Tag: निधन

  • नेपाल कम्युनिष्ट पार्टी प्यूठानका संस्थापक गुरुङको निधन

    नेपाल कम्युनिष्ट पार्टी प्यूठानका संस्थापक गुरुङको निधन

    रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी प्यूठानका संस्थापक खगुलाल गुरुङको निधन भएको छ। । १०४ वर्षीय गुरुङको आइतबार निधन भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्ताल बुटवलमा उनको उपचारका क्रममा निधन भएको हो ।

    नेकपा ९मसाल०का महामन्त्री मोहनविक्रम सिंहले २००७ सालको प्रजातान्त्रिक आन्दोलनपछिका हरेक राजनीतिक आन्दोलनहरुमा खगुलालले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताएका छन् । खगुलालसंग आफ्नो सात दशक पुरानो सम्बन्ध भएको बताउँदै महामन्त्री सिंहले एक सच्चा, निडर, आदर्श कम्युनिष्ट विचार बोकेका निःस्वार्थ र अविचलित योद्धाका रुपमा स्मरण गरेका छन् ।

    २००७ सालको राणाविरोधी संघर्षमा स्वतन्त्रताका सेनानी खगुलाल २०१० सालमा प्यूठानमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने ७ जनामध्ये एक थिए ।

    नेपालकै सबैभन्दा जेठा कम्युनिष्ट नेता गुरुङ मुक्ति सेनाका कमान्डर थिए । उनकै नेतृत्वमा मुक्ति सेनाले सल्यान कब्जा गरेको थियो ।

    त्यसैगरी, प्यूठानको नारीकोटमा २०११ फागुन २४मा चलेको किसान आन्दोलनमा खगुलालले महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए ।

    १९७५ साल भदौ २५ गते तत्कालीन बाग्लुङ जिल्लाको खरामा जन्मेका खगुलालले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको हातबाट ३५ वर्षको उमेरमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए ।

    गतवर्ष लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश प्रमुख जनसेवा पदक (ख)बाट गुरुङलाई सम्मान गरेको थियो ।

  • वरिष्ठ साहित्यकार भट्टको निधन, ओलीले भने-एमाले र प्रगतिशील साहित्यमा अपूरणीय क्षति

    वरिष्ठ साहित्यकार भट्टको निधन, ओलीले भने-एमाले र प्रगतिशील साहित्यमा अपूरणीय क्षति

    काठमाडौं । वरिष्ठ साहित्यकार तथा नेकपा एमालेका नेता आनन्ददेव भट्टको ८६ वर्षको उमेरमा आज निधन भएको छ । प्रगतिवादी साहित्यकार तथा प्राध्यापक भट्ट अल्जाइमर रोगबाट पीडित थिए ।

    भट्ट बैतडीबाट नेकपा एमालेको उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य निर्वाचन लडे पनि पराजित भएका थिए । लामो सयम साहित्य,प्राध्यापन र राजनीतिमा संलग्न रहेका उनी पछिल्लो समय भने निष्क्रिय थिए ।

    उनको कृति साइँलीमैया,आमा बोलाउँछिन्,९७ साल लगायतका काव्य र खण्डकाब्यहरु नेपाली साहित्यका लागि महत्वपूर्ण निधी हुन् ।
    भट्टका श्रीमती र दुई छोरा छन् । यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशकै सम्मानित बौद्धिक व्यक्तित्व प्राध्यापक भट्टको निधनले पार्टी र प्रगतिशील साहित्यको क्षेत्रमा ठूलो क्षति भएको बताएका छन् ।

    ओलीले शोक वक्तव्य प्रकाशित गर्दै बैतडीमा एमाले नेतृत्वमा रहेर पार्टीको आधार निर्माणमा भट्टले महत्वपूर्ण योगदान गरेको बनताएका छन् । भट्ट नेपाल प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य थिए भने प्रगतिशील लेखक संघको पूर्व अध्यक्ष थिए ।

  • पूर्वसांसद अधिकारीको निधन

    पूर्वसांसद अधिकारीको निधन

    काठमाडौं । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो ।

    उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ-काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए ।

    विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

  • कोरोना संक्रमणबाट मुटुरोग विशेषज्ञ सुवेदीको निधन

    कोरोना संक्रमणबाट मुटुरोग विशेषज्ञ सुवेदीको निधन

    रुपन्देही । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.विकास सुवेदीको कोरोना संक्रमणबाट निधन भएको छ ।

    २५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको ४२ वर्षका डा‍.सुवेदीलाई ह्याम्स अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा गएराती निधन भएको भएको हो ।

    सुवेदी गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक समेत थिए । संक्रमण पुष्टि भएपछि उनले सोही अस्पतालमै उपचार गराइरहेपनि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो ।

  • एमाले पूर्वसांसद बस्नेतको कोरोनाबाट निधन

    एमाले पूर्वसांसद बस्नेतको कोरोनाबाट निधन

    भोजपुर । कोरोना संक्रमण पुष्टिपछि उपचाररत पूर्वसांसद नरेन्द्र बस्नेतको निधन भएको छ । ७४ वर्षीय बस्नेतको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान साढे ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ को संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । उनी दिङ्लास्थित अरुण माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक र षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष पनि हुन् ।

    बस्नेत पछिल्लो समय संघस्थामार्फत सामाजिक काममा सक्रिय थिए । उनका श्रीमती र २ छोरा छन् ।

  • कोरोना संक्रमणबाट आँखारोग विशेषज्ञ कार्कीको निधन

    कोरोना संक्रमणबाट आँखारोग विशेषज्ञ कार्कीको निधन

    काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट आँखारोग विशेषज्ञ डा.पूज्यश्री कार्कीको निधन भएको छ ।

    उनी नर्भिक अस्पतालमा १० दिनदेखि आइसीयूमा उपचाररत थिइन् ।

    प्राध्यापक समेत रहेकी कार्की धरानबाट एमडी गर्नुका साथै अमेरिकामा समेत अध्ययन गरेकी थिइन् ।

    उनका पति प्रराब्ध सिजापती पनि डाक्टर नै हुन् । उनीहरुका दुई छोरा छन् ।

     

  • नेपालका लागि पूर्व भारतीय राजदूत दियोको निधन

    नेपालका लागि पूर्व भारतीय राजदूत दियोको निधन

    दिल्ली । नेपालका लागि पूर्व भारतीय राजदूत अरविन्द दियोको निधन भएको छ ।

    भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले ट्वीटमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

    जयशंकरले आफूले मार्गदर्शक र असल साथी गुमाएको बताएका छन् । राजदूत आचार्यले दियोको निधनबाट आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।

    सन् १९८० को दशकमा दियो नेपाल र हंगेरीका राजदूत थिए ।

  • कोरोना संक्रमित डोल्पाको त्रिपुरासुन्दरीका मेयरको काठमाडौंमा निधन

    कोरोना संक्रमित डोल्पाको त्रिपुरासुन्दरीका मेयरको काठमाडौंमा निधन

    काठमाडौं । कोरोना महामारीका कारण डोल्पा जिल्लामा दुई दिनको फरकमा दुई जना नेताको ज्यान गएको छ ।

    पूर्व मन्त्री मोति प्रसाद पहाडीको निधन भएको दुई दिन नबित्दै डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमवहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

    जिल्लाका विकासप्रेमी र इमानदार राजनीतिज्ञका रुपमा परिचित बुढालाई कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मेयर बुढाको निधन भएको कर्णाली प्रेदशका मन्त्री नन्दसिंह बुढाले नेपाल प्रेसलाई बताए ।

    मेयर बुढाकी पत्नी बद्मी क्वारी बोहोरा नेकपा एमालेबाट कर्णाली प्रदेश सभा सदस्य छिन् ।  बुढा एमालेबाट मेयरा निर्वाचित भएका थिए । 

  • कोभिडबाट शंखरापुरका वडाध्यक्ष तामाङको निधन

    कोभिडबाट शंखरापुरका वडाध्यक्ष तामाङको निधन

    काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड-१९) का कारण शंखरापुर नगरपालिका वडा नं-४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उनलाई कोभिड भएपछि उपचारका लागि शंखरापुर नगरपालिका वडा नं-८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो ।

