Tag: नेपाल-चीन

  • चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै

    चीनको सहयोगमा प्राप्त हुने स्वास्थ्य सामग्री ल्याइँदै

  • पीपीई लगाएरै नेपाल-चीन सीमा सुरक्षा अधिकारीले मितेरी पुलमा गरे वार्ता

    पीपीई लगाएरै नेपाल-चीन सीमा सुरक्षा अधिकारीले मितेरी पुलमा गरे वार्ता

    काठमाडौं । नेपाल र चीनका सीमा सुरक्षा अधिकारीबीच कोभिड-१९ संक्रमणबाट बच्न पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) पोशाक लगाएरै मितेरी पुलमा छलफल भएको छ ।

    रसुवागढी नाकामा रहेको मितेरी पुलमा प्रशासन र सुरक्षा प्रमुखबीच करिब डेढघण्टा छलफल भएको थियो । प्रत्येक दुई-दुई महिनामा हुने छलफलमा यसपटक सीमा क्षेत्रमा कोभिड संक्रमणको स्थिती र सुरक्षा मापदण्डबारे छलफल भएको जनाइएको छ ।

    नेपाल प्रेससँग कुरा गर्दै रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकालले चिनियाँ पक्षले रसुवामा कोभिडको स्थिती, स्वास्थ्य मापदण्ड र आवश्यक सहयोगको बारेमा छलफल गरेका थिए ।

    आवश्यक परे स्वास्थ्य सामाग्री र सहायता गर्न चीन तयार रहेको समेत उनीहरुले जिल्ला प्रशासन कार्यालयलाई भनेको प्रजिअ ढकालले जानकारी दिए ।

    छलफलमा दुबै पक्षले सीमा नाकामा कोभिडको स्वास्थ्य मापदण्ड अपाउनेबारे समेत छलफल भएको थियो । ‘पीपीइ लगाएरै छलफल भएको थियो किनभने चिनियाँहरु कोभिडलाई लिएर संवेदनशिल छन्’ उनले भने ।

  • खोप बुझ्दै प्रधानमन्त्रीले भने- नेपाल र चीन सम्बन्ध एक कदम अघि बढ्यो (भिडियो)

    खोप बुझ्दै प्रधानमन्त्रीले भने- नेपाल र चीन सम्बन्ध एक कदम अघि बढ्यो (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

    बालुवाटारमा सोमबार आयोजित चिनियाँ खोप हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले दुई मुलुकबीचको सम्बन्ध एक कदम अगाडि बढेको बताएका हुन् ।

    ‘कोभिडविरुद्धको लडाइमा नेपाल र चीनका नीति समान छन्’ उनले भने, ‘जनताको जीवन छ भने देश पनि चल्छ भन्ने मान्यता हामी अडिग छौं ।’ चीनबाट प्राप्त आठ लाख डोज खोपले नेपालको खोप कार्यक्रमलाई अगाडि बढाउने उनले बताए ।

    भारतबाट समेत प्राप्त खोपलाई मिश्रण नगरिकन दुबै डोज खोप लगाइने स्पष्ट पार्दै प्रधानमन्त्रीले खोपको प्रभावकारितालाई लिएर कतिपयले अवरोध सिर्जना गर्न सक्ने आंशका गरे । ‘उनीहरुको आशंकालाई मेट्न जानकारी दिनुपर्ने हुन्छ’ उनले भने ।

    उनले दुबै छिमेकी मुलुकबाट प्राप्त खोपहरु प्रभावकारी रहेको समेत बताए । प्रधानमन्त्रीले खोपका लागि चीन सरकारलाई धन्यवाद समेत दिए । प्राकृतिक विपत्तिमा दुबै मुलुक मिलेर अगाडि बढ्नुपर्ने उनले बताए ।

    खोपको औपचारिक हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत उपस्थित थिए । चिनियाँ राजदूत यान्छीले नेपालको विकासमा मित्रराष्ट्र चीन सँधै उभिने बताउँदै चीनको पञ्चवर्षिय योजनामा मित्रराष्ट्रको हित पनि समावेश भएको बताइन् ।

    चीनले सिनोफार्मले विकास गरेको ८ लाख डोज भेरोसेल नेपाललाई उपलब्ध गराएको हो । सरकारले आपतकालिन प्रयोगका लागि अनुमति दिएपनि सार्वजनिक प्रयोगका लागि भने सरकारले विश्व स्वास्थ्य संगठनको अनुमति कुरेर बसिरहेको छ ।