Tag: नेकपा एमाले

  • माधव नेपाललाई महेशको आग्रह – कृपया एमाले छोड्नुहोस्, सम्मानजनक बिदाई गर्छौं (भिडियो)

    माधव नेपाललाई महेशको आग्रह – कृपया एमाले छोड्नुहोस्, सम्मानजनक बिदाई गर्छौं (भिडियो)

    काठमाडौं । नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले माधवकुमार नेपाललाई एमालेमा बसेर पार्टी हितविपरीत काम गर्नुभन्दा पार्टी छाडेर जान सुझाव दिएका छन् ।

    राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले एमाले छाडे सम्मानजनक बिदाई गर्ने बताए । ‘माधव नेपाल नीति र विधिको कुरा गर्नुहुन्छ, म उहाँलाई अनुरोध गर्न चाहान्छु- साँच्चिकै विधि, पद्धति र नीतिको कुरा गर्ने हो भने तपाईं एमाले छोडेर जान सक्नुहुन्छ, एमाले फोर्न सक्नुहुन्छ,’ बस्नेतले भने, ‘तर, एमालेमै बसेर एमालेको हितविपरीत काम गर्न पाउनुहुन्न । तपाईं एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले छोड्नुहोस्, हामी पुतला जलाउँदैनौं । तपाईंलाई सम्मानजनक तरिकाले बिदाई गर्छौं ।’

    उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षा बढाइएको बारे पनि प्रतिक्रिया जनाए । प्रचण्डसँग आफूहरू नभइ प्रचण्ड डराएर सुरक्षा थपेको दावी बस्नेतले गरे । ‘प्रचण्डलाई थ्रेट बढ्यो रे,’ उनले भने, ‘डीएसपीको नेतृत्वमा २७ जना सुरक्षाकर्मी थपिए रे हिजो ।’

    बस्नेतले थपे, ‘जुन कुकुर डराउँछ, त्यही कुकुर भुक्छ भन्ने उखान छ । हाम्राविरुद्ध षड्यन्त्र गरेर असंख्य भाषण गर्ने कमरेड प्रचण्ड, हामी तपाईंसँग डराएका छैनौं । तपाईं डराउनुभयो भन्ने प्रमाण यही हो सुरक्षा थ्रेट ।’

  • आले इन्ट्रीको अन्तरकथा : आफ्नैले मैदान छाड्दा माधवलाई यसरी मिल्यो क्षतिपूर्ति

    आले इन्ट्रीको अन्तरकथा : आफ्नैले मैदान छाड्दा माधवलाई यसरी मिल्यो क्षतिपूर्ति

    काठमाडौं । असार २० गते साँझ एमाले उपाध्यक्ष भीम रावल प्रधानमन्त्री निवास बालुवाटार छिरेको खबर फैलिएसँगै पूर्वमन्त्री प्रेम आले आफूसँग नजिक सांसदहरूलाई माधव नेपाल कित्तामा लैजान छलफलमा जुटिसकेका थिए ।

    एमाले वरिष्ठ नेता नेपाल र केन्द्रीय सदस्य तथा सांसद आलेको घर कोटेश्वरमा नजिकै छ । ६ महिना नपुग्दै मन्त्रीबाट हटाइएपछि केपी ओलीसँग असन्तुष्ट रहेका आले पछिल्लो समय आफ्नो गृहजिल्ला डोटीका सशस्त्र प्रहरीका डीआईजी प्रविण श्रेष्ठको एक वर्ष म्याद नथपिएपछि अपमानित महसुस गरिरहेका थिए ।

    यसरी भयो आलेको कोटेश्वर इन्ट्री

    भीम रावलको बालुवाटार इन्ट्रीसँगै प्रेम आलेलाई ओली पक्षबाट एक्जिटको ढोका खुल्यो । प्रचण्ड-माधवनिकट कतिपय माध्यमबाटै भीम रावललाई ओलीले कार्यवाहक अध्यक्ष दिने भनेको देखि भारतीय गुप्तचरसँग मेरियट होटलमा वार्ता गरेपछि रावल फेरिएको हल्ला चलाइयो ।

    बालुवाटारमा ओलीसँग भेटेपछि रावल वार्ता कार्यदलको संयोजकको रूपमा एमाले मिलाउने वार्तामा जुटे । उता आलेको इन्ट्री माधव नेपाल निवासमा भयो । नवौं महाधिवेशन माधव प्यानलबाटै वैकल्पिक केन्द्रीय सदस्य जितेका आले २०७४ सालको चुनावमा रावलले टिकट नदिने भएपछि मात्र ओली पक्षमा लागेका थिए ।

    उनका लागि माधव नेपाल गुट नयाँ थिएन । भीम रावलबाट पनि धोखा हुन लागेको महसुस गरिरहेका बेला माधव नेपालले प्रेम आलेको प्रस्ताव सुने । जसले गर्दा उनलाई ढाडस मिल्यो ।

    आले पुनः माधव नेपाल क्याम्पमा पुगेका छन् । उनको सन्दर्भमा हिजो माधव पक्षले पनि राम्रो टिप्पणी गरेको थिएन, आज ओली पक्षले पनि गरिरहेको छैन । तर, संसदीय राजनीतिमा गणितले पनि काम गर्छ । आलेले माधव नेपाललाई गणितबाट सहयोग गरे । सायद उनी मन्त्री बन्नेछन् ।

    चरणबद्ध भेटघाटमा आलेले माधव नेपाललाई सोधे- ‘भीम रावलसँग कति सांसद छन् ? बडा रावल र छोटा रावल (भीम र झपट) मात्र होइन ? म तपाईंलाई ६ देखि १० जना सांसद ल्याइदिन्छु । हिजो पनि रावलहरूका कारण मैले तपाईंलाई छाडेको हुँ, आज तिनीहरूले धोखा दिँदैछन्, म तपाईंलाई साथ दिन्छु ।’

    आलेले विगतमा माधव नेपालनिकटका सांसदहरू बिना बुढाथोकी, यज्ञ बोगटी, गोपाल बम, पार्वती विसुंखे, गणेश पहाडीहरूलाई ओली पक्षमा लगेको भन्दै अब फेरि त्यति नै संख्या नेपाल पक्षमा ल्याइदिने बताए ।

    यसबीचमा कार्यदलमा रहेका नेताहरूबाट माधव नेपालले अपेक्षित सहयोग पाइरहेका थिएनन् । भीम रावलले मुखै फोरेर शेरबहादुर देउवालाई विश्वासको मत दिन नहुने बताइसकेका थिए । १० बुँदे सहमति माधव नेपाललाई चित्त बुझेको थिएन तर कार्यदलमा रहेका नेताहरूले त्यसलाई मान्न दबाब दिए ।

    यसरी एकपछि अर्को भरोसा आफ्ना दोस्रो तहका नेताहरूबाट टुट्दै गएका बेला नेपाललाई प्रेम आलेले ‘तपाईंलाई जति जनाले धोखा दिन्छन्, त्यसको क्षतिपूर्ति म दिलाउँछु’ भन्दै सांसदहरू लगेर भेटाउन थाले । आलेले अझै १० जना सांसद ओली पक्षबाट माधव पक्षमा ल्याइदिने वचन समेत दिएको नेपालनिकट एक एमाले नेताले बताए ।

    कसलाई आफ्नो भनूँ ?

    विश्वासको मत साउन ३ को पहिलो बैठकमै लिने कुनै तयारी थिएन । तर, साउन २ गते गठबन्धनका शीर्ष नेताहरूबीच गोप्य बैठक भयो । भीम रावल, सुरेन्द्र पाण्डेलगायतका वार्ता टोलीका नेताहरूले संस्थागत निर्णयबाट मात्र विश्वासको मतबारे टुंगो लगाउनुपर्ने बताउनु र केपी ओलीको बहुमत रहेको कमिटीबाट त्यो निर्णय नहुने बुझेका नेपालले भीम रावलभन्दा प्रेम आलेको भरोसा गर्नुपर्ने अवस्था आइपुग्यो ।

    वार्ता टोलीमा रहेकासहित १० जना जति आफूनिकट सांसदले धोखा दिन सक्ने हिसाब नेपालले गठबन्धनका नेताहरूलाई सुनाए । तर, त्यसको क्षतिपूर्ति अर्कोतिरबाट हुने जानकारी पनि उनले गराइसकेका थिए । त्यसो त माधव पक्षका अदालतमा गएका २३ मध्ये १२/१३ जनाले मत दिए पनि पुग्ने अवस्था थियो ।

    तर, त्यसबीचमा वामदेव गौतमले पनि माधव नेपाललाई अप्रत्यक्ष साथ दिए । किसान श्रेष्ठले अप्रत्याशित रूपमा माधव नेपाललाई साथ दिए । प्रेम आलेले वचन पूरा गरेर सांसदको संख्या जुटाइदिएपछि माधव नेपाल ढुक्क भए र साउन ३ मै विश्वासको मत लिने निर्णयमा प्रधानमन्त्री पुगे ।

    कार्यदलमा रहेका दोस्रो तहका नेताहरूबाट आफूले साथ नपाउने बुझिसकेका नेपालले प्रेम आलेहरूबाट साथ खोजिसकेका थिए । उनी गठबन्धनमा आफ्नो शक्ति देखाउन चाहान्थे । २३ जना अदालत गएका थिए । अदालत गएका ७ जना विश्वासको मत दिने बेला नेपालसँग उभिन नसके पनि उनले ८ जना थपेर आफ्नो शक्ति देखाए ।

    बिहान एकाएक विश्वासको मत आजै लिने चर्चा चलेपछि एमाले वार्ता टोलीको दुवै पक्षका नेता माधव नेपाल निवास कोटेश्वर पुगे । उनीहरूले नेपाललाई १० बुँदे कार्यन्वयन गर्न र विश्वासको मत नदिन आग्रह गरे । तर, नेपालले आफू एक्लै भने पनि देउवालाई विश्वासको मत दिने अडान लिए ।

    भीम रावल र माधव नेपालबीच भनाभन जस्तै पर्‍यो । भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताहरूले पनि एकाएक आजै विश्वासको मत लिनुको पछाडि एमाले फुटाउने षड्यन्त्र रहेको भन्दै नेपाललाई त्यसमा नफस्न आग्रह गरे । तर, माधव नेपाल निकै अघि बढिसकेका थिए ।

