Tag: पार्वत गुरुङ

  • मन्त्रीबाट हटेपछि पार्वत गुरुङको प्रतिक्रिया : प्रधानमन्त्रीको राजनीतिक संकल्पलाई सदैव साथ दिन्छु

    मन्त्रीबाट हटेपछि पार्वत गुरुङको प्रतिक्रिया : प्रधानमन्त्रीको राजनीतिक संकल्पलाई सदैव साथ दिन्छु

    काठमाडौं । शुक्रवार साँझसम्म सरकारको प्रवक्ता रहेका निवर्तमान सञ्चार मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद पुनर्गठन र आफूहरुको वहिर्गमनलाई स्वागतयोग्य र राजनीतिक सुझबुझपूर्ण निर्णय भनेका छन् ।

    मन्त्रीबाट विदा भएपछि प्रेस वक्तव्य जारी गर्दै गुरुङले आफूले सरकारको प्रवक्ताको जिम्मेवारीमा रहुन्जेल नेकपा एमाले, सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर गलत र भ्रमपूर्ण सन्देशहरु प्रवाह हुन नदिन सचेततापूर्वक काम गरेको बताएका छन् ।

    गुरुङले पछिल्लो घटनाक्रमलाई स्वभाविक भन्दै विज्ञप्तिमा भनेका छन्- मुलुकको विकसित राजनीतिक घटनाक्रमलाई सही विश्लेषण गरी सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रीपरिषद् पुनर्गठन गर्नु भएकोमा हार्दिक स्वागत गर्दछुु । नवनियुक्त मन्त्रीज्यूहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना गर्दछु । साथै, समृद्ध नेपालको यात्रामा अविचलित रुपमा लागिरहने र सम्माननीय प्रधानमन्त्रीज्यूको दृढ राजनीतिक संकल्पलाई सदैव साथ, सहयोग गरिरहने प्रण गर्दछु ।

    मन्त्री भएर काम गरुन्जेल पार्टी, जनता र कार्यकर्ताको शीर झुक्न नदिएको र कतै विवादमा नपरेकोले आफूलाई कुनै पश्चाताप नरहेको बताएका छन् ।

    गुरुङले भनेका छन्- मन्त्री मात्र हैन, एउटा राजनीतिक पार्टीको जिम्मेवार सदस्य भएको नाताले म र मेरो पार्टी नेकपा एमाले, सरकार र सम्माननीय प्रधानमन्त्रीसँग जोडेर गलत र भ्रमपूर्ण सन्देशहरु प्रवाह हुन नदिन सचेततापूर्वक कार्य सम्पादन गरेँ । परिणामस्वरुप मेरा १९ महिने मन्त्रीको कार्यकालमा कुनैपनि पक्षले नकारात्मक टिप्पणी, आलोचना गर्ने मौकाको अवसर नदिई मेरो पार्टीे, सम्माननीय प्रधानमन्त्रीज्यू, दोलखावासी जनसमुदाय, शुभचिन्तक, समर्थक र आफन्तहरुले शीर झुकाउनु र पश्चाताप गर्न परेन । यसैलाई नै मैले उपलब्धी र आफ्नो सम्पत्ति ठानेको छु ।

    गुरुङ २०७६ मंसिरमा महिला वालवालिका मन्त्री बनेका थिए । उनलाई प्रधानमन्त्री ओलीले गत कात्तिकदेखि सन्चार मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

  • पार्वत गुरुङ भन्छन् : माधव नेपाल समूहले मुलुकलाई चुनावमा धकेल्यो

    पार्वत गुरुङ भन्छन् : माधव नेपाल समूहले मुलुकलाई चुनावमा धकेल्यो

    काठमाडौं । यतिखेर मुलुक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा उभिरहेको छ । कोभिड-१९ को दोस्रो ‘भेरियन्ट’को महामारीबाट मुलुक गुज्रिरहेको यस परिस्थितिमा जनताको स्वास्थ्य सुरक्षामा सिंगो राष्ट्र एक भएर उभिनुपर्ने जबर्जस्त परिस्थिति सिर्जना भएको छ । राज्यको ध्यान महामारी नियन्त्रण गरी जनताको स्वास्थ्य सुरक्षामा केन्द्रित छ । यद्यपि जनताको स्वास्थ्यप्रति सबै राजनीतिक शक्ति एकजुट भई सामना गर्नुपर्ने बेला राजनीतिमा उतारचढाव देखिएका छन् । मुलुकले बेहोरिरहेको महामारी, दलहरुबीचको बेमेल, घोषित चुनावप्रति सबैको ध्यान केन्द्रित भएको छ । यही विषयको सेरो फेरोमा सरकारका प्रवक्त एवम् संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङसँग राससले गरेको संवाद।

    मुलुक महामारीबाट गुज्रिरहेका बेला सबै राजनीतिक शक्ति एक भएर सामूहिक सामना गर्नुपर्ने बेला झन् बेमेल, विग्रहको अवस्था देखिन्छ नि ?

    प्रतिपक्षमा रहेका राजनीतिक दल र अन्य केही साथीले जुन गतिविधि गरिरहनुभएको छ त्यो सही राजनीतिक दिशा होइन । मुलुकले अँगालेको संघीय लोकतान्त्रिक गणतन्त्रको दिशा पनि त्यो होइन । अहिलेको संकटबाट मुलुकलाई पार लगाउने पनि त्यो राजनीतिक बाटो होइन, उहाँहरु दिशाविहीन बनिरहनुभएको छ । अहिलेको संकटमा एकताबद्ध भएर जानुपर्नेमा सरकारमा कसले नेतृत्व लिने, प्रधानमन्त्री को हुने भन्ने दौडका कारणले पनि यो राजनीतिक संकट शुरु भएको छ । यसलाई हामीले समयमै अन्त्य गर्नुपर्छ । सबै प्रकारका संकटलाई अन्त्य गर्न हामी एकताबद्ध भएर जानुपर्छ ।

    राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका कार्यसम्पादनलाई लिएर अस्वस्थ बहस, टिप्पणी हुन थालेका छन् नि ?

    विशेषतः म सम्मानित सर्वोच्च अदालतमा भइरहेको बहसका बारेमा टिप्पणी गर्न चाहन्न । हामीले सर्वोच्च अदालतको फैसलालाई अक्षरशः पालना गर्नुपर्छ । जहाँसम्म आरोप प्रत्यारोपका कुरा छ, विपक्षी राजनीतिक दलले उठाएको विषयमा नेपाली नागरिकको हैसियतमा भन्नुपर्दा हामीले नेपालको संविधानमा मन्त्रिपरिषद् गठनको विषयमा धारा ७६ लाई हेर्नुपर्छ । धारा ७६ को सबै उपधारा कार्यान्वयन भएको छ । कुनै निष्क्रिय भएको छैन । सबै उपधाराको प्रभावकारी कार्यान्वयन भएको छ ।

    जसरी प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा दावी पेश गर्नुभयो, यसको अर्थ मार्गप्रशस्तलाई राजीनामाका रुपमा उहाँले स्वीकार गरेको होइन ? संविधानको भावनालाई स्वीकार गरेको होइन ? प्रस्ताव स्वीकार गरेर प्रधानमन्त्रीको दाबी पेश गर्ने, अनि त्यसलाई असंवैधानिक भन्ने ?

    मन्त्रिपरिषद् व्यवस्थापनका निम्ति संविधानमा जे व्यवस्था छ, संविधानमा भएका सबै धारा-उपधारा प्रयोग भएको यो ऐतिहासिक हो । जहाँसम्म सम्माननीय प्रधानमन्त्रीले संविधान मिच्नुभयो, प्रतिनिधिसभा विघटन गर्नुभयो भन्ने हल्ला सडकमा सुनिरहेका छौँ, सम्माननीय प्रधानमन्त्रीले संसबाट विश्वासको मत लिँदा होस्, सरकार गठन र पुनःगठनका विषयमा संविधानको सबै धाराको कार्यान्वयनमा सबै राजनीतिक दल सहभागी भएका छन् । आफू सहभागी हुँदासम्म त्यो संवैधानिक हुने, जब आफ्नो राजनीतिक स्वार्थ पूरा हुँदैन र आफ्नो उद्देश्यमा असफल भएपछि असंवैधानिक र प्रतिगमनको संज्ञा दिइएको छ । संविधानको धारा ७६ को १ देखि ७ सम्म सबै प्रक्रियामा सहभागी हुँदासम्म विरोध नहुने, त्यसमा प्रतिगमन नदेख्ने, जब असफल भइन्छ अनि असंवैधानिक भन्ने ?

    आज सांसद नै हुनुपर्दैन, कानूनको विद्यार्थी पनि हुनुपर्दैन सामान्य नेपाली जनताले संविधानको धारा ७६ को १ देखि ७ सम्म बुझिसकेका छन् । नेताहरुले किन नबुझेका हुन्, कि बुझि पचाएका ?

    धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा ४ अनुसार संसदमा विश्वासको मत लिनुपर्ने प्रतिपक्षी दलहरुले बताइरहेका छन् यसलाई कसरी लिने ?

    सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतका लागि प्रस्ताव गर्नुभयो, जुन अस्वीकृत भयो । अस्वीकृत भएपछि धारा ७६(२) अनुसार वैकल्पिक सरकार बन्न पनि सकेन । त्यसो हुँदा संविधानअनुसार ७६ (३) अनुसारको सरकार बन्ने नै भयो ।

    प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न खोज्दा आफ्नै दलका २७ जना सांसदको अनुपस्थिति रह्यो । जनता समाजवादी पार्टी नेपालका तर्फबाट केही तटस्थ रहने त केहीले विपक्षमा मतदान गर्ने काम भयो । त्यसैले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्नुु भएन । त्यसरी संसद्को विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः ७६ (३) को सरकार गठन भयो । उक्त सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था थियो । विश्वासको मत लिने क्रममै जसपाले सरकारमा पनि नजाने र तटस्थ बस्ने, विश्वासको मत पनि नदिने नीति अख्तियार गर्‍यो । त्यतिबेला जसपाले एकमतले तटस्थ बस्ने निर्णय गरी विज्ञप्ति जारी गरेको थियो ।

    तत्पश्चात् सम्माननीय प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था देख्नुभएन । आफूले संसद्बाट विश्वासको मत पाउने अवस्था नदेखेपछि प्रधानमन्त्रीले संवैधानिक रुपमा मार्गप्रशस्त गर्नुपर्छ भन्ने जिम्मेवारी महसुस गर्नुभयो । धारा ७६ (५) को सरकार गठनका निम्ति ७६(४) अनुसार मार्गप्रशस्त गर्नु प्रधानमन्त्रीका निम्ति संवैधानिक बाध्यता थियो । मार्गप्रशस्त नै राजीनामा हो ।

    हाम्रै पार्टीका साथीहरुले आज जसरी राजनीतिक जवाफदेहिताको कुरा गर्नुभएको छ, त्यसले मुलुकलाई कहाँ पुर्‍याउँछ ? यस्तो गैरसंसदीय अभ्यासले हामी कहाँ पुग्छौं ? मध्यावधिको बाटो लिन बाध्य बनाउने को ? जसले असंसदीय बाटो अँगालेको छ, उनीहरु नै आज त्यसको भागीदार हुन् ।

    विश्वासको मत प्राप्त हुने नदेखेपछि उहाँले आफ्ना निम्ति होइन, अन्य राजनीतिक दलहरुका निम्ति प्रधानमन्त्री बन्नका निम्ति ढोका खोलिदिनुभएको हो । त्यसैले मन्त्रिपरिषद्को प्रस्तावलाई सम्माननीय राष्ट्रपतिज्यूले धारा ७६(५) अनुसार सरकार गठनको प्रस्ताव आह्वान गर्नुभयो । त्यही प्रस्तावमा जसरी प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा दावी पेश गर्नुभयो, यसको अर्थ मार्गप्रशस्तलाई राजीनामाका रुपमा उहाँले स्वीकार गरेको होइन ? संविधानको भावनालाई स्वीकार गरेको होइन ? प्रस्ताव स्वीकार गरेर प्रधानमन्त्रीको दाबी पेश गर्ने, अनि त्यसलाई असंवैधानिक भन्ने ?

