुरक्षित हुने गरी कार्यान्वयन गर्न सक्दा धेरै ठूलो जनशक्ति खपत गर्न सकिने विश्वास उम्मेदवारहरुलाई छ ।

    आर्थिक केन्द्र बनाउनका लागि निर्यातको ठूलो हिस्सा लिने उद्योगको प्रवद्र्धन गरिने मेयर भट्टराईले बताए । निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने नीति रहेको उनले बताए । स्थानीय उत्पादनलाई लेवलिङ तथा प्याकेजिङ गरी पहिचानमा जोड दिइ ब्राण्डिङ्ग गर्ने, साना तथा घरेलु उद्योगको स्थायित्व, विकास र प्रवद्र्धनका लागि सहयोग र समन्वय गर्ने नीति एमालेको छ ।

    स्थानीय कच्चा पदार्थको उपयोग बढाउने, बुटवलको हाटबजारलाई आधुनिक बजारको रूपमा विकास गर्नका लागि जमिनमुनि भूमिगत बजार र माथि पार्किङ्ग रहने गरी नेपालकै नमुनायोग्य बहुउद्देश्यीय बजार केन्द्र वनाउने योजना छ । रोजगारदाता र श्रमशक्तिका बीच समन्वय गर्नका लागि स्थापित मजदुर बैंक पोर्टल एपलाई प्रभावकारी बनाई श्रम आपूर्ति र रोजगार व्यवस्थापनको कार्य गर्ने योजना पनि रहेको छ ।

    दोश्रो एजेण्डामा बुटवल ऐतिहासिक र पुरातात्विक महत्वलाई उजागर र संरक्षण गर्दै पुरानो बटौलीलाई परम्परागत वजारको रुपमा स्थापित गर्ने रहेको छ । ‘पुरानो बुटवललाई ऐतिहासिक सम्पदा वस्तीको रुपमा विकास गरेर पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्न सकिन्छ । त्यो गर्नुपर्छ, उपमेयर उम्मेदवार सावित्रादेवी अर्याल भन्छिन्’, ‘अंग्रेजलाई परास्त गरेको जितगढी किल्ला र मणिमुकुन्दसेनको शितकालिन दरवार पुरातात्विक महत्वको हिसावले अर्थपूर्ण छन् । यिनको विकास, संरक्षण र सम्वद्र्घनका लागि केही प्रयास भएका छन् जसलाई अझै ब्यवस्थित र नयाँपन गराउनुपर्ने छ ।’

    वर्तमान नगरपालिकाको नेतृत्वले जितगढी किल्लाको डीपीआर बनाएको । त्यसलाई तुरुन्त कार्यान्वयन गरिने योजना आगामी नेतृत्वको हुनेछ । १ करोड १० लाख वर्ष पुरानो मानव अवशेष विषयलाई स्थापित गर्दा पनि बुटवलको पहिचान बढाउन सकिने अर्यालले बताइन् ।

    चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष एवं केन्दीय सदस्य टंकप्रसाद पोखरेल बुटवलको परम्परागत शहरलाई आधुनिक र ऐतिहासिकतालाई प्रवद्र्धन गर्ने नीति जनप्रतिनिधिमा हुनुपर्ने बताउँछन् । जीतगढीलाई पर्यटनसंग जोडर बुटवलको प्रवद्र्धन गर्नुपर्ने उनको सुझाव छ ।

    एमालेले तेश्रो एजेण्डामा तीव्र भइरहेको बसाइसराईको व्यवस्थापनलाई लिएको छ । बसाईसराईसंगै हुने जनघनत्वलाई आवश्यक आधरभूत पक्षको विकासमा योजनाबद्ध काम गर्ने नीति एमालेले बनाएको छ । उच्च र गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिने, स्वास्थ्य उपचारको सहज पहुँच भएको र रोजगारीका पर्याप्त सम्भावना भएको यो क्षेत्र हुनुले वसाई सराईको चाप बुटवलमा छ । यसका लागि पर्याप्त जग्गाको अभाव छ ।

    भएको जग्गालाई ब्यवस्थापन गरेर आधुनिक र व्यवस्थित सहर वसाल्नुको विकल्प नभएकाले मोतिपुर र सेमलारमा आधुनिक शहर निर्माणको सम्भाव्यता खोजिने योजना उम्मेदवारले बनाएका छन् । बहुतले घर वनाएर नयाँ आवासको व्यवस्था गर्ने योजना र लगानीको वातावरण उपमहानगरले बनाउने हो । यसले बुटवललाई आधुनिक बनाउने विश्वास उम्मेदवारमा रहेको छ ।

    बुटवललाई विकासको मानक बनाउने चौथो एजेण्डा एमालेले सार्वजनिक गरेको छ । काठमाडौंपछि तेस्रो वरीयताको शहरमा नाम आउने बुटवललाई आधुनिक र अन्र्तराष्ट्रिय शहर बनाउने दायित्व आफूहरुले लिने एमालेका उम्मेदवारले जनाएका छन् । पूर्वाधार विकास तथा मर्मत सम्भारका लागि पूर्वाधार विकास तथा व्यवस्थापन बोर्ड गठन गरिने, बुटवलका मुख्य सडक र राजमार्गहरूलाई हरियाली, सफा र उज्यालो बनाउने, बुटवलदेखि एयरपोर्ट हुँदै लुम्बिनीसम्मको पर्यटकीय पर्यावरणमैत्री यातायात सेवा सञ्चालन गरिने योजना छ ।

    सुकुम्वासी, अब्यवस्थित वसोवास व्यवस्थापन अर्काे एजेण्डा एमालेले बनाएको छ । ‘धेरैलाई लाग्छ सुकुम्बासी र अव्यवस्थित बसोबास बुटवलको समस्या हो । तर यो समस्या हैन समाधान हो, मेयर उम्मेदवार भट्टराई भन्छन्’, ‘भूई तहका मान्छेको व्यवस्थापन गर्दा यो अझै व्यवस्थित हुनसक्छ । उनीहरु यहाँ किन आउन खोज्छन् भन्दा खेरी यहाँ वाँच्न सकिन्छ । वाँच्नसक्ने वातावरण बुटवल आफैले गरेको छ भने यसलाई थोरै मात्र ब्यवस्थापन गर्दा सहरको आवश्यकता पूरा हुन सक्छ ।’ यो आवश्यकता पूरा गर्नका लागि वुटवलले संघ, प्रदेशसमेतलाई प्रयोग गरेर काम गर्ने एमालेको योजना छ ।

    सीप, योग्यता र क्षमता भएका व्यक्तिलाई विदेशिनबाट रोक्ने अर्काे एजेण्डा एमालेको छ । ती जनशक्तिलाई स्वदेशमै रोक्न सक्ने स्पष्ट खाका ल्याइने उम्मेदवारको भनाइ छ ।

    रुपन्देही जिल्ला गौतमवुद्वको पवित्र भूमि हो । अन्तर्राष्ट्रिय विमानस्थल वनिसकेको अवस्थामा धेरै अवसर सिर्जना हुनेभन्दै त्यसबाट बुटवलले फाइदा लिने गरी योजना बनाइएको मेयर भट्टराईले बताए । ‘बुटवल नजिकै हिल स्टेशन बनाउने प्रसस्त आधार छन्, तिनाउमा जल पर्यटनको व्यवस्थापन गर्न सकिन्छ, यसमा हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति बनाउने छौं, उनले भने । बुटवलको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले आधुनिक बुटवल निर्माणमा पनि निजी क्षेत्र मैत्री नीति अंिगकार गरिने उनले बताए ।

    बुटवलमा सुरक्षा, सहज यातायात व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका एजेण्डा प्राथमिकतामा रहेको उपमेयर प्रत्यासी अर्यालको भनाइ छ । आधुनिक बुटवल निर्माणका लागि लैंगिकमैत्री वातावरण बनाउने जिम्मेवारी आफूहरुले लिने उनले बताइन् ।

  • बुटवलको मेयरमा एमालेको उम्मेदवार भट्टराई कि राना ?

    बुटवलको मेयरमा एमालेको उम्मेदवार भट्टराई कि राना ?

    लुम्बिनी । स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै जाँदा मेयरका आकांक्षीहरुले आन्तरिक भेटघाटलाई तीव्र बनाउन थालेका छन् । लुम्बिनी प्रदेशका १०९ पालिका मध्ये बुटवल उपमहानगरपालिकामा यतिबेला धेरैको चासो देखिएको छ । यो नगरमा २२ वर्षदेखि एमालेले एकतर्फी कब्जा जमाउँदै आएको छ ।

    बलियो संगठन भएको हिसाबले पनि बुटवलमा एमालेले चुनाव सहजै जित्ने आंकलन गर्न थालिएको छ । मेयरका लागि एमालेबाट बाबुराम भट्टराई र गोपाल रानामध्ये एकले टिकट पाउने संभावना बढेको छ । दुवै नेताले जिल्लादेखि केन्द्रसम्म लविङ तीव्र पारेका छन् ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनाव लड्दा पनि एमालेले एक्लै बाजी मारेको थियो । एमाले बुटवल उपमहानगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थी भन्छन्, ‘बुटवलमा एमालेको संगठन बलियो छ, जुनसुकै गठबन्धन आएपनि एमालेले सहजै चुनाव जित्छ ।’

    भट्टराई र रानामा को बलियो ?

    अघिल्लो निर्वाचनमा पनि मेयरको दौडमा रहेको बाबुराम भट्टराईले आफू १३ वर्षको हुँदादेखि नै राजनीतिप्रति चासो राख्न थालेका थिए । पार्टीका नेताहरु भूमिगत कालमा उनी बसेकै भाडाको घरमा आउने जाने क्रम चल्दा उनमा पार्टीमा काम गर्ने इच्छा बढ्दै गयो । फलस्वरुप २०३६ सालदेखि उनी कम्युनिष्ट पार्टीमा आवद्ध भए । लामो समय उनले व्यवसाय सेक्टरमा रहेर काम गरे भने पार्टीको जिल्ला कमिटी हुँदै हाल प्रदेश कमिटी सदस्य छन् । नेपाल औषधि व्यवसायी संघका पूर्वराष्ट्रिय अध्यक्ष भट्टराईले पार्टीको केन्द्रीय स्वास्थ्य विभागमा रहेर पनि काम गरे ।

    २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका भट्टराई २०६२–६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए । त्यतिबेला संकलन गरिएको रकममध्ये बचत रकम केही समयअघि बुटवलको कोरोना अस्पताललाई प्रदान गरिएको थियो । त्यस्तै उनले बुद्धिजीवी परिषदमा रहेर पनि काम गरे । भट्टराई ३५ वर्षको उमरमै औषधि व्यवसायी संघको लुम्बिनी प्रदेश अध्यक्ष बनेका थिए ।

    पार्टीमा धेरैले उनलाई बौद्धिक व्यक्तित्व भनेर चिन्ने गर्छन् । सबैसँग सन्तुलित व्यवहार गर्ने भएकाले विपक्षीको मत तान्न सक्ने क्षमता पनि भट्टराईमा रहेको पार्टीका कतिपय नेताहरु बताउँछन् ।

    गोपाल राना बुटवलका प्रतिष्ठित होटल व्यवसायी हुन् । मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र बुटवलको ड्रिम इन्टरनेशनलका सञ्चालक रहेका राना पार्टीका निवर्तमान जिल्ला उपसचिव र हालका प्रदेश कमिटी सदस्य हुन् । त्यस्तै उनी होटल व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत हुन् । युवा र जनजाती क्षेत्रबाट बलिया उम्मेदवारको रुपमा चर्चा गरिए पनि दुवै क्षेत्रको एउटा तप्काले भने भट्टराईलाई नै मेयरमा अगाडि सार्ने गरी भूमिका खेलिरहेको छ । यस हिसावले युवा र जनजाती क्षेत्र नै रानाका लागि बढी चुनौतीपूर्ण देखिन्छ ।

    अघिल्लो निर्वाचनमा एमालेबाट शिवराज सुवेदी नगर प्रमुखमा विजयी भएका थिए । उनले कांग्रेसका खेलराज पाण्डेलाई २४ सय मतान्तरले मात्र पराजित गरेका थिए । त्यसबेला माओवादीको करिब ३५ सय मत थपिँदा कम मतको अन्तरमा विजयी भएको र अहिले माओवादीका धेरै नेता कार्यकर्ता नेकपा विभाजनपछि एमालेमा आएको र अहिले एमालेको मत गत निर्वाचनभन्दा धेरै हुने एमालेका बुटवलका नेता बाबुराम पन्थी बताउँछन् ।

    बुटवलमा २०७४ सालको निर्वाचनयता १३ हजार भन्दा बढी मतदाता थपिएका छन् । ती थपिएका मत आगामी निर्वाचनका लागि निर्णायक बन्ने देखिएको छ । ‘कार्यकर्तापंक्तिमा बौद्धिक व्यक्तित्वलाई टिकट दिनुपर्ने मत धेरै छ, तर थपिएका मतदाताबारे पनि अध्ययन भैरहेको छ’, एमालेका एक युवा नेताले भने । भट्टराई पार्टी पंक्तिमाझ बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् भने उनको सन्तुलित भूमिकालाई धेरैले मन पराउने उनलाई नजीकबाट चिन्नेहरु बताउँछन् । यी दुईमध्ये एकले टिकट पाए एमालेका लागि चुनाव सहज हुने एमाले युवा नेता ध्रुव आचार्य बताउँछन् ।

    कांग्रेसमा भने अघिल्लो निर्वाचनमा पराजित खेलराज पाण्डे दोहोरिने सम्भावना बलियो छ । उनी अहिले पार्टीको बुटवल नगर सभापति छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष रहेका कांग्रेस क्षेत्रीय सभापति हरि लम्सालले पनि मेयरको दाबी गरेका छन् ।

    बुटवल एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर रहेको र कांग्रेस नेता बालकृष्ण खाँणले पनि यहाँको चुनावलाई प्रतिष्ठाको विषय बनाएकाले आगामी निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।

  • बुटवलको विरासत जोगाउन एमालेलाई चुनौती, मेयरका लागि १० जनाभन्दा बढी आकांक्षी

    बुटवलको विरासत जोगाउन एमालेलाई चुनौती, मेयरका लागि १० जनाभन्दा बढी आकांक्षी

    रुपन्देही । लुम्बिनी प्रदेश मुकाम बुटवललाई नेकपा एमालेले आफ्नो किल्लाका रुपमा दाबी गर्ने गरेको छ । यहाँ २०७४ सालको चुनाव जितेको एमालेलाई अब वैशाखमा हुने चुनावमा विगतको विरासत जोगाउन कठिन हुने देखिएको छ । यससँगै चुनावमा एमालेले कस्तो उम्मेदवार अघि सार्छ भन्ने पनि चासोको विषय छ ।

    रुपन्देहीको बुटवल उपमहानगरपालिका एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृहनगर तथा निर्वाचन क्षेत्र भएकाले पनि धेरै चासोमा पर्ने गरेको छ । यस क्षेत्रको राजनीतिक केन्द्रका रुपमा रहेकाले एमालेले मात्रै होइन नेपाली कांग्रेसले पनि यसलाई प्रतिष्ठाको केन्द्र बनाएको छ ।

