Tag: नेकपा एमाले

  • माओवादी पृष्ठभूमिका नेताको जिम्मेवारी एमालेमा निरन्तर रहने बादलको दाबी, टोपबहादुरबारे के भने ?

    माओवादी पृष्ठभूमिका नेताको जिम्मेवारी एमालेमा निरन्तर रहने बादलको दाबी, टोपबहादुरबारे के भने ?

    काठमाडौंनेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले ११ औँ महाधिवेशनमा माओवादी पृष्ठभूमिका नेताहरूको जिम्मेवारीमा निरन्तरता हुने बताएका छन्

    प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै टोपबहादुर रायमाझी भने अहिले थुनामा रहेकाले जिम्मेवारीमा निरन्तरता नहुने बताएथुनाबाहिर आएपछि थप निर्णय हुनसक्ने बताए

    उनले भने, ‘माओवादी पृष्ठभूमि भएकाहरूको जिम्मेवारी अधिकांशको निरन्तरता नै होला । नयाँहरू पनि आउनुहोला । त्यसबारेमा पुराना जिम्मेवारीमा भएका सबैको निरन्तरता हुने र अरू नयाँ पनि आउनुहुन्छ ।’

    अहिलेको अवस्थामा पार्टी र देशका लागि आफ्नो भूमिका अझै बाँकी रहेको भन्दै नेतृत्वको निरन्तरता हुँदा आफ्नो पनि हुने बताए ।

  • भोजपुर एमालेकाे निलम्बनमा रहेका कृपाशुरले भोजपुरमै आएर ७५० विद्यार्थीलाई बाँडे ज्याकेट

    भोजपुर एमालेकाे निलम्बनमा रहेका कृपाशुरले भोजपुरमै आएर ७५० विद्यार्थीलाई बाँडे ज्याकेट

    भोजपुर । पूर्वपर्यटनमन्त्री कृपाशुर शेर्पाले ७५० विद्यार्थीहरूलाई ज्याकेट वितरण गरेका छन् । एमाले भोजपुरले गरेको निलम्बनको निर्णय सेलाउन नपाउँदै शेर्पा सामाजिक काम लिएर यहाँ आउनुलाई धेरैले अर्थपूर्णरूपमा लिएका छन् ।

    तर, उनले सेवा र सहायता नै आफ्नो परिचय भएको भन्दै यसमा कुनै राजनीतिक उद्देश्य नरहेको बताए । एक वर्षजति अघि लेखेको एउटा स्टाटसलाई लिएर शेर्पालाई कारबाही गरिएको छ । उनले आफूमाथि शेरधन राईले प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

    रामप्रसाद राई गाउँपालिका- ५ मानेभन्ज्याङ्ग र ६ नम्बर बैकुण्ठेको बेहेरेश्वर र शावित्रा मावि साथै आसपासका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई उनले ज्याकेट वितरण गरेका हुन् ।

    आफ्नो पहलमा सोवर्स एक्सन नेपालले ३६ लाख ७५ हजार मूल्य बराबरको ज्याकेट उपलब्ध गराएको उनले सुनाए । विद्यार्थीहरूलाई ज्याकेट वितरण समारोहमा जनप्रतिनिधि, स्थानीय अगुवाहरू सहभागी थिए ।

  • केन्द्रीय कमिटीमा १० प्रतिशत युवा सुनिश्चित गर्ने एमालेको तयारी

    केन्द्रीय कमिटीमा १० प्रतिशत युवा सुनिश्चित गर्ने एमालेको तयारी

    दाङ । नेकपा एमालेले आगामी महाधिवेशनबाट १० प्रतिशत केन्द्रीय सदस्य युवा छनौट गर्ने तयारी गरेको छ । प्रत्येक निर्वाचन क्षेत्र बाट १ जनागरी १ सय ६५ जना (४० वर्ष मुनिका) युवा महाधिवेशन प्रतिनिधि छनौट भइसकेका छन् ।

    युवा क्लस्टर बाहेक खुलाबाट पनि युवा प्रतिनिधि छानिएका छन् । करिब २ सयको हाराहारी युवा प्रतिनिधि छनौट भएको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए । उनका अनुसार यसपटक केन्द्रीय कमिटीमा युवालाई १० प्रतिशत कोटा सुरक्षित गरिने छ ।

    तर, यसको आधिकारिक निर्णय भने महाधिवेशनको हलले नै गर्ने उनले बताए । यसपटक एमालेको केन्द्रीय कमिटी २५१ सदस्यीय हुनेछ । जसअनुसार १० प्रतिशतले करिब २५ जना युवाले एमालेको केन्द्रीय कमिटी सदस्य बन्ने अवसर पाउनेछन् ।

    नेपालका राजनीतिक दलमध्ये कोटा छुट्याएरै पालिकादेखि केन्द्रीय कमिटीमा युवाको प्रतिनिधित्व गराउने एमाले पार्टी बनेको ज्ञवालीले बताए । एमाले यसअघि सेल कमिटीहरूमा एक तिहाइ, वडा कमिटीमा २५, पालिका कमिटीमा २० र जिल्ला कमिटीमा १५ प्रतिशत युवाको प्रतिनिधित्व गराइसकेको छ ।

  • कुलमान इंगित शंकरको टिप्पणी– लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले

    कुलमान इंगित शंकरको टिप्पणी– लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले

    दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाउन योजना बनाउनेले जस नपाई तेस्रो पक्षले त्यसकै नाममा पार्टी खोलेको टिप्पणी गरेका छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ‘उज्यलो नेपाल पार्टी’ घोषणा गरेकामा इंगित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो टिप्पणी गरेका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’

    उनले नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमाले अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गर्दै आएका छन् ।

    पोखरेलले ७ मंसिर २०८१ मा काठमाडौँको दरबारमार्गमा एमालेले गरेको जागरणसभामा भनेका थिए, ‘केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो । आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनुभयो ।’

  • मुख्यमन्त्रीले मागे विश्वासको मत, ७ दलका ७३ सांसद बाहिरिए

    मुख्यमन्त्रीले मागे विश्वासको मत, ७ दलका ७३ सांसद बाहिरिए

    काठमाडौं । मधेश प्रदेशसभा बैठक सुरू भएको छ । अहिले मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई विश्वासको मत दिन मागसहित सम्बोधन गरिरहेका छन् ।

    उपसभामुख बबिता राउत ईसरले विश्वासको मतको प्रस्ताव पेस गर्न मुख्यमन्त्रीलाई अनुमति दिएकी थिइन् ।

    यादवको सम्बोधन सुरू हुनासाथ विपक्षी गठबन्धन सात दलका ७३ सांसद भने बाहिरिएका छन् । सदनमा एमालेका सांसदहरू मात्र सहभागी छन् ।

    २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले आदेश दिएको थियो ।

  • अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील

    अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अपाङ्गता भएका व्यक्तिका लागि आफ्नो पार्टीले सामाजिक सुरक्षा भत्ताको व्यवस्था उनीहरूलाई समाजले गर्दै आएको नकारात्मक व्यवहार, राजनीतिक एवम् सामाजिक आन्दोलनका माध्यमबाट परिवर्तन गर्दै आएको बताएका छन् ।

    अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले यस्तो बताएका हुन् ।

    राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र नागरिक अधिकार प्राप्तिका लागि अपाङ्गता भएका व्यक्तिहरूलाई सङ्गठित गर्दै पार्टीले नेतृत्वमा स्थापनाको प्रयास जारी राखेको, अपाङ्गता भएका तमाम व्यक्तिले उठान गर्दै आएका विषयलाई पनि समावेश गर्दै आएको उनले बताए ।

    सन्देशमा अध्यक्ष ओलीले ‘अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्र, स्वावलम्बी र मर्यादित जीवनयापन गर्न व्यक्तिगत सहयोगी सेवा, सहायक सामग्री तथा प्रविधि सेवा, पहुँच युक्तता, सामाजिक सुरक्षा, पारा खेलकुदको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीका सवालमा नेकपा एमाले गम्भीर छ’ भनेका छन् ।

  • ओखलढुङ्गामा महाधिवेशन प्रतिनिधि छनौट पुनः अघि बढाउन एमालेको निर्देशन

    ओखलढुङ्गामा महाधिवेशन प्रतिनिधि छनौट पुनः अघि बढाउन एमालेको निर्देशन

    विराटनगर । नेकपा (एमाले) केन्द्रीय कार्यालयले ओखलढुङामा भएको महाधिवेशन प्रतिनिधि चयन बदर गरेको छ । एकलौटी ढङगले प्रतिनिधि छनौट भएको उजुरी परेपछि महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया पुनः शुरु गर्न निर्देशन दिइएको हो । ओखलढुङ्गा जिल्ला कमिटीलाई निर्वाचन प्रक्रिया पाँच दिनभित्र पुनः शुरु गर्न निर्देशन दिइएको छ।

    एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका सम्बन्धमा अपानि–१३ को निर्देशन, आठमध्ये छवटा पालिका कमिटीको माग, बहुसंख्यक इच्छुक उम्मेदवारको असहमति तथा प्रदेश पार्टी कमिटी र केन्द्रीय संगठन विभागको निर्देशनसमेत उल्लङ्घन गरिएकाले प्रतिनिधि चयन मान्य नहुने निर्णय गरिएको निर्देशन केन्द्रीय कार्यालयले दिएको छ।

    यसका लागि सबै आम सदस्यलाई प्रभावकारी माध्यमबाट सूचना प्रवाह गरी पालिकास्तरमै मतदान केन्द्र स्थापना गरी पुनः निर्वाचन प्रक्रिया सञ्चालन गर्न निर्देशन दिएको छ। पुनः निर्वाचनलाई सहज बनाउन प्रदेश इञ्चार्ज शेरधन राई तथा केन्द्रीय नेताहरु विशाल भट्टराई, यज्ञराज सुनुवार र किशोर अधिकारीलाई आवश्यक समन्वय गरी सहयोग गर्न पनि जिम्मेवारी तोकिएको केन्द्रीय कार्यालयले जनाएको छ।

    नेकपा एमालेको एघारौँ महाधिवेशनमा प्रतिनिधि छनोटका लागि शनिबार भएको निर्वाचनमा १ हजार ५ सय १८ मत खसेको थियो। ओखलढुङ्गामा अ्म्बिरबाबु गुरुङ र यज्ञ राज सुनुवार पक्षका विचमा प्रतिस्पर्धा छ । महाधिवेशन प्रतिनिधि छनौटमा गुरुङ पक्षले सदरमुकाममा मात्रै निर्वाचन गराएर प्रतिनिधि छनौट भएको दाबी गरेको थियो ।

  • कस्तो छ मधेशमा मुख्यमन्त्री सरोज कुमार यादवका लागि अंक गणित ?

