Tag: बन्द

  • चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ता बन्द

    चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ता बन्द

    काठमाडौं । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ ।

    नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो ।

    जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो ।

    कतिपय विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको भए पनि उक्त परीक्षा विद्यालय खुलेपछि निरन्तरता दिई सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत सबै विद्यालयलाई नगरपालिकाको १४ गतेको निर्णयअनुसार अनुरोध गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताए ।

  • बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता सोह्रखुट्टे र भद्रकालीबाट पक्राउ (तस्बिरहरु)

    बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता सोह्रखुट्टे र भद्रकालीबाट पक्राउ (तस्बिरहरु)

    काठमाडौं । नेपाल बन्दको आवह्रान गर्दै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई काठमाडौंको सोह्रखुट्टे र भद्रकालीबाट प्रहरीले पक्राउ गरेको छ ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा आव्हान गरिएको नेपाल बन्दमा सडकमा टायर बालेर सवारीसाधन संचालनमा अवरोध गरिरहेका कार्यकर्ताहरूलाई सोह्रखुट्टे र भद्रकालीबाट प्रहरीले पक्राउ गरेको हो ।

    बन्दको क्रममा विप्लवका कार्यकर्ताले देशभर प्रदर्शन गरेका छन् । केही ठाउँबाट बन्दकर्तालाई नियन्त्रणमा लिएको छ । बन्दको कारण देशैभर यातायातदेखि व्यापार व्यवसाय ठप्प भएको छ । सार्वजनिक यातायात नचल्दा यात्रुले सास्ती भोगिरहेको छ ।

     

  • एकसाता हिमाल आरोहण बन्द गर्न सिफारिस, मन्त्री भन्छन्- परिस्थिति हेरेर सरकारले निर्णय लिन्छ

    एकसाता हिमाल आरोहण बन्द गर्न सिफारिस, मन्त्री भन्छन्- परिस्थिति हेरेर सरकारले निर्णय लिन्छ

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ ।

    हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ-ते’ले नेपालमा असर पार्न सक्ने भएकाले एक साताको लागि हिमाल आरोहण बन्द गर्न सुझाउँदै विभागले बुलेटिन जारी गरेको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै बरिष्ठ मौसमविद् वरुण पौडेलले चक्रवातको प्रभावको कारण मौसम बदली हुने र हिमपात हुनसक्ने अवस्थालाई दृष्टिगत गर्दै कम्तीमा एक साता आरोहण रोक्न पर्यटन मन्त्रालयलाई सुझाव दिइएको बताए ।

    पर्यटनमन्त्री भानुभक्त ढकालले विभागको सुझावबारे परिस्थिती हेरेर अघि बढ्ने बताए । पर्यटन विभागको आरोहण शाखाकी प्रवक्ता मीरा आचार्यले सकभर आरोहण बन्द गर्ने पक्षमा आफूहरु नरहेपनि मौसम विभागको सूचनालाई लिएर छलफल भैरहेको बताइन् ।

    नेपालमा बुधबारदेखि उक्त चक्रवातको असर देखिन सुरु हुने भएको छ । यो साता घाम नलाग्ने र नेपालमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको पौडेलले बताए ।

    सुदूरपश्चिमामा हावाहुरी लाग्ने, चट्याङ पनि पर्ने भएकाले विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरे । सुदुरपश्चिम र पश्चिममा भारी वर्षा हुने भएपनि काठमाडौंमा हल्का वर्षा हुने अनुमान गरिएको छ ।

    नेपालमा चक्रवातको सीधा असर नपर्ने भएपनि आइतबारदेखि मौसममा सुधार आउने विभागले जनाएको छ ।

    हिन्द महासागरदेखि सुरु भएको उक्त चक्रवात अहिले १७५ प्रतिघण्टाको बेगमा भारतमा अघि बढिरहेको छ । समुन्द्र तटीय क्षेत्र केरला र मुम्बईमा क्षति पु¥याउँदै उक्त चक्रवात गुजराततर्फ अघि बढिरहेको छ ।

    यसपटकको चक्रवातको नाम ‘ताउ-ते’ राखिएको छ । म्यानमारको भाषाको यसको अर्थ ‘माउसुली’ भन्ने हुन्छ ।

  • भारतसँग जोडिएका सबै सीमा नाका बन्द

    भारतसँग जोडिएका सबै सीमा नाका बन्द

    सर्लाही । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढ्दै गएपछि सर्लाहीका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको छ । नेपाल सरकारको निर्देशनअनुसार सीमा नाका बन्द गरेर नेपाल-भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए ।

    भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । सरकारले प्रदेश नं २ महोत्तरीको भिठ्ठामोड, रौतहटको गौर र पर्साको वीरगञ्ज नाकाबाट मात्रै आवतजावत गर्न दिने निर्णय गरेको थियो । केही दिनदेखि मलङ्गवार नाकाबाट आवतजावत गर्न दिइएको थियो । अहिले त्यो नाका पूर्णरूपमा बन्द गरिएको छ ।

    नेपालबाट भारत जान खोज्नेलाई नेपालतर्फ नै रोक्ने र भारतबाट नेपालतर्फ आउन खोज्नेलाई भारततर्फ नै रोक्ने गरी दुई देशका सुरक्षा अधिकारीबीच सहमति भएको सशस्त्र प्रहरी बल १० नम्बर हेडक्वाटर सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले बताए । आवतजावत रोक्न जिल्लाको ५१ किलोमिटर भारतीय खुला सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बाक्लो गस्ती बढाएपछि सीमाबाट हुने आवतजावत नियन्त्रण सम्भव भएको छ ।

