Tag: फोटो फिचर

  • मौसम खुलेसँगै झन् मनमोहक जुगल हिमाल (फोटो फिचर)

    मौसम खुलेसँगै झन् मनमोहक जुगल हिमाल (फोटो फिचर)

    देशभरको मौसम सफा छ । वर्षापछि खुलेको मौसमले हिमाल झन् चम्किएका छन् । संघीय राजधानी काठमाडौँबाट नजिकै रहेको जुगल हिमश्रृङ्खला सेताम्य देखिएको छ । मनमोहक बनेर चम्किएको छ।

    सिन्धुपाल्चोकको सदरमुकाम चौतारा आसपासबाट देखिने जुगल हिमालको दृश्य अत्यन्त मनमोहक देखिन्छ । बिहानै निलो आकाश, स्वच्छ हावा र सुनौलो घाममा टल्किँदै गरेको जुगल हिमालले स्थानीय मात्र होइन, दूरदराजबाट आउने पर्यटकलाई ‘आहा ! मनमोहक जुगल’ भन्न बाध्य पारिरहेको छ ।

    मौसम खुल्नासाथ हिमालको दृश्य कैद गर्न क्यामेरा र मोबाइल बोकेर आउँने युवाको भीड चौतारामै देखिन्छ । कतिपयले हिमालको पृष्ठभूमिमा टिकटक, रिल बनाइरहेका हुन्छन्, कोही भिडियो खिचिरहेका हुन्छन् र फोटो सेसन चलिरहेको हुन्छ ।

    जुगल हिमश्रृङ्खला केबल दृश्यका लागि मात्र होइन, आरोहणका दृष्टिले पनि आकर्षक गन्तव्य हो । दुई वर्षअघि आरोहण अनुमति खुलेसँगै विभिन्न देशका आरोहीले जुगल क्षेत्रका चुचुरामा सफलतापूर्वक आरोहण गरिसकेका छन् । यसले सिन्धुपाल्चोकमा साहसिक पर्यटनको सम्भावना थप बलियो बनाएको छ।
    हेर्नुहोस् तस्बिरहरुः

     

     

     

     

     

     

     

  • ‘कांग्रेस सुधार अभियान’ मा लागेका युवाले सानेपामा लगाए ताला (तस्बिरहरू)

    ‘कांग्रेस सुधार अभियान’ मा लागेका युवाले सानेपामा लगाए ताला (तस्बिरहरू)

    काठमाडौं । नियमित महाधिवेशन गर्न दबाब दिँदै नेपाली कांग्रेसका युवाहरूले कांग्रेस सुधार अभियान (अन्डर फोर्टिन) अभियान सञ्चालन गरेका छन् ।

    अभियानले पार्टी कार्यालयमा रहेको सुरक्षा घेरा तोडेर प्रदर्शन गरेका छन् भने पार्टी कार्यालयको गेटमा तालाबन्दी गरेका छन् ।

    नियमित महाधिवशेन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका युवाले नाराबाजी गरिरहेका छन् । जेनजी आन्दोलनमा पार्टी कार्यालय जलाइएपछि कांग्रेस पार्टी कार्यालयमा सुरक्षा तैनाथी बढाइएको थियो ।

  • ओलीसँग खिच्न नपाएको पोज नेताहरूसँग, जसलाई धेरै प्रतिनिधिले घेरे (तस्बिरहरू)

    ओलीसँग खिच्न नपाएको पोज नेताहरूसँग, जसलाई धेरै प्रतिनिधिले घेरे (तस्बिरहरू)

    काठमाडौं । गोदावरीमा जम्मा भएका एमाले प्रतिनिधिमध्ये प्राय:को अध्यक्ष केपी शर्मा ओलीसँग तस्बिर खिचाउने चाहना थियो । एमालेको प्रथम विधान महाधिवेशनमा करिब ६ हजार प्रतिनिधि सहभागी थिए । ती सबैले ओलीसँग तस्बिर खिचाउन व्यवहारिक कारणले पनि सम्भव थिएन । त्यसमाथि स्वास्थ्यमा केही असहजका कारण ओलीले आराम गर्नुपरेपछि त्यो झनै सम्भव बनेन ।