    कस्तो छ मधेशमा मुख्यमन्त्री सरोज कुमार यादवका लागि अंक गणित ?

    काठमाडौँ । सोमबार सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्चको आदेशलाई शिरोधार्य गर्दै विश्वासको मत लिएर देखाउने दाबी गरेका छन् ।

    नेपाली कांग्रेससहितका ७ दलले दायर गरेको रिटमाथि सर्वोच्चले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन नसके संविधानको धारा १६८(२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको थियो ।

    सोही परमादेश अनुरुप आफूहरु विश्वासको मत लिने तयारी गरिरहेको र दलहरुसँगको परामर्शलाई अगाडि समेत बढाएको मुख्यमन्त्री यादवले जानकारी दिए । जबकि सर्वोच्चको परमादेशसँगै ७ दलीय गठबन्धनले नयाँ सरकार गठनकालागि तयारी थालिसकेको छ । यस हिसाबले मुख्यमन्त्रीको विपक्षमा मधेश प्रदेशसभाको अंकगणित छ ।

    एमालेसँग जम्मा २५ प्रदेशसभा सदस्य छन् जसमध्ये एक जना निलम्बित छन् । जबकि विश्वासको मत पाउनका लागि १ सय ७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत पाउनका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ ।

    नेपाल संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक प्रदेशसभा सदस्य मुख्यमन्त्रीको पक्षमा देखिए पनि राप्रपाले आफ्ना मन्त्री कञ्चन बिच्छामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।

    यता विपक्षमा रहेको गठबन्धनमा कांग्रेसको २२, जसपा नेपालको १८, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ८, एकीकृत समाजवादी पार्टीको ७ र नागरिक उन्मुक्ति पार्टी १ गरी सातदलीय गठबन्धन दुई तिहाइ प्रदेशसभा सदस्य छन् । यस हिसाबले मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना कम देखिन्छ ।

  • मुख्यमन्त्री प्रकरणमा एमाले मधेश अध्यक्षको धारणा– देशीविदेशीले चलखेल गरे, मुख्यमन्त्रीलाई विश्वासको मत लिने प्रयासमा छौँ

    मुख्यमन्त्री प्रकरणमा एमाले मधेश अध्यक्षको धारणा– देशीविदेशीले चलखेल गरे, मुख्यमन्त्रीलाई विश्वासको मत लिने प्रयासमा छौँ

    जनकपुरधाम । नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले देशीविदेशी शक्ति लागेर एमालेको मुख्यमन्त्रीका पक्षमा भएको बहुमतमा प्रहार गर्ने काम भएको बताएका छन् ।

    मंगलबारभित्र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनु पर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै उनले भने, ‘एमालेको मुख्यमन्त्री गैरसंवैधानिक भन्ने अरु दलरुको आरोप त पुष्टि भएन, विश्वासको मत लिने समयभित्र लिनेछौँ ।’

    उनले अघिल्लो सरकारले विश्वासको मत लिन नसकेपछि एमालेले धारा १६८ को उपधारा ३ अनुसार सरकार बनाएको र यो सरकार निर्माण गैरसंवैधानिक भनेर प्रदेश प्रमुखलाई सरकारले हटाए पनि मुख्यमन्त्री चयनमा सर्वोच्चले गलत नभनेको दाबी गरे । उनले भने, ‘यदि एमालेको मुख्यमन्त्री नियुक्ति गलत थियो भने सर्वोच्चले निर्णय उल्ट्याएर पुरानै सरकार स्थापित भइसक्थ्यो ।’

    उनले सर्वोच्चको निर्णय मान्ने बताए । ‘शुरुमा हाम्रो बहुमत थियो, जनमतलाई देशी विदेशी शक्ति लागेर गठबन्धनबाट छुटाउने काम भयो,’ उनले भने, ‘एमाले, कांग्रेस र जनमतको बहुमतमा जनमतलाई छुाइयो, अहिले चैँ कांग्रेससँग पनि हाम्रो वार्ता भएको छैन ।’

    उनले राजनीतिमा विश्वासको वातावरणमा काम गर्नु पर्ने भएर एमालेले काम गरिरहेको तर अरु दलहरुबाट धोका भएको बताए ।

  • सूर्य थापा भन्छन्- एमालेमा नेतृत्व परिवर्तन हुँदैन

    सूर्य थापा भन्छन्- एमालेमा नेतृत्व परिवर्तन हुँदैन

    रूपन्देही । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै आधार नभएको जिकिर गरेका छन् । केपी शर्मा ओली नै एमालेको विवादरहित विकल्प रहेको उनको भनाइ छ ।

    प्रेस चौतारीले रूपन्देहीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले अहिले प्रतिस्पर्धा गर्ने समय नै नभएको र केपी ओलीलाई टक्कर दिने नेतृत्व पार्टीमा कोही हुन नसक्ने दाबी गरे ।

    थापाले ईश्वर पोखरेलले पनि महाधिवेशनको तयारी नगरेकाले अहिले प्रतिस्पर्धाको प्रसंग उठाउनु उपयुक्त नभएको बताए । उनले भने, ‘भदौसम्म कुनै तयारी थिएन, अहिले प्रतिस्पर्धा गर्ने समय होइन ।’

    सडकबाट उठेका मागका आधारमा पार्टी नेतृत्व परिवर्तन नहुने भन्दै उनले एमालेभित्र ओलीकै सशक्त पकड़ रहेको बताए ।

    ‘एमालेको अध्यक्ष केपी ओली हुनु हुँदैन भनेर सडकमा आवाज उठ्यो भन्दैमा नेतृत्व फेरिँदैन । देउवा र प्रचण्डले पनि नेतृत्व छाड्नुपर्छ भन्ने कुरा गर्छन्, तर अरूको एजेन्डा पूरा गर्न हामी बाध्य छैनौँ,’ उनले भने ।

    एमाले र ओली राष्ट्रहितमा उभिएको कारण विभिन्न कोणबाट प्रहार भइरहेको उनको भनाइ छ । केन्द्रीय कमिटीमा ३७८ मध्ये १६ जनाले मात्रै फरक मत राखेको उदाहरण पेश गर्दै उनले ओलीमाथि समर्थन बलियो रहेको दाबी गरे ।

    पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई विद्या भण्डारीलाई सहज बनाउन अघि सारिएको टिप्पणी गर्दै उनले प्रचण्डको ‘सके मिल्ने नभए निल्ने’ प्रवृत्तिले नै अहिलेको राजनीतिक अस्थिरता देखिएको उनको टिप्पणी छ ।

    फागुन २१ को निर्वाचनमा पनि कुनै विशेष तयारी नभएको उल्लेख गर्दै थापाले जित्दा क्या वात्, हार्दा मुर्दावाद भन्ने स्वभाव भएका व्यक्तिहरूले प्रतिस्पर्धामा जानु नै व्यर्थ हुने टिप्पणी गरे ।

  • ढाडमा केपी ओलीको ट्याटु खोपेका उज्ज्वल एमालेको महाधिवेशन प्रतिनिधि चुनिए

    ढाडमा केपी ओलीको ट्याटु खोपेका उज्ज्वल एमालेको महाधिवेशन प्रतिनिधि चुनिए

    सर्लाही । ढाडमा केपी ओलीको ट्याटु खोपेका सर्लाहीका युवा उज्ज्वलकुमार कार्की एमालेको महाधिवेशनमा प्रतिनिधि छनोट भएका छन् । ढाडको टाटुकै कारणले उनको प्रतिनिधि बन्न योग्यता पुगेको भने अवश्य होइन ।

    एमालेको ११ औं महाधिवेशनका निम्ति सर्लाही १ मा पेचिलो प्रतिस्पर्धा थियो । पार्टीभित्रको अन्तरसंघर्षमा कार्की खासै बलिया थिएनन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधि बनेकी अधिवक्ता राधिका खतिवडाले उनको पक्षमा जोडबल गरेकी थिइन् । कार्कीलाई प्रतिनिधि बनाउने कि नबनाउने भन्ने विवादले एक दिनको समय नै लम्बिएको थियो । अन्ततः उनको नाममा सहमति जुटेको हो ।

    अनेरास्ववियुको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेका कार्की केपी ओलीका ‘अन्धभक्त’ हुन् ।

    उनी भन्छन्, ‘विद्यमान संकटको निकास र मुलुकको अग्रगामी हितका निम्ति आजको एमालेमा ओली निर्विकल्प छन् ।’

    कार्कीले २०७२ सालको नाकाबन्दीका समयमा ओलीले लिएको राष्ट्रियताको अडानबाट प्रभावित भएर ट्याटु खोपेका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनी एमालेकै तर्फबाट लालबन्दी नगरपालिका- ८ को वडाध्यक्ष निर्वाचित भएका थिए । एक कार्यकाल जनप्रतिनिधि भएका उनले त्यसपछि सोही पदमा दोहोरिन रुचि राखेनन् ।

  • कोशीमा एमाले अधिवेशन– महाधिवेशन प्रतिनिधि छनौटको निर्वाचनमा तीन जना प्रदेश सभा सदस्य पराजित 

    कोशीमा एमाले अधिवेशन– महाधिवेशन प्रतिनिधि छनौटको निर्वाचनमा तीन जना प्रदेश सभा सदस्य पराजित 

    विराटनगर । नेकपा एमालेको महाधिवेशनका लागि भएको प्रतिनिधि छनौटको निर्वाचनमा ३ जना प्रदेश सभा सदस्य पराजित भएका छन् । सुनसरी क्षेत्र नम्बर १ का दुवै जना प्रदेश सभा सदस्य महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएका हुन् । यस्तै झापाबाट निर्वाचित भएका प्रदेश सभा सदस्य राधाकृष्ण खनाल पनि प्रतिनिधिमा पराजित भए ।

    सुनसरी १ बाट प्रदेश सभामा निर्वाचनमा निर्वाचित भएका प्रदेश सभामा सदस्य रमेशकुमार बस्नेत र विजय कुमार राई महाधिवेशनका लागि भएको प्रतिनिधि छनौटको निर्वाचनमा पराजित भए ।