    गत वैशाख २७ गते विश्वासको मतकै क्रममा ७६ (२) अनुसारको सरकार गठनका लागि तीन दिनका लागि समय दिँदा उहाँहरुले प्रस्ताव लिएर जान सक्नुभएन । दुई वा दुईभन्दा बढी दलहरुका बीचमा उहाँले बहुमत पुर्‍याउन सक्नुभएन । त्यसभन्दा अगाडि उहाँले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव लैजान सक्नुभएन । सरकारलाई समर्थन गरेको नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिन सकेन । संसद् पुनःस्थापना भएको करीब साढे दुई महिना उहाँहरुले अविश्वासको प्रस्ताव पनि ल्याउन सक्नुभएन । समर्थन फिर्ता पनि लिन नसक्नु, यी सबै परिस्थितिले के देखाउँछ भने संविधानको धारा ७६ (५) अनुसार सरकार गठन हुने छ । त्यसले पनि विश्वासको मत पाउने अवस्था देखिएको छैन । संवैधानिक व्यवस्थाअनुसार मुलुक मध्यावधि निर्वाचनमा जान्छ भन्ने प्रष्ट नै थियो ।

    कोरोना महामारीकै बेला चुनाव घोषणा भएको छ । जनताले खोपको आशा गरिरहेका बेला देशलाई कसरी निर्वाचनमा लैजानुहुन्छ ?

    प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई ताजा जनादेशमा लाने वर्तमान सरकारको कुनै सोंच थिएन । प्रधानमन्त्रीलाई संसद्बाट विश्वासको मत दिएको भए, आफ्नै पार्टीका १२१ सांसदमध्ये २६ जना सांसदले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन नगरेको भए, आज के संसद् विघटन हुन्थ्यो ? मुलुक मध्यावधि निर्वाचनको बाटोमा जान्थ्यो ? यो परिस्थितिको निर्माण कसले गर्‍यो ? अहिले उहाँहरु भन्नुहुन्छ, संविधान र संसद् बचाउनका निम्ति हामीले शेरबहादुर देउवालाई समर्थन गरेको हो । दिउँसै रात पार्ने ? स्थिर सरकारलाई अस्थिर बनाउने, आफ्नै दलको नेतालाई प्रधानमन्त्रीबाट हटाउन खोज्ने, अनि प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन खोज्ने ? जसले पार्टी निर्णयको विरुद्धमा गएर क्रियाकलाप गर्छ, उसैले संविधान र संसद् बचाउने ? हाम्रै पार्टीका साथीहरुले आज जसरी राजनीतिक जवाफदेहिताको कुरा गर्नुभएको छ, त्यसले मुलुकलाई कहाँ पुर्‍याउँछ ? यस्तो गैरसंसदीय अभ्यासले हामी कहाँ पुग्छौं ? मध्यावधिको बाटो लिन बाध्य बनाउने को ? जसले असंसदीय बाटो अँगालेको छ, उनीहरु नै आज त्यसको भागीदार हुन् ।

    संविधानको धारा ७६ ले गरेको व्यवस्थाअनुसार मुलुक मध्यावधि निर्वाचनमा जाँदै छ । प्रधानमन्त्रीमा केपी शर्मा हुुनुहुँदैन भन्ने सोचका साथ उहाँहरु असंवैधानिक कदम चाल्दै हुनुहुुन्छ । आफू प्रधानमन्त्री हुन नसकेपछि असंवैधानिक बाटोमा हिँडेको भनेर आरोप लगाउने ? मुलुकलाई आजको अवस्थमा पुर्‍याउने विशेषतः एमालेका नेताका रुपमा रहेका माधवकुमार नेपाल मुख्य दोषी हुन् ।

    कोरोनाका कारण जनताले मृत्युवरण गर्न परिरहेको अवस्था छ । मुलुकलाई कोरोना संक्रमणबाट छिट्टै मुक्त गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न राष्ट्रिय एकताको खाँचो छ । विपक्षीलाई जनताले भोग्नुपरेको संकटका बारेमा कुनै चिन्ता छैन । कम्युनिष्ट पार्टी विभाजित भएका अवस्थामा चुनाव जितिन्छ र सत्तामा पुगिन्छ भनेर काँग्रेसले ‘फुटाऊ र राज गर’ भन्ने नीति लियो । कांग्रेस अलोकतान्त्रिक र असंसदीय बाटोबाट अगाडि हिँडेको छ ।

    वर्तमान राजनीतिक परिप्रेक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले जुन बाटो लिनुभएको छ, यो संवैधानिक, कानूनसम्मत, नेपाल र नेपाली जनताका पक्षमा छ । संविधानको धारा ७६ ले गरेको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा विघटन भएको छ, प्रतिनिधिसभा पुनःस्थापना हुन्छ भन्ने मलाई लाग्दैन । यो सम्भावना नै छैन । पुनःस्थापनाको आधार छैन । मानौं भयो रे, फेरि पनि एमाले संसदीय दलको नेता केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुहुने छ, किनकि त्यतिबेला पनि अरुको बहुमत पुग्ने अवस्था हुँदैन । त्यस्तो अस्थिरतातर्फ मुलुक अब जाँदैन ।

    राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरी नयाँ चुनाव घोषणाको विषयलाई पनि विवादमा लिने काम भएको छ । त्यसका पछाडि के कस्ता आधार र कारण थिए ?

    राष्ट्रपतिले संविधानको पालना गर्नुभएन भन्ने टिप्पणी सुनेर मलाई दुःख लाग्छ । सम्मानित संस्थाप्रति टिप्पणी गर्नुभन्दा अगाडि म उक्त प्रस्ताव पेश गर्ने नेतालाई संविधानको धारा ७६ को उपधाराका आधारमा दावी के कारणले पेश गर्नुभयो भनी सोध्न चाहन्छु । उहाँको प्रस्तावमा सही गर्ने एमालेका माधवकुमार नेपाल जसले जीवनभर विधि र पद्धतिको कुरा गर्नुभयो, प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्रीका रुपमा सही गर्नु उहाँको विधि र पद्धतिअनुसार थियो कि थिएन ? संसदीय प्रणालीमा आफ्ना पार्टीका प्रधानमन्त्रीलाई अविश्वास गर्दै प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा समर्थन गर्नु कुन राजनीतिक मिसन थियो ? कि त उहाँले राजनीतिक दलसम्बन्धी ऐनअनुसार संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्‍याएर पार्टी विभाजन गरेर समर्थन गर्नुपर्ने थियो ।

    विपक्षीलाई जनताले भोग्नुपरेको संकटका बारेमा कुनै चिन्ता छैन । कम्युनिष्ट पार्टी विभाजित भएका अवस्थामा चुनाव जितिन्छ र सत्तामा पुगिन्छ भनेर काँग्रेसले ‘फुटाऊ र राज गर’ भन्ने नीति लियो । कांग्रेस अलोकतान्त्रिक र असंसदीय बाटोबाट अगाडि हिँडेको छ ।

    राष्ट्रपतिले उहाँहरुको प्रस्ताव अस्वीकृत गर्ने अरु कारण पनि थिए । नेपालको संविधान संसदीय प्रणालीमा आधारित हुने, अनि निर्दलीयताको अभ्यास गर्न पाइन्छ ? सांसदले पार्टी निर्णय विपरीत गएर व्यक्तिगत रुपमा सही गर्न पाइँदैन । केही सांसदले सामाजिक सञ्जालमा, केहीले राष्ट्रपतिज्यूलाई पत्र नै लेखेर आफूहरुको हस्ताक्षरको दुरुपयोग गरिएको बताउनुभयो । शेरबहादुर देउवाले प्रधानमन्त्रीको दावी गर्दै पेश गरेको प्रस्ताव आफैँमा प्रदूषित देखियो ।

    साथै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि आफूसँग रहेको १२१ सांसद र जसपाका ३२ जना सांसदका दलका नेता र पार्टी अध्यक्षको हैसियतसहित दुवै दलका समर्थन लिई प्रधानमन्त्रीमा दावी पेश गर्नुभयो । त्यो दावीमा पनि एमालेका २६ सांसद र जसपाका १२ सांसदले शेरबहादुर देउवाको प्रस्तावमा हस्ताक्षर गरेको देखेपछि सम्माननीय राष्ट्रपतिज्यूले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न विश्वसनीय आधार देख्नुभएन ।

    विश्वसनीय नदेखिएपछि यी दुवै प्रस्ताव राष्ट्रपतिज्यूूबाट अस्वीकृत भएको हो । के त्यो संविधानसम्मत थिएन र ? अनि राष्ट्रपतिज्यूले प्रधानमन्त्रीसँग मिलेमतो गरेर प्रतिनिधिसभा विघटन भई मध्यावधि निर्वाचन घोषणा भयो भनेर राष्ट्रपतिज्यूप्रति आक्षेप लगाउन पाइन्छ ? राष्ट्रपतिप्रति गरिएका टीकाटिप्पणी, व्यवहार, भाषा-शैलीले हामीमा राजनीतिक संस्कार देखिएन । आफूले संविधान मिच्ने, अनि आरोप लगाउने ? संसदीय व्यवस्थामा व्यक्ति दलको मातहत हुन्छ । व्यक्ति स्वतन्त्र हुन सक्दैन, पार्टीको निर्देशन मान्न सांसद बाध्य हुन्छन् ।

    सरकारले संविधानको मर्म र भावना अनुसारका ऐन कानून ल्याउँदा किन जनतालाई दिग्भ्रमित पार्ने काम भइरहेका छन् ? यसलाई सरकारले कसरी लिएको छ ?