    करिब २ लाख जनसंख्या रहेको बुटवलको उपमहागरपालिकामा वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचनमा उम्मेदवारीका लागि स्थानीय नेताहरुले लबिङ थालिसकेका छन् ।

    नेता माधवकुमार नेपाल पार्टीबाट अलग भएपछि बुटवलमा एमालेभित्र गुटगत राजनीति कम छ । तर युवा नेता राजु गुरुङ, बालकृष्ण चापागाईँ, हिराध्वज शाह, सरिता श्रीसलगायतका केही नेताहरु नेकपा एसमा लागेकाले एमालेको मत काटिने र आफ्नो जित सहज हुने आंकलन कांग्रेस नेताहरुको छ ।

    २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारहरूलाई पराजित गरी एमालेबाट मेयरमा शिवराज सुवेदी र उपमेयरमा गुमादेवी आचार्य निर्वाचित भएका थिए ।

    यसपटक पनि कांग्रेस–माओवादीसहितका सत्तापक्षीय दलको गठबन्धन हुने अवस्था भएकाले एमालेलाई विगतको विरासत जोगाउने गरी लोकप्रिय उम्मेदवार छनोट गर्नुपर्ने चुनौती छ ।

    मेयर सुवेदीले गत निर्वाचनमा २३ हजार २४९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेलराज पाण्डेलाई पराजित गरेका थिए । पाण्डेको मत २० हजार ८५१ थियो । मेयरमा २ हजार ३९८ मतको अन्तर थियो ।

    तर उपप्रमुखमा आचार्य २५ हजार ३०१ मत ल्याएर विजयी भएकी थिइन् भने माओवादी केन्द्रका जगतबहादुर पोखरेलले १४ हजार ७९२ मत मात्र ल्याएका थिए । पोखरेल नेकपा विभाजनपछि एमालेमा रहेका छन् । एमालेको प्रदेश कमिटी सदस्य रहेका पोखरेल व्यवसायिक क्षेत्रमा लागेका छन् । १९ वटा वडा रहेको बुटवलका १६ वडामा एमालेले वडाध्यक्षमा विजयी भएको थियो । वडा नं १३, वडा नं १८ र १९ मा मात्रै कांग्रेसले वडाध्यक्ष जितेको थियो ।

    बुटवल देशकै पुरानो नगरपालिका मध्येको हो । बुटवल २०१६ सालमा नगरपालिका बनेको थियो । बुटवलबाट एमाले उपाध्यक्ष पौडेलले २०६४, २०७० र २०७४ सालको निर्वाचनमा लगातार भारी मतका साथ निर्वाचित भएर ‘ह्याट्रिक’ गरेकाले एमालेले आफ्नो बलियो आधार क्षेत्र मानेको हो ।

    पौडेलले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादीका नेता तथा हाल जसपा नेता डा. बाबुराम भट्टराई भारी मतका साथ पराजित गरेपछि बुटवल साँच्चै एमालेको किल्ला बनेको एमाले नेताहरुको दाबी छ ।

    मेयरका लागि १० जनाभन्दा बढीको आकांक्षा

    अघिल्लो निर्वाचनमा अन्तिमसम्म मेयरको दावी गरिरहेका, अहिलेका मेयर तथा उपमेयर र केही नयाँ अनुहार एमालेबाट आफ्नो दाबेदारी गरिरहेका छन् ।

    बुटवलमा अहिलेका मेयर शिवराज सुवेदी पुनः दोहारिन चाहेको उनीनिकट नेताहरुले बताइसकेका छन् । एमालेका केन्द्रीय सदस्य तथा निर्वतमान जिल्ला अध्यक्ष सुवेदीले अहिले आफूले अगाडि सारेका योजनाहरू पूरा गर्न नेतृत्वमा दोहोरिन चाहेको उनीनिकट नेताहरूको तर्क छ ।

    एमाले नेताहरु ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली नजिक मानिने उनलाई अघिल्लोपटक धेरैले उम्मेदारी पाउनमै शंका गरेका थिए । उपमहानगरपालिकामा केन्द्रीय सदस्यलाई उम्मेदार बनाउने नीति बनाएमा उनी दोहोरिनसक्ने आंकलन गरिएको छ ।

    अघिल्लोपटकको रेसमा अन्तिमसम्म लडेका युवा नेता गोपाल राना र बाबुराम भट्टराईले अहिले आफूमाथि अन्याय नहुने बताइरहेका छन् ।

    मेयरको आकांक्षीमा अहिलेका उपमेयर गोमादेवी आचार्य, एमाले रूपन्देहीका नवनिर्वाचित अध्यक्ष तेजेन्द्र केसी, एमाले केन्द्रीय सदस्य सावित्रा अर्याल, प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. इश्वर गौतम, जिफन्ट उपाध्यक्ष कमल गौतम, नेता सूर्यबहादुर भट्टराईले आफ्नो दाबेदारी पेस गरिरहेका छन् ।

    यसअघि पनि मेयर उम्मेदवारको चर्चामा रहेर अन्तिम समयमा टिकट वितरण गर्दा सुवेदीले पाएपछि पछाडि हट्नुपरेकाले गोपाल रानाले आफ्नो दाबेदारी बलियो बनाएका छन् । एमाले नेता विष्णु पौडेलसँग निकट मानिने निवर्तमान जिल्ला उपसचिव, २ कार्यकाल युवा इन्चार्ज, उद्योग व्यवसाय विभागको २ कार्यकाल अनुभव बटुेलका राना आन्दोलनको अग्रमोर्चामा खटिने नेतामा पर्छन् । यसपटक आफू स्वतः बुटवलको मेयरको उम्मेदवार रहेको राना बताउँछन् । उनी पार्टीको जनसंगठनमा बलियो रहेको, युवा तथा जनजातिका मत तानेर जित्न सजिलो हुने उनी निकट नेताहरुको दावी छ ।

    अर्का आकांक्षी बाबुराम भट्टराईले अब बुटवलको नेतृत्वका लागि पार्टीले आफूलाई अगाडि सार्नेमा विश्वस्त रहेका छन् । भट्टराई स्वास्थ्य क्षेत्रको पृष्ठभूमिका रहेपनि व्यापारिक क्षेत्रमा इमान्दार नेताको छवि बनाएका छन् । एमाले जिल्ला कमिटीहुँदै अहिले प्रदेश सदस्य रहेका उनले लुम्बिनी अस्पतालको अध्यक्ष रहँदा राम्रो काम गरेर पहिचान बनाएको र बजार क्षेत्रमा राम्रो प्रभाव रहेको उनी निकट नेताहरुको तर्क छ ।

    नेपाल औषधि व्यवसायी संघको निवर्तमान केन्द्रीय अध्यक्ष, एमाले केन्द्रीय स्वास्थ्य विभागको पूर्वसदस्य हुन् । बुटवललाई नमूना शहर र एमालेको संगठनलाई थप सुदृढ बनाउने भट्टराई बताउँछन् । एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले पार्टीले आफूलाई उपमहानगरको मेयरमा अगाडि सारे नेतृत्व लिन तयार रहेको बताउँछन् ।

    अघिल्लोपटक जिल्ला अध्यक्षले नै बुटवलको मेयर पाएको तर्क गर्दै उनी निकटका नेताहरु केसीलाई अगाडि सार्नुपर्ने तर्क गरिरहेका छन् । अन्य नेताहरुबीच कसलाई अगाडि सार्ने भन्ने विषयमा टकराव बढे सबै क्षेत्रको सन्तुलन मिलाउन उनलाई अगाडि सार्ने आंकलन गरिएको छ ।

    एमाले रूपन्देहीका जिल्ला सदस्य तथा युवा एवम् खेलकुद इन्चार्ज देवराज पोखरेलले एमालेबाट जितेका मेयर–उपमेयर कुनै पनि नेतालाई दोहोर्याएर नतिजा आफ्नो पक्षमा पार्न सजह नहुने बताउँछन् । ‘अहिले एमालेलाई कमजोर बनाउन सबै एकजुट भएको बेला नेताहरुले सुक्ष्म अध्ययन नगरी उम्मेदारीको चर्चा चलाउनु राम्रो होइन, दोहोरिएर उम्मेदारी दिँदा मत बढ्दैन’, उनले भने ।

    मेयरसँगै उपमेयरको पनि दावेदारी उत्तिकै चर्चामा छ । अहिलेको उपमेयरले अघिल्लो पटक राम्रो मतान्तरले जितेकाले पनि त्यो प्रभाव कायम राख्न सन्तुलन मिलाएर उम्मदवारी दिइने संभावना छ ।

    उपमेयरमा अघिल्लोपटक नै दाबेदारी पेश गरेकी सावित्रा अर्याल पहिलो सूचीमा छन् । तर सन्तुलन मिलाउँदा मेयरमा जनजातिले नपाए उपमेयरमा जनजाति उम्मेदवार महिला बनाउनुपर्ने आवाज उठेको छ । उपमेयरमा विद्युत् प्राधिकरणमा कर्मचारी युनियनमा रहेकी कल्पना थापा, नेतृ ज्ञानु केसीलगायतको चर्चा छ ।

  • गाई संरक्षण र अनुसन्धानको लागि बुटवलमा गौशाला स्थापना

    गाई संरक्षण र अनुसन्धानको लागि बुटवलमा गौशाला स्थापना

    रूपन्देही । रूपन्देहीको बुटवलमा यसक्षेत्रकै पहिलो गौ संरक्षण केन्द्र तथा अनुसन्धानस्थल स्थापना भएको छ ।

    गाईतिहारको अवसर पारेर उपमहानगरपालिका र शिवनगर सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा गौशाला तथा गौ संरक्षण केन्द्र स्थापना गरिएको हो ।

    मुक्तिनाथ धामका पीठाधीश ब्रह्मनन्द स्वामी लोकानन्द र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र लोकानन्द स्वामीले संयुक्तरूपमा उद्घाटन गरे । पञ्चकन्याद्वारा पाँच गाई प्रवेश गराएर गौ संरक्षण केन्द्र स्थापना गरिएको हो ।

    करिब ६ बिघा क्षेत्रफलमा तारजाली गरिएको छ । जहाँ ५० बढी गाई आँट्ने सेड पूर्वाधार निर्माण गराइएको छ। यसैगरी गाईलाई गुड बनाएर दाना र पानीको उपयोग गर्न मिल्ने व्यवस्था, विद्युत व्यवस्थापन गरिएको छ । दुईजना हेरालु राखिएको छ ।

    यसैगरी मध्येभागमा १ हजार ८ बरपिपल र स्वामीका वृक्ष लगाउने र गोवर्द्धन पर्वत बनाउने योजना छ ।

  • मेयर कुट्नेमाथि मुद्दा नचलाउन बुटवल एमालेको आग्रह

    मेयर कुट्नेमाथि मुद्दा नचलाउन बुटवल एमालेको आग्रह

    रूपन्देही । नेकपा एमाले बुटवल उपमहानगर कमिटीले प्राविधिकसहित ज्योतिनगर क्षेत्रको पहिरो अवलोकनमा गएका बुटवल मेयर शिवराज सुवेदीमाथि आक्रमण गर्ने व्यक्तिमाथि मुद्दा नचलाउन आग्रह गरेको छ ।

    सोमबार पहिरोको अवलोकन गर्न गएका मेयर सुवेदीमाथि भएको आक्रमणको आलोचना गर्दै एमाले नगर अध्यक्ष बाबुराम पन्थीले आक्रमण गर्ने व्यक्तिविरूद्ध मुद्दा चलाउन दबाब नदिने बताएका हुन् ।

    स्थानीय गणेश पंगेनीले मेयर सुवेदीलाई सोमबार मुक्का हानेपछि सबैतिरबाट घटनाको विरोध तथा दोषीलाई अनुसन्धानमा ल्याउन दबाब आएपछि सोमबार साँझ नै उनी पक्राउ परेका छन् ।

    चुरेको पहिरो नियन्त्रण र व्यवस्थापनमा चासो देखाउन संघ र प्रदेश सरकारसँग माग गर्दै पन्थीले पहिरोग्रस्त क्षेत्रको जोखिम स्थानीय सरकारको पहुँचमा नभएकाले संघ र प्रदेश सरकारले चासो देखाउनुपर्ने बताए ।

    पन्थीले भने, ‘ज्योतिनगरको पहिरो स्थानीय सरकारको नियन्त्रणभन्दा बाहिर गयो, स्थानीय सरकारले मात्रै पहिरो नियन्त्रण गर्न र राहत दिन सक्दैन, संघ र प्रदेश सरकारको ध्यान जानुपर्छ, यसको व्यवस्थापनमा अर्बौं रकम खर्च हुने अवस्था आइसकेको छ ।’

    ‘बुटवलमा एमाले नेतृत्वको सरकार छ, स्थानीय सरकार गम्भीर छ, पार्टी पनि गम्भीर छ, हामी स्वयमंसेवक परिचालन गर्न तयार छौं, ‘ उनले भने ।

    बुटवलमा भदौ १३ र असोज ४ गते गएको चुरे पहिरोले दुई दर्जन घर पुरिएका छन् भने दर्जनौं विस्थापित भएका छन् ।

  • चुरेकाे पहिरो र बाढीले बुटवलमा दर्जनौं  परिवार विस्थापित

    चुरेकाे पहिरो र बाढीले बुटवलमा दर्जनौं परिवार विस्थापित

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४ वटा वडा चुरेको पहिरो र तिनाउको बाढीले प्रभावित भएका छन् । मुख्यबजारको उत्तरी क्षेत्रमा गएको ढुंगासहितको लेदो पहिरोेले सोमबार थप सात वटा घर पुरिएका छन् भने दुई दर्जनभनदा बढी घर विस्थापित भएका छन् ।

    आइतवार बिहानदेखि उपमहानगरपालिको वडा नं. ३ ज्योतिनगरमाथिको चुरे पहाडबाट खसेको पहिरो सोमबार दिउँसोसम्म रोकिएको छैन । आइतवार स्थानीय मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो झरेकोमा सोमबार थप सातजनाको घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुंवरका अनुसार सोमबार खसेको पहिरोले ७ वटा घर पुरिएका छन् ।
    पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको छ । अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।

    बुटवल तथा आसपासको क्षेत्रमा अहिले पनि पानी परिरहेकोले पहिरा सहितको लेदो बगिरहेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले स्थानीयको सहयोगमा पहिरोबाट प्रभावितहरुलाई उद्दार गरी बुटवल बहुमुखी क्याम्पसमा आश्रय दिएर राखेका छन् ।

    पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडक समेत बगाएको प्रहरी नायब उपरीक्षक कुंवरले बताए । बस्तीमा झरेको पहिरो बुटवल उपमहानगरपालिकाको सहयोगमा पन्छाएर अन्यत्र लैजाने गरिएको कुंवरले जानकारी दिए । २०५५ साल भदौ २० गते पहिरो झरेको स्थानमै पुनः अहिले पहिरो झरेको हो ।