     

    आफ्नो स्वास्थ्यका कारण महाधिवेशन उद्घाटनको पहिलो दिन केही समय र समापनको केही समयमात्रै ओली महाधिवेशन स्थलमा देखिएका थिए । भौतिकरूपमा ओलीसँग तस्बिर खिचाउन नपाएपछि धेरैले अधिवेशन परिसर स्थलमा राखिएको उनको ठूलो प्रतिमासँग तस्बिर खिचाएका थिए ।

    त्यतिले मात्रै रहन नपुग्नेहरूले भने अध्यक्षपछिका नेताहरुसँग तस्बिर खिचाएका थिए । तस्बिर खिच्नका लागि जताततै कार्यकर्ताहरुले नेता घेरेको देखिन्थ्यो । नेताहरुलाई पनि कार्यकर्तासँग तस्बिर खिचाउन भ्याइ, नभ्याइ थियो ।

    नेताहरू भीम रावल, लेखराज भट्ट, प्रदीप ज्ञवाली, योगेश भट्टराई,गोकुल बास्कोटा र महेश बस्नेतसँग धेरैले तस्बिर खिचाउने मोह देखाएको हेर्न पाइन्थ्यो । साथै अनेरास्ववियू अध्यक्ष बनेकी सुनिता बरालको पनि ‘क्रेज’ देखिन्थ्यो । धेरै प्रतिनिधिहरूले उनीसँग पनि तस्बिर खिचाइरहेको देख्न सकिन्थ्यो ।

    नेपाल प्रेसले कैद गरेका केही तस्बिरहरू :

  • माइतीघरमा राप्रपाको प्रदर्शन, एमसीसी खारेजीसम्मका माग (तस्बिरहरू)

    माइतीघरमा राप्रपाको प्रदर्शन, एमसीसी खारेजीसम्मका माग (तस्बिरहरू)

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । राप्रपा काठमाडौं कार्य समितिको आव्हानमा गरिएको प्रदर्शनमा बढ्दो महंगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने आवाज उठाइएको छ ।

    प्रदर्शनकारीले अमेरिकी सहायता परियोजना (एमसीसी) राष्ट्रघाती भएको भन्दै त्यसको खारेजीको माग गरेका छन् । राप्रपा कार्यकर्ताले पूर्वराजारानीको तस्बिरअंकित टिसर्टसमेत लगाएका थिए ।

  • भौतिक उपस्थितिमा यसरी हुँदैछ १२ कक्षाको परीक्षा (तस्बिरहरू)

    भौतिक उपस्थितिमा यसरी हुँदैछ १२ कक्षाको परीक्षा (तस्बिरहरू)

    काठमाडौं । कोरोना महामारीका कारण पटक-पटक स्थगित भएको कक्षा १२ को परीक्षा आजदेखि शुरू भएको छ । परीक्षा बोर्डले आजदेखि असोज ८ गतेसम्म होम सेन्टरबाटै दिन मिल्ने गरी तालिका प्रकाशन गरेको थियो ।

    परीक्षा बिहान ११ बजेदेखि शुरू गरिएको छ । स्वास्थ्य मापदण्ड पालना गरी होम सेन्टरबाट परीक्षा लिइने तथा कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै राखेर परीक्षा लिने व्यवस्था मिलाइएको छ ।

    परीक्षा बोर्डका अनुसार यसवर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थी ३ लाख ७४ हजार छन् । भौतिकरूपमै परीक्षा लिने तयारी भएपछि गत महिना नै १८ वर्ष पुगेका विद्यार्थीलाई प्रवेशपत्र देखाएर कोरोना खोप लगाउने व्यवस्था गरिएको थियो ।

    कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि लकडाउन लागू भएपछि गत वैशाखमा हुनुपर्ने परीक्षा स्थागित भएको थियो । त्यसपछि साउन ३१ देखि भदौ ९ गतेसम्मका लागि निर्धारण गरिएकोमा संक्रमण दर कम नभएको भन्दै पुनः स्थगित गरिएको थियो ।

  • जेठ २ को मिलनविन्दु पछ्याउँदै एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

    जेठ २ को मिलनविन्दु पछ्याउँदै एमाले केन्द्रीय कमिटी बैठक (तस्बिरहरू)

    काठमाडौं । स्थायी कमिटी बैठकमार्फत सहमतिको मिलनविन्दुमा पुगेको नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक शुरू भएको छ । ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा जारी यो बैठकले स्थायी समिति बैठकको निर्णयलाई अनुमोदन गर्नेछ ।

    एमालेको संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने तथा १० बुँदे सहमति कार्यान्वयनबारे बैठक केन्द्रित हुने बताइएको छ । त्यसका लागि मातहतका कमिटीलाई समेत एमालेले निर्देशन दिइसकेको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • पुस ७ मा छुटेकाहरू भदौ ८ मा जुटे, नेकपाकालीन कमिटीको निरन्तरता (भिडियोसहित)

    पुस ७ मा छुटेकाहरू भदौ ८ मा जुटे, नेकपाकालीन कमिटीको निरन्तरता (भिडियोसहित)

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठकमा नेकपाकालमा छुटेका नेताहरू पहिलोपटक जुटेका छन् । पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुस ७ गते औपचारिकरूपमा नेकपा विभाजित भएको थियो ।

    विभाजित नेकपाको प्रचण्ड-माधव समूहका गएका १० स्थायी कमिटी सदस्य ८ महिनापछि केपी अ‍ोली नेतृत्वमा फर्किएका छन् । त्यतिबेलै प्रचण्डलाई छाडेर अ‍ोली रोजेका ४ स्थायी कमिटी सदस्यसहित एमालेको ऐतिहासिक स्थायी कमिटी बैठक बसेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

    १० बुँदे सहमति कार्यान्वयनका लागि बसेको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागाी भएनन् । स्थायी कमिटी सदस्यमध्ये माधव नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने र बेदुराम भुसालले भने नेकपा एकीकृत समाजवादी गठनका लागि प्रक्रिया अघि बढाइसकेका छन् ।

     
     
     
    
    
     
    
     
    
    
  • माधवसँग छुटेर ओलीसँग जुटेपछि बालकोटबाट बाहिरिएका पाइलाहरू (तस्बिरहरू)

    माधवसँग छुटेर ओलीसँग जुटेपछि बालकोटबाट बाहिरिएका पाइलाहरू (तस्बिरहरू)

    काठमाडौं । केपी ओलीसँग राजनीतिक र सांगठनिकरूपमा विभाजित भएको ठीक ९ महिनापछि तत्कालीन नेकपा र हाल एमालेका ९ जना स्थायी कमिटी सदस्यहरू अन्ततः ओलीले बोलाएको बैठकमा बस्न तयार भएका छन् ।

    तत्कालीन नेकपा पुस ७ गते विभाजित भएपछि भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त प्रचण्ड-माधव समूहमा थिए ।

    फागुन २३ को फैसलाले एमाले ब्युँतिएपछि पनि उनीहरू माधव नेपाल नेतृत्वको समानान्तर गतिविधिमै थिए । तर, नेपालले पार्टी विभाजन गरेपछि भने उनीहरू १० बुँदे कार्यान्वयनको प्रतिबद्धतासहित एमालेमा रहने भएका छन् र मंगलबारको बैठकले सबै विषय सम्बोधन गर्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