    कोशी प्रदेशमा झापा क्षेत्र नम्बर २ अन्तरगत भएको प्रतिनिधि छनौटको मत परिणाम आउन बाँकी रहेको छ । सो क्षेत्रमा प्रदेश सरकारका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की उम्मेदवार छन् । यस्तै प्रदेश सभा सदस्य तिल चन्द पाठक पनि उम्मेदवार बनेका छन् । सोही क्षेत्रबाट प्रदेश सभा सदस्य कमला थापा मगर पनि प्रतिनिधिका लागि उम्मेदवार बनेकी छन् ।

    मोरङ क्षेत्र नम्बर ३ को पनि मत परिणाम आउन बाँकी रहेको छ । सो क्षेत्रबाट प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका छन् ।

    सुनसरी क्षेत्र नम्बर २ को पनि मत गणना जारी रहेको छ । सो क्षेत्रबाट प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी उम्मेदवार रहेका छन् ।

  • यी हुन् सुदूरपश्चिमबाट एमालेका महाधिवेशन प्रतिनिधि,डोटीबाहेक सबै जिल्लामा टुंगियो (सूचीसहित)

    यी हुन् सुदूरपश्चिमबाट एमालेका महाधिवेशन प्रतिनिधि,डोटीबाहेक सबै जिल्लामा टुंगियो (सूचीसहित)

    कैलाली । नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि सुदूरपश्चिम प्रदेशका १५ निर्वाचनबाट ११७ प्रतिनिधि चयन भएका छन् । एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई एउटा क्षेत्र बनाएर प्रतिनिधि चयन गरिरहेको छ ।

    सुदूरपश्चिममा १६ प्रतिनिधि सभा छन् । एउटा निर्वाचन क्षेत्र रहेको डोटी बाहेकका सबै क्षेत्रबाट प्रतिनिधि चयन भइसकेका छन् ।

    कैलालीको १, ४ र ५ कञ्चनपुरको १ र ३ बाहेकका सबै क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । कैलालीमा तीन जना दलित क्लस्टरमा प्रतिनिधि र प्रदेशमा कमिटीबाट प्रतिनिधि चयन भएको छैन ।

    कहाँबाट को भए प्रतिनिधि ? 

    कैलाली

    क्षेत्र नम्बर-१ 

    खुला: द्वारिका न्यौपाने र धुव्र खत्री,
    महिलाः  कमला शाही
    युवाः लक्ष्मी आचार्य

    क्षेत्र नम्बर-२
    खुलाः  कर्णबहादुर कुँवर, डेजी पाण्डे र नरबहादुर खड्का
    महिला: ममता रावल र लक्ष्मी शाही
    युवा:  पवित्राकुमारी माझी

    क्षेत्र नम्बर-३ 
    खुलाः  चुलराम चौधरी र करुण बम
    महिलाः इच्छाकुमारी चौधरी
    युवाः  राजबहादुर बुढा

    क्षेत्र नम्बर- ४ 
    खुलाः चक्रबहादुर बोहरा, नरबहादुर तामाङ र भीमबहादुर देउवा
    महिलाः  रत्ना कुँवर जोशी र शान्तिदेवी सिंह
    युवाः शुद्धिराम चौधरी

    क्षेत्र नम्बर- ५
    खुला: धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुङ्गाना
    महिलाः अम्बिका विष्ट र रुकमणी देवकोटा
    युवाः  तीर्थराज भट्टराई

    कञ्चनपुर
    क्षेत्र नम्बर-१ 
    खुलाः पल्लबराज भट्ट र वीरबहादुर थापा
    महिलाः  कमला चौधरी र कल्पना गिरी
    युवाः काशीराम बोहरा

    क्षेत्र नम्बर-२
    खुलाः रणबहादुर महरा र बचनबहादुर सिंह
    महिलाः  लक्ष्मी बुढा र पार्वती जोशी
    युवाः प्रविन बोगटी

    क्षेत्र नम्बर-३
    खुलाः डा. दीपकप्रकाश भट्ट र जनकराज अवस्थी
    महिलाः  कल्पना गिरी
    दलितः  आरपी सार्की
    युवा: ओम बस्नेत

    अछाममा 
    क्षेत्र नम्बर-१
    खुलाः केशरबहादुर साउँद, मीनबहादुर कुँवर र रामबहादुर बुढा
    महिलाः बिन्दु कुँवर र अनिता खड्का
    युवाः डिबी साउँद

    क्षेत्र नम्बर- २ 
    खुलाः चन्द्रबहादुर बोहरा, यमबहादुर बिसी, बलबहादुर कुँवर र भीमबहादुर रावल
    महिलाः सरिता उपाध्याय र निर्मलाकुमारी धमाला
    युवा: टोपबहादुर शाही

    बाजुरा
    खुलाः लालबहादुर ओली, जनककुमार बोहरा, बलदेव रेग्मी, गगन रावल, भरत थापा, मनलाल विष्ट र मेघराज शाही
    महिला:  सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र वसन्ती गुरुङ
    दलितः काशी विक, गौरी सार्की, अमर विक र राजकला सार्की
    युवाः नरेश रोकाया

    बझाङ
    खुल्लाः दिलबहादुर भण्डारी, एलबी रावल, दमन भण्डारी,लालबहादुर खड्का, जनकराज जोशी
    महिलाः जानकी बोहरा, डोल्मा तामाङ, भागरथी सिंह
    दलितः आनन्दलाल विक, शङ्कर रसाइदी
    युवाः पङ्कज भण्डारी

    डडेल्धुरा
    खुलाः गजेन्द्रबहादुर शाही र गजेन्द्र शाही,
    दलितः  चक्रप्रसाद स्नेही,
    महिला: कृष्णा ओझा
    युवा: ज्ञानेन्द्रसिंह भाट

    बैतडी
    खुलाः  सुरेन्द्रबहादुर पाल, चक्रबहादुर कार्की, नरेन्द्र विष्ट, पुष्करराज जोशी, लोकेन्द्र भण्डारी र रामसिंह पुजारा
    महिलाः धाना धामी, सकुन्तला साउँद, पार्वती कार्की र सरस्वती कोली
    दलितः नरेशकुमार विश्वकर्मा, सरस्वती नेपाली, बलभद्र दयाल र कालुराम सार्की
    युवाः गोविन्द गिरी

    दार्चुला
    खुलाः  ज्ञानेन्द्र घर्ती, कृष्ण धामी, रामदत्त जोशी, जनकसिंह ठगुन्ना, धर्मानन्दसिंह मन्याल र रणबहादुर पाल
    महिलाः  माधवी जोशी, ताराकेशरी कुँवर र निर्मला धामी
    दलितः  लालबहादुर विक र मुरारीलाल टमटा
    युवाः उमेशराज जोशी

  • एमाले महाधिवेशनः गुल्मीमा सबै प्रतिनिधि सर्वसम्मत

    एमाले महाधिवेशनः गुल्मीमा सबै प्रतिनिधि सर्वसम्मत

    गुल्मी । नेपाल कम्युष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि गुल्मीबाट २० प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि बन्न ६१ जनाले मनोनयन दर्ता गराएका थिए ।

    एमाले गुल्मीका अनुसार ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गर्न नेतृत्वलाई जिम्मा दिइएको थियो। निर्वाचन क्षेत्र नम्बर १ बाट ९ जना, निर्वाचन क्षेत्र नम्बर २ बाट ८ जना र दलित कलष्टरबाट ३ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

    राष्ट्रिय महाधिवेशनका लागि क्षेत्र नम्बर( १ बाट प्रतिनिधित्व गर्ने ९ जना महाधिवेशन प्रतिनिधिका लागि २७ जनाले मनोनयन दर्ता गरेका थिए ।

    तीमध्ये खुला ५ जनामा बालसिंह काउछा, फर्सुराम पाण्डे, फर्सुराम ज्ञवाली, पिताम्बर अर्याल र रामजी ढकाल चयन भएका छन् । महिलातर्फ ३ जनामा सुशीला पुन, राधिका अर्याल र अञ्जु कडेल खत्री चयन हुँदा युवामा अर्जुन कनौजे सर्वसम्मत छनोट भएका छन् ।

    क्षेत्र नम्बर २ मा ८ जना महाधिवेशन प्रतिनिधिका लागि पनि २७ जनाले मनोनयन दर्ता गरेका थिए । तीमध्ये खुला ४ जनामा हरिप्रसाद पोखरेल, प्रकाश काफ्ले, लिलबहादुर विष्ट र रितबहादुर थापा चयन भएका छन् ।

    महिलातर्फ ३ जनामा ललिता गौतम, कमला शर्मा र सरिता खड्का चयन हुँदा युवामा माधव विष्ट सर्वसम्मत छनोट भएका छन् ।

    दलित कलष्टरबाट १ महिलासहित ३ जनामा ७ जनाको मनोनयन दर्ता भएको थियो । खुलामा कृष्ण सुनार र सूर्य सोनी तथा महिलामा रिता रम्तेल सर्वसम्मत छनोट भएका छन् ।

  • एमाले महाधिवेशनः कञ्चनपुरमा एक स्थानमा सर्वसम्मत, दुईमा निर्वाचन

    एमाले महाधिवेशनः कञ्चनपुरमा एक स्थानमा सर्वसम्मत, दुईमा निर्वाचन

    महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

    निर्वाचन क्षेत्र नम्बर २ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नम्बर १ र ३ मा भने शनिबार निर्वाचन भएको छ । क्षेत्र नम्बर १ बाट खुला सदस्यतर्फ ४ सय ९८ मतसहित पल्लबराज भट्ट र ६ सय ३९ मतसहित वीरबहादुर थापा निर्वाचित भएका छन् ।

    यसैगरी, महिलातर्फ कमला चौधरी ५ सय १७ मत र कल्पना गिरी ५ सय १४ मतसहित निर्वाचित भएका छन् । साथै, युवातर्फबाट काशीराम बोहरा ५ सय २१ मतसहित महाधिवेशन प्रतिनिधिका लागि छनोट भएका हुन् ।

    त्यसैगरी, निर्वाचन क्षेत्र–२ भने पाँच जना सर्वसम्मत भएका छन् । खुला सदस्यमा रणबहादुर महरा र वचनबहादुर सिंह सर्वसम्मत चयन भएका हुन् ।

