Tag: तिला गाउँपालिका

  • माओवादीले जित्यो जुम्लाको तिला गाउँपालिका, अध्यक्षमा रोकाया र उपाध्यक्षमा बुढा विजयी

    माओवादीले जित्यो जुम्लाको तिला गाउँपालिका, अध्यक्षमा रोकाया र उपाध्यक्षमा बुढा विजयी

    जुम्ला । जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा विजयी भएका छन् ।

    रोकायाले नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले १९३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका एकराज उपाध्यायले १९१५ मत प्राप्त गरेका हुन् ।

    यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन् । उनले २००४ मत पाइन् । उनका प्रतिस्पर्धी कांग्रेसकी सुस्मा श्रेष्ठले १८०७ मत प्राप्त गरेकी छन् ।

  • जुम्लाकाे तिला गाउँपालिकामा ३५ गोठ जले, १० घन्टापछि आगो निभाउन पुग्यो प्रहरी

    जुम्लाकाे तिला गाउँपालिकामा ३५ गोठ जले, १० घन्टापछि आगो निभाउन पुग्यो प्रहरी

    सुर्खेत । जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नम्बर ९ को ढिपु गाउँमा गएराति आगलागी भएको १० घण्टा पछि पुगेको प्रहरीले ३५ गोठ जलेको जनाएको छ ।

    प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दका अनुसार गएराति साढे नौ बजे ढिपु गाउँको पाटनमा रहेका गोठहरुमा आगलागी भएको हो ।

    ‘हालसम्म आगालगीका कारण मानवीय क्षति भएको छैन । सदरमुकाम भन्दा धेरै टाढा रहेको र धेरै उचाईमा रहेका कारण प्रहरी अहिले विहान सात बजे घटना स्थलमा पुगेको छ । त्यहाँ पुग्ने क्रममा एक जना प्रहरीलाई लेक लागेको अवस्था छ,’ उनले भने, ‘त्यहाँ गोठ मात्रै भएका कारण मानवीय क्षति भएको जानकारी छैन । अन्य क्षति के-के भएको छ भन्ने बारेमा केहि समयपछि विस्तृत विवरण आउनेछ ।’

    उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीस जनाको टोली घटना स्थलमा पुगेको छ र आगोलाई नियन्त्रणमा लिने प्रयासमा छ । अहिले पनि तीन गोठमा लागेको आगो निभाउने प्रयास जारी छ ।