    उनले आफ्नो बहुमत नरहेको र केपी ओलीले जम्मा पारेको कमिटीको निर्णय आफूले नमान्ने भन्दै १० बुँदे सहमतिमा समर्थन नरहेको बताए । त्यसो त १० बुँदे सहमतिप्रति नेपालको असन्तुष्टि रहेको र आफू ओली बराबर हस्ताक्षरसहितको दोस्रो अध्यक्ष हुनुपर्ने सर्त राखेको कुरा यसअघि नै बाहिर आइसकेको थियो ।

    कार्यदलमा रहेका दोस्रो तहका नेताहरूबाट आफूले साथ नपाउने बुझिसकेका नेपालले प्रेम आलेहरूबाट साथ खोजिसकेका थिए । उनी गठबन्धनमा आफ्नो शक्ति देखाउन चाहान्थे । २३ जना अदालत गएका थिए । अदालत गएका ७ जना विश्वासको मत दिने बेला नेपालसँग उभिन नसके पनि उनले ८ जना थपेर आफ्नो शक्ति देखाए ।

    वास्तवमा माधव नेपाललाई उनले भरोसा गरेका दोस्रो तहका नेताहरूले अन्तिम क्षणमा साथ नदिएकोमा साह्रै चित्त दुःखेको छ । उनले आफूलाई भेट्न जाने नेता कार्यकर्तासँग नामै लिएर दाहिने र देब्रे हात भनिएकाहरूले धोखा दिएको बताउने गरेका छन् । तर, त्यो धोखाको घडीमा प्रेम आलेले नेपाललाई काँध थापेको उनी आलेप्रति कृतज्ञ बनेका छन् ।

    माधव नेपालसँगै अदालतमा गएका २३ मध्ये ७जनाले विश्वासको मत नदिए पनि प्रेम आलेसहित ८ जना थपिएको भन्दै नेपालका एक निकट सहयोगीले आफ्नाबाट भएको क्षर्ति आलेबाट पूर्ति भएको टिप्पणी गरे ।

    आलेसँग गएका सांसदहरूलाई पालैपालो मन्त्री बनाउने सम्भावना रहेको छ । पहिलो चरणमा माधव नेपालले ओली समूहबाट गएकामध्ये प्रेम आले र किसान श्रेष्ठलाई मन्त्री बनाउने बताइएको छ । आलेले पर्यटन मन्त्रालय पाउने सम्भावना छ ।

    यद्यपि आलेले भने नेपाल प्रेससँग कुरा गर्दा आफूले मन्त्रीका लागि माधव नेपाललाई साथ दिएको नभइ रावलहरूले धोखा दिएकाले विगतमा पनि माधव नेपालकै टिमको एउटा सदस्यका रूपमा साथ दिएको बताए । उनले अदालतसम्म माधव नेपालसँग गएर विश्वासको मत दिने बेला भाग्नेहरू दोगला चरित्रका व्यक्ति भएको भन्दै निर्णायक बेलामा आफू उभिएको बताए ।

    आलेले भने, ‘म त दुईपटक वनमन्त्री भइसकेँ, अब मन्त्री पाउँछु भनेर लागेको होइन । यस्तो हल्ला ती व्यक्तिले गर्दैछन् जो हिजो सधैँभरी पार्टी र सरकारको विरुद्ध लागे । मुद्दासमेत लिएर अदालत गए अहिले जितेपछि अदालतको अवहेलना गरेर मैदान छाडेर भागेका छन् । हिम्मत भए कि पक्षमा कि पार्टीको निर्णय अनुसार विपक्षमा मतदान गर्न सक्नुपर्थ्यो ।’

    आलेले नेम्वाङलाइ भनेका थिए- अर्को मान्छे खोज्नु

    २०७४ को चुनावअघि ओलीसँग नजिकिएका आलेले त्यसपछि माधव नेपाल गुट छाडेका थिए । रावलहरूका कारण आफूले ओली गुट रोजेको उनले बताउने गरेका थिए । सुदूरपश्चिममा ओलीलाई बलियो बनाउन आलेले आफ्नो ठाउँबाट सक्नेजति सबै गरेका पनि हुन् ।

    राजनीतिक रूपमा रावल नेता भए पनि मान्छे तान्ने र व्यवस्थापन गर्नेमा आले अगाडि छन् । उनले कतिपय सांसदहरूलाई पनि आर्थिक सहयोग गर्ने गरेका छन् । बालुवाटारमा राति २ बजेसम्म पनि सांसद र केन्द्रीय सदस्यहरूलाई लगेर आलेले बैठक गराउँथे ।

    आलेलाई ओलीले पछिल्लोपटक मन्त्री बनाए । तर, जसपालाई भित्र्याउने बेला उनी बाहिरिए । लीला श्रेष्ठ, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ निरन्तर रहँदा आफू ५ महिनामै फालिएको भन्दै उनले गुनासो गरेका थिए । निकटस्थहरूसँग ‘म २२ क्यारेट परेँ, ओली गुटको २४ क्यारेट नहुँदा फालिएँ’ भन्ने गर्थे ।

    नेकपा विभाजनकै बेला एक दिन बालुवाटारमा अनौपचारिक बैठक थियो । त्यहाँ मन्त्री नपाए सांसद भड्किने चर्चा चल्यो । तत्कालीन वनमन्त्री आलेले भने- ‘प्रधानमन्त्रीज्यू, म दुई दिनलाई भने पनि मन्त्री भइहालेँ । यदि मैले छाडेर तपाईं बलियो बन्नुहुन्छ भने म हट्न तयार छु ।’

    मन्त्रीबाट हटेलगत्तै उनले सुवास नेम्वाङलाई फोन गरेर भनेका थिए- ‘चुनाव हुने भयो भने म अब उम्मेदवार बन्दिन्, डोटीबाट कसलाई चुनाव लडाउने हो आफ्नो उम्मेदवार खोज्नुहोला । पुनःस्थापना भयो भने तपाईंहरूका सांसद आफैं जम्मा गर्नुहोला । हेड काउन्ट गर्ने बेला म तपाईंहरूसँग हुन्न ।’

    मन्त्रीबाट हटेकोमा असन्तुष्ट भए पनि आलेले गुट परिवर्तन गर्ने सोचेका थिएनन् नेताहरूले । हट्नु पर्दाको असन्तुष्टि त सबैमा छ भनेर सामान्यीकरण गरियो । तर, आले भित्रभित्रै सांसदहरूसँग छलफलमा जुटिसकेका थिए । प्रतिनिधिसभा पुनःस्थापनापछि उनले कम्तीमा ६ जना सांसदको समर्थन माधव नेपाललाई जुटाएपछि शुरूमा नपत्याएका माधव पछि ढुक्क भए ।

    यसबीचमा आले रिसाउने अर्को प्रकरण सशस्त्र प्रहरीका एक डीआईजी भए । सशस्त्रका डीआईजी प्रवीण श्रेष्ठ आलेका गृहजिल्लाबासी हुन् । उनले आलेबाट ठूलो भरोसा गरेका थिए । उनको एक वर्ष म्याद थपिँदा आईजीपी हुनेवाला थिए ।

    उनले यो कुरा प्रधानमन्त्रीलाई भने । प्रधानमन्त्रीका स्वकीयसचिव राजेश बज्राचार्ययसँग ह्वाट्एपमा भिडियो च्याट नै गर्दै आफूले सिफारिस गरेको व्यक्ति अन्यथा होइन भन्दै डोटीको बासिन्दा रहेका प्रमाण नागरिकता समेत देखाए ।

    गृहमन्त्री खगराज अधिकारी थिए । तर, प्रवीण श्रेष्ठको म्याद थप मन्त्रिपरिषद्‍मा पुगेर पनि भएन । त्यसपछि उनी झनै रुष्ट भए । प्रवीण श्रेष्ठ अहिले सर्वोच्च अदालत गएका छन् भने आले सत्तारुढ गठबन्धनमा पुगेका छन् यही प्रकरणपछि ।

    त्यसपछि आलेले माधव नेपाललाई भेटेर भनेका थिए- ‘जति सांसद ओली पक्षमा लगेको थिएँ, त्यति नै सांसद लिएर आउँछु । शुरूमा माधव नेपालले पत्याएका थिएनन् तर आलेले प्रमाणित गरिदिए ।’

    प्रेम आले रुष्ट भएको थाहा पाएका विष्णु पौडेलले उनलाई सम्झाउन खोजेका थिए । तर, आले निकै पर पुगिसकेका थिए । एक दिन पौडेलले फोन गरेर सोधे- आलेजी कहाँ हुनुहुन्छ ? आलेले जवाफ दिए- म त सडकमा छु । पौडेलले फेरि भने- हामी पनि त सडकमै छौं नि आउनुस् कुरा गरौं । तर आले बिरामी छु भन्दै गएनन् ।

    आलेलाई ओलीले पछिल्लोपटक मन्त्री बनाए । तर, जसपालाई भित्र्याउने बेला उनी बाहिरिए । लीला श्रेष्ठ, वसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ निरन्तर रहँदा आफू ५ महिनामै फालिएको भन्दै उनले गुनासो गरेका थिए । निकटस्थहरूसँग ‘म २२ क्यारेट परेँ, ओली गुटको २४ क्यारेट नहुँदा फालिएँ’ भन्ने गर्थे ।

    आले जसरी पहिले भीम रावलसँग नमिलेर ओली गुटमा लागेका थिए । पछिल्लो समय लेखराज भट्ट, कर्ण थापा र निरु पालहरूसँग मिलेनन् । आफूलाई हटाएर नारदमुनी रानालाई आफ्नै मन्त्रालय दिएपछि आलेले ओलीलाई छाड्ने निर्णय गरिसकेका थिए, तर रावलहरूका कारण मात्र रोकिएका उनले बताउने गरेका थिए ।

    त्यसो त आलेसहितले देउवालाई विश्वासको मत दिने थाहा पाएपछि झपट रावल ‘प्रतिगामीहरू हिजो केपी ओलीको विघटनमा साथ दिए र आज केपी कमजोर भएपछि फेरि विश्वासको मत दिने भन्दैछन्’ भन्दै राजनीतिको यस्तो अनैतिक खेलमा नलाग्ने भन्दै मतदानमा भाग नलिइ बाहिरिएिका थिए ।

    परिस्थिति अन्तिममा यस्तो भयो, संसद जोगाउन भन्दै गठबन्धन बनाउने र अदालतमा जाने भीम रावलले राजीनामा दिए । संसदको स्थायित्वका लागि मुद्दा लड्ने झपट रावल अन्तिममा आफूले मुद्दा लडेर ब्युँताएको संसद र समर्थन गरेको प्रधानमन्त्रीको पक्षमा मत नदिइ संसदबाट बाहिरिए । तर, संसद विघटनको सिफारिस गर्ने मन्त्रिपरिषदका सदस्य आले रावलहरूको ठाउँमा पुगे ।