    वडाध्यक्ष तामाङको उपचारका क्रममा आज दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिए । उनको यही वैशाख २१ गते साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएकोमा पोजेटिभ रिपोर्ट आएको थियो । एक रात नगर अस्पताल इन्द्रायणीमै राखी उपचार गरिएको थियो ।

    नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठ्यारो भएपछि थप उपचारका लागि नेपाल मेडिकल कलेज लगिएको नगरपालिकाको वडा नं-७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । ४३ वर्षीय तामाङ मधुमेह रोगबाट पीडित थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । साविकको लप्सेफेदी गाविसको वडा नं-३ निवासी तामाङ वि.सं २०७४ को निर्वाचनमा हालको शंखरापुर वडा नं-४ बाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए । उनी काँग्रेसको वडा सभापतिसमेत थिए ।

    नगरपालिकामा नयाँ भेरियन्टसहितको कोरोना संक्रमण हुनेको सङ्ख्या ८२ पुगेको छ । यसअघि पहिलो चरणमा १६९ जना संक्रमित भएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक एवं कोभिड सम्पर्क व्यक्ति लक्ष्मीराज जोशीले नेपाल प्रेसलाई जानकारी दिए ।

  • कोरोना संक्रमित पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन

    कोरोना संक्रमित पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन

    काठमाडौं । कोरोना संक्रमणबाट बिरामी भएका पूर्वमन्त्री मोतीप्रसाद पहाडीको बुधवार राति नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा निधन भएको छ । उनी संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका थिए ।

    ७८ वर्षीय पहाडीलाई स्वास्थ्यमा समस्या भएपछि बुधवारै अस्पताल लगिएको थियो । अस्पतालका कोरोना फोकल पर्सन तेज वलीले पूर्वमन्त्री पहाडीको कोरोनाका कारण निधन भएको पुष्टि गरेका छन् ।

    डोल्पाबाट पहाडी २०५१ सालमा स्वतन्त्र उम्मेदवार बनेर डोल्पाबाट सांसद भएका थिए । उनी केही समय एमाले प्रवेश गरे पनि पछि स्वतन्त्र थिए । त्यसयता उनी सक्रिय राजनीतिमा थिएनन् ।

    पञ्चायतकालमा २०३८ सालमै सहायकमन्त्री बनेका पहाडी पछिल्लो समय नेपालञ्जमा बस्दै आएका थिए ।

  • कांग्रेस नेता नविन्द्रराज जोशी रहेनन्

    कांग्रेस नेता नविन्द्रराज जोशी रहेनन्

    काठमाडौंं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । आज बेलुकी ८ बजेर २४ मिनेटमा उनको निधन भएको नर्भिक अस्पतालले जनाएको छ । मस्तिस्कघात भइ अस्पताल पुर्याइएका जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    अस्पतालद्वारा जारी विज्ञप्तिका अनुसार शुक्रबार विहानदेखि उनको मुटुले काम गर्न छोडेको थियो । जोशीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोइरालाले श्रद्धान्जली दिएका छन् ।

  • उद्योगी सौर्यशम्शेर राणा रहेनन्

    उद्योगी सौर्यशम्शेर राणा रहेनन्

    काठमाडौं । सिप्रदी समूहका अध्यक्ष सौर्य शम्शेर राणाको आज निधन भएको छ । ४ दिनअघि मुटुको शल्यक्रिया गरेका उनको ६३ वर्षको उमेरमा निधन भएको हो ।

    राणाको अन्तिम संस्कार आजै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा गरिँदैछ ।

    उनी नेपाल–भारत चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष र २०५३ सालदेखि सिप्रदी ट्रेडिङमा आबद्ध थिए । उनले नाडा अटोमोबाइल्समा पनि लामो समय काम गरेका थिए ।

    राणाले आदित्य बिर्ला गु्रपअन्तर्गतको ग्रासिम लिमिटेडमा रही भारत र फिलिपिन्समा काम गरेका थिए । बेलायतको होयर गोभेट नामक कर्पोरेट कम्पनी र हल्याण्ड, ह्यानेन एण्ड कुबिट्स नामको निर्माण कम्पनीबाट उनको करिअर सुरु भएको थियो ।