    तस्बिरहरू : सरोज बैजु । 

  • तस्बिरमा हेर्नुस् एमाले नेताका हैसियतमा निर्वाचन आयोगमा लम्किएका अन्तिम पाइलाहरू

    तस्बिरमा हेर्नुस् एमाले नेताका हैसियतमा निर्वाचन आयोगमा लम्किएका अन्तिम पाइलाहरू

    काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आफ्ना पक्षका नेता तथा सांसदहरू लिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् ।

    राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेशका आधारमा माधवकुमार नेपालले नयाँ दल खोल्न आयोग पुगेसँगै अहिलेलाई एमाले एकताको च्याप्टर क्लोज भएको छ ।

    यसअघि २०५४ सालमा नेपाल महासचिव रहँदा वामदेव गौतमको नेतृत्वमा एमाले विभाजित भएर नेकपा माले बनेको थियो । २४ वर्षपछि एमालेका पूर्वमहासचिव नेपालकै नेतृत्वमा एमाले विभाजित भएको हो ।

    हेर्नुस् माधव नेपालसँगै नयाँ दल दर्ताका लागि आयोगमा लम्किएका एमाले नेताहरूको तस्बिरहरू :-

     
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    तस्बिरहरू : सरोज बैजु ।
  • विभाजनतर्फ बढेका पाइलाहरू, एमालेका नाममा माधव समूहको निर्णायक बैठक (तस्बिरहरू)

    विभाजनतर्फ बढेका पाइलाहरू, एमालेका नाममा माधव समूहको निर्णायक बैठक (तस्बिरहरू)

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको छ । त्यसअघि नेपाल समूह बानेश्वरस्थित अर्याल होटेलमा निर्णायक बैठकका लागि भेला भएका छन् ।

    राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भइ निर्वाचन आयोगमा नयाँ दल दर्ता हुनुअगावै कुनै ‘सरप्राइज सहमति’ नभए एमालेका नाममा यो उनीहरूको अन्तिम बैठक हुनेछ । बैठकमा पार्टी विभाजनका लागि तयार भएका केन्द्रीय सदस्य र सांसदहरूको सहभागिता छ।

    नयाँ दल दर्ताका लागि सबै तयार पूरा भइसकेको र अध्यादेश जारी हुनेबित्तिकै निर्वाचन आयोगमा जाने केन्द्रीय सदस्य मेटमणि चौधरीले जानकारी दिएका छन् । नयाँ दलका लागि पार्टीको नामको वैकल्पिक सूची तयार गर्नेदेखि विधान निर्माणसम्मका सबै काम सकिसकिएको छ ।

    नयाँ पार्टीको नामका लागि नेकपा एमाले (समाजवादी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) सहितका विकल्प तयार छन् ।

  • देउवा निवासमा कांग्रेस युवाहरूको आन्दोलन, भित्र बैठक बस्दै

    देउवा निवासमा कांग्रेस युवाहरूको आन्दोलन, भित्र बैठक बस्दै

    काठमाडौं । पार्टी वैधानिकता नै संकटमा पर्न लागेको चिन्ता लिएर नेपाली कांग्रेसका युवा नेताहरू नेतृत्वको ध्यानाकर्षणको लागि देउवा निवास बूढानीलकण्ठमा  प्रदर्शन गरेका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको विधान र नेपालको संविधान बुझाउन उनीहरू बूढानीलकण्ठमा भेला भएका हुन् । केन्द्रीय समितिमा नरहेका युवा नेताहरूले थालेको ‘सबल कांग्रेस निर्माणका लागि हाम्रो अभियान’का तर्फबाट त्यहाँ पुगेका युवा नेताहरूको भीडका कारण बूढानीलकण्ठ वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    अभियानका सदस्य एवं नेविसंघका पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदीले पार्टीको वैधानिकतामै संकटमा पर्न लागेकाले नेतृत्वलाई जिम्मेवार बनाउन सांकेतिक कार्यक्रम गरिएको बताए ।