    ‘राजनीति फोहोरी खेल हो’ भन्ने गर्छन्, मलाई त्यस्तो लाग्दैनथ्यो तर अहिलेको अवस्थामा राजनीतिलाई फोहारी खेल जस्तै बनाइएको छ । भावी पुस्तालाई राजनीतिमा सहभागी हुने कि नहुने भन्ने भइरहेको छ । वर्तमान सरकाले गरेका सबै चिज असंवैधानिक देख्ने, सरकारले बेठीक गर्‍यो भनेर आरोप प्रत्यारोप लगाउने, अनि आफू सरकारमा हुँदा जनताको पक्षमा केही पनि नगर्ने ? अलिकति पछाडि फर्केर हेरौँ न, सांसद किनबेच, पजेरो काण्डसहित अन्य विकृति, विसंगति कसका पालामा भए ? प्रतिपक्षी दलका नेताको राजनीतिक पृष्ठभूमि र उहाँको प्रधानमन्त्री काललाई एक पटक फर्केर हेर्ने हो भने हामीले उहाँप्रति कसरी विश्वास गर्ने ? उहाँले प्रधानमन्त्री हुँदा गरेका निर्णयले यो मुलुकलाई कता लैजान खोजेको थियो ?

    आफू प्रधानमन्त्री हुन नसकेपछि असंवैधानिक बाटोमा हिँडेको भनेर आरोप लगाउने ? मुलुकलाई आजको अवस्थमा पुर्‍याउने विशेषतः एमालेका नेताका रुपमा रहेका माधवकुमार नेपाल मुख्य दोषी हुन् ।

    यसअघिका अन्य प्रधानमन्त्री र केपी शर्मा ओलीको कार्यकाललाई तुलना गरौँ । पुष्पकमला दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालको कार्यकाल पनि हेरौँ । संविधान निर्माणपछिको नौमहिने कार्यकाल र अहिलेको तीन वर्षको कार्यकाललाई हेरौँ न । कसको कार्यकालमा राष्ट्रिय हित, स्वाधीनता, विकास निर्माण, सुशासनका पक्षमा कति काम भयो भनेर विश्लेषण गरौँ । प्रधानमन्त्री ओलीको कार्यकालमा देश र जनताको हितविरुद्धका काम भएको प्रमाणित गरे वर्तमान सरकारको प्रवक्ताको हिसाबमा प्रधानमन्त्रीले चालेको यो कदम गलत भयो भन्न म सक्छु । अहिलेको राजनीतिक संकट तथा स्वास्थ्य संकटका बेला उहाँले मुलुकलाई जसरी नेतृत्व गर्नुभएको छ, त्यो संविधानसम्मत र राजनीतिकरुपमा लिइएका कदम र निर्णय ठीक छन् ।

    संविधानलाई सम्मान र सर्वोच्चको फैसलालाई स्वीकार गर्दै उहाँ अगाडि बढिरहनुभएको छ । मधेशी जनताको युगौँयुगदेखिको माग सम्बोधन भएको छ । मधेशी जनता तथा मधेश पक्षधर राजनीतिक दलले मधेशको मात्र मुद्दा उठाउन नपरोस् भनेर समृद्ध मधेशको दृष्टिकोण बोकेर प्रधानमन्त्री अगाडि बढ्नुभयो । उक्त अभियानबाट त्रसित भएर फेरि पनि केपी शर्मा ओलीको नेतृत्वमा चुनाव भयो भने मधेशमा पनि उहाँको प्रभाव बढ्ने भयो भनेर केहीलाई चिन्ता थपिएको छ ।

    अन्तिममा, मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमा गएपछिका मुख्य उपलब्धिहरु केके हुन् ?

    संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको यस छोटो अवधिमा हामी तीन तहको सरकारको निर्वाचन गर्न सफल भएका छौं संविधानले निर्दिष्ट गरेको कानून निर्माण गरेका छौं । संविधान निर्माण गरेपश्चात् दुईतिहाइ नजीकको मत प्राप्त भयो । त्यो जनमतले स्थायी सरकार निर्माण गर्ने आधार तयार भयो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई मूर्त रुप दिने काम भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निम्ति योगदान पुर्‍याउने राजनीतिक दल, नेता, सामाजिक व्यक्तित्व, नेपाली जनताप्रति गणतन्त्र दिवसका अवसरमा हार्दिक आभार प्रकट गर्न चाहन्छु । गणतन्त्रको आन्दोलनमा वीरगति प्राप्त गर्ने ज्ञातअज्ञात शहीदहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । जसरी संघीय लोकतन्त्रक गणतन्त्र प्राप्तका निम्ति सिंगो नेपाल एक भएको थियो, त्यसरी नै सम्पूर्ण नेपाली जनता, राजनीतिक दल फेरि पनि एकताबद्ध ढंगले अहिलेको कोभिडको संकटलाई अन्त्य गरेर मुलुकलाई समृद्ध बनाउने काममा लाग्नुपर्नेछ । व्यक्तिगत स्वार्थ, इच्छा, आकांक्षा, राजनीतिक स्वार्थभन्दा माथि उठेर अहिलेको राजनीतिक संकट र स्वास्थ्य संकटलाई अन्त्य गर्नका निमित्त एकताबद्ध हुन आग्रह गर्दछु ।

  • आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला हाे : मन्त्री गुरुङ

    आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला हाे : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोनाभाइरस विरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । सरकारका प्रवक्ता गुरुङले कोरोनाभाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आ-आफ्ना ठाउँबाट एक जुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गरे ।

    मन्त्रालयद्वारा यहाँ आज निजी क्षेत्रका सञ्चारमाध्यमका सञ्चालकसँगको छलफलमा उनले भने,‘यो बेला भनेको एकले अर्कालाई आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला हो, हामी सबै मिलेर मानवीय रुपमा एकले अर्कालाई सहयोग गर्ने बेला हो, सबैले सकारात्मक ढंगबाट सहयोग गरौँ ।’

    मन्त्री गुरुङले भ्रामक समाचारभन्दा पनि कोरोनाबाट बच्न सकिने सन्देशमूलक समाचार प्रकाशन/प्रसारण गर्न आमसञ्चारमाध्यमलाई आह्वान गरे । उनले केही मिडियाले जनतालाई आतङ्कित गर्ने गरी समाचार सम्प्रेषण गर्ने गरेको बताउँदै कोरोनाबाट बच्ने विषयवस्तु सम्प्रेषण गर्न मिडियालाई आग्रह गरे ।

    मन्त्रालयले ‘अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौँ’, ‘बेलाबेलामा साबुनपानीले हात धोऔँ’, ‘सेनिटाइजरले हात सफा गरौँ’, हात नमिलाऔँ बरु टाढैबाट नमस्कार गरौँ’ र ‘कोरोना संक्रमणको शंका लागे तुरुन्त परीक्षण गरौँ’ जस्ता सन्देश सम्प्रेषण गर्न मिडियालाई आह्वान गरेको छ ।

    मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाका सहभागितामा सचिवालय पनि गठन गर्ने भएको छ । नेपाललाई कोरोनामुक्त राष्ट्र घोषणा गर्ने गरी मिडियाले सकारात्मक सन्देश दिनुपर्ने मन्त्री गुरुङको भनाइ थियो । उनले सरकारले कोरोना न्यूनीकरण र बिरामीको उपचारमा सक्दो काम गरिरहेको प्रष्ट पारे ।

    सो अवसरमा रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले कोरोनाको महामारीका समयमा कस्तो विषयवस्तु प्रस्तुत गर्ने भन्नेबारे आमसञ्चारमाध्यम प्रष्ट हुनुपर्छ भने । इकागज डटकमका सम्पादक हरिबहादुर थापाले कोरोनाबारे कस्तो विषयवस्तु दिने भन्ने विषयमा मिडिया क्षेत्र नै अन्योलमा परेको बताउँदै त्यसबारे सरकारको प्रष्ट धारणा आउनुपर्नेमा जोड दिए ।

  • कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह : मन्त्री गुरुङ

    कोरोनाबारे भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड-१९ बारे अफवाह फैलाउने गरी भ्रामक समाचार प्रकाशन/प्रसारण नगर्न आमसञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

    मन्त्रालयद्वारा  बिहीबार आयोजित छलफलमा सरकारका प्रवक्ता गुरुङले पछिल्ल्लो समयमा मिडियामा जनतालाई आतङ्कित गर्ने गरी समाचार आउने गरेको बताउँदै सत्यतथ्य मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरे ।

    सरकारका प्रवक्ताले भने,‘यो बेला भनेको सकारात्मक सोचका साथ काम गर्ने बेला हो तर कोभिडबारे नकारात्मक सन्देश बढी आयो, मानवीय हिसाबले सकारात्मक सन्देश दिनुहोस्’, मन्त्री गुरुङले गोरखापत्र, राष्ट्रिय समाचार समिति, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई कोरोनाबारे सन्देशमूलक र सकारात्मक समाचार र कार्यक्रम सम्प्रेषण गर्नसमेत निर्देशन दिएका छन् ।

    उनका अनुसार मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाको सहभागितामा सचिवालय गठन गर्ने भएको छ । मन्त्री गुरुङले कोभिडबारे सकारात्मक भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई निर्देशन पनि दिएका छन् ।

    कोभिड-१९ न्यूनीकरणबारे नीति बनाउन सञ्चारमाध्यमसँग पनि छलफल गरिने उनको भनाइ थियो । मन्त्री गुरुङले वर्तमान समयमा आमसञ्चारमाध्यमलाई बढीभन्दा बढी कोभिड केन्द्रित हुन अनुरोध पनि गरे ।

    सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले आमसञ्चारमाध्यमले सरकारले गरेका सकारात्मक कार्यभन्दा पनि हुँदै नभएका भ्रामक र असत्य समाचार सम्प्रेषण गरिरहेको जनाउँदै त्यसो नगर्न सम्बन्धित सबैमा आग्रह गरे ।

  • सरकारको निर्णयले व्यवसायी आक्राेशित, रात्रिकालिन व्यवसायीद्वारा प्रतिकारको चेतावनी (भिडियाे)

    सरकारको निर्णयले व्यवसायी आक्राेशित, रात्रिकालिन व्यवसायीद्वारा प्रतिकारको चेतावनी (भिडियाे)