    महिलातर्फ लक्ष्मी बुढा र पार्वती जोशी सर्वसम्मत चयन भएका छन् भने युवातर्फबाट पनि प्रवीण बोगटी चयन भएका छन् । दलिततर्फ आरपी सार्की तथा युवातर्फ ओम बस्नेत निर्वाचित भएका छन् ।

  • एमाले महाधिवेशनः सिन्धुपाल्चोकबाट १७ प्रतिनिधि चयन

    एमाले महाधिवेशनः सिन्धुपाल्चोकबाट १७ प्रतिनिधि चयन

    सिन्धुपाल्चोक । नेकपा एमालेको ११औँ महाधिवशनमा सिन्धुपाल्चोकबाट १७ प्रतिनिधि चयन भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट प्रतिनिधिहरु छनोट भएका हुन् ।

    केन्द्रको लाइनअनुसार नै दुवै निर्वाचनमा क्षेत्रमा प्यानल खडा गरेर प्रतिनिधि छनोटका लागि निर्वाचन भएको थियो । क्षेत्र नम्बर १ मा ५ खुलाका लागि भएको निर्वाचनमा सर्वाधिक मत ल्याएर एमाले सिन्धुपाल्चोकका पूर्वअध्यक्ष कमल नेपाल निर्वाचित भएका छन् । त्यस्तै, जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, प्रेमलाल लामा, दिलकुमार लामा र प्रदिप पौडेल निर्वाचित भएका छन् ।

    त्यस्तै, महिलातर्फ बाह्रबिसे नगरपालिकाकी पूर्वउपमेयर सुशीला पाख्रीन सर्वाधिक मत ल्याएर निर्वाचित भएकी छन् । भोटेकोशी गाउँपालिकाकी पूर्वउपाध्यक्ष दाबुटी शेर्पा लामा र बलेफी गाउँपालिकाकी पूर्वउपाध्यक्ष कमला श्रेष्ठ कायस्थ पनि निर्वाचित भएका छन् । ४० वर्षमुनिका युवामा लोकप्रिय मतका साथ आङदोर्जे शेर्पा निर्वाचित भएका छन् ।

    प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जिल्ला समन्वय समितिका पूर्वप्रमुख एवम् एमाले सिन्धुपाल्चोकका सचिव कृष्णगोपाल तामाङ निर्वाचित भएका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा ह्योल्मो, हस्त पण्डित र मित्रलाल चौलागाई निर्वाचित भएका छन् ।

    महिलामा बालकुमारी सापकोटा र सुनिता पराजुली निर्वाचित भएका छन् । ४० वर्षमुनिका युवामा हिरा चौलागाई निर्वाचित भएका छन् । दलिततर्फ मथुरा विक सर्वसम्मत निर्वाचित भएका थिए ।

    सिन्धुपाल्चोकका दुवै क्षेत्रमा केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने र नेतृत्व परिर्वतनका लागि भन्दै प्यालन बनाएर प्रतिनिधिले मत मागेका थिए ।

  • एमाले महाधिवेशनः मकवानपुरबाट १७ प्रतिनिधि चयन, अध्यक्ष पराजित

    एमाले महाधिवेशनः मकवानपुरबाट १७ प्रतिनिधि चयन, अध्यक्ष पराजित

    हेटौँडा । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि मकवानपुरका २ निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भएका छन् । निर्वाचन क्षेत्र नम्बर २ मा निर्विरोध प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नम्बर १ मा भने निर्वाचनमार्फत प्रतिनिधि चयन भएका हुन् ।

    आइतबार बिहान आएको मतपरिणाम अनुसार, निर्वाचन क्षेत्र नम्बर १ बाट मतदान प्रक्रियाबाट नवीन सिग्देल, सुनील मोक्तान, फुर्बा दोर्जे लामा, अणराज जर्गा मगर निर्वाचित भएका छन् । यस्तै, महिला प्रतिनिधिमा आरती पाठक, सीता विष्ट र विना कुमारी थिङ चयन हुँदा युवाबाट बोल बहादुर कार्की निर्वाचित भएका छन् ।

    मकवानपुर क्षेत्र नम्बर २ बाट भने महाधिवेशन प्रतिनिधिमा बलराम बल, एकलाल श्रेष्ठ, हिदम लामा, बिदुर हुमागाई, सुमित्रा काफ्ले, भगवती पुढासैनी, गिता प्रजा र रोहण लामा निर्विरोध चयन भएका छन् ।

    यस्तै, दलिततर्फ देवकृष्ण बिक निर्वाचित भएका छन् ।

    केही समयअघि दुर्घटनामा परेर उपचारमा रहेका नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल भने महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनले अस्पतालबाटै वारेसमार्फत महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए ।

  • शंकर पोखरेलको जिल्लाबाट २३ जना प्रतिनिधि सर्वसम्मत

    शंकर पोखरेलको जिल्लाबाट २३ जना प्रतिनिधि सर्वसम्मत

    दाङ । नेकपा एमाले दाङको को ११औं राष्ट्रिय महाधिवेशनका लागि दाङमा सबै प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । दाङ महासचिव शंकर पोखरेलको गृहजिल्ला हो ।

    यहाँ क्षेत्र नम्वर १ बाट राममणि पाण्डे, कुलबहादुर के.सी, रत्नातिवारी श्रेष्ठ, सिता चौधरी, घनश्याम चौधरी र लक्ष्मी शर्मा चयन भएका छन् ।

    २ बाट शिवकुमार आचार्य, सुदन केसी, देव बहादुर बस्नेत, भुवन चौधरी, भान सिंहबुढा र रेखा केसी देवकोटा परेका छन् । क्षेत्र नम्वर ३ बाट हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी,मनोहर बुढाथोकी,तुलसा डाँगी पोखरेल, शिष योगी (विवेक) पुष्पा लामिछाने भट्टराईलाई चयन गरिएको छ ।

    त्यसैगरी दलिततर्फ मानबहादुर विक, निर्मला विक र टंकबहादुर विक चयन भएका छन् ।

  • भोजपुर एमालेबाट सर्वसम्मत छानिए महाधिवेशन प्रतिनिधि

    भोजपुर एमालेबाट सर्वसम्मत छानिए महाधिवेशन प्रतिनिधि

    भोजपुर । नेकपा एमालेले भोजपुरबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मतरूपमा चयन गरेको छ ।

    आकांक्षीहरू धेरै हुँदा निकै सकस परेपनि अन्तत: सहमतिमा ८ जना प्रतिनिधि छानिएका हुन् । छानिएका प्रतिनिधिमा खुलातर्फ प्रेमकुमार राई, सुरेन्द्र उदास, शरणकुमार राई र मक्कर खड्का छन् । महिलाबाट निर्मला शेर्पा र रमादेवी राईका नाममा सहमति जुटेको छ ।

    ४० वर्षमुनिको युवाबाट ज्ञानेन्द्र राई र दलितबाट चित्रलाल विक रहेका छन् ।

    पार्टीभित्र सर्वसहमति कायम गर्न र सहकार्यको सन्देश बलियो बनाउन नेतृत्वले भूमिका खेलेको जिल्ला कमिटी सचिव एक्सन राईले बताए । राईले ४० वर्षमुनिकोमा मनोनयन गरेकामा आफूले उम्मेदवारी फिर्ता लिएर प्रक्रियालाई सहज बनाउने प्रयास गरेको पनि बताएका छन् ।

  • विद्या भण्डारीको सन्देश–मेरो सदस्यता रोकियो तर विषम राजनीतिमा पार्टी अग्रगतिमा जानुपर्छ

    विद्या भण्डारीको सन्देश–मेरो सदस्यता रोकियो तर विषम राजनीतिमा पार्टी अग्रगतिमा जानुपर्छ

    काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको ११ महाधिवेशनका प्रतिनिधि चयनमा सिंगो पार्टीलाई निर्देशन गर्न सक्ने गरी ऊजावान प्रतिनिधि चयन हुने विश्वास व्यक्त गरेकी छिन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देश दिँदै भनेकी छिन्, ‘विधिसम्मवत् ढंगले दुई वर्षअघि मेरो सदस्यता नवीकरण भइपछि रोकिएकाले आफू महाधिवेशन हलमा नभए पनि यो विषम परिस्थितिमा अग्रगतिमा पार्टी लैजानसक्ने नेतृत्व चयनका लागि सबै क्षेत्रबाट प्रतिनिधिहरु चयन हुने विश्वास छ ।’

    उनले लेखेकी छिन्ः
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी परिवारका सबै सदस्यहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु । विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै पार्टीलाई अग्रगतितर्फ अघि बढाउन यो महाधिवेशन पूर्ण रूपमा सफल हुनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु ।

    महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिङ्गो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएकाले यो आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय हो ।

    विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने नै छ ।

    मैले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु ।

    सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील नेपाली जनताको आशा–भरोसाको केन्द्र तथा हाम्रो आस्था र विश्वासको धरोहर नेकपा (एमाले)को यो महाधिवेशन पूर्ण रूपले सफल होस् भन्ने अन्तरमनबाटै सुभेच्छा व्यक्त गर्दछु ।

  • मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

    मधेशका मुख्यमन्त्रीबारे आज सर्वोच्चले फैसला दिने

    काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतले फैसला गर्ने भएको छ । मधेश प्रदेश सभाका सात दलले मुख्यमन्त्री यादवको नियुक्ति अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि मंसिर ३ गते दुवै पक्षलाई छलफलमा बोलाएर, आवश्यक कागजात झिकाएर मंसिर ११ गते अन्तिम निर्णय दिने फैसला गरेको थियो ।

    मंसिर ३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विपक्षीहरूबाट लिखित जवाफ पेस गर्न लगाई मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने आदेश गरेको हो ।

    मधेश प्रदेश सभाका ७४ सांसद संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयविरूद्ध सर्वोच्च गएका थिए । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई मुद्दा किनारा नभएसम्म नीतिगत र दीर्घकालीन निर्णय नगर्नसमेत आदेश दिएको छ ।

    ‘मुख्यमन्त्री नियुक्ति प्रक्रियामा संविधानले परिकल्पना गरेको संसदीय लोकतन्त्रको मूल्यमान्यता र पारदर्शिता समेतको गम्भीर प्रत्न प्रथम दृष्टिमै खडा भएको देखिँदा प्रस्तुत निवेदनको अन्तिम किनारा नभएसम्म मिति कात्तिक २३ गते गठन भएको भनिएको मन्त्रिपरिषद्बाट कुनै पनि नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय तथा नेपालको संविधानको धारा १६८(४) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रियामा हामीले अवलम्बन गरेको संसदीय प्रक्रियाको मूल्यमान्यताहरू विपरीतका कुनै पनि कार्यहरू नगर्नू, नगराउनू’ आदेशमा भनिएको थियो ।

    मुख्यमन्त्री नियुक्ति प्रक्रियापछि आन्दोलित सात दलले मधेशमा सभामुख रमचन्द्र मण्डललाई समेत दुई तिहाइले पदमुक्त गरेको छ भने मुख्यमन्त्री नियुक्ति प्रकरणमा जोडिएकी तत्कालीत प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पनि संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका थिए ।

  • एमाले उपमहासचिव प्रदीप ज्ञवालीको निर्वाचन आयुक्तलाई प्रश्न–पदमा बसेर शान्तिसुरक्षाबारे गैरजिम्मेवार अभिव्यक्ति दिने ?

