Tag: बार

  • प्रधानन्यायाधीशमाथि महाअभियोगका लागि एमालेलाई मनाउन हड्ताली वकिल बालकोटमा (तस्बिरहरू)

    प्रधानन्यायाधीशमाथि महाअभियोगका लागि एमालेलाई मनाउन हड्ताली वकिल बालकोटमा (तस्बिरहरू)

    काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसहित हड्ताली न्यायाधीश समूहका सहयोगी वकिलहरू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग माग्दै बालकोट पुगेका छन् ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाविरुद्ध महाअभियोग लगाउन दबाब दिँदै आन्दोलनकारी बार पदाधिकारीले यसअघि सभामुख, प्रधानमन्त्री र राजनीतिक दलका शीर्ष नेतृत्वलाई ज्ञापनपत्र बुजाइसकेका छन् । एमालेलाई पनि महाअभियोगमा मनाउन उनीहरूले अध्यक्ष ओलीसँग याचना गरेका छन् । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशमाथि सर्वत्र विरोध भइरहेको भन्दै उनलाई महाअभियोगको पर्याप्त आधार रहेको जिकिर गरे ।

    भेटमा ओलीका प्रखरविरोधी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, शम्भु थापा, रमण श्रेष्ठसमेत सहभागी छन् भने एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल पनि छन् ।

  • बार नेतृत्व र हड्ताली वकिल बालकोटमा, एमाले अध्यक्ष ओलीसँग सहयोगको याचना (लाइभ)

    बार नेतृत्व र हड्ताली वकिल बालकोटमा, एमाले अध्यक्ष ओलीसँग सहयोगको याचना (लाइभ)

    काठमाडौं । करिब डेढ महिनादेखि प्रधानन्यायाधीशको राजीनामा मागेर आन्दोलन गरिरहेका नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसहित हड्ताली न्यायाधीश समूहका सहयोगी वकिलहरू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहयोगको याचना गर्दै बालकोट पुगेका छन् ।

    सत्ता गठबन्धनका शीर्ष नेतासँग परमादेशको पैंचो मागिरहेका आन्दोलनकारी बार पदाधिकारीले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन दबाब दिइरहेका छन् । एमालेलाई पनि महाअभियोगमा मनाउन बार नेतृत्वले अध्यक्ष ओलीसँग भेटेका हुन् । अहिले बालकोटमा भेटवार्ता चलिरहेको छ ।

    भेटमा ओलीका प्रखरविरोधी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, शम्भु थापा, रमण श्रेष्ठसमेत सहभागी छन् भने एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल पनि छन् ।

  • संवैधानिक इजलासबारे प्रधानन्यायाधीश र सर्वोच्च बारबीच भयो यस्तो सहमति (भिडियो)

    संवैधानिक इजलासबारे प्रधानन्यायाधीश र सर्वोच्च बारबीच भयो यस्तो सहमति (भिडियो)

    काठमाडौं । संवैधानिक इजलास सम्बन्धी विवादको दीर्घकालीन समाधान खोज्न प्रधान न्यायाधीश र सर्वोच्च बार एशोसियसनबीच सहमति भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँगको छलफलपछि पत्रकारसँग कुरा गर्दै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले आजको इजलास स्थगित हुन सक्ने बताए । उनले पटक-पटक यस्ता विवाद आउने गरेकाले दीर्घकालीन समाधान खोज्न वरिष्ठताका आधारमा इजलास गठन गर्ने विषयमा छलफल भएको बताए ।

    त्यसका लागि संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली २०७२, हेरफेर गरिने वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने व्यवस्था गरिने भएको छ ।

    नियमावली फुल बेन्चमार्फत एक साताभित्र सच्याएर न्यापरिषदबाट निर्णय गर्ने समझदारी भएको उनले बताए । बरिष्ठतम न्यायाधीशमध्ये कुनै विरामी परेमा वा मुद्दा हेर्न नमिलेमा त्यसपछिको बरीयतामा रहने न्यायाधीशलाई इजलासमा राख्ने सहमति भएको शाक्यले बताए ।

    हाल गठित संवैधानिक इजलास निरन्तर रहने वा पुनर्गठन हुने भन्ने चाहिँ टुंगो भइसकेको छैन । अबदेखिको संवैधानिक इजलास गठनका सन्दर्भमा यो सहमति भएको सर्वोच्च स्रोतको दावी छ । गठन भइसकेका इजलास भने निरन्तर सुनुवाइमा जान सक्ने सम्भावना रहेको छ ।