    काठमाडौं । सरकारले धेरै भिडभाड हुने क्षेत्र बन्द गराउने निर्णय गरेपछि असन्तुष्ट बनेका व्यवसायी आन्दोलनको तयारीमा जुटेका छन् । सरकारले आज (सोमबार) धैरै भीडभाड हुने क्षेत्र वैशाख महिनाभरीका लागि बन्द गराउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले रात्रीकालिन मनोरञ्जन क्षेत्र, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, डान्सबार, दोहोरी साँझ, नाचघर, पार्टी प्यालेस, हाटबजारलगायतमा रोक लगाउन निर्णय गरेको थियो । यस्ता क्षेत्रमा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कठिन हुने र कोरोनाको जोखिम कायमै रहने भन्दै वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय छ ।

    मन्त्रिपरिषद् बैठकको निर्णय सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी गराएलगत्तै निजी क्षेत्रका विभिन्न संगठनले छलफल थालेका छन् । यसभन्दा अगाडि पनि स्वास्थ्य मन्त्रालयले रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गराउने निकालेको थियो । पछि प्रमुख जिल्ला अधिकारीको कार्यालयले सरकारले नै निर्णय गराएर मात्रै बन्द गर्न सकिने भन्दै खारेज गरिदिएको थियो ।

    दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन तथा व्यवस्थापन समितिले सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेको छ । सरकारको निर्णयको विरोधमा व्यवसायी तथा कर्मचारीले मादल, खैजडी, स्कर्ट आदि बोकेर आन्दोलमा उत्रिने पत्रकार सम्मेलनमा बताइयो ।

    सरकारले दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय जबरजस्ति बन्द गराए सञ्चालक र कर्मचारी गरी ७० हजारले संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक विनोद श्रेष्ठले सरकारले बल प्रयोग गरेर दोहोरी साँझ तथा रात्रिकालिन बन्द गराएमा त्यसको प्रतिकारमा उत्रिले बताए ।

    श्रेष्ठले भने, ‘पहिले पनि ९ महिना बन्द गरेको हो । अन्य व्यवसाय खुल्दा पनि हाम्रो भने बन्द नै रहेपछि हामीले आन्दोलन नै गरेर खुलाएका थियौँ । अब पनि आन्दोलनमा उत्रिन तयार छौं ।’ दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायमा २० अर्ब लगानी रहेको र प्रत्येक वर्ष सरकारलाई ७ अर्ब कर तिरेको उनले बताए । कोरोनाको विकल्प बन्द मात्रै नभएको र स्वास्थ्यको मापदण्डलाई कडाईका साथ पालन गरेर दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सञ्चालन गर्न दिनुपर्ने श्रेष्ठको भनाइ छ ।

    दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय सुन्धाराका संयोजक आरसी पोखरेलले सरकारले दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायलाई अन्याय गरेको बताए । पोखरेलले भने, ‘दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायमा ७० हजार मानिस जोडिएका छन । १७ सय जना अपाङ्गता भएकालाई समेत हामीले रोजगारी दिएका छौं । राज्यले दमन गरेर बन्द गराउन खोजे त्यसको प्रतिकार गर्ने छौं ।’

    भर्खरै व्यवसाय सुचारु हुन लागेको अवस्थामा फेरि बन्द गराइए रोजिरोटी गुम्ने उनले बताए । चाबहिल दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायका संयोजक केशरबहादुर बुढाथोकीले अब पनि सरकारले बलपूर्वक बन्द गराए मादल, खैजेडी र स्कट लिएर आन्दोलनमा आउने बताए ।

    बुढाथोकीले भने, ‘सरकारले गरेको निर्णयको हामी सयुक्तरुपमा विरोध गर्छाैं । ९ महिना लामो बन्दमा हामीलाई सरकारले केही सहयोग गरेन । राजनीतिक जुलुस र मन्त्रीहरुको गोष्ठी गर्दा कोरोना नसर्ने तर व्यवसायीले व्यवसाय गर्दा कसरी कोरोना सर्छ ?’

    दबारमार्ग व्यवसायी संघका संयोजक कुमार गुरुङले सरकारले दोहोरी साँझ तथा रात्रिकालिन व्यवसायलाई मात्रै कोरोना सर्ने थलोको रुपमा लिइएको गुनासो गरे । गुरुङले भने, ‘सरकारले पहिले बन्द गराउदा पनि हेरेर मात्रै बस्यो । व्यवसायीको पिडा बुझेन । अब प्रहरी हाम्रो व्यवसाय बन्द गराउन आयो भने प्रतिरोधमा उत्रिने छौं । सडक र सदनसम्म नै आन्दोलन गरेर जानु परे पनि तयार छौं ।’

    व्यवसाय बन्द गर्ने हो भने सरकारले घरभाडा, खानाको व्यवस्था र वेरोजगारका लागि खानपानको व्यवस्थ गर्नुपर्ने उनले बताए । रेस्टुराँ एन्ड बार एसोसिसन अफ नेपालका अध्यक्ष अरनिको राजभण्डारीले अब कसरी अगाडी बढ्ने भनेर छलफल सुरु भएको बताए ।

    उनले भने, ‘बन्द नै समस्याको समाधान हैन । व्यवसायमा जोडिएका व्यक्ति, व्यवसाय सञ्चालन गरेको घरको घरभाडा र सरकारले लिने करका कुराहरुमा हामी छलफल गरिरहेका छौं । अझै पनि बन्द गर्ने हो भने अब हाम्रो व्यवसाय नै बन्द गर्ने अवस्था आउने छ । त्यसको विरोधमा हामी आउनुको विकल्प छैन ।’

    स्वास्थ्यको मापदण्ड पुरा गरेर नै व्यवसाय सञ्चालन गर्दा पनि सरकारले पुनः बन्द गराउने भनेपछि व्यवसाय नै संकटमा पर्ने भण्डारीले बताए । ठमेल पर्यटन विकास परिषद्का महासचिव ध्रुव अधिकारीले सरकारले रात्रिकालीन लगायतका व्यवसाय वैशाख महिनाभर बन्द गराउने निर्णय गर्दा व्यवसायी समस्यामा परेको उल्लेख गरे । अधिकारीले भने, ‘हामीले पनि बन्द भनेर हल्ला सुनेका हौं अब कसरी अगाडी बढ्ने भनेर परिषद्मा छलफल हुन्छ । परिषद्को निर्णय अनुसार हामी अगाडि बढ्ने छौं ।’

    राष्ट्रिय व्यापार महासंघले यसअघि लकडाउनको बीचमा नै व्यवसाय सञ्चालन गरेका थिए । सरकारले लकडाउनको बीचमा नै कर तिर्ने समय तोकेपछि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शलगायतका व्यवसायीका संस्थाले विरोध गरेका थिए ।

  • जनताको सेवा गर्नुबाहेक एमालेको अर्को स्वार्थ छैन : संचारमन्त्री गुरुङ

    जनताको सेवा गर्नुबाहेक एमालेको अर्को स्वार्थ छैन : संचारमन्त्री गुरुङ

    काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले देश र जनताको सेवा गर्नु बाहेक नेकपा एमालेको अरु कुनै स्वार्थ नरहेको बताएका छन् ।

    एमाले नेता समेत रहेका मन्त्री गुरुङले जनमतलाई ध्यानमा राखेर देश र जनताको सेवा गरेर नै पार्टी जनताको माझमा लोकप्रिय बनेको स्पष्ट पारे ।

    ‘देश र जनताको सेवा गरेर नै एमाले जनताको माझमा लोकप्रिय पार्टीको रुपमा स्थापित भएको हो,’ नयाँ वर्षको अवसर पारेर दोलखाली समाजले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘त्यसै भएर जनताले एमालेलाई सधैं साथ दिएका हुुन ।’

    मन्त्री गुरुङले पार्टी निर्देशन अनुसार देश र जनताको हितमा केन्द्रित भएर आफूले काम गरिरहेको बताए । जनताले विश्वास गरेर निर्वाचित गरेर पठाएको उल्लेख गद उनले जनमतको अपमान हुने कुनै पनि खालका गतिविधि नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    मन्त्री गुरुङले सांसदको रुपमा आफूले र दोलखाका सबै स्थानीय तहका जनप्रतिनिधिहरुले ‘समृद्ध दोलखा’को सपना पूरा हुने गरी काम गरिरहेको दाबी गरे । मन्त्री पदमा नरहँदा पनि विकास निर्माणको कामलाई अझै गतिका साथ अघि बढाउने उनको भनाई थियो ।

    उनले पर्यटन क्षेत्रको विकास गरेर दोलखाको समृद्धिमा योगदान पुुर्‍याउन दोलखाली समाजले सक्दो पहल गरिरहेको भन्दै प्रशंशा गरे ।

    कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसीले दोलखालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न त्यहाँका सबै स्थानीय तहले पहल गरिरहेको बताए । समाजका अध्यक्ष शंकरनाथ काफ्लेले दोलखालाई समृद्ध बनाउने मन्त्री गुरुङको सपनालाई सार्थक बनाउन समाजले सक्दो सहयोग गर्ने धारणा राखे ।

    कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, शैंलुुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीलगायतको उपस्थिति रहेको थियो ।

  • मन्त्री गुरुङ भन्छन्- सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ

    मन्त्री गुरुङ भन्छन्- सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ

    काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री पार्वत गुरुङले सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् ।

    समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले आज ललितपुरको मङ्गलबजारमा आयोजना गरेको नयाँवर्ष २०७८ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रे विमोचन कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले मुलुकको राजनीतिक यात्रा अन्योलतातर्फ धेकेलिएकाले मुलुक दिशाविहीन हुने हो भन्ने चिन्ता रहेको धारणा राखे ।

    वर्तमान सरकारले जनताको हितमा काम गरिरहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपालीको अभियान सञ्चालन गरिएको उल्लेख गरे । केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म विकास निर्माणका काम तीव्र गतिमा भइरहेको स्पष्ट पार्दै मन्त्री गुरुङले सरकार सही दिशा लिन प्रयासरत रहेको उल्लेख गरे ।

    सरकारले सधैँ ज्येष्ठ नागरिक हितमा काम गर्दै आएको स्पष्ट पार्दै मन्त्री गुरुङले आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको विशेष ख्याल गरिने बताए । ज्येष्ठ नागरिकको सम्मानमा सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।

    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकलाई मृत्युपश्चात नभई जीवित छँदै सम्झिनुपर्नेमा जोड दिए । महानगरपालिकाले ज्येष्ठ नागरिकको हकमा विभिन्न कार्य गर्दै आएको उनले बताए ।

    यस्तै वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्येष्ठ नागरिकको अनुभवबाट समाज र मुलुकले लाभ लिनुपर्ने बताए। ज्येष्ठ नागरिकको सहज जीवनका लागि सबै निकायको प्रयास आवश्यक रहेको उनको भनाइ थियो । सो अवसरमा मन्त्री गुरुङ, नगरप्रमुख महर्जन र वाङमय शताब्दी पुरुष जोशीले संयुक्त रुपमा भित्तेपात्रोको विमोचन गरे ।