    मन्त्री हुँदाका असन्तुष्टी

    नेकपा विभाजनकै बेला एक दिन बालुवाटारमा अनौपचारिक बैठक थियो । त्यहाँ मन्त्री नपाए सांसद भड्किने चर्चा चल्यो । तत्कालीन वनमन्त्री आलेले भने- ‘प्रधानमन्त्रीज्यू, म दुई दिनलाई भने पनि मन्त्री भइहालेँ । यदि मैले छाडेर तपाईं बलियो बन्नुहुन्छ भने म हट्न तयार छु ।’

    त्यसबेला अरु कसैले आफू छाड्न तयार छु भएनन् तर आलेले भन्दा तत्कालीन प्रधानमन्त्री ओली शन्तुष्ट भएका थिए । आले मन्त्री भएपछि लगातार अभिव्यक्तिका कारण विवादमा परे । पछिल्लोपटक अक्सिजन सिलिण्डरमा फोटो राखेर निर्वाचन क्षेत्रमा पठाएको प्रकरण निकै विवादित बन्यो ।

    आलेले आफ्नो जिल्लामा अक्सिजन पठाउन तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग धेरै आग्रह गरेका थिए । तर, सहयोग नपाएपछि उनी आफैंले किनेर अक्सिजन सिलिण्डर पठाए । कार्यकर्ताले त्यसमा फोटो टाँसे । आलेले व्यक्तिगत रूपमा किनेर पठाएको सिलिण्डरमा कार्यकर्ताले फोटो टाँस्नु स्वभाविक थियो ।

    त्यही प्रकरण एक दिन मन्त्रिपरिषद् बैठकमा उठ्यो । स्वास्थ्यमन्त्रीले सहयोग नगरेपछि आफूले व्यक्तिगतरूपमा किनेर पठाएको आलेले बताए । प्रधानमन्त्री ओलीले ‘अक्सिजन सिलिण्डर मन्त्रीले बोक्ने होइन’ भनेपछि आलेले ‘त्यसो भए म मेरा जनतालाई मर्न दिउँ ? ’ भनेर जवाफ फर्काएका थिए ।

    मन्त्रीबाट हटेलगत्तै उनले सुवास नेम्वाङलाई फोन गरेर भनेका थिए- ‘चुनाव हुने भयो भने म अब उम्मेदवार बन्दिन्, डोटीबाट कसलाई चुनाव लडाउने हो आफ्नो उम्मेदवार खोज्नुहोला । पुनःस्थापना भयो भने तपाईंहरूका सांसद आफैं जम्मा गर्नुहोला । हेड काउन्ट गर्ने बेला म तपाईंहरूसँग हुन्न ।’

    त्यसो त आले प्रकृति संरक्षण कोषको अध्यक्षमा योजना आयोगका सदस्य प्रधानमन्त्रीका काका पर्ने कृष्णप्रसाद ओलीलाई अध्यक्ष बनाएकोमा पनि असन्तुष्ट थिए । यसअघि वन तथा वातावरण मन्त्री कोषको अध्यक्ष हुने प्रावधान रहे पनि आफ्नो पालामा ओलीलाई नियुक्त गरेकोमा उनको भित्रभित्रै चित्त दुःखेको निकटस्थहरूलाई सुनाएका थिए ।

    बजेटमा आफूलाई र वन मन्त्रालयलाई नसोधी ढुंगा गिट्टी निकासी गर्ने कुरा राखेकोमा पनि उनी असन्तुष्ट थिए । त्यसको पक्षमा बोल्न भने पनि उनले बोल्न मानेन् । पछिल्लोपटक नेपाल वन निगम लिमिटेडको कार्यकारी अधिकृतमा खुला प्रतिस्पर्धाबाट ७४ नम्बर ल्याएका पंकज दासलाई नियुक्त नगरी ४९ नम्बर ल्याएका रामेश्वर भट्टराईलाई नियुक्त गरिएकोमा पनि उनी असहमत थिए ।

    मन्त्री हुँदाको सन्दर्भमा उनले औपचारिक टिप्पणी गर्न चाहेनन् । तर यति चाहिँ भने–जुन क्याबिनेटमा प्रधानमन्त्रीबाट पूर्ण रुपमा साथ,सहयोग र स्वतन्त्रता प्राप्त हुन्न त्यस्तोमा मन्त्री नहुनू राम्रो । म अब मन्त्री बन्नेहरुलाई पनि त्यहि सुझाव दिन्छु ।

    आले पुनः माधव नेपाल क्याम्पमा पुगेका छन् । उनको सन्दर्भमा हिजो माधव पक्षले पनि राम्रो टिप्पणी गरेको थिएन, आज ओली पक्षले पनि गरिरहेको छैन । तर, संसदीय राजनीतिमा गणितले पनि काम गर्छ । आलेले माधव नेपाललाई गणितबाट सहयोग गरे । सायद उनी मन्त्री बन्नेछन् ।

    हुन त भीम रावलहरूले माधव नेपालको साथ छाडेका छैनन् र छाड्ने अवस्था पनि देखिन्न । पार्टी एकताको लागि उनीहरू एक कदम पछि हटेका छन् । तर, आलेले भने यही मौकामा आफ्नो स्थान माधव नेपाल क्याम्पमा सुरक्षित गरेका छन् ।

  • २२ सांसदलाई पुगेन एमालेको स्पष्टीकरण पत्र, कारवाही गरिए मुद्दा हाल्ने नेपाल पक्षको चेतावनी

    २२ सांसदलाई पुगेन एमालेको स्पष्टीकरण पत्र, कारवाही गरिए मुद्दा हाल्ने नेपाल पक्षको चेतावनी

    काठमाडौं । नेकपा एमालेको हिजो बसेको १०औं केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई मत दिने माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, तोकिएको समय घर्किनै लाग्दा पनि स्पष्टीकरण पत्र भने पठाइएको छैन ।

    सांसद कल्याणीकुमारी खड्काले आफूले अहिलेसम्म स्पष्टीकरण पत्र प्राप्त नगरेको बताइन् । ‘मलाई अहिलेसम्म आएको छैन्’, उनले नेपाल प्रेससँग भनिन्, ‘स्पष्टीकरण सोधिएको बाहिरबाट सुनेका चाहिँ हौं।’

    अर्की सांसद समिना हुसेनले पनि आफूलाई कुनै स्पष्टीकरण पत्र प्राप्त नभएको बताइन् । स्पष्टीकरण पत्र आएमा अदालतको मानहानी गरेको मुद्दा हाल्ने उनले चेतावनी दिइन् ।

    ‘मलाई स्पष्टीकरण आएको छैन्,’ उनले नेपाल प्रेससँग भनिन्, ‘स्पष्टीकरण आएमा जवाफ होइन हामी यसपाली मानहानीको मुद्दा हाल्छौं ।’

    सर्वोच्च अदालतले संविधानको ७६ को (५) अनुसार सदनमा सांसदलाई दलको ह्वीप नलाग्ने व्याख्या गरिसकेकाले आफूहरूलाई कुनै कारवाही गर्न नमिल्ने हुसेनको जिकिर छ ।

    एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले स्पष्टीकरण पत्र आज पठाउने बताए । ‘आज पठाउँदै छौं,’ तामाङले भने, ‘सबै औपचारिकता पूरा गरेरै स्पष्टीकरण पत्र पठाउँछौं ।’

    एमालेको केन्द्रीय कमिटीको १० औं बैठक आज पनि बस्दैछ । दिउँसो च्यासलमा बस्ने बैठकले कारवाहीसम्बन्धी निर्णय लिने बताइएको छ ।

  • एमालेको कारवाही सामनाबारे छलफल गर्न २२ सांसदसहित माधव नेपालको बैठक

    एमालेको कारवाही सामनाबारे छलफल गर्न २२ सांसदसहित माधव नेपालको बैठक

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा (एमाले) का २२ सांसदसहित वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् ।

    आजै बसेको एमालेको केन्द्रीय कमिटी बैठकले विश्वासको मत दिने नेता नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्न २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

    नेपाल पक्षका एक सांसदका अनुसार डल्लुमा उनीहरूबीच आन्तरिक छलफल जारी छ । पार्टीको कारवाहीको कसरी सामना गर्ने र सरकारमा सहभागी हुने/नहुने बारे छलफल भइरहेको बताइएको छ।

  • एमालेको नीति- २२ जनालाई कारवाही, अरुलाई जेठ २ मै फर्केर महत्वपूर्ण जिम्मेवारी

    एमालेको नीति- २२ जनालाई कारवाही, अरुलाई जेठ २ मै फर्केर महत्वपूर्ण जिम्मेवारी

    काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यमाथि अनुशासनको कारवाही अघि बढाएको छ । केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

    बैठकले अब माधव नेपाल एमालेमा नफर्किने र एमालेमा स्वीकार गर्न पनि नसकिने निष्कर्ष निकालेको छ । नेपालले आइतबार बिहान आफ्नै निवासमा पुगेका कार्यदलका नेताहरूसँग आफू अल्पमतमा रहेको कमिटी बैठकमा नजाने र त्यसका निर्णय नमान्ने बताएका थिए ।

    भीम रावल, भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताले भनेको समेत नेपालले नमानेको प्रसंग कोट्याउँदै आइतबारको बैठकमा अध्यक्ष ओलीले माधव नेपालजस्ता गद्दारलाई अब एमालेमा कुनै स्थान नरहेको बताए ।

    माधव नेपालसहित २२ जना एमाले सांसदले पार्टीको निर्णयविपरीत देउवालाई विश्वासको मत दिएका थिए । त्यसमा यसअघि केपी ओली पक्षमा रहेका ८ जना सांसद छन् भने बाँकी १४ जना माधव नेपाल समूहका हुन् ।

    माधव नेपाललाई सधैँ साथ दिँदै आएका १० जना सांसदले विश्वासको मतको बेला संसद बैठक छाडेका थिए भने भीम रावलले राजीनामा दिएको घोषणा गरे । देउवालाई विश्वासको मत दिने २२ मध्ये ११ जना समानुपातिक सांसद छन् ।

    ओली पक्षका समानुपातिक सांसद विनादेवी बुढाथोकी, पार्वती विसुंखे र समिना हुसेनले अन्तिम क्षणमा देउवालाई मत दिएका थिए । त्यस्तै माधव पक्षका समानुपातिक सांसद मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण कायस्थ, निरा जैरु, कलिला खातुन, लक्ष्मी चौधरी र कल्याणी खड्काले देउवालाई मत दिएका थिए ।

