Tag: पक्राउ

  • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर अमेरिका जान खोज्ने ६ जना पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर अमेरिका जान खोज्ने ६ जना पक्राउ

    काठमाडौं । अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकोमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका अनुसार ईडीभीमा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका उनीहरुले कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र बनाएको पाइएको छ ।

    अमेरिकी दुतावाससँगको समन्वयमा यसरी नक्कली कागजात बनाउने छ जनालाई पक्राउ गरी कारबाही थालेको महाशाखाले जनाएको छ ।

    पक्राउ पर्नेमा पाल्पा घर भई काठमाडौँको कुलेश्वर बस्ने सुमितरत्न गुभाजु, मोरङ घर भई ललितपुर बस्ने अमरबहादुर कटुवाल, नवलपरासी घर भई कास्की बस्ने नरेश केसी, नवलपुर घर भई काठमाडौँ बस्ने लक्ष्मण पाठक, काभ्रेका दीप विष्ट र काठमाडौँ टेकुका सोहिली शाही रहेका छन् ।

    उनीहरुलाई अमेरिकन राजदूतावास महाराजगञ्ज र काठमाडौँका विभिन्न स्थानबाट निम्न नक्कली शैक्षिक प्रमाणपत्रसमेत बरामद गरिएको छ । शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिको खोजतलास एवं थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखतसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा बुझाइएको छ ।

  • सवा २ लाख नगदसहित तास खेलिरहेका ८ जना पक्राउ

    सवा २ लाख नगदसहित तास खेलिरहेका ८ जना पक्राउ

    गोरखा । प्रहरीले तास खेलिरहेका ८ जनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका-६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेका उनीहरूलाई नगदसहित पक्राउ गरेको हो ।

    सोही नगरपालिका-८ का ४४ वर्षीय वसन्त गुरुङसहित ८ जनालाई २ लाख २८ हजार ७ सय ३० रूपैयाँ र २ सय ८ पत्ती ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

    पक्राउ परेकाहरूको विषयमा थप अनुसन्धान भइरहेको छ ।

  • भारतमा बेचिएका सातजना महिलाको उद्दार, बिक्रीमा संलग्न दुईजना भारतीय पक्राउ

    भारतमा बेचिएका सातजना महिलाको उद्दार, बिक्रीमा संलग्न दुईजना भारतीय पक्राउ

    पर्सा । भारतको विहारमा बेचिएका ७ जना नेपाली महिलाहरुलाई प्रहरीले वीरगञ्जबाट उद्दार गरिएको छ । महिला बेचबिखानमा संलग्न २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा भारतको बिहार राज्यका २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषा लगराइन बस्ने २४ वर्षीया ममता कुमारी भन्ने अजिमा खातुन छन् ।

    विभिन्न जिल्लाबाट ७ जना महिलाहरुलाई भारतको विहार राज्यमा पुर्‍याई बेचबिखन भइरहेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय पर्सामा प्राप्त भएपश्चात खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी आफन्त नेपाल संस्थासँगको सहकार्यमा ती महिलाहरूको उद्दार गरेको हो ।

    विकेश र अजिमाले अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाई विश्वासमा पारी भारतको छौँडादानो भन्ने स्थानमा लगेर अँध्यारो कोठामा राखी भारतकै विभिन्न स्थानमा पठाई रकम लिई निजहरूको इच्छाबिपरीत बिना पारिश्रमिक नाचगान गराई शारीरिक तथा मानसिक यातना दिई श्रमशोषण गरेको र बेचबिखन गर्ने उद्देश्यले अन्यत्र पठाउने तयारी भइरहेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

    उनीहरु उपर जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

  • गाँजा र भरुवा बन्दुकसहित २ जना पक्राउ

    गाँजा र भरुवा बन्दुकसहित २ जना पक्राउ

    खोटाङ ।जिल्ला प्रहरी कार्यालय खोटाङले गाँजा र भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका ७ का ६५ वर्षीय मगम राई र ३७ वर्षीय खगेन्द्र राई रहेका छन् ।

    प्रहरीले मगम राईको घरमा लुकाएर राखेको १५ केजी गाँजा र खगेन्द्र राईको घरमा लुकाएर राखेको १ थान भरुवा बन्दुक बरामद गरेको छ ।

    आइतबार दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले गाँजा र बन्दुक बरामद भए सगै दुवैजना लाई पक्राउ गरेको हो । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

     

  • कम्बोडिया पठाइदिने भन्दै ६ जनाबाट ३९ लाख लिएर भागेका युवक पक्राउ

    कम्बोडिया पठाइदिने भन्दै ६ जनाबाट ३९ लाख लिएर भागेका युवक पक्राउ

    काठमाडौं । कम्बोडिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।

    महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका-१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई आज पक्राउ गरेको हो ।

