Tag: फिफा

  • रुसका खेलाडीमाथि फिफाको प्रतिबन्ध

    रुसका खेलाडीमाथि फिफाको प्रतिबन्ध

    काठमाडौं । युक्रेनमाथि हमला गरेर आलोचना खेपिरहेको रुसलाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक (यूईएफए)ले सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्ध लगाएको छ।

    प्रतिबन्ध कहिलेसम्म भन्ने खुलाइएको छैन । फिफाको यो निर्णयले रूसले अर्को महिना हुने विश्वकप छनोटको प्लेअफमा सहभागिता जनाउन नपाउने भएको छ । यसअघि फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गा बिना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको थियो।

    त्यस्तै यूईएफएले रूसी ऊर्जा कम्पनी गाजप्रोमसँगको प्रायोजन सम्झौता पनि तोडेको छ।

  • नेपालको फिफा वरीयता खस्कियो

    नेपालको फिफा वरीयता खस्कियो

    काठमाडौं । फिफाले विहीबार सार्वजनिक गरेको नयाँ सूचीअनुसार नेपाली राष्ट्रिय टोलीको वरीयता एक स्थान खस्किएको छ । गत महिना (सेप्टेम्बरमा) १ सय ६८औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेर १ सय ६९ औं स्थानमा पुगेको छ ।

    नेपालले यसबीचमा दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेलेर उपविजेता पनि बनेको थियो । तर, फिफा वरीयता भने नेपालको स्थान खस्किएको हो ।

    नेपाल १ सय ६९औं स्थानमा रहँदा अन्य दक्षिण एसियाली मुलुकहरू भारत १ सय ६, माल्दिभ्स १ सय ५६, भुटान १ सय ८६, बंगलादेश १ सय ८७, पाकिस्तान १ सय ९७ र श्रीलंका २ सय ४औं स्थानमा छन् ।

    यस्तै विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम छ भने ब्राजिल, फ्रान्स, इटाली र इङ्ल्यान्ड क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

  • राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

    राष्ट्रिय फुटबल टोली आज इराक जाँदै

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आज इराकतर्फ जाँदैछ । कतार एयरवेजमार्फत् दोहा हुँदै नेपाली टोली मंगलबार राति इराक पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ ।

    इराकसँगको मैत्रीपूर्ण खेल र विश्व कप तथा एएफसी एसियन कपको संयुक्त छनोटका लागि भ्रमणमा निस्किएको नपाली टोलीले २९ मेमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । त्यस्तै, संयुक्त छनोट अन्तर्गत जुन ३ मा चाइनिज ताइपेइसँग, जोर्डनविरुद्ध जुन ७ मा र अस्ट्रेलियाविरुद्ध जुन ११ मा कुवेतमा खेल्ने छ ।

    मुख्य प्रशिक्षक अब्द्ल्लाह अल्मुताइरीको नेतृत्वमा पहिलो पटक मैदानमा उत्रिन लागेको नेपाली टोलीमा अहिले धेरै युवा खेलाडी समेटिएका छन् ।

    यसअघि घोषित टोलीबाट १० जना खेलाडी मात्र २३ जनाको अन्तिम टोलीमा समावेश गरेका छन् ।

    विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले यसअघिका पाँच खेलमध्ये एकमा जित निकालेको थियो भने ४ खेलमा पराजय भोगेको थियो । पहिलो खेलमा कुवेतविरुद्ध ७-० को फराकिलो पराजय भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई उसकै मैदानमा ०-२ को नतिजामा पराजित गरेको थियो ।

    तेस्रो खेलमा अस्ट्रेलियासँग ५-० को हार बेहोरेको नेपाल चौथो खेलमा जोर्डनसँग ३-० गोलको नतिजामा पराजित भयो । भूटानमा भएको कुवेतविरुद्धो दोस्रो लेगमा ०-१ ले पराजित भएको नेपालले अझै तीन खेल खेल्न बाँकी छ ।

    २६ सदस्यीय नेपाली टोली:

    गोलकिपर्स: किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

    डिफेन्डर्स: अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकाश खवास

    मिडफिल्डर्स: एरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, आयुश घलान

    अट्याकर्स: अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा

  • १६ सय नेपालीको ज्यान गएको प्रसंगमा एमनेस्टी इन्टरनेसनलले लेख्यो फिफालाई पत्र

    १६ सय नेपालीको ज्यान गएको प्रसंगमा एमनेस्टी इन्टरनेसनलले लेख्यो फिफालाई पत्र

    काठमाडौं । १६ सयभन्दा बढी नेपाली कामदारको ज्यान जाने गरि निर्माण भैरहेको कतारको विश्वकप रंगशालाबारे अन्तर्राष्ट्रिय मानव अधिकारवादी संगठन एमनेष्टी इन्टरनेसनलले चासो व्यक्त गरेको छ ।

    उक्त संगठनले विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई पत्र लेख्दै रंगशाला निर्माणमा भैरहेको विदेशी कामदारको श्रम शोषण अन्त्य गर्न आग्रह गरेको छ ।

    फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्र लेख्दै एमनेस्टी इन्टरनेसनलले कामदारमाथिको शोषणलाई रोक्नको लागि श्रम नीतिको पुनर्संरचना गर्न सार्वजनिक वा नीजिरुपमै कतारलाई दबाब दिनुपर्ने पहल फिफाले लिनुपर्ने आग्रह गरेको हो ।

    सन् २०२२ को नोभेम्बरमा विश्वकप फुटबल आयोजना गर्ने तालिका छ । गत महिना बेलायती अखबार द गार्जियनले एक प्रतिवेदन प्रस्तुत गर्दै १,६४१ नेपालीसहित ६५ सय विदेशी कामदारले रंगशाला बनाउने क्रममा ज्यान गुमाएको उल्लेख गर्दै श्रम शोषण भैरहेको खुलासा गरेको थियो ।

    रंगशाला निर्माण पुरा हुञ्जेलसम्म अझै हजारौंको ज्यान जान सक्ने डरलाग्दो चित्र पनि गार्जियनले प्रस्तुत गरेको थियो । साथै, उक्त प्रतिवेदनमा दक्षिण एसियाली मुलुकका १२ कामदारले प्रत्येक साता ज्यान गुमाउने गरेको पनि उल्लेख थियो ।

    एमनेष्टी इन्टरनेसनलका आर्थिक तथा सामाजिक विभागका प्रमुख स्टिभ ककबनले फुटबल टुर्नामेन्ट आयोजनालाई लिएर हुनसक्ने मानवअधिकार उल्लंघनका मुद्दालाई फिफाले अन्तर्राष्ट्रिय नियमको परिधिमा ल्याउनुपर्ने बताए । ‘यो समस्या प्रतियोगितालाई लिएर हुने आतिथ्य र यातायात क्षेत्रका कामदारमा पनि लागु हुनसक्छ’ उनले भने ।