Tag: त्रिशूली खसेको

  • अझै भेटिएन त्रिशूलीमा खसेको ट्रक,चालक बेपत्ता

    अझै भेटिएन त्रिशूलीमा खसेको ट्रक,चालक बेपत्ता

    धादिङ । त्रिशूली नदीमा  बुधबारदेखि हरारहेको ट्रक अझै  भेटिएको छैन । धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित पृथ्वी राजमार्गको चरौँदी ज्यामिरे घाटबाट एउटा बुधबार ट्रक त्रिशूली नदीमा खसेको थियो ।

    वीरगञ्जबाट काठमाडौंका लागि छुटेको ना ३ ख ८०७४ नम्वरको ट्रक बुधबार विहान त्रिशूलीनदीमा खसेको हो । प्रहरीका अनुसार ट्रकमा सवार चालकबाहेक अरु को को थिए भन्ने यकिन हुन सकेको छैन । चालक पनि हराइरहेका छन् ।

    ट्रकको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । वीरगन्जबाट काठमाडौंका कपडा लिएर जँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

    नदीको बहाव निकै ठूलो भएकोले ट्रक नदीले बगाएर बेपत्ता भएको अनुमान प्रहरीको छ ।