Tag: प्रि–मनसुन

  • वर्षामा राजमार्ग अवरुद्ध हुन नदिने पूर्व तयारीमा रहन मन्त्री नेम्वाङको निर्देशन

    वर्षामा राजमार्ग अवरुद्ध हुन नदिने पूर्व तयारीमा रहन मन्त्री नेम्वाङको निर्देशन

    काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले यो वर्ष मनसुन चाँडो हुने भएकाले राजमार्गमा आउन सक्ने अवरोध व्यवस्थापनका लागि पूर्व तयारी गर्न निर्देशन दिएका छन् ।

    सम्बद्ध कर्मचारीहरुलाई बजेट कार्यन्वयनका बारेमा योजना सुनाउँदै नेम्वाङले राजमार्गहरू अवरुद्ध हुन नदिने र खाल्डाखुल्डीरहित बनाउने कार्यमा पूर्व तयारीका साथ रहन निर्देशन दिए ।

    उनले भने- यस पटक मनसुन चाडो हुने पूर्वानुमान छ । मनसुनका कारण राजमार्गहरू अवरुद्ध हुदाँ समयमै व्यवस्थापन गर्न सकेनौं भने जनजीवन प्रभावित हुन्छ । नागरिकले कष्ट पाउँछन् । अवरोध हुन सक्ने देशैभरका सम्भावित स्थानहरूमा इक्विपमेण्टहरु तैनाथ गर्नुहोला । हामीसँग उपलब्ध इक्विपमेण्ट अपुग भए भाडामा लिएर भएपनि व्यवस्थापन गर्नुपर्छ ।

    मन्त्री नेम्वाङले मातहत कर्मचारीलाई एक दिन पनि कार्यक्षेत्र नछाड्न निर्देशन दिँदै पुर्वाधार विकासमा देखिने खालको कार्य प्रगति हुनुपर्ने बताए ।

  • आजदेखि जाडोयाम सकियो, प्रि-मनसुन शुरु

    आजदेखि जाडोयाम सकियो, प्रि-मनसुन शुरु

    काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ ।

    जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ ।

    यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन÷ चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन÷चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

    मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ ।

    जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताए । ‘तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो’, उनले भने।

    पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।