  • सञ्चारमन्त्री गुरुङले भने- समुदायलाई सही सूचना दिने काममा चुक्नु हुन्न

    सञ्चारमन्त्री गुरुङले भने- समुदायलाई सही सूचना दिने काममा चुक्नु हुन्न

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई सही सूचना दिने गरी समाचार प्रसारण, प्रकाशन गर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् ।

    सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले केही सञ्चार माध्यमले भ्रम सृजना हुने गरी समाचार दिने गरेको उल्लेख गर्दै जनतालाई सही सूचना दिने गरी समाचार सम्प्रेषण तथा प्रकाशन गर्नुपर्नेमा जोड दिएका हुन् ।

    सामूदायिक रेडियो प्रसारक संघ, नेपाल (अकोराव) का नवनिर्वाचित कार्य समितिलाई सोमबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा स्वागत तथा बधाईँ ज्ञापन गर्दै उनले सामूदायिक रेडियोहरुले आफैंले बनाएर लागू गरेको मापदण्ड अनुसार अघि बढने विश्वास समेत व्यक्त गरे ।

    ‘सामूदायिक रेडियोहरु तय गरिएका मापदण्ड अनुसार चल्नुपर्ने हुन्छ,’ मन्त्री गुरुङले भने,‘समूदायलाई सही सूचना दिने काममा चुक्नु हुन्न ।’ त्यस अवसरमा उनले अकोरावले राखेका जायज माग सम्बोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

    भेटमा अकोरावका अध्यक्ष अर्जुन गिरीले सामूूदायिक रेडियोहरुका लागि विपद व्यवस्थापन कोषको छुुट्टै व्यवस्था गर्नुपर्ने, कर छुुट, विद्युत महसुल तथा टेलिफोन महसुल छुुटका लागि नीतिगत व्यवस्था गरिदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएको थियो ।

     

  • टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित हुँदैन : सञ्चारमन्त्री गुरुङ

    टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित हुँदैन : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको पुनरसंरचना गर्नुपर्ने बताएका छन् ।

    नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित नहुने भएकाले पुनरसंरचना गर्नुपर्ने बताए ।

    त्यसका लागि आफू तयार रहेको पनि बताए । मन्त्री गुरुङले नयाँ आर्थिक वर्षमा नयाँ ढंगले नेपाल टेलिकमको रुपान्तरण गर्ने प्रस्ताव ल्याउन कर्मचारीहरूलाई निर्देशन पनि दिए ।

    टेलिकमको सञ्चालक समितिले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने निर्णय गरिसकेकोले त्यसबाट आफ्नो अधिकार खोसिन लाग्यो भनेर नआत्तिन पनि कर्मचारीहरूलाई आग्रह गरे ।

    कुनै कर्मचारीले रणनीतिक व्यवस्थापन पार्टनर ल्याउने कार्यलाई रोक्ने प्रयास गरे सरकारले कर्मचारीलाई सहयोग नगर्ने पनि स्पष्ट पारे ।

    टेलिकम भित्र पार्टीगत रुपमा संगठन निर्माण नगर्न पनि कर्मचारीहरूलाई निर्देशन दिए । पार्टीगत रुपमा राजनीति गर्ने भन्दा समग्रमा टेलिकमको हितमा सोच्न पनि आग्रह गरे ।

  • लकडाउनबारे अध्ययन र परामर्श गर्छौं, कार्ययोजना बनिसकेको छैन : मन्त्री गुरुङ

    लकडाउनबारे अध्ययन र परामर्श गर्छौं, कार्ययोजना बनिसकेको छैन : मन्त्री गुरुङ

    काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार सूचना प्रविधि मन्त्री पार्वत गुरुङले लकडाउनबारे कार्ययोजना बनिनसकेको बताएका छन् ।

    सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गरुङले भने, ‘कोरोना नियन्त्रण गर्न लकडाउन गरेर हुन्छ कि यसबाट कसरी बच्न सकिन्छ ? सरकारले जनताकै हितमा गर्ने हो । तर सरकारले लकडाउन गर्न पाइँदैन । लकडाउन गरे त्यसको उल्लंघन गर्ने भनेर नागरिक समाजले आवाज पनि उठाएको पाइन्छ ।’

    यस्ता महामारी, कोभिडबाट कसरि बचाउने, सुरक्षित हुन नेपाली जनताको जिवन सुरक्षामा कसरी काम गर्ने र कसरी सुरक्षित राख्न सकिन्छ सोच सरकारले लिने मन्त्री गुरुङले बताए ।

    ‘लकडाउको बारेमा अध्यायन गरेर, सबैसँग परामर्श गरेर छलफल गर्छौं । कोरोना संक्रमणलाई व्यवस्थापन गर्न कुन आचारसंहिता, कुन मापदण्ड बनाउने, सभा सम्मेलन के गर्ने ? विद्यालय सञ्चालन के गर्ने ? दैनिक जीवनका गतिविधि कसरी सञ्चालन गर्ने ? हामी छलफल गर्छौं ,’ मन्त्री गरुङले भने ।

    गुरुङले यस्ता कुरा भनेको सरकारले जनता, राष्ट्र र सुरक्षाको हितमा सोचेर नीतिहरू र त्यो कार्ययोजना बनाउनेछ । कार्ययोजन बनेपछि मात्र के गर्ने भन्न सकिन्छ । त्यो कार्ययोजना बनिसकेपछि फेरि सरकारको प्रेसमिटबाट जानकारी गराउने बताए ।

  • दुई गाउँपालिकाको केन्द्र र एककाे नाम परिवर्तन गर्ने सरकारको निर्णय

    दुई गाउँपालिकाको केन्द्र र एककाे नाम परिवर्तन गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले दुई स्थानीय तहको केन्द्र र एक स्थानीय तहकाे नाम परिवर्तन गर्ने निर्णय गरेकाे छ । यसै साता बसेको मन्त्रिपरिषद् बैठकले डोल्पाकाे छार्का ताङसोङ गाउँपालिकाको केन्द्र गाउँपालिका वडा नं.३ ढाँडगाउँबाट हेरफेर गरी वडा नं.४ को कागकोटमा र बाँकेकाे खजुरा गाउँपालिकाको केन्द्र गाउँपालिका वडा नं.४ बागेश्‍वरीबाट हेरफेर गरी वडा नं.३ को बागमतीनगरमा कायम गर्न स्वीकृति दिने निर्णय गरेकाे हाे ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा रामेछापको दोरम्बा गाउँपालिकाको नाम हेरफेर गरी दोरम्बा शैंलुङ गाउँपालिका कायम गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि भएकाे आज सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गर्दै जानकारी गराएका हुन् ।

    बैठकले विदेशमा बस्ने नेपाली सुमदायले वा यस समुदायका लागि काम गरिरहेका संघ संस्थाले र नेपाली पाठ्यक्रममा शिक्षण सिकाई क्रियाकलाम सञ्चालन गर्न चाहानेले सम्बन्धित देशको कानुन अनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालय तहमा माध्यामिक तहसम्मको पठन पाठन सञ्चालनका लागि माग भइ आएमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्विकृति दिन पाउने पनि निर्णय गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाे प्रस्तावमा त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरस्थित परीक्षा नियन्त्रण कार्यालयको पश्चिम तर्फको गाङ्खेलको साठी रोपनी जग्गामा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत नेफ्रोलोजी तथा युरोलोजी लगायतका अन्य जटिल रोगको अध्ययन अध्यापन तथा तालिमसहित विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र निर्माणका लागि त्रिभुवन विश्वविद्यालयलाई पुनः प्रयोग गर्न स्वीकृति दिने पनि निर्णय सरकारले गरेको छ ।

    बैठकले सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय  नेपाल र ओमान सरकाबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान सम्बन्धी समझदारी पत्र (MoU) मा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय पनि गरेकाे छ ।

     

     

  • ‘निर्वाचनको मिति छिट्टै घोषणा हुनसक्छ, तयारीमा जुट्नुस् : मन्त्री गुरुङ

    ‘निर्वाचनको मिति छिट्टै घोषणा हुनसक्छ, तयारीमा जुट्नुस् : मन्त्री गुरुङ

    काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले निर्वाचनको मिति छिट्टै घोषणा हुने बताउँदै त्यसको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

    गृहजिल्ला दोलखास्थित कालिञ्चोक गाउँपालिकामा रहेको सित्का माध्यामिक विद्यालयको ५८ औं वार्षिकोत्सव समारोहलाई आईतबार सम्बोधन गर्दै गुरुङले भने, ‘निर्वाचनको मिति छिट्टै घोषणा हुुनसक्छ, त्यसको तयारीमा जुट्नुस् ।’

    मन्त्री गुरुङले एक वर्ष भित्र स्थानीय तहको निर्वाचन पनि हुन सक्ने बताए । यस्तै उनले जनताको बीचमा राम्रो काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई सचेत गराए ।

    मुलुकको समृद्धि र विकासका लागि सरकारले उल्लेख्य काम गरेको उल्लेख गर्दै मन्त्री गुरुङले निर्वाचनमा जान एमाले नडराउने पनि स्पष्ट पारे ।

    मन्त्री गुुरुङले दोलखालाई शैक्षिक हवको रुपमा विकास गर्न सक्दो पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले दोलखाको समृद्धिका लागि एकजुट भएर अघि बढ्न स्थानीय तहका राजनीतिक दलहरुलाई अनुरोध गरे ।

    कार्यक्रममा मन्त्री गुरुङले विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेका थिए । यस्तै विद्यालयकी प्रधानाध्यापक जमुना खुलालले विद्यालयको शैक्षिक विकासमा सरकारको थप सहयोगको अपेक्षा गरेको बताइन् ।

  • दूरसञ्चार सेवाका गुनासा सुन्न सञ्चारमन्त्रीले थाले सांसदसँग अन्तर्क्रिया

    दूरसञ्चार सेवाका गुनासा सुन्न सञ्चारमन्त्रीले थाले सांसदसँग अन्तर्क्रिया

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवा सम्बन्धी सबै गुनासा तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    मन्त्री गुरुङले दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै यसको सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन सुुझाव दिन संघीय संसदका सांसददेखि स्थानीय तहका जनप्रतिनिधि तथा विज्ञलाई आग्रह समेत गरेका छन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारबाट काठमाडौंमा सुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर सम्बन्धी अन्तरक्रिया’ कार्यक्रमको उद्घाटन गर्दै गुरुङले टेलिफोन, इन्टरनेटलगायतका दूरसञ्चार सेवामा देखिएका समस्याबारे जानकारी लिने र ती समस्या समाधानमा लागिपर्ने बताए ।