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीको निर्वाचन आयुक्तलाई प्रश्न–पदमा बसेर शान्तिसुरक्षाबारे गैरजिम्मेवार अभिव्यक्ति दिने ?

    काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कार्यबाहक प्रमुख निर्वाचन आयुक्तले पदमा बसेर शान्तिसुरक्षा बारे गैरजिम्मेवारी अभिव्यक्ति दिएको बताएका छन् ।

    उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्तिसुरक्षाको सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन ।’

    उनले फेसबुबका लेखेका छन्, ‘कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीज्यूले निर्वाचनमा सुरक्षाको विषयलाई लिएर ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्नुभएको सुनियो–देखियो । एउटा राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्वलाई अन्त्य गर्न गरिएको विशेष व्यवस्था र आपराधिक उद्देश्यले हतियार लुटिएका विषयको तुलना नै हास्यास्पद छ । त्यसमाथि, माओवादीका हतियार कन्टेनरमा दुईवटा चाबीसहित सुरक्षित गरिएको र २८ वटा शिविरमा माओवादी लडाकुलाई सीमित गरेर अनमिनको निगरानीमा राखिएको तथ्य माननीय प्रमुख आयुक्तलाई थाहै हुनु पर्ने हो । भलै संविधान सभाको पहिलो निर्वाचनमा लडाकु र हतियार दुवैको दुरुपयोगका अनेकौँ घटना घटित भए । संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तित्वबाट शान्ति सुरक्षाको यति सङ्गीन विषयमा यति गैरजिम्मेवार अभिव्यक्तिको अपेक्षा थिएन ।’

  • महाधिवेशन प्रतिनिधि छनौटका लागि एमालेको ५ बुँदे निर्देशन, उम्मेदवारी शुल्क १ हजारभन्दा बढी लिन नपाइने

    महाधिवेशन प्रतिनिधि छनौटका लागि एमालेको ५ बुँदे निर्देशन, उम्मेदवारी शुल्क १ हजारभन्दा बढी लिन नपाइने

    काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनको प्रतिनिधि छनौटको अन्तिम तयारी भइरहँदा पार्टीको संगठन विभागले पाँचबुँदे निर्देशन जारी गरेको छ ।

    पार्टी स्थायी कमिटी सदस्य एवम् संगठन विभागका प्रमुख काशीनथ अधिकारीका अनुसार हिजो साँझ विभागको भर्चुअल बैठकमार्फत केही निर्णय गर्दै पाँच बुँदे निर्देशन जारी गरिएको हो । अधिकारीका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूची अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ ।

    यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ । यसैगरी कायम भएको अन्तिम मतदाता सूचीको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । यस्तै, १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरिएको छ ।

    विभागको यो निर्देशनले कुनै पनि बहानामा १३ गते गर्नु पर्ने प्रतिनिधि छनौटलाई नसार्न निर्देशन गरेको छ ।

    केही जिल्लामा प्रतिनिधिको उम्मेदेवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएकाले त्यसमा विभागले हस्तक्षेप गरेको छ । प्रतिनिधिमा उम्मेद्वारी शुल्क बढीमा १ हजार रुपैयाँ भन्दा बढी नलिन पनि निर्देशन गरिएको छ । प्रतिनिधि छनौटका लागि सम्बन्धित क्षेत्रमा खटिएका नेतालाई समयमै आफ्नो कार्यक्षेत्रमा पुग्न र प्रतिनिधि छनौट प्रक्रियामा सहजिकरण गर्न पनि विभागले निर्देशन जारी गरेको छ ।

    मंसिर २७ गतेदेखि २९ गते काठमाडौँमा हुने पार्टीको ११ औँ महाधिवेशनको मंसिर १३ गते देशैभर र प्रवासमा पनि एकै दिन महाधिवेशन प्रतिनिधि छनौट हुँदैछन् । एमालेको महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

  • वामपन्थी एकता भन्नेहरूलाई ओलीको जवाफ- नाडी, छाती, मस्तिष्क जाँचेर मात्रै पार्टीमा भित्र्याउँछौं

    वामपन्थी एकता भन्नेहरूलाई ओलीको जवाफ- नाडी, छाती, मस्तिष्क जाँचेर मात्रै पार्टीमा भित्र्याउँछौं

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले विगतमा पार्टी छाडेर गएकाहरूलाई फर्किन आह्वान गरेका छन्। ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ससाना कुराहरूमा मूल गन्तव्यमा केन्द्रित नभएर अलमल नगर्न आग्रह गरे ।

    उनले भने, ‘घर फर्कने आव्हान हामीले गरेका छौं । म सबैलाई फेरि पनि आग्रह गर्न चाहन्छु– घर फर्किने आह्वान जारी छ, आउनुहोस् । वास्तवमा एमालेको मात्रै घर होइन, बुझ्ने सबै देशभक्तहरूको, प्रगतिशीलहरूको, विकास, शान्ति र सुशासन चाहने जनताको छहारी हो, घर हो अगुवा हो नेकपा एमाले । सबै जना यसमा आऊँ । म सबैलाई आग्रह गर्न चाहन्छु ।’

    उनले नेकपा एसबाट आएका नेताहरूलाई महाधिवेशनमा प्रतिनिधि हुने विशेष निर्णय गरेको जानकारी गराए ।

    उनले थपे, ‘यसमा विभिन्न भ्रम फिँजाउन सक्छन्, सेन्टिमेन्ट भड्काउन सक्छन् । हामी पुराना यहीँ बसेर काम गरिराखेका जान पाएका छैनौँ ।अस्ति आएका एसका मान्छेहरू, एसका कार्यकर्ता उनीहरू चाहिँ गए भनेर अनेक सेन्टिमेन्ट भड्काउन खोज्छन् ।’

    पार्टी देशव्यापी रूपमा सबैभन्दा सुदृढ मजबुद बनाउन सजिलो नभएको बताए ।

    ओलीले भने, ‘केही मान्छेहरू छन् वाम एकता, वाम एकता, वाम एकता भनेर घाँटी सुकिन्जेल, स्वर बसिन्जेल कराउने । हामी त्यसरी सधैँ बाम एकता, बाम एकता कराउँदैनौ । परेका बेला हामी नाडी, छाती, मस्तिष्क जाँचेर वामपन्थी हुन भने मात्रै पार्टीमा ल्याउँछौँ ।’

    वामपन्थीबाट सडिसकेका, वामपन्थी विचारबाट पतन भइसकेका, वामपन्थी उद्देश्यबाट झरी सकेका, आचरणले कुहिएकाहरूलाई वामपन्थीको नाममा नेकपा एमालेमा स्थान नरहेको उनले प्रस्ट पारे ।

    ओलीले भने, ‘काम गर्ने साथीहरू एमालेमा, नगर्ने अन्त । कहाँ कहाँ म भनिरहन्नँ । म अरूलाई पनि आव्हान गर्न चाहन्छु, आउनुस् । हाम्रो पार्टीको केन्द्रीय कमिटीले आह्वान गरेको छ, त्यसपछि सचिवालयले आह्वान गरेको छ । त्यसपछि मैले दुई दुई पटक आफ्ना वक्तव्यहरूबाट आह्वान गरेको छु र साथीहरू आउने क्रम जारी छ । जिल्ला जिल्लाका, कमिटी कमिटीहरू निर्णय गरेर आइराखेका छन् । म खुसी व्यक्त गर्न चाहन्छु ।’

  • पार्टीपंक्तिलाई ओलीको आह्वान- फराकिलो मन बनाऔँ, महाधिवेशन भाँड्ने सपना नदेखौं

    पार्टीपंक्तिलाई ओलीको आह्वान- फराकिलो मन बनाऔँ, महाधिवेशन भाँड्ने सपना नदेखौं

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुस २७ देखि हुने महाधिवेशनलाई एकताको बनाउने बताएका छन् ।

    नेसनल भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै फराकिलो मनका साथ महाधिवेशनलाई अगाडि लैजान पार्टी पंक्तिलाई आह्वान गरे ।

    उनले भने, ‘जनताले एमालेको महाधिवेशनलाई एउटा ऐतिहासिक महाधिवेशनको रूपमा स्थापित गर्नेछन् । म चाहन्छु यो महाधिवेशनलाई हामी सबैले एकताको महाधिवेशन बनाएर लैजाऔँ, फराकिलो मनका साथ ।’

    उनले सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै त्यसको पछाडि नलाग्न आग्रह गरे । उनले महाधिवेशन भाँड्ने सपना नदेख्न पनि चेतावनी दिए ।

  • एमालेको मधेश इन्चार्जको जिम्मेवारी सम्हालिसकेका योगेशको प्रश्नः किन र कसका कारण मधेशमा राजनीतिकरूपमा एमाले एक्लियो ?

    एमालेको मधेश इन्चार्जको जिम्मेवारी सम्हालिसकेका योगेशको प्रश्नः किन र कसका कारण मधेशमा राजनीतिकरूपमा एमाले एक्लियो ?

    काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशमा एमाले एक्लो पर्नुको कारण खोजिनु पर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा बिहीबार बिहान मधेशमा एमालेको स्खलनबारे व्याख्यासहित टिप्पणी गरेका छन् र भनेका छन्, ‘पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयम् मधेशमा एमाले बलियो बनाउन लागेका बेला कसले किन खेलबाड गरेर एमाले एक्लो भयो, समीक्षा होस् ।’

    मधेशमा नयाँ जिम्मेवारीका साथ गएर पार्टी निर्माण जरुरी भएको सचिव भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्, ‘सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकता सुदृढ गर्न, पार्टीको सामाजिक छबिलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।’

    उनले फेसबुकमा राखेको धारणाः

    मधेशमा एमालेः

    २०७२ साल असोज ३ गते तत्कालीन संविधानसभाले नेपालको संविधान जारी गरेपछिका केही वर्ष मधेश प्रदेशमा नेकपा एमालेका लागि कठिन समयका रूपमा रह्यो ।

    एमालेमाथि विभिन्न शक्तिले धावा बोले । पार्टीका नेता तथा कार्यकर्तालाई निसाना साँधियो । पार्टी कार्यालयलगायत व्यक्तिका भौतिक सम्पत्तिमाथि पटकपटक आक्रमण गरियो । सिंगो पार्टी र विशेष गरी मधेशमा रहेको पार्टी नेतृत्व, कार्यकर्ता र शुभेच्छुकको अथक मेहनत तथा अठोटका कारण गएको संसदीय र स्थानीय निर्वाचनमा मधेश प्रदेशमा पार्टीले उल्लेख्य प्रगति गर्यों । नेकपा एमालेले आफूलाई पुनर्स्थापित गर्यो । प्रतिनिधिसभाको प्रत्यक्षमा १० सिट र प्रदेशसभामा २५ सिटसहित एमाले पहिलो पार्टी बन्यो । अन्तिम बेला प्रभु साहजीले घात नगरेको भए र उम्मेदवार छनोटमा अली ध्यान पुर्याउन सकेको भए परिणाम अझ राम्रो हुने थियो । मधेशमा पार्टीले प्राप्त गरेको यो उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष केपी ओलीलाई नै जान्छ । उहाँले मसिनो ढंगले मधेशको कामको व्यवस्थापन तथा व्यक्ति–व्यक्तिको खटनपटन गर्नु भएको थियो । पार्टी सचिव रघुवीर महासेठ, अन्य केन्द्रीय नेताहरूलगायत तहगत कमिटीको समेत भूमिका रहेको कुरा अवगत नै छ ।

    यसबीचमा मैले करिब १५ महिना मधेश प्रदेशको इञ्चार्जको भूमिका निर्वाह गरेँ । त्यस अवधिमा आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याउन मूलतः संगठन व्यवस्थापनको काममा केन्द्रित भएका थियौँ । प्रदेश अधिवेशन, जिल्ला अधिवेशन, सदस्यताको व्यवस्थापन, जानसंगठनको व्यवस्थापन लगायतमा राम्रो प्रगति भएको कुरा स्वयम् पार्टी अध्यक्ष र महासचिवका प्रतिवेदनमा लेखिएको छ ।

    मधेशमा रहेको जातीय विभेद, महिला हिंसा, दलित समुदायप्रतिको विभेदकारी व्यवहार तथा वर्गीय उत्पीडनविरुद्ध सामाजिक न्याय र समानताको आन्दोलनमा नेकपा एमालेले गरेको वैचारिक नेतृत्व, सरकारमा रहेर भौतिक पूर्वाधारको विकास तथा मानव संशाधनमा पार्टीले गरेको योगदान, हिमाल, पहाड़ र तराई–मधेशको भौगोलिक तथा सामाजिक एकताका लागि नेकपा एमालेले निर्माण गरेको जागरण नै मधेशमा पार्टीको जनआधार बिस्तारमा मुख्य पक्ष हुन भने अर्कोतिर भूमिगतकालमा समेत मधेशका आधारभूत वर्गको बलियो समर्थन पार्टीका पक्षमा रहेको थियो । त्यतिबेला जनतासँग एकाकार भएर पार्टी निर्माणमा नेतृत्व गर्ने ईश्वर पोखरेल लगायतका नेताहरूलाई यसको श्रेय जान्छ ।

    आज मधेश प्रदेशको संसदीय फाँटमा नेकपा एमालेलाई ठूलो धक्का लागेको छ । पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेका छन् । प्रदेश प्रमुखको बर्खास्ती भएको छ ।

    सभामुख पदमुक्त हुनुभएको छ (यद्यपि यसको संवैधानिक तथा संसदीय प्रक्रियाको न्यायिक परीक्षण हुने नै छ) । मुख्यमन्त्री पद अदालतको कठघरामा छ ।

    राजनीतिकरूपमा हामी एक्लिएका छौँ । पार्टीभित्र अन्तरबिरोध तिब्र बनेको छ । यो सबै किन र कस्का कारणले भयो ?

    मधेशमा स्वयम् पार्टी अध्यक्षले गर्नुभएको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड गरियो ? यी तमाम विषयमा गम्भीर समीक्षा हुनु पर्दछ । सोसल अडिटमा हाम्रो पार्टीको अवस्था कस्तो छ ? पार्टीको जनआधार बिस्तार गर्न, आन्तरिक एकता सुदृढ गर्न, पार्टीको सामाजिक छबिलाई सुधार गर्न मधेशमा नयाँ जिम्मेवारीका साथ जानु पर्दछ । यस विषयमा गम्भीर भएर विचार गर्न पार्टी अध्यक्ष कमरेडलाई निवेदन गर्दछु ।

  • आज एमाले सचिवालय बैठक बस्दै, मंसिर ६ को प्रदर्शन र आमनिर्वाचन तथा महाधिवेशन केन्द्रित छलफल हुने

    आज एमाले सचिवालय बैठक बस्दै, मंसिर ६ को प्रदर्शन र आमनिर्वाचन तथा महाधिवेशन केन्द्रित छलफल हुने

    काठमाडौँ । आज दिउँसो १ बजे नेकपा एमालेले सचिवालय बैठक बस्ने भएको छ । पार्टी ध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका हुन् ।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने बताइएको छ । यिनै सन्दर्भमा बैठकमा छलफल हुने केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले बताए ।

    नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत दुवैबाट दबाब दिने तयारी गरेको छ । प्रतिनिधि सभा पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको एमालेले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा मङ्सिर १० गतेसम्म दल दर्ताको विषयबारे पनि अहिलेसम्म केही बोलेको छैन ।

    पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । यिनै विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

  • जेनजीको नाममा आतङ्क फैलाउने काम भइरहेको छ , जनताको माग एमालेले पुरा गर्छ : लेखराज भट्ट

    जेनजीको नाममा आतङ्क फैलाउने काम भइरहेको छ , जनताको माग एमालेले पुरा गर्छ : लेखराज भट्ट

    कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले मुलुकमा जेनजीको नाममा आतङ्क फैलाउने काम भइरहेको बताएका छन् ।

    भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपाल सुदूरपश्चिम प्रदेशको विस्तारित बैठक तथा भेलामा भट्टले २३ र २४ गतेको आन्दोलनको नाममा आतङ्क फैलाउने काम भएको आरोप लगाएका थिए ।

    ‘जेनजीको नाममा आतङ्क फैलाइएको छ । व्यवस्थापिका ,कार्यपालिका र न्यायपालिका माथि आक्रमण भयो । २४ गते नेपालको इतिहासको कालो दिन हो ’ उनले भने, ‘ती सबै घटनाको छानबिन हुनुपर्छ ।’

    आन्दोलनको नाममा जनताको अधिकार खोस्न खोजिएको उनको आरोप थियो । भट्टले जनाको अधिकार र माग एमालेले पुरा गर्ने बताए ।
    नेपाली युवाहरूलाई प्रयोग गरेर ठुलो क्षति पुराइएको उनको आरोप थियो ।घटना लगत्तै सरसफाइको नाममा सबै प्रमाणहरू नष्ट गर्ने काम भएको पनि उनको आरोप थियो । उनले भने, ‘हाम्रा युवाहरूलाई प्रयोग गरेर ठुलो क्षति पुराइयो । फेरी सरसफाइको नाममा सबै प्रमाणहरू नष्ट गरियो ।’
    सरकार असंवैधानिक रहेको भन्दै वर्तमान सरकारबाट कुनै अपेक्षा गर्नु उपयुक्त नहुने बताए । उनले सरकारको गरेका निर्णयहरू पनि एक पछि अर्को गर्दै असंवैधानिक ठहर हुँदै गरेको बताए । प्रतिगमनविरुद्ध एमाले प्रतिवादमा उत्रने चेतावनी दिए।

    ‘अब प्रतिवाद गर्ने हो । त्यसको काउन्टर दिन टोल वडासम्मको सुरक्षा समिति निर्माण गर्नुहोस् । सशक्त भएर पाटीको पक्षमा लाग्नुहोस् ’ भट्टले भनेका थिए । ।
    वर्तमान अवस्थामा निर्वाचन सम्भव नभएको उनको भनाइ थियो ।
    भारतले कब्जा गरेको क्षेत्रलाई नेपाली नक्सामा राखेर त्यस विषयमा रुस र चीनसँग संवाद अगाडी बढाएपछि ओली सरकार ढाल्न देशी विदेशी शक्ति लागिपरेको उनको भनाइ थियो । उनले सबैलाई गठित हुन आह्वान गरे ।

    भूमि अधिकार तथा श्रमिक सङ्गठनका अध्यक्ष इन्द्र तामाङले भूमि अधिकारको कुरा एमालेले निरन्तर उठाउँदै आएको बताए ।
    भूमिहीनहरूलाई माओवादीले आश्वासन बाढे पनि केही गर्न नसकेको उनको भनाइ थियो । अहिले वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउने तयारी भइरहेका बेला आयोग नै खारेज गरेर फेरी भूमिहीनलाई थप समस्या सृजन गरिएको बताए ।

    नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले समाजमा भइरहेको वर्गीय विभेद अन्त्य हुनुपर्ने बताए । सबैको जग्गा र घर हुनुपर्ने एमालेको नीति रहेको भन्दै सोही अनुसार सरकारले व्यवस्था गर्नुपर्ने बताए ।
    भूमि अधिकार तथा श्रमिक सङ्गठनका प्रदेश उपाध्यक्ष चेतराज ओझाको अध्यक्षतामा भएको भेलाले कृष्ण बगालेको संयोजकत्वमा प्रदेश स्तरीय कार्यसमिति चयन गरेको छ । मनीषा बुढालाई सह संयोजकको जिम्मेवारी दिइएको छ । गोविन्द बिसी सचिव, मनोज सिंह र रामस्वरुप चौधरी उपसचिव चयन हुँदा मिरा आले मगरले कोषाध्यक्षको जिम्मेवारी पाएकी छन् ।
    आगामी ६ महिनाभित्र अधिवेशन गरेर नयाँ समिति बनाउने जिम्मेवारीसहित आयोजक कमिटी गठन गरिएको केन्द्रीय उपमहासचिव लोकेन्द्र बहादुर सिंहले जानकारी दिए ।