    प्रत्यक्ष निर्वाचिततर्फ तेह्रथुमका भवानी खापुङ, काठमाडौं २ का माधवकुमार नेपाल, काठमाडौं ८ का जीवनराम श्रेष्ठ र ललितपुर २ का कृष्णलाल महर्जन देउवाको पक्षमा उभिए ।

    त्यस्तै दाङ १ का मेटमणी चौधरी, मकवानपुर २ का विरोध खतिवडा, दाङ ३ का हिराचन्द्र केसी, तनहुँ १ का कृष्णकुमार श्रेष्ठ किसान,डोल्पाका धनवहादुर बुढा, मुगुका गोपाल बम र डोटीका प्रेम आलेले पनि देउवालाई विश्वासको मत दिएका थिए ।

    देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेमध्ये ७ जनाले मतदानमा भाग लिएनन् भने झलनाथ खनाल दिल्लीमा उपचाररत् छन् ।

    एमालेले २२ जनालाई कारवाही गर्ने र अन्य सबैलाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएर अघि बढाउने रणनीति बनाएको छ ।

    त्यसकै लागि जेठ २ मा फर्किने गरी १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे सहमति केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

    माधव नेपालले कार्यदलको रिपोर्ट स्वीकार नगरेकाले अब कार्यदलमा रहेका नेताहरुले पनि सोच्नुपर्ने र माधव नेपालबाहेक भएर पनि पार्टी एकता बचाउनुपर्ने केपी ओली पक्षको तर्क छ ।

    नेपाल पक्षका २२ जनाले भने २४ घण्टाभित्र स्पष्टीकरण नदिने भएका छन् । सर्वोच्च अदालतले देउवालाई विश्वासको मत दिएका आधारमा कारवाही गर्न नमिल्ने भनेकाले एमालेले कारवाही गरे त्यो अदालतको अवहेलना हुने सांसद निरा जैरुले बताइन् ।

    तर, एमालेले भने अदालतको फैसलाले सांसद पदबाट कारवाही गर्न नमिल्ने भने पनि पार्टी अनुशासन उल्लंघनमा पार्टीले कारवाही गर्ने बताएको छ ।

  • सबै नेपालीलाई पुग्ने गरी खोपको व्यवस्था गरेका छौं, कसैले खोप-खोप भनिरहनु पर्दैन : ओली (भिडियो)

    सबै नेपालीलाई पुग्ने गरी खोपको व्यवस्था गरेका छौं, कसैले खोप-खोप भनिरहनु पर्दैन : ओली (भिडियो)

    काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड खोपलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।

    हिजो सदनमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड खोप आफ्नो प्राथमिकतामा रहेको बताएका थिए । केन्द्रीय कमिटी बैठकमा ओलीले सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताएका छन् ।

    ‘केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पुर्‍याएका छौं । दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरू र तदअनुसारको प्रबन्ध र सबै नेपालीलाई क्रमशः लगाउने पुग्ने गरी खोपको व्यवस्था गरेका छौं’, निवर्तमान प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘अब कसैले प्राथमिकता खोप, खोप, खोप भनेर जोड दिइरहन आवश्यक छैन ।’

    आफू नेतृत्वको अघिल्लो सरकारले बाढी, पहिरो र डुबानपीडितलाई पनि आवाससहित राहतको आवश्यक व्यवस्था मिलाएको उनको दावी छ । देश र जनताका लागि गर्व गर्न लायक काम गरेपनि अन्य दलहरुले आफ्नो अस्तित्व रक्षाका लागि त्यसको विरोध गर्नु परेको उनको तर्क छ ।

    ओलीले भने, ‘केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको विरोध गरेका हुन् । पार्टीभित्रका महत्वकांक्षीहरूलाई सुर्‍याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ ।’

     

  • बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै, एकता पक्षधर नेताहरूलाई समेट्ने उपाय खोजिँदै

    बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दै, एकता पक्षधर नेताहरूलाई समेट्ने उपाय खोजिँदै

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्यहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटतर्फ लागेका छन् । केन्द्रीय कमिटी बैठक सकिएलगत्तै स्थायी कमिटी बैठकका लागि उनीहरू बालकोटतर्फ लागेका हुन् ।

    पछिल्लो राजनीतिक अवस्थाबारे विश्लेषण गरी भोलिको बैठकका कार्यसूची तय गर्न एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो । केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना नेतासँग स्पष्टीकरण सोधेको छ ।

    २४ घण्टे स्पष्टीकरणपछि उनीहरूमाथि कस्तो कारवाही गर्ने भन्ने बारे स्थायी कमिटीमा छलफल हुने बताइएको छ । यसका साथै माधव नेपाल समूहका रहेका तर शेरबहादुर देउवालाई विश्वासको मत नदिई पार्टी एकताको पक्षमा उभिएका नेताहरूलाई कसरी समेट्ने भन्ने बारेमा पनि नेताहरू छलफलमा जुटेका छन् ।

  • एमाले केन्द्रीय कमिटी बैठकबाट १० बुँदे सहमति अनुमोदन, २२ जनालाई २४ घण्टे स्पष्टीकरण

    एमाले केन्द्रीय कमिटी बैठकबाट १० बुँदे सहमति अनुमोदन, २२ जनालाई २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ ।

    सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए ।

    बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यन्वयनमा लगे पनि ामधव नेपालले नमानेको बताए । बैठकमा आउन आग्रह गर्न गएका कार्यदलका सदस्यहरुसँग नेपालले आफू अल्पमतमा रहेको बैठकमा नआउने जवाफ दिएर पठाएको ओलीले बताए ।
    ओलीले भने–कोटेश्वर घर पुगेका कार्यदललाइ अल्पमतको बैठकमा जान्न भन्ने जबाफ आयो। भिम रावलहरुले देउबालाई बिस्वासको मत नहाँलौ पार्टी एकताबद्ध बनाउँ भन्दा म बिधि निर्णय मान्दिन एक्लै भएनि भोट हाल्छु भनेर हप्काएर पठाए ।
    ओलीले माधव नेपालले कम्युनिस्ट आन्दोलनमा गद्दारी गरेको भन्दै क्षमा हुन नसक्ने बताए ।

    अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्ने भएको छ ।

    स्पष्टीकरण सोधिने २२ सांसद यसप्रकार छन् :-

  • ओलीको विश्लेषण- एमालेमाथि देउवाले ठूलो दमन गर्न सक्छन्, सशक्त प्रतिवादको लागि तयार बनौं

    ओलीको विश्लेषण- एमालेमाथि देउवाले ठूलो दमन गर्न सक्छन्, सशक्त प्रतिवादको लागि तयार बनौं

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरू गर्ने भन्दै सशक्त प्रतिवादका निम्ति तयार रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

    केन्द्रीय कमिटीको दशौं बैठकलाई सोमबार तुलसीलाल प्रतिष्ठान च्यासलमा सम्बोधन गर्दै ओलीले एमाले पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान आफूले गरिसकेको बताए ।

    ओलीले भने, ‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला शुरू गर्छन् । हाम्रो पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान गरेका छौं । कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो । माओवादी शिथिल छ तर ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो । त्यसैले हामी सचेत र सशक्त प्रतिवादको लागि बस्नुपर्छ ।’

    देउवाले २०४८ सालदेखि नै एमालेमाथि दमनकारी नीति लिएको र ७ वर्ष बालकदेखि धेरैको हत्या गरेको भन्दै ठूलो दमनचक्र चल्न सक्ने ओलीले बताए ।

    ओलीले प्रधानमन्त्री देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको पुतलीजस्तै रहेको बताए । ओलीले एमालेमाथिका सम्भावित आक्रमणविरुद्ध लड्न जुझारु संगठनको विकल्प नरहेको बताए ।

    उनले भने, ‘एमाले चिचिलो काँक्रोजस्तो अरुले औंला ठडाएर देखाउँदा झरेर जाने चिज होइन, जनताको अपार समर्थन भएको पार्टी हो सबैलाई याद होस् ।’

  • माधवसहितका नेतालाई ‘लाल गद्दार’ भन्दै एमाले बैठकस्थल बाहिर प्रदर्शन (भिडियोसहित)

    माधवसहितका नेतालाई ‘लाल गद्दार’ भन्दै एमाले बैठकस्थल बाहिर प्रदर्शन (भिडियोसहित)

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बसिरहेको बेला बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठानबाहिर कार्यकर्ताले जनमतको अपमान गरेको भन्दै माधव नेपालसहितका नेतालाई कारवाहीको लागि दबाब दिएका छन् ।

    ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका कार्यकर्ता र अखिलको समूहले जनताले सूर्यमा भोट हालेर जिताएकाले संसदमा कांग्रेसलाई भोट दिएको भन्दै त्यस्ता नेतालाई कारवाही गर्न माग गरेका छन् ।

    माधव नेपाल पक्षका नेता कार्यकर्तालाई ‘लाल-गद्दार’ को संज्ञा दिँदै उनीहरूले ‘माकुने चोर मुर्दावाद’, ‘व्यापारी र तस्करलाई टिकट दिन बन्द गर’, ‘भ्रष्टाचारीहरूलाई एमाले पार्टी बहिष्कार गर’ जस्ता नारा लगाएका छन् ।

    एमाले १०औं केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।

     

  • रावलको राजीनामाबारे ओलीले भने- हतारिएर किन दिएको ? सकिन्छ भने फिर्ता गराउनुपर्छ

    रावलको राजीनामाबारे ओलीले भने- हतारिएर किन दिएको ? सकिन्छ भने फिर्ता गराउनुपर्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष भीम रावलले हतारिएर सांसद पदबाट राजीनामा दिएको भन्दै फिर्ता लिनुपर्ने बताएका छन् ।

    केन्द्रीय कमिटीको बैठकमा रावलको राजिनामाबारे चर्चा गर्दै अध्यक्ष ओलीले माधव नेपालले १० बुँदे सहमति पालना नगर्ने र देउवालाई विश्वासको मत नदिई नछाड्ने भएपछि रावलले राजीनामा दिए पनि त्यो आवश्यक नरहेको बताए ।

    ओलीले भने, ‘भीम रावलले भन्दा पनि माधव नेपालले देउवालाई एक्लै भने पनि भोट हाल्छु भनेछन् । त्यसपछि सल्लाह नगरी हतारिएर किन राजीनामा दिएको ? माधव नेपालले गद्दारी गरे पनि एमाले पार्टी त छ नि । सकिन्छ भने राजीनामा फिर्ता गर्नुपर्छ ।’