    ‘इन्टरनेट, टेलिफोनलगायतका सेवामा सबैको पहुँच पुर्‍याउन तथा गुणस्तरीय सेवा प्रवाहका लागि सरकार प्रतिबद्ध भएर लागि परेको छ,’ मन्त्री गुरुङले भने, ‘स्मार्ट नेपाल बनाउने सरकारको यो अभियानमा सबैलाई साथ दिन म आह्वान गर्दछु ।’

    मन्त्री गुरुङले सबै स्थानीय तहको शिक्षा, स्वास्थ्य संस्थाहरूमा इन्टरनेट सेवा पुर्‍याउने कामलाई सरकारले तीव्रता दिएको पनि स्पष्ट पारेका छन् ।

    कार्यक्रममा प्रदेश १ का संघीय संसदका सांसद र विज्ञहरूको उपस्थिति रहेको छ ।

  • चलचित्र विकास बोर्डलाई अझै प्रभावकारी बनाउँछु : मन्त्री गुरुङ

    चलचित्र विकास बोर्डलाई अझै प्रभावकारी बनाउँछु : मन्त्री गुरुङ

    काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले फिल्म क्षेत्रको विकासका लागि सहकार्य जरुरी भएको बताउँदै चलचित्र विकास बोर्डलाई प्रभावकारी गराइने बताएका छन् ।

    आदिवासी जनजाति चलचित्र महासंघले काभ्रेको धुलिखेलमा आयोजना गरेको ‘आदिवासी चलचित्रमा प्रतिवद्धतासहितको सहकार्य’ विषयक पाँच दिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।

    आदिवासी चलचित्रकमीलाई पनि राष्ट्रको समृद्धिमा योगदान पुु¥याउने गरी चलचित्र निर्माणमा ध्यान दिन उनले आग्रह गरे । विगतमा आदिवासी जनजातिको अवस्था र भविष्यमा अपनाउनुपर्ने योजनाबारे गम्भिर भएर लाग्न उनले आदिवासी फिल्मकर्मीलाई आग्रह गरे ।

    उनले समाजमा जाति, भाषा, धर्म र संस्कृतिबीच द्धैष फैल्याउने खालका गतिविधि हुन नदिन सचेत हुनुुपर्ने समेत स्पष्ट पारे । मन्त्री गुरुङले सबै जाति, भाषा, धर्म र संँस्कृतिको विकासमा योगदान पुुग्ने गरी सरकारी सञ्चार माध्यमलाई परिचालन गर्ने बताए ।

    नेपाल टेलिभिजनका महानिर्देशक फूलमान वलले आदिवासी जनजाति फिल्मसँग सहकार्य गर्न महासंघले नयाँ नीति ल्याउनुपर्ने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र पूर्वअध्यक्ष राजकुमार राईले पनि जनजाति फिल्मको विकास हुनुपर्ने धारणा राखे ।कार्यशालामा विभिन्न १५ आदिवासी जनजाति फिल्म संघसंस्थाका ७० फिल्म निर्माता सहभागि छन् ।

  • सामुदायिक रेडियो पार्टी र नेताको प्रचार माध्यम बने : सञ्चारमन्त्री गुरुङ (भिडियो)

    सामुदायिक रेडियो पार्टी र नेताको प्रचार माध्यम बने : सञ्चारमन्त्री गुरुङ (भिडियो)

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सामुदायिक रेडियोहरू सामाजिक रुपान्तरणको नभइ राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति स्थापना भइरहेकोले यसको नियमन गर्नु आवश्यक रहेको बताएका छन् ।

    सामुदायिक रेडियो प्रसारक संघ, नेपालको २० औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सामुदायिक रेडियोहरू समुदायको निम्ति भन्दापनि पार्टी र नेताहरुको चुनावी प्रचार-प्रसारको माध्यम बनेकाले विकृति, विसंगति र अराजक शैलीलाई नियन्त्रण गर्नका लागि नियमन आवश्यक रहेको टिप्पणी गरे ।

    उनले भने, ‘सामाजिक रुपान्तरणको निम्ति भन्दाखेरी पनि राजनीतिक पार्टीको प्रतिस्पर्धाको निम्ति, राजनीतिक पार्टीहरूमा पनि व्यक्तिहरूको आफ्नो चुनाव प्रचारको, व्यक्ति प्रचारको, पार्टीको प्रचारको निम्ति प्रतिस्पर्धाबाट रेडियो धेरै जन्मिएको त होइन ? यी रेडियोहरुको जन्म कुन उद्देश्यबाट भएको थियो, कसरी स्थापना भएको थियो र अहिले रेडियोको प्रतिस्पर्धा किन भइरहेको छ र रेडियोको फ्रिक्वेन्सी दिनै सकिदैनँ, जसले साच्चै रेडियो सञ्चालन गर्न खोजिरहेको छ उसले फ्रिक्वेन्सी नपाउने, जसले फ्रिक्वेन्सी लिएको छ त्यो रेडियो चाहीँ सामुदायिक रेडियोको आचारसंहिता, त्यसको नीति अनुसार चलेको छ कि छैन त्यो एकपटक फेरिपनि हामीले समीक्षा गर्ने कि नगर्ने ?’

    मन्त्री गुरुङले सामुदायिक रेडियोहरुले आफूले उत्पादन गर्ने समाचार तथा कन्टेन्टहरूको विषयमा पनि नीतिगत रूपमा बहस गर्नुपर्ने सुझाए ।

  • सञ्चारमन्त्री भन्छन्- एमालेका लागि अहिले दुवै हातमा लड्डु

    सञ्चारमन्त्री भन्छन्- एमालेका लागि अहिले दुवै हातमा लड्डु

    काठमाडौं। सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङले नेकपा (एमाले) का लागि अहिले दुईटै हातमा लड्डू रहेको बताएका छन्।

    आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘
    ‘यो अल्पमतमा रहेको सरकार होइन । स्पष्ट बहुमतमा रहेको सरकार हो । माओवादीले आफ्नो विश्वासतको मत कायमै राखेको छ । अनुचित र सिद्धान्तहीन गठबन्धन गरेर सरकार टिकाइराख्नु पर्दैन । एमालेका लागि अहिले दुईटै हातमा लड्डु छ ।’

    सरकारमा रहँदा आफूले अघि सारको एजेन्डा कार्यन्वयन गर्ने अवसर रहेको र प्रतिपक्षमा रहँदा पनि चुनावको तयारी गरेर बहुमत ल्याउने अवसर भएको गुरुले बताए ।

    उनले भने, ‘विपक्षमा रहेर पनि आगामी निर्वाचनका निम्ति तयारी गर्ने अवसर रहन्छ । चुनावमा गएर फेरि पनि बहुमत ल्याएर सिंहदरबार आउँछौं भनेर प्रधानमन्त्रीले भन्नु भएको छ।’

  • छिट्टै दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारीमा छौं : सञ्चारमन्त्री गुरुङ

    छिट्टै दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारीमा छौं : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई सहज, सस्तो र गुणस्तरीय बनाउन सरकारले दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी गरेको बताएका छन् ।

    सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज आयोजित सूचना प्रविधि क्षेत्रका विज्ञसँगको अन्तक्र्रियामा उनले मुलुकलाई समृद्ध बनाउने गरी सूचना प्रविधि क्षेत्रको विकास गर्न उक्त कम्पनी छिट्टै स्थापना गर्ने तयारी गरेको बताएका हुन् ।

    ‘सूचनाप्रविधि क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने सरकारले योजना बनाएको छ”, मन्त्री गुरुङले भने, ‘त्यसका लागि सुुझाव दिन म सरोकारवाला सबैलाई आग्रह गर्दछुु ।’

    मन्त्री गुरुङले सरकारले अघि बढाएको ‘डिजिटल नेपालफ्रेमवर्क’ कार्यक्रमलाई प्रभावकारी बनाउने काममा सहकार्य गरेर अघि बढन निजी क्षेत्रलाई आह्वानसमेत गरे । उनले नागरिक एपलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सचेत पनि गराए।

  • सरकारका प्रवक्ताले भने- सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ (भिडियो)

    सरकारका प्रवक्ताले भने- सर्वोच्चको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको छ (भिडियो)

    काठमाडौं । सरकारले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट रोकेको दाबी गरेको छ ।

    सञ्चारमन्त्रालयमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले फैसलाको सार पढ्दै यस्तो जिकिर गरेका हुन् ।

    प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने कि नपर्ने भन्ने प्रश्नको जवाफ दिँदै सर्वोच्चको परमादेशले प्रधानमन्त्रीलाई राज्य सञ्चालन गर्ने बाहेक अरु संवैधानिक विकल्प नदिएको गुरुङले दाबी गरे ।

    मन्त्री गुरुङले भने, ‘सर्वोच्च अदालतले बहुमतप्राप्त संसदीय दलको प्रधानमन्त्रीले राज्य सञ्‍चालन गर्नु संवैधानिक र नैतिकताको विषय भएको फैसला गरेको छ । निर्वाचनको माध्यमबाट बहुमत पाएको र त्यसको संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य सञ्‍चालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहँदैन । अदालतले नै राजीनामा दिनबाट रोकेकाले प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन ।’

    नैतिकताको आधारमा राजीनामा माग्ने प्रचण्ड-माधव पक्षका नेताहरूको नैतिक धरातल नरहेको भन्दै गुरुङले उनीहरूले चाहिँ राजनीतिबाट सन्यास लिनु उपयुक्त हुने बताए ।

    मन्त्री गुरुङको भनाइ यस्तो थियो

    सार्वभौमसत्ता जनता समक्ष आफू जनताको प्रतिनिधित्व गर्दै सरकार बनाउने प्रतिवद्धताका साथ चुनावमा भाग लिई जनप्रतिनिधिको रुपमा चुनिएर जाँदा त्यस्ता जनप्रतिनिधिहरुको दलले संसदमा बहुमत प्राप्त गरेको अवस्थामा त्यस्तो बहुमत प्राप्त संसदीय दलको नेतासँग सरकार बनाउने र राज्य संचालन गर्ने बाहेक अन्य कुनै संवैधानिक विकल्प नै रहदैन ।” भन्ने उल्लेख गरिएको छ । बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले नियुक्त भएका प्रधानमन्त्री तथा मन्त्रीपरिषद संसदप्रति उत्तरदायी भई तथा राज्य संचालन गर्नु संवैधानिक नैतिकताको विषय पनि हो । त्यसैले प्रधानमन्त्रीले अदालतको फैसला मान्दै राजिनामा नदिने र संसदबाटै संवैधानिक ढंगले फेस गर्ने हुनुभएको छ ।

     

  • सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ

    सरकार परिवर्तन हुँदैन : प्रवक्ता गुरुङ

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार परिवर्तनको अभ्यासमा नलाग्न दलहरुलाई आग्रह गरेका छन् । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घको २७औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले जनताको चाहना नै वर्तमान सरकार भएको हुँदा सरकार परिवर्तन नहुने बताएका हुन् ।

    सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने- ‘अब सरकार परिवर्तन गर्न लाग्नेहरु निरास हुँदैछन्, मुलुकमा अवरोध होइन गति दिन जरुरी छ, ढुक्क हुनुहोस् यही सरकारले मुलुकमा समृद्धि ल्याउँछ ।”

    सरकार मुलुकप्रति चिन्तित भएको भएको बताउँदै उनले यही सरकारले नै देशलाई सही बाटोमा अगाडि बढाउने दाबी गरे । मन्त्री गुरुङले भने –मुलुकलाई गति दिन लाग्नुभएको प्रधानमन्त्रीलाई बीचबीचमा अवरोध गरियो, काम गर्न दिइएन, उहाँको उत्साहमा ब्रेक लगाउने काम भयो तर प्रधानमन्त्री नेतृत्व गर्न सफल हुनुभयो ।”

    फरक प्रसङ्गमा उनले डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुसार नै सरकारले प्रत्येक घरघरमा इन्टरनेट सेवा पुर्‍याउने योजनालाई तीव्रता दिएको जानकारी दिए । त्यसका लागि सम्भव हुने स्थानमा अप्टिकल फाइबर र नहुने स्थानमा वायरलेसबाट भए पनि इन्टरनेट पुर्‍याउने योजना सुनाए ।

    मन्त्री गुरुङले इन्टरनेट सेवालाई सस्तो बनाउन राजश्व कम गर्ने योजना पनि रहेको बताए । उनले डिजिटल नेपाल निर्माणका लागि सरकारले नीति कार्यक्रम अघि सारेको बताउँदै त्यसका लागि मन्त्रालयले डिजिटल फ्रेमवर्क कमिटी गठन गरेको जानकारी दिए ।

    डिजिटल नेपालको आकाङ्क्षा पूरा गर्नका लागि पनि दूरसञ्चार ऐन, २०५३ लाई संशोधन गरी प्रविधिमैत्री बनाउने तयारी गरिएको उनले बताए ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले राजनीतिक अस्थिरताका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको भन्दै राजनीतिक स्थिरताका लागि दलहरुलाई आग्रह गरे । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सूचना, सञ्चार प्रविधिलाई शहर केन्द्रितभन्दा पनि गाउँ केन्द्रित गर्नुपर्ने माग गरे ।

    महासङ्घका अध्यक्ष नवराज कुँवरले सञ्चार प्रविधिका कारण अन्य क्षेत्रमा समेत विकास गर्न सकिने हुँदा त्यसमा लगानी गर्न सरकारलाई आग्रह गरे । सन् १९९२ मा स्थापना भएको महासङ्घको ५८ वटा जिल्लामा शाखा रहेको छ ।

  • प्रेस काउन्सिलको सदस्यमा चार पत्रकार नियुक्त

    प्रेस काउन्सिलको सदस्यमा चार पत्रकार नियुक्त

    काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले नेपाल प्रेस काउन्सिलको सदस्यमा चारजना पत्रकारलाई नियुक्त गरेको छ ।

    मन्त्री पार्वत गुरुङको मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भएका चारैजना सदस्यलाई काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले बिहीवार औपचारिक रुपमा स्वागत गरेका छन् ।

    सदस्य नियुक्त हुनेमा झापाका गणेश पोखरेल, कन्चनपुरका हरिप्रसाद जोशी, दोलखाका चिरन्जीवी मास्के र दाङका शरद अधिकारी छन् । उनीहरु चारैजना क्रियाशील पत्रकार हुन् ।

  • नागरिक एपलाई प्रभावकारी बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह

    नागरिक एपलाई प्रभावकारी बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह

    काठमाडौं –सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले नागरिक एपलाई प्रभावकारी बनाउन विद्युत व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

    सरकारी सेवा लिन कार्यालय जान र कुनै झन्झट बेहोर्न नपर्ने गरी नागरिक एप सुरु गरिएको जानकारी दिंदै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अनलाइनबाट सेवा प्रवाह भन्ने अभियानलाई सफल बनाउन आग्रह गरे ।

    शनिबार काठमाडौंमा आयोजित काठमाडौं विद्युतीय व्यवसायी संघको एघारौं वार्षिक साधारणसभामा बोल्दै मन्त्री गुरुङले प्रत्येक नागरिकको घरमा पुग्ने विद्युतीय सामग्रीहरु गुणस्तरीय, सस्तो र सर्वसुलभ हुनुपर्नेमा जोड दिए ।

    डिजिटल नेपाल फ्रेमवर्कका लागि हरेक स्थानमा विद्युत हुनुपर्ने र विद्युत् भएपछि विद्युतीय सामग्री हुनुपर्ने भएकाले यस्ता कारोबार गर्ने व्यवसायीहरुले जनताको सेवाभावले कार्य गर्नुपर्ने खाँचो व्यक्त गरे ।

    व्यवसायीले उद्योग, व्यवसाय सञ्चालन गर्न दर्ता प्रकृयादेखि कर तिर्नसम्म झन्झट बेहोरिरहेको गुनासो आएकाले नागरिक एप प्रयोगपछि यस्ताे गुनासाे सुन्न नपर्ने पनि मन्त्री गुरुङले बताए । व्यवसाय दर्ता, कर भुक्तानी जस्ता कामहरु नागरिक एपबाट नै हुने जानकारी दिंदै उनले भविष्यमा उक्त एपमा सरकारबाट उपलब्ध गराउने सबै सेवाहरु राखिने जानकारी पनि दिए ।

  • सरकारले स्वतन्त्रता कुण्ठित गर्दैन, तर व्यवस्थापन गर्छ: सञ्चारमन्त्री

    सरकारले स्वतन्त्रता कुण्ठित गर्दैन, तर व्यवस्थापन गर्छ: सञ्चारमन्त्री

    काठमाडौं । सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सरकार प्रेस तथा वाकस्वतन्त्रताको विपक्षमा नरहेको तर स्वतन्त्रताका नाममा हुने विकृति नियन्त्रण गर्नेबारे गम्भीर भएको बताएका छन् ।

    बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको उद्घाटन शत्रमा बोल्दै मन्त्री गुरुङले आफ्नो एक मात्रै ध्यान पत्रकारिता तथा आमसञ्चार क्षेत्रलाई सम्मानित र जवाफदेही बनाई गरिमालाई उच्च राख्नु तर्फ रहेको पनि बताए ।

    ‘पत्रकारिकता क्षेत्रमा रहेका विकृति, विसंगति र अनुशासनहीन गतिविधिहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्नेमा मेरो अर्जुनदृष्टि छ’, उनले भने, ‘संविधानले दिएको प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताप्रति सम्मान गर्छु ।’

    मन्त्री गुरुङले पत्रकारहरुले भोग्ने गरेको प्रेसपासको समस्या समाधान गर्न पनि आफुले ध्यान दिएको बताए । प्रेसपास नवीकरण हुलाक कार्यालयबाटै गर्न सकिने निर्णय गरिएको उनले जानकारी गराए ।

    त्यस्तै पत्रकारिकता क्षेत्रलाई गुणस्तरीय बनाउन पत्रकारका लागि प्रशिक्षण केन्द्र स्थापनाको निम्ति आगामी आर्थिक वर्षमा नीति, कार्यक्रम तथा बजेट ल्याउने मन्त्री गुरुङको भनाई छ ।

    उनले अनलाइन सञ्चारमाध्यमहरु पौष मशान्तसम्म नवीकरण गरिसक्नुपर्ने व्यवस्थाको अन्त्य गर्दै वर्षभरी गर्न सकिने व्यवस्था गरिने प्रतिबद्धता पनि व्यक्त गरे । लोककल्याणकारी विज्ञापन अनलाइन सञ्चारमाध्यम तथा केवल टिभीलाई पनि दिन सकिने गरी कार्यविधि बनाउने तथा लोककल्याणकारी विज्ञापनको कोष वृद्धि गर्ने पनि उनले बताए ।

  • संचारमन्त्रीको विश्लेषण- पत्रकारलाई तालिम चाहियो, सामाजिक संजालको नियमन जरुरी (भिडियो)

    संचारमन्त्रीको विश्लेषण- पत्रकारलाई तालिम चाहियो, सामाजिक संजालको नियमन जरुरी (भिडियो)

    काठमाडौं । पार्वत गुरुङ संचारमन्त्री तथा सूचना प्रविधिमन्त्री बनेको माघ २८ गते चार महिना पुग्दैछ । लो प्रोफाइलमा बसेर काम गर्न रुचाउने मन्त्री गुरुङ अहिलेसम्म विवादमा परेका पनि छैनन् ।

    सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङ आइतबार पत्रकारहरुबीच केही खुलेरै प्रस्तुत भए । उनले पत्रकारिता क्षेत्रका विकृति र सामाजिक संजालहरुको छाडापन नियमनका लागि के गर्ने भनेर सबैको रायसमेत मागे ।

    आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारिता क्षेत्र विकृत हुनु र मर्यादित जिम्मेवार पत्रकारिता नहुनुमा पत्रकारहरुलाई तालिमको अभाव देखिएको विश्लेषण सुनाए ।

    तालिमप्राप्त पत्रकार नहुँदा विकृति, बिसंगति जन्मिएको भन्दै उनले त्यसका लागि तालिम प्रतिष्ठान गठन गर्न सकिने बताए । आफ्नो योग्यता, क्षमता र गुणस्तरबिना बजारमा बिक्री हुन्नौँ भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्ने सुझाव मन्त्रीले दिए ।

    विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने उनले बताए ।

    मन्त्री गुरुङले कतिपय अनलाइनका नाममा समेत छाडातन्त्र मौलाएको र फेसबुक, युट्युबजस्ता सामाजिक सञ्‍जालको कुनै कार्यालय नेपालमा नहुँदा जे गरे पनि सरकार निरीह बन्ने अवस्था रहेको बताए । उनले कार्यविधी बनाएर नियमन गरौं भन्दै दूरसन्चारलगायत कुनै पनि ऐनमा सामाजिक संजालको नियमन नियन्त्रण सम्बन्धी व्यवस्था नरहेको बताए ।

    सामाजिक संजालबाट हुने छाडातन्त्र नरोक्ने हो भने निर्वाध रुपमा नेपालबाट पैसा विदेशिने तर राज्यविरुद्ध गतिबिधि हुँदा पनि कुनै कारवाही गर्न नसकिने अवस्था रहेको छ । उनले अधिकारको कुरा गर्दा गैरजिम्मेवार बन्न नहुने बताए ।