  • ओलीलाई स्थान हद तोक्ने निर्णयको सडकबाट पनि कडा प्रतिवाद गर्छौँ : छविलाल विश्वकर्मा

    ओलीलाई स्थान हद तोक्ने निर्णयको सडकबाट पनि कडा प्रतिवाद गर्छौँ : छविलाल विश्वकर्मा

    काठमाडौं । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सुशीला कार्की नेतृत्वको सरकारले असंवैधानिक गतिविधि गरिरहेको आरोप लगाएका छन्।

    स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया बोल्दै सरकारबाट हुने अवैधानिक कामको प्रतिवाद गर्ने बताए।

    उनले भने, ‘यो सरकार कुरा चुनावको गर्ने तर सबै गतिविधिहरू संविधान विपरीत हुने, पार्टी र पार्टीका नेताहरुलाई अपमान गर्ने, पार्टी नेतृत्व (केपी ओली) लाई स्थान हद तोक्ने, पासपोट रोक्का गर्ने, त्यसको हामी कडा प्रतिवाद गर्छौँ।’

    असंवैधानिक हुने काम सडक र कानूनी रुपमा पनि लड्ने बताए।

  • मजदुर नेता गौतमको श्रद्धाञ्जली सभा, पार्टी महासचिव, उपमहासचिवद्वारा गौतमको योगदान सम्झना

    मजदुर नेता गौतमको श्रद्धाञ्जली सभा, पार्टी महासचिव, उपमहासचिवद्वारा गौतमको योगदान सम्झना

    रुपन्देही । मजदुर नेता कमल गौतमको देहवसान भएको १९ औँ दिनसम्म परिवार, आफन्त, साथीभाई एवम् शुभेच्छुकका आँशु अझै रोकिएका छैनन् । जीवनभर मजदुरको अधिकारका लागि संघर्ष गरिरहेका गौतमको कार्तिक १३ गते मजदुरका विषयमा सम्बोधनकै क्रममा ढलेर मृत्यु भएको थियो । गौतम ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य थिए ।

    गौतमको सम्मानमा जिफन्टले सोमबार बुटवलमा गरिएको श्रद्वाञ्जली सभामा बोल्ने वक्ता र सहभागी अधिकांशले आँशु थेग्न सकेनन् । कोही सम्बोधनकै क्रममा भक्कानिएका देखिन्थे भने उनको जीवनी संघर्ष सुनिरहेकाहरु डाँको छोडेर चिच्चाइरहेका थिए । उनको सम्मानमा आयोजित सभामा पुगेकी उनकी ९२ वर्षीय आमा, श्रीमती, छोराबुहारी, छोरी तथा नातिनी कार्यक्रमको सुरुवातदेखि अन्तिम समयसम्म आँशु झारिरहेका थिए ।

    सभामा उनको जीवनीबारे जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिँदा सबैभन्दा धेरै सहभागी रोइरहेका थिए । श्रेष्ठले गौतमसँगको सहकार्यका अनुभव मात्रै नभएर कठिन समयमा उनले पूरा गरेका विशेष जिम्मेवारी सुनाउँदा धेरैलाई भावुक बनाएको थियो ।

    जिफन्टका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले जिफन्टले एउटा सफल योद्धा गुमाएको बताए । उपाध्यक्ष गौतमको निधनको केही घन्टा अघिसम्म नियमित सम्बाद भइरहेको उल्लेख गरेका थिए । उनले गौतमको संगठनको जीवनकाल र व्यक्तिगत जीवनबारे तयार पारिएको डकुमेन्ट्रीसमेत प्रस्तुत गरेका थिए ।

    एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरले पार्टी बलियो बनाउने क्षेत्रमा गौतमको भूमिका अतुलनीय रहेको उल्लेख गरे । उनले गौतमको सम्झनामा जिल्ला कमिटीले स्मरिका प्रकाशनको तयारी गरेको समेत बताए । जिफन्ट लुम्बिनी अध्यक्ष हुमाकान्त काफ्लेले कमलको निधनले जिफन्टलाई ठूलो धक्का लागेको बताउँदै अभिभावक गुमाएको महशुस भएको बताए ।

    श्रद्धाञ्जली सभामा स्वर्गीय कमलकी ९२ वर्षीय आमा, श्रीमती बिन्दु गौतम, छोराबुहारी, छोरी, नातिनातिनासहित पुगेका थिए । सम्बोधनका लागि मञ्चमा पुगेकी श्रीमती विन्दु केही शब्दमै भावुक बनिन् र भक्कानिइन् । उनले श्रीमानले परिवारभन्दा बढी समय मजदुरको पक्षमा र पार्टीमा दिएको बताउँदै अन्तिम दिन पनि त्यही कार्यक्रममा जान सँगै खाना खाएर छुटेको २ घन्टामै यस्तो घटना भएको र लिएका जिम्मेवारीहरुलाई सदैव पूरा गरेको बताइन् । उनले कमलका सपना पूरा गर्न लाग्न सम्पूर्णलाई आग्रह गर्ने बेलामा बोल्न सकिनन् र कार्यक्रम सञ्चालकसहितका परिवारले बोकेर स्टेजबाट तल ओरालेका थिए ।

    एमाले उपमहासचिव तथा जिफन्टका संरक्षक विष्णु रिमालले जहाँ संगठन र पार्टीलाई संकट पर्छ, जहाँ मजदुरलाई समस्या पर्छ त्यहाँ कमल गौतमलाई पठाएर दिएको समयभन्दा पहिले काम पूरा गरेको स्मरण गर्दै आन्दोलनको पर्यायवाचीका रुपमा आफूले चिनेको र बुझेको पात्र नहुँदा निकै ठूलो पीडा भएको सुनाएका थिए ।

    उनले जीवनभर मजदुर संगठन र पार्टीमा काम गरेका गौतमको जनप्रतिनिधि बन्ने चाहना पूरा नगरेकोमा निकै पछुतो लागेको बताए । ‘मेरो लामो समयको सहकर्मी, सहयात्री नहुँदाको पीडा त भनिसाध्य छैन नै तर उहाँले एकपटक जनप्रतिनिधि बन्ने धोको सुनाएपनि अझै उमेर बाँकी छ भनेर रोकेको पीडा निकै बढी भएको छ, उहाँ कहिल्यै स्वार्थका लागि काम गर्नुभएन तर एकपटक यो धोको छ भनेको पूरा गर्न सकिएन, आज पार्टीका श्रद्धेय महासचिव शंकर पोखरेल पनि भएको समयमा मैले सुनाउनुपर्छ, यो निकै चिन्ताको विषय हो,’ रिमालले भने ।

    रिमालले मजदुर संगठनलाई महत्व दिन र आकर्षण गर्नको लागि गौतमको योगदान निकै रहेको बताए । उनले रिक्सा चालक मजदुरलाई संगठित गर्ने कार्यमा निकै मिहेनत गरेको र असंगठित मजदुरको क्षेत्रमा बलियो आधार बनाउने मेहनतको सधै स्मरण रहने बताए । रिमालले गौतमले स्वदेशमा मात्रै नभई विदेशका कार्यक्रममा जाँदा त्यहाँका राजदूत तथा अन्य सरोकारवालालाई भेला पारेर मजदुरका विषयमा छलफल गराउने, समस्या भएका विषयमा समाधान खोज्ने अनौठा कामहरु गरेर फर्केको स्मरण गरे ।

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेविरुद्ध चौतर्फी घेराबन्दीमा परेको बेला हजारौँ मजदुरका पक्षमा बोल्दै गर्दा गौतमको मृत्यु भएको बताउँदै सरकारको गलत निर्णय सच्चाउने आन्दोलनको योद्धा भएको स्मरण गरे । गौतमले मजदुर आन्दोलनकै क्रममा अकल्पनीय निधन भोग्नुपरेको पोखरेलले बताए । उनले गौतमले पार्टी पंक्तिमा र मजदुरको क्षेत्रमा निरन्तरता कार्य गरेको स्मरण गरेको बताए । उनले पार्टीको सबैभन्दा कम बाहुल्यता रहेको क्षेत्र रुपन्देही ४ मा निकै काम गरेको बताउँदै प्रशंसनीय कार्य गरेको बताए । महासचिव पोखरेलले गौतमको निधनलाई निधन भयो भनेर पीडा मात्रै लिनुभन्दा पनि उनको सकारात्मक अभियानबाट प्रेरणा लिएर संकल्प गर्नुपर्ने बेला आएको बताए ।

    पार्टीको अहिलेको अभियानमा कमल गौतमजस्ता योद्धा अझै आवश्यक पर्ने अवस्थामा देश रहेको बताउँदै पोखरेलले कमलको निधनले पार्टी र मजदुरको क्षेत्रमा ठूलो क्षति पुगेको बताए । उनले एमालेले श्रमिक मजदुरलाई एकीकृत गर्दै आएको उल्लेख गरेका छन् । एमालेले मजदुर बर्गको समेत पार्टी रहेको उल्लेख गर्दै मजदुरलाई सम्म्मानजनक ब्यवहारको अवस्था रहेको बताए ।

  • राष्ट्रियता जोगाउन एमाले तत्पर छ : लेखराज भट्ट

    राष्ट्रियता जोगाउन एमाले तत्पर छ : लेखराज भट्ट

    कैलाली । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले मुलुकको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता एमालेबाट मात्रै जोगिने बताएका छन् ।

    एमाले कैलालीले शनिवार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले राष्ट्रियता जोगाउन एमाले तत्पर रहेको बताएका थिए ।
    नेता भट्टले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै मुलुकलाई निकास दिन आवश्यक रहेको बताएका थिए ।