  • एमाले बैठकमा माधव नेपालसहित २२ जनालाई अनुशासनको कारवाही प्रस्ताव

    एमाले बैठकमा माधव नेपालसहित २२ जनालाई अनुशासनको कारवाही प्रस्ताव

    काठमाडौं । नेकपा एमालेले पार्टी निर्णय अवज्ञा गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्ने भएको छ ।

    केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका हुन् ।

    तर, बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेका भन्दै तत्कालै कारवाही हुनुपर्ने माग राखेपछि केहीबेर बैठकमा हो-हल्ला भएको थियो ।

    बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राईलगायतका सदस्यहरुले आजै पार्टीबाट निकाल्नुपर्ने माग राखेका थिए । आजै कारवाही गरेर निकाल्नुपर्छ भन्ने सदस्यहरूले केहीबेर हुटिङ गरेको एक नेताले बताए ।

    यो पनि पढ्नुहोस् : यी हुन् देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद (सूचीसहित)

    बैठकस्थलबाट एक केन्द्रीय सदस्यले भने, पार्टीको निर्णय नमान्ने र पार्टीविरुद्ध गएर मतदान गर्नेमाथि राजनीतिक रुपमा भने पनि कारवाही गर्नुपर्छ भनेर २४ घण्टे स्पष्टीकरणको प्रस्ताव आयो,तर सिंगो हलले तत्कालै कारवाही गर्नुपर्छ भन्ने माग राखेको छ ।’

    सर्वोच्च अदालतले देउवालाई समर्थन गरेका आधारमा सांसदलाई कारवाही गर्न नमिल्ने भनेको छ । तर, पार्टीले विधान अनुसार राजनीतिक निर्णय गर्न सक्ने एमालेले जनाएको छ । सांसद पदबाट हटाउन नमिले पनि पार्टी अनुशासन नमान्नेमाथि पार्टीका जिम्मेवारीबाट हटाउने र सदस्यबाट समेत हटाउन सक्ने एमालेको दावी छ ।

    यी हुन् कारवाही प्रस्ताव गरिएका २२ जना

  • तस्बिर र भिडियोमा एमालेको दशौं केन्द्रीय कमिटी बैठक

    तस्बिर र भिडियोमा एमालेको दशौं केन्द्रीय कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । एमाले एकताका लागि बनेको कार्यदलले जुटाएको १० बुँदे सहमतिको आधारमा एमालेले २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी छैन ।

    नेपाल पक्षले २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेर नेकपा एकीकरण भएकाले अबको बैठक दशौं हुनुपर्ने माग राखेको थियो ।

    यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ ।

    दशौं केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया शुरू भएको एमालेले जनाएको छ ।




    
    
    
    तस्बिरहरू : सरोज बैजु
  • एमालेमा १० बुँदे कार्यान्वयन शुरू, १४ औं भनेर बोलाइएको बैठक दशौंमा परिणत

    एमालेमा १० बुँदे कार्यान्वयन शुरू, १४ औं भनेर बोलाइएको बैठक दशौंमा परिणत

    काठमाडौं । नेकपा एमालेले १० सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार नै २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ ।

    तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा शुरू भएको एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी छैन । तर नेपाल पक्षको माग बमोजिम नै दशौं केन्द्रीय कमिटी बैठक राखिएको हो ।

    नेपाल पक्षले २०७५ जेठ ३ गते नवौं केन्द्रीय कमिटी बैठक बसेर नेकपा एकीकरण भएकाले अबको बैठक दशौं हुनुपर्ने माग राखेको थियो ।

    यसअघि फागुन २८ देखि यसबीचाम एमालेका चारवटा बैठक सकिएर आजको बैठकलाई चौधौं भनिएको थियो । नेपाल पक्षले भने दशौं हुनुपर्ने भनेको थियो ।

    दशौं केन्द्रीय कमिटी बैठक बोलाएर दश बुँदे सम्झौता कार्यान्वयनको प्रक्रिया शुरू भएको एमाले स्रोतले जनाएको छ । कानूनी रुपमा पनि मिलाउन एमालेले दशौं बैठक भनेको बुझिएको छ ।

  • सुदूरपश्चिमबाट माधव पक्षमा दुई सांसद थपिए, रावल ‘मध्यमार्गी’

    सुदूरपश्चिमबाट माधव पक्षमा दुई सांसद थपिए, रावल ‘मध्यमार्गी’

    कैलाली । प्रतिनिधिसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमाले सांसदहरुमध्येको संस्थापन पक्षका धेरै छन् । प्रत्यक्षतर्फ १६ निर्वाचन क्षेत्रमा एमालेका ११ सांसद थिए तर, आइतबारबाट सुदूरपश्चिम प्रदेशका एक सांसदले ओलीको साथ छोडेका छन् ।

    ओली पक्षमा ९ जना जना सांसद रहेकोमा अहिले त्यो संख्या घटेर ८ पुगेको छ । नेपाल पक्षमा ३ जना मात्रै थिए । त्यो संख्या एकले बढेको छ। भीम रावलले राजीनामा दिएपछि उनको सांसद पद रहेन ।

    समानुपातिकसमेत जोड्दा ओली पक्षमा १२ र नेपाल पक्षमा ५ जना हुन्छन् । कैलालीका नारदमुनि राना, कञ्चनपुरका नरबहादुर धामी, बैतडीका दामोदर भण्डारी, बाजुराका लालबहादुर थापा, बझाङका भैरवसिंह, दार्चुलाका गणेश ठगुन्ना र अछामका यज्ञ बोगटी ओली पक्षमा छन् ।

    डोटीका प्रेम आले पनि केहि समय अघि सम्म ओली पक्षमा थिए । आइतबार उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर नेपाल पक्ष रोजेका छन् ।

    नेपाल पक्षमा आलेसँगै अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दीपक प्रकाश भट्ट छन् । भट्ट नेपाल पक्ष भित्र पनि घनश्याम भुसाल निकट हुन् ।

    आइतबार झपट रावल र दीपक प्रकाश भट्टले एमाले जगाउने भन्दै सांसदबाट बाहिरिएका थिए ।

    नेपालका सबैभन्दा विश्वासपात्र मानिएका अछामका भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएर उनी मध्यमार्गी बन्न खोजेका छन् ।

    प्रतिनिधिसभामा एमालेको तर्फबाट समानुपातिकमा प्रदेशका ५ जना थिए ।

    विगतमा नेपाल पक्षमा कैलालीकी लक्ष्मी चौधरी र डडेल्धुराकी निरादेवी जैरु मात्रै थिए । आइतबार कञ्चनपुरकी विना बुढाथोकीले पनि देउवालाई विश्वासको मत दिएर नेपाल पक्ष रोजेकी छन् ।

    अहिले कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक मात्रै ओली पक्षमा देखिएका छन् ।

  • यी १० जना सांसद, जसले एमाले जोगाउन भन्दै संसद ‘बंक’ गरे

    यी १० जना सांसद, जसले एमाले जोगाउन भन्दै संसद ‘बंक’ गरे

    काठमाडौं । आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि । संस्थापन पक्षका नेताहरुलाई प्रेम आले, किसान श्रेष्ठ लगायतका केही सांसद शेरबहादुर देउवालाई विश्वासको मत दिन जाँदैछन् भन्ने जानकारी आइसकेको थियो ।

    तर उनीहरु रोक्ने पक्षमा उभिएनन् । उता माधव नेपाल पक्षमा झन् समस्या थियो । दिउँसै नेपाल निवास कोटेश्वरमा भीम रावल, भीम आचार्य, गोकर्ण विष्ट लगायतका नेताहरुको माधव नेपालसँग भनाभन चलिसकेको थियो ।

    पार्टी एकता हुन लागेका बेला देउवालाई विश्वासको मत दिन हुँदैन र संस्थागत निर्णय गर्नुपर्छ भन्ने उनीहरुको मतमा नेपाल सहमत भएनन् । आफू एक्लै भए पनि देउवाको पक्षमा उभिने बताएर उनले वार्ता टोलीका नेताहरुलाई फर्काएका थिए ।

    देउवाले अचानक विश्वासको मत लिने निर्णय गर्नुको उद्देश्य मिल्न लागेको एमाले विभाजन गर्ने रहेको ठहर दोस्रो तहका नेताहरुले गरे । त्यस लगत्तै च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले विश्वासको मत दिनेहरु एमालेमा रहन नसक्ने निर्णय गर्यो ।

    संसद शुरु भएपछि माधव पक्षका सांसदहरु के गर्ने भनेर संसद भवनमै छलफलमा जुटे । भीम रावलले त दिक्क भएर सांसद पदबाटै राजीनामा दिए । कार्यदलमा रहेर १० बुँदे सम्झौता गरेका नेताहरु मध्यमार्ग खोज्दै थिए ।

    जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भनेपछि माधव नेपाललाई उनी निकट नेताहरुले संसद जोगिन भयो अब एमाले जोगाउन विश्वासको मत नदिउँ भन्ने प्रस्ताव राखे । तर नेपालले आफ्नो निर्णय बदल्न नमानेपछि उनीहरु आफैं बदलिए ।

    देउवाले विश्वासको मत पाउने निश्चित भएपछि उनीहरुले एमाले जोगाउनका लागि कोही त संवादमा रहनुपर्छ भन्ने निष्कर्ष निकाले । यसअघि विश्वासको मत दिनुपर्छ भनेर उग्र कुरा गर्ने कतिपय सांसद समेत एकाएक फेरिए ।

    लामो छलफलपछि कार्यदलमा रहेका नेतासहित १० जना प्रत्यक्ष निर्वाचित सांसदहरुले दुवै पक्षमा मतदान नगर्ने निष्कर्ष निकालेर संसद भवनबाट बाहिरिए । उनीहरुको निर्णयबाट न माधव नेपाल शन्तुष्ट छन् न त केपी ओली नै ।

    तर पनि पार्टी एकता जोगाउने नयाँ अध्याय शुरु भएको प्रतिक्रिया योगेश भट्टराईले दिए । उनले अब एमालेविरुद्ध ठूलो घेराबन्दी शुरु हुने भन्दै केपी ओलीको अहंकार र माधव नेपालको कुण्ठा अन्त्य हुनुपर्ने बताए ।

    यी दश जनाले माधव नेपाललाई छाडेका होइनन् तर न त उनीहरुले माधव नेपाललाई कन्भिन्स गर्न सके, न त माधव नेपालले नै उनीहरुलाई । बरु बाटो अलग गरेर पार्टी एकताको लागि भन्दै उनीहरु बाहिरिए ।