     

    ०५५ सालमा झरेको पहिरोले ५७ घरमा क्षति पुगेको थियो । बुटवलको ज्योतिनगरमा गएको पहिरोको लेदो बगेर बुटवलको मुख्यबजार क्षेत्रसम्म आइपुगेको छ । ज्योतिनगरमा आएको लेदोसहितको पहिरो बुटवल अस्पताललाइनसम्म आएको हो । पहिरो सोमबार पनि आइरहेको छ । वर्षासंगै पहिरो निरन्तर बगिरहेकोले स्थानीय त्रसित छन् ।

    स्थानीय सामान लिएर सुरक्षित स्थानतर्फ सरिरहेका छन् । पहिरोले मुख्य बजार प्रभावित हुन थालेको छ । यसैगरी तिनाउ नदीमा आएको बाढीले सोमबार पनि थप आधा दर्जन घरमा क्षति पुराएको बुटवल वडा नं ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बताए । प्रभावित क्षेत्रका नागरिकलाई स्थानीय विद्यालयमा राखिएको उनले बताए ।

  • अस्थायी संरचनामै भए पनि देउखुरी सार्न मुख्यमन्त्रीको दबाब, कर्मचारीको आपत्ति

    अस्थायी संरचनामै भए पनि देउखुरी सार्न मुख्यमन्त्रीको दबाब, कर्मचारीको आपत्ति

    रुपन्देही । लुम्बिनी प्रदेशको राजधानी रुपन्देहीको बुटवलबाट देउखुरी सार्ने विषयमा फेरि विवाद सुरु भएको छ । देउखुरीमा स्थायी संरचना बनिनसक्दै बुटवलबाट राजधानी सार्ने तयारी भएपछि विवाद बढेको हो ।

    देउखुरीमा स्थायी संरचना नबन्दै राजधानी सार्दा दोहोरो खर्च हुने भन्दै कतिपयले विरोध गरेका छन् । अहिले बुटवलमा करोडौं खर्चिएर प्रादेशिक मन्त्रालय, कार्यालय र क्वाटर विभिन्न सरकारी संघसंस्था र व्यक्तिको घरमा सञ्चालन गरिएको छ । देउखुरीमा पनि स्थायी संरचना नबन्दै राजधानी सार्दा दोहोरो खर्च हुने धेरैको बुझाइ छ ।

    लुम्बिनी प्रदेशसभाबाट ०७७ असोज २० गते प्रदेशको स्थायी दाङको देउखुरी क्षेत्रमा तोकिएको थियो । त्यतिबेला मुख्यमन्त्री शंकर पोखरेलले देउखुरीमा सम्पूर्ण स्थायी संरचना बनेपछि मात्रै राजधानी सार्ने बताएका थिए । तर पछिल्लो समय मुख्यमन्त्री पोखरेलले मन्त्रालय सार्न कर्मचारीलाई दबाब दिएको बाहिरिएपछि विवाद पनि बढेको हो ।

    मुख्यमन्त्री पोखरेल दबाबमा

    सत्तामा क्रमशः कमजोर भइरहेका मुख्यमन्त्री पोखरेललाई घोषणा भइसकेको राजधानी आफ्नै जिल्लामा ल्याउन नसकेको भन्दै जिल्लाबासीले व्यापक दवाव दिइरहेका छन् ।

    अर्को सरकार आए राजधानी सार्ने काम विलम्व हुनसक्ने संकेत पाएपछि पोखरेल सकेसम्म आफ्नै कार्यकालमा राजधानी गृहजिल्ला दाङमा सार्न चाहन्छन् । उनी अस्थायी संरचना नै भए पनि जतिसक्दो छिटो राजधानी सारेर जश लिन चाहन्छन् । तर, उनको सरकारका कतिपय मन्त्री, पार्टीका सांसद र अधिकांश कर्मचारी उनको चाहनाविपरीत छन् । उनीहरु देउखुरीमा स्थायी संरचना नबनेसम्म राजधानी सार्न नहुने अडानमा छन् ।

    पूर्वमन्त्री तथा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, कांग्रेस सांसद डिल्ली चौधरी, मन्त्री हरि रिजाल, विजय यादव भने अस्थायीबाट अस्थायीमै भए पनि राजधानी सारिहाल्नुपर्ने लाइनमा छन् ।

    अहिले देउखुरीमा राप्ती प्राविधिक शिक्षालय परिसरमा पाँच करोडभन्दा बढीको लागतमा प्रदेशसभाका लागि अस्थायी सभा भवन बनिरहेको छ । त्योबाहेक अरु राजधानीका लागि अरु कुनै संरचना बनेको छैन । तर, लुम्बिनी प्रदेश सरकारले भने स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा मन्त्रालय र कार्यालय सार्न कर्मचारीलाई पटक–पटक ताकेता गर्दै आएको छ ।

    कर्मचारीलाई अनावश्यक तनाव

    ‘एक महिनादेखि निरन्तर कार्यालय सार्न दबाब आइरहेको छ’, नेपाल कर्मचारी यूनियनका केन्द्रीय सचिव गणेश भण्डारीले भने, ‘एकोहोरो दबाबका कारण अहिले कर्मचारी तनावमा छन् ।’

    पूर्वाधारविना नै मन्त्रालय सार्न खोजिएको भन्दै कर्मचारी विरोधमा उत्रिएका छन् । ‘सरकारका सबै संरचना पुगेपछि करिब ३ हजार ५ सय कर्मचारी र उनीहरुका परिवार बस्नुपर्छ’ मन्त्रालयका एक कर्मचारीले भने, ‘सजिलै घरभाडा पाउने अवस्थासमेत छैन । यस्तो स्थितिमा राजधानी सार्नु हुँदैन ।’

    देउखुरीमा नयाँ संरचना हुने र बजार टाढा भएकाले शिक्षा, स्वास्थ्यसहितका अन्य सुविधा केही नहुने भन्दै कर्मचारी तनावमा छन् । कर्मचारीको दवाव थेग्न नसकेर कर्मचारीहरुका संगठनले प्रदेशका प्रमुख सचिवमार्फत सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

    कर्मचारीलाई प्रलोभन दिन सरकारले बजेटमा कर्मचारी आवास र विद्यालय निर्माण गर्ने योजना ल्याएको छ । तर ती पूर्वाधार पनि कहिले बन्छन् टुंगो नभएको उनीहरुको भनाइ छ ।

    कर्मचारीहरुले मन्त्रालय, प्रशासनिक भवनलगायतका संरचनासँगै अन्य आधारभूत आवश्यकताका पूर्वाधारहरुको व्यवस्था गर्न माग गरेका छन् । मन्त्रालयका लागि पर्याप्त भवनहरु नै नभएको र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई समेत बस्ने, खाने ठेगान नभएको ठाउँमा मन्त्रालय सारेपछि उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

    प्रदेश सरकारमा कार्यरत विभिन्न ४ वटा संगठनका नेताहरुले प्रदेशका प्रमुख सचिव भरतमणि सुवेदी समक्ष आफ्ना समस्याबारे जानकारी गराएका छन् । सामूहिक रुपमा गएका उनीहरुले भौतिक पूर्वाधार तयार नहुँदै मन्त्रालय सार्दा कर्मचारीलाई पर्ने समस्याका बारेमा सम्बोधन गर्न आग्रह गरे ।

    निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी यूनियन, नेपाल निजामती कर्मचारी यूनियन संघ र नेपाल निजामती कर्मचारी संगठनका नेताहरुले संयुक्त रुपमा कर्मचारीलाई पर्ने समस्याका बारेमा प्रमुख सचिव सुवेदीलाई जानकारी गराएका हुन् । समस्याहरुको सम्बोधन गरेर मात्र मन्त्रालय सार्न आग्रह गरेरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका लुम्बिनी प्रदेश ईञ्चार्ज मेघदेव पन्तले बताए ।

    लुम्बिनी प्रदेश सरकारमा ४ हजार ४ सय ३६ कर्मचारीको दरबन्दी छ । अहिले १ हजार १ सय ४२ कर्मचारी पदरिक्त छन् । सचिवसंगको डेलिकेशनमा निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका प्रदेश इञ्चार्ज मेघदेव पन्त, रुपन्देही अध्यक्ष रामप्रसाद पन्थी, नेपाल निजामती कर्मचारी यूनियनका केन्द्रीय सचिव गणेश भण्डारी, नेपाल निजामती कर्मचारी यूनियन संघका केन्द्रीय उपाध्यक्ष मदन गौतम, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा रुपन्देही ईञ्चार्ज काशिराम आचार्य, पाल्पा ईञ्चार्ज नारायणप्रसाद भण्डारी र केन्द्रीय सदस्य कृष्णबहादुर केसीलगायतको टोली पुगेको थियो ।

    कर्मचारीको नियतमा खोट देखियाे: मुख्यमन्त्री कार्यालय

    कर्मचारीलाई राजधानीमा सार्न कुनै दवाव नदिएको मुख्यमन्त्री कार्यालयको दावी छ । स्थायी राजधानीमा पूर्वाधारको समेत काम गर्नुपर्ने भएकाले शुरुमा ग्रामीण तथा शहरी विकास मन्त्रालयले काम शुरु गरेको छ ।

    ‘प्रदेशसभा भवन तयारी भएपछि हिउँदे अधिवेशन गर्ने योजनाअनुसार आन्तरिक तथा कानुन मन्त्रालयका धेरै काम उता हुने भएकाले तत्काल व्यवस्थापन गर्न खोजिएको हो’ मुख्यमन्त्री कार्यालयका अधिकारी भन्छन्, ‘अस्थायी संरचनामा तत्काल सबै मन्त्रालय लैजाने सोच छैन ।’

    भाडामा रहेका विभिन्न निर्देशनालयहरुलाई यो आर्थिक वर्षमा देउखुरीमै व्यवस्थापन हुनेगरी मिलाउन खोजिएको मुख्यमन्त्री कार्यालयको भनाइ छ । ‘कर्मचारीले घरपायक खोजेका कारण समस्या भएको छ’, मुख्यमन्त्रीको सचिवालय भन्छ, ‘कर्मचारीको नियतमै खोट छ ।’

    देउखुरीमा कसरी भइरहेको छ पूर्वाधार विकासको काम ?

    प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले राजधानी क्षेत्रको गुरुयोजना कन्सल्टेन्टमार्फत भइरहेको जानकारी दिए । अबको केही दिन मन्त्रालयभित्रै कार्यालय व्यवस्थापनको काम हुनेछ । त्यसपश्चात् प्रशासनिक काम शुरु हुनेछ ।

    राजधानी व्यवस्थापन कार्यालयले मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय सञ्चालन भएको क्षेत्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अन्य मन्त्रालय स्थापना गर्न सकिने गरी सिफारिस गरेको छ ।

    शिक्षालयलाई गढवास्थित सरस्वती माध्यमिक विद्यालयमा स्थानान्तरण गर्न बाँकी छ । शिक्षालय स्थानान्तरण भयो भने अन्य मन्त्रालयको व्यवस्थापन सहजरुपमा हुनेछ । लुम्बिनी प्रदेशसभाको बैठक सञ्चालनका लागि प्रदेशसभा भवन निर्माण कार्य जारी छ ।

    राप्ती प्राविधिक शिक्षालयभित्र प्रदेशका सबैजसो मन्त्रालय, प्रदेशसभा र केही निर्देशनालय राखिने छ । जसअन्तर्गत शिक्षालयलाई गढवा गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयमा सारिनेछ । अहिले शिक्षालय र विद्यालयको लागि पूर्वाधार निर्माणको काम भइरहेको हो ।

    १० महिनामा एक मन्त्रालय सारियो

    स्थायी राजधानी घोषणा भएको स्थानमा १० महिनापछि प्रदेश सरकारको एक मन्त्रालय सारिएको छ । राप्ती प्राविधिक शिक्षालयले प्रयोग गर्दै आएको संरचना क्षेत्रभित्र ग्रामीण तथा सहरी विकास मन्त्रालय स्थापना गरिएको हो ।

    तर सबै काम त्यहाँबाट शुरु हुन सकेको छैन । ग्रामीण तथा सहरी विकास मन्त्रालयले स्थायी राजधानी राप्ती उपत्यकाको लालमटियाबाट कामकाज शुरु गरेर स्थायी राजधानी कार्यान्वयनको शुरुवात गरेको छ ।

    साढे दुईमहिना अघि यो मन्त्रालयमा नियुक्त भएका मन्त्री हरिप्रसाद रिजालले मौरीघाटमा स्थापना गरिएको मन्त्रालयमा पदभार ग्रहण गरेका थिए । ग्रामीण तथा सहरी विकास मन्त्रालयअन्तर्गत रहेका महाशाखा, विभिन्न अन्य शाखाको कार्यालय मन्त्रालयमै स्थापना गरिनेछ ।

    राप्ती शिक्षालयको जग्गा र भौतिक संरचना प्रदेश सरकारलाई

    संघीय सरकार मन्त्रिपरिषद्को २०७७ चैत्र १ गते बसेको बैठकले लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको देउखुरीको मौरिघाटस्थित राप्ती प्राविधिक शिक्षालयको जग्गा तथा भौतिक संरचना प्रदेश सरकारलाई भोगचलनका लागि दिने निर्णय गरेको थियो ।

    प्रदेश सरकारले प्राप्त गरेको प्राविधिक शिक्षामा रहेको क्षेत्रमा ३६ वटा भवन रहेका छन् । ती भवनहरुलाई मन्त्रालय र त्यससंग सम्बन्धित कार्यालयहरुका लागि उपयोग गरिने गरी प्रदेशसभाका लागि सभाहल निर्माण भइरहेको छ ।

    के गर्दैछ व्यवस्थापन कार्यालय ?