    बाहिर आन्दोलन भइरहँदा भित्र नेताहरू भने केन्द्रीय समिति बैठकको तयारीमा छन् ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • एमाले स्थायी कमिटी बैठक च्यासलमा शुरु (तस्बिरहरू)

    एमाले स्थायी कमिटी बैठक च्यासलमा शुरु (तस्बिरहरू)

    ललितपुर । नेकपा एमाले स्थायी कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा शुरू हुँदैछ । अपरान्ह ३ बजे बोलाइएको बैठक केही ढिला शुरू भएको छ ।

    बैठकमा सहभागी हुन उपाध्यक्ष वामदेव गौतम पनि गएका छन् । अध्यक्ष केपी शर्मा अ‍ोली पुगेपछि बैठक शुरू हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

    एमाले बैठक विधान महाधिवेशन, केन्द्रीय विभागहरूको गठन र सदस्यता नविकरणमा केन्द्रित । शनिबारको बैठक माधव नेपाल पक्षधर नेताहरूको आग्रहमा रोकिएको थियो ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
     
    

     

  • तस्बिरमा पुन:स्थापित संसदको पहिलो बैठक

    तस्बिरमा पुन:स्थापित संसदको पहिलो बैठक

    काठमाडौं । दोस्रोपटक पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठक भर्खरै सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रयोजनका १५ मिनेटपछि दोस्रो बैठक शुरू भएको छ ।

    पहिलो बैठकमा नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भने उपस्थित छैनन् ।

  • तस्बिरमा विपक्षी गठबन्धनविरुद्ध युवा संघको मार्चपास

    तस्बिरमा विपक्षी गठबन्धनविरुद्ध युवा संघको मार्चपास

    काठमाडौं । नेकपा एमालेनिकटको राष्ट्रिय युवा संघले विपक्षी गठबन्धनको गतिविधिविरुद्ध सडकमा मार्चपास गरेको छ ।

    बानेश्वरदेखि माइतीघरसम्म गरिएको प्रदर्शनमा सहभागीले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको तस्बिर अंकित ब्यानर र प्लेकार्ड बोकेका थिए । सँगै नेपालको संविधान पनि बोकेका थिए ।

    हिजो एक अर्कालाई उत्तेजित पार्ने र पार्टी एकतालाई असर गर्ने खालका एमाले कार्यदल सहमतिनजिक पुगेको भन्दै नेतृत्वले प्रदर्शन नगर्न भनेपछि पूर्वनिर्धारित मार्चपास अचानक स्थगित भएको थियो ।

    निर्वाचनको पक्षमा मार्चपास गरिएको युवा संघका उपमहासचिव तथा कार्यालय विभाग प्रमुख रामजी सापकोटाले बताए ।

    
    
    
     
     
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    

     

  • क्रियाशील सदस्यता विवाद : कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना (तस्बिरहरू)

    क्रियाशील सदस्यता विवाद : कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना (तस्बिरहरू)

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा विधानविपरीतका क्रियाशील सदस्यता खारेज गर्न माग गर्दै धर्ना शुरू भएको छ ।

    नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ताहरू आजदेखि पार्टी कार्यालय सानेपाको प्रवेशद्वारमा धर्नामा बसेका हुन् ।
    पार्टीको विधान, नियमावली र परिपत्रविपरीत बाँडिएका सदस्यता खारेज गर्न माग गर्दै सानेपामा धर्ना बस्नेमा पूर्वसभासदद्वय रामअयोध्या प्रसाद यादव, लालबाबु सिंह, नेविसंघ पूर्वसहमहामन्त्री राजेश रौनियारसहित बाराका विभिन्न वडाका बुथ सभापतिहरू छन् ।