    सरकारले विदेशी च्यानलहरु विज्ञापनरहित प्रसारण गर्ने (क्लिन फिड) लागु गरेको छ । तर तीनै च्यानलहरु मोबाइल र इन्टरनेटमार्फत निर्वाध रुपमा विज्ञापन सहित प्रसारण हुँदा क्लिन फिडको औचित्यमाथिनै प्रश्न उठेको छ । यसबारेमा मन्त्रीले केही बुझे जस्तो गरे पनि ठोस कदम चाल्नेबारे भने बोलेनन् ।

  • समृद्ध नेपालको अभियानमा सर्जकको भूमिका महत्वपूर्णः सन्चारमन्त्री गुरुङ

    समृद्ध नेपालको अभियानमा सर्जकको भूमिका महत्वपूर्णः सन्चारमन्त्री गुरुङ

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने महाअभियानमा सर्जक, साहित्यकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

    काठमाडौंको थापागाउँस्थित लेखनकुञ्जमा गायक नविन कार्कीको गिती एल्वम ‘नविन’को लोकार्पण गर्दै उनले गीत, संगीतको माध्यामबाट पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न सर्जकहरुलाई आग्रह गरे ।

    ‘मुलुकलाई समृद्ध बनाउने काममा सरकार दृढतापूर्वक लागि रहेको छ,’ मन्त्री गुरुङले भने, ‘सरकारको अभियानमा गीत, संगीतको क्षेत्रमा लागेका सर्जकहरुको भूमिका निकै नै महत्वपूर्ण हुन्छ ।’ उनले अहिलेको राजनीतिक परिस्थितिबाट विचलित नभई सर्जकहरुलाई अघि बढन आग्रह पनि गरे ।

    कार्कीको ‘नवीन’ एल्वममा स्वर्गीय रत्नशमशेर थापा, ज्ञानुवाकर पौडेल, डा. राजुुबाबुु श्रेष्ठ, देवेन्द्र केसी, रमेश दाहाल र पुस्करराज बुुढाथोकीको रचना रहेका छन् भने वरिष्ठ संगीतकार शक्ति बल्लभ, गुरुदेव कामत र राजनराज शिवाकोटीले संगीत दिएका छन् ।

    समारोहमा मन्त्री गुरुङले वरिष्ठ संगीतकार शक्ति बल्लभलाई सम्मान गर्नु गरे । दोलखाको जफेमा जन्मनु भएका गायक कार्की सानैदेखि गीत, संगीतको क्षेत्रमा लाग्नुु भएको थियो ।

  • डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाऔं : सञ्चारमन्त्री गुरुङ

    डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाऔं : सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल र प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाएका छन् ।

    मन्त्री गुरुङले नेपाललाई विकसित र शक्तिशाली राष्ट्रसँग प्रतिस्पर्धा गर्दै अघि बढ्न डिजिटल नेपाल फ्रेमवर्कको विकल्प नरहेको स्पष्ट पारे ।

    उनले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन सरकारलाई सहयोग गर्न सरोकारवाला निकायलाई आग्रह समेत गरे ।

    ‘सूचना र प्रविधिको क्षेत्रमा पनि विकसित र शक्तिशाली राष्ट्रहरुसँग प्रतिस्पर्धा गरेर अघि बढनुुको विकल्प छैन,’ सोमबार मन्त्रालयले आयोजना गरेको डिजिटल नेपाल फ्रेमवर्क सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने ।

    ‘सूचना र प्रविधिको विकासका लागि सरकारलाई सहयोग गर्न सरोकारवाला सबैलाई आग्रह गर्दछु ।’ मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा जोड दिने नीति लिएको पनि स्पष्ट पारे ।

    सरकारले सूचना र प्रविधि क्षेत्रको विकासका लागि अन्तराष्ट्रिय स्तरको ‘सूचना प्रविधि लगानी सम्मेलन’ आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले त्यसका लागि पनि उपयुक्त वातावरण बनाई दिने काममा सरकारलाई सहयोग गर्न विज्ञहरुलाई अनुरोध गरे ।

    मन्त्री गुरुङले एप लञ्च गर्ने नाममा बजेट मात्रै खर्च गर्ने पक्षमा सरकार नरहेको पनि पटक–पटक दोहोर्‍याए । उनले विज्ञको राय, सुझावलाई ग्रहण गरेर सूचना प्रविधिको विकासको कामलाई तीव्रता दिन मन्त्रालयले विज्ञहरुको रोष्टर बनाउने कामलाई अन्तिम चरणमा पुुर्‍याएको बताए ।

  • मुलुकलाई निकास दिन चुनावमा जाने निर्णय गर्नुपर्‍यो : संचारमन्त्री गुरुङ

    मुलुकलाई निकास दिन चुनावमा जाने निर्णय गर्नुपर्‍यो : संचारमन्त्री गुरुङ

    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई संकटबाट निकास दिन प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गर्नुपरेको बताएका छन् । ताजा जनादेश लिएर मुलुकलाई सही निकास दिन घोषणा गरिएको निर्वाचन प्रतिगामी नभई अग्रगामी भएको समेत मन्त्री गुरुङले दाबी गरे ।

    “मुलुकलाई संकटबाट निकास दिन ताजा जनादेश लिनका लागि प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने निर्णय गरिएको हो’ नमस्ते ख्वप टेलिभिजनले बिहीबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘ताजा जनादेश लिएर मुलुकलाई निकास दिन प्रधानमन्त्रीज्यूले चाल्नुभएको कदम प्रतिगामी नभई अग्रगामी हो ।”

    मन्त्री गुरुङले ताजा जनादेशमा जाने सरकारको निर्णय सही भए नभएको छुुट्याउने काम जनताले निर्वाचनबाटै गर्ने पनि बताए । लोकतान्त्रिक गणतन्त्रमा चुनाबमा जाने कुरा असंवैधानिक र प्रतिगामी हुनै नसक्ने मन्त्री गुरुङको तर्क थियो ।

    उनले जनतालाई सही सूचना दिने गरी सञ्चार प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह पनि गरे । सञ्चारमैत्री नीति निर्माणमा आफूू केन्द्रित भएको उनको भनाइ थियो । मन्त्री गुरुङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका कारण सञ्चार क्षेत्रलगायतका कुनै पनि व्यवसायमा नकारात्मक असर नपर्ने दावी पनि गरे ।

  • प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई मन्त्री गुरुङको निर्देशन

    प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई मन्त्री गुरुङको निर्देशन

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् ।
    सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विज्ञापनसम्बन्धि अरबौंं बजेट सदूूपयोग हुने गरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई आग्रह गरेका हुन् ।

    सोमबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराएका छन् ।

    ‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारवालाहरुसँग थप सुझाव आवश्यक लिन ढिलाई गर्नु हुन्न,’ मन्त्री गुरुङले भने, ‘त्यसैले विज्ञहरुसँग, सरोकारवाला निकायसँग परामर्श गरेर बोर्डको रणनीतिक योजना तत्काल बनाऔं ।’

    मन्त्री गुरुङले बोर्डको औचित्य पुष्टि हुने गरी काम गर्न गठित कार्यदललाई पौष मसान्त भित्र कार्ययोजना बनाएर आफ्नो कामलाई गतिदिन पनि आग्रह गरे । बोर्ड बैठकले विज्ञापनसम्बन्धि राष्ट्रिय नीति बनाउने निर्णय गरेको छ । राष्ट्रिय नीति बनाउँदा सरोकारवाला निकायसँग बृहत छलफल गर्न बोर्डलाई मन्त्री गुरुङले निर्देशन दिए ।

    सरकारी विज्ञापन व्यवस्थापन गर्ने उद्देश्यका साथ मन्त्री गुरुङ आएपछि पहिलो पटक विज्ञापन बोर्ड गठन गरिएको हो ।

     

  • संसद पुनर्स्थापना हुन्छ भन्ने भ्रममा नपरौं, चुनावको तयारीमा जुटौं : मन्त्री गुरुङ

    संसद पुनर्स्थापना हुन्छ भन्ने भ्रममा नपरौं, चुनावको तयारीमा जुटौं : मन्त्री गुरुङ

    सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले संसद पुनर्स्थापना भन्दा ताजा जनादेशमा जानुपर्ने अहिलेको आवश्यकता भएकोले सडक विरोधमा भन्दा चुनावी तयारीमा जुट्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

    मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले सरकारले निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा गरेको र यसै गरी निर्वाचन आयोगले पनि तयारी गरिरहेको बताए ।

    उनले संसद पुनर्स्थापना हुन्छ भन्ने भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

    अहिलेको सरकार काम चलाउ हो कि भन्ने खालका प्रश्न उठेको भन्दै वर्तमान सरकारलाई संवैधानिक तथा कानूनी मान्यता भएकोले कसैको भ्रममा नपर्न अपील गरेका छन् ।

    सडकमा अभद्र नारा र अराजनीतिक गतिविधि भएको भन्दै नेपालको सर्वोच्च संस्था राष्ट्रपति र गणतन्त्रप्रति केही कतैबाट प्रश्न गरिएकोमा सरकारले खेद प्रकट गरेको समेत उनले बताए।

  • संसद विघटन ‘राजनीतिक सर्भिसिङ’: सञ्चारमन्त्री गुरुङ

    संसद विघटन ‘राजनीतिक सर्भिसिङ’: सञ्चारमन्त्री गुरुङ

    काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संसद विघटनलाई राजनीतिक सर्भिसिङको रुपमा लिन आग्रह गरेका छन् । आइसिटी अवार्डमा बोल्दै मन्त्री गुरुङले प्रविधिमा जस्तै नेपालको राजनीतिमा पनि जनताले वारेन्टी दिएको बताए ।

    ‘हामीले जसरी मोबाइल, कम्प्युटर सर्भिसिङ गर्नुपर्छ । हाम्रो स्वास्थ्य पनि सर्भिसिङ गर्नुपर्छ, त्यस्तै हामीले यो राजनीति पनि सर्भिसिङ गरेका हौं,’ उनले भने, ‘ यो सर्भिसिङबाट राजनीति फ्रेस बनाउँनुछ ।’

    ताजा र नयाँ जनादेशको निम्ति अहिलेको स्टेप आवश्यक भन्दै यसलाई सकारात्मक ढंगले स्वागत गर्न सबैलाई आग्रह गरे । साथै लगानीकर्तालाई पनि निराश नहुन मन्त्री गुरुङको आग्रह थियो । ‘नयाँ ढंगबाट मुलुक समृद्धि र विकासको निम्ति अगाडि बढ्नेछ । लगानीकर्ता पनि निराश नहोऔं,’ मन्त्री गुरुङले भने ।