    प्रदेश स्थापना दिवस फागुन ३ गते दाङको राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयमा लुम्बिनी प्रदेशको स्थायी राजधानी व्यवस्थापन कार्यालय स्थापना गरी आफ्नो काम शुरुवात गरेको हो । यसअघि प्रदेश प्राधिकरणको कार्यालय देउखुरीमै स्थापना गरिएको थियो ।

    देउखुरीमा निर्माण गर्न लागिएको प्रदेश राजधानीको लागि आवश्यक पर्ने नीतिगत निर्णयमा समन्वयकारी भूमिका निभाउने गरी स्थायी राजधानी व्यवस्थापन स्थापना गरिएको हो भने राजधानीको डीपीआर बनाउन प्राधिकरण कार्यालय स्थापना गरिएको थियो ।

    प्रदेश सरकारले राजधानीको गुरुयोजना निर्माण र यससँग जोडिएका अन्य कार्यलाई व्यवस्थापन र कार्यान्वयनको तहमा पुर्याउन स्थायी राजधानी व्यवस्थापन कार्यालयले काम गरिरहेको छ ।

  • एमाले एकताका लागि लुम्बिनीबाट दवाव अभियान शुरु

    एमाले एकताका लागि लुम्बिनीबाट दवाव अभियान शुरु

    रुपन्देही । प्रतिनिधिसभा विघटनपछि विभाजनउन्मुख एमालेलाई बचाउन आग्रह गर्दै लुम्बिनीबाट एकता अभियानको थालनी भएको छ । एमालेभित्र गुटबन्दीले पार्टी विभाजनको संघारमा पुगेकाले विभाजन रोक्न शीर्ष नेताहरुलाई दबाब दिन अभियान शुरु गरिएको युवा बुद्धिजीवी मञ्चले जनाएको छ ।

    नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपि शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षमा विभाजित नेताहरु बीच संवाद गरी भएका कमजोरी सच्याएर एकताबद्ध हुन अपीलसमेत गरिएको छ । मञ्चले बुटवलमा ‘एकताबद्ध एकताबद्ध एमाले र सुदृढ संगठनका लागि अन्तरसंवाद’ कार्यक्रम गरी कार्यकर्ता एकताकै पक्षमा रहेको बताएका हुन् ।

    कार्यक्रममा एमालेका पुराना नेता तथा पूर्व सांसद देवेन्द्रराज घिमिरेले जनाधार र नेताको पुच्छर समाएर नेता हुन खोजेकाहरुले एमालेलाई फुटाउन खोजेको बताए ।

    उनले २०५४ सालमा पार्टी फुट हुँदा कसैलाई फाइदा नभएको स्मरण गर्दै कम्युनिष्ट सिद्धान्त र बहुदलीय जनवाद एमालेले भुलेको आरोपसमेत लगाए । उनले एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपि शर्मा ओलीले आफू प्रधानमन्त्री हुनकै लागि माओवादी केन्द्रसँग पार्टी एकता गर्नु नै पहिलो गल्ती भएको उनको दावी छ ।

    ओलीको तीन कमजोरी उल्लेख गर्दै उनले भने, ‘पहिलो गल्ती प्रचण्डसँगको सहमति, दोस्रो प्रतिनिधिसभा विघटन र तेस्रो नागरिकता अध्यादेश जारी गर्नु हो ।’ उनले पार्टी फुटले कसैलाई हित नगर्ने भन्दै स्वार्थी नेतालाई चिन्न आग्रह गरे ।

    संविधानसभा सदस्य नेत्र पन्थीले नेपालमा कम्युनिष्ट पार्टीहरुको आचरण र संस्कार बिग्रेको भन्दै एमालेमा पनि त्यो हावी भएको बताए । उनले माओवादी केन्द्रसँगको एकतापछि पार्टी चलायमान नै नभएको बताउँदै त्यसपछि नै चरम गुटबन्दी मौलाएको बताए ।

    उनले शीर्ष नेताहरुले गरेको गल्तीलाई आत्मसमीक्षा गर्दै नवौं महाधिवेशनको नेतृत्व र नीतिमा पार्टीलाई फर्काएर एकता कायम गर्नुपर्ने बताए । पन्थीले गुटबन्दी नगरेर शीर्ष नेताहरुलाई मिल्न दवाव दिनुपर्ने बेला आएको बताए ।

    यस्तै प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष डा. बालकृष्ण चापागाईले पार्टी नेतृत्वले गरेको गल्ती औंल्याएकै आधारमा गुटमा भिडाउने प्रचलन गलत भएको भन्दै बुटवलबाट पार्टी एकताको सन्देश दिनुपर्ने बताए ।

    उनले महाकाली सन्धी हुँदा पनि गलत भएको भनेको तर पार्टी एकता कायम राख्नुपर्छ भन्ने मान्यतामा अडिक रहेको स्मरण गरे । युवा बुद्विजीवी मञ्च बुटवलका संरक्षक कमल गौतमले नेतृत्वका कारण पार्टी विभाजन हुन लागेको तर तल्लो तहको कार्यकर्ता विभाजनको विपक्षमा रहेकाले एकताको सन्देश दिन बुटवलबाट अभियानको थालनी गरिएको बताए । उनले शीर्ष नेताहरुलाई मिल्न दवाव दिन अभियान थालिएकाले प्रत्येक जिल्लामा यस्ता अभियान हुने बताए ।

    एमालेका पनि कुनै पक्षमा नलागेका जिल्लाका बुद्धिजीवी र सम्बद्ध व्यक्तिहरुले एमालेको एकता कायम गर्न अभियान शुरु गरेको मञ्च बुटवलका अध्यक्ष हरि ज्ञवालीले बताए ।

    अन्तरक्रियामा नेताहरु बाबुराम भट्टराई, गणेश घिमिरे, यातायात व्यवसायी नारायण भट्टराई, अगुवा भूवनेश्वर भण्डारीलगायतले बोल्दै पार्टी एकता जोगाउन अपिल गरेका थिए ।

  • बुटवल उपमहानगरभित्रका सबैलाई निःशुल्क कोरोना परीक्षण शुरु

    बुटवल उपमहानगरभित्रका सबैलाई निःशुल्क कोरोना परीक्षण शुरु

    रुपन्देही । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आंकलन गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिकामा टोलटोलमा निःशुल्क परीक्षण शुरु गरिएको छ ।

    सोमबारदेखि मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निःशुल्क पीसीआर परीक्षण सुरु गरिएको नगर प्रमुख शिवराज सुवेदीले बताए । यस्तोे परीक्षणबाट पनि केही संक्रमित भेटिएकाले यसलाई थप बिस्तार गरिने उनको भनाइ छ ।

    मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र कार्यालय परिसरमा एन्टिजेनबाट परीक्षण भइरहेको छ । बुटवल उपमहानगरले सबै वडाका धेरै संक्रमित भेटिएका र जोखिमपूर्ण हस्टस्पट क्षेत्र पहिचान गरी एकसाथ धेरैजनाको एन्टिजेनबाट परीक्षण सुरु गरिएको हो । यो परीक्षण उपमहानगरपालिकाका सबै वडाका टोलमा पायक मिलाएर २१ गतेसम्म गरिनेछ ।

    महामारीविरुद्धको अभियान सशक्त बनाउने उद्देश्यले समुदायस्तरमा व्यापक परीक्षण गरिएको बताउँदै प्रमुख सुवेदीले स्वास्थ्य मापदण्ड र स्वनियममा बस्न आग्रह गरेका छन् ।

    जनस्वास्थ्यको संवेदनशीलता र महामारीविरुद्धको जारी अभियानलाई प्रभावकारी बनाउन एकैपटक सबैतिरबाट परीक्षण गर्न लागिएको प्रमुख सुवेदीले बताए ।

    मनोबल उच्च राख्न उनले आग्रह गरेका छन् । स्वास्थ्यकर्मीलाई क्षेत्र तोकेर जिम्मेवारी प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

    ‘सावधानी र स्वास्थ्य मापदण्ड सबैले पालना गरौं, ’उनले भने । उपमहानगरका जनप्रतिनिधि तथा विज्ञहरूले सकारात्मक सन्देश प्रवाह गर्न र मनोबल उच्च राख्न आग्रह गरेका छन् ।

    बुटवलमा संक्रमितको घरदैलोमै पुगेर आयुर्वेद औषधि वितरण गरिएको छ भने योगा र ध्यान सिकाइएको छ । संक्रमितलाई हौसला बढाउन आयुर्वेद औषधि, भिटामिनहरु र जरुरी परेकालाई अक्सिजन सिलिण्डर नै बोकेर बुटवलका जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरदैलोमा पुगेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

  • बन्दाबन्दीमा रेस्टुरेन्ट खोल्दा २७ हजार जरीवाना !

    बन्दाबन्दीमा रेस्टुरेन्ट खोल्दा २७ हजार जरीवाना !

    रूपन्देही । काेराेना महामारी नियन्त्रणका लागि स्थानीय प्रशासनले बन्दाबन्दीकाे निर्णय गरेपछि व्यवसायीहरु आर्थिक नाेक्सानीमा छन् । यस्ताेमा निषेधाज्ञाको अवज्ञा गर्दा बुटवलमा रेस्टुरेन्ट सन्चालकले उल्टै आर्थिक क्षति व्यहोर्नुपरेको छ ।

    निषेधाज्ञाको अवज्ञा गरी रेस्टुरेण्ट सन्चालन गर्दा सन्चालक र ग्राहक दुवैले जरीवानासहितको कारवाही भोगेका छन् ।

    बुटवल उपमहानगरपालिका वडा नं ९ मिलनचोकस्थित सेराज रेष्टुरेण्ट खोलेर अनावश्यक भिडभाड गर्ने सञ्चालकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेर जरीवाना तिराएको हो । ग्राहकहरुलाई भने प्रहरीले सम्झाई बुझाई छाडिदिएकाे हाे ।

    पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थायी घर बुटवल उपमहानगरपालिका–४ वस्ने ४४ वर्षीय होटल सन्चालक शेर बहादुर भण्डारी, स्याङ्जा चापाकोट नगरपालिका– १० स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ वस्न ४० वर्षीय होटल सन्चालक शम्भु भट्टराई र उक्त होटलका बारटेण्डर रुकुम मगर छन् ।

    संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएकोमा जिल्ला प्रशासनले उनीहरुलाई १ महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १०० जरिवाना तोकिएको थियो । जरिवाना बाफतको २७ हजार ३ सय जरीवाना तिरेर उनीहरु हिजै साँझ रिहा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए।

    रेस्टुरेन्टमा भीड भइरहेको भेटिएपछि वडा प्रहरी कार्यालयबाट गस्तीमा निस्किएको प्रहरी टोलीले बन्द गर्न अनुरोध गर्दा उल्टै प्रहरीमाथि अवरोध गर्न खोजेपछि उनीहरु पक्राउ परेका हुन् । कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले रूपन्देहीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको छ ।

  • अस्पतालमा शय्या खोज्दाखोज्दै जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु

    अस्पतालमा शय्या खोज्दाखोज्दै जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु

    रूपन्देही । बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का कोरोना संक्रमित वडा सदस्य नवीन थापामगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको छ ।

    नेकपा एमालेको वडाध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि संक्रमित भएपनि बेड अभावका कारण होमआइसोलेसनमा थिए ।

    ‘तीन दिनअघि शय्या खोज्न आफैं अस्पतालमा गए पनि नपाएपछि घरमै अक्सिजन लिएर आउनुभएको थियो, हिजो समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आईसीयू,भेन्टिलेटर नभएपछि भैरहवामा अस्पताल खोज्दै गर्दा एम्बुलेन्समै निधन भयो, सोही वडाका युवा नेता बिकासजंग बस्नेतले नेपाल प्रेससँग भने ।

    वडाध्यक्ष कमलप्रताप थापाले समयमै उपचार नपाएका कारण नविनको मृत्यु भएको बताए । ‘जनप्रतिनिधिले नै यस्तो अवस्थामा भोग्नुपरेपछि अरूको अवस्था के होला ? महामारी भयावहले घेरिसक्यो,’ बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले भने ।

    स्वर्गीय नविनका श्रीमती र १ छोरी छन् ।

  • लुम्बिनी अस्पतालका डाक्टरको गुहार– अक्सिजन अभावमा हात उठाउन बाध्य हुने भयाैं

    लुम्बिनी अस्पतालका डाक्टरको गुहार– अक्सिजन अभावमा हात उठाउन बाध्य हुने भयाैं

    रूपन्देही । विहीबारदेखि लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव भएको खबरले सनसनी फैलायो । त्यहाँका मेसु तथा कोरोना फोकल पर्सनले सबैतिर हारगुहार गरे । तर परिणाम सोचेजस्तो आएन ।

    यस क्षेत्रको मुख्य कोरोना विशेष अस्पताल रहेको यो अस्पतालमा अहिले पनि दर्जनौं गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको छ । तर त्यही अस्पतालमा जिम्मेवारी लिएका डक्टरले नै यस्तो पीडा व्यक्त गरेका छन्- अक्सिजनका विषयमा ।

    सायद उनीहरूको चीत्कारमा कसैले समन्वय गर्न सकेन । विहीबार बिहानै प्रादेशिक अस्पतालमा अक्सिजन सकिन थाल्यो, केहि घण्टामा अक्सिन उपलब्ध नभए भयावह अवस्था आउनसक्ने खबरले सबैलाई त्रसिद बनायो । सबै सबैले अक्सिजन उपलब्ध गराउनुपर्ने माग सहित सामाजिक सञ्जालमै माग पोष्ट गरे ।

    बुटवल उपमहागरलाई बिभिन्न संघसंस्थाले अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको फोटो पनि सामाजिक सञ्जालमा आए, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि फेसबुकमै ‘निरन्तरको प्रयास पछि भारतवाट लिक्विड अक्सिजनको सप्लाई सुचारु हुने भएको छ। अक्सिजन सिलिण्डर थप प्राप्त हुँदैछ। उपचार अव थप सहज हुनेछ।’ भन्ने सन्देश दिए ।

    साँझसम्म अस्पतालमा अक्सिजन आउनले सबै ढुक्क थिए । तर शुक्रबार बिहानैदेखि मेसु राजेन्द्र खनाल र कोरोना फोकल पर्सन नन्दु पाठकको वक्तव्यले थप त्रसित बनाएको छ ।

    शुक्रबार मध्यराती लुम्बिनी प्रादेशि अस्पतालका प्रमुख डा. राजेन्द्र खनाल स्वयमले आफू र अस्पतालका कोरोना फोकलपर्शन डा. नन्दु पाठक रातभर अक्सिजन खोज्न हिंड्नु परेको र व्यवस्था हुन नसक्दा डाक्टर र नर्सहरु टुलुटुलु हेरेर बस्न बाध्य बनेको मार्मिक स्टाटस सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

    बिहान करिव ४ बजे पोष्ट भएको डा. खनालको स्टाटसले अस्पतालमा अक्सिजन नपाएर संक्रमित र अस्पतालका बिरामीहरुले ज्यान गुमाउने अवस्था आइसकेको संकेत गरेको छ ।

    अस्पतालका चिकित्सक र अन्य स्वास्थ्कर्मीहरु आत्मसमर्पणको अवस्थामा पुगेको डा. खनालको भनाइबाट बुझिन्छ । अस्पताल प्रमुख डा. खनाल लेख्छन्– ‘फेरि उही कुरा ! मध्यरातमा डा. नन्दु र डा. राजेन्द्रको काम अक्सिजन खोज्ने भएपछि हालत के होला ? बिरामीहरुको अवस्थालाई टुलुटुलु हेरेर नर्स र डाक्टरले केहि गर्न नसकिने यो कस्तो विवशता ! अब त एकोहोरो टोलाउन मात्र बाँकी छ ।’

    अस्पतालमा अक्सिजन सकिएको सूचना सार्वजानिक भएको २४ घण्टासम्म पनि प्रदेशको मुख्य शहर बुटवलका अस्पतालमा अक्सिजन आपूर्तिमा सहज व्यवस्थापन हुन नसक्नु गम्भीर विषय रहेको सबैले प्रतिक्रिया दिएका छन् ।