    उनीहरुले ६ बुँदे माग राखेका छन् । ‘पार्टीको वडा कार्यसमितिले विधानअनुसार सिफारिस गरेभन्दा बाहेकका सदस्यता जुन विधानविपरीत आएको छ, त्यसलाई खारेज गर्नुपर्छ । जालसाजी गरेर थपिएका क्रियाशील खारेज नभएसम्म धर्ना जारी रहन्छ’, बाराका महाधिवेशन प्रतिनिधिसमेत रहेका युवा नेता राजेश रौनियारले भने ।

    धर्नामा बसेका नेता कार्यकर्ताले पार्टीको विधान अनुसार वडा र क्षेत्रको बैठकबाट पारित नभई मनपरी ढंगले क्रियाशील सदस्यता बाँड्ने काम भएको आरोप लगाएका छन् । उनीहरुले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि चासो नदिइएकोले आन्दोलनमा उत्रनुपरेको बताएका छन् ।

  • काठमाडौंमा ५४ दिनपछि देखिएको चहलपहल

    काठमाडौंमा ५४ दिनपछि देखिएको चहलपहल

    काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि खुकुलो बनाइएको छ ।

    स्थानीय प्रशासनले आर्थिक गतिविधि चलायमान बनाउन बार र समय तोकेर केही व्यवसायिक क्षेत्र खुल्ला गरेको छ । केही सहज गरेर असार १४ सम्म थप गरिएको निषेधाज्ञामा निजी सवारीसाधनमा जोर-बिजोर प्रणाली लागू गरिएको छ ।

    डिपार्टमेन्ट स्टोर्स, सपिङ मल, हार्डवेयर्स पसल, खेलकुद सामाग्री पसल, कपडा पसल, विद्युतीयलगायतका पसल खुल्ला गर्न पनि बार र समय तोकिएको छ ।

    निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहलपहल बढेको छ । सवारी चापले मुख्य सडकमा जाम समेत भएको छ ।

     
     
     
     
     
     
     
     
     
     
  • झरीले रुझ्यो काठमाडौं

    झरीले रुझ्यो काठमाडौं

    काठमाडौं । शुक्रबारदेखि भित्रिएको मनसुनका कारण देशका विभिन्न ठाउँमा वर्षा जारी छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भोलिसम्म देशका विभिन्न ठाउँमा भारी वर्षा हुने भन्दै साना तथा मझौला नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।

    आज बिहानदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा झरी पर्‍यो । मनसुनसँगै मौसम फेरबदल भइरहँदा पानीले उपत्यकाको जनजीवन प्रभावित पार्‍यो ।

    आजदेखि केही खुकुलो बनाइएको निषेधाज्ञासँगै सडकमा चहलपहल बढेपनि वर्षात‍ले किनमेल, अत्यावश्यक कामका लागि हिँडेका सर्वसाधारणलाई असहज भयो ।

    काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रका वागमती, हनुमन्ते, विष्णुमती, धोबीखोलामा पानीको बहाव बढेको छ ।

  • सिन्दूर जात्रामा रंगियो भक्तपुर

    सिन्दूर जात्रामा रंगियो भक्तपुर

    भक्तपुर । भक्तपुरको मध्यपुर थिमी यतिखेर सिन्दूर जात्राको रमझममा भुलेको छ । कोरोना संक्रमणको जोखिमका बावजुद प्रत्येक वर्ष नयाँ वर्षको शुरूआतजस्तै यो वर्ष पनि जात्रामा भीड देखियो ।

    बिस्केट (बिस्काः) जात्राको अवसर पारेर ३२ खटसहितको सिन्दूर जात्रा मनाइने गरिएको छ ।

    स्थानीयका अनुसार देवता खटमा राखी धिमेबाजाका साथ जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर र फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

    भुस्याबाजा, कायाबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर (अबिर) दलेर परिक्रमा गराइन्छ ।

    केही वर्षयता भने खटको संख्यामा कमी हुँदै आएको छ ।

    सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरू हुन्छ ।