    विचारमान समेतकाव्यक्तिहरूले भिजिट भिसामा कम्बोडिया जान प्रतिव्यक्ति ६ लाख ५० हजार लाग्ने भन्दै कम्बोडिया पुगेपछि क्यासिनोमा बोस गार्डमा काम लगाइदिने प्रलोभनमा पारी ६ जनाबाट ३९ लाख रूपैयाँ लिएर फरार भएको प्हररीले जनाएको छ ।

    बानेश्वरबाट पक्राउ परेका मिनध्वजलाई थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

  • पेस्तोल देखाएर बलात्कार र लुटपाट गर्ने रबिदास पक्राउ

    पेस्तोल देखाएर बलात्कार र लुटपाट गर्ने रबिदास पक्राउ

    जनकपुरधाम । हतियार देखाएर लुटपाट गर्नुका साथै महिलालाई बलात्कार गरेको घटनामा संलग्न एक अभियुक्तलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कमला नगरपालिका ८ का २७ वर्षीय शम्भु महरा भन्ने शम्भु रबिदास हुन् । शनिवार दिउँसो जनकपुरधाम– १६ कपिलेश्वरस्थित रेल्वे लिकबाट पक्राउ परेका उनलाई आज जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

    घरबाट पानी लिन निस्किँदा कमला नगरपालिका ८ की एक महिलालाई पेस्तोल देखाएर रामचन्द्र मण्डल खत्वेसमेतको समूहले पालैपालो बलात्कार गरेको प्रहरीको भनाइ छ । उक्त समूहले महिलाले लगाएको गरगहना समेत लुटपाट गरेको थियो ।

    प्रहरीले घटनाको अनुसन्धान पश्चात संलग्नहरुमाथि हातहतियार, डाका र जबरजस्ती करणी मुद्दाको मिसिल जिल्ला अदालतमा पेश गरिसकेको छ । घटनामा संलग्न अन्य अभियुक्तहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • हुम्लामा यार्सागुम्बासहित एक पक्राउ

    हुम्लामा यार्सागुम्बासहित एक पक्राउ

    हुम्ला । विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा बरामद गरिएको छ । विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका–१ हेप्का हुम्ला निवासी नाक्कु तामाङका ३१ वर्षीय छोरा नुर्वु तामाङ रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले शुक्रबार नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको विमानबाट यार्सागुम्बा बरामद गरिएको बताए ।

    हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्बा शर्माका अनुसार सिमकोट विमानस्थलमा खटिएको प्रहरीले नियमित जाँच गर्ने क्रममा पुर्जीविनाको पाँच केजी यार्सागुम्बा भेटाएपछि बरामद गरेर जिल्ला डिभिजन वन कार्यालयमा पठाइएको छ । ‘डिभिजन वन कार्यालय बझाङले दुई केजीको छुट पुर्जी दिएको भए पनि तामाङसँग भएको सबै यार्सागुम्बा डिजिटल तराजुबाट तौल जाँच गर्दा बिना पुर्जीको तीन केजी यार्सा भेटिएपछि बरामद गरिएको हो’, प्रहरी नायब उपरीक्षक शर्माले भने, ‘जाँचको क्रममा राजस्व तिरेको पुर्जीभन्दा पनि बढी अवैध सामान भएकाले बरामद गरेका हौँ ।’

    बरामद यार्सागुम्बासहित नियन्त्रणमा लिइएका तामाङलाई डिभिजन वन कार्यालय हुम्लाको जिम्मा लगाइएको हुम्ला प्रहरीले जनाएको छ । रासस

  • पाँच किलो यार्सागुम्बासहित एकजना पक्राउ

    पाँच किलो यार्सागुम्बासहित एकजना पक्राउ

    सुर्खेत । जिल्ला प्रहरी कार्यालय हुम्लाले पाँच किलो तीन सय ग्राम यार्सागुम्बासहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार आज बिहान साढे एघार बजे सिमकोट विमानस्थलमा चेकजाँचका क्रममा सो परिणाममा यार्सागुम्बा भेटिएको हो ।

    यार्सागुम्बासहित प्रहरीले नाम्खा गाउँपालिका १ हेप्काका ३१ वर्षका नुर्बु तामाङलाई नियन्त्रणमा लिएको हो । उनलाई प्रहरीले डिभिजन वन कार्यालय हुम्लामा थप कारवाहीका लागि पठाएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी एसपी माधव श्रेष्ठले बताए ।

  • बलात्कार आरोपमा सम्मरीमाइ गाउँपालिका अध्यक्ष बब्लु पक्राउ

    बलात्कार आरोपमा सम्मरीमाइ गाउँपालिका अध्यक्ष बब्लु पक्राउ

    रुपन्देही । रूपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख मनोज केसीले शुक्लालाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

    उनी सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष हुन् । स्वतन्त्र रूपमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी पटक–पटक दल परिवर्तन गर्दै आएका छन् । उनीविरूद्ध पीडित महिलाको उजुरीका आधारमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

    उनलाई प्रहरीले आजै पक्राउ गरेको हो ।

  • छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

    छोरी बलात्कार गर्ने बुबा र काका पक्राउ

    पर्वत । नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेका बुबा र काकाविरुद्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

    अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको छ र पक्राउ परेकालाई जबर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । पक्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ । रासस

  • अदालतबाट सजायपछि फरार ५ जना पक्राउ

    अदालतबाट सजायपछि फरार ५ जना पक्राउ

    रूपन्देही । रुपन्देही प्रहरीले पाँचजना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । अदालतको फैसलाबाट सजाय पाएर फरार रहेका प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    मंगलबार, बुधबार र बिहीबार उनीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि बिहीबर रुपन्देही जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागि बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भएका रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ स्थायी घर भइ हाल नवलपुर मध्यविन्दु नगरपालिका–१४ बस्ने ५८ वर्षिय पुर्ण बहादुर पाण्डे, बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र १२ लाख जरिवाना भएका पर्वतको कार्कीनेटा–६ स्थायी घर भइ हाल बुटवल–८ बस्ने अशोक कुमार शर्मा, सोही मुद्दामा १५ दिन कैद र १४ लाख जरिवाना सजाय भएका तिलोत्तमा–५ का ४२ वर्षिय एक नारायण अर्याल रहेका छन् ।

    कसुर मुद्दामा १० दिन कैद र ३६ लाख जरिवाना भएका बुटवल–१३ का ४६ वर्षिय शिव कुमार रण र लागूऔधष मुद्दामा ५ वर्ष कैद र ५ हजार जरिवाना भएका बुटवल– १३ का विशन राना रहेका छन् । फरार प्रतिवादीहरुलाई वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

    जिल्ला अन्तर्गत अपराध गरी फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी अपराध न्यूनीकरण गर्ने कार्य प्रभावकारी बनाउने उद्देश्यले रुपन्देही प्रहरीले २०७८ वैशाख १ देखि ‘फरार प्रतिवादीविरुद्धको अपरेशन कार्यक्रम’ सञ्चालन गरेको छ ।

    उक्त कार्यक्रम अन्तर्गत जघन्य अपराधमा संलग्न १० वर्ष भन्दा बढी सजाय भएका हालसम्म २२ जना फरार प्रतिवादीहरु पक्राउ गरिएको डीएसपी थापाले जानकारी दिए ।

     

  • १० किलो चरेशसहित दुई युवक पक्राउ

    १० किलो चरेशसहित दुई युवक पक्राउ

    रुपन्देही । दाङमा प्रहरीले दश किलो चरेशसहित दुई युवालाई पक्राउ गरेको छ । बाग्लुङको निसीखोला गाउंपालिका वडा नं. १ का २१ बर्षीय सुदिप सिंजाली मगर र बरिगाउ गाउंपालिका वडा नं. २ का ३० बर्षीय रेमबहादुर भुजेललाई १० किलोग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालका अनुसार सुदिप सिंजाली मगरलाई बुधबार दिउसो ३ बजेतिर गढवा गाउँपालिका वडा नं. १ धानखोलास्थित हुम्ला रलिङ होटेलबाट पक्राउ गरिएको हो ।

    पक्राउ परेका मगरलाई सोधपुछ गर्दा पूर्व पश्चिम राजमार्गअन्तरगत दाङ कपिलवस्तुको सीमाना क्षेत्र धानखोलादेखि प्रतिबन्धित चरेशको अवैध बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

    सूचनाको आधारमा भुजेललाई प्रहरीले लमही बजारबाट बुधबार बेलुका नै पक्राउ गर्न सफल भएको थियो । उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ मा भएको व्यवस्थाअनुसार एक बर्षदेखि तीन बर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैंयाँसम्म जरिवाना हुनेछ ।

  • कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ

    कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ

    कैलाली । कैलालीमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भजनी नगरपालिका ७ चर्रा बस्ने ३० वर्षीय दिनेश चमार र कञ्चनपुरको पुनर्वास नगरपालिकापालिका ११ का २२ वर्षीय केशर राई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    चमारलाई भजनी नगरपालिका १ मा रहेको मोहन्याल सामुदायिक वन नजिकबाट लागूऔषध खैरो हिरोइन ५ ग्रामसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए ।

    राईलाई धनगढी उपमहानगरपालिका ३ भन्सार नजिक नाइट्रोभेट ३० ट्याब्लेट र स्पास १६ ट्याब्लेटसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।

  • पोर्न फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान पक्राउ

    पोर्न फिल्म बनाएको आरोपमा शिल्पा सेट्टीका श्रीमान पक्राउ

    बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रालाई अश्लिल फिल्म निर्माणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले अश्लिल फिल्महरु बनाएर केही एपहरुमार्फत बेच्ने गरेको प्रहरीले जनाएको छ ।

    यसै वर्षको फेबु्रअरीमा मुम्बई क्राइम ब्रान्चमा उजुरी परेको थियो । यथेष्ट प्रमाण जुटाइसकेपछि राजलाई पक्राउ गरिएको मुम्बइ प्रहरी बताउँछ ।

