Tag: पर्वतारोही

  • चक्रवातको असर मङ्गलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

    चक्रवातको असर मङ्गलबारदेखि, पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह

    काठमाडौं । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भू-भागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

    उक्त न्यून चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको र मङ्गलबारसम्ममा धेरै शक्तिशाली चक्रवातमा परिणत हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाखाशाले प्रक्षेपण गरेको छ ।

    सो प्रणालीका कारण मङ्गलबार अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश नं १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाले उच्च हिमाली भूभागमा हावाहुरी, हिमपात र वर्षाको सम्भावना रहेकाले मङ्गलबारदेखि केही दिनसम्म पर्वतारोहीलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गरेको छ ।

    देशका धेरै स्थानमा बुधबारदेखि केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा बिहीबार कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको बताइएको छ ।

    यो मौसममा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जनाएको छ ।
    -रासस

  • ९९ स्पेनी पर्वतारोहीलाई उद्दार उडानमार्फत देश फर्काइयो

    ९९ स्पेनी पर्वतारोहीलाई उद्दार उडानमार्फत देश फर्काइयो

    काठमाडौं । लकडाउनको कारण नेपालमा अलपत्र परेका एकसय स्पेनी नागरिकलाई शुक्रबार उद्दार उडानमार्फत देश फर्काइएको छ ।

    स्वास्थ्य सामाग्री लिएर विहिबार काठमाडौं आइपुगेको चार्टर्ड जहाजबाटै उनीहरुलाई लगिएको हो ।

    स्पेनी सरकारले व्यवस्थापन गरेको जहाजमा ९९ जना स्पेनी पर्वतारोहीलाई फिर्ता लगिएको जनाइएको छ । अप्रिल २९ मा पुनः लकडाउन हुनुअघि ती पर्वतारोही र पदयात्री नेपालमा आइपुगेका थिए ।