    ‘एमाले देश र जनताको लागि जेसुकै बलिदान गर्न पनि तयार छ । एउटा हिन्दी फिल्ममा छ, टाइगर अभि जिन्दा हे । एमाले अझै जिउँदो छ, ’उनले भने, ‘राष्ट्रियता,सार्वभौमिकताका,
    अखण्डताका निमित्त फेरि पनि बलिदान गर्न तयार छ । देशलाई बचाउनुपर्छ । तब मात्र विकास र समृद्धि आउँछ । ’

    संविधानको व्याख्या गर्ने पूर्व प्रधानन्यायाधीश सुशीला कार्की संविधानको खिल्ली उडाउँदै प्रधानमन्त्री बनेको बताए । भट्टले एमालेले संविधानलाई जिउँदो बनाउनका निमित्त विघटित प्रतिनिधि सभा पुनर्स्थापना माग गरिरहेको तर नेपाली जनताले ठुलो बलिदानबाट बनाएको संविधान गजेडीले फाल्ने कि राख्ने भनिरहेकोमा आक्रोश व्यक्त गरेका छन् ।

    ‘यो संविधान राख्ने कि फाल्ने म अकर्मण्यतामा छु । निर्णय गर्न सकेको छैन । एउटा ड्रगिस्ट गजेडीले जनताले बनाएको संविधान मैले के गर्ने भन्छ ’ उनले भने, ‘यो संविधानलाई के गर्ने भन्ने अधिकार नेपाली जनतालाई मात्र छ ।संशोधन गर्ने कि फाल्ने , यो अधिकार कुनै नसेडीलाई होइन । जनतालाई छ । ’

    शनिवारको प्रदर्शन सुरुवात मात्र भएको बताउँदै भट्टले संसद् पुनर्स्थापना नभएसम्म चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम जारी राख्ने बताए ।
    धनगढी उपमहानगरपालिकाको अगाडि आयोजित सभालाई पार्टी पोलिट ब्युरो सदस्य एवंम कैलाली इन्चार्ज नारदमुनी राना र पोलिट ब्युरो सदस्य लीला भण्डारीलगायतले पनि सम्बोधन गरेका थिए ।
    उनीहरूले देशको प्रमुख शक्ति एमाले रहेको भन्दै एमालेको पक्षमा जनलहर बढ्दै गइरहेको बताए ।

    जनसभाको अध्यक्षता एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाले गरेका थिए । उनीहरूले पनि संसद् पुनर्स्थापना जोड दिए ।

    त्यसअघि धनगढीको ट्राफिक चौराहादेखि पार्क मोड सम्म सांस्कृतिक झाँकीसहित ¥याली समेत निकालिएको थियो ।एमालेले पार्टी केन्द्रको नीतिअनुसार सुदूरपश्चिमका सबै जिल्ला सदरमुकाममा शनिवार एकसाथ प्रदर्शन गरेको थियो । सबै जिल्लामा सम्बन्धित भूगोलका नेताहरूले जनसभालाई सम्बोधन गरेका छन् ।

  • एकसातादेखि मधेश अशान्तः प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध लगातार आन्दोलन

    एकसातादेखि मधेश अशान्तः प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्ध लगातार आन्दोलन

    काठमाडौँ । नेकपा एमालेको असंवैधानिक गतिविधिविरुद्ध सात दलले शनिबार जनकपुरधाममा वृहत् जनप्रदर्शन गर्ने निर्णय गरेको छ ।

    शुक्रबार अबेर राति बसेको सातदलको संयुक्त बैठकबाट यस्तो निर्णय गरिएको हो । बैठकमा सहभागी एकनेताका अनुसार नेकपा एमालेको गैरकानूनी, गैरसंवैधानिक, गैरनैतिक र गैरराजनीतिक हर्कतविरुद्ध सातदल एकजुट भएर जनतासमक्ष जाने निर्णय भएको हो ।

    नेताका अनुसार सत्ताको लोभमा एमालेले गैरसंवैधानिक रुपमा नेकपा एमालेका संसदीय दलका नेतालाई प्रदेश प्रमुखले गैरकानुनी तवरले मुख्यमन्त्री नियुक्त गरेपछिको विकसित घटनाक्रममा जनप्रदर्शन हुन लागेको हो । यसपछि सभामुखले कानूनविपरीत प्रतिशोधको राजनीति शुरु गरेर पाँचजना प्रदेश सभा सदस्यलाई कारबाही गरेका छन् ।

    त्यस्तै, प्रदेश सभामै प्रदेश सभा सदस्यहरुलाई बन्धक बनाएर राख्नु आफैँमा असह्य हर्कत भएको उनीहरुको तर्क छ । एमालेको गतिविधि आमजनतालाई जगजाहेर गर्न जनप्रदर्शन गर्न लागिएको सातदलको भनाइ छ । सोमबार प्रदेश प्रदेश प्रमुख, त्यसपछि मुख्यमन्त्रीविरुद्ध उभिएका सात दल बिहीबारपछि भने समाभुमकेन्द्रित भएका छन् ।

    ‘सभामुख मुठभेड निम्त्याउन चाहन्छन्’
    मधेश प्रदेशमा सोमबारदेखि आन्दोलनरत दलहरुले सभामुख रामचन्द्र मण्डलका कारण प्रदेशमा थप मुठभेड निम्तिन खोजेको बताएका छन् ।

    उनीहरुले शुक्रबार साँझ संयुक्त विज्ञप्ति निकाल्दै आफैँ कारबाहीमा परेका सभामुखले प्रदेश सांसदहरुलाई पदमुक्त गरेर थप द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् । सात दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आफैँमाथि अभियोग लागेको सभामुखले पत्र जारी गर्दै ५ प्रदेश सभा सदस्यको पद रिक्त भएको सूचना सार्वजनिक गर्नु दुर्भाग्यपूर्ण, असंवैधानिक तथा गैरराजनीतिक हरकत हो, सभामुखले प्रदेशलाई नै मुठभेडमा लैजान खोजेका छन्, यसलाई सच्याउने कार्य नगरे उत्पन्न परिस्थितिको जिम्मेवार सभामुख नै हुनेछन् ।’

  • केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाइनुपर्ने प्रेस चौतारीको निचोड

    केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाइनुपर्ने प्रेस चौतारीको निचोड

    काठमाडौं । प्रेस चौतारी नेपालले नेकपा (एमाले) को आउने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः पार्टी अध्यक्ष बनाइनु पर्ने बताएको छ । देशका चुनौतीहरू समाधान गर्न फेरि पनि ओलीकै नेतृत्वमा पार्टी र देश अगाडि बढ्नु अपरिहार्य रहेको निष्कर्ष निकालेको अध्यक्ष गणेश पाण्डेले बताए ।

    शुक्रबार बिहान बसेको प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा ओलीको सक्षम नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको बताए । देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानतर्फ अघि बढाउन ओलीको विकल्प नरहेको चौतारीको जिकिर छ ।

    ‘अहिले पार्टीभित्र विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ’, पाण्डेले भने ।

    पाण्डेले भदौ २३-२४ गते भएको आन्दोलन प्रतिक्रान्ति भएको दाबी गर्दै त्यसले मुलुकलाई अस्थिरतामा धकेल्ने प्रयास भएको टिप्पणी गरे ।

    चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेतले ओलीको नेतृत्वमा एमालेलाई अघि बढाउने विकल्प नरहेको बताए । ओली र एमालेलाई जनताले विश्वास गरेर दिएको समर्थन तथा नेतृत्व क्षमताका कारण नै विभिन्न कोणबाट आक्रमण हुने गरेको उनको दाबी छ ।

    महासचिव हिरामान लामाले संगठनमा बसेपछि अनुशासित हुनुपर्ने भन्दै सदस्यलाई स्पष्ट जिम्मेवारी, आचरण र अनुशासनको व्यवहार देखाउनुपर्ने बताए ।

  • ‘जाजरकोटका जेनजीले संस्कृति जोगाइरहेका छन्, शहरमा जेनजीका नाममा सम्पदा जलाइरहेका छन्’

    ‘जाजरकोटका जेनजीले संस्कृति जोगाइरहेका छन्, शहरमा जेनजीका नाममा सम्पदा जलाइरहेका छन्’

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख निरज आचार्यले जाजरकोटका युवाहरूले आफ्नो मौलिक संस्कृति र परम्परा जोगाउने कार्यले समाजमा सकारात्मक सन्देश दिएको बताएका छन् ।

    ‘हाम्रा गाउँका युवाहरूले मेला–महोत्सव गरेर कला, संस्कृति र खेलकुदमा योगदान दिइरहेका छन् । यो कार्यले हाम्रो पहिचान र गौरव जोगाएको छ ।’ नेता आचार्यले भने, ‘जाजरकोटका जेन्जी युवाहरू संस्कृति जोगाउन लागि परेका छन्, तर राजधानीका केही जेनजी भने घर तोडफोड र आगजनीमा उत्रेका छन् । अराजकता होइन, सिर्जनात्मकता नै सच्चा युवाको परिचय हो ।’

    रुकुम आठबिसकोट नगरपालिका–६ र जाजरकोट नलगाड नगरपालिका–१२ र १३ को सिमानाका युवाहरूको संयुक्त पहलमा दामाचौर मेला लाग्दै आएको छ । मेलाले दुवै जिल्लाबीच सांस्कृतिक एकता र सहकार्यलाई अझ बलियो बनाएको आयोजकको भनाइ छ ।

    नेता आचार्यले जाजरकोट र रुकुमका युवाहरूले संयुक्त रूपमा आयोजना गरेको ऐतिहासिक दामाचौर मेलाको बिहीबार उद्घाटन गरेका थिए ।

  • एमालेको रोडम्यापः संसद पुनःस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन

    एमालेको रोडम्यापः संसद पुनःस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन

    दाङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद पुनस्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप भएको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

    ‘संसद पुनःस्थापना, संविधान संशोधन, जेन्जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप हो,’ ज्ञवालीले भने, ‘यथास्थितिमा चुनाव भएको त्यसको कुनै औचित्य हुँदैन ।’ ‘यथास्थितिमा हुने चुनाव शाही कालमा भएको स्थानीय सरकार जस्तै हुन्छ,’ उनले भने, ‘सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण गराउन तयार देखिएको छैन, दलका नेताको अनुहार हेर्नु छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनावको वातावरण बन्न सक्दैन ।’

    उनले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले शासन गरेको दाबी समेत गरे । ‘अहिले संविधान घाइते अवस्थामा छ,’ उनले भने, ‘लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन् ।’