    ‘यो प्रकरणलाई राज कुन्द्रा मुख्य अभियुक्तका रुपमा देखा परेपछि हामीले उनलाई पक्राउ गरेका हौं । हामीसँग उनीविरुद्ध पर्याप्त प्रमाणहरु छन्,’ मुम्बइ प्रहरी आयुक्त हेमन्त नाग्रालेले एक विज्ञप्ति जारी गरी भनेका छन् ।

    कुन्द्राले सोमबारको रात हिरासतमा बिताएका छन् । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै जमानतका लागि आग्रह गरेका छन् ।

    समाचार अनुसार गत साता नौ व्यक्तिहरुमाथि कलाकारहरुलाई पोर्न फिल्मका लागि नग्न दृष्यहरु सुट गर्न दवाव दिएको भन्दै दुईवटा एफआइआर दायर भएका थिए । यी फिल्महरु विभिन्न मोइबाइ एप्लिकेसनमार्फत सशुल्क बेच्ने गरिएको दावी एपआइआरमा गरिएको छ ।

    मोडल पुनम पाण्डेले पनि राज कुन्द्रा र उनका सहयोगीहरुमािथ बम्बे उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । कुन्द्रासँग आफ्नो सम्झौताको म्याद सकिए पनि कुन्द्राले आफ्ना तस्वीर भिडियोहरु गैरकानूनीरुपमा प्रयोग गरिरहेको उनको आरोप छ ।

  • करिब १९ करोड रुपैयाँ बराबरको चेक सहित मिटरब्याजी पक्राउ

    काठमाडौं । विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८ सय ६० रुपैयाँ बराबरको चेकहरू सहित दोलखा मेलुङ गाउँपालिका-१ घर भई हाल ललितपुर भैसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई काठमाडौं महानगरपालिका-७ चाबहिल मित्रपार्कस्थित द्रिशान्त अटोमोबाईल्स प्रालिबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    भक्तपुर मध्यपुर ठिमी नगरपालिका-२ बस्ने दोलखा घर भएका ४० वर्षीय प्रकाश कार्की र काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप घर भएका ६० वर्षीय हेमरा गुभाजुले गणेशबाट बिभिन्न मितिमा रकम लिएकोमा गणेशले चर्को मिटर ब्याज लगाई प्रकाशबाट ४ करोड १६ लाख रुपैयाँको चेकहरू र हेमराजबाट ४ करोड १४ लाख रुपैयाँको चेकहरु लिई सो बापतको रकम नदिएमा ज्यान मार्ने समेतको डरत्रास देखाई ठगी गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

  • कपिलवस्तुमा विप्लवका आठजना कार्यकर्ता पक्राउ

    कपिलवस्तुमा विप्लवका आठजना कार्यकर्ता पक्राउ

    रुपन्देही । कपिलवस्तुमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ८ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । सार्वजनिक यातायातको भाडामा भएको वृद्धिको विरोधमा आयोजित कार्यक्रम स्थलबाट उनीहरु पक्राउ परेका हुन् ।

    भाडा वृद्धिको विरोधमा युवा संगठन नेपालको केन्द्रिय कार्यक्रम अन्तर्गत युवा संगठन नेपाल कपिलवस्तुले शनिबार आयोजना गरेको भाडा दर अनुगमन तथा सचेतना कार्यक्रमअन्तर्गत कपिलवस्तुको पिपरामा भएको कार्यक्रमस्थलबाट उनीहरु पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेमा युवा संगठन कपिलवस्तुका जिल्ला अध्यक्ष बादल, अखिल क्रान्तिकारीका कपिलवस्तु जिल्ला अध्यक्ष बिष्णुबहादुर राउत, अर्घाखाँची अध्यक्ष नवीन खड्का लगायतका जिल्लास्तरका नेता कार्यकर्ता छन् ।

    कार्यक्रमस्थलमा प्रहरीले घेरा हालेपछि केही समयमा नियन्त्रणमा लिएको थियोे । नियन्त्रणमा रहेका नेता कार्यकर्तालाई पिपरा प्रहरी चौकीमा राखिएको सो पार्टीले जनाएको छ ।

  • करणी आरोपमा युवक पक्राउ, बालिका गर्भवती भएपछि रहस्य खुल्यो

    करणी आरोपमा युवक पक्राउ, बालिका गर्भवती भएपछि रहस्य खुल्यो

    रुपन्देही । छिमेकी घरमा आएकी बालिकालाई करणी गरेको आरोपमा बुटवलमा एक युवा पक्राउ परेका छन् । बुटवल ११ बुद्धनगरका २६ वर्षीय सुरज परियार पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    वौद्धिक अपाङ्गता रहेकी १४ वर्षीय बालिकालाई गत चैत १२ गते बुटवल बुद्धनगरमा रहेको दिदीको घरमा आएको बेला छिमेकी परियारले बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले बालिकाको दिदीले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जानकारी दिएका छन् । पीडित परिवारले प्रहरीमा उजुरी गरेलगत्तै बुधबार साँझ नै आरोपित युवालाई पक्राउ गरिएको कुवँरले बताए ।