    संसद बंक गर्ने १० जनामध्ये गोकर्ण, योगेश र राजबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेर अदालत जानेमा पर्दैनन् । बाँकी अदालतसम्म गएका हुन् । उनीहरु सबैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् र ८ जना त एमालेका केन्द्रीय सदस्य नै छन् ।

    बाहिरिनेहरु यस प्रकार छन् :

    १. सुरेन्द्र पाण्डे

    २. घनश्याम भुसाल

    ३. गोकर्ण विष्ट

    ४. योगेश भट्टराई

    ५. यज्ञराज सुनुवार

    ६. नारायण खतिवडा

    ७. सोमप्रसाद पाण्डे

    ८. राजबहादुर बुढा

    ९. झपट रावल

    १०. दिपकप्रकाश भट्ट

  • प्रदीप ज्ञवालीको टिप्पणी- उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ ले

    प्रदीप ज्ञवालीको टिप्पणी- उहिले देउवालाई श्री ५ ले नियुक्त गरे, अहिले श्रीमान् ५ ले

    काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवालई श्री पाँच (राजा) ले न्याय दिएको र अहिले श्रीमान् ५ (पाँच न्यायाधीश) ले न्याय दिएर प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन् ।

    प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रयोजनसम्बन्धी छलफलमा नेकपा (एमाले) को प्रतिनिधित्व गर्दै ज्ञवालीले देउवा तीन-तीन पटक नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको स्मरण गरे ।

    ‘तीन-तीन चोटी दलीय विभाजनको शिकार भएका देउवा आज धारा ५ को अपव्याख्याको सहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ,’ उनले भने, ‘इतिहास दुई चोटी दोहोरिन्छ भनिन्छ । उहाँ आफैं दलीय विजभानको शिकार हुनुहुन्थ्यो ।’

    उनले गृहमन्त्री हुँदा र दुई पटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसभित्रको विभाजनको शिकार भएको भन्दै देउवा अरुको पार्टी विभाजन गरेर प्रधानमन्त्री बन्न लागेको आरोप लगाए ।

    ज्ञवालीले दलीय प्रणाली कमजोर हुने दावी गरे । ‘आज एमालेलाई अप्ठ्यारो होला,’ उनले भने, ‘एकछिनलाई जित-हार होला । हामी त्यसमा पनि चिन्तित छैनौं । तर, दलीय प्रणाली कमजोर भयो भने हामी कसैलाई फाइदा हुँदैन ।’

    संविधानको अनौठो व्याख्या भएको भन्दै ज्ञवालीले भने, ‘संविधानको अजिव व्याख्या भयो । हामी त्यसप्रति चिन्तित छौं । सर्वोच्चको आदेशले प्रतिनिधिसभाका हरेक सांसदलाई ह्वीप नलाग्ने भयो । यसले राजनीतिक विभाजन ल्याउँछ ।’

  • वामदेवको टिप्पणी : भीम रावलको राजीनामा अनुपयुक्त (भिडियो)

    वामदेवको टिप्पणी : भीम रावलको राजीनामा अनुपयुक्त (भिडियो)

    काठमाडौं । एमालेका उपाध्यक्ष वामदेव गौतमले अर्का उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनु अनुपयुक्त भएको बताएका छन् । सरकारलाई विश्वासको मत दिने सवालमा अदालतले स्वविवेकीय अधिकार प्रदान गरिसकेपछि कसैले राजीनामा दिइरहनु नपर्ने उनको भनाइ छ ।

    संसद वैठक बस्नुपूर्व पत्रकारहरूसँग कुरा गर्दै गौतमले भने, ‘संवैधानिक इजासले नै राजीनामा गर्न पर्दैन भनेको छ । पार्टीको निर्णय मान्ने भए सरकारको विपक्षमा मतदान गर्ने, नमान्ने भए पक्षमा मतदान गर्ने हो । यसमा राजीनामा दिइहरनु आवश्यक थिएन ।’

    सरकारको पक्षमा मतदान गर्नेहरू पार्टीमा नरहने भनेर आज स्थायी कमिटीले गरेको निर्णयबाट डराउनु नपर्ने गौतमले बताए । उनले भने, ‘यदि कारवाही भयो भने भोलि फेरि सर्वोच्चले पार्टीमा राख भन्छ । यसमा डराउनुपर्दैन ।’

    संवैधानिक इजलासको निर्णय संविधान संशोधनसरह नै हुने गौतमको भनाइ छ । यस इजलासले संसदभित्र मतदानमा स्वविवेकीय निर्णय गर्न पाउने भनेर सुनाएको फैसलालाई उनले लोकतान्त्रिक संस्कृतिको उच्चतम रुप भएको बताएका छन् ।

  • एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

    एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् ।
    नेपाल प्रेससँग कुरा गर्दै रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा बुझाउने बताए ।
    आफू पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ ।
  • वामदेवले भने- सांसदलाई ह्वीप लाग्ने शैलीको निर्णय गर्नु गल्ती हुन्छ, स्वविवेकीय अधिकार हुनुपर्छ

    वामदेवले भने- सांसदलाई ह्वीप लाग्ने शैलीको निर्णय गर्नु गल्ती हुन्छ, स्वविवेकीय अधिकार हुनुपर्छ

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन ह्वीप लगाउने शैलीले गरेको पार्टीको निर्णय गलत रहेको प्रतिक्रिया दिएका छन् । गौतमले सर्वोच्च अदालतको आदेशबमोजिम सांसदलाई स्ववकीय अधिकार रहेको बताएका छन् ।

    गौतमलाई उदृत गर्दै उनका प्रेस संयोजक विश्वमणी सुवेदीले भने, ‘संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासको व्याख्या भएपछि ह्वीप लाग्ने निर्णय गर्नु गल्ती हुन्छ । कुनै पनि संस्थाले आफ्ना सदस्यलाई स्वविवेकीय अधिकार दिन्छ भने त्यो उच्चस्तरको लोकतान्त्रिक अभ्यास मानिन्छ ।’

    गौतम पछिल्लो स्थायी कमिटी र संसदीय दलको बैठकमा उपस्थित भएका छैनन् । प्रतिनिधिसभामा गौतमनिकट एकजना मात्र सांसद छिन् उनकै पत्नी तुलसा थापा । थापा अहिले ओलम्पिकको सिलसिलामा जापान पुगेकी छन् ।

    एमालेले विश्वासको मत नदिन सांसदहरूलाई निर्देशन दिएको छ । देउवालाई विश्वासको मत दिनेहरू एमालेमा नरहने निर्णय स्थायी कमिटीले गरेको छ ।

  • विश्वासको मतमा माधव पक्ष विभाजित, यी हुन् देउवालाई मत दिन तयार सांसद

    विश्वासको मतमा माधव पक्ष विभाजित, यी हुन् देउवालाई मत दिन तयार सांसद

    काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा सांसदहरूलाई स्वविवेक प्रयोग गर्न दिने छलफल भएको छ । माधव समूहमै दुइथरी मत आएपछि नेता नेपालसहितका अधिकांस सांसदले मत दिने भएका छन् ।

    कार्यदलमा रहेका नेताहरूले समूहले निर्णय गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिँदा पार्टी एकताको ढोका आफैंले बन्द गरेको सन्देश जाने भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । उनीहरूले १० बुँदे बमोजिम संस्थागत निर्णयको पक्षमा बोलेका छन् ।

    कार्यदलमा रहेका र नरहेका स्थायी कमिटी सदस्यहरूसँग वरिष्ठ नेता नेपालले छलफल गरेका थिए । भीम आचार्य, गोकर्ण विष्टलगायतका नेताले एमाले मिल्न लाग्यो भनेर हतार-हतार विश्वासको मत लिन खोजिएको र देउवा-प्रचण्डको नियत एमाले फुटाउने प्रष्ट देखिएको बताएका थिए ।

    माधव नेपाल पक्षबाट कार्यदल संयोजकसमेत रहेका उपाध्यक्ष भीम रावल र सुरेन्द्र पाण्डेलगायतका नेता पनि संस्थागत निर्णय गरेर जाने १० बुँदे सहमतिको स्पिरिटविपरीत हुने भनेर पछि हटेका छन् ।

    तर, माधव नेपालसहित सांसदहरू मेटमणी चौधरी, झपट रावल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, यज्ञराज सुनुवार, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, कलिला खान, लक्ष्मी चौधरी, कल्याणी खड्कालगायतले विश्वासको मत दिने भएका छन् ।

    झलनाथ खनाल बिरामी परेर दिल्लीमा छन् । उनले विश्वासको मत दिन आह्वान गरिसकेका छन् । कार्यदलमै रहेका घनश्याम भुसाल पनि संसद जोगाउन आफूहरू अदालत गएकाले त्यसको पक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् ।

    कतिपय ओली पक्षका सांसदले समेत विश्वासको मत दिने दावी नेपाल पक्षले गरेको छ । माधव नेपालले कार्यदलका नेताहरूसँग आफू एक्लै भने पनि विश्वासको मत दिने पक्षमा रहेको बताएका थिए ।

    एमालेले देउवालाई विश्वासको मत दिनेहरू आजैबाट एमाले नरहने निर्णय गरिसकेको छ ।

  • दिल्लीबाट झलनाथले भने- देउवा सरकार दुई वर्ष निर्वाध चल्नुपर्छ

    दिल्लीबाट झलनाथले भने- देउवा सरकार दुई वर्ष निर्वाध चल्नुपर्छ

    काठमाडौं । दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारप्रति समर्थन जनाएका छन् । यो सरकार दुई वर्ष निर्वाध चल्नुपर्ने उनको धारणा छ ।

    खनालले एमाले संसदीय दलका सबै सदस्यहरूलाई ‘कुनै अलमल र आक्रोशबाट प्रभावित नभइकन’ देउवा सरकारलाई विश्वासको मत दिन आग्रहसमेत गरेका छन् ।

    खनालको नाम र हस्ताक्षरसहित आजैको मितिमा जारी विज्ञप्तिमा भनिएको छ, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा रहनेछ ।’

    सकेसम्म पार्टीले सर्वसम्मत रूपबाटै देउवालाई विश्वासको मत दिनुपर्ने खनालको राय छ । त्यो भएन भने विधिपूर्वक अन्तरपार्टी वैचारिक बहसहरु सञ्चालन गर्नुपर्ने उनले बताएका छन् ।

    उनी थप्छन्, ‘लोकतान्त्रिक आन्दोलनका सहयोग देउवाको नेतृत्वमा बनेको सरकार दुई वर्ष निर्वाध चल्नुपर्छ । यो सरकार सबै लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थिहरुको साझा सरकार बन्नुपर्छ ।’