    दुई देशको सीमा छुट्याउने दशगजामै जोडिएका बस्तीका बासिन्दा प्रहरीको आँखा छली लुकीछिपी नेपाल–भारत आवतजावत गरिरहेका छन् । सीमाका सम्पूर्ण बासिन्दा भारतीय बजारमै निर्भर रहेकाले सीमा क्षेत्रमा आवतजावत पूर्णरूपमा रोक्न सम्भव नभएको बलरा नगरपालिकाका प्रमुख अभय सिंहले बताए । भारतीय सीमावर्ती बजार नेपालीलाई नै लक्ष्य गरेर सञ्चालनमा रहेका नगरप्रमुख सिंहले बताए ।

  • धनुषाका दुई सरकारी कार्यालय बन्द, महोत्तरीमा पूजापाठ गर्न नपाइने

    धनुषाका दुई सरकारी कार्यालय बन्द, महोत्तरीमा पूजापाठ गर्न नपाइने

    जनकपुरधाम । कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढ्न थालेपछि धनुषाका दुई सरकारी कार्यालय आइतबारबाट बन्द हुने भएको छ । महोत्तरी जिल्ला प्रशासन कार्यालयले भने मठमन्दिरमा पूजापाठ र बलीमा रोक लगाएको छ ।

    भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालय धनुषाले आइतबारदेखि सेवा बन्द गर्ने निर्णय गरेको हो । मालपोत कार्यालयले मुद्दाबाहेकका सबै सेवा बन्द हुने सूचना जारी गरेको छ ।

    कोरोना भाइरस संक्रमणको प्रकोपबाट बँच्न आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि सेवा स्थगित गरिएको प्रमुख मालपोत अधिकृत बासुप्रसाद कोइरालाले जानकारी दिए । यता, नापी अधिकृत विन्देश्वर यादवले पनि सूचना जारी गरेर अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा प्रवाह स्थगित गरिएको बताएका छन् ।

    जिल्ला प्रशासन कार्यालय महोत्तरीले बलवा नगरपालिकास्थि कारिकस्थान, पिपरा गाउँपालिकास्थित बौधिमाई मन्दिर, सम्सी गाउँपालिकास्थित अनहेरभाटलगायतका धार्मिक स्थलहरुमा दर्शनार्थीको अत्यधिक भीड भइ कोरोना संक्रमणको जोखिम बढेकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नित्य पूजाबाहेक अन्य पूजामा रोक लगाउने निर्णय गरेको छ ।

    कोही कसैले सूचनालाई अटेर गरेको पाइएमा संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने चेतावनी समेत सूचनामार्फत दिएको छ । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै मन्दिरमा नित्य पूजा बाहेक सबै पूजा र बलीमा रोक लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकरी दिए ।

  • बेनी–जोमसोम सडक चार दिन बन्द हुने

    बेनी–जोमसोम सडक चार दिन बन्द हुने

    म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ ।

    उत्तर÷दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले सोमबार एक सूचना जारी गरेर सडक स्तरोन्नति र निर्माणका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेनी–जोमसोम सडकमा चार दिन सवारी साधन आवतजावत रोकिने जानकारी गराएका हुन् ।

    म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका–४ को कैकुखोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रशासनले जनाएको छ ।

    कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज–२ को काभ्रेभिरमा पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।

    काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ ।

    यस्तै सोही खण्डको थासाङ–४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ । सडक स्तरोन्नति गरी सडक सहज बनाउन जिल्ला सडक सुरक्षा समितिले यसप्रकारको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

    झण्डै ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निर्माण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ ।

    आयोजनाका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम सकिएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनीयर अश्विनीकुमार यादवले बताए ।

  • बन्द भन्ने था छैन, टिभी हेरेको छैन ?– बन्दकर्ता, टिभी छैन, गरि खान पनि नपाउनू ?– सवारीचालक (भिडियो)

    बन्द भन्ने था छैन, टिभी हेरेको छैन ?– बन्दकर्ता, टिभी छैन, गरि खान पनि नपाउनू ?– सवारीचालक (भिडियो)

    विराटनगर । विराटनगरमा बन्दकर्ता र सवारीचालकबीच भनाभन भएको छ ।

    बन्दकर्ताले जबरजस्त गाडीको चाबी नियन्त्रणमा लिन खोजेपछि उनीहरुबीच भनाभन भएको हो ।

    बन्द भन्ने थाहा नभएका कारण नियमितझैं गाडी लिएर सडकमा निस्केका रोशन कँडेल बन्दकर्ताबीच शनिमन्दिर सडकमा भनाभन भएको हो ।

  • बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

    बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक तोडफोड गरेका हुन् ।

    बन्दकर्ताले ना३ख ३९३, ना१क १४३५ र ना८ख ४४८० नम्बरको ट्रक तोडफोड गरेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका बन्द कर्ताले भरतपुर महानगरपालिका–१ भतेरीमा ट्रक तोडफोड गरेका हुन् ।

    यस्तै टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ८८५५ नम्बरको मालबाहक ट्रकलाई भरतपुर महानगरपालिका–१२ मिलनचोकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।