    जबरजस्ती करणीपछि बालिका गर्भवती भएपछि उनकी दिदीले सोधखोज गर्दा घटनाको रहस्य पत्ता लागेको हो । आरोपित युवालाई पक्राउ गरी घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    घटना चैत १२ गतेको रहेछ, तर बल्ल परिवारले पत्ता लगाएर उजुरी गरेपछि पक्राउ गरिएको प्रहरी प्रमुख कुवँरले बताए ।

  • एक लाख नगदसहित ११ जुवाडे पक्राउ

    एक लाख नगदसहित ११ जुवाडे पक्राउ

    रुपन्देही । रुपन्देही प्रहरीले कोटहीमाई गाँउपालिकाबाट जुवाखालबाट नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय मझगावाले सोमबार कोटहीमाई गाउँपालिका वडा नं.३ मर्यादपुरबाट १ लाख ६८ हजार ९ सय ५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    मर्यादपुरस्थित मोहमद लाडले अन्सारीको घरमा अवैधरुपमा जुवातास खेलिरहेको अबस्थामा स्थानीय एघार जनालाई नियन्त्रणमा लिइएको रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

    पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकाका वर्षिय मोहमद लाडले अन्सारी, धर्मेन्द्र भन्ने कम्लेश कुमार यादव, विशाल यादव, मोहमद सरिफ जोलहा, सुरज यादव, निरजकुमार यादव , संजय जैशवाल रहेका छन । त्यस्तै मायादेवी गाउँपालिकाका भगवानदाश कुर्मी, सोनु मल्लाह, समिर धुनिया र घनश्याम यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।

  • युरोकप खेलमा सट्टेबाजी खेलाउने ५ जना पक्राउ

    ललितपुर । हाल भइरहेको यूरोकप फुटबल प्रतियोगिता २०२१ का खेलमा सट्टेबाजी खेलाउने गरेको अभियोगमा ललितपुरका विभिन्न स्थानबाट ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-५ थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सोही महानगरपालिका-२ सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, सोही महानगरपालिका-११ कोवाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, सोही महानगरपालिका-१६ धापागल बस्ने ३८ वर्षीय बिनोद महर्जन र सोही महानगरपालिका-१२ टंगाल बस्ने २९ वर्षीय सफिर राज राजकर्णिकार रहेका छन् ।

    युरोकप खेलहरुको सामाजिक संजाल प्रयोग गरी अनलाइनको माध्यमबाट प्रत्येक खेलमा बाजी थापी धेरै ठुलो धनराशि हारजित हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरीले सट्टेबाजीमा प्रयोग भएका मोबाइलहरु सहित उनीहरुलाई पक्राउ गरेको हो ।

    उनीहरू उपर सट्टेबाजी गर्न नहुने सम्बन्धि कसूर मुद्दामा ललितपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

  • २८ किलो चरेससहित २ जना पक्राउ

    रुपन्देही । साढे २८ किलो लागुऔषध चरेससहित बुटवलबाट २ जना व्‍यक्ति पक्राउ परेका छन् । बाग्लुङ बढिगाउँ गाउँपालिका ८ बस्ने ३६ वर्षीय रोहित राना र सोही ठाउँका ६३ वर्षीय जीवन पुन यसरी पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

    बुटवल उपमहानगरपालिका ११ देविनगरस्थित नमस्ते पथ केएफसी पिज्जा हबमा शुक्रबार साँझ चरेसको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश अनुसन्धान समूह टोलीले २८.५ किलो लागूऔषध चरेससहित उनीहरूलाई पक्राउ गरेको कार्यालयले जनाएको छ । लु २५ प ६५४४ नम्बरको स्कुटर नियन्त्रणमा लिएको र पक्राउ परेकामाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    यसैगरी दाङमा प्रहरीले ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ बस्ने २९ वर्षीय राकेश बस्नेत र सोही ठाउँका २७ वर्षीय अंकित रावत रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

  • महिला मन्त्रालयको गाडीभित्र यौन क्रियाकलापमा संलग्न ३ जना पक्राउ

    महिला मन्त्रालयको गाडीभित्र यौन क्रियाकलापमा संलग्न ३ जना पक्राउ

    काडमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।

    प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु ‘रंगेहात’ पक्राउ परेका थिए । प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको स्रोतले बतायो ।

    गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेका थिए । गाडी चालक मन्त्रालयकै कर्मचारी भएको स्रोतको भनाइ छ ।

  • स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई युवा प्रहरीको नियन्त्रणमा

    स्रोत नखुलेको ३२ लाख रुपैयाँसहित दुई युवा प्रहरीको नियन्त्रणमा

    रुपन्देही । रुपन्देही प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले सिद्धार्थनगर नगरपालिका– १ का २१ वर्षीय विनय कलवार र भारत उत्तर प्रदेश नौतनवाका ३५ वर्षीय सुरज गौण पक्राउ परेको जानकारी दिए ।