    वरिष्ठ नेता खनाल स्वास्थ्यमा समस्या आएपछि दिल्लीमा उपचारका लागि गएका थिए । उनको मिर्गौला फेल भएको छ ।

  • एमाले बैठक: देउवालाई मत दिनेहरू पार्टीमा नरहने, माधव नेपाल नफर्किने निष्कर्ष (भिडियो)

    एमाले बैठक: देउवालाई मत दिनेहरू पार्टीमा नरहने, माधव नेपाल नफर्किने निष्कर्ष (भिडियो)

    काठमाडौं । नेकपा एमालेले पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको ठहर गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले एमाले विभाजनलाई औपचारिकता दिन हतार-हतार विश्वासको मत लिन खोजिएको ठहर गरेको हो ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै पार्टीले प्रतिपक्षमा रहने र सरकारलाई समर्थन नगर्ने भनिसकेकाले विश्वासको मत नदिन सांसदलाई निर्देशन दिइएको बताए । सम्भव भएसम्म अरु दलसँग पनि सोही आग्रह गरिने उनले बताए ।

    ज्ञवालीले १० बुँदे सहमति कार्यन्वयन गरी पार्टी एकताको रक्षाका लागि निरन्तर प्रयास गरे पनि आज कार्यदलसँगको भेटमा माधव नेपालले त्यसलाई अश्वीकार गरेको जानकारी दिए । उनले माधव नेपालले देउवा सरकारलाई विश्वासको मत दिने जानकारी आफूहरूलाई गराएको बताए ।

    ज्ञवालीले भने, ‘उहाँले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट कार्यदलमा रहनु भएका साथीहरुले त्यसो गर्नु उचित नहुने बताउनुभए पनि उहाँले आफू एउटा बिन्दूमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिन भन्नुभयो ।’

    एमाले बैठकममा कार्यदलका सदस्यहरूले माधव नेपालसँगको छलफलको जानकारी गराएका थिए । नेपाल अब एमालेमा नफर्किने निष्कर्ष बैठकले निकालेको छ । तर, १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने निर्णय बैठकले गरेको छ ।

    पार्टीको निर्णय विपरित देउवालाई विश्वासको मत दिने सांसदहरु आजको दिनदेखि एमाले नरहने ज्ञवालीले बताए ।

     

  • माधव निवासमा उभिएर भीम आचार्यले भने- एमाले फुटाउने नियतले आजै विश्वासको मत लिन खोजियो (भिडियो)

    माधव निवासमा उभिएर भीम आचार्यले भने- एमाले फुटाउने नियतले आजै विश्वासको मत लिन खोजियो (भिडियो)

    काठमाडौं । नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताएका छन् ।

    माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताए ।

    आचार्यले भने, ‘एमालेलाई विभजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम हुँदैछ । दश बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन ।

    सचिव आचार्यले देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समूहमा कुनै छलफल नभएको र पार्टीले पनि निर्णय नगरेको भन्दै केही व्यक्तिले मनलागी गरिहेको बताए । उनले भने, ‘विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल भएको छैन,पार्टीले निर्णय गरेको छैन । मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन ।’

     

  • देउवालाई विश्वासको मत दिनेबारे सामूहिक धारणा बनाउन माधव पक्ष आन्तरिक छलफलमा

    देउवालाई विश्वासको मत दिनेबारे सामूहिक धारणा बनाउन माधव पक्ष आन्तरिक छलफलमा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बारेमा सामूहिक धारणा बनाउन नेकपा एमालेको माधव नेपाल पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

    विघटित कार्यदलका नेताहरूले नेपाल निवास कोटेश्वरमा पुगेर माधव नेपालसँग वार्ता गरेलगत्तै नेपाल पक्षको आन्तरिक बैठक बसेको हो । नेपाल निवासबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत संस्थापन पक्षका नेताहरू बाहिरिएका छन् ।

    माधव नेपाल निवासनजिकै च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । यता नेपाल निवासमा देउवालाई विश्वासको मत दिनेबारे माधव समूहका नेता छलफलमा छन् ।

    माधव नेपाल लगायत २३ जनामध्ये अधिकांस सांसद विश्वासको मत दिनुपर्ने पक्षमा छन् । भीम रावल, सुरेन्द्र पाण्डेलगायत वार्ता टोलीमा रहेका नेताहरूले संस्थागत निर्णयमा जोड दिएका छन् ।

    माधव नेपाल पक्षका २३ मध्ये केही सांसदले मत नदिए पनि देउवालाई विश्वासको मत पुग्नेछ ।

  • वार्ता टोलीका नेताहरु कोटेश्वरमा, संसद जोगाएरमात्र एमाले जोगाउने पक्षमा माधव नेपाल

    वार्ता टोलीका नेताहरु कोटेश्वरमा, संसद जोगाएरमात्र एमाले जोगाउने पक्षमा माधव नेपाल

    काठमाडौं । नेकपा एमालेको विघटित वार्ता टोलीका नेताहरु पार्टी एकता जोगाउन आग्रह गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर जाँदैछन् ।

    शनिवार साँझ अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका दुवै पक्षका वार्ताकार नेताहरु आज वरिष्ठ नेता नेपालको निवास कोटेश्वर जाँदैछन् ।

    केही नेता नेपाल निवासमा पुृगिसकेका छन् । कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार पार्टी एकतामा उभिन नेपाललाई आग्रह गरिने वार्ता टोलीका एक सदस्यले बताए ।

    आजै प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिने तयारी रहेकाले नेपाललाई संस्थागत निर्णयका आधारमा मात्र अघि बढ्न आग्रह गरिने उनले बताए ।

    माधव नेपालले देउवालाई विश्वासको मत दिने बताइसकेका छन् । नेपाल समूहमा १० बुँदे सहमतिमै पनि असहमति छ । नेपालले निर्णय प्रक्रियामा हस्ताक्षरसहितको दोस्रो अध्यक्ष दाबी गरेका छन् ।

    वार्ता टोलीका नेताहरु सुवास नेम्वाङ, भीम रावल, बिष्णु पौडेल लगायत नेपालसँग छलफल गर्न कोटेश्वर पुग्दैछन् । नेपालले अब संसद जोगाउने प्रक्रिया टुंगिएपछिमात्र एमाले एकताको प्रक्रिया थाल्ने निकटस्थहरुसँग बताएका छन् ।

  • संसदमा एमालेको माधव नेपाल समूहका सांसद प्रतिपक्षमै बस्ने

    संसदमा एमालेको माधव नेपाल समूहका सांसद प्रतिपक्षमै बस्ने

    काठमाडौं । कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएका माधवकुमार नेपालसहित एमालेका २३ जना सांसद आजबाट शुरु हुने संसद अधिवेशनबाट प्रतिपक्षी बेञ्चमै बस्ने भएका छन् ।

    यसअघि सत्तापक्षमा रहेको एमाले आजदेखि प्रमुख प्रतिपक्षमा पुगेको छ । एमालेको स्थायी कमिटी र संसदीय दलको बैठकले सशक्त प्रतिपक्षी भूमिकामा रहने र गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

    देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २३ मध्ये एक सांसद तथा एमाले केन्द्रीय सदस्य झपट रावलले आफूहरु प्रतिपक्ष बेञ्चमै बस्ने बताए । उनले एमाले जहाँ रहन्छ आफूहरु त्यहिँ रहने भन्दै केपी ओली र माधव नेपाल एउटै बेञ्चमा बस्ने बताए ।

    उनले भने, ‘हामी संसदको निरन्तरता चाहन्छौं । संसद जोगाउन हामी देउवालाई समर्थन गरेर अदालत गएका हौं तर हाम्रो पार्टी फुटेको छैन ।त्यसैले एमालेका १२१ सांसद एकै ठाउँमा बस्छौं । भोलि संसद जोगाउन पार्टीले निर्णय गरेरै भोट हाल्ने अवस्था आउन सक्छ ।’

    माधव नेपाल पक्षले देउवालाई विश्वासको मत दिने निश्चित छ । तर पार्टी एकै भएकाले माधव पक्ष सत्तापक्षमा भने नबस्ने भएको छ ।

  • एमाले स्थायी कमिटी बैठक बस्दै, विघटित वार्ता टोली १० बुँदे कार्यान्वयन गराउन सक्रिय

    एमाले स्थायी कमिटी बैठक बस्दै, विघटित वार्ता टोली १० बुँदे कार्यान्वयन गराउन सक्रिय

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने महासचिव ईश्वर पोखरेलले बताए ।

    बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर नेपाल समूह सहभागी नहुने भएको छ ।

    पहिले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएर सहमतिमा बैठक बोलाउन नेपाल समूहले आग्रह गरेको छ ।

    शनिबार दिउँसो विघटित वार्ता कार्यदलका नेताहरू सिंहदरबारमा अनौपचारिक संवादमा जुटेका थिए । सोही साझ उनीहरूले अध्यक्ष ओलीलाइ बालकोटमै गएर भेटेका थिए ।

    ओलीले आफू संवादका लागि तयार रहेको भन्दै माधव नेपाललाई बालकोटमा स्वागत गर्ने बताए । वार्ता टोलीले नेपाललाई पनि भेटेर आग्रह गर्ने भएको छ ।

  • अदालतको फैसलाविरुद्ध एमालेले देशैभर भण्डाफोर अभियान चलाउने

    अदालतको फैसलाविरुद्ध एमालेले देशैभर भण्डाफोर अभियान चलाउने

    काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाले निर्दलीयता लाद्न खोजेको भन्दै देशैभर भण्डाफोर अभियान संचालन गर्ने भएको छ ।

    बानेश्वरमा बसेको संसदीय दलको बैठकले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनातामा अभियानका साथ जाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

    ‘आजसम्म दुनियाँमा अदालतले प्रधानमन्त्री तोक्ने कुरा कहीँ पनि गरेको छैन । संसद विघटन बेठिक हो भनेर पुन:स्थापना गरेको भए त्यो मान्न सकिन्थ्यो, भट्टराईले पत्रकारसँग भने, ‘ एउटा दलबाट निर्वाचित भएर अर्को दलमा हस्ताक्षर गर्ने अर्को दलको नेतालाई समर्थनमा जानुलाई नैतिकता ठहराउने काम संसदीय व्यवस्थाको विरोधमा छ । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष छ ।’