    लुम्बिनी प्रदेशका दुई मुख्य अस्पताल मध्य भेरी अस्पताल नेपालगन्जमा लिक्विड अक्सिजनको च्याम्बर ठडिएको छ, ट्याङ्करमा लिक्विड अक्सिजन छैन, अर्को अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन नभएर स्वास्थ्कर्मीहरु मुकदर्शक बन्न बाध्य बनेका छन् ।

    अस्पतालमा अक्सिजन सप्लाई बन्द भए अक्सिजनको सहायता लिइरहेका दर्जनौ बिरामीकाे एकैपटक मृत्यु हुने डक्टर खनालले प्रतिक्रिया दिए । प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले छिटोभन्दा छिटो अक्सिजनको व्यवस्थापन गरिने दावी गरे ।

     

  • कोरोना संक्रमण बढेपछि बुटवलमा परीक्षा रोक

    कोरोना संक्रमण बढेपछि बुटवलमा परीक्षा रोक

    रुपन्देही । कोरोनाको नयाँ भेरिएन्टको संक्रमण बढ्दै गएपछि बुटवल उपमहानगरले विद्यालयको परीक्षा संचालनमा रोक लगाएको छ । उपमहानगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्मका लागि बन्द गरिएको हो ।

    उपमहानगरले एक सूचना जारी गर्दै पूर्वनिर्धारित परीक्षाहरु समेत वैशाख मसान्तसम्मका लागि स्थगित गर्न भनेको छ । उपमहानगरको निर्णयले कक्षा ८ को पालिका स्तरीय परीक्षा समेत स्थगित गरेको छ ।

    बन्द भएका बिद्यालयहरुले बैकल्पिक माध्यमबाट कक्षा लिनसक्ने नगरपालिकाको सूचनामा उल्लेख छ । उपमहानगरका अभिभावकरुलाई आ-आफ्ना बालबालिकालाई वैकल्पिक माध्यमबाट शिक्षा दिन तथा विद्यालयको नियमित प्रशासनिक कार्यलाई भने निरन्तरता दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

  • जितगढीमा विजय उत्सव, २ सय वर्षअघि अंग्रेजलाई हराएको सम्झना

    जितगढीमा विजय उत्सव, २ सय वर्षअघि अंग्रेजलाई हराएको सम्झना

    रुपन्देही । आज बैशाख ७ गते । इतिहासमा यो दिनको छुट्टै महत्व छ । नेपाल कहिल्यै पनि कसैको अधिनमा नरहनुमा विक्रम सम्वत् १८७२ बैशाख ७ गते जितगढी किल्लामा हासिल गरेको विजयले ठूलो सहयोग गरेको छ । हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका-१ मा पर्ने जितगढीमा नेपाली सेनाले तत्कालीन अंग्रेज फौजमाथि धावा बोलेको थियो ।

    अंग्रेज (इष्ट इण्डिया कम्पनी) सरकारको विस्तार विश्वका लगभग सबै मुलुकमा भएको थियो । भारतलाई उपनिवेश बनाएर सयौँ वर्षसम्म उनीहरुले राज गरेका थिए । सोही क्रममा अंग्रेजी फौजले नेपालमा आँखा गाडेको थियो र बुटवलको जितगढी लगायतका देशका कैयौँ भागमा आक्रमण गरेको थियो । अंग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले अंग्रेज फौजलाई परास्त गरेको हो ।

    जितगढीमा भएको वि.सं. १८७२ वैैशाख ७ गतेको लडाइँमा नेपालसँग अंग्रेज शाशक झस्कियो र युद्धको सट्टा सम्झौतातर्फ अग्रसर भयो ।
    सुरुङको उत्खनन् शुरु

    जितगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक, उनीसंगै लडेका नेपाली सेनाका १२ जना कमाण्डरहरुको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरि गुरुयोजना अनुरुपका काम अगाडि बढेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए । त्यतिबेला खनिएको सुरुङको उत्खनन् गरी संरक्षण गर्ने काम भइरहेको उनको भनाइ छ ।

    बुटवल उपमहानगरले ऐतिहासिक किल्लालाई संरक्षण गर्दै उपमहानगरले गुरुयोजना बनाएको र गुरुयोजना अनुरुपका काम अहिले धमाधम भइरहेका उपप्रमुख गोमादेवी आचार्यले बताइन् । जितगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी बुटवलले स्थानीय पाठ्यक्रममा समेत यो विषयलाई समावेश गरिएको छ ।

    जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा लिएर त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृत महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्ने गरी गुरुयोजना बनाइएको प्रमुख सुवेदीले जानकारी दिए ।

    नेपाल एकीकरणको अभियान (सन् १७४३ बाट) शुरु भएकै बेलामा अंग्रेज र नेपालबीच सीमानामा विवाद सिर्जना भएको थियो । विवाद समाधान गर्न सन् १७४४ मा नेपाली प्रतिनिधिहरु तत्कालीन अंग्रेजको राजधानी मानिएको कलकत्तामा पुगेपनि विवाद समाधान हुन सकेन । सन् १८०४ मा अंग्रेजले भारतको मराठा राज्य आफ्नो अधिनमा लिएपछि नेपालतर्फ अघि बढेको थियो ।

    अमरसिंह थापा (साना) का नाती २० वर्षे उजिरसिंह थापा कर्णेल नियुक्त भएपछि उनैको नेतृत्वमा नेपालले अंग्रेजसँग निर्णायक युद्ध लड्यो र जित्यो । कर्णेल उजिरसिंह थापाको नेतृत्वमा रहेको नेपाली सेनाले अंग्रेज सेनालाई वि.सं १८७२ वैशाख ७ मा विजय हासिल गरी विजय पताका फहराएको सम्झनामा बुटवल उपमहानगरले विजय उत्सव दिवस मनाउँदै आएको छ ।

    सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सीमाना अवधसम्म पुगेको थियो । पाल्पाबाट भागेर गएका राजखलकहरु र भारदारहरुले अंग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए । त्यसैकारण नेपाल र अंग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो । विग्रिएको सम्बन्ध अन्ततः युद्धमै परिणत भयो ।

    उजीरसिंहका सहकर्मीहरु

    सरदार सूर्य थापा, लप्टन अम्बर अधिकारी, कुम्भेदान वुशसूर थापा, जमदार भीमसेन देउजा, जमादार सुरवीर बोहोरा, हवल्दार रणसूर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरघर नकुल बानियाँ, जुठे बस्नेतलगायतका वीर नेपालीहरु घरेलु हतियार लिएर तत्कालीन अंग्रेज सेनासँग जाइलागेका थिए ।

    उपमहानगरको योजना

    जितगढी किल्ला विश्व इतिहाससँग जोडिएको थलो रहेकाले यसलाई संरक्षण, सम्बद्र्धन र सदुपयोग गर्नेतर्फ उपमहानगर गम्भीर भएर लागेको बताउँदै प्रमुख सुवेदीले जितगढी नै यसक्षेत्रको पर्यटनको र इतिहासको आधार क्षेत्र बनाउने बताए । ‘सारा संसारलाई जित्दै आएको अंग्रेजले नेपालमा भने हार्नुपर्‍यो, कस्तो ठाउँ रहेछ त त्यो भन्दै अंग्रेजका कोही न कोही सन्तानहरु खोज्दै यहाँसम्म आउनेछन्’ प्रमुख सुवेदीले भने, ‘समृद्धिको आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई सोही अनुरुप विकास गर्नुपर्ने छ ।’

    जितगढी किल्लासँगै रहेका कभर्ड हल, वडा कार्यालयलगायतका संरचानाहरु हटाइएको छ भने अरु संरचना क्रमशः हटाइने छ ।

    नेपाली सेनासँगको सहकार्य

    बुटवल उपमहानगरपालिकाले बनाएको जितगढी गुरुयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको र विभिन्न सेनाका शालिकहरु निर्माण भइरहेको छ । किल्ला क्षेत्रमा तत्कालीन पहिचान झल्किने वातावरण बनाउन लागिएको र सेनासँगको सहकार्य निरन्तर अगाडि बढेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । गुरुयोजना अनुसार २ बिगाहा २ कठ्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचनाहरु निर्माण भइरहेका छन् । जितगढी बटौली युद्ध संग्रहालयको समेत निर्माणकार्य चलिरहेको र गुरुयोजना अनुरुपकै अर्को पाटो रहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

    तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय आकर्षणको स्थल बनाउने बुटवलको योजनामा निजी क्षेत्रको समेत सहकार्य रहेको छ ।

    जितगढी नजिकैदेखि नुवाकोट गढीसम्म निजी क्षेत्रको लगानीमा केबलकार निर्माणको काम सुरु भएको छ भने तिनाउमा जलपर्यटनको योजना बनिरहेको छ ।

    किल्लाको आसपासमा पर्खाल लगाएर संग्रहालय, पार्क, स्मारकहरु, पुरानो बुटवललाई सांस्कृति सहर बनाउने र तिनाउ किनारमा रात्रीकालीन बजार बनाउनेसम्मका योजना रहेको छ ।

  • रुपन्देहीमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु

    रुपन्देहीमा एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु

    रुपन्देही । कोरोना संक्रमणको कारण रुपन्देहीमा सोमबार मात्र ६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार भैरहवास्थित युसीएमस कोभिड अस्पताल युनिटमा ४ जना र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाका र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    मृत्यु हुनेमा बुटवल उपमहानगर–८ की ६५ वर्षीय महिला र बुटवल–१३ की ७९ वर्षीय महिलाको छन् । त्यसैगरी रानीगञ्ज मोतिपुरका ३८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा अन्यमा महरागञ्ज–९ कपिलवस्तुका ५२ वर्षीय पुरुष, झिमरुक प्युठानका ५८ वर्षीय पुरुष र स्वर्गद्वारी प्युठानका ४८ वर्षिय पुरुष छन् ।

    दोस्रो लहर अन्तर्गत रुपन्देहीमा दिनहुँ संक्रमण बढ्दो छ । जिल्लामा रहेका दुई सरकारी कोभिड अस्पताल र १ निजी अस्पतालले कोभिडको उपचारका लागि छुट्टाइएको थियो । अहिले ती अस्पताल सबै भरिएको अवस्था छ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार शहरी क्षेत्रमा संक्रमण दर निकै बढ्दो छ । शहरी क्षेत्रका भिडभाड हुने क्षेत्रबाट संक्रमितको संख्या बढी देखिएकाले र अस्पतालमा बिरामीको चाप बढेकाले सबैलाई सचेत रहन गिरीको आग्रह छ ।

  • बुटवलमा एकैदिन २ कोरोना संक्रमितकाे मृत्यु

    रूपन्देही । रुपन्देहीको बुटवलमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको अस्थायी कोरोना विषेष अस्पतालमा प्युठान स्वर्गद्वारी-९ का पुरुष र रुपन्देही तिलोत्तमाकी महिलाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा ४३ वर्षीय पुरुष र ७१ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले बताए ।

    चैत १० गते पीसीआर रिपोर्ट पोजिटिभ आएपछि अस्पताल भर्ना गरिएको प्युठानका संक्रमितको सोमबार विहान ५ बजे र चैत २३ गते भर्ना भएकी महिलाको सोमबार बिहान ७ बजेर २३ मिनेटमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

  • बुटवलमा सुरक्षित आवासको नयाँ मापदण्ड, १६ तलासम्म बनाउन पाइने

    बुटवलमा सुरक्षित आवासको नयाँ मापदण्ड, १६ तलासम्म बनाउन पाइने

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले व्यवस्थित सहरीकरण र सुरक्षित आवास निर्माणलाई लक्षित गर्दै भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । नयाँ मापदण्डअनुसार बुटवलमा धेरै तलाका घर बनाउन सकिने छ ।

    बुटवलका सार्वजनिक जग्गाको संरक्षण, सदुपयोग र कृषियोग्य भूमिको अधिकतम सदुपयोग गर्ने उद्देश्यले आवासीय क्षेत्रका निम्ति नयाँ मापदण्ड तय गरिएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

    उनले भवन निर्माणसम्बन्धी मापदण्ड २०७४ लाई खारेज गर्दै उपमहानगरका १९ वटै वडाका लागि नयाँ मापदण्ड तय भएको र चालु आर्थिक वर्षदेखि नै लागू हुने गरी राजपत्रमा प्रकासित गरिसकिएको बताए । अग्ला भवन निर्माणका लागि भने प्राविधिक अध्ययन भएका क्षेत्रलाई मात्रै तोकिएको छ ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७, ४३, ४४ समेतले दिएको अधिकार प्रयोग गरी बुटवल उपमहानगरपालिकाले भवन निर्माणसम्बन्धी मापदण्ड, २०७७ बनाएको छ । बुटवलमा हाल बढिमा १० तलामा भवन निर्माण भएका छन् । अब नयाँ मापदण्डअनुसार यो भन्दा पनि अग्ला भवन निर्माण गर्न सकिने छ ।

    १६ तलासम्म बनाउन पाइने

    बुटवल उपमहानगरले बनाएको कानुन तथा भवन निर्माणसम्बन्धी नयाँ मापदण्डअनुसार अब १६ तलासम्मका भवन निर्माण गर्न सकिने छ । ठूला भवन निर्माणका लागि उपमहानगरले यहाँका सबै वडाका सम्भावित क्षेत्रको भौगर्भिक अध्ययन गराएको थियो । सोही अध्ययनका आधारमा अग्ला र व्यवस्थित भवन निर्माण गर्न सकिने क्षेत्रसमेत तोकिएको छ ।

    सहरीकरण प्रक्रियालाई नियमन गरी स्वस्च्छ, स्वस्थ, दीगो तथा सबैलाई बस्न समेत उपयुक्त सहरी वातावरण निर्माणको लागि साथै भूउपयोग क्रियाकलापलाई सुव्यवस्थित ढंगले उपयोग गर्न, व्यवस्थित शहर, भूकम्पीय क्षतिको न्यूनीकरण,

    सहरी वातावरणको संरक्षण तथा सम्बद्र्धन, जनस्वास्थ्य तथा सरसफाईलाई ध्यान दिंदै नयाँ व्यवस्थित बस्ती बसाउने उद्देश्यले नयाँ मापदण्ड बनाइएको उपप्रमुख गुमादेवी आचार्यको भनाइ छ ।

    बहुतलाका भवन निर्माण गर्नुपूर्व अनिवार्य सहरी विकास मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार माटो परीक्षण गर्नुपर्नेदेखि भवन संहिता पूर्ण पालना भएको हुनुपर्नेछ ।

    खानी तथा भूगर्भ विभागले नेपाल राजपत्रमा प्रकाशित गरी निषेध गरेका क्षेत्रमा भवन निर्माण गर्न नपाइने विषयलाई उपमहानगरले पनि कडाईका साथ पालना गर्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।
    पाँच तल्ला (१७ मिटर) देखि १६ (५० मिटर) तल्ला सम्मका सबै अग्ला भवनहरूको लागि लिफ्टलाई अनिवार्य लागू गरिएको छ । नौ तल्लादेखि १६ तल्ला सम्मका सबै अग्ला (हाइ राइज) भवनहरूमा कम्तीमा पनि दुई लिफ्टको प्रावधान राखिएको हुनुपर्ने उपमहानगरका शहरी विकास योजना प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए ।