    स्कुटीसहित दुवैै जनालाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

    सिद्धार्थनगर नगरपालिका–१ वाईपासस्थित इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा विनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटी खानतलासी गरेको थियो । सोही क्रममा उनले बोकेको कालो रङगको झोलाबाट स्रोत नखुलेको ३१ लाख ९० हजार बरामद् भएको हो ।

  • चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा २ जना पक्राउ

    चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा २ जना पक्राउ

    कैलाली । चिकित्सकको स्विकृतिबिना औषधि बिक्री र खरिद गरेको अभियोगमा २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका-१३ बस्ने २१ वर्षीय सोमराज जोशी र सोही उपमहानगरपालिका-१ स्थित सन्तोष मेडिको प्रालिमा काम गर्ने सोही उपमहानगरपालिका-५ बस्ने २३ वर्षीय करण चौधरी रहेका छन् । उनीहरुमध्ये जोशी औषधि खरिद गर्ने र चौधरी औषधि बिक्री गर्ने कार्यमा संलग्न रहेका थिए ।

    सोही उपमहानगरपालिका-१ एलएन चोकमा साईकलमा आएका जोशीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले २० ट्याब्लेट स्पास्मो, २ क्याप्सुल परलिन र १२ क्याप्सुल प्रेगास्टार सहित फेला पारी पक्राउ गरेको हो ।

    थप अनसन्धानको क्रममा उनले उक्त मेडिकोबाट औषधि खरिद गरेको खुल्न आएपश्चात चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको हो । उक्त प्रालिबाट २ सय २ ट्याब्लेट स्पास्मो, २ सय ९७ क्याप्सुल परलिन र ६ सय १५ क्याप्सुल प्रेगास्टार समेत प्रहरीले बरामद गरेको छ ।

    बरामद औषधि सहित जोशी र चौधरीलाई आवश्यक कारबाहीका लागी औषधी व्यवस्था विभाग नेपालगंज पठाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

  • प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

    प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

    सिन्धुली । कमलामाई नगरपालिका-६ माझीटारस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिइ आर्थिक प्रलोभनमा पार्न खोज्ने झापा बिर्तामोड नगरपालिका-३ बस्ने ५२ वर्षीय मेदनी रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

    बिपि राजमार्गको प्रहरी चेक प्वाईन्टमा सवारी साधनहरुको सवारी पास जाँच गर्ने क्रममा झापाबाट काठमाडौं जान पास नलिई आएको मे १ च ६६८३ नम्बरको सुमोलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक रेग्मीले उक्त नगद दिन खोजे पश्चात उनलाई उक्त सुमोसहित पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • छोरीलाई यौन दुव्र्यावहार गर्ने बाबु पक्राउ

    छोरीलाई यौन दुव्र्यावहार गर्ने बाबु पक्राउ

    काठमाडौं । प्रहरीले आफ्नै छोरीलाई यौन दुव्र्यावहार गर्ने बाबुलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । गत जेठको १० गते दिउँसो चाँगुनारायण नगरपालिका-८ सुडालस्थित आफ्नै कोठामा परिवारका अरु कोही नभएको मौकामा आफ्नै बाबुले छोरीको सम्बेदनशील अङ्गमा छुने, समाउने गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार बाबुले पटकपटक छोरीलाई कोठामा र एकान्त पाउने बित्तिकै त्यस्तै गतिविधि गरेको भन्दै १५ वर्षकी छोरीले ३१ वर्षका बाबुविरुद्ध प्रहरी बृत्त जगातीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरी हिजो शुक्रबार जिल्ला अदालत भक्तपुरका म्याद थप गर्दै कारवाही तथा अनुसन्धान अगाडि बढाएको छ ।
    रासस

  • खैरो हिरोइनसहित तीनजना पक्राउ

    खैरो हिरोइनसहित तीनजना पक्राउ

    रूपन्देही । रुपन्देहीको सैनामैनामा प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सैनामैना नगरपालिका– बेमतेनीका दिलबहादुर बुढाथोकी, कपिलवस्तु वाणगंगा नगरपालिका- ९ का रमेशबहादुर आचार्य र कपिलबस्तु जिनुवाका रमेश मरासिनी छन्।

    उनीहरुको साथबाट ४ ग्राम ५०० मिलिग्राम खैरो हिरोइन बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सत्यनारायण थापाले जानकारी दिए।

    पक्राउ परेकाविरुद्ध जिल्ला अदालतबाट लागूऔषध मुद्धामा ५ दिन म्यादथप गर्न अनुमति लिइ थप अनुसन्धान भइरहेको उनले बताए ।

  • बढी भाडा लिने ८ चालक पक्राउ

    बढी भाडा लिने ८ चालक पक्राउ

    काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानको अनुगमन गरी यात्रुसँग बढी भाडा लिएर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारी र निजी सवारी साधनका चालकहरु रहेका छन् ।

    निषेधाज्ञा खुकुलो भएपछि सुरु भएको अनुगमनका क्रममा ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरीको सम्बन्धित प्रभागमा पठाइएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।

    ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र १-०१-००१ज३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ वर्षीय पुण्यप्रसाद गिरी, बा२०च२४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ वर्षीय सन्तबहादुर कुमाल र मे१ज२९९३ नम्बरको बोलेरो जीप चालक इलाम घर भएका २६ वर्षीय खेमबहादुर पाँचकोटीलाई यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरी कारवाहीका लागि प्रहरी प्रभाग, कोटेश्वरमा बुझाएको छ ।

    त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने ४६ वर्षीय राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियोसहित प्रयोजनविपरीत भाडामा यात्रु बोकेको अवस्थामा नियन्त्रणामा लिइएको छ भने सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ वर्षीय संजय खड्कालाई बढी भाडा लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइ प्रहरी वृत्त सातदोबाटोमा बुझाएको छ ।

    अन्य पक्राउ पर्नेमा कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ वर्षीय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका ३९ वर्षीय हरेन्द्र बुढाथोकी रहेका छन् । पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्तमा बुझाएको महाशाखाले जनाएको छ ।

    यात्रुसँग बढी भाडा लिई ठगी गरेको कसुरमा हालसम्म ६९ जनालाई पक्राउ गरिएको छ । रासस

  • अपराधपछि फरार, ४४ वर्षपछि पक्राउ

    अपराधपछि फरार, ४४ वर्षपछि पक्राउ

    रुपन्देही । रुपन्देहीमा २०४० साल वैशाख ८ गते सर्वोच्च अदालतले जन्मकैद सुनाएका दुई पुरुषलाई प्रहरीले बल्ल पक्राउ गरेको छ ।

    २०३४ साल जेठ २३ गते दुईजनाको हत्या गरेको अभियोगमा सर्वोच्च अदालतकोे ०४० साल वैशाख ८ गतेको फैसलाले जन्मकैद सजाय तोकेको थियो । प्रहरीले कर्तव्य ज्यान मुद्दामा यति लामो समयदेखि फरार रहेका ७० वर्षीय दुईजना पुरुषलाई पक्राउ गरेको छ ।

    ०३४ साल जेठ २३ गते राती ओरी अहिर र कृष्णप्रसाद अहिरको हत्या गरी फरार रहेका रुपन्देहीको साविक बलरामपुर गा.वि.स.७ हाल लुम्बिनी सांस्कृतिक नगरपालिका २ बस्ने ७० वर्षीय चिनगुद चाई र सोही स्थानका ७० वर्षीय कप्तान चाई पक्राउ परेका हुन् ।

    सर्वोच्चको २०४० साल वैशाख ८ गतेको फैसलाले उनीहरुलाई जन्मकैद सजाय तोकेपनि उनीहरु हालसम्म पनि प्रहरीको नजरमा फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाका अनुसार इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरी टोलीले लामो समयसम्म उनीहरुको आफ्नै घरबाट लुकिछिपी रहेको अवस्थामा पक्राउ गरेको हो ।

    उनीहरुलाई बुधबार जिल्ला अदालत भैरहवामा पेश गरी तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारागार रुपन्देही चलान गरिएको प्रहरीले जनाएको छ ।

    बैशाख १ गतेदेखि फरार रहेका प्रतिवादीविरुद्ध अप्रेशन संचालन गरेको रुपन्देही प्रहरीले साढे दुई महिनाको अवधिमा जघन्य अपराधमा संलग्न १० वर्षभन्दा बढी सजाय तोकि फरार रहेका २१ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

  • युवा हत्यामा संलग्न आरोपमा तीनजना पक्राउ

    युवा हत्यामा संलग्न आरोपमा तीनजना पक्राउ

    रुपन्देही । प्युठानको प्युठान नगरपालिका-१० कोटका २४ वर्षीय नगेन्द्र पुनलाई स्थानीय युवाहरुले दाउराले हानेर हत्या गरेका छन् ।

    दिउँसो सँगै खाजा खाएका उनीहरुबीच आपसी विवादमा झगडा भएको प्रहरीले जनाएको छ । आक्रमणमा परी गम्भीर घाइते भएका २५ वर्षीय सुरेस बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले हत्या आरोपमा ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मल्लरानी गाउँपालिका-३ धनुबाँसका १८ वर्षीय रेमबहादुर घर्तीसहित प्युठान नगरपालिका-१० नेपानेका १७ र १५ वर्षका दुईजना छन् ।

    असार १३ गते मृतक नरेन्द्र पुनसहित गम्भीर घाइते सुरेश बस्नेतले आफ्नो दिदीको गोठ बनाउने काम गएर घर फर्किने क्रममा नेपाने गाउँका युवाहरुसँग विवाद गरेको प्रहरीले बताएको छ । स्थानीय पसलमा मादक पदार्थ सेवन गरी घरतर्फ जाँदै गर्दा अभियुक्तहरुलाई अश्लिल शब्दले गाली गलौज गरेको भन्दै अभियुक्त ३ जना युवाहरूले बाटो कुरेर मृतक नरेन्द्र र सुरेसलाई दाउराले हानी आक्रमण गरेका थिए ।

  • कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ

    कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ

    कैलाली । कञ्चनपुरमा २४ वर्ष पछि फरार प्रतिवादी पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले कञ्चनपुर पुर्नवास नगरपालिका ८ का हर्क बहादुर धामीलाई पक्राउ गरेको हो ।

    जिउ मास्ने र बेच्ने मुद्दामा २०५४ चैत्र २० गते कञ्चनपुर जिल्ला अदालतबाट फैसला पछि फरार रहेका धामीलाई प्रहरीले घर नजिकै बाट पक्राउ गरेको जनाएको छ ।

    धामीलाई पक्राउ गरी कञ्चनपुर अदालतमा पेश गरेको र अदालतबाट कैद भुक्तानका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए ।

  • अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ

    रामेछाप । बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका-५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका-६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ ।

    तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा बालिकालाई दुव्र्यवहार गरेको प्रहरीको आरोप छ । तामाङले १४ वर्षीया बालिकादेखि ६० वर्षीया महिलासमेतलाई दुव्र्यवहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । ‘गत पुसदेखि यस्ता उजुरी आएपछि धेरै प्रयास गरेका थियौँ, अहिले आएर पक्राउ गर्न सफल भयौँ’, उनले भने ।

    अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा बालिकाहरुको संवेदनशील अंगहरुमा समाउने र छातीलगायतका अंगहरुमा हिर्काएर भाग्ने गरेको खुल्न आएको प्रनाउ थापाले बताए ।

    तामाङलाई पक्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पीडित महिला बुधवार प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये छ जनाले किटानी जाहेरीसमेत दिएका छन । तामाङलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरेर प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ ।

    प्रहरीले तामाङलाई सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा समेत मुद्दा चलाउने भएको छ । तामाङलाई पाँच वटा अभद्र व्यवहार र एउटा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । भक्तपुरमा एकै पटक एक व्यक्तिलाई ६ वटा मुद्दामा कारवाही चलाइएको सम्भवतः यो पहिलो घटना हुनसक्ने प्रहरीको दाबी छ ।
    रासस

  • ६५ हजार रुपैयाँसहित जुवाखालबाट ६ जना पक्राउ

    ६५ हजार रुपैयाँसहित जुवाखालबाट ६ जना पक्राउ

    कैलाली । कञ्चनपुरमा जुवा तास खेल्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका मौवाफाटमा ६५ हजार रुपैयाँसहित जुवा तास खेल्ने ६ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा तेजबहादुर साउद, कमलेश कार्की, गगन कार्की, प्रकाश ऐर, विष्णु भट्ट र खगेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

    उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरअन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले जानकारी दिए ।

  • एटीएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ

    मोरङ । बुढीगंगा गाउँपालिका-३ टंकी चोकस्थित एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने सुनसरी दुहबी नगरपालिका-९ घर भएका २४ वर्षीय मो.ईम्तियाजलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

    उक्त बैंकको एटिएम तोडफोड भईरहेको भन्ने खबर प्राप्त हुनासाथ सीआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले उक्त एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई १ थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को ३९ प ४८६४ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

    उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मो.अनिस हुसेन फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

  • मन्थलीमा जुवाखालबाट करीव २ लाख नगद र कौडासहित ५ जना जुवाडे पक्राउ

    मन्थलीमा जुवाखालबाट करीव २ लाख नगद र कौडासहित ५ जना जुवाडे पक्राउ

    रामेछाप । निषेधाज्ञाका मौकामा कौडा खेलिरहेका ५ जना जुवाडेलाई प्रहरीले नगद र कौडासहित पक्राउ गरेको छ ।

    मन्थली नगरपालिका वडा नम्बर १ घारी खबरेस्थिति चन्द्रवहादुर माझीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले नगद १ लाख ९२ हजार ९५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको जिप्रका रामेछापका डिएसपी नवराज ढुंगानाले जानकारी दिए ।

    पक्राउ पर्नेमा घरधनी माझीसहित मन्थली नगरपालिका ९ पुरानागाउँका ३२ वर्षीय टीकाराज आरण,हात्तिटारका तेजबहादुर माझी,खाइखुराका आईते माझी र खाँडादेवी गाउँपालिका घर भइ हाल सिन्धुली सुनकोशी गाउँपालिका ९ मा बस्ने नरेन्द्र माझी रहेको प्रहरीले जनाएको छ ।

  • हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ

    हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ

    हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका-११ थाना भर्‍याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-५ सिगार्से बस्ने २८ वर्षीय सनकबहादुर तामाङ, सोही नगरपालिका वडा नं ८ का २४ वर्षीय सोमे तामाङ र मकवानपुरको राक्सिराङ गाउँपालिका-१ का १८ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

    उनका अनुसार आज बिहान ३ः०० बजेको समयमा मनहरिबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीलाई रोकी जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएको उक्त परिणामको गाँजा बरामद भएपछि प्रहरीले गाडी चालक सनकबहादुर, सहचालक सोमे र सवार सविनलाई पक्राउ गरेको हो ।

    उनीहरुलाई विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताए । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

    -रासस