Tag: परीक्षण

  • भोलि सांसदहरुको कोभिड-१९ परीक्षण गरिने

    भोलि सांसदहरुको कोभिड-१९ परीक्षण गरिने

    काठमाडौं । शुक्रबार राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदहरुको कोरोनाभाइरस परिक्षण गरिने भएको छ ।

    संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार स्वास्थ्य मन्त्रालयसँग छलफल भएपछि शुक्रबार बिहान साढे १० बजेदेखि बेलुका ४ बजेसम्म सांसदहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।

    पाण्डेका अनुसार, ‘संसदका कर्मचारी तथा सचिवालयका कर्मचारीको एन्टिजेन्ट विधिबाट परीक्षण गर्न लागिएको हो । कोरोना परीक्षण गराउने सांसद तथा कर्मचारी करिब ७ सयजना हुनेछन् ।’

    संघीय संसदको बैठक बस्ने तयारी भएकोले संसद सचिवालयले सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षण गर्न लागिएको हो ।

  • चीनद्वारा तिब्बतको उचाइमा द्रुत गतिको बुलेट रेलको सफल परीक्षण

    चीनद्वारा तिब्बतको उचाइमा द्रुत गतिको बुलेट रेलको सफल परीक्षण

    ल्हासा । चीनले आज तिब्बतको राजधानी ल्हासादेखि पूर्वी सहर निङ्चीसम्म सबैभन्दा उचाइमा द्रुत गतिको रेलको परीक्षण गरेको छ ।

    ४.८ बिलियन अमेरिकी डलरको लागतमा उक्त रेल सेवा निर्माण भएको थियो । यो रेल तिब्बतमा पहिलो विद्युतीय रेल र तिब्बतकै द्रुत गतिको भएको जनाइएको छ ।

    जुलाई पहिलो तारिखमा मनाइने चिनियाँ कम्युनिष्ट पार्टीको वार्षित्कोसव अवसरमा यो रेल उपहार भएको अधिकारीहरुले जनाएका छन् । यसलाई चीनको ‘प्रोजेक्ट अफ सेन्चुरी’ भनिएको छ ।

    तिब्बतको यो रेल मार्गलाई कठिन इन्जिनियरिङ परियोजना मानिएको थियो ।

  • नयाँ भेरिएन्ट भेटिएपछि भियतनामले होचि मिन्ह सहरका सबैको परीक्षण गर्ने

    नयाँ भेरिएन्ट भेटिएपछि भियतनामले होचि मिन्ह सहरका सबैको परीक्षण गर्ने

    काठमाडौं । भियतनाममा कोरोनाभाइरसको नयाँ भेरिएन्ट देखिएपछि हो चि मिन्ह शहरका पुरै स्थानिय बासिन्दाहरुको परीक्षण गरिने भएको छ ।

    नयाँ स्वरुपको कोरोनाभाइरस हावामार्फत तीव्र रुपमा फैलिन सक्ने भएकाले यहाँ १५ दिनका लागि सामाजिक दूरी कायम गर्ने मापदण्ड लागू गर्ने अधिकारीहरुले बताएका छन् ।

    भारतमा र बेलायतमा देखिएको कोरोनाभाइरसका प्रजातिको नयाँ भेरिएन्ट मिश्रितरुपमा आफ्नो देशमा देखिएको भियतनामको स्वास्थ्यमन्त्रीले बताएका छन् ।

    भियतनामको हो चि मिन्ह शहरमा धार्मिक गतिविधि बढेपछि कोरोनाभाइरस संक्रमण वृद्धी भएको अधिकारीहरुले बताएका छन् । त्यहाँ एउटै धार्मिक स्थलमा सहभागी १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

    दैनिक १ लाख जनाको परीक्षण गरिने त्यहाँका अधिकारीले बताएका छन् । त्यहाँ १० जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ, पसल र रेष्टुरेष्टहरु बन्द गरिएको बीबीसीले जनाएको छ ।

    सन् २०२० को सुरुवातमा भियतनाममा कोरोना संक्रमण देखिएलगतै स्वदेश फर्किने आफ्नो नागरिकबाहेक सबैलाई प्रवेशमा रोक लगाइएको थियो र विदेशबाट फर्कने सबैलाई अनिवार्य क्वारेन्टाइन र परीक्षणको व्यवस्था गरिएको थियो ।

    भियतनाममा कोरोनाभाइरस संक्रमण अहिलेसम्म ७ हजार १ सय ७ जनामा पुष्टि भएको छ भने ४७ जनाको मृत्यु भएको छ ।