    नयाँ मापण्ड अनुसार अपार्टमेन्ट तथा संयुक्त आवासका भवन तथा सपिङ्ग कम्प्लेक्स, व्यापारिक मल, डिपार्टमेन्ट स्टोर आदि ठूला भवन निर्माण हुनसक्ने इन्जिनियर श्रेष्ठको भनाइ छ ।

    राष्ट्रिय भवन संहितामा उल्लेख गरिए अनुसारका आपतकालिन संरचना निर्माण गर्नुपर्ने छ । आगलागी वा अन्य आकस्मिक अवस्था आइपरेमा भवन भित्रका व्यक्तिहरुलाई सुरक्षित रुपमा बाहिर ल्याउन मिल्ने गरी प्रत्येक भवनमा निकासको व्यवस्था गर्नुपर्नेछ ।

    भूकम्पीय सुरक्षासम्बन्धी व्यवस्था

    निर्माण हुने हाइ राइज भवनहरुमा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने दृष्टिकोणले आवश्यक डिजाइन र स्पेसिफिकेशन बनाई अनुगमन समेत गर्ने व्यवस्था मिलाइनु पर्नेछ । सो सम्बन्धमा त्रुटि देखिएमा डिजाइनर, निर्माणकर्ता र निर्माण व्यवसायी तीनै पक्ष जिम्मेवार हुनेछ । सो सम्बन्धमा राष्ट्रिय भवन संहिता तथा अन्य भवन संहितामा समेत आधारित भई उपमहानगरपालिकाले निर्देशिका बनाइ जारी गर्न सक्नेछ ।

    भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी आधारभूत तालिम लिइ सूचीकृत भएको कालिगढ वा ठेकेदारले मात्र सुपरिवेक्षणको लागि नियक्त भएको प्राविधिकको रोहवरमा भवन स्वामित्वकर्ता सँग द्विपक्षीय सम्झौता गरी भवन निर्माण गर्न पाउने व्यवस्था मिलाइएको उपमहनगरका प्रवक्ता तथा पूर्वाधार विकास समिति प्रमुख रामप्रसाद रेग्मीले बताए ।

    बहुतले भवनको मापदण्डको प्रयोजन

    पुनर्निर्माण, नयाँ निर्माण, थप निर्माण र मर्मत सुधारको कार्यहरुको सम्बन्धमा समेत नयाँ मापदण्ड लागू हुनेछ । यो मापदण्ड एउटै प्लट जग्गामा निर्माण हुने धेरै भवनहरु उपर पनि लागू हुनेछ ।

    नयाँ मापदण्डले नसमेटिएका कुराको हकमा सम्बन्धित प्राविधिक समिति (वाधा अड्काउ फुकाउ समिति) को सिफारिसमा प्रचलित राष्ट्रिय मापदण्ड र संहिता अनुसार गर्न सकिनेछ । तर यसको लागि उपमहानगरपालिका बोर्डको समेत सहमति हुनुपर्ने प्रवक्ता रेग्मीको भनाइ छ ।

  • बुटवलमा बन्ने भयो जितगढी (बटौली) युद्ध संग्रहालय

    बुटवलमा बन्ने भयो जितगढी (बटौली) युद्ध संग्रहालय

    रूपन्देही । बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदास्थल जितगढी र सांस्कृति सहर पुरानो बुटवल (बटौली) लाई जोड्नेगरि संग्रहालय निर्माण सुरु भएको छ ।

    यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालिन नेपाल–अंग्रेज युद्ध ताकको झल्को दिनेगरि निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो ।

    जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त महत्वपूर्ण संरचनाको बुधबार एक समारोहका बीच शिलान्यास भएको छ । उपमहानगरका प्रमुख शिवराज सुवेदीले उक्त संग्रहालयको शिलान्यास गरेका छन् ।

    राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै सोही अन्तर्गतको एउटा कामका रुपमा संग्रहालयलाई लिइएको प्रमुख सुवेदीले बताए ।

    प्रमुख सुवेदीले प्राचीन सहरले जन्माएर सबै उपसहरहरुलाई जोड्ने एउटै पर्यटन सर्किट बनाइने बताउँदै उनले बु्टवल चक्रपथ, तिनाउ–दानव कोरिडोर र छिमेकका पालिकाका सडक सञ्जालमा बुटवलको पर्यटन सर्किट जोडिने बताए ।

    बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटन अन्तर्गतको एउटा कामका रुपमा संग्रहालय रहेको प्रमुख सुवेदीले बताए ।

    बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना तय भएका छन् । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ ।

    बुटवल -१ को भैरव मन्दिर नजिकै रहेको उपमहानगर करिब तीन कट्ठा जग्गामा उक्त संग्रहालय बन्नेछ । संग्रहालय चार तलाको बन्ने छ । पहिलो, दोस्रो, तेस्रो तलामा म्युजियम र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरि क्याफे रहने छ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरु राखिएको शोभिनियर सप रहने छ ।

    करिब ६ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो । निर्माणकार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता भएको थियो ।

    बुटवलको पहिचान झल्काउने, नयाँ पुस्तालाई जानकारी गराउने, आगन्तुक पाहुनाहरुलाई पनि झल्को देखाउने र बुद्धावलीको प्राचीन बटौलीदेखि हालको बृहत्त बुटवलको अवस्थाका बारेमा जानकारी गराउने खालको संग्रहालय निर्माण गर्न लागिएको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताइन्।

    शिलान्यास समारोहमा सहभागी नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, नेकपा एमालेका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीलगायतले निर्माणकार्यको सफलताको कामना गर्दै उपमहानगरले गुरुयोजना कार्यान्वयनमा देखाएको तदारुकताको प्रसंशा गरेका थिए ।

    निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इन्जिनियर प्रभाकर लामिछानेले तोकिएको समय अगावै निर्माण सक्नेगरि काम गरिने प्रतिवद्धता जनाए ।

    उनले स्थानीय जनप्रतिनिधि, टोलविकास संस्था र स्थानीय समुदायको सहकार्य र समन्वयमा कामलाई प्रभावकारी बनाइने बताए ।
    उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले निर्माणकार्यका लागि आवश्यक पर्ने समन्वय र सहकार्यमा उपमहानगरले गर्ने बताए ।

    १ का अध्यक्ष महेन्द्रप्रसाद लिगलले समुदायस्तरबाट सहयोग र सहकार्य रहने बताउँदै तोकिएको समयमै निर्माणकार्य सक्ने प्रतिबद्धताले आफुहरुलाई खुशी लागेको बताए ।

  • बुटवलमा विकासको बहार, १० दिनमा दुई केवलकारको शिलान्यास

    बुटवलमा विकासको बहार, १० दिनमा दुई केवलकारको शिलान्यास

    रुपन्देही । फागुन १ गते बुटवलबाट पाल्पाको बसन्तपुर पुग्ने केवलकारको शिलन्यास गरेर काठमाडौं गएका अर्थमन्त्री तथा सत्तारुढ नेकपा महासचिव विष्णु पौडेलले आइतबार बुटवलमा अर्को केवलकारको शिलन्यास गरेका छन् । पौडेलले बुटवल उपमहानगरपालिकाको वडा नं १ स्थित फुलबारीदेखि पाल्पा र रुपन्देहीको संगमस्थल नुवाकोट गढी जोड्ने सिद्धार्थ केबलकारको शिलान्यास गरेका हुन् ।

    ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको पाल्पाको तिनाउ–२ मा अवस्थित नुवाकोट गढीसम्म पुग्न केवुलकार सञ्चालनमा आउने भएको छ । बुटवलदेखि करिब २ किलोमिटर दूरीको केवुलकार लाइन निर्माणका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका छन् ।

    नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालिले यसअघि नै सरकारबाट वन क्षेत्र उपयोग गर्ने स्वीकृति लिएर केही काम अगाडि बढाइसकेको छ । केबलकारको लागि छपान र रुख कटानको काम भइरहेको प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिएका छन् ।

    १८ महिनाभित्रै बुटवल–नुवाकोट केवुलकार सञ्चालनका लागि करिब ७५ करोडको लगानीमा निर्माणको काम हुन लागेको हो । ५० जना पर्यटन व्यवसायीहरु आवद्ध सिद्धार्थ केवलकार प्रा.लि.ले निर्माणको जिम्मा पाएको हो ।

    मनोरम हिमश्रृंखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिने नुवाकोट गढीसम्म पुग्नका लागि केवुलकार विस्तार हुने भएपछि पर्यटकलाई सहज हुने भएको छ । २२र२४ से राज्यका बेला राजा मणिमुकुन्द सेनको गृष्मकालीन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवासमेत रहेको नुवाकोटसम्म पुग्न केवलकार सञ्चालनसँगै यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।

    रुपन्देहीको बेलबास शान्तिचोकबाट ११ किलोमिटर दूरीमा रहेको नुवाकोट हुँदै दोभान जोड्ने सडक बनेपछि सहज बनेको नुवाकोट यात्रा केवुलकारले थप सहज बनाउने भएको छ । ऐतिहासिकस्थल मणिमुकुन्द सेन उद्धानबाट २ घण्टाको पैदल यात्रा गरी जान सकिने नुवाकोटलाई रुपन्देहीको ऐतिहासिकस्थल जीतगढी किल्लासँग जोडेर विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।

    सिद्धार्थ केबलकारको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले रुपन्देहीलाई विकासका हिसाबले मुलुककै नमूना जिल्ला बनाइने र त्यसको लागि आर्थिक क्षेत्रबाट कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    यस्ता छन् अर्थमन्त्रीका विकासे योजना

    पौडेलले पछिल्लो तीस वर्षमा रुपन्देहीमा भएका विकास प्रयासलाई अध्ययन गर्नुपर्ने उल्लेख गर्दै रुपन्देही जिल्लाले बिकासको रोल मोडलको भूमिका खेल्ने दावी गरे ।

    उनले विकास हेर्न र सिक्न रुपन्देही जानुपर्छ भन्नेगरी विकास गर्ने दावी गर्दै रुपन्देही मुलुककै लागि विकास सिक्ने पाठशाला बनेको बताए । आफूहरुले सम्भावना छैन भनेको अन्तर्राष्ट्रिय विमानस्थल बनाएर रुपन्देहीमा विकासका लागि जे पनि सम्भव छ भन्ने कुराको पुष्टि गरेको बताए ।

    उनले बुटवलमा निर्माणाधीन बुटवल बेलहिया ६ लेन सडक, बुटवल पोखरा डेडिकेटेड डवल लेन सडक, बुटवल नारायणगढ सडक, र डिपीआर बनिसकेको बुटवल गोरुसिंगे सम्मको सडक निर्माण पूरा हुँदा रुपन्देहीमात्र होइन लुम्बिनी प्रदेश नै विकासको रोलमोडल हुने दावी गरे ।

    पौडेलले तिनाउ र दानव नदीको वारिपारि निर्माण थालिएको तिनाउ र दानव करिडोर, लुम्बिनीको गुरुयोजना, बुटवल मेडिकल कलेजलगायतका राष्ट्रिय महत्वका आयोजना पुरा हुंदा रुपन्देहीको बिकासले कांचुली फेर्ने बताए । पौडेलले कालिगण्डकी डाइभर्सनको डिपीआर आगामी असार मसान्तसम्म सम्पन्न हुने उल्लेख गर्दै यो आयोजना विकासको अनुपम नमुना बन्ने बताए ।

  • दुई सय वर्षको इतिहास– बुटवल सधैं किन बन्छ शक्ति प्रदर्शनको केन्द्र ?

    दुई सय वर्षको इतिहास– बुटवल सधैं किन बन्छ शक्ति प्रदर्शनको केन्द्र ?

    रूपन्देही । नेपालको राजनीतिक जागरण अभियानमा बुटवलबाट शुरू भएका आन्दोलनले विशेष महत्व राख्दै आएका छन् ।

    पछिल्लो समय प्रतिनिधिसभा विघटनसँगै सत्ताघटक दल नेपाल कम्युनिष्ट पार्टीमा आएको विभाजनपछि पनि दुवै पक्षले बुटवललाई ‘शक्ति प्रदर्शन गर्ने केन्द्र’का रूपमा लिएका छन् ।

    माघ १५ गते प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाको प्रचण्ड–माधव नेपाल समूहले बुटवल सभा गर्यो । उक्त सभालाई उनीहरुले अहिलेसम्मकै ठूलो भएको दावी गरेका छन् । सभालाई सम्बोधन गर्ने क्रममा पनि नेताहरुले उक्त दावीलाई दोहोर्याए ।

    उक्त सभा भएको केही दिन पहिले ओली समूहको युवासंघले नेता महेश बस्नेत तथा शंकर पोखरेलको सहभागितामा ‘अहिलेसम्मको ठूलो’ मोटरसाइकल र्याली तथा सभा गरेको जनाएको छ । त्योभन्दा पहिले ओली पक्षीय नेकपाका महासचिव विष्णु पौडेल, नेता टोपबहादुर रायमाझीसहितका नेताहरू सहभागीतामा जिल्लास्तरीय सभाको आयोजना भयो थियो, जहाँ उल्लेख्य जनसहभागिता थियो ।

    फागुन १ मा ओली पक्षले जनप्रदर्शन गर्ने

    नेकपा ओली समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा फागुन १ गते बुटवलमा बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ ।

    काठमाडौंमा माघ २३ गते गरिएको सो पार्टीको जनसभामा स्वयं प्रधानमन्त्री ओलीले सहभागी नेता–कार्यकर्ताहरूलाई यो कास्टिङ मात्रै भएको र जनसभा हेर्न फागुन १ गते बुटवलमा आउन भनेका थिए ।

    माघ १५ गते प्रचण्ड–नेपाल समूहले गरेको प्रदर्शनलाई काउन्टर गर्न ओली समूहले यस्तो तयारी गरेको हो । ओली पक्षले विहीवार बुटवलमा आयोजना गरेको मोटरसाइकल र्याली पनि उल्लेख्य थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड समूहको बुटवलको प्रदर्शन संख्यालाई व्यङ्ग्य गर्दै जनलहर हेर्न आफ्नो पार्टीले गर्ने भेलामा आउन भनेका छन् । ओलीले जनताको साथ कस्तो भनेर फागुन १ गते बुटवल आउनु भनेर व्यङ्ग्य गरेका थिए ।

    फागुन १ गते बुटवलमा गर्ने प्रदेशस्तरीय जनप्रदर्शनलाई व्यापक बनाउन ओली समूहले सबै जिल्लाका भेला, कार्यक्रमसहित तयारी शुरू गरिसकेको छ ।

    विशेषगरी रूपन्देहीमा ओली समूहको बलियो क्षेत्र मानिन्छ । महासचिव विष्णु पौडेलको गृहजिल्ला पनि भएकाले यहाँको प्रदर्शनलाई महत्वका साथ हेरिएको छ । रूपन्देहीमा हुने सभालाई शक्ति प्रदर्शनका रूपमा समेत उपयोग गर्ने तयारी नेकपा ओली समूहले थालेको छ ।

    जनयुद्ध दिवसकै दिन किन रोजियो ?

