Tag: डिल्लीराम शर्मा

  • लुम्बिनी प्रदेशको प्रमुख सचिवमा शर्मा नियुक्त, प्रमुख सचिव सुवेदी प्रधानमन्त्री कार्यालय तानिए

    लुम्बिनी प्रदेशको प्रमुख सचिवमा शर्मा नियुक्त, प्रमुख सचिव सुवेदी प्रधानमन्त्री कार्यालय तानिए

    काठमाडौं। सरकारले भर्खरै सहसचिवबाट बढुवा भएका एक सचिवको पदस्थापनसँगै अर्का एक सचिवको सरुवा पनि गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवागर्दै लुम्बिनी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरेको छ भने लुम्बिनीका प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्तमा राखेको छ ।

    रिक्त रहेको एक सचिव बढुवा गर्नका लागि बुधबार बसेको लोक सेवा आयोका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतमा सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले तीन सहसचिवको नाम सिफारिस गरेको थियो । एक नम्बरमा बढुवाका लागि सिफारिस भएका शर्मालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

    सात महिना अघि गत माघको पहिलो सात बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सहसचिवबाट सचिवमा बढुवा गरेर लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको थियो ।

  • सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्रली ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

    लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सचिव बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा एक नम्बरमा सिफारिस भएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव शर्मालाई  मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

    यस्तै दोस्रोमा निर्वाचन आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठ र तेस्रोमा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रबिलाल पन्थको नाम सिफारिस भएको हो ।