    माधव पक्ष बैठकमा अनुपस्थित भएको सन्दर्भमा भट्टराईले भने, ‘केही समयदेखि केही समूह बैठकमा अनुपस्थित हुँदै आउनुभएको छ । ‘माधव नेपालसहित बसेर बनाएको कार्यदलले सर्वसम्मतिमा तयार पारेको १० बुँदा अक्षरस: कार्यान्वयन गर्ने अध्यक्ष केपी ओलीले बैठकमा बताउनुभयो । आगामी बैठकमा उहाँहरू आउनु नै हुनेछ ।’

    संसदीय दलको बैठकले बाढीपहिरोबाट भएको जनधनको क्षति मृत्यु दु:ख व्यक्त गर्दै घाइतेको नि:शुल्क उपचार र उद्धार तथा राहतको लागि यथोचित व्यवस्था गर्न सरकारसँग अनुरोध गरेको छ । त्यस्तै सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउन पनि ध्यानाकर्षण गराएको छ ।

  • एमालेको ठहर- सर्वोच्चले निश्चित व्यक्तिको आकांक्षा पूर्तिका लागि संविधानको अप्रत्यक्ष संशोधन गर्‍यो (पूर्णपाठ)

    एमालेको ठहर- सर्वोच्चले निश्चित व्यक्तिको आकांक्षा पूर्तिका लागि संविधानको अप्रत्यक्ष संशोधन गर्‍यो (पूर्णपाठ)

    काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले संवैधानिक इजलासको फैसलाले बहुदलीय व्यवस्था र राजकीय सत्ता नेपाली जनतामा निहीत रहेको संविधानको आधारभूत प्रस्थापनालाई अतिक्रमण गर्दै तिनलाई कमजोर तुल्याएको ठहर गरेको छ । स्थायी कमिटीको शुक्रबारको बैठकले अदालतको फैसलालाई लिएर जनतामा बहस सिर्जना गर्ने निर्णय लिएको छ ।

    बैठकका निर्णय सार्वजनिक गर्दै एमालेले ताजा जनादेशका लागि जनतामा जाने निर्णयलाई ‘निरंकुश’ भनेर आरोपित गर्ने र कानूनको अपव्याख्या एवं दलीय प्रणालीको आधारभूत संरचना भत्काएर सरकार बन्ने कुरालाई चाहिँ लोकतान्त्रिक भन्ने गलत परिभाषाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातिर धकेलेको जनाएको छ ।

    एमालेले भनेको छ, ‘नियन्त्रण र सन्तुलनको सिद्धान्तबमोजिम राज्यका सबै अंगबीच समन्वय हुन सकेमा मात्रै र सबै आ-आफ्नो सीमाभित्र मर्यादित र संयमित रहन सकेमात्रै लोकतान्त्रिक प्रणाली सुरक्षित र गतिशील हुन सक्छ । लोकतन्त्रका आधारस्तम्भका रूपमा रहेका राज्यका तीनवटा अंगबीचको सन्तुलन सर्वोच्च अदालतको यो फैसलासँगै नराम्रोसँग खलबलिन पुगेको छ ।

    एमालेले पार्टीबाट उम्मेदवार बनेका र दलको चुनाव चिह्न एवं घोषणापत्रका आधारमा जनताले निर्वाचित गरेका प्रतिनिधिहरूले सरकार बनाउने बेलामा चाहिँ जो कसैलाई समर्थन गर्न सक्छन् भन्ने सर्वोच्च अदालतको व्याख्याले वहुदलीय प्रणालीमाथि प्रहार गरेको जनाएको छ ।

    एमालेले भनेको छ, ‘फ्लोर क्रस पनि गर्न सक्छन्, त्यसो गर्दा दलको कुनै ह्वीप लाग्दैन र उनीहरूमाथि कुनै कारवाही गर्न पाइँदैन भन्ने व्याख्या हाम्रो दशकौं लामो संघर्ष, दलीय आस्थाका लागि चुकाएको मूल्य र दलीय प्रणालीको आधारभूत प्रस्थापनामाथिकै प्रहार हो । एउटै दलका सदस्यहरू सत्ता र प्रतिपक्ष बन्ने परिकल्पना कुनै पनि लोकतान्त्रिक प्रणालीले गर्दैन ।’

    निश्चित व्यक्तिका निश्चित आकांक्षा परिपूर्तिका लागि गरिएको संविधानको यस्तो अपव्याख्याले वस्तुतः संविधानको अप्रत्यक्ष संशोधन गरेको एमालेले जनाएको छ ।

    फैसलाका कतिपय प्रश्नहरूप्रति हाम्रो आलोचना, विमति र गहिरो आशंका भए पनि फैसलालाई कार्यान्वयन गर्ने कुरामा भने पार्टी स्पष्ट रहेको त्यसै अनुसार नै फैसला कार्यान्वयन भइसकेको एमालेले जनाएको छ । फैसलाका विभिन्न पक्षलाई लिएर पार्टीले जनतामाझ आफ्ना दृष्टिकोण, मान्यता र अवधारणाहरू बारे बहस सञ्चालन गर्ने एमालेले बताएको छ ।
    बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार पार्टीभित्र र बाहिरका घेराबन्दी तथा असहयोगका बीच सफलता रहेको र देशका पक्षमा धेरै महत्वपूर्ण कामहरु भएको ठहर गरेको छ ।

     

  • तस्बिरमा एमाले स्थायी कमिटी बैठक

    तस्बिरमा एमाले स्थायी कमिटी बैठक

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ ।

    सर्वोच्चको परमादेशसँगै सरकारबाट बाहिरिएपछि एमालेको यो पहिलो बैठक हो । यसअघि अधिकांस बैठक बालुवाटारमा बस्दै आएकोमा आज ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बैठक बसेको हो ।

    एमालेले परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहरसहित शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।

    प्रवक्ता प्रदीप ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।

    बैठकले कार्यदलाई धन्यवाद दिँदै प्रतिवेदन ग्रहण गरेर कार्यदल भंग गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । १० सदस्यीय कार्यदलले असार २७ गते राति एमाले एकताका लागि १० बुँदे सम्झौता गरेको थियो ।

    बैठक चलिरहँदा बैठकस्थल पुगेका माधव पक्षका नेताहरूले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक रोक्न र सहमतिमा अर्को बैठक राख्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले बैठक निर्धारित कार्यसूची अनुसार नै अघि बढ्ने बताएका थिए ।

  • एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने, माधव पक्षले दिए व्यक्तिगत निर्णय हुने

    एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने, माधव पक्षले दिए व्यक्तिगत निर्णय हुने

    काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि नदिने निर्णय गरेको छ ।

    स्थायी कमिटीको बुधबार बसेको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ ।

    एमालेले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यो निर्णयको पालना गर्न निर्देशन समेत दिएको छ ।

    बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए । ज्ञवालीले एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए ।

    ज्ञवालीले भने–पार्टीले प्रतिपक्षमा उभिने निर्ण गरेको छ । कोही साथीहरु सरकारको पक्षमा उभिनु हुन्छ भने सर्वोच्च अदालतले त्यो बाटो खुला गरिदिएको छ उहाँहरु जान सक्नुहुन्छ । तर पार्टीले सबै प्रतिनधिसिभा सदस्यलाई विश्वासको मत नदिन निर्देशन गरेको छ । कोही उता जानु भयो भने व्यक्तिगत निर्णय हुन्छ ।

    आजको संसदीय दलको बैठक पनि नरोकिने उनले प्रष्ट पारे ।

  • एमाले बैठक- १० बुँदे सहमति अनुमोदन,धन्यवादसहित कार्यदल भंग

    एमाले बैठक- १० बुँदे सहमति अनुमोदन,धन्यवादसहित कार्यदल भंग

    काठमाडौं । एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ ।

    शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहणसहित कार्यदललाई धन्यवाद दिँदै कार्यदल विघटन गरेको छ ।

    बैठकको निर्णयबारे जानकारी दिने क्रममा प्रवक्ता प्रदीप ज्ञवालीले आज बस्ने भनिएको संसदीय दलको बैठक निर्धारित समयमै हुने जानकारी दिए ।

    बैठकले कार्यदलाई धन्यवाद दिँदै प्रतिवेदन ग्रहण गरेर कार्यदल भंग गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । १० सदस्यीय कार्यदलले असार २७ गते राति एमाले एकताका लागि १० बुँदे सम्झौता गरेको थियो ।

    बैठक चलिरहँदा बैठकस्थल पुगेका माधव पक्षका नेताहरूले स्थायी कमिटी बैठक र संसदीय दलको बैठक रोक्न र सहमतिमा अर्को बैठक राख्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

  • एमाले बैठकमा रावलले भने- एकताको पहल गरौं, दलको बैठक पनि रोकौं

    एमाले बैठकमा रावलले भने- एकताको पहल गरौं, दलको बैठक पनि रोकौं

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला बैठकस्थलमा पुगेका माधव नेपाल पक्षका नेताहरू १५ मिनेट पनि नबसी फर्किएका छन् । बैठकमा वार्ता टोली संयोजक भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग अनुमति लिएर बोलेका थिए ।

    शुरूमा बोल्न समय माग्दा उपस्थिति र निर्णय पुस्तिकामा हस्ताक्षर गर्न भनिए पनि त्यसपछि रावलले बोलेका थिए । रावलले कार्यदलले काम गरिरहेको भन्दै पार्टी एकता जोगाउन अध्यक्ष ओलीलाई आग्रह गरेका छन् ।

    रावलले स्थायी कमिटी बैठक र आजको संसदीय दलको बैठक रोकेर एकताको पहल गर्न आग्रह गरे पनि अध्यक्ष ओलीले बैठक कार्यसूची अनुसार अघि बढ्छ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए ।

    बैठकमा रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य गएका थिए ।

  • माधव नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकस्थलमा, अध्यक्ष ओलीसँग छलफल गर्ने

    माधव नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकस्थलमा, अध्यक्ष ओलीसँग छलफल गर्ने

    काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला माधव नेपाल पक्षधर दोस्रो तहका नेताहरू तुल्सीलाल स्मृति भवनमा पुगेका छन् । बैठकमा सहभागी हुनु भन्दा पनि आफ्ना कुरा राख्न आएको स्थायी कमिटी सदस्य घनश्याम भुसालले बताए ।

    वार्ता टोली संयोजक भीम रावलसहितका नेताहरु पार्टी बैठक चलिरहेका बेला अध्यक्ष ओलीलाई भेट्न भन्दै च्यासल पुगेका हुन् । अर्का नेता भीम आचार्यले आजको बैठक रोकेर सहमतिमा अर्को बैठक बोलाउन सुझाव दिन आफूहरु आएको बताए ।

    भीम रावल,सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठकस्थलमा पुगेका छन् ।