    तत्कालीन नेकपा माओवादीले फागुन १ गते जनयुद्ध शुरू गरेको थियो । जनयुद्धमा यो क्षेत्रको कमाण्ड सम्हालेर आफ्नो पहिचान बनाएका नेता टोपबहादुर रायमाझी, दधिराम न्यौपाने, चन्द्रबहादुर खड्का, अनुप बराल, हीरा केवटलगायतका नेताहरू ओली पक्षमा लाग्नु र फागुन १ गते जनयुद्ध शुरू गरेकै दिन यो प्रदर्शनलाई राखिएका कारण दुवै पक्षले विशेष चासोका साथ हेरेका छन् ।

    बुटवलमा भएका केही उदाहरणीय आन्दोलन

    बुटवलमा २०६२–६३ मा राजतन्त्रविरुद्ध जनआन्दोलन हुँदा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालको नेतृत्वमा ठूलो प्रदर्शन भएको थियो ।

    २०६४ सालको निर्वाचनमा तेस्रो पार्टी भएपछि तत्कालीन एमालेले आफ्नो राजनीतिक जागरणको कार्यक्रम १० पुस २०६५ मा ठूलो सभामार्फत गरेको थियो । त्यहाँबाट शुरू भएको राजनीतिक जागरणको बलमा दोस्रो संविधानसभाको निर्वाचनमा एमालेले आफ्नो साख फर्काउन सफल भएको थियो । यसलाई मुख्य उदाहरणको रूपमा लिन सकिन्छ ।

    साविक लुम्बिनीको तराई–पहाड टुक्र्याउने गरी २०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले साबिक लुम्बिनीका पहाडी जिल्लालाई लुम्बिनी प्रदेशबाट हटाउने निर्णय गर्दा बुटवलमा बृहत् प्रदर्शन भएको थियो ।

    त्यो आन्दोलनको बलमा सरकार आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएको थियो । यसलाई पनि यहाँको उपलब्धिको रूपमा राजनीतिक दलहरूले लिएका छन् ।

    इतिहासदेखि बुटवलको प्रभाव

    नेपाल एकीकरणअघि पनि सेनकालीन राज्यमा बुटवल शक्ति केन्द्रमा रहेको थियो । त्यो समयमा पनि बुटवललाई बजार गर्ने मुकामको रूपमा लिइन्थ्यो । यद्यपि त्यो बेला आर्थिक गतिविधि भन्दा पनि वस्तु विनिमयलाई प्रमुखता दिइन्थ्यो ।

    दुई सय वर्ष अगाडि ब्रिटिश निर्देशित इष्ट इण्डिया कम्पनीले बुटवल हुँदै उत्तरी क्षेत्रमा आफ्नो प्रभाव लिन खोजे पनि यहाँबाट पराजित भएको र त्यसपछिका हरेक शासनमा बुटवल मुकाम मानिएको छ ।

    लुम्बिनी प्रदेशलाई ‘कम्युनिष्टको किल्ला’ मानिन्छ । नेमकिपा बाहेक यो क्षेत्रमा अधिकांश कम्युनिष्टको नाममा राजनीति गर्ने सबै दलको प्रभाव छ । साविक तीन अञ्चलका जिल्लाहरू मिलेर बनेको लुम्बिनी प्रदेशमा राप्ती र भेरीमा पूर्वमाओवादी र लुम्बिनी अञ्चललाई पूर्व एमालेले आफ्नो आधार क्षेत्रको रूपमा मान्दै आएको अवस्था छ ।

    प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको छ । नेकपाका दुवै समूहको ध्यान अहिले कार्यकर्ता तान्न यही आधार इलाकामा होमिएको छ । आफ्नो आधार इलाकामा दुवै समूहले आँखा लगाउनु स्वाभाविक भएको राजनीतिक विश्लेषकहरूको तर्क छ ।

    अहिले दोस्रो तहका नेताहरू सभा र भ्रातृ संगठनका भेला सकेर कार्यकर्ता तान्न अध्यक्षलाई नै उतार्ने प्रतिस्पर्धामा लागेका छन् ।

    यो बीचमा दाङमा (प्रचण्ड–नेपाल) का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको सहभागितामा कार्यकर्ताको विशाल सभासहित शक्ति प्रदर्शन गर्यो ।

    (प्रचण्ड–नेपाल) समूहले जिल्लामा सभा गरेपछि ओली समूहले पनि दाङमै प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई ल्यायो । त्यस्तै १५ गते प्रदेशको अस्थायी राजधानी बुटवलमा (प्रचण्ड–नेपाल) समूहले शक्ति प्रदर्शन गरेको छ ।

    प्रधानमन्त्री केपी ओलीविरुद्ध विरोध प्रदर्शन भनिएको प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, घनश्याम भुसाल, वर्षमान पुन, चक्रपाणि खनाललगायत नेताहरूले सम्बोधन गरे । नेकपा ओली समूहका दाङका नेता हुकुम बस्नेतले जिल्लामा अहिलेसम्मकै धेरै कार्यकर्ताहरू जुटाएर आमसभा गरेको जानकारी दिए ।

    ‘दाङमा कम्युनिष्ट मूल नेतृत्व एकताबद्ध गर्न देशकै दोस्रो लामो पुल उद्घाटन गर्न प्रधानमन्त्री आउनुभयो, यसले राम्रो सन्देश दियो’ बस्नेतले भने ।

    (प्रचण्ड समूह) का युवा नेता ठाकुर गैरे अहिलेको आन्दोलन कार्यकर्ता तान्नका लागि भन्दा पनि ओलीको स्वेच्छाचारिताले लोकतन्त्र र संविधान संकटमा परेकाले त्यसलाई जोगाउनका लागि सडकमा आउनुपरेको बताउँछन् । गैरेले ओलीको निरंकुश शैली बदल्नका लागि सडकमा आउनुपरेको बताए ।

    कपिलवस्तुमा (प्रचण्ड–नेपाल) समूहले नेताहरू युवराज ज्ञवाली, वर्षमान पुन, चक्रपाणि खनाल र ओनसरी घर्तीलगायतको उपस्थितिमा सभा गरिसकेको छ ।

    त्यस्तै गुल्मीमा ओली समूहले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सहभागितामा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।

    रूपन्देहीमा प्रचण्ड–नेपाल समूहका घनश्याम भुसाल र वर्षमान पुनलगायतका नेताहरूले उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् ।

    अहिले यहाँका जिल्ला नेतादेखि केन्द्रीय नेतासम्म जिल्ला–जिल्लामा खटेर कार्यकर्ता तानातानमा लागेका छन् ।

    जिल्ला र वडा तहका नेताहरूलाई अहिले पार्टीका दुवै समूहले दैनिक फोन गरेर आफ्नो समूहमा लाग्न आग्रह गर्दै आएका छन् ।

    संसद् विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहका अलावा कांग्रेस र जसपाले पनि विरोध कार्यक्रम गरिरहेका छन् ।

    नेकपा ओली समूहले भने आउने निर्वाचनलाई लक्षित गरी कार्यकर्ता तान्ने रणनीतिका साथ आक्रामक रूपमा वडा तहसम्मै कार्यक्रमहरू अगाडि बढाएको छ ।

    १४ वर्षको जेलजीवनपछि प्रधानमन्त्री केपी ओलीले यस क्षेत्रमा धेरै समय बिताएका थिए । उनले रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँचीमा संगठन विस्तारको काम गरेको बताइन्छ । विश्लेषक ऋषि आजादले ओली जेलमुक्त भएपछि पार्टीको काममा यस क्षेत्रमा धेरै समय खटिएको बताए ।

    आजादले भने, ‘२०४६ सालको जनआन्दोलनपछि उहाँ यस क्षेत्रमा बढी खटिनुभयो । पार्टी कामको सिलसिलामा उहाँसँग मेरो अर्घाखाँचीमा भेट भएको थियो ।’

    त्यस्तै माओवादी जनयुद्धको मूल थलो रोल्पा पनि यही प्रदेशमा पर्छ । रुकुम–रोल्पामा प्रचण्डले पनि धेरै समय बिताएका थिए । उनले संगठन विस्तार रुकुम–रोल्पाबाटै शुरू गरेका हुन् । लुम्बिनी प्रदेश तराईका ६ जिल्ला र पहाडका ६ जिल्ला मिलेर बनेको छ ।

    लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ २६ र प्रदेश सभातर्फ ५२ निर्वाचन क्षेत्र छन् । तीमध्ये दुईतिहाइ क्षेत्रमा २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका थिए ।

    त्यति मात्र होइन, स्थानीय तहमा पनि धेरै तत्कालीन एमाले र माओवादी केन्द्रले जितेका स्थानहरू जोड्दा संख्या धेरै नै हुन आउँछ । रूपन्देहीमा पाँचमध्ये तीन वटा क्षेत्रमा वाम गठबन्धन र गुल्मी, पाल्पा, अर्घाखाँची, दाङ, रुकुमपूर्व तथा रोल्पालगायतका जिल्लामा प्रतिनिधिसभातर्फ वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका थिए । यी जिल्लाका प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका अधिकांश उम्मेदवार विजयी भएका थिए ।

    विभाजनको धेरै असर प्रचण्ड–नेपाल समूहलाई

    नेकपा विभाजनको बढी असर यो प्रदेशमा प्रचण्ड–नेपाल समूहलाई पर्ने विश्लेषकहरू बताउँछ । विश्लेषक ऋषि आजादले नेकपा फ्याक्सनको बढी असर प्रचण्ड–नेपाल समूहलाई देखिने बताउँछन् ।

    आजादले भने, ‘शीर्ष नेताहरू प्रचण्ड–नेपाल समूहमा धेरै भए पनि कार्यकर्ताहरू बढी ओली समूहमा देखिन्छन् । समग्रमा हेर्दा ओली समूह प्रदेशमा बलियो र प्रचण्ड–नेपाल समूह रक्षात्मक देखिन्छ ।’

    रूपन्देहीमा रहेका पूर्व माओवादी पृष्ठभूमिका नेकपा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने र कपिलवस्तुका नेकपा केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपाने पनि ओली समूहमै प्रवेश गरेका छन् ।

    दुवै समूहले जिल्ला–जिल्लामा आफ्ना संगठन पुनर्गठनलाई तीव्रता दिएका छन् । आफ्नो समूहको पार्टी नेतृत्व तथा संगठनलाई पुनर्गठन गरी कार्यकर्ता तान्न लागेका हुन् ।

    अर्को समूहमा लागेकालाई हटाएर आफ्नो समूहकालाई जिम्मेवारी दिएर दुवै समूहले रुपन्देहीसहितका जिल्लामा पार्टी तथा जनसंगठन पुनर्गठन गर्ने अभियानमा जुटेको हो । ओली समूहले लुम्बिनी प्रदेश इन्चार्ज लिला गिरीलाई तोकेको छ भने प्रचण्ड नेपाल समूहले युवराज ज्ञवालीलाई तोकेको छ ।

  • बुटवलको सडकमा सेनाको बख्तरबन्द गाडी घुमाइयो

    बुटवलको सडकमा सेनाको बख्तरबन्द गाडी घुमाइयो

    रुपन्देही । नेपाली सेनाले बुटवलको सडमा बख्तरबन्द गाडी घुमाएको छ । सेनाले बख्तरबन्द गाडी घुमाएपछि प्रदर्शनकारीले सडकमा टायर बालेका छन् ।

    त्रास फैलाउन सेनाले गाडी घुमाएको भन्दै प्रदर्शनकारीले आपत्ति जनाएका छन् ।

    एक्कासी बख्तरबन्द गाडी घुमाएपछि प्रदर्शनकारी अन्योलमा परेका थिए ।

    बुटवल बेसक्याम्पबाट निकालिएका ४ वटा बख्तरबन्द गाडी राजमार्ग चौराह हुँदैं गोलपार्कतिर लगिएको थियो ।

  • बुटवलका तीन ओटा पुलको अर्थमन्त्री पौडेलले एकैदिन उद्घाटन गर्दै

    बुटवलका तीन ओटा पुलको अर्थमन्त्री पौडेलले एकैदिन उद्घाटन गर्दै

    रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाभित्र रहेका तीन ठूला पुल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकैदिन उद्घाटन गर्ने भएका छन् ।
    मन्त्री पौडेलले बुधबार तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, देवीनगरस्थित तिनाउ पुल र नयाँगाउँस्थित दानव नदीमा रहेको पुल उद्घाटन गर्नेछन् ।

    डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी ई. कृष्ण कुँवरका अनुसार योसँगै बुटवलमा लामो समयदेखि रोकिएको राजमार्गचौराहदेखि चिडियाखोलासम्मको सडक बिस्तार पनि अर्थमन्त्री पौडेलले शुरु गर्ने छन् ।

     

    तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल २१ करोड ४९ लाख लागतमा निर्माण सम्पन्न भएको हो । २०७३ असार २९ गते निर्माण शुरु भएको सो पुल २०७६ माघ २८ गते सम्पन्न भएको थियो ।

    कंक्रिट प्रि–स्टेट प्रविधिमा बनाइएको सो पुल लुम्बिनी बिल्डर्सले निर्माण सम्पन्न गरेको हो । १८० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको यसको जिम्मेवारी पुल योजना पश्चिम क्षेत्र सेक्टर ४ पाल्पाले लिएको थियो ।

    त्यसैगरी देवीनगरस्थित हात्तिसुँडमा रहेको तिनाउ पुल ११ करोड ९३ लाख लागतमा निर्माण भएको हो । ११० मिटर लम्बाई ११ मिटर चौडाई रहेको यो पुल लुम्बिनी अरनिकोले जिम्मा पाएको थियो ।

    २०७२ असार ३० मा निर्माण शुरु भएको यो पुल २०७६ माघ ५ गते निर्माण सम्पन्न भएको हो । यसको निर्माण जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।

    त्यसैगरी नयाँगाउँस्थित दानव नदीको पुल ६ करोड ६५ लाख लागतमा निर्माण भएको हो । २०६९ असार २४ गते निर्माण शुरु भएको यो पुल २०७६ भदौ ३० गतेमात्र सम्पन्न भएको हो ।

    स्थानीयको विवादका कारण लामो समय निर्माण कार्य रोकिएको थियो । ९८.२५ मिटर लम्बाई र ७.२ मिटर चौडाई रहेको यो पुल लुम्बिनी बिल्डर्सले बनाएको हो भने यसको पनि जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।

    यो क्षेत्रका जनप्रतिनिधिसमेत रहेका पौडेलकै पहलमा संघीय सरकारबाट बजेट विनियोजन गरिएको उनको सचिवालयले जनाएको छ ।

  • बुटवलवासीको २५ वर्ष पुरानो सपना साकार हुँदै, खानेपानीको हाहाकार छिटै अन्त्य हुने

    बुटवलवासीको २५ वर्ष पुरानो सपना साकार हुँदै, खानेपानीको हाहाकार छिटै अन्त्य हुने

    रुपन्देही । बुटवल उपमहानगरपालिकामा धेरै पहिलेदेखि नै खानेपानीको समस्या छ । तीव्र जनघनत्व बढ्दै गएको सहरमा खानेपानी व्यवस्थापन गर्ने चुनावी नारा धेरै पटक बनेको छ ।

    अहिले बुटवलमा तीन करोड ४० लाख लिटर खानेपानीको माग छ । तर आपूर्ति भने दुईदेखि साढे दुई करोड लिटरसम्म हुने गरेको खानेपानी संस्थानको भनाइ छ । सुख्खायाममा त मागभन्दा झण्डै आधा कम मात्रै खानेपानी आपूर्ती  भइरहेको छ ।

    बुटवलले झेलिरहेको खानेपानी अभावको समस्यालाई भने अब दीर्घकालीन रुपमा समाधान गर्ने प्रयास सुरु भएको छ । बुटवल उपमहानगरपालिकाले यहाँको खानेपानी संस्थानसंगको सहकार्यमा खानेपानीको गुरुयोजना नै बनाइरहेको छ ।

    पूर्वाधार विकास र अन्यत्रबाट बसाइँ सरी आउने प्रमुख थलोका रुपमा रहेको बुटवललाई अबको पाँच दशकसम्मको जनसंख्यालाई सोचेर खानेपानीको गुरुयोजना बनाउन लागिएको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

    गुरुयोजनालाई बुटवल खानेपानी आयोजनामार्फत् कार्यान्वयन गर्ने गरी तीनै तहका सरकारको बीचमा सहकार्य भइरहेको उनको भनाइ छ ।

    अर्थमन्त्री पौडेलको विशेष चासो

    बुटवल संघीय सरकारका अर्थमन्त्री तथा सत्तारुढ नेकपाका महासचिव विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्र हो । अर्थमन्त्री पौडेलको संकल्पअनुरुप नै तीनै तहले बुटवलको खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीको भनाइ छ ।

    केही दिन पहिले बुटवल आएका अर्थमन्त्री पौडेलले खानेपानी संस्थानका प्रबन्धक, यहाँका जनप्रतिनिधिलाई राखेर बुटवल र आसपासको क्षेत्रमा खानेपानीको दीर्घकालीन समाधान गर्न प्रतिवद्धता गराएका थिए ।

    बुटवलमा ल्याउने खानेपानीका लागि संघीय सरकारका अर्थमन्त्री तथा नेकपा महासचिव पौडेलले महत्वपूर्ण आयोजनाको शिलान्यास गरिसकेकाले यहाँका स्थानीयमा केही आशा पलाएको छ ।

    झुम्सा खोलामा यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्ट्याक्ट निर्माण सुरु भएको छ । यो बुटवलको खानेपानी गुरुयोजनाकै एउटा नयाँ कामको सुरुवाती हो ।

    नेपाल खानेपानी संस्था बुटवलका प्रमुख मोहनदत्त भट्टका अनुसार बुटवलको खानेपानीको अभावलाई दीर्घकालीन रुपमा समाधान गर्ने गरी योजना बनिरहेको छ ।

    उनले झुम्सा खोलाबाट दुई वर्षभित्र मेनलाइनको पाइप बिच्छाउने र मुहान ड्याम निर्माण सम्पन्न गरेर ट्याङ्की निर्माण गरिने बताए । त्यसपछि सर्भिस लाइनका पाइप बिछ्याउने र विस्तारै बुटवलका सबै वडामा पुराइने छ । त्यहाँदेखि झुम्सा हुँदै बुटवलको रामफेदीसम्म यसअघि बिछ्याइएका पाइपलाई पनि मर्मत गरिने भएको छ ।

    यसअघि बिछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिने छ भने झुम्सादेखि बाँध स्थलसम्म यसअघिका २० इन्चका पाइपसँगै अब थप २० इन्चका पाइप बिछ्याइने छ ।

    बाँधसँगै मुख्य ‘ट्रान्समिसन पाइप’ लाइनको पनि निर्माण सम्झौता भएर काम गरिने खानेपानी संस्थानका प्रमुख भट्ट बताउँछन् । यो कामलाई पनि २०७९ वैशाखभित्रै सक्ने लक्ष्य लिइएको छ ।

    २५ वर्ष पुरानो योजना पूरा गर्ने संकल्प

    २०५२ मा बुटवलमा खानेपानी ल्याउने झुम्सा खोलाको मुहाननिरै ‘इन्टेक’ निर्माणदेखि पाइप बिच्छाउने काम सुरु भएको थियो । तर, सरकार परिवर्तन र विभिन्न उतारचढावसँगै प्रभावकारी रूपमा काम हुन सकेको थिएन ।

    त्यसैबेला सोही पानीको उपयोग गर्ने गरी गौतमबुद्ध लघु ‘हाइड्रो प्रोजेक्ट’ योजना आएपछि खानेपानी योजना छायाँमा पर्यो । हाइड्रो प्रोजेक्टले पानी उपयोग गर्ने भएपछि उक्त खोलाको पानी बुटवल ल्याउन योजना सेलाउँदै गयो । न त पानी आयो न उक्त प्रोजेक्ट बन्यो । यहीँ घटनाबाट पाठ सिकेरै बुटवलका लागि खानेपानीको गुरुयोजना नै बनाउन जुटिएको प्रमुख सुवेदीले बताए ।

    यो योजनाका लागि अर्थमन्त्री पौडेलले रकमको व्यवस्थापन आफूले गर्ने र काम पूरा गर्ने जिम्मेवारी यहाँको स्थानीय सरकारले गर्नुपर्ने निर्देशन दिएका थिए ।

    मुहानको संरक्षण

    बुटवलको हरियाली प्रतिशत मुलुकका कुनै पनि नगरपालिकाको भन्दा धेरै छ । तर, विडम्बना यहाँको पानीको प्राकृत्तिक स्रोत भने एकदमै न्यून छ । हरियालीमा झण्डै ५५ प्रतिशत रहेको बुटवलमा पानीको स्रोत भने लगभग शून्यको अवस्थामा छ ।

    यसलाई सुधार गर्न बुटवल उपमहानगरले मुलुकमै पहिलो पटक एक वन बहुपोखरी कार्यक्रम ल्यायो । चुरेमा रहेका वनहरुमा बुटवलले पोखरी निर्माण गर्यो ।

    जसलाई पछि लुम्बिनी प्रदेश सरकारले पनि कार्यक्रममा समावेश गरेर प्रदेशभरी विस्तार गरेको छ । वनमा पोखरी निर्माण भएपछि त्यसले पानीको रिचार्ज गर्ने र प्राकृत्तिक मुललाई सुख्न नदिने हुँदा यो वातावरणीय हिसाबले ज्यादै नै उपयोगी हुने विज्ञहरुको भनाइ छ ।

    बुटवललगायका क्षेत्रको वातावरण, पानीका प्राकृत्तिक स्रोतको गहिरो अध्ययन गर्दै आएका इन्जिनियर डाक्टर खेटराज दाहालले बुटवलबाट सुरु भएको एक वन बहुपोखरी कार्यक्रम वातावरणीय हिसाबले मुलुककै नमुना रहेको बताए । बुटवलमा रहेका झण्डै २१ वटा सामुदायिक वनमा पोखरी निर्माण गरिने छ ।

    बुटवलसहित तराईका अधिकांश क्षेत्रको जमिन मुनीको पानी भासिने, मासिने, नासिने क्रम पहिलेदेखि नै चल्दै आयो त्यसैले पहिलो प्राथमिकता भनेकै पानीका प्राकृत्तिक स्रोतको संरक्षण गर्नुलाई लिएर सोही अनुरुपका काम अगाडि बढाइएको उपमहानगरको भनाइ छ ।

    अहिले बुटवलका लागि पानीका स्रोत भनेको पाल्पाका सिस्नेखोला र झुम्साखोला हुन् । प्राकृत्तिक हिसाबले माथिल्लो तटको प्राकृत्तिक सम्पदामा तल्लो तटसम्मैका उपभोक्ताको हक हुन्छ । त्यहीँको खानेपानीलाई व्यवस्थित पाइपलाइनमार्फत बुटवलमा ल्याउने र बुटवलमा ट्रिटमेन्ट (शुद्धीकरण) गरेर वितरण गरिने छ ।

    बुटवलका १९ वटै वडालाई एउटै सञ्जालमा जोड्ने र समुदायस्तरबाट सञ्चालित आयोजनालाई अझ संरक्षण गर्दै व्यवस्थित बनाउने बुटवल उपमहानगरको योजना छ ।

    तयार भइरहेको गुरुयोजनामा १९ वडाका सबै बस्ती र आउँदो ५० वर्षपछिको जनशंख्याको चाँपको अनुमान गर्दै विज्ञहरुले काम गरिरहेको उपमहानगरका प्रमुख सुवेदीले बताए ।

    मागभन्दा एक करोड लिटर कम आपूर्ति

    अहिले बुटवलमा तीन करोड ४० लाख लिटर खानेपानीको माग रहेको छ । तर, आपूर्ति भने दुईदेखि ढाइ करोड लिटरसम्म हुने गरेको छ ।
    बुटवलमा अहिले तिनाउ सम्पेवलबाट दैनिक १ करोड लिटर चिडियाखोला डिपट्युबबेलबाट १ करोड ८० लाख लिटर, २० ठाउँबाट भूमिगत १ करोड ८० लाख लिटर गरी दैनिक २ करोड ८० लाख लिटर पानी वितरण हुँदै आएको छ ।

    हाल पनि दैनिक करिब ६० लाख लिटर पानी अपूग छ । तिनाउबाट दैनिक ७० लाख लिटर र ११ वटा ट्युबबेल (बोरिङ्ग) बाट ८० लाख लिटर गरी खानेपानी आपूर्ति गरिएको संस्थानले जनाएको छ ।

    बुटवलको जनसंख्या दुई लाखभन्दा बढी छ । बसाइसराइ र आर्थिक केन्द्र बुटवलमा दिन प्रतिदिन मानिसहरु थपिने क्रम जारी छ ।

    बुटवलमा जनसंख्या वृद्धिसँगै वर्सेनि ६ सयदेखि ७ सयसम्म नयाँ धारा वितरण हुने गरेका छन् । बुटवलमा अहिले खानेपानी २० वटा ट्युबेलहरु सञ्चालनमा ल्याइएका छन् ।

    ट्युबेलबाट करिब एक करोड ८० लाख लिटर पानी उत्पादन हुने हुँदै आएको छ । हाल बुटवलमा नगरमा दैनिक पानीको माग तीन करोड ४० लाम लिटर छ । झुम्साखोला पानी आएपछि बुटवलमा आगामी २० वर्षसम्म पानीको माग पूरा गर्नेछ ।

    यसका साथै अरु स्रोतको खोजी र संरक्षण गरेर आगामी ५० वर्षपछिसम्मको जनशंख्यालाई मध्यनजर गर्दै खानेपानीको गुरुयोजना बनाउने काम भइरहेको बुटवलका शहरी विकास महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठको भनाइ छ ।

    घना बस्तीमा नयाँ आयोजना

    बुटवलको सबैभन्दा बढी खानेपानीको समस्या वडा नम्बर ७ र ८ मा छ । यी दुईवटा वडाको समस्यालाई पहिले समाधान गर्ने लक्ष्य अनुरुप अहिले नयाँ काम सुरु भएको छ । धागो कारखाना अगाडिपट्टीको धर्मकाँटा नजिकै गाडिएको बोरिङदेखि दिपनगरसम्म डीआइ पाइप लाइन मार्फत खानेपानी ल्याइने छ ।

    नेपाल खानेपानी संस्थान र बुटवल उपमहानगरको सहकार्यमा दुई करोड २१ लाख ५२ हजार ३७ रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाको हालै एक समारोहका बीच बुवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले शिलान्यास गरेका छन् ।

    दुई वडालाई लक्षित गरी सञ्चालन हुन लागेको यो आयोजना आगामी वैशाख दोस्रो सातासम्मका सक्ने लक्ष्य रहेको खानेपानी संस्थान बुटवलका प्रमुख मोहनदत्त भट्टले बताए । श्रीजीएमआरएम कन्स्ट्रक्सन बुटवल–७, रुपन्देहीले उक्त आयोजनाको काम गर्ने जिम्मेवारी पाएको छ ।

    आयोजना शिलान्यास समारोहमा बुटवल उपमहानगरका उपप्रमुख गुमादेवी आचार्य, नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, वडा नं. ७ का अध्यक्ष कमलप्रताप थापा, वडा नं.८ का अध्यक्ष भीमबहादुर श्रेष्ठ, खानेपानी संस्थानका मोहन भट्टराईलगायतले आयोजनालाई तोकिएको समयमै सक्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

  • बुटवलमा सडक मिचेर बनाइएका घरटहरामा डोजर चल्यो, स्थानीय असन्तुष्ट

    बुटवलमा सडक मिचेर बनाइएका घरटहरामा डोजर चल्यो, स्थानीय असन्तुष्ट

    रुपन्देही । रुपन्देही बुटवल उपमहानगरपालिकामा मुख्य सडक विस्तारका लागि मापदण्डविपरीतका घरहरु डोजर लगाएर भत्काउन थालिएको छ ।

    राजमार्गको चौराहा, ट्राफिकचोक र मिलनचोकबाट सडक मिचेर बनाएका घरटहरा भत्काउन थालिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिएका छन् । स्थानीयको अवरोधका कारण चौराहादेखि चिडियाखोलासम्मको सडक बिस्तार रोकिएको थियो ।

    घरधनीहरुले भत्काउन लागेका घरटहराहरु बाहेकका ठाउँमा आयोजनाले डोजर चलाउन थालेको मरासिनीले बताए । लामो समयदेखि रोकिएको सडक विस्तारको काम सर्वोच्च अदालतले बाटो खुला गरिदिएपछि बिहीबारदेखि सडक कार्यालयले सक्रिया थालेको थियो ।

    रुपन्देहीको सुनौली नाकादेखि बुटवलको चिडियाखोलासम्मको सडक विस्तारको काम सुनौलीतर्फ ७५० मिटर र भैरहवामा पनि २८ सय मिटर काम बाँकी रहेको छ । कूल २७ दशमलव ५ किलोमिटरको सडक विस्तार हुनुपर्नेमा हालसम्म २० दशमलव ४५ किलोमिटर सडकमा मात्रै विस्तारको काम सकिएको छ ।

    राजमार्ग चौराहादेखि चिडिया खोलासम्म ३ दशमलव ५ किलोमिटर सडक विस्तारका लागि कञ्चन जङ्गा विरुवा जेभीले निर्माणको जिम्मा पाएको भए पनि जग्गा विवादले काम रोकिएको थियो । गत जेठमा नै समयावधि सकिएको योजनाका लागि सोही कम्पनीले काम गर्ने गरी म्